२०८३ जेष्ठ ६
२०८३ जेष्ठ ६

 

विशाल बस्नेत,महोत्तरी, ९ जेठ । 

मधेश प्रदेशमा मेघ गर्जनसहित चलेकाे हावाहुरीबाट अन्नबालीमा असर गरेकाे छ । मंगलबार बिहान करिब एक घण्टा चलेकाे हावाहुरीले अन्नबालीमा नोक्सान पुर्‍याएको किसानहरुले जानकारी दिएका छन् ।

 

`फल लाग्ने बेला भएको मकैमा नोक्सान पुर्‍याएको छ,´ बर्दिबास-९ का किसान राम नरेशले भने, ` वर्षामात्र भएको भए नोक्सान हुदैनथ्यो, हावाहुरीले समस्या बनायो ।´ अहिले पनि पानी परिरहेकाे छ ।

 

वर्षा हुने समयमा हुरिबतास चल्नु जलवायु परिवर्तनको असर भएको विज्ञहरुको बुझाइ छ । मौसमको अनियमित फेरबदल र बेमौसमी हावाहुरी जलवायु परिवर्तनको कारक भएको जलवायुविज्ञ विराट पन्त बताउँछन । अघिल्लो साता आएको हावाहुरीले पनि फल्दै गरेको आँप, लिची जस्ता फलफूल र बालीनालीमा असर पुर्‍याएको थियो ।

 

महोत्तरीका किसानहरुले क्षतिपूर्तिको मागसहित जिल्ला कृषि कार्यालय, कृषि ज्ञान केन्द्र र सम्बन्धित स्थानीय तहमा ध्यानाकर्षण समेत गराएका थिए । तराईमा केही दिनदेखि गर्मी पनि अत्याधिक बढेको छ । केही वर्ष अगाडि र अहिलेको तुलना गर्दा गर्मीमा नै निकै ठूलो फेरबदलको महसुस गरिरहेको स्थानीयहरु बताउँछन् ।

 

लामो समयदेखि खडेरी पर्ने र एकैचोटी वर्षा र हावाहुरी आउँदा किसानहरु समेत चिन्तित बनेका छन । `पानी आउँदैन, आउन लाग्यो भने बौलाएर आउँछ, के हुन्छ भन्नेमा नै डर लागेर आउँछ,´ बर्दिबास-३ का किसान द्रोण खड्काले चिन्ता व्यक्त गर्दै भने ।

 

डडेल्धुरा, ९ जेठ

डडेल्धुराको साहुखर्कका खिर बाजेको निधन भएको छ । डेल्धुराको साहुखर्कमा रहेको चर्चित बाजेको खिर पसलका सञ्चालक शेरबहादुर देउवाको निधन भएको हो ।

गन्यापधुरा गाउँपालिका-१ निवासी उनको ७२ वर्षको उमेरमा निधन भएको छ । २०३२ सालदेखि भिमदत्त राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रीलाई स्वादिष्ट खिर खुवाउँदै आएका देउवा देशभरमै चर्चित व्यक्ति हुन् ।

 

नयाँदिल्ली, ९ जेठ ।

कांग्रेस आईका नेता राहुल गान्धी ट्रकमा चढेर दिल्लीवाट चण्डीगढ गएका छन ।

 

उनले सो क्रममा ट्रक ड्राइभरसँग कुराकानीसमेत गरेका छन ।

 

यसै क्रममा उनले ट्रक ड्राइभरको मुद्धा र समस्याका बारेमा जानकारी लिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । अहिले उनले ट्रक यात्रा गरेको भिडियो भाइरल भएको छ ।

कर्नाटक बिद्यानसभा निर्वाचनको जीत पछि उनी ट्रकको यात्रामा निस्केको तस्विरहरु सार्र्वजनिक भएका हुन ।

 

कर्नाटक निर्वाचन पछि उनले प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भनिएको संसद भवनको उदघाटन प्रति उनले आपत्ति जनाएका छन् ।

 

उनले सो संसद भवनको उदघाटन राष्ट्रपतिको हातवाट गर्नु पर्ने माग राख्दै आएका छन् । हालै सो संसद भवनको निमार्ण कार्य पुरा भएको थियो, सावरकर जयन्तीको अवसरमा २८ मेमा सो नयाँ संसद भवनको उदघाटन गर्ने जनाईएको छ ।

 

लोकसभाका सभामुख ओम बिरलाले २८ मेमा माेदीले सो संसद भवन उदघाटन गर्ने जानकारी यसअघि नै गराईसकेका छन् ।

 

रियाद, ९ जेठ ।

पहिलो महिला अरबी अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) पुगेकी छिन् ।

