२०८३ जेष्ठ ५
२०८३ जेष्ठ ५

काठमाडौं, १५ जेठ । आर्थिक बर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुदैँछ ।

 

संघीय संसद भवन, बानेश्वरमा बस्ने बैठकमार्फत सो बजेट सार्बजनिक हुन लागेको हो । बैठक दिउँसो ४ः१५ बजे बोलाईएको छ ।

 

‘अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.ब २०८०/८१ को राजश्व र व्ययको बार्षिक अनुमान (बजेट) पेश गर्नु हुने’ सम्भावित कार्यसुचीमा उल्लेख छ ।

 

नयाँ संविधान जारी भए पछि हरेक गणतन्त्र दिवसका दिन अर्थात जेठ १५ गते नयाँ बजेट सार्वजनिक गर्दै आईएको छ । यो संबैधानिक बाध्यता भएकाले पनि सरकारले आजैका दिनमा बजेट सार्वजनिक गर्न लागेको हो ।

काठमाडौं, १५ जेठ । पहिलो टी–२० मा नेपालको महिला टिम घरेलु टोली मलेसियासँग ५ विकेटले पराजित भएको छ ।

 

मलेसियाको बाग्नीमा भएको खेलमा नेपाल घरेलु टोलीसँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि रुविना क्षेत्री र सीता राना मगरले दुई दुई विकेट लिइन् । यसअघि ब्याटिङ गरेको नेपालले १६.५ ओभरमा सबै विकेट गुमाएर ५० रन मात्र बनायो ।

मुम्बई, १५ जेठ । वर्षको सुरुवातमा अभिनेता सलमान खानले आमिर खानको फिल्म ‘च्याम्पियन’मा अभिनय गर्ने चर्चा थियो । आमिरले बनाउन लागेको स्पेनिस फिल्म ‘क्याम्पिओनिस’को हिन्दी रिमेकका लागि आमिर लामो समयदेखि समय दिइरहेका छन् ।

 

फिल्मका लागि आमिरले सलमानलाई प्रमुख भूमिकामा प्रस्ताव गरेका थिए । सलमानलाई प्रस्ताव गरेको लामो समयसम्म पनि फिल्मको काम अघि नबढेपछि सलमान फिल्मबाट पछि हटेका छन् । अब फिल्ममा सलमानले अभिनेता रणवीर कपूरलाई प्रस्ताव गरेका छन् ।

 

‘सुरुवातमा सलमानले यो फिल्ममा अभिनय गर्नका लागि चासो देखाएका थिए । तर फिल्मको रिलिज मितिसँग सलमान डराएपछि उनी आमिरको फिल्मबाट पछाडि सरेका छन् । किनकी आमिरको फिल्मसँग सलमानको फिल्म जुध्ने भएपछि सलमान पछि हटेका हुन्’, फिल्म निकट स्रोतले भन्यो ।

 

सलमान ‘च्याम्प्यिन’बाट पछि हटेपछि आमिरको ध्यान रणवीरप्रति मोडिएको छ । रणवीरले फिल्मको न्यारेसन सुनेका छन् र उनले काम गर्ने इच्छा देखाएका छन् । ‘केही समययता रणवीरले चाख लाग्दा फिल्ममा अभिनय गरेका छन् । स्क्रिप्ट र जनरा छनोटमा उनको चासो बढी छ । रणवीरको अभिनयबाट प्रभावित भएका आमिरले आफ्नो फिल्ममा उनलाई फरक अवतारमा देखाउन चाहन्छन्’, स्रोतले भनेको छ ।

 

फिल्ममा आरएस प्रसन्नको निर्देशन रहनेछ । फिल्म सन् २०२४ मा रिलिज हुनेछ ।

 

काठमाडौं, १५ जेठ । आज गणतन्त्र दिवस ।

 

आजको १६ औं गणतन्त्र दिवसकाे अवसरमा नेपालसहित बिदेशमा पनि बिभिन्न कार्यक्रम गरी मनाईदैछ ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षताको गठित गणतन्त्र मुल समारोह समितिले देशैभरी राज्यको तहवाट बिभिन्न कार्यक्रम आयोजना हुदैँछ । मुख्यगरी, सैनिक मञ्च, टुडिखेलमा सरकारले आयोजना गर्ने बिशेष समारोहका बिचमा आज मुल कार्यक्रम हुनेछ । जुन कार्यक्रममा नेपाली सेना बिशेष परेडको आयोजना गर्नेछ ।

 

सैनिक मञ्चमा आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्ड, सभामुख, प्रधानन्यायधिस, उपप्रधानमन्त्री, मन्त्री, सांसद, संबैधानिक निकायका प्रमुख तथा सदस्य, तीनैवटा निकायका सुरक्षा प्रमुखहरुको उपस्थितिमा सो भब्य कार्यक्रमको आयोजना हुनेछ ।

 

