२०८३ श्रावण २२
२०८३ श्रावण २२

रन्धिर सह, रौतहट, असार १९ गते ।

रौतहट प्रहरीले आज (मंगलबार) अस्थायी प्रहरी चौकी जुडिवेला र गैडाटारको स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन् । आज विहान ९ः३० बजेको समयमा कार्यालय प्रमुख एक नारायण कोईरालाले कार्यालय मातहत अस्थायी प्रहरी पोस्ट जुडिवेला र गैडाटार रौतहटको स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन् ।

सो चौकीहरुमा निरीक्षणको क्रममा कार्यालयको बस्तुस्थिती व्यक्तिगत टर्नआउट, कार्यालय व्यारेक भवन निरीक्षण गरेका छन् । साथै सो कार्यालयका सम्पादित काम कारवाहीको सम्वन्धमा जानकारी लिनुको साथै संगठनले सुम्पेको जिम्मेवारी नागरिकमैत्री ढंगबाट गर्न गराउनु भनि निर्देशन समेत दिएको थियो ।

रन्धिर साह,रौतहट, असार २० ।

रौतहटमा विभिन्न मुद्धामा फरार रहेका एउटै गाउँका ५ जना प्रतिवादीहरु लाई प्रहरीले पक्राउ गरेकाे छ । पछिल्लो दिनहरुमा रौतहट प्रहरीले दैनिक रुपमा अभियान नै सञ्चालन गरि फरार प्रतिवादीहरुको पक्राउ गर्ने कार्यलाई तिव्रता दिएको देखिन्छ । यस्तै आज प्रहरीले विभिन्न मुद्धामा फरार रहेका ५ जना प्रतिवादीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ पर्नेहरुमा गढिमाई नगरपालिका वडा नं. ८ बरियारपुर निवासी करिब ४२ वर्षीय दिनेश राय यादव, सोही गाउँका ३८ वर्षीय सतेन्द्र राय यादव, ४० वर्षीय नवल राय यादव, ४१ वर्षीय रामबिशवास राय यादव र करिब ४१ वर्षीय बिगु राय यादव रहेका छन् । जिल्ला अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय भई हालसम्म फरार रहेका प्रतिवादीहरुलाई रौतहट प्रहरीको गस्ती टोलीले गस्ती गर्ने क्रममा मंगलबार करिब १५ः०० बजेको समयमा रौतहटको गढिमाई नगरपालिका वडा नं. ८ बरियारपुर स्थितमा कुटपिट मुद्दा शिर्षकका फरार उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी रौतहट जिल्ला अदालत गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आरके श्रीवास्तव,रौतहट, २० गते असार
रौतहट । बज्जिकाञ्चल खबर।दैनिकको समाचारको प्रभाव परेको छ । खाल्डो खनेर छोडेका ठेकदारले लगाए घेराबेरा लगाएका छन् । कटहरिया–सन्तपुर–कलैया सडकखण्डमा लालबककैया पुल भन्दा अलि अगाडी बाँधको छेउँमा कजवे निर्माणको क्रममा ठेकेदारले चरम लापरवाही गरेको भनि समाचार प्रकाशन भएको थियो । समाचार बाहिर आएपछि ठेकदारको ध्यानाकृष्ट भएको हो । खाल्डो खनेको कारण सो बाटो भएर आउजाउ गर्न दुर्घटनाको जोखिम बढेको थियो ।
उक्त ठाउँमा गिता निर्माण सेवाले कजवे निर्माणको लागि जिम्मा पाएको हो । कजवे निर्माणको लागि खाल्डो खनेका छन् । खाल्डो खनेको ठाउँमा ब्रेकर या घेराबेरा गर्नुपर्ने थियो । तर त्यस्तो नगरेर खुला रुपमा नै छाडेका थिए । जसकारण दिनहुँजसो साइकल,मोटरसाइकिल र पैदलयात्रीहरु लडिरहेका थिए ।


