काठमाडौं, १५ असार ।
राष्ट्रिय जन कंग्रेसको निमन्त्रणामा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गएको साता गरेको चीनको औपचारिक भ्रमणपछि त्यसका सकारात्मक परिणामहरु आउन थालेका छन ।
अध्यक्ष तिमिल्सिना र चीनको उच्च नेतृत्वका बिचमा भएका छलफलका बिषयहरुमा चीनले सकारात्मक चाँसो राख्दै कार्यान्वयनका लागि पहल थालेको अध्यक्षको सचिवालयले जनाएको छ ।
नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष तिमिल्सिना जेठ २७ देखि असार ६ गतेसम्म दश दिन चीनको भ्रमण गरेका थिए ।
भ्रमणका क्रममा छलफलमा बढी जोड दिइएको पोखरा विमानस्थलमा नियमित उडान गर्ने र नेपालका कृषिजन्य उत्पादनलाई चीनमा सहज प्रवेश दिने बिषय चीनले कार्यान्वयन गर्न थालेको हो । चीनको सिचुवान प्राप्तको छेन्दुबाट पोखरा नियमित उडान सञ्चालन गर्ने बिषयमा नेपाली पक्षसँग छलफलका लागि सिचुवान एयरलायन्सका अध्यक्ष मा जून लुन नेपाल आउन लागेको जानकारी चीनियाँ दुतावासले दिएको छ ।
नेपालको नागरिक उड्डयन प्राधिकरणसहितका निकाय तयार भएमा छिट्टै नियमित उडानका लागि सिचुवान एयरलायन्स तयार देखिएको हो । नेपालले त्यसका लागि आवश्यक तयारी गर्न सिचुवान एयरलायन्सले आग्रहसमेत गरेको छ ।
यसैगरी चीनको स्वशासित क्षेत्र तिब्बतमा नेपालमा उत्पादन गरिने तयारी घाँस (साईलेस) निर्यातका लागि चीन सकारात्मक भएको छ । घाँस उत्पादक र तिब्बत सरकारका बिचमा सहमति समेत भैसकेको छ भने दुई सातापछि घाँस निर्यात थालिने ब्यबसायीले जानकारी गराएका छन । तिब्बतमा चौंरीका लागि यो घाँस प्रयोग हुन्छ ।
अध्यक्ष तिमिल्सिना र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीका बिच भएको भेटवार्ताका क्रममा सिधा उडानको बिषय उठान भएपछि असार ६ मा चार्टड उडान भैसकेको छ । अध्यक्ष तिमिल्सिनाले पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा समेत चीनका बिभिन्न शहरबाट सिधा उडान गर्न आग्रह गरेका थिए ।
अध्यक्ष तिमिल्सिनाको आग्रह अनुसार नै पोखरामा भएको ड्रागन बोट फेस्टिबलका सहभागीहरु नियमित उडानबाट काठमाण्डौ आउने तयारीमा रहे पछि चीनले सिचुवान एयरलायन्सको बिमान चार्टड गरेर नेपाली संसदीय प्रतिनिधी मण्डलका सदस्य र खेलाडीहरुलाई पोखरा पठाएको थियो ।
काठमाडौ, १५ असार ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार लोकल गाँजर प्रतिकेजी न्यूनतम मूल्य १००, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४४, घिउ सिमी लोकल १००, कुरीलो प्रतिकेजी २००, काउली स्थानिय प्रतिकेजी ४० रुपैयाँ , आलु रातो ४३, नेपाली गोलभेडा ठूलो ५०, टनेल गोलभेडा सानो २५, लौका ७० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २४० रुपैयाँ , ब्रोकाउली ६०, कागती १५० रुपैयाँ, तोरीको साग ४० रूपैयाँ, न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ७०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १४०, अनार ३८० रुपैयाँ, आभोकाडो ६०० रुपैयाँ, अंगुर कालो ५२०,हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,रहु माछा. ३१५, ताजा माछा(मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप ७०, हरियो धनिया १००, लोकल लीच्ची १००, खुर्सानी सुकेको ४५०, लसुन १५०, चाइनिज लसुन २१०, छ्यापी सुकेको १२० मा कारोबार भइरहेको छ ।
मेक्सिको, १५ असार ।
जलवायु परिवर्तनका कारण विश्वले बढ्दो तापक्रमको सामना गरिरहेको छ । गर्मीको प्रकोप यतिबेला सबैभन्दा बढी मेक्सिकोमा देखिएको छ ।
यहाँका कतिपय स्थानमा तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार जसकाकारण विगत दुई हप्तामा कम्तिमा १०० जनाको मृत्यु भएको छ।
मेक्सिकोको चरम गर्मीले पनि बिजुलीको माग बढेको छ। जसका कारण अधिकारीहरुले धेरै ठाउँबाट विद्युत काट्नु परेकोले जनतामा थप समस्या बढेको छ । चर्को गर्मीका कारण मानिसहरु असहाय देखिएका छन् ।
मन्त्रालयको रिपोर्टअनुसार दुई तिहाइभन्दा बढीको मृत्यु १८ देखि २४ जुनको बीचमा भएको थियो भने बाँकी गत हप्ता भएको थियो। अर्कोतर्फ गत वर्षको सोही अवधिमा गर्मीका कारण एक जनाको ज्यान गएको थियो ।
मेक्सिकोमा सबैभन्दा धेरैको मृत्यु गर्मीका कारण भएको हो । त्यसैगरी डिहाइड्रेसन पनि कतिपयको मृत्युको कारण बनेको मिडिया रिर्पोटमा जनाईएको छ । ६४ जनाको मृत्यु टेक्सासको सिमानामा रहेको उत्तरी राज्य न्यूभो लियोनमा भएको थियो भने बाँकी खाडी तटमा रहेको छिमेकी तामाउलीपास र भेराक्रुजका बासिन्दा थिए।
यसैबीच हालैका दिनमा यहाँको तापक्रम घटेको खबर आएको छ । वास्तवमा चर्को गर्मीको सामना गरिरहेका जनताले वर्षाले राहत पाएका छन् । यद्यपि, केही उत्तरी शहरहरूमा अझै उच्च तापक्रम रेकर्ड गरिएको छ।
सोनोरा राज्यको एकोन्ची सहरमा बुधबार अधिकतम तापक्रम ४९ डिग्री सेल्सियस रहेको थियो ।
पिथौरागढ, १५ असार ।
भगवान शिवको घर मानिने कैलाश पर्वत अब भारतबाट हेर्न सकिने भएको छ।
यसका लागि चीनको स्वशाषित भुमी तिब्बत जानु नपर्ने भारतीय मिडियाहरूले जनाएका छन । जसअनुसार उत्तराखण्डको पिथौरागढ जिल्लाको १८ हजार फिट अग्लो लिपुलेक पहाडबाट कैलाश पर्वत प्रष्ट देखिन्छ । यहाँबाट हिमालको हवाई दूरी ५० किलोमिटर छ। जहाँसम्म पुग्नका लागि अब दुइवटा बाटो बनाउने तयारी गरिएको भारतीय मिडिया दैनिक भाष्करले लेखेको छ ।
सो मिडियाका अनुसार यो नयाँ दर्शन मार्ग स्थानीय गाउँलेहरुले पत्ता लगाएका हुन् । गाउँलेको जानकारीमा अधिकारी र विज्ञको टोली पुगेर सडकको नक्सा, मानिसको बस्ने व्यवस्था, दर्शनस्थलसम्म पुग्ने बाटोलगायत अन्य व्यवस्थाको सर्वेक्षण गरिसकेको छ । र, उनीहरुले पर्यटन मन्त्रालयमा प्रतिवेदन पनि बुझाउँदै छन् ।
