बिराटनगर, १५ असार ।
कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने भएका छन् ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विश्वासको मत लिन लागे पनि त्याे सम्भवः भएकाे थिएन ।
विश्वासकाे मत लिने भनिए पनि मुख्यमन्त्री कार्की अनुपस्थित भएपछि ३० मिनेटका लागि स्थगित भएकाे बैठक पुनः सुचारू नभइ राती सुचना टाँस गरेर स्थगित गरिएकाे थियाे । बैठक बिहान ११ बजे बोलाईएको छ ।
सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिए पछि संकटमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन् ।
कोशी प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठुलो दल रहेको छ । एमाले नेतृत्वको एक मात्र प्रदेश सरकार माथी विश्वासको संकट उत्पन्न भए पछि मुख्यमन्त्री कार्कीले आज बिश्वासको मत लिन लागेका हुन । एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाईसकेका छन । राप्रपा र एमाले मिल्दा ४६ जना सांसदको समर्थन रहने देखिएको छ । कोशी प्रदेश सभामा सरकार बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ ।
जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएमा कोशी सरकार यथावत रहने भए पनि साे पार्टीले तटस्थ बस्ने जनाए पछि मुख्यमन्त्री कार्की अप्ठयाराेमा परेका थिए । जसपा नेपालको एक मत रहेको छ । जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारका लागि विश्वासको मत दिएको एमालेले कोशीमा पनि विश्वासको मत पाउने अपेक्षा गरेका मुख्यमन्त्री कार्कीले मत नपाउने भए पछि उनी विश्वासकाे मत पाउने बैठकमा अनुपस्थित हुन परेकाे हाे ।
हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् ।
काठमाडौं, १५ असार ।
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
कोशी, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै कोशी, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना र गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ भारी वर्षा, मेघ-गर्जन/चट्याङ्ग, हावा हुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।
काठमाडौं, १४ असार ।
इस्लाम धर्मालम्बीहरुको महान पर्व वकर इद मनाउने क्रम जारी छ ।
यस अवसरमार सरकारले सार्बजनिक बिदासमेत दिएको छ ।

आज सोही अवसरमा घन्टाघरस्थित मस्जिदमा मुस्लिम समुदायका ब्यक्तिहरुले सामुहिक रुपमा नमाज पढेका छन भने एक अर्कासँग सामुहिक रुपमा शुभकामना आदन प्रदान गरेका छन् ।



जेरूसलम, १४ असार ।
इजरायलको संसदकी एक महिला सांसदलाई काखमा नवजात छोरी भएको कारणले भाषण दिनबाट रोकिएको छ ।
जसका कारण संसदको नियम बने पनि अहिले यो घटनाले नयाँ बहसलाई जन्म दिएको जनाइएको छ ।
घटना मंगलबारको हो र महिला सांसदको नाम शेरीन हेस्कल हो । उपसभामुख उरिएल बुसोका अनुसार संसदको मञ्चमा सांसद मात्र उभिन सक्छन्, उनीसँग अरु कोही हुनुहुँदैन । यही नियमका कारण शेरीनले संसदमा आफ्नो कुरा राख्न सकिनन् ।
शेरीन राष्ट्रिय एकता पार्टीकी सांसद हुन् । यो पार्टी प्रतिपक्षमा छ । शेरीन विधेयक ल्याउन चाहन्थे र यसका लागि पहिले नै सूचना दिइसकेकी थिइन् । मंगलबार उपसभामुख उरिएल बुसोले भाषणको लागि उनको नाम बोलाए।
