२०८३ जेष्ठ ६
२०८३ जेष्ठ ६

 

पेरिस, १४ बैशाख । 

यस वर्षको ‘कान्स फिल्म फेस्टिभल’मा हत्या रहस्यले भरिएको फ्रान्सेली फिल्म ‘एनाटोमी अफ ए फल’का लागि निर्देशक जस्टिन ट्राइटले प्रतिष्ठित ‘पाल्मे डीओर’ अवार्ड जितेकी छन् ।

 

यो फिल्मले पतिको हत्याको आरोप लागेको एक लेखकको कथालाइ देखाएको छ । यो अवार्ड जित्ने जस्टिन तेस्रो महिला निर्देशक हुन् ।

अवार्ड लिँदै जस्टिनले पेन्सनको विरोध प्रदर्शनमा फ्रान्सेली सरकारले दिएको प्रतिक्रिया प्रति आलोचना गरेकी थिइन् । ‘यी विरोध प्रदर्शहरुलाई स्तब्ध पार्ने गरी दमन गरिएको थियो’, हलिउड स्टार जेन फोन्डाबाट अवार्ड प्राप्त गरेपछि जस्टिनले भनिन् ।

 

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पेन्सन प्रणालीमा सुधार गर्ने भन्दै सेवा निवृत्तको उमेर ६२ बाट ६४ पुरयाएपछि फ्रान्समा विरोध भइरहेको छ ।

 

फेस्टिभलको दोस्रो ठूलो पुरस्कार ‘द ग्राण्ड प्रिक्स’ ब्रिटिस निर्देशक जोनाथन ग्लेजरले ‘द जोन अफ इन्ट्रेस्ट’का लागि जिते । यो फिल्म दिवंगत मार्टिन अमिसको उपन्यास ‘द जोन अफ इन्ट्रेस्ट’मा आधारित छ ।

 

फेस्टिभलमा जापानी अभिनेता कोजी याकुसोले फिल्म ‘विम वेन्डर्स परफेक्ट डेज’का लागि ‘उत्कृष्ट अभिनेता’को अवार्ड जिते । फिल्ममा कोजीले टोकियोमा शौचालय सफा गर्ने मध्यम उमेरका युवाको भूमिका निभाएका छन् । त्यस्तै टर्कीकी मर्भ डिजडरले ‘एबाउट ड्राइ ग्रासेस’का लागि ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड पोल्टामा पारिन् । भियतनामी–फ्रान्सेली निर्देशक ट्रान एन्ह हुङ ‘पोट–अउ–फिउ’का लागि ‘उत्कृष्ट निर्देशक’को हकदार बने । यो फिल्मले १९ औं शताब्दीमा फ्रान्सेली महलमा भएको जुलाइटी बिनोचे र बिनोट मागिमेलको प्रेमकथालाई देखाएको छ ।

 

काठमाडौ, १४ जेठ

 

न्युज कारखाना

सनराइज बैंकले असार ३ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकले लक्ष्मी बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नका लागि सभा डाकेको हो । साधारण सभा आम्रपालि ब्याङ्केट बालुवाटारमा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी सञ्चालक समितिको विशेष प्रस्ताव पारित गर्नेछ । मर्जर प्रयोजनका लागि मूल्याङनकर्ताले तयार गरेको बैंकको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्गन (डीडीए) प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात र अन्तिम सम्झौता पत्र पारित गर्नेछ ।

सभा प्रयोजनका लागि बैंकले जेठ २३ गते बुक क्लोज गर्ने भएको छ । जेठ २२ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन  सक्नेछन् । दुवै बैंक १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् । मर्जरपश्चात लक्ष्मी सनराइज बैंकको नाममा एकीकृत कारोबार हुनेछ ।

यस्तै, अहिले लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ ।

 

काठमाडौं, १४ जेठ

रोल्पाको सुनिलस्मृति गाउँपालिका–२, चतुर्भुज मोडमा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्युठानको स्वर्गद्वारी नगरपालिका–८, धनचौरका १६ वर्षीय सागर सापकोटा रहेका छन् ।

दुर्घटनामा घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारको क्रममा शनिबार बेलुकी सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ साढे ६ बजे लु ८७ प २०६८ नम्बरको मोटरसाइकल स्टार्ट गरेर घुमाउने क्रममा सडकबाट करिब ३५ मिटर तल खसेको जनाइएको छ ।

 

भक्तपुर, १४ जेठ । 

भक्तपुर युवा टीमको आयोजनामा भक्तपुरमा भएको स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल प्रथम भएका छन् ।

 

