२०८३ श्रावण २२
२०८३ श्रावण २२

 

काठमाडौ, १५ असार । 

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमरेकिन डलरको खरिद दर १३१ रूपैयाँ ०० पैसा र बिक्री दर १३१ रूपैयाँ ६० पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १४३ रूपैयाँ ०८ पैसा र बिक्री दर १४३ रूपैयाँ ७३ पैसामा काराेबार भइरहेकाे छ ।

हिजो अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ०० पैसा र बिक्री दर १३१ रूपैयाँ ६० पैसामा काराेबार भएकाे थियाे भने युरो एकको खरिद दर १४३ रूपैयाँ ५० पैसा र बिक्री दर १४४ रूपैयाँ १६ पैसा कायम गरिएकाे थियाे ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ७९ पैसा र बिक्री दर १६६ रूपैयाँ ५५ पैसामा काराेबार गर्न अनुमति दिएकाे राष्ट्र बैंकले शुक्रवार अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८६ रुपैयाँ ८३ पैसा र बिक्रीमूल्य ८७  रुपैयाँ २२ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५  पैसा ताेकिदिएकाे छ ।

 

चाइनिज युअान १ काे खरिद दर १८ रूपैयाँ १० पैसा तथा बिक्रिदर १८ रूपैयाँ १९ पैसा कायम गरिएकाे छ भने जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ८ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसा तथा दक्षिण काेरिया १०० को खरिदमा ९ रूपैयाँ ९६ पैसा र बिक्रीदर  १० रूपैयाँ ० पैसामा किनबेच हुनेछ ।

 

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसामा काराेबार हुने जनाएकाे  राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१७  रुपैयाँ तथा साउदी रियाल एकको खरिद दर ३४.९३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०९ रुपैयाँ कायम गराएकाे छ ।

 

काठमाडौं, असार १५ ।

आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य दिन । नेपालभर राष्ट्रिय धान दिवस मनाइन्छ । यस वर्ष शुक्रबार परेको राष्ट्रिय धान दिवस मुलुकभर रोपाइँ गरेरै मनाइँदै छ ।

नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउने गर्दछन् ।

आजको दिन किसानले शक्ति प्राप्तिका लागि दही च्यूरा खाने प्रचलन रहेको बताइन्छ । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।रिपोटर्स नेपाल

 

सुर्खेत, १५ असार ।

कर्णाली प्रदेश सरकारका नौ जिल्लामा आज सार्वजनिक बिदा दिईएको छ ।

धान दिवसको अवसरमा जुम्लाबाहेक कर्णाली प्रदेशका बाँकी जिल्लामा सार्बजनिक बिदा दिईएको हो ।

 

गत चैत २९ को मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार असार १५ मा राष्ट्रिय धान दिवसका अवसरमा जुम्लाबाहेक नौ जिल्लामा सार्वजनिक बिदा दिईएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।

 

काठमाडौं, १५ असार ।

नेपाल र मलेसियाका बिचमा आज प्रतिस्पर्धा हुदैँछ ।

मलेसियामा जारी एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियासँग प्रतिस्पर्धामा उत्रन लागेको हो । सो खेल अब केही बेर अर्थात बिहान ७ः१५ बजेवाट सुरू हुदैँछ ।

 

पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको नेपालले घरेलु टोलीलाई पनि पराजित गर्ने उदेश्यसहित मैदानमा उत्रिन लागेको हो । नेपालले आज मलेसिया माथि जित निकाल्न सकेमा समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।

पोखरा । आज सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला हुदैँछ ।

त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार पोखरा आउने कार्यक्रम यसअघि नै तय भईसकेको छ ।

गण्डकी प्रदेश सरकारको आयोजनामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको पोखरामा भेला हुन लागेका हुन । उनीहरु दुई दिनसम्म पोखरामा संघीयता र प्रदेशका हक अधिकारका बारेमा छलफल गर्नेछन् ।

 