जब शेरीन वक्ताको कुर्सीको दायाँपट्टि पोडियममा पुगिन्, उनको घाँटीमा कपडाको फोल्डर वा गोलाकार झुण्डिएको थियो र त्यसमा शेरीनकी छोरी थिइन्।
तर शेरीन पोडियममा पुगेपछि बुसोले उनलाई बोल्नबाट रोकिन् । महिला सांसदले यसको कारण सोध्दा उपसभामुखले भनिन्– ‘संसदको नियमाअनुसार मञ्चमा उभिने अधिकार सांसदलाई मात्र छ र तपाईसँग छोरी छिन् ।’
शेरीनले जवाफमा भनिन्, ‘मैले बच्चालाई स्ट्रलरमा बसाउन लगाएको थिएँ तर उनी निकै सानो छिन् र त्यही भएर चर्को स्वरले रुन थालिन् । त्यसैले मसँग विकल्प थिएन । त्यसैकारण उनलाई झुण्ड्याएर यहाँ ल्याइएको हो ।’
शेरीनको कुरा सुनेपछि उपसभामुखले सभामुख अमिर ओहना र संसदका कानुनी सल्लाहकारहरूसँग परामर्श गरे। त्यसपछि शेरीनले संसदको नियमसँग सम्झौता गर्न नसकिने बताइन् । सभामुख ओहनाले भने, ‘म तपाईसँग माफी चाहन्छु तर नियम सबैका लागि समान हो।’
यो देखेर शेरीन अलि रिसाएकी थिइन् । भनिन, ‘यो कसरी सम्भव छ सांसदलाई नियमको ढाकछोप गरेर विधेयक पेश गर्नबाट रोक्ने ? आखिर बच्चाहरु हाम्रो को एक भाग हो। त्यहाँ अनगिन्ती महिलाहरू छन्, जो आमा पनि हुन् र आफ्नो काम वा कर्तव्य पूर्ण जिम्मेवारीका साथ पूरा गर्छन्।’
काठमाडौ, १४ असार ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार लोकल गाजर प्रतिकेजी न्यूनतम मूल्य १००, भारतीय प्याँज प्रतिकेजी मूल्य ३४, घिउ सिमी लोकल १००, कुरीलो प्रतिकेजी २००, काउली स्थानिय प्रतिकेजी ५० रुपैयाँ , आलु रातो ४४, नेपाली गोलभेडा ठूलो ६०, टनेल गोलभेडा सानो १९, लौका ८० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २५० रुपैयाँ , ब्रोकाउली ६०, कागती १५० रुपैयाँ,तोरीको साग रू ४०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ६०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १२०, अनार ३८० रुपैयाँ, आभोकाडो ६०० रुपैयाँ, अंगुर कालो ५२०, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ, रहु माछा ३१५, ताजा माछा(मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप ७०, हरियो धनिया १००, लोकल लीच्ची १२०, खु्र्सानी सुकेको ४५०, लसुन १५०, चाइनिज लसुन २२०, छ्यापी सुकेको १३० मा कारोबार भइरहेको छ ।
वासिंगटन डिसी, १४ असार ।
टाइटानिक जहाजको भग्नावशेष हेर्न गएको टाइटन पनडुब्बीको भग्नावशेष बुधबार क्यानडाको सेन्ट जोन्स बन्दरगाहमा ल्याइएको छ ।
विस्फोट भएको ६ दिनपछि एट्लान्टिक महासागरबाट सो पनडुब्बी निकालिएको हो ।
समाचार एजेन्सी एपीका अनुसार अमेरिकी कोस्ट गार्डका अधिकारीहरूले पनडुब्बीको भग्नावशेषमा मानव अवशेष भेटिएकोसमेत बताएका छन्। यी अवशेषहरूलाई परीक्षणको लागि मेडिकल टोलीमा पठाइने छ।
बीबीसीका अनुसार पनडुब्बीको भग्नावशेषमा ल्यान्डिङ फ्रेम, रियर कभरलगायत ५ वटा भाग भेटिएको छ । कोस्ट गार्डले भने कि, पनडुब्बीको धेरै भग्नावशेष अझै टाइटानिक जहाज नजिकै छ। उहाँलाई छिट्टै बाहिर निकाल्ने प्रयास गरिनेछ। पनडुब्बीको भग्नावशेषको फोरेन्सिक जाँच गरी किन विस्फोट भयो ? भन्ने पत्ता लाग्नेछ ।
