रौतहट,२४ गते जेठ रौतहट ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले दैवीप्रकोपका घटना मधेस प्रदेसमाबढि हुनेको कुरा बताएका छन । मधेश प्रदेश विपद व्यवस्थापन समितिले रौतहटको नुनथर स्थित बागमती नदीमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मुख्यमन्त्री यादवले दैवी प्रकोपबाट सवै प्रदेश भन्दा बढि पिडित हाम्रो प्रदेश हुनु परेको दाबी गरेका छन ।

उनले भने मधेस प्रदेशमा गर्मीमा लु , लागेर ,जाडोमा शित लहरबाट र वर्षातमा बाढि डुब्बान – कटानबाट बर्षेनी ठुलो नोक्सानी व्योहोर्दै आएका छन । मधेस प्रदेश स्तरीय वाढि तथा विपत उदार अभ्यास कार्यक्रममा बोल्देै कोशी , कमला, बागमती र बकैया नदिका कारणले ठुलो जनधन तथा जग्गा जमिन बाली नालीमा नोक्सानी हुँदै आएको बताए ।
मुख्यमन्त्री यादवले कार्यक्रम स्थलबाटै भने हे जानकी माता र हे पशुपति नाथ महादेव नेपाललाई विपत्तिबाट रक्षा गर्नु होस। सो कार्यक्रममै मुख्यमन्त्री यादवले गृह तथा सञ्चार मन्त्रालयका सचिव ढकाललाई विपत तथा उदारमा सहयोग पुग्ने सामग्रीको लागि सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न निर्देशन समेत दिएका छन ।
सो अवसरमा नेपाली सेना मध्य पुर्वी पृतना हेड क्वाटर वर्दिवासका पृतनापति उप रथि प्रेमध्वज अधिकारी , प्रहरी नायव महानिरिक्षक जनक भट्टाराई , सशस्त्र प्रहरी नायव महानिरिक्षक दीपेन्द्र साह ,सहित मधेस प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितका जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा विपत उदा्र अभ्यास गरिएको थिथो ।

काठमाडौँ, २४ जेठ ।
काठमाडौँको तारकेश्वर नगरपालिका- ६ मा बसको ठक्करबाट पैदलयात्री किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङकाे बराहपोखरी गाउँपालिका ४ का १७ वर्षीय लप्सन राई रहेका छन् ।
बा २ ख ८४१३ नम्बरको बसले पैदलयात्री राईलाई ठक्कर दिएको थियो । घाइते उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो । बससहित चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिइसकेको छ ।
मुम्बई, २४ नेठ ।
फिल्म ‘केरी अन जट्टा ३’को ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता आमिर खानको उपस्थितिको रहस्य खुलेको छ ।
यो कार्यक्रममा आमिरले क्षेत्रीय भाषाका फिल्म आफूलाई मनपर्ने बताएका थिए । उनले राम्रो पटकथा पाएमा कुनै पनि भाषाका फिल्ममा काम गर्न आफू तयार रहेको खुलाएका थिए । उनले आवश्यक परे भाषा पनि सिक्ने जनाएका थिए ।
फिल्म ‘लाल सिंह चड्डा’ पछि आमिरका फ्यान उनको नयाँ फिल्मको प्रतिक्षामा छन् । साउथ सूत्रलाई मान्ने हो भने आमिरलाई चाँडै नै ‘बाहुबली’, ‘आरआरआर’ फेम्ड निर्देशक एसएस राजमौलीको फिल्ममा दर्शकले हेर्न पाउनेछन् । राजामौली आफ्नो नयाँ फिल्मको कास्टिङको काम गरिरहेका छन् । यदी सबै कुरामा मिलेमा अभिनेता आमिर उनको फिल्ममा भिलेनको भूमिकामा देखिनेछन् । आमिर यसअघि उनको पहिलो फिल्म ‘होली’ र यशराज फिल्मस्को फ्रेन्चाइजी ‘धुम ३’मा भिलेनको भूमिकामा देखिएका थिए ।
राजामौलीको यो त्यही फिल्म हो, जसको घोषणा उनले फिल्म ‘आरआरआर’ पछि गरेका थिए । यो फिल्मका लागि साउथ स्टार महेश बाबूले पहिले नै आफ्नो तारिख निर्धारण गरिसकेका छन् । महेश बाबूको राजामौलीका साथ यो पहिलो सहकार्य हुनेछ । फिल्मको पटकथा माथि काम पुरा भइसकेको छ । राजामौलीले कथा अनुसारको लोकेसन पनि फाइनल गरिसकेका छन् । फिल्मको सुटिङ आगामी वर्ष हुनेछ । फिल्ममा महेश बाबूको अपोजिटमा दीपिका पादुकोण हुनसक्ने सम्भावना देखिएको छ ।
यो फिल्ममा सम्भावित जोडिन सक्ने अभिनेत्रीको नामको सूचीमा दीपिकाको नाम अग्रस्थानमा छ । फिल्म ‘पठान’को सफलतापछि दीपिकाको कुनै पनि नयाँ फिल्मको घोषणा नहुनुमा यो पनि प्रमुख कारण रहेको बुझिएको छ । दीपिका निर्माणाधिन फिल्म ‘फाइटर’को सुटिङ पुरा गरेपछि ‘प्रोजेक्ट के’को काममा व्यस्त हुनेछिन् ।
काठमाडौं, २४ जेठ ।
सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुदैँछ ।
आज सार्बजनिक हुने आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गर्दैछन ।
प्रदेश सभा सचिवालयका अनुसार जसका लागि अपराह्न ४ बजे प्रदेश सभाको बैठक बोलाईएको छ ।
आज प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा नै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नेछ ।
काठमाडौं, १४ जेठ ।
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुदैँछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार च्यासल खेल मैदानमा ललितपुरमा एउटा तथा दशरथ रंगशालामा दुईवटा खेल हुदैँछन् ।
जसअनुसार च्यासल मैदानमा हुने खेलमा मनाङ मस्र्याङदी र न्युरोड टिम बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा र मच्छिन्द्र फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
रंगशालमा दोस्रो खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ । जुन खेलमा संकटा र फ्रेन्डस क्लब आमुने सामुने रहनेछ ।
काठमाडौं, २४ जेठ ।
लिन्डा याकारिनोले सामाजिक सञ्जाल कम्पनी ट्वीटरको नयाँ सीईओको पदभार ग्रहण गरेकी छन् ।
लिन्डा आफैंले ट्वीट गर्दै यसको जानकारी दिएकी हुन् । ‘यो भयो – पहिलो दिन ! सम्पर्कमा रहनुहोस्’
ट्विटरका मालिक एलन मस्कले मे १२ मा इटालियन मूलकी लिन्डालाई सीईओको रूपमा नियुक्त गर्ने घोषणा गरेका थिए ।
लिन्डाले यसअघि एनबीसी युनिभर्सलमा ग्लोबल एडभर्टाइजिङ र पार्टनरशिपको अध्यक्षको रूपमा सेवा गरिसकेकी छिन । उनले गत महिना भनेका थिए, ‘उनी ट्विटर २.० सिर्जना गर्न तथा मस्क र लाखौं प्लेटफर्म प्रयोगकर्ताहरूसँग मिलेर व्यापारलाई रूपान्तरण गर्न तयार छिन् ।’
लिन्डाले आफ्नो करियरमा आफूलाई एक कुशल विज्ञापन कार्यकारीको रूपमा स्थापित गर्न कडा मेहनत गरेकी छिन्। उनी २०११ मा एनबीसी युनिभर्सलमा सामेल भइन्, जब कम्पनी कम कास्टसँग मर्जरको अन्तिम चरणमा थियो। दुवै कम्पनीको मर्जरपछि पनि प्रमुख भूमिका खेलेको उनीसँग अनुभव छ ।
नयाँ दिल्ली, २४ जेठ ।
ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी) ले भारतमा ६४ करोड रुपैयाँ आयकर तिरेको छ।
मिडिया रिपोर्टका अनुसार केन्द्रीय प्रत्यक्ष कर बोर्ड (सीबीडीटी) लाई पठाएको पत्र अनुसार बीबीसी कर नतिरेको स्विकार गर्दै कर तिरेको हो । आयकर रिटर्नमा तिर्नु पर्ने जति कर हो, त्यो भन्दा भन्दा कम तिरेको जनाएको छ ।
यो भनिएको छ कि अब बीबीसी हिन्दीले औपचारिक रूपमा संशोधित रिटर्न फाइल गर्नुपर्नेछ, जसमा यो रकममा सबै बक्यौता, ब्याज र जरिवाना लगाइनेसमेत छ। स्रोतका अनुसार बोर्डका दुई अधिकारीले बीबीसीको यो आयकर छलीको पुष्टि गरेका छन् । उनले देशको कानुन सबैका लागि बराबर भएकाले बीबीसी लगायत कुनै पनि कम्पनीलाई चाहे त्यो कम्पनी भारतीय होस् वा विदेशीलाई कुनै छुट नदिने बताए । उनले भने, ‘बीबीसीले भारतको कानुन पालना गर्नुपर्छ।’
विभागले यो विषयलाई तार्किक निष्कर्षमा नपुगेसम्म निरन्तरता दिनेछ ।
चालु वर्षको फेब्रुअरीमा आयकर विभागले बीबीसीको नयाँ दिल्ली र मुम्बई कार्यालयमा कर छलीको मामिलामा सर्वेक्षण गरेको थियो। त्यतिबेला पनि अधिकारीहरूले बीबीसीको आम्दानी र नाफामा भिन्नता रहेको बताएका थिए । भारतमा यसका एकाइहरू जुन मात्रामा सञ्चालन भइरहेका छन्, त्यो बीबीसीले दिएको राजस्वको तथ्यांकसँग मेल खाँदैन।
त्यसबेला बीबीसीका महानिर्देशक टिम डेभीले आफ्नो संस्था एजेन्डा नभई उद्देश्यका साथ काम गर्ने बयान दिएका थिए। बेलायती सरकारले बीबीसीको पक्षमा सम्पादकीय स्वतन्त्रताको कुरा पनि गरेको थियो।
भारत सरकारले कर दाखिला गर्न लगाएर यसको उचित जवाफ दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
बीबीसीले आयकर विभागले बदला लिइरहेको जस्तो चित्रण गरिरहेको छ । विभागीय स्रोतका अनुसार सूचना प्रविधि अधिकारीहरुको सर्वेक्षणका बेला बीबीसीले आफूबाट केही बदला लिइएको देखाउन खोजेको थियो तर अहिले कर छलीको कुरा स्वीकार गरेको छ ।
मस्को, २४ जेठ ।
रुस नियन्त्रित युक्रेनको सबैभन्दा ठुलो बाँध भत्किए पछि हजारौं मानिसहरु बिस्थापित हुन पुगेका छन् ।
युक्रेनको नोभा काखोव नदी माथीकाे बाँध भत्किए पछि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ ।
सो बाँध भत्किनुमा रुस र युक्रेनले एक अर्कालाई दोष दिएका छन् । यद्धपी, ठुलो बिष्फोटका साथ बाँध भत्किए पछि युद्धले ग्रसित युक्रेनको समग्र अर्थतन्त्रमा थप ठुलो असर पर्ने जनाईएको छ ।
नोभा काखोवका बाँध युक्रेनको सबैभन्दा ठूलो बाँध मध्ये एक हो, यो हाल रूसको नियन्त्रणमा छ। यसको १९५६ मा निमार्ण पूरा भएको थियो। यो ३० मिटर अग्लो, ३.२ किलोमिटर लामो र १८ वर्ग किलोमिटरमा फैलिएको छ। यसमा लगभग १९ मिलियन घन लिटर पानी बोक्ने क्षमता राख्दछ । डिनिप्रो नदीमा बनेको यो बाँध जलविधुत, सिँचाइ र यातायातका लागि प्रयोग गरिदै आएको थियो भने महत्वपुर्ण कुरा यसले जेपोरेझिया आणविक ऊर्जा संयन्त्रलाई पनि पानी आपूर्ति गर्दै आएको थियो, जसले गर्दा आणविक संयन्त्रलाई चिसो राख्न निकै ठुलो मद्यत गरिरहेको अवस्था थियो ।
नोभा काखोभका जलविद्युत् आयोजना बन्द हुँदा अब करिब ३० लाख जनतालाई विद्युत् उपलब्ध नहुने भएको छ, जसकाकारण युक्रेनमा थप ऊर्जाको समस्या बढने देखिएको छ । यो बाँधले युक्रेनको खेरसन क्षेत्रका साथै क्रिमियालाई पानी आपूर्ति गर्दथ्यो, जसकाकारण सो क्षेत्रका किसानहरुलाई आफनो उब्जनीका लागि सबैभन्दा भरपर्दो माध्यमको रुपमा रहेको थियो ।