तर, कोशी प्रदेशका मुख्यमन्त्री आउने नआउने भन्ने बारेमा अन्यौल कायमै रहेको छ । आज कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने भए पछि पोखरामा हुने यस कार्यक्रममा उनकाे उपस्थिति अन्यौलमा परेको हो ।

गण्डकी प्रदेश सरकारकी प्रवक्ता तथा ऊर्जा मन्त्री सरस्वती अर्यालका अनुसार यसअघि जेठ १० का लागि तोकिएको भेला प्रावधिक कारण सम्पन्न हुन नसके पनि यसपटक बोलाईएको भेला भने शुक्रवार र शनिवार गरी दुई दिनसम्म चल्नेछ ।

 

आजबाट सुरु हुने सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला दोस्रो हो । पहिलोपटक २०७५ भदौ २१ र २२ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पहलमा पहिलो पटक मुख्यमन्त्रीहरुको भेला भएको थियो ।

मञ्जय राम,कटहरिया,असार १४ गते
रौतहट–जिल्लाको कटहरिया नगरपालिकामा लम्पी स्किन रोग विरुद्धको खोप सुरु लगाउन सुरु गरिएको छ । कटहरिया नगर क्षेत्र भित्रका कृषकहरूको गोठमा गई लम्पी स्किन रोग विरुद्धको खोप लगाउन सुरु गरिको छ ।


पशु सेवा शाखा कटहरियाका प्रमुख अमोद कुमार पटेलले दिएको जानकारी अनुसार देखा परेको पशुको वरीपरी र व्यवसायीक फार्महरु खोप लगाउन सुरु गरिएको बताए । सम्भवत जिल्लामै पहिलो चोटी कटहरिया नगरपालिकाले यो रोग विरुद्धको खोप खरिद गरी लगाउन सुरु गरिएको बताए । आज पहिलो दिन कटहरिया वडा नम्बर १ र २ मा पशुहरुलाइ लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको उनले बताए ।


उनले भने नगरपालिका बाट खरिद गरी जो भैक नामक इन्जेक्सन खरिद गरी खोप लगाउन थालिएको हो ।
यतिबेला पशुचौपायामा लम्पी स्किन रोगले महामारीको रुप लिएको छ । जसका कारण धेरै पशुवस्तु संक्रमित भइसकेका छन । मुख्य गरेर गाईरभैंसीमा देखिने लम्पी स्किन रोगका कारण किसान चिन्तित देखिएका हुन् ।


घरपालुवा पशुवस्तुमा यो रोग देखापरेपछि किसानहरू चिन्तित् बनेका छन् । कैयौँ चौपायाको यसै रोगका कारण मृत्यु समेत भइसकेको छ । पछिल्लो समयमा नेपालका विभिन्न ठाँउमा लम्पी स्किन रोगले गाईगोरु मर्न थालेपछि पशुपालनमा संलग्न किसानहरू चिन्तित बनिरहेको बेलामा खोप लगाउन थालिएको हो ।

 

 

आरके श्रीवास्तव,रौतहट,असार १४ गते
रौतहट – बज्जिका कहाबत नामक पुस्तकको आज विमोचन गरिएको छ । जिल्लाको मध्य भागमा रहेको गरुडा स्थित रेडियो मधेश मसलाको सभाहलमा पुस्तक विमोचन समारोह आयोजन गरिएको थियो ।


बज्जिका साहित्य संगम गरुडा रौतहटको आयोजना र आकृति क्रिएसन हेटौडा,नेपाल साहित्यिक पत्रकार संघ मधेश प्रदेशको सह आयोजनामा पुस्तक विमोचन गरिएको हो । पुस्तकको प्रमुख बज्जिका साहित्कार रामचन्द्र महतोले एक समारोहका बीच विमोचन गरेका हुन् ।

नेपाल साहित्यक पत्रकार संघको १७ औं वार्षिकोत्सवको अवसरमा पुस्तक प्रकाशन गरिएको हो । पुस्तकमा विश्वराज अधिकारी द्धारा संकलन गरिएको बज्जिका भाषाको कहावत समावेश गरिएको छ ।