विज्ञ टोलीमा आएकी कृति चन्दले लिपुलेकको पहाड जहाँबाट देखिने पहाड नाभिडङभन्दा २ किलोमिटर माथि रहेको बताइन् । उनका अनुसार यहाँबाट ४–५ दिनको यात्रा गरेर कैलाश हिमालको दर्शन गर्न सकिन्छ । भक्तजनहरु सडकबाट धार्चुला र बुढी हुँदै नाभिडाङ पुग्नु पर्नेछ । यसपछि दुई किलोमिटरको आरोहण पैदल यात्रा गर्नु पर्नेछ ।
पुरानो लिपुलेक पुग्न २ किलोमिटर चढ्नुपर्छ, जुन सजिलो नभएको पर्यटन विभागले जनाएको छ । यहाँसम्म पुग्न बाटो पनि बनाउन सकिने भन्दै सर्बे सुरू गरिएको छ ।
यसैगरी, पिथौरागढकै जेओलिङ्काङ भन्दा २५ किलोमिटर माथि रहेको लिम्पियाधुरा चुचुरोबाट कैलाश हिमाल देख्न सकिने स्थानीय बासिन्दाले दाबी गरेका छन् ।
लिम्पियाधुरा शिखर नजिकै ओम पर्वत, आदि कैलाश र पार्वती सरोवर रहेका छन्। यहाँबाट कैलाश हिमाल देखेपछि यस क्षेत्रमा धार्मिक पर्यटनको दायरा बढाउने गरी कार्य अघि बढाइएको छ ।
मुम्बई, १५ असार ।
चलचित्र ‘सत्यप्रेमको कथा’ ले उत्कृष्ट अग्रिम बुकिङ प्रतिक्रिया पाएको छ ।
यति मात्र होइन, कार्तिक आर्यन र कियारा आडवाणीको फिल्मले यति राम्रो अग्रिम बुकिङ पाएको छ कि यो यस वर्षको पाँचौं सबैभन्दा धेरै एडभान्स बुकिङ गर्ने फिल्म बनेको छ । ‘सत्यप्रेम की कथा’ अघि कार्तिक आर्यन र कियारा आडवाणीको जोडी फिल्म ‘भुल भुलैया २’ मा देखिएका थिए । यो चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो ।
ट्रेड विश्लेषक सुमित कँडेलका अनुसार ‘सत्यप्रेमको कथा’ ले देशका प्रमुख तीनवटै चेन आइनक्स, पीभीआर र सिनेपोलिसमार्फत गत बुधबार राति १० बजेसम्म मात्रै ५१ हजार ५०० टिकट बुक गरिसकेको छ । ट्रेड विश्लेषकले यसलाई कोभिड १९ महामारीपछिको यो मध्यम आकारको फिल्मको लागि उत्कृष्ट प्रि–सेल भएको बताए ।
‘सत्यप्रेम की कथा’ मा कार्तिक आर्यन र कियारा आडवाणीको साथमा सुप्रिया पाठक कपूर, गजराज राव, सिद्धार्थ रन्धेरिया, अनुराधा पटेल, राजपाल यादव, निर्मित सावन्त र शिखा तलसानिया छन्।
फ्यानहरु यो फिल्मको उत्सुकताका साथ पर्खिरहेका छन् ।
बासिंगटन डिसी, १५ असार ।
अमेरिकाको सर्वोच्च अदालतले एउटा ठूलो फैसला गर्दै विश्वविद्यालयमा जातियताको आधारमा भर्ना गर्ने अभ्यासमा प्रतिबन्ध लगाएको छ ।
यसैबीच राष्ट्रपति बिडेनले यसबारे आफ्नो प्रतिक्रिया दिएका छन् । उनले बिहीबार भने कि उनी विश्वविद्यालय भर्ना निर्णयहरूमा जाति र जातीयताको प्रयोगमा प्रतिबन्ध लगाउने अमेरिकी सर्वोच्च अदालतको निर्णयसँग कडा रूपमा असहमत छन्।
