२०८३ जेष्ठ ५
२०८३ जेष्ठ ५

 

काठमाडौं, २७ जेठ ।

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सकिदैछ ।

अखिल नेपाल फुटबल संघ एन्फाले गत बैशाख १० गते लिगको दोस्रो लेगको खेलतालिका सार्वजनिक गर्ने क्रममा घोषणा गरे अनुसार आजवाट लिग सकिन लागेको हो ।

 

पहिलो पटक ए डिभिजन खेल खेलेको चर्च ब्वाईज लिग खेल सकिनु अगाबै लिग बिजेता भईसकेको छ भने मच्छिन्द्र क्लब अंक तालिका अनुसार दोस्रो स्थानमा छ । तेस्रो स्थानमा नेपाल पुलिस क्लब रहेको छ ।

 

जस अनुसार लिगको १४ औं देखि २६औं चरणसम्मको खेल वैशाख १९ देखि सुरु भई आजसम्म हुनेछन् । आज अन्तिम खेल जावालाखेल युथ क्लब र फ्रेन्डस क्लबका बिचमा हुनेछ।

 

 

 

काठमाडौं, २७ जेठ ।

आईसीसी एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास आज नेदरल्याण्डससँग खेल्दैछ ।

गत बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ बिकेटले पराजित भएको थियो । दक्षिण अफ्रिकामा भएको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ विकेटले पराजित भए पनि नेपालमा भएको खेलमा भने स्कटल्याण्डलाई नेपालले पराजित गरेको थियो ।

 

जिम्बाबेमा हुने छनोट प्रतियोगिताका लागि नेपाल दक्षिण अफ्रिका पुगेको छ, जहाँ नेपालले अभ्यास खेल खेल्ने क्रममा आज नेदरल्याण्डसँग खेल्न लागेको हो ।

 

जिम्बाबेमा हुने छनौट खेलमा नेपाल सहित आठ देशको सहभागिता रहने छ । जसअनुसार नेपालसमेत रहेको समूह ‘ए’ वेस्ट इन्डिज, अमेरिका, नेदरल्याण्डस् र जिम्बाबे रहेका छन भने समूह ‘बी’मा आयरल्याण्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) रहेका छन् ।

 

नेपाल दुई सातापछि जिम्बावे हुने आइसिसी विश्वकप छनोट अघि अन्तिम तयारीको लागि दक्षिण अफ्रिका भ्रमणमा गएको हो ।

 

काठमाडौं, २७ जेठ ।

हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ।  कोशी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षा भइरहेको छ।

 

दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका  एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

राती कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका  एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

देशका तराइका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ जसका कारण सो भू-भागहरूमा तातो हावा / लू (Heat Wave)  चलिरहेको अवस्था छ। कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी तथा मेघ-गर्जन/चट्याङ्ग बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

 

काठमाडौं, २७ जेठ

देशभरको तापक्रम अझै केही दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता तातो हावा तथा ुलुु देशका धेरैजसो स्थानमा देखिएको बारेमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै मौसमविद्हरूले देशभरको तापक्रम बढ्ने बताएका हुन् ।

कार्यक्रममा मौसमविद् शान्ति कँडेलले यस वर्ष देशका धेरैजसो भू–भागमा सरदरभन्दा कम पानी पर्ने र सरदरभन्दा बढी अधिकतम तापक्रम हुने देखिएको बताइन् । नेपालमा जुन १३ देखि मात्रै मनसुन प्रवेश हुने भएकाले अझै केही दिन ुहिट वेभु बढ्ने बताइएको छ ।

गर्मीका कारण ुलुु लाग्ने, बान्ता हुने, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने समस्या देखापर्न थालेका छन् ।

 

रन्धिर साह, रौतहट, जेठ २६ ।

जिल्ला स्वास्थ्य कार्यलय रौतहटको आयोजनामा जिल्ला स्तरीय बार्षिक समिक्षा एवम योजना तर्जुमा गोष्ठि शुरु भएको छ । आर्थिक बर्ष ०७८।०७९ को समिक्षा र आर्थिक बर्ष ०७९।०८० को योजना तर्जुमा गर्ने गरि २ दिने गोष्ठि शुरु भएको स्वास्थ्य कार्यलय रौतहटका प्रमुख सुरेश यादवले बताएका छन् ।