 

एक्जिओम स्पेसको दोस्रो निजी मिसनमा जाने दुई साउदीहरू मध्ये रेयानाह बर्नावी पहिलो महिला अरबी अन्तरिक्ष यात्री हुन् ।

 

जसले आइतबार अमेरिकाबाट स्पेसएक्स फाल्कन रकेटबाट उडान भरेको थियो। जो १० दिन उनी अन्तरिक्षमा रहने छिन ।

 

यस अवधिमा ३४ वर्षीया बायोमेडिकल वैज्ञानिकले स्टेम सेल र स्तन क्यान्सरकाे अनुसन्धान गर्ने योजना बनाएकी छिन्। उनको यो यात्राले मध्य पूर्वका महिलाहरूलाई प्रेरित गर्ने आशा गर्छिन्।

 

आईएसएसमा पुग्नुअघि अन्तरिक्षमा खिचिएको भिडियोमा उनले भनिन्, ‘विश्वभरका मानिसहरूका लागि, भविष्य धेरै उज्ज्वल छ। म चाहन्छु कि तपाईं ठूला सपनाहरू हेर्नुहोस्, आफूमा विश्वास गर्नुहोस् र मानवतामा विश्वास गर्नुहोस्।’

 

बर्नावी एक्सियोम मिशन– २ मा साथी साउदी मिसन विशेषज्ञ अली अल्कार्नीसहित पुगेकी हुन । जो अन्तरिक्षमा जाने खाडी राज्यका दोस्रो पुरुष अन्तरिक्ष यात्री पनि हुन । उनीहरुको टोलीमा दुई अमेरिकी कमाण्डर पेगी ह्वाइटसन र पाइलट जोन शफनरसँग सामेल रहेका छन् ।

 

काठमाडौं, ९ जेठ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले भ्रष्टाचार निवारणका लागि कठोर कानुन निर्माण गर्नुपर्ने बताएका छन्। मुलुकको विकास र समृद्धिको बाधकका रूपमा भ्रष्टाचार नै प्रमुख कारण रहेको बताउँदै संसद्को चालु अधिवेशनबाट नै सांसदले भ्रष्टाचारविरुद्धको कडा कानुन बनाउनु पर्ने बताएका हुन्।

‘भ्रष्टाचार निवारण हुनुपर्छ भन्ने सार्वभौमसत्ता सम्पन्न संसद‍्मा सांसदहरूको मागमात्रै हो कि चालु अधिवेशनबाटै कठोर कानुन निर्माण गर्ने?,’ महरले सोमबार बिहानै सामाजिक सञ्जालमा प्रश्न गरेका छन्। उनले भ्रष्टाचार निवारण जस्तो गम्भीर विषयमा सरकार अकर्मण्य बन्न नहुने टिप्पणी गरे।

‘भ्रष्टाचार निवारणको गम्भीर विषयमा के संसद् अकर्मण्य बन्न लागेको हो? जवाफ खोजेका छन् जनताले,’ नेता महरले भने। नक्कली भुटानी शरणार्थी प्रकरणमा देशकै जिम्मेवार व्यक्तिहरू मुछिनु र देशमा भ्रष्टाचार मौलाउँदै जानुले खतराको संकेत गरेको उनको भनाइ छ।

‘भ्रष्टाचारले मुलुकको विकासमा मात्र प्रभाव पार्ने नभएर जिम्मेवार व्यक्तिहरूको नैतिकतामा समेत प्रश्न उठिरहेको छ। यसले हामीलाई विश्व जगतमा नै लज्जित हुनुपर्ने अवस्था छ। त्यसैले भ्रष्टाचारलाई निर्मूल पार्न कडा कानुन किन नबनाउने? यसमा हामीलाई केले रोकिरहेको छ?,’ उनको प्रश्न छ।

यसतर्फ नेताहरू समयमै सचेत नभए पछि यही विषय नेताहरूलाई भारी पर्ने महरले चेतावनी दिए।

आरके श्रीवास्तव,राैतहट,जेठ ०९ गते ।
राैतहटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आज बिहान माैलापुर नगरपालिका वडा नम्बर ४ का ३५ वर्षीय प्रतिमा देविको चट्याङ लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय माैलापुरले जनाएको छ।
मंगलबार बिहान हैण्ड पाईप बाट पानी भर्ने क्रममा चट्याङ्ग लागेर उनकाे मृत्यू भएकाे हाे ।

