२०८३ श्रावण २२
२०८३ श्रावण २२

 

आरके श्रीवास्तव,रौतहट,२० गते असार
रौतहट–फतुवा बिजयपुर नगरपालिकाको वडा नम्बर २ स्थित भकुवा खोलामा झुलुंगे पुल निर्माण भइरहेको छ । सो वडाका वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजयको विशेष पहलमा झुलुंगे पुल निर्माण हुन लागेको हो । सितलपुर र चिरचिरिया चौरी जोडने झुलुंगे पुलको निर्माण हुन थालेपछि गाउँका बासिन्दाहरु हर्षित भएका छन् ।

उक्त झुलुंगे पुल निर्माण भएपछि किसानलाइ विशेष फाइदा पुग्ने देखिन्छ । झुलुंगे पुल नहुँदा किसानहरुलाइ करिब डेढ किलोमिटर घुमाउरो बाटो भएर कृषि सामान

हरु धान,गहुँ,मकै बाली ढुवानी गर्नु पर्ने बाध्यता थियो । अब उपरान्त उक्त समस्या हटने भएको छ ।
फतुवा बिजयपुर नगरपालिका तथा टि.वि.एस.यु./हेल्भिटासको संयुक्त लगानीमा सो झुलुंगे पुल निर्माण हुन लागेको हो । झुलुंगे पुलमा नगरपालिकाको ३ प्रतिशत मात्र लगानी र बाँकी संस्थाले आफै लगानी लगाउने इ.अशोक कुमार साहले बताउनु भयो ।

उक्त झुलुंगे पुल निर्माणको लागि अनुमानित लागत करिब ४८ लाख रहेको उनले जानकारी गराए ।
यस वर्ष उक्त झुलुंगे पुल निर्माणको लागि २५ लाख रुपैयाँ मात्र छुट्टयाइएको वडा अध्यक्ष यालवले बताउनु भयो । निर्माणाधीन झुलुंगे पुलको काम तिव्र गतिमा भइरहेको यनले बताए ।

सो पुलको निर्माण सम्पन्न भएपछि साना मानिसलाई आवतजावतमा सहज हुने स्थानीय मुनिफ यालवले जनाएका छन् । सो पुल निर्माण भएपछि उक्त क्षेत्रमा खेतवारी भएका सायौं किसानहरुलाई आवतजावतमा सहज हुने उनले बताए । बाढीको समयमा भकुवा खोलामा अत्यधिक पानीको बहावको कारण मानिसलाई आवतजावतमा समस्या हुने भएकोले सो पुल निर्माण भएपछि उक्त समस्या हटेर जाने स्थानिय वासिन्दाहरु बताउँछन् ।

    

 

काठमाडौं, २० असार ।

४५ हजार घुस रकमसहित एक इन्जिनियर पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले इन्जिनियर अरविन्द कुमार यादवलाई घुससहित पक्राउ गरेको हो।

रुपन्देहीको टोटहिमाई गाउँपालिका–७ को सडकको पिसिसि र ग्राभेलको नाप जाँचको भुक्तानी प्रयोजनका लागि इन्जिनियर यादवले ४५ हजार घुस लिएको भन्ने सूचनाका आधारमा खटिएको टोलीले यादवलाई पक्राउ गरेको आयोगले जनाएको छ । यादवबारे थप अनुसन्धान भइरहेको आयोगको भनाई छ ।

 

काठमाडौँ, २० असार ।

काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली चलचित्र ‘बगान’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक एकल आमाको संघर्ष, सामाजिक द्वन्द्व, चाहना र सन्तान प्रतिको दायित्वलाई देखाईएको छ । ट्रेलरमा आमाको भूमिकामा रहेकी करिश्मा मानन्धर र छोरीको भूमिकामा रहेकी प्रमिला कार्कीको अभिनयले प्रसंशा बटुलेको छ ।

आयोजित कार्यक्रममा ट्रेलर देखाईएपछि उनीहरू दुवैलाई बधाई दिईएको थियो । ट्रेलरमा करिश्मासँग प्रेम गर्ने पात्रको रूपमा अभिनेता तथा यस चलचित्रका निर्देशक सरोज खनाललाई देखाईएको छ । अभिनेत्री कार्कीको प्रेमीको रूपमा अभिनेता आकाश श्रेष्ठलाई राखिएको छ । अभिनेता नीर शाहलाई पुरातनवादी सोच राख्ने पात्रको रूपमा राखिएको छ भने अभिनेत्रीद्वय बसुन्धरा भुसाल र मिथिला शर्मालाई पनि ट्रेलरमा समेटिएको छ ।