साे प्रतियोगितामा सुदीप तामाङ दोश्रो र बद्रीलाल नेपाली तेश्रो हुन सफल भए भने शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा प्रतियोगितामा चौथौ सुरोज महर्जन, पाँंचौ शुशिल चौधरी, छैटौं क्षितिज भण्डारी, सातौ सुरवीर लामा, आठौ नवीन तण्डुकार, नवौं सुसोन दाहाल र दसौं राजेश कक्षपति हुन सफल भए ।

विजयी खेलाडीहरुलाई शनिबार एक कार्यक्रम गरी पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो । उनीहरुलाई बागमति प्रदेशका साँंसद सुरेन्द्रराज गोसाईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा पहिलो हुने नगद रु २५ हजार, दोश्रो हुने १५ हजार र तेश्रो हुने १० हजार नगद पुरस्कारबाट पुरस्कृत भए । चौथौ हुनेलाई आठ हजार, पाँंचौ हुनेलाई ६ हजार र सान्त्वनालाई पाँंचपाँंच हजार नगद पुरस्कारको व्यवस्था रहेको रहेको थियो ।


आयोजक टीमका अध्यक्ष केशव त्वानाबासुका अनुसार प्रतियोगितामा कुल एक सय ४० जनाले सहभागिता जनाएका थिए, जसमध्ये ६ जना महिला थिए । प्रतियोगितामा सातदेखि ८२ वर्षसम्मका सहभागी भएको जनाइएकाे छ । साे प्रतियोगितामा विदेशी खेलाडीहरुसमेत सहभागी रहेको थियाे ।

टीमको कार्यसमिति सदस्य त्रिरत्न ग्वाछाको स्मृतिमा साे प्रतियोगिता गरिएको हो । ग्वाछाको झण्डै ४५ दिन अघि अल्पआयुमै अकल्पनीय निधन भएको थियो । उनी जिल्लाका चर्चित बुद्धिचाल खेलाडी थिए । कार्यक्रममा स्वर्गीय ग्वाछाका धर्मपत्नी लक्ष्मीश्वरी ग्वाछालाई पनि कदरपत्र वितरण गरिएको थियो ।

 

काठमाडौं, १४ जेठ ।

तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइएको छ ।

आइतबार बसेको बोर्डको बैठकले ६७९ मेगावाटको  तमोररबाट पावर चाइनालाई बिदाइ गर्न प्रक्रियाअघि बढाइएको हो । प्रक्रिया स्वरुप सम्झौता र कार्ययोजनाअनुसार काम अघि नबढेको भन्दै स्पष्टीकरण सोध्ने बोर्डले गररेको हो ।

 

नेपाली कम्पनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) सँग मिलेर आयोजना बनाउने सम्झौता पावर चाइनाले गरेको थियो । एचआईडीसीएलको पत्रअनुसार बोर्डले पावर चाइनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । एचआईडीसीएले २६ असोज २०७६ मा भएको सम्झौतालाई निरन्न्तरता नदिन बोर्डलाई पत्र लेखेको थियो ।

रौतहट,जेठ १४ गते ।
राष्ट्रपति द्धारा जारी अध्यादेश प्रति घोर विरोध गर्दै अविलम्ब फिर्ता लिन बार इकाइ रौतहटको जोडदार माग गरेको छ । रौतहट जिल्ला आदालत बार एशोसिएसनले एक प्रेस विज्ञप्ती निकाली फिर्ता गर्न माग गरेको हो ।
नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा सम्मानीय राष्ट्रपति बाट गत वैशाख २० गतेमा जारी भएको “मुलुकी सहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश”सम्बन्धम रौतहट जिल्ला अदालत बार एशोसिएशनको गम्भिर रुपमा ध्यानाकर्षण भई उक्त अध्यादेश नेपालको संविधान २०७२ हाल बहाल रहेको नेपालको प्रचलित कानुन, न्यायको मान्य सिद्धान्तहरु समेतको प्रतिकुल रहेकोले उक्त अध्यादेश प्रति घोर बिरोध गर्दै उक्त अध्यादेशलाई अविलम्ब फिर्ता लिनको लागि नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।
प्रेस विज्ञप्तीमा उक्त अध्यादेश निम्न कारणहरूबाट खारेज योग्य रहेको यसरी उल्लेख गरिएको छ ।
नेपालमा विधीको शासन रहेको कुरा नेपालको संविधान २०७२ द्वारा नै मान्य सिद्धान्त रहनुको साथै यो कुरा सर्वत्र जानकारी हुँदा हुँदै पनि सोको विपरीत तथा नेपाल कानून व्याख्या सम्बन्धी ऐन २०१० को दफा १४, २७(क) समेतको कानुनी व्यवस्थाको मर्म विपरीत जारी भएको उक्त अध्यादेश नेपालको कानुन तथा संवैधानिक व्यवस्थाको मर्म प्रतिकुल रहेको हुँदा अविलम्ब खारेज योग्य रहेको छ ।