६४ पृष्ठको सो पुस्तकमा बज्जिका कहावतले नै भरिएको छ । सो पुस्तकको विमोचन पछि बोल्दै बज्जिका भाषाका साहित्यकारहरुले बज्जिका भाषा लाइ बढावा दिन अधिकारीको भूमिका महत्वपूर्ण रहेको बताए । सदिऔं देखि बज्जिकाञ्चल क्षेत्रमा बोलीने कहावतहरुलाइ पुस्तकको माध्यमले उतारनु भएकोमा धन्यवाद कृतज्ञ गरेका थिए ।

कार्यक्रममा पूर्व स्रोत व्यक्तिहरू बिन्दा सहनी, साहित्यकार मनमोहन सिंह मनोहर,बज्जिका साहित्यकारहरु लगायतले सो पुस्तकको विषयमा बोलेका थिए । बज्जिका साहित्य संगमका अध्यक्ष किसुन दयाल यादवको अध्यक्षतामा भएको कार्यक्रमलाइ साहित्यकार संजय साह मित्रले गर्नु भएको थियो ।

   

 

बज्जिकाञ्चल,राैतहट,असार १४ गते

जन्मदिवसको उपलक्ष्यमा अनाथालयलाई खाद्यान्न सहयोग गरिएको छ । जिल्लाकाे मध्य भाग गरूडामा रहेको बंशीराम जयसवाल अनाथालयमा खाद्यान्न उपलब्ध गराईएकाे हाे ।

चन्द्रपुर नगरपालिका-५, रौतहट निवासी नमूना अंग्रेजी आवासीय बिद्यालयकी सञ्चालिका लक्ष्मी श्रेष्ठले आफ्नो शुभ जन्मदिवसको उपलक्ष्यमा विभिन्न खाद्यान्न सामानहरू उपलब्ध गराईएकाे हाे ।

उनले चामल, आलु, चना, सोयाबिन, तेल, मसाला लगायत विभिन्न खाद्य सामग्री सपरिवार अनाथालयमा उपस्थित भई संस्थापक बंशीराम जडसवा लाई सहयोग स्वरूप हस्तान्तरण गर्नुभयो । आफ्ना खुशीका पलहरू अनाथालयका बालबालिकाहरू सँग साट्न सम्पर्क गर्न अनाथालय परिवारले अनुराेध गर्दै आएकाे छ ।

 

आरके श्रीवास्तव,राैतहट,असार १४ गते

राैतहटकाे कटहरिया नगरपालिकामा किसानहरूले कृषि सामाग्री पाएका छन् । किसानहरुलाई खेती किसानीको लागी मोटर सहित कृषि सामानहरू वितरण गरिएको हाे ।

साे नगरपालिकाकाे वडा नम्बर ५ बलिरामपुर टोलका किसानलाई मोटर, स्प्रे टैकिं,डेलिभरी पाईप, तरकारीको बिउ, औषधि लगायका विभिन्न सामानहरू दिएकाे हाे ।

श्री जन जागरण कृषक समुह साना ब्यवसायिक कृषि उत्पादन केन्द्रको आयोजनामा आज(विहीबार) वितरण भएको हाे । साे अवसरमा जनप्रतिनिधि लगायत किसानहरूको सहभागीता रहेकाे थियाे ।

 

काठमाडौं, १५ असार ।

राष्ट्रिय सभा बैठक बस्दैछ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ः३० बजे बस्नेछ ।

 

आजको बैठकमा राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले बिनियोजन बिद्येयक २०८० को सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन भने अर्थमन्त्री डा. प्रकाशशरण महतले बिनियोजन बिद्येयक २०८० बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्य सुची रहेको छ ।

यसैगरी बिद्यायन ब्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल बिश्वबिद्यालय बिद्येयक २०७९ माथी छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ भने भने त्यसलाई पारित गरियोस भन्ने प्रस्ताव शिक्षा मन्त्री अशोक राईले गर्ने कार्यसुचीमा उल्लेख छ ।
मुलुकी संहिता सबन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको बिद्येयक २०८० माथी दफावार छलफल हुने र सो बिद्येयक पारित गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।