‘मैले यो पात्रलाई महसुस गर्न मेरो आमाका संघर्षका दिन सम्झिए । बाल्यकालमै म मेरो बहिनीलाई लिएर उहाँ घरबाट निस्किनु भएपछि गर्नुभएको संघर्षले हामीलाई मजबुत बनाएको हो’, अभिनेत्री मानन्धरले भनिन्,’यसमा एकल आमा प्रति सन्तान, परिवार र समाजको दायित्व देखाईएको छ । एक हिसाबले एकल आमाको जीवनलाई यसमा देखाएका छौँ ।’

कार्यक्रममा बोल्दै अभिनेत्री कार्कीले आफू भन्दा सिनियर कलाकारहरूको सहायताले पर्दामा भूमिकालाई जिवन्त बनाउन सकेको प्रतिक्रिया दिईन् । उनले भनिन् ,’मभन्दा अनुभवी र पुराना कलाकारले समेत मलाइ सहज बनाइ दिनुभयो । मेरो वास्तविक जीवनसँगै मिल्ने स्वभाव यसमा देखाईएको छ । म एक किसिमले मेरो व्यक्तिगत जीवनसँग नजिक रहेको पात्रमा छु ।’

कार्यक्रममा बोल्दै निर्देशक तथा अभिनेता खनालले नेपालमा अहिले करिब १५ लाख जना एकल आमा रहेकोमा सबैले यो चलचित्र हेर्न पाउन भन्ने उद्देश्यले निशुल्क चलचित्र हेर्ने व्यवस्था गरेको बताए । उनले भने,’आज हामीले ६ जना एकल आमाहरुलाई प्रतिनिधि पात्रको रूपमा सम्मान प्रदान गर्दैछौँ । नेपालका सबै एकल आमाहरुलाई बिर्सन नसकेर निशुल्क चलचित्र देखाउने निर्णय गरेका हौँ ।’

कार्यक्रममा एकल आमाको प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, पूर्व बागमती प्रदेश प्रमुख तथा माइती नेपालकी अध्यक्ष एवं सिएनएन हिरो अनुराधा कोइराला, कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, पत्रकार बबिता बस्नेत, अभिनेत्री करिश्मा मानन्धरकी आमा कोमल कुमारी केसी र अभिनेत्री पुजा शर्माकी आमा दुर्गा सापकोटालाई सम्मान प्रदान गरिएको थियो । नेपालकी पहिलो नायिका भुवन चन्द, पहिलो रंगीन चलचित्रकी नायिका चैत्यदेवि सिंह, नेपालकी पहिलो हाँस्यकलाकार बशुन्धरा भुषाल र अभिनेत्री करिश्मा मानन्धरले सम्मान प्रदान गरेका थिए ।

‘बगान’ मा निर्देशक खनाल र करिश्मासँगै नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । गीतकार सुरेश वाग्लेको निर्माण तथा स्वप्निल नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, सन्देश शाहले सम्पादन, समिर मियाँले भि.एफ.एक्स. तथा रेनिश फागोले रंग संयोजन गरेकाछन् । प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।

ट्रेलर लिंक : https://youtu.be/fvTH5KUf4uY?t=17

 

काठमाडौं, २० असार ।

मकाउ पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई  पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका-८ स्थायी घर भई ललितपुरको गोदावरी-१४ बस्ने ५१ वर्षीय दुर्गाबहादुर रेग्मी रहेका छन्  ।

 

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले ठैबबाट पक्राउ गरेको  प्रहरीले जानकारी दिएको छ ।

 

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

 

उनले पीडितलाई जित बहादुर थामा मगरलाई वैदेशिक रोजगारीको लागि मकाउ पठाइदिन्छु भन्दै ६ लाख ६० हजार  रकम लिई सम्पर्कविहीन भएको प्रहरीको भनाई छ ।

रौतहट, १९ असार । रौतहटको परोहा नगरपालिकाले आर्थिक वर्ष २०८०।८१ का लागि ४७ करोड ५७ लाख ३२ हजार सात सय रुपैयाँको बजेट ल्याएको छ ।