प्रधानन्यायाधीशले फैसलामा यस्तो प्रचलन सधैंभरि रहन नसक्ने र यस्तो अभ्यासले अरुमाथि हुने असंवैधानिक भेदभाव भएको बताए । विद्यार्थीलाई जातको आधारमा नभई उसको अनुभवका आधारमा व्यक्तिको रूपमा व्यवहार गर्नुपर्छ। उनले भने, ‘हाम्रो संवैधानिक इतिहासले यो विकल्प सहन सक्दैन ।’
उही समयमा राष्ट्रपति जो बाइडेनको अमेरिकी सर्वोच्च अदालतको जातीयताको आधारमा प्रवेशमा प्रतिबन्ध लगाउने निर्णयसँग असहमत देखा पर्यो। उनले कलेज भर्नामा अदालतले सकारात्मक कारबाहीको अन्त्य गरेको बताए। अमेरिकी राष्ट्रपतिले अदालतको निर्णयसँग आफू पूर्ण रूपमा असहमत रहेको बताए ।
बिडेनले भने कि, ‘आजको निर्णयले दशकौंको महत्त्वपूर्ण प्रगतिलाई पछाडि फर्काउँछ।
रौतहट १४ असार।
राष्ट्रिय वृक्षारोपण दिवसको उपलक्ष्यमा बृक्षारोपण गरिएको छ ।
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटको आयोजनामा चन्द्रपुर न।पा।वडा नं ६ स्थित हातेमालो सामुदायिक वनको डावरीमा बृक्षारोपण गरिएको छ ।

चन्द्रपुर न।पा।का मेयर संजय काफ्ले, डिभिजन बन कार्यालय तथा स।प्र।बल सन्तपुरका प्रमुख,जिल्ला।ट्राफिक ।प्रहरीका।
चन्द्रनिगाहपुर रौतहटका प्रमुख तथा बिभिन्न वडा र सरकारी निकायका प्रतिनिधिहरु, साझेदारी वनका समितिहरूको उपस्थितमा वृक्षारोपन गरिएको छ।

क्यानबेरा, १५ असार ।
अस्ट्रेलियाको राजधानी क्यानबेरामा सरकारले ‘ब्रेन डेड’ भएका व्यक्तिको इच्छा मृत्युको न्यूनतम उमेर १४ वर्ष पुर्याउने भएको छ ।
यो कानून पास भएमा यो इच्छा मृत्यु सम्बन्धी सबैभन्दा उदार कानून हुनेछ, जसअन्तर्गत बालबालिकाले पनि त्यस्ता अधिकार प्राप्त गर्न सक्नेछन्।
यस कानूनका सम्बन्धमा राज्यका मानवअधिकार मन्त्री तारा शीनले हालै इच्छा मृत्युको निर्णय लिन परिपक्वताको उमेर १८ बाट १४ वर्षमा झार्ने विचार गरिरहेको बताएकी छिन् ।
उमेरको हद स्वविवेकको कुरा भएको जनाउँदै जन्मदिनलाई आधार मानेर मात्र नपुग्ने भन्दै उनले व्यक्तिको निर्णय क्षमता हेरेर स्वास्थ्य विज्ञले निर्णय गर्ने बताए ।
शैनका अनुसार उनको कानूनमा सार्वजनिक समर्थन रहेको छ । उनका अनसार सामुदायिक परामर्शमा तीन हजारभन्दा बढीको सहभागिता रहेको र ५ सय जनाले लिखित राय दिएको बताए । ८० प्रतिशतले इच्छा मृत्युलाई समर्थन गरेका छन् ।
अर्कोतर्फ सरकारको यो अभ्यासको विरोध सुरु भएको छ । गृह मामिलाका छायाँ मन्त्री जेम्स प्याटरसनले उमेर घटाउने योजनालाई ‘डरलाग्दो’ भनेका छन्। ‘वयस्क पनि नभएको व्यक्तिले आफ्नो निर्णय आफैले लिने सक्दैन, यो विवेक संगत छैन। उसलाई इच्छामृत्यु रोज्ने अधिकार दिनु कति हदसम्म सही होला ? त्यसो गर्दा जोखिम मात्र बढ्छ,’ उनले भने ।
सन २०१७ मा अष्ट्रेलियाको भिक्टोरियामा कानून लागू भए पछि सयौं मानिसहरूले इच्छामृत्यु रोजेका थिए, जसअनुसार भिक्टोरियामा यस्ता मानिसको संख्या ६०० भन्दा बढी रहेकाे थियाे ।