समिक्षा गोष्ठिमा तीन वटा पालिका स्वास्थ्य सह संयोजक, गैर सरकारी संस्थाका प्रमुख लगायतको सहभागिता रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय गौरका कार्यालय प्रमुख सुरेश यादको अध्यक्षतामा दुई दिनसम्म चल्ने गोष्ठि आजबाट सुरु भएको हो । सो कार्यक्रममा बौधिमाई नगरपालिका, दुर्गा भगवती गाउँपालिका र मौलापुर नगरपालिका गरि तीन वटा पालिकाहरुको स्वास्थ्य सह संयोजकको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा शुभकामना मन्तब्य दिने प्रमुख अतिथि लगायतले गोष्ठिको सफलताको शुभकामना ब्यक्त गरेका थिए । साथै स्वास्थ्य क्षेत्रको मसिनो तरिकाले योजना बनाएर कार्यान्वयन गर्न समेत सुझाब दिएका थिए ।

त्यस्तै कार्यक्रममा बोल्ने क्रममा जनस्वास्थ्य अधिकृत हरेन्द्र प्रसाद गुप्ताले ५ वर्ष मुनीका बालबालिकाहरुलाई अउचार गर्ने नयाँ प्रोटोकल २०७८ अनुसार शिपको विकास, बाल मृत्युदर, शिशु मृत्युदर र नवजात शिशुमृत्युदर कम गर्ने, रेकोडिंन र रिपोर्टिका क्षमता अभिवृद्धिका लागि, स्वास्थ्य कर्मीले समिक्षा तथा योजना गर्न सक्षमहुनका लागि सो कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

उनले भने यसपालि हामीले तीनवटा पालिकाहरुलाई मात्र समावेश गर्न सक्यौँ, अब अगामीदिनमा यो तीनओटा पालिकाबाहेकका पालिकाहरुलाई समावेश गरिने बताए । सो कार्यक्रममा सह स्वास्थ्य कर्मीहरु, जनस्वास्थ्य संयोजक रामजनम प्रसाद यादव, सह सहयोजक राकेशकुमार यादव लगायतको उपस्थिति रहेको थियो ।

 

आरके श्रीवास्तव,चन्द्रपुर समाचारदाता,२६ गते जेठ

रौतहटको उतरी भेग चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुर स्थित रहेको खानेपानी संस्थाको आज चुनाव हुने भएको छ । चन्द्रनिगाहपुर खानेपानी संस्थाको आज जेठ २७ गते शनिबार हुने निर्वाचनको लागि सबै तयारी पुरा भएको जानकारी गराईएकाे छ । खानेपानी संस्थाको नेतृत्व चयनको लागि दुई प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । किशोर प्रसाद उपाध्याय नेतृत्वको समूह हाँस चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् ।

भने लेखनाथ कोइरालाको नेतृत्वमा जेब्रा चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् । दुबै जना बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । किशोर प्रसाद उपाध्यायको प्यानल बिहीबार वडा नम्बर ६ का उपभोक्ता समक्ष भेटघाट तथा घरदैलो गरेका छन् । अर्का उम्मेदवार लेखनाथ कोइरालाको प्यानल बाट पनि उपभोक्ता समक्ष भेटघाट तथा घरदैलो गरेका छन् ।

चन्द्रनिगाहपुर खानेपानी संस्थाको निर्वाचन समितिका संयोजक कृति सुवेदीले दिएको जानकारी अनुसार उम्मेदवारहरुले शुक्रवार सम्म प्रचार प्रसार गर्न पाएका थिए । आज शनिवार बिहान ८ बजे देखि ५ बजे सम्म मतदान हुने उनले जानकारी गराए हुन् ।

चन्द्रनिगाहपुर खानेपानी संस्थाको निर्वाचनमा लेखनाथ कोइराला प्यानलको तर