गत असार १० गते सम्पन्न नगरसभाको बैठकमा आर्थिक वर्ष २०८०।८१ का लागि ४७ करोड ५७ लाख ३२ हजार सात सय रुपैयाँको बजेट सार्वजनिक गरिएको हो ।

नगरपालिकाले दिएको जानकारी अनुसार चालुतर्फ ३१ करोड १७ लाख ३२ हजार र पुँजीगततर्फ १६ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटको पूर्णपाठ

सतौ नगर सभा निति तथा कार्यक्रम २०८०.८१

 

आरके श्रीवास्तव,रौतहट,असार १८ गते

फतुवा बिजयपुर नगरपालिका वडा नम्बर १ ले ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । नगरपालिकाले वडा नम्बर १ मा आज(आईतवार)एक कार्यक्रमको आयोजना गरि जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

सो नगरपालिकाको वडा नम्बर १ भित्र बसोबास गर्ने ७० वर्ष माथिका १ सय ५० जनालाई जनही झुल,टर्च र छाता प्रदान गरि दोसल्ला ओढाएर सम्मान गरिएको हो । वडा अध्यक्ष बिजय यादवले जेष्ठ नागरिकहरु लाइ ती सामानहरु प्रदान गरेर सम्मान गर्नु भएको हो ।

जेष्ठ नागरिकहरुलाई आत्मसम्मान बढाउनका लागि सम्मान गरिएको वडा अध्यक्ष यादवले बताए । वडा स्तरीय योजना बाट ५ लाख बजेट छुट्टयाएर उक्त कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ ।

सो नगरपालिका अन्तर्गत वडा नम्बर १ मा पहिलो पटक यसरी जेष्ठ नागरिकहरुको आत्मसम्मान हुने काम गरेकोमा उनिहरु सुखी भएका छन् । वडा बाट बृद्धबृद्धालाई सम्मान गर्दा खुसी लागेको बृद्धहरुले प्रतिक्रिया दिएका छन् । उनीहरुले भनेका छन् म वडा अध्यक्षलाई धन्यबाद दिन्छु ।

बुढापाकालाई यसरी सम्मान गर्नु यो भन्दा ठुलो धर्म अरु नभएको उनीहरुक बताउँछन् । सो अवसरमा वडा सचिव ब्रिजकिशोर यादव, वडा सदस्यहरु रामपृत यादव,सिकलिा देवी,रामप्रवेश मुखिया,जगरनाथ यादव,विरेन्द्र ठाकुर लगायत स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

 

काठमाडौं, १८ असार ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल श्रीलंका प्रस्थान गरेका  छन् ।

उनी श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

साथै उनी दक्षिण एसियाली कम्युनिस्ट तथा वामपन्थी पार्टीहरुको बैठकमा पनि सहभागी हुनेछन् ।

 

काठमाडौं, १८ असार ।

दलितका लागि छुट्टै बजेटको व्यवस्था गर्न माग गरिएकाके छ ।

 

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग  लिँदै सांसद भुवनबहादुर सुनारले दलितका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

 

२३ प्रतिशत जनसंख्या रहेका दलितहरुका लागि किटान गरेर बजेटको व्यवस्था गर्न नसकेको भन्दै आपत्ति जनाएका उनले सांसद सुनारले पहुँच हुनेहरुका लागि मात्रै सरकारले बजेट विनियोजन गरेको आरोप समेत लगाए ।

 

विराटनगर, १८ असार ।

सरकारले मोरङस्थित कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. चन्द्रभाल झालाई नियुक्त गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले ११औँ तहका प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. झालाई कोशी अस्पतालको मेसुमा नियुक्त गरेका हुन् ।

 

कैलाली, १८ असार ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी सेप्टेम्बरमा चीन भ्रमणमा जाने भएका छन् । यसबारे परराष्ट्रमन्त्री एनपी साउदले सार्वजनिक रुपमा जानकारी दिएका हुन् ।

 

नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मन्त्री साउदले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे जानकारी दिएका हुन् । प्रधानममन्त्री प्रचण्ड आगामी सेप्टेम्बरमा चीन भ्रमणमा जाने कार्यक्रम तय भएको मन्त्री साउदको भनाइ छ ।

 

यद्यपि, प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे प्रधानमन्त्रीको सचिवालय र चिनियाँ पक्षले हालसम्म कुनै पनि सार्वजनिक रुपमा जानकारी गराएका छैनन् । परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री साउदले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे जानकारी दिएका हुन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।