चट्याङकाे घटना भएको ठाउँ प्रहरी पुगेर जाँच मुचुल्का उठाइरहेको र मृतककाे शव पाेष्ट मार्टमका लागि प्रादेशिक अस्पताल गाैर पठाउने तयारी भईरहेकाे ईलाका प्रहरी कार्यालय माैलापुरका प्रहरी निरिक्षक नन्दकिशोर चौहानले बताएका छन् ।

मुम्बई, ९ जेठ । प्रख्यात आइरिस अभिनेता रे स्टीवेन्सनको निधन भएको छ ।

 

५८ वर्षे अभिनेताले ‘थोर’ र त्यसको सिक्वेल ‘थोरः द डार्क वल्र्ड’ जस्ता कैयौं मार्बल फिल्ममा अभिनय गरेका थिए । यी फिल्ममा उनले वोल्स्टेगको भूमिका निभाएका थिए ।

 

स्टीवेन्सन पछिल्लो पटक एसएस राजामौलीको पिरियड एक्सन ब्लकबस्टर फिल्म ‘आरआरआर’मा गभर्नर स्कट बक्सटन नामक भिलेन चरित्रमा देखिएका थिए । उनको यो भूमिकालाई भारतीय दर्शकले निकै रुचाएका थिए । स्टीवेन्सनको करियरमा उनले अभिनय गरेको यो एकमात्र भारतीय फिल्म हो ।

 

उनको वास्तविक नाम जर्ज रेमन्ट स्टीवेन्सन हो । उनको जन्म सने १९६४, मे २५ मा लिस्बनमा भएको थियो । परिवारमा तीन भाईमध्ये उनी दोस्रो भाई हुन् । उनका पिता एक रोयल एयर फोर्स पाइलट थिए । उनी ८ वर्षको उमेरमा इंग्ल्याण्ड गए र त्यही ब्रिस्टल ओल्ड विक थिएटरमा स्कुल अभिनय पढे । उनले २९ वर्षको उमेरमा ग्राजुएसन डिग्री लिए । स्टीवेन्सन सन् १९९० को दशकको सुरुवातबाट फिल्म र टेलिभिजनमा जोडिए ।

 

उनले ‘पनिशरः वार जोन’, ‘द थ्योरी अफ फ्लाइट एण्ड एचबीओ–बीबीसी’को ‘अकेम्ड टेलिभिजन सिरिज’ मा अभिनय गरेका थिए । उनी रोममा आफ्नो भूमिकाका लागि लोकप्रिय थिए । यसबाहेक रे ‘डेक्सटर’, ‘द वकिङ डेड’, ‘ब्ल्याक सेल्स’, ‘वाइकिङ्स’लगायतका कैयौं स्टार वार्स एनिमेटेड शोको हिस्सा बने । उनी चाँडै नै डिज्नी प्लस स्टार वार्स सिरिज ‘अहसोका’मा देखिँदैछ । यसको प्रिमियर चाँडै हुँदैछ ।

 

उनको अन्तिम फिल्म ‘एक्सीडेन्ट मेनः हिटमेन होलिडे’ थियो । उनले हालै १९४२ मा केविन स्पेसीलाई रिप्लेस गरेका थिए ।

 

काठमाडौं, ९ जेठ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ।

 

दिउँसो देशको पहाडी भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही, मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

राती   देशको पहाडी भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

आरके श्रीवास्तव,रौतहट,जेठ ०९ गते
रौतहटको बौद्धीमाइ नगरपालिकामा भिडियो एक्सरे आजदेखि सञ्चालनमा आएको छ । सो नगरपालिकाको वडा नम्बर ४ मा रहेको स्वास्थ्य चौकी इनरवारीमा सोमबार एक कार्यक्रमका बिच वडा अध्यक्ष तुरन्तनारायण यादवले समुद्धघाटन गरेका हुन् ।

सो भिडियो एक्सरे सञ्चालनमा आएपछि स्थानियहरु लाभाविन्त हुने भएका छन् । ग्रामीण क्षेत्रमा सेवा पाउने भएपछि स्थानियहरुले वडा अध्यक्ष यादव लाइ धन्यवाद पनि ज्ञापन गरेका हुन् । भिडियो एक्सरे मेसिन सेवा सुचारु भएपछि गर्भमा रहेको बच्चाको अवस्था पता लगाउन सहज हुने भएको छ । भिडियो एक्सरे सेवा सुचारु भएछि वडा भरीका महिला, बृद्धबृद्धा लगायतका बिरामीलाइ थप सहज हुने वडा अध्यक्ष यादवले बताउनु भयो । यस अघि भिडियो एक्सरे सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो । अब उपरान्त सो समस्या समाधान हुने भएको छ ।
सेवा सुचारुपछि ग्रामीण क्षेत्रका नागरिकलाइ आर्थिक भार कम हुने र समयमै गर्भमा बच्चाको अवस्था थाहा नपाउँदा आमा र बच्चालाइ हुने जोखिम कम गर्न समेत सहयोग पुग्ने वडा अध्यक्ष यादवले बताउनु भयो ।