यसैगरी, गणतन्त्र दिवसको अवसरमा सरकारी कार्यालय, राजनीतिक दल, राजनीतिक दलका भातृ संगठन, बिभिन्न संघ संस्थाहरुले पनि आ-आफना किसिमले बिभिन्न कार्यक्रमको आयोजना गर्ने गर्दछन् ।

 

२०६२/०६३ को दोस्रो जनआन्दोलन सफल भएपछि मुलुक क्रमशः गणतन्त्र उन्मुख हुन पुगेको थियो । २४० बर्षे जहानिया शाषनको अन्त्य गर्दै २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकमार्पफत मुलुक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरिएको थियो । सो घोषणासँगै नेपाल गणतन्त्रतात्मक मुलक भएको अवसरमा हरेक बर्ष जेठ १५ मा गणतन्त्र दिवस मनाईदै आएको छ ।

 

यस अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिईएको छ ।

काठमाडौं, १५ जेठ । हाल देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदुर पश्चिम, कर्णाली, लुम्बिनी प्रदेश लागायत देशका पहाडी भु-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहेको छ।

 

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश सहित लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

राती भने सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली, र देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसबाट जोगिन र हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

 

कुमार चन्दन, रौतहट
जेष्ठ १४ गते ।

रौतहटको गरुडा नगरपालिकामा अवस्थित श्री नमुना माध्यमिक विद्यालय गरुडाको प्राङ्गणमा बाल विवाह अन्त्य र सभ्य समाजको निर्माण विषयक अन्तर विद्यालय स्तरीय वक्तृत्वकला तथा कविता प्रतियोगिता सम्पन्न भएको छ ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, आरडिसी नेपाल, सृजना रूपान्तरण समुह गरुडा नगरपालिका र गरुडा नगरपालिका शिक्षा शाखाको सहकार्यमा आयोजना गरिएको नगर स्तरीय “बाल विवाह अन्तर विद्यालय स्तरीय वक्तृत्वकला तथा कविता प्रतियोगिता ” मा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागितामा भव्यताका साथ सम्पन्न भएको छ ।

नगर भरिका विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको उक्त वक्तृत्वकलामा बाल विवाहको अन्त्य र सभ्य समाजको निर्माण शीर्षकमा उत्कृष्ट वक्तव्य वाचन गर्दै श्री नमुना माध्यमिक विद्यालय गरुडाका छात्र अधिराज कुमार यादव प्रथम स्थान हासिल गर्न सफल भएको हो भने श्री मा। वि श्रीपुर गम्हरियाकी छात्रा शाहजहां वेगम द्वितीय र श्री रामचन्द्र मा। वि जिंगडियाका छात्र राहुल साह तृतीय स्थान हासिल गर्न सफल भएको हो ।
यसैगरी कविता प्रतियोगितामा श्री रामचन्द्र मा। वि जिंगडियाकी छात्रा नन्दनी ठाकुर स्थान हासिल गर्न सफल भएकी हो भने श्री मा। वि जयनगरकी छात्रा सवाना खातुन द्वितीय र श्री रामचन्द्र मा। वि जिंगडियाका छात्र रक्की गुप्ता तृतीय स्थान हासिल गर्न सफल भएको हो ।

सृजना रूपान्तरण समुह गरुडा नगरपालिकाकी अध्यक्ष सृजना शर्माको अध्यक्षतामा भएको
उक्त कार्यक्रममा गरुडा नगरपालिकाकी नगर उप(प्रमुख पुनम कुमारी चौधरी, नगर शिक्षा सह(संयोजक शेख चान्द अली, आरडिसि नेपाल रौतहटका अध्यक्ष पारस हुसैन, कोषाध्यक्ष ममता झा, इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओमप्रकाश खनाल, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाकी प्रमुख फुलमाया गुरौँ, पालिका भरिका विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक(शिक्षिका,विद्यार्थीहरु, विभिन्न मिडियाका सञ्चारकर्मी पत्रकार लगायतको उपस्थिति रहेको थियो।

 

आरके श्रीवास्तव,राैतहट,जेठ १४ गते ।

बाढि ,डुवान र कटानकाे उच्च जाेखिममा रहेका राैतहटमा सामुदायिक विपत प्रतिकार्य तालिम अभ्यास मनसुन-३ शुरु भएको छ ।नेपाली सेना विरदल गणको आयोजनामा तालिम शुरु भएको हो । विरदलगण गाैरका गणपति गंगा बहादुर विष्टले प्रवचन गरि तालिमको शुभारम्भ गराए ।

नेपाल प्रहरी ,सशस्त्र प्रहरी, गाैरनगरपालिका नगर प्रहरी , रेडक्रस तथा विभिन्न समाजिक संस्थाका स्वयंसेवक गरि सय जनाको सहभागिता रहेकाे छ ।