टाइटन पनडुब्बी जुन १८ मा साँझ ५ः३० बजे एट्लान्टिक महासागरमा छोडिएको थियो। यो १ः४५ घण्टा पछि बेपत्ता भएको थियो । पनडुब्बीमा पाइलटसहित ५ जना पर्यटक सवार थिए । पनडुब्बीलाई ४ दिनसम्म खोज्ने प्रयास गरिएको थियो, त्यसपछि २३ जुनमा टाइटानिक जहाजको भग्नावशेषबाट १६ सय फिट टाढा यसको भग्नावशेष भेटिएको थियो । पनडुब्बी विस्फोट भएको अनुमान गरिएको थियो।
अमेरिकी नौसेना अधिकारीका अनुसार टाइटन पनडुब्बीको अन्तिम स्थान टाइटानिक जहाजको नजिकै रेकर्ड गरिएको थियो। बेपत्ता भएको केही समयपछि रडारमा विष्फोटसँग सम्बन्धित केही संकेतहरू पनि भेटिएका थिए । यो जानकारी तुरुन्तै कमाण्डरसँग साझा गरिएको थियो, जसले खोजी अभियानमा मद्दत गरेको थियो ।
काठमाडौ, १४ असार ।
सरकारले बकर इदको अवसरमा आज (असार १४ गते) सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले मंगलबार नै एक सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको हो ।
सरकारको यो निर्णयसँगै सबै सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था पनि आज बन्द हुनेछन् ।
काठमाडौं, १४ असार ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा समलिङ्गी बिबाहको बिपक्षमा उभिएका छन् ।
सर्वोच्च अदालतले समलिङ्गी बिबाहलाई अस्थायी मान्यता दिएको भोलीपल्ट सार्वजनिक प्रतिक्रियामार्फत थापा बिपक्षीमा देखिएका हुन ।
‘समलिङ्गी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण छ, समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरीत छ।विवाह महिला र पुरुष विचको पवित्र सम्बन्ध हो,’ उनले भनेका छन, ‘समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ।’
नयाँदिल्ली, १४ असार ।
त्रिपुराको उनाकोटी जिल्लामा बुधबार साँझ भगवान जगन्नाथको रथ हाई टेन्सन तारको चपेटामा परेको छ । जसका कारण ७ जनाको मृत्यु भएको छ । सोही क्रममा १८ जना जलेका छन् ।
भगवान जगन्नाथको उल्टा रथयात्राका क्रममा दिउँसो ४ः३० बजे कुमारघाट क्षेत्रमा उक्त घटना भएको प्रहरीले जनाएको छ
प्रदेशका मुख्यमन्त्री माणिक साहले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । दुर्घटनामा धेरै तीर्थयात्रीको ज्यान गएको उनले बताए । योसँगै धेरै मानिस घाइते भएका छन् ।
‘यो घटनाबाट म दुखी छु। मृतकका परिवारजनमा मेरो समवेदना र घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना। यस दुस्खद घडीमा प्रदेश सरकार पीडितहरुको साथमा छ,’ उनले भने ।
काठमाडाैं, १४ असार ।
काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले निजी बिधालयले पनि सरकारी स्कुल सरह शिक्षकहरूलाइ तलब भत्ता दिनुपर्ने जनाएका छन् ।
संस्थागत (निजि) बिधालयले शिक्षकहरूलाइ कानुन सम्मत तलब नदिएकाे गुनासाे गरे पछि मेयर शाहले सार्बजनिक रूपमा नै शिक्षकहरूकाे तलब सार्बजनिक गर्दै साेही अनुसार ब्यवस्था गर्नु पर्ने जनाएका छन् ।
‘काठमाडौं महानगरपालिकामा संस्थागत ( निजि / Private ) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ,’ शाहले भनेका छन, ‘यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ।’
सोही बमोजिम काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिएकाे भन्दै तलब स्केल सार्बजनिक गरेका छन् । उनले भनेका छन, ‘निम्न अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गर्दछौँ।’