त्यस्तै इनरवारीमा गर्भवती महिलाहरुलाई पौष्टिक अहार पैकेट वितरण गरिएको हो । मधेश प्रदेश सरकारको सहयोगमा उपलब्ध भएका समानहरू न.पा.को वडा नम्बर ४ का वडा अध्यक्ष तुरन्तनारायाणको अध्यक्षतामा सोमबार एक कार्यक्रमका बीच करिब सयौँ जना भन्दा बढी गर्भवती महिलाहरूलाई चार किसिमको पौष्टिक अहार पैकेट वितरण गरिएका छन् ।

आमा स्वस्थ भयो भने बच्चा स्वस्थ हुन्छ र बच्चा स्वस्थ भयो भने हाम्रो भविष्य स्वस्थ हुन्छ , त्यस पछी हाम्रो समाज स्वस्थ र मजबूत हुन्छ भन्ने मुल उदेश्यलका साथ मधेश प्रदेश सरकारद्धारा प्राप्त पौष्टिक अहार गर्भवती महिलाहरुलाई वितरण गरिएको बौधीमाइ नगरपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष यादवले बताएका छन् ।

गर्भवती महिलाहरू पहिलाको तुलनामा गर्भ रहेको अवस्थामा पोषिलो खानेकुराहरू बढी खानुपर्ने बताउँदै पौष्टिक आहार वितरण गरिएको वडा अध्यक्ष यादवले बताए ।

त्यस्तै उहाँले मधेश प्रदेश सरकारले गर्भवती महिलाको लागि पौष्टिक खानेकुरा उपलब्ध गराईदिएकोमा धन्यवाद समेत ज्ञापन गरेका हुँन् । उक्त पौष्टिक खानेकुरा वितरण कार्यक्रममा स्वास्थ्य संयोजक तारकेश्वर पटेल,स्वास्थ्यकर्मी तथा स्थानीयहरु लगायतको उपस्थिति रहेको थियो ।

आरके श्रीवास्तव,रौतहट,जेठ ०९ गते
रौतहटको कटहरिया नगरपालिकामा अहिले धमाधम टावर लाइट जडान भइरहेको छ । सो नगरपालिकाको वडा नम्बर ८ पिप्रा पोखरिया स्थित वडा कार्यालय नजिकै रहेको श्री राम चौकमा टावर लाइट जडान भएको छ । आफनो वडाभरी उज्जयालो बनाउने अभियान अन्तर्गत नै टावर लाइट जडान गरिएको वडा अध्यक्ष समिश बिक्रम शाहले जानकारी गराउनु भएको हो ।

टावर लाइट जडान भएपछी उज्ज्यालो भएको र गाउँको आकर्षण समेत बढेको छ । उज्जयालो भएको कारण अपराधिक क्रियाकलापमा कमि आउने स्थानीयहरुको भनाइ रहेको छ ।


अँध्यारोमा अपराधिक कार्य र गतिवीधी हुने सम्भावना रहेकोले चोरी , लुटपाट जस्ता कार्यमा न्यूनीकरण ल्याउने लक्ष्यको साथ बती लगाइएको वडा अध्यक्ष शाहको भनाइ रहेको छ ।


सो गाउँको एक मात्र चौकको रुपमा विस्तार हुँदै गएको र त्यहाँ टावर लाइटको आवश्यकता देखिएकोले हाल एउटा बक्ती लगाइएको वडा अध्यक्ष शाहले बताए ।


टावर लाइट जडानले शान्तिसुरक्षा, सामाजिक सुरक्षालाई चुस्तदुरुस्त राख्न र सौन्दर्य अभिवृद्धि गर्ने उदेश्य रहेको छ । नगरस्तरीय योजना बाट टावर बती जडान गर्न लागिएको हो । टावर लाइट अग्लो र धेरै क्षेत्र समेटने गर्दछ । जसमा अण्डर ग्राउण्ड विद्युत लाईन प्रयोग गरिएको हुन्छ । टावर लाइट जडान भएपछि सो वडाको मुख्य चौक को रुपमा मानिने ठाउँमा उज्जयालो भएको छ । टावर बक्ती जडान भएपछि स्थानियहरुले वडा अध्यक्ष शाहलाइ धन्यवाद पनि ज्ञापन गरेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।