एका पट्टी ढुंगा राख्ने र अर्को पट्टी सडकको छेउमामा खाल्डो खनेर छाडेपछि सो बाटो भएर आउ–जाउ गर्ने सवारी साधनहरुले ठूलो सास्ती खेप्नु परेको थियो । ठेकेदारको लापारवाहीले सर्वसाधारणहरु लाइ सस्ती बेहोर्नुपरेको थियो ।
यता निर्माण सेवाका सञ्चालक सुरेन्द्र यादव सँग बुझदा आफूले छिट्टै घेराबेरा लगाउने र कामलाइ तिव्र गतिले अगाडी बढाउने जनाएका थिए ।


ठेकेदारहरुबाट यस्तो लापारवाही यसअघि पनि बेला–बेला हुने गरेको छ । यसअघि विरेन्द्र राजमार्गमै खनेको खाल्डोमा साइकिलयात्रीको खसेर दुर्घटना भइ मृत्यु भएको थियो ।

आरके श्रीवास्तव,रौतहट,२० गते असार
रौतहटको दक्षिणी भेग बौद्धिमाइ नगरपालिकाको कोपवा बजार चौकमा वृक्षारोपण गरिएको छ । सो नगरपालिकाका नगर प्रमुख प्रदिप यादवले कोपवा स्थित चौकमा वृक्षारोपण गर्नु भयो ।


उनले धुपीको विरुवा रोपेर शुभारम्भ गरिएको कार्यक्रममा टिकी,क्रेटोन,साइकस लगायतका विरुवाहरु रोपिएको थियो ।
उक्त अवसरमा मेयर यादवले रोपिएको विरुवालाई संरक्षण गरी हुर्काउनु सबैको कर्तव्य रहेको बताए । बौद्धीमाइ वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मीनारायण यादवले पिपरिया चौकको संरक्षणका लागि आफूहरु सधैं सकारात्मक रहेको बताए । साथै सो चौकको सौन्दर्यीकरणका लागि रोड डिभाडर भित्र विरुवाहरु रोपिएको उनले बताए ।

आरके श्रीवास्तव,रौतहट, २० गते असार
रौतहट –कोविड १९ लगायत महामारी रोग बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सदरमुकाम गौर स्थित साइमन होटेलमा एक दिने अन्तरक्रिया कार्यक्रम भएको हो । पत्रकार,समाजसेवी तथा राजनितीकर्मीहरु सँग कोविड १९ लगायत महामारी रोग बारे अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

स्वास्थ्य कार्यालय रौतहट गौरको आयोजना भएको कार्यक्रममा कोविड १९ को अवस्था बारे अन्तरक्रिया सम्पन्न् भएको छ । सो कार्यक्रममा कोविड १९ लगायतका विभिन्न रोगहरुको अवस्थाको बारे जिल्ला स्वास्थ्य कार्यालय रौतहटका सूचना अधिकारी अनिल कुमार कर्णले जानकारी गराउनु भएको थियो ।
कायक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रौतहटका शाखाका सभापती प्रेमचन्द्र झाले कोविड १९ को अवस्थामा बारे जानकारी गराउने उदेश्यले राखिएको कार्यक्रम सराहनिय रहेको बताउनु भयो । अन्तरक्रिया कार्यक्रममा पत्रकार साथीहरुले उठाउनु भएको सवालहरु,सल्लाह सुझावहरुको ग्रहण गर्न हुन आग्रह गर्नु भयो । कार्यक्रममा प्रस्तुत गरिएका डाटाहरु बाट पक्कै पनि फाइदा पुग्ने छ भने विश्वास व्यक्त गर्नु भयो ।


त्यस्तै नेकपा एसका नेता ब्रिजकिशोर यादवले जिल्लामा चलेको हाक्तिपाइले रोगको अभियान प्रति प्रश्न चिन्ह खडा भएको भन्दै यसबारे गम्भीर भएर समिक्षा गर्नुपर्नेमा जोड दिनु भयो । नागरिक समाजका अध्यक्ष जगरनाथ केसरीले कोविड १९ को बेला स्वास्थ्यकर्मी,सुरक्षाकर्मीहरुले खेलेको भूमिका महत्तवपूर्ण रहेको भन्दै प्रशंसा गर्नु भयो । साथै उनले कुनै पनि महामारी आउनु भन्दा पहिला पूर्व तयारी गर्नुपर्नेमा जोड दिनु भयो ।

