महोत्तरी, २२ असार ।
जलेश्वर नगरपालिका-३ स्थित जलेश्वर भिठ्ठामोड सडकबाट स्रोत नखुलेको नगद १० लाख ३० हजार रूपैयाँसहित भारत बिहार प्रान्त सितामढी थाना सुरखण्ड ग्राम सिखण्डी-५ बस्ने २० वर्षीय चन्दन कुमार साफीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी भिट्टामोडबाट खटिएको प्रहरीले बिआर ३० डब्लु ५३१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चन्दनको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
सर्लाही, २२ असार । सर्लाहीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हरिवन नगरपालिका-५ घुर्कौली टोल बस्ने ३५ वर्षीय राम भरोश भन्ने अर्जुन महतो रहेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
अर्जुनले आज दिउँसो घरायसी झग्डाको कारण श्रीमती २८ वर्षीया नैन कुमारी महतोलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
घाँटीमा खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
काठमाडौं, २३ असार । नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएको छ ।
महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी)को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको हो ।

राष्ट्र बैंकका अनुसार असार २३ र ३० गते बिदाका दिन र २४ गतेसमेत राति ८ बजेसम्म सिस्टम खुला राख्नुपर्नेछ ।
काठमाडौं, २३ असार । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूका साथै बाँकी प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । साथै देशको तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ।
तसर्थ हावाहुरी भारी वर्षा, मेघगर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।




रन्धिर साह, रौतहट, असार २१ गते ।
रौतहटको देवाही गोनाही नगरपालिकामा आज ठुलो संख्यामा वोट विरुवा वितरण भएको छ । देवाही गोनाही नगरपालिका वडा नम्बर ९ स्थित रहेको धरहरी गाउँमा आज (विहिबार) का दिन वृक्षारोपण गर्ने उदेश्यले नगर प्रमुख प्रेमलाल साहले २५ सय भन्दा बढी आप, लिचि, अम्बा र कटहरको वोट वितरण गरेका छन् ।

उनले देवाही गोनाही नगरपालिका भित्र रहेका सबै वडाहरुमा वोट विरुवा रोपने अभियान चलाएका छन् । सोही अभियान अन्तर्गत धरहीमा वोट विरुवा वितरण गरिएको मेयर साहले बताएका छन् ।

सो वोट विरुवाहरुलाई व्यवस्थीत तरिकाले रोपन र रोपकेको विरुवाको संरक्षण गरि हुर्काउन उनले सबैको कर्तव्य रहेको बताए । सो कार्यक्रममा देवाही गोनाही नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष विरबहादुर साह, जनप्रतिनिधिहरु तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।
रन्धिर साह, रौतहट, असार २१ गते ।
रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ५ स्थित रहेको टिकुलिया गाउँमा ठुलो संख्यामा बोट विरुवाहरु वितरण भएको छ । देवाही गोनाही नगरपालिकाको आयोजनामा सो कायक्रम भएको छ ।
देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह र देवाही गोनाही नगरपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष उपेन्द्र साहका संयुक्तमा सो कार्यक्रम भएको थियो । गाउँलाई हरी भरि वनाउने उदेश्यले वडा अध्यक्ष साह वोट विरुवा वितरण गरेको बताएका छन् ।
उनले सो कार्यलाई प्राथमिकतामा राखेर निरन्तरता दिइने बताएका छन् । उनले वोट विरुवा रोपने अभियान अन्तरगत आँप, लिची, असोक र अम्धुरका बोटहरु बितरन गरेका छन् ।
रूपेश यादव,फतुवा बिजयपुर,असार २१ गते
राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा आगलागीकाे घटना घटेको छ । साे नगरपालिकाकाे वडा नम्बर १ स्थित न्यू दिला ईङलिश बाेर्डिङ स्कुल घुसुकपुरमा आगजनी भएकाे खवर प्राप्त भएकाे हाे। स्थानीय अनिल कुमार यादवले सञ्चालन गरेको बाेर्डिङ स्कुलमा आगजनी भएको हाे । बुधवार राति १०:३० बजेकाे क्रममा आगजनी भएको जनाईएकाे छ ।

संचालक यादवकाे बाेर्डिङ स्कुलमा साेहि वडाकाे श्यामसुन्दर साह तेलि काे छाेरा अन्दाजी बर्ष २२ काे सुनिल साह भन्ने ब्यक्तिले आगाे लगाएकाे बाेर्डिङ संचालक यादवकाे आराेप रहेकाे छ। साह लाई ईलाका प्रहरी कार्यालय बिजयपुरले नियन्त्रणमा राखि थप अनुसन्धान गरिरहेका प्रहरी निरिक्षक अरबिन्द साहले बताए ।

साे आगजनी बाट ४ ओटा पंखा, बेन्च ३५ ओटा र घरमा समेत आगजनी भई ५ लाख ७० हजार बराबरकाे सम्पत्ति जलेर नष्ट भएको छ।
याे घटना भन्दा पहिला पनि एक चाेटि साेहि वडाको अर्काे ठाउँमा पाेखरी नीर संचालन गरेको बाेर्डिङमा आगजनी भएकाे थियाे । त्यसमा पनि सुनिलकै संलग्नता हुन सक्ने पिडित बाेर्डिङ संचालक यादवकाे दाबी रहेकाे छ। आगजनी लाई ईलाका प्रहरी कार्यालय संतपुर दाे., स्थानीयहरूकाे सहयाेगमा नियन्त्रणमा लिईएकाे प्रहरीले बताएको छ ।