वीर दलगण गाैरको कार्यालय पुरेनवा दरबारमा भई रहेको सो तालिम नेपाली सेनाका विपत तथा उद्वारमा खटिसकेका अनुभवीहरुले प्रशिक्षण दिई रहेका छन । सो तालिमको कार्यक्रम अनुसार १९ गते बरहवा ताल गाैरमा संयुक्त अभ्यास गरि तालिमकाे प्रमाणपत्र वितरण भई समापन हुनेछ ।

 

राैतहट,जेठ १४ गते

आफुमाथी लगाएको आरोप झुठा, भ्रामक गल्त,मिथ्या र कपाेकल्पित रहेको वृन्दावन नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जगरनाथ भेडिहर उर्फ मदन पालले बताएका छन् । आईतवार दिउँसो उनले आफ्नो निजि निवास धमौरामा पत्रकारहरु संग कुराकानी गर्दै आफुमाथि लगाएको आरोपमा कुनै सत्यता नरहेको वडा अध्यक्ष पालकाे भनाइ छ । यसरी गलत हल्ला फैलाई आफ्नो चरित्र हत्या गर्न खोजने त्यस्ता ब्यक्तिहरुलाई कार्यवाही गर्न उनले माग गरेका छन् ।

ती महिलाले लगाएको आराेपकाे वडा अध्यक्ष पालले खण्डन गरेका छन् । उनले भनेका छन् कुनै संस्था सँग लिएकाे ऋण कुनै पनि व्यक्तिले मिनाहा गराउने प्रावधान नै छैन् । त्यसलै उक्त आराेप गलत हाे । रह्यो मुद्दा मिलाई दिने । मेराे जानकारीमा ती महिलामाथि कुनै मुद्दा नै छैन् । जब मुद्दा नै छैन् भने त्याे कसरी मिलाई दिने हाे । याे आराेप पनि गलत हाे ।

ऋण मिनहा र प्रहरीमा परेको मुद्दा मिलाइ दिन्छु भन्दै धमाैराकी एक महिलालाई वडा अध्यक्ष पालले यौंन प्रस्ताव गर्ने गरेको ती महिलाको आरोप मिथ्या र गलत रहेको र षड्यन्त्र रचि आफुलाई बदनाम गराउन खोजेको वडा अध्यक्ष पालले बताए ।

उनले भने महिलाले आफुमाथि अनैतिक कामको आरोप लगाएको सरासर गलत रहेको छ । मेराे बुझाईमा ती महिला कसै द्वारा सञ्चालित रहेकी छिन् । राजनीतिक व्यक्तिकाे आडमा संचालित रहेको वडा अध्यक्ष पालको अरोप रहेको छ । घटनाकाे बारेमा वडा अध्यक्ष पालले सत्य,तथ्य छानबिन गरि दाेषीलाई कार्यवाही गर्न माग गरेका छन् ।

उनले भनेका छन् मलाई जुन कलंकित पार्ने काम भएको छ । त्याे एकदमै गलत हाे । यस्ताे कसैसँग हुनु हुँदैन । वडाअध्यक्ष पालले साना किसान कृषि सहकारी संस्थाबाट निकालेको ऋण र प्रहरीमा परेको मुद्दा मिलाइ दिन्छु भन्दै धमाैराकी एकल महिला लाई यौंन प्रस्ताव गर्ने गरेको ती महिलाले आरोप लगाएकी हुन् । जुन भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ ।

 

काठमाडौं, १४ जेठ ।

प्रतिनिधिसभा सदस्य प्रभु साहले रौतहटमा लगातार व्यक्ति हत्या भएको भन्दै शान्ति सुरक्षाको माग गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै उनले रौतहत सदमुकाम गौरमा गौर नगरपालिका–७ सिसवाका ४५ वर्षीय यार महम्मद खानको हत्या भएको पाँच दिनमैै देवाही गोनाही नगरपालिका करुनियाका शेखÞ तैयबको गोली प्रहारबाट हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

शान्ति सुरक्षाको माग गर्दै उनले दोषी पत्ता लगाई कानुनी कारबाही गर्न पनि माग गरेका छन् ।

 

काठमाडौं, १४ जेठ ।

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित गरिएको छ ।

 

आइतबार बसेको संघीय संसदको संयुक्त बैठकले सो नियमावली बहुमतले पारित गरेको हो । पारित नियमावलीले यसअघिकै संसदीय सुनुवाइ समितिले सुनुवाइका लागि पत्र प्राप्त भएको ४५ दिनभित्र संसदीय सुनुवाइ गरिसक्नुपर्ने नियमलाई यथावत राखेको छ । यसलाई संशोधन गरिनुपर्ने आवाज भने उठेको थियो ।

 

४५ दिनभित्र संसदीय सुनुवाइ हुन नसके नियुक्ति पाउन सक्ने प्रावधानलाई नियमावलीमा निरन्तरता दिइएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।