यता जेष्ठ नागरिक समाजको तर्फ सहभागी विजयशंकर झाले स्वास्थ्य कार्यालय लाइ विभिन्न रोगहरु बारे सचेतना जगाउने काम गरि रह्न अनुरोध गर्नु भयो । कार्यक्रमलाइ समापन गर्दै स्वास्थ्य कार्यालय रौतहटका नि.कार्यालय प्रमुख सुरेश यादवले अन्तरक्रिया कार्यक्रममा उठेका सवालहरुको जवाफ दिदै आफूहरुले स्वास्थ्यको गतिविधिहरु सूधार गर्न तर्फ हमेशा लागि रह्ने प्रतिबद्धता जनाउनु भयो ।
सो कार्यक्रममा पत्रकार,समाजसेवी तथा राजनितीकर्मीहरुका प्रतिनिधीहरु सहभागी थिए ।

 

काठमाडौं, २० असार ।

यातायात व्यवस्था कार्यालयहरु लाग्ने गरेको भीड र विचौलिया प्रवृत्ति अब अन्त्य हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्रको नवीकरण, वर्ग थप, पहिले आवेदन गरेका तर सफल हुन नसकेकाले पुनः आवेदन विद्युतीय माध्यमबाट गर्ने भएको छ ।

 

‘मैले यो मन्त्रालयको जिम्मेवारी लिएलगतै यातायात ब्यवस्था कार्यालयमा लाग्ने गरेको भीड र बिचौलियातन्त्रको अन्त्य गर्ने अठोट गरेको थिए, लाइसेन्सका लागि नयाँ आवेदन, नविकरण, सवारी बर्ग थप र राजश्व  आजदेखि अनलाइनबाटै बुझाउने ब्यवस्था गरेका छौ’ अनलाइन सेवा सुरु गर्दै मन्त्री प्रकाश ज्वालाले भने, ‘आजदेखि गण्डकी प्रदेशको पोखराबाट सेवा सुरु गरेका छौ, एक महिनाभित्र देभभरका यातायात कार्यालयबाट अनलाइन सेवा सुरु गर्छाैं ।’

 

बुधवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले अनलाइन सेवाको सुरु गरे । अनलाइन सेवा सुचारु गर्दा राज्यमन्त्री नन्दा चपाईं, गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्लाली डिजिटल माध्यमबाट जोडिएका थिए ।

 

 

अनलाइन सेवा सुचारु भएपछि यातायात ब्यवस्था कार्यालयमा बायोमेट्रिक गर्न, लिखित परीक्षा र ट्राइल दिन मात्र जानुपर्नेछ । ‘स्वास्थ्य परीक्षणपनि यातायात ब्यवस्था कार्यालयबाट मात्र नभई प्रदेश मन्त्रालयले तोकेका चिकित्सकबाट पनि लिने ब्यवस्था गर्न लागेका छौ’ यातायात ब्यवस्था विभागमा महानिर्देशक नारायण प्रसाद भट्टराईले भने ।

 

नेपालमा झण्डै ३३ लाख ६० हजारले चालक अनुमति पत्र दिएका छन् । उनीहरु ऋब नवीकरण र वर्ग थपका लागि यातायात व्यवस्था कार्यालय बाहिर लाइन बस्न नपर्ने भएको छ । लाइसेन्स नवीकरण पनि पाँच/पाँच बर्षमा नभई १० वर्ष गर्ने व्यवस्था हुँदै छ ।

 

नयाँ आवेदन स्वीकृत भएको, लिखित परीक्षा प्रयोगात्मक परीक्षाको नतिजा हेर्न पनि अब यातायात कार्यालय जानुपर्दैन । ‘त्यसका लागि मोवाइल नम्वरमा एसएमएस आउने व्यवस्था गर्दैछौं,’ महानिर्देशक भने ।

 

काठमाडौं, २० असार ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन् ।

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेसहित प्रतिपक्षी दलहरुले आपत्ति जनाउँदै प्रधानमन्त्रीको राजीनामा मागेका छन् । बुधबार बसेको संघीय संसदको दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरुले प्रधानमन्त्रीको राजीनामा माग्दै बैठक नै अवरोध गरेका थिए ।

 

प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले संसदमा प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चाहिएको बताएका हुन् ।

 

प्रधानमन्त्री प्रचण्डले स्वाभिमान र स्वाधीनताविपरीतको अभिव्यक्ति दिएकाले राजीनामा दिनुपर्ने उनको भनाइ छ ।

 

काठमाडौं, २० असार ।

नेपाल संस्कृत विश्वविद्यालय, सेवा आयोगले नेविसंघको तालाबन्दीको कारण २१ गतेदेखि हुने भनिएको उप-प्राध्यापक तथा वरिष्ठ प्रशिक्षक पदको परीक्षा स्थगित गरेको छ ।

 

आयोगले बुधबार सूचना जारी गर्दै नेविसंघले गत ९ गतेदेखि सेवा आयोगको कार्यालयमा ताला लगाएको र लिखित परीक्षासँग सम्बन्धित आवश्यक कागजात कार्यालयभित्र रहेको कारण अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरेको जनाएको छ ।

 

आयोगले २०७८ साल चैत १६ गते उप–प्राध्यापक र २०७९ साउनमा बरिष्ठ प्रशिक्षक पदको विज्ञापन गरी बिहीबारदेखि लोक सेवा आयोग अनामनगर, काठमाडौंमा हुने जनाएको थियो ।

 

काठमाडौं, २० असार ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेदको विकास गर्ने कार्य योजना लिएर आउन विज्ञलाई सल्लाह दिँदै आफू तत्काल कार्यान्वयन गर्न तयार रहेको बताएका छन् ।

 

नेपाल आयुर्वेद चिकित्सक संघको २६औं स्थापना दिवसको अवसरमा बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले आयुर्वेद क्षेत्रका विज्ञहरुले अब सरकारले यो गरेन वा त्यो गरेन भनेर गुनासो गर्नुको सट्टा आयुर्वेदको विकासका लागि कस्ले के गर्नु पर्छ भन्ने स्पष्ट दृष्टिकोण सहितको कार्ययोजना लिएर आउनु पर्ने र त्यो कार्ययोजना कार्यन्वयन गर्न आफु तयार रहेको बताएका हुन् । मन्त्री बस्नेतले भने, ‘ मै मन्त्री भएका बेला कार्ययोजना लिएर आउनुहोस् कार्यन्वयन गराएर छोड्छु । ’

इच्छाशक्ति, कार्ययोजना र राज्यको सकारात्मक भूमिका भए जुनसुकै काममा पनि सफलता हात पार्न सकिने दावी गर्दै मन्त्री बस्नेतले जागिर खाएर मात्र बस्ने प्रवृतिले मात्र नविनतम सोचको विकास हुन नसक्नेमा जोड दिए । आयुर्वेद क्षेत्र प्रचुर संभावना भएको क्षेत्र भएको बताउदै मन्त्री बस्नेतले यो क्षेत्रको मान र सान बढाउन सबै लाग्नु पर्नेमा जोड दिए ।

 

कार्यक्रममा ओषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले पछिल्ला वर्षहरुमा पश्चिमा देशहरु समेत आयुर्वेद प्रति आकर्षित भइरहेको बताउँदै यसको विकासका लागि सबैले हातेमालो गर्दै अगाडि बढ्नु पर्ने बताए । नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा.श्यामबाबु यादवले स्वस्थ्य समाज निर्माणका लागि आयुर्वेदको विकास हुनु जरुरी रहेकोले सरकारले आयुर्वेदलाई प्राथमिकतामा राखेर नीति बनाउनु पर्नेमा जोड दिए ।

 

काठमाडौं, २० असार ।

प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले नदी किनारका सुकुम्वासी बस्ती ६ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ ।

 

समितिको आज बसेको बैठकले बाग्मती सुधार आयोजनाका बारेमा छलफलपछि समितिको सभापतित्व गरेका ज्येष्ठ सदस्य लालवीर चौधरीले ६ महिनाभित्र काठमाडौं उपत्यकाभित्रका बाग्मती, रुद्रमती, विष्णुमती, मनोहरालगायत नदी किनारका सुकुम्वासी बस्ती हटाउन सरकारलाई निर्देशन दिएका हुन् ।

 

समितिले काठमाडौं उपत्यकाका १८ नगरपालिकाबाट घरजग्गा पासबापत बाग्मती सभ्यता करका नाममा उठाइएको शून्य दशमलव पाँच प्रतिशत रकम अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको कोषमा जाने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।