पेरिस, १५ असार ।
फ्रान्समा गत मंगलबार देखी भडकिएको दंगा अझै नियन्त्रणमा आउन सकेको छैन् ।
गत मंगलबार फ्रान्सको राजधानी पेरिसको उपनगर नान्तेरेमा १७ वर्षीय नाहेललाई प्रहरीले ट्राफिक सिग्नलमा रोक्न नसके पछि गोली हानी हत्या गरे पछि फ्रान्समा दंगा भडकिएको हो । गोली चलाउने अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
सो घटनापछि फ्रान्समा हिंसा जारी छ । बुधवार अबेरदेखि पेरिसको सडकमा सयौं मानिसले प्रदर्शन गरिरहेका छन् । बीबीसीका अनुसार प्रदर्शनकारीहरूले धेरै भवन र कारमा आगजनी गरेका छन् र प्रहरीमाथि घरेलु बमसमेत प्रहार गरेका छन । फ्रान्सको आन्तरिक मन्त्रालयले सडकमा २ हजार प्रहरी तैनाथ गरेको छ । अहिलेसम्म १५० प्रदर्शनकारी पक्राउ परेका छन् ।
गत मंगलबार दुई पुलिस अधिकारीहरूले नान्तेरेको सडकमा पहेंलो कार रोके। झगडाका क्रममा प्रहरी अधिकृतले पेस्तोल निकालेर चालक नाहेलको टाउकोमा गोली हानेका थिए । चालकले कारलाई तीव्रता दिएका थिए जुन केही टाढा गएपछि दुर्घटनामा परेको थियो। उनको घटनास्थलमै मृत्यु भयो ।
सो घटनालालाई फ्रान्सका राष्ट्रपतिले आकस्मिक बैठक बोलाएका छन् । म्याक्रोनले भने, ‘यो घटनाले सिंगो देश स्तब्ध भएको छ। यसरी युवाको हत्यालाई कुनै तर्कले औचित्य दिँदैन ।’
फ्रान्सका सांसदहरूले बुधबार राष्ट्रिय सभामा एक मिनेट मौन धारण गरेका थिए । प्रधानमन्त्री एलिजाबेथ बोर्नले भनिन्, ‘गोलीबारीको यो घटना स्पष्ट रूपमा नियमको उल्लङ्घन हो।’
पीडित परिवारले घटनामा संलग्न अधिकारीविरुद्ध ज्यान मार्ने, सहयोग र दुव्र्यवहार गरेको आरोपमा उजुरी दिएका छन् ।
काठमाडौं, १५ असार ।
पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा अबरुद्ध भएको छ ।
हिजो साँझ देखी पहिरो खस्ने क्रम अझै पनि नरोकिए पछि सो सडक खण्ड आज बिहानसम्म पहिरोको चपेटमा परेको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार निरन्तर पहिरो गएका कारण पहिराे पन्छाउने कार्य सुचारु गर्न सकिएको छैन । उसका अनुसार मुग्लिनबाट करिब दुई किलोमिटर पश्चिम नारायणगढतर्फ तीन नम्बर पुल निर पहिरो खसिरहेका कारण हिजो देखी यातायाता सुचारु गराउन नसकिएकाे हाे ।
पहिरो झर्ने क्रम जारी रहेकाले जोखिमका कारण मेसिन चलाउन नसकिएको जनाउँदै जाममा परेका सवारी साधनको लामो लाइन लागेको र पहिराे राेकिने बितिक्कै मेशिन लगेर पहिराे पन्छाउने याेजनामा प्रहरी रहेकाे जनाइएकाे छ ।
हाल काठमाडौंबाट भरतपुरतर्फ गएका ठूला सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा तथा नारायणगढबाट काठमाडौं, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबीरे, जुगेडी क्षेत्रमा रोकिएका छन् ।