राज्यले कुनै कानुन निर्माण गर्दा देशका जनता र समाजको हितलाई मध्यनजर गरी समाजहरुमा रहेको रितीतिथी तथा सामाजिक परम्परा र समाजहरुमा सोका जनताहरु बिचको सम्बन्धलाई असर नपर्ने गरी अर्थात सामाजिक संरचना व्यवहार परम्परालाई नखल्बलाउने गरी कुनै कानून निर्माण गरि अध्यादेशमा सो तर्फ समेत ध्यान नै नल्याई समाजका जनताहरु विचको सामाजिक सम्बन्धलाई नै नष्ट पुयाउने गरीवाको भरमा मस्यौदा तयार गरी जारी गरिएको सो अध्यादेश खारेज योग्य रहेको छ ।

बिगतमा भएको लेनदेन व्यवहार सम्बन्धलाई अहिले फौजदारी कसुर अपराध घोषित गरिनु फौजदारी कानूनको मान्य सिद्धान्त विपरीत रहेको हुँदा उ अध्यादेश खारेज योग्य छ ।

जुनसुकै नियम कानून संशोधन वा निर्माण हुँदा जुन कानुन अन्तर्गत लिखत वा मुद्दा दायर भएकोमा सोही कानुन अन्तर्गतको नै कार्यविधि अवलम्बन गरी कार्यवाही र किनारा हुनेछ समेत व्यहोरा उल्लेख हुने गरी ऐन नियम संशोधन भएका छन् । तर मिति २०८०÷०१÷२० गतेका अध्यादेशमा त्यो कुरा उल्लेख नभएको हुँदा पुरानो तमसुकलाई अहिले प्रमाणिकरणको क्रममा स्थानीय तह वा स्थानीय तहको वडा कार्यालयबाट प्रमाणित नगराइएका लेनदेन कारोवारका लिखतहरू यो उपदमा प्रारम्भ भएको मितिले ६ महिनाभित्र प्रमाणित गराउनु पर्नेछ भनि उक्त अध्यादेशमा उल्लेख भएको कारणले उक्त अध्यादेशबमोजिम सम्बन्धित वडा कार्यालयमा लिखत प्रमाणित गराउन जाँदा बो जादा ऋणी उपस्थित नहुने हुँदा वडा कार्यालय प्रमाणित गर्न अलमल गरिरहेकी साहुको ऋण हुने हो की ? साहु हतास भएका कारण समाजमा गरि आम जनतालाई बिरामी परेका बखत ऋण उपलब्ध नहुने, शुभ विवाह लगायत अन्य कार्यका लागि साहुबाट ऋण नपाइरहेको समस्या समाजमा विद्यमान रहेको सर्वोचदित रहेकोले मिति २०८०।०१।२० गतेको अध्यादेश प्रचलित कानुनको विपरीत रहेको हुँदा ऋणीले रुपैयाँ तिरी बुभाईसकेको छु भनी मौखिक जवाफ दिएको अवस्थामा प्रमाणिकरणकर्ताले के गर्ने ? सो बेलामा सो तमसुकको अवस्था के हुने ? त्यस अवस्थामा धनीलाई पर्न जाने मार्काको सम्बोधन कुन निकायले कसरी गर्ने ? यी समेत कुराको मध्यनजर नगरी उक्त अध्यादेश कानुन बिपरीत छ ।

अहिलेको अध्यादेशको कारण नागरिकहरूलाई अति आवश्यक परेको खण्डमा घरसारमा हुने गरेको ऋण लिने दिने कार्यमा असहजता उत्पन्न भएको साथै जनता जनता बिचको विश्वसनियता एवम् सु–सम्बन्धमा कमी हुने अवस्था श्रृजना भएको र वर्षौ देखि चलिआएको सामाजिक व्यवहार र जनजीवन समेत ठप्प हुन जाने परिस्थिती श्रृजना हुन गएको अवस्था रहेको छ ।
उक्त अध्यादेशमा भएका सम्पूर्ण प्रावधानहरु पूर्वाग्राही भावनाबाट प्रेरित भई तर्जुमा गरिएको हुँदा सो अध्यादेश नेपाल अधिराज्यको समाज, नेपाली जनता, न्यायको मान्य सिद्धान्त, सम्मानित सर्वोच्च अदालतबाट भएका निर्णय सिद्धान्तहरु समेतको प्रतिकुल हुँदा उक्त अध्यादेश अबिलम्ब खारेज गरी पाउँ ।
नेपालको संविधान र प्रचलित कानुनी व्यवस्था प्रतिकुल अध्यादेश खारेज गर्ने सम्बन्धमा नेपाल सरकार समक्ष जोडदार माग राखी सो अध्यादेश खारेजी सम्बन्धमा आवश्यक पहल गरी दिन हुन तथा नेपाली समाज र नेपाली जनता सापेक्षको उपयुक्त कानुनको व्यवस्था गर्न नेपाल सरकार, सम्बन्धित निकाय तथा सरोकारवालाहरु लगायतमा जोडदार माग राखी नेपाली जनताको संवैधानिक एवम् कानुनी हक हितलाई संरक्षण गरी कानुनी राज्यको अवधारणालाई जीवन्त तुल्याउने तर्फ नेपाल सरकारसँग आवश्यक पहल सहकार्य गरी दिन हुन नेपाल बार एशोसिएशन कोन्द्रय कार्यालय समेतलाई यही प्रेस विज्ञप्ती मार्फत हार्दिक अपिल गरिएको सचिव रमेश कुमार यादव र जिल्ला अध्यक्ष नन्दकिशोर साह द्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।