आरके श्रीवास्तव,रौतहट,असार २१ गते
रौतहट जिल्लाको दक्षिणी भेग बौद्धीमाइ नगरपालिकामा सार्वजनिक सुनुवाई जनता सँग मेयर कार्यक्रम सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर ५ स्थित विवाह भवन कोपवा बजारमा कार्यक्रम भएको हो ।
बौद्धीमाइ नगरपालिकाको आयोजना र लाल बकैया मिडिया प्रा.लि. कटहरिया २ को संयोजनमा असार २१ गते सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकामा भएको विकास निर्माणको काम, शिक्षा, स्वास्थ्य, कृषि लगायतको विषयमा आमजन समुदायहरूसँग सार्वजनिक सुनवाई गरेको हो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै बौद्धीमाइ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तुरन्तनारायण यादवले अहिलेको सरकारको कार्यकाल एक वर्षमात्रै पुगेको र जनताको अपेक्षा अनुसार काम गर्न नसके पनि विस्तारै सबै अपेक्षा पुरा हुँदै जाने बताउनु भयो ।
कार्यक्रममा सहभागीहरूले विकास निर्माण,मलखाद्द,शिक्षा र बजेट लगायतका विषयमा गुनासो राखेका थिए । सहभागीहरु रामभरोस प्रसाद यादव,अमिना राय यादव,जुगुल राय यादव लगायतका सहभागीहरुले आफनो सवालहरु राखेका थिए ।

उनीहरुले सामुदायिक बिधालयको अवस्था,मलखाद्दको अभाव,सार्वजनिक पोखरी,नगर प्रहरी चयन लगायतका थुप्रै विषयहरुमा सवाल गरेका थिए । नगरपालिकाले प्रवाह गरेको सेवा, सेवा प्रवाहका क्रममा भएका समस्या र समाधानका विषयमा कार्यक्रम गरिएको हो ।

नगरपालिकाको कार्यालयले प्रवाह गरिरहेको सेवाको सम्बन्धमा सहभागीहरूले उठाएका सवालको नगरप्रमुख प्रदिप कुमार यादवले जवाफ दिएका थिए । जवाफ दिदै उनले भने आफुले चुनावी घोषण अनुसार समाजिक सुरक्षाभक्ता घरघरमा पुर्याउन सफल भएको बताए । उनले भने नगरपालिका बाट हुने कामलाई अझै प्रभावकारी बनाउन लागि पर्ने बताउनुभयो ।

नागरिकको समस्या र गुनासोको नगरपालिकाले संवोधन गर्दै आएको र आगामी दिनमा संवोधन हुने बताउनुभयो । उनले उपस्थित आम जनसमुदाय लाइ गुनासा निर्धक्क राख्न र कमजोरी देखिएमा सच्याउनको लागि खबरदारी गर्न पनि आग्रह गर्नुभयो । नगर प्रहरी आगामी आर्थिक वर्ष भर्ना गर्ने पनि बताउनु भयो ।

किसानको समस्यालाइ लिएर आफूले केन्द्र सम्म गएर उठाएको स्मरण गराए । लामो समय नगरपालिका कार्यालय प्रमुख विहिन हुँदा समस्या भएको तर अगामी वर्षदेखि कुनै समस्या नहुने आशवासन दिए । साथै उनले उठेको गुनासोहरूलाई आगामी दिनमा संवोधन गर्ने र कमजोरीहरू सच्याउने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रमलाइ समापन गर्दै सभाध्यक्ष एवम् सो वडाका वडा अध्यक्ष लक्ष्मीनारायण यादवले हामीले प्रथम पटक गर्न सफल भएको बताउँदै । अब उपरान्त् बृहत् सार्वजनिक सुनवाइ गर्ने तर्फ जोड दिनु भयो । सो सार्वजनिक सुनवाइ कार्यक्रममा उप प्रमुख प्रमिला देवी जयसवाल,

नि.प्रमुख प्रशासकिय अधिकृत प्रमोद राय यादव,नेपाल पत्रकार महासंघ रौतहट शाखा सभापती प्रेमचन्द्र झा,सशस्त्र प्रहरी निरिक्षक नवराज काफले,प्रहरी नायब निरिक्षक प्रमानन्द यादव लगायत स्थानिय भद्रभलादमी,बुद्धिजिवीहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन पत्रकार किशोरी यादवले गर्नु भएको थियो ।

काठमाडौं, २१ असार ।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।
सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस (२९), नेकपा माओवादी केन्द्र (१३ सभामुखसहित), नेकपा एकीकृत समाजवादी (४) र जनता समाजवादी पार्टी (१) को समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री बनेका हुन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त गरेका हुन् । झापा अर्जुनधारा नगरपालिकाको शनिश्चरेका बासिन्दा थापा २०७९ मंसिरको प्रदेश सभा निर्वाचनमा समानुपातिक सूचीबाट सांसद बनेका थिए । उनी अहिले नेपाली कांग्रेसको कोशी प्रदेश सभापतिसमेत छन् ।
सत्ताबाट एमाले बहिर्गमित भएको हो ।