खेरसन क्षेत्र हालको युद्धमा रुसको कब्जामा पुगेको थियो भने क्रिमिया सन् २०१४ देखि कब्जामा रहदैँ आएको छ । सन् २०२२ मा पनि यस बाँधसँग जोडिएको पुलमा आक्रमण भएको थियो, जसका कारण त्यो पुल भाँचिएको थियो ।
रुसी पक्षबाट यसअघि नै युक्रेनले सो बाँधमा आक्रमण गर्ने र त्यसमा रुसलाई जिम्मेवारी दिएर बदनाम गर्ने प्रयास गर्ने आशंका जनाएको थियो ।
काठमाडौ, २४ जेठ ।
रुसको नियन्त्रणमा रहेको युक्रेनी बाँध भत्किएको छ ।
बीबीसीका अनुसार सो ठूलो बाँध भत्किए पछि हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नोभा काखोभकामा बाँध भत्किएपछि ८० सहर र गाउँहरू बाढीले डुबानमा पर्न सक्ने बताएका छन् । सो बाँध भत्किनुमा उनले रुसलाई दोष दिएका छन्।
डिनिप्रो नदीमा अबस्थित सो बाँध भत्किए पछि मुख्यतः खेरसन सहरमा विनाशकारी बाढीको जोखिम निम्त्याउन सक्ने भन्दै सर्तकता अपनाउन अनुरोध गरिएको छ ।
मस्को र किभले एकअर्कालाई काखोभका बाँध भत्काएको आरोप लगाएका छन्। रुसले गत वर्ष युक्रेनमा आक्रमण गरेलगत्तै दक्षिणी युक्रेनको बाँध कब्जा गरेको थियो ।
बाँध भत्किएपछि एउटा सानो सहर र दुई दर्जन गाउँहरू डुबानमा परेका थिए र १७,००० मानिसहरूलाई विस्थापित गर्न बाध्य भएका छन् ।
उता, ह्वाइट हाउसले मंगलबार एक विज्ञप्ति जारी गर्दै युक्रेनमा विष्फोटपछि ठूलो बाँध भत्काउँदा धेरैको मृत्यु हुने सम्भावना रहेको बताएको छ । यो घटनाको पछाडि कसको हात थियो भन्ने अहिले नै कुनै ठोस प्रमाण नभएको पनि उसको भनाई छ ।
राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले भने, ‘अमेरिका अन्तिम निष्कर्षमा पुगेको छैन। हामी अझै जानकारी सङ्कलन गर्ने र युक्रेनीहरूसँग कुरा गर्ने प्रयास गरिरहेका छौं ।’
काठमाडौं, २४ जेठ ।
राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणिता गरेको नागरिकता बिद्येयक नेपालको संबिधान प्रतिकुल भएको सर्वोच्च अदालत, बार एसोसिएसनले जनाएको छ ।
सर्वोच्च अदालत, बारका अनुसार राष्ट्रपति पौडेलको उक्त कदम संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको जनाउँदै अदालतले थप निरुपण गर्ने उल्लेख गरेको छ ।
‘संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल सम्माननीय राष्ट्रपतिबाट उक्त नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण भएको यस बार एसोसिएसनको ठम्याइ छ,’ सचिव श्यामकुमार खत्रीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतमा यही विषयवस्तु हाल विचाराधीन रहेको हुँदा कानुनबमोजिम व्याख्या हुने नै छ ।’ सर्वोच्च बारको हिजो साँझ बसेको आकस्मिक बैठक पछि सो निर्णय सार्वजनिक भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा निस्कनु अघि राष्ट्रपति पौडेलले अघिल्लो संसदमा बहुमतले पारित भएर बिद्यादेवी भण्डारीको कार्याकालमा राष्ट्रपति कार्यालय पुगेको बिद्येयकलाई ८ महिना पछि प्रमाणिकरण गरेका थिए । सामान्यतयाः संघीय संसदका सभामुखले पठाएको बिद्येयकलाई राष्ट्रपतिले प्रमाणिकरण गर्ने नियम भए पनि मन्त्रीपरिषदको सिफारिसमा पठाईएको बिद्येयकलाई राष्ट्रपति पौडेलले प्रमाणिकरण गरे पछि बिबाद भएको थियो ।
सो पछि सर्वोच्च अदालतमा मुछा परेकाे र अदालतले साे बिधयेक तत्काल कार्यान्वयन नगर्न अल्पकालिन आदेश दिईसकेको छ ।