 

मुम्बइ, १४ जेठ । अमिर खान आजकल चर्चामा छन्, जसको कारण कुनै आगामी फिल्मसँग नभई उनको व्यक्तिगत जीवनसँग जोडिएको छ । वास्तवमा, हालै मिस्टर परफेक्शनिस्ट दंगलमा छोरीको भूमिका निभाएकी अभिनेत्री फातिमा सना शेखसँग देखिएकी थिइन् ।

 

यसै क्रममा दुवैलाई सँगै देखेपछि सामाजिक सञ्जालमा अभिनेताको डेटिङको हल्लाले तिब्रता लिएको थियो र फ्यानहरुले आ–आफ्ना प्रतिक्रिया दिएका थिए । यसै क्रममा टविटरमा के आरकेले बलिउड अभिनेता आमिर खानले आफ्नी सह कलाकार अभिनेत्री फातिमा सनासँग विवाह गर्ने नयाँ दाबी गरेका छन्, जुन उनको तेस्रो विवाह हुनेछ ।

 

वाईआरएफको ठग्स अफ हिन्दोस्तानमा सँगै काम गरेपछि फ्यानले आमिर खान र फातिमा सनाको जोडीलाई हेरिरहेका थिए । यसै क्रममा दुवैको डेटिङको हल्ला चलेको थियो । यसैबीच, दुवै स्टारको एक भिडियो सार्वजनिक भएको छ, जसमा उनीहरु पिकलबल खेल्दै देखिएका छन् । यो भिडियो हेरेपछि फ्यानहरुले पनि प्रतिक्रिया दिएका छन् ।

 

तर अहिले केआरकेले ट्वीट गर्दै दावी गरेका छन् । उनले लेखेका छन्, ‘ब्रेकिंग न्यूजः आमिर खान छिट्टै आफ्नी छोरी फातिमा सना शेखसँग विवाह गर्न लागेका छन् । आमिर खान आफ्नो फिल्म दंगलको समयदेखि सनालाई डेट गरिरहेका छन्।’

 

यो ट्विट देखेपछि मानिसहरुले अभिनेतालाई ट्रोल र प्रतिक्रिया दिन थालेका छन् ।

काठमाडौं, १४ जेठ । शहिद स्मारक लिग ए डिभिजनमा आज दुई खेल हुदैँछन् ।

 

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार च्यासल मैदान, ललितपुर र एन्फा कक्प्लेक्स, सातदोबाटोमा ती खेल हुनेछन् ।

 

च्यासल मैदान सातदोबाटो युथ क्लब र न्युरोड टिम भिडनेछन । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

 

उता, एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मस्र्याङदी र थ्रिस्टार आमुने सामुने हुनेछन् । जुन खेल पनि ३ बजेवाट नै सुरु हुनेछ ।

काठमाडौं, १४ जेठ । आज संघीय संसदको संयुक्त बैठक बस्दैछ ।

 

संघीय संसद अन्तरगतको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्न लागेको हो । संघीय संसद भवन, वानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।

 

आजको बैठकमा ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथीको संसोधनसहितको दफावार छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्ताव’ हुनेछ । उक्त प्रस्ताव संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदाका सभापति ध्रुबबहादुर प्रधानले प्रस्तुत गर्नेछन् ।

 

र, सो मस्यौदा प्रतिवेदन माथी प्राप्त संसोधनहरुलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरे पछि सभापति प्रधानले सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख  गरिएकाे छ ।

 

काठमाडौं, १४ जेठ । आज प्रतिनिधिसभा बैठक बस्दैँछ ।

 

संघीय संसद भवन, वानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक अपरान्ह १ बजे बस्नेछ ।

 

आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘आब २०७९÷८०को आर्थिक सर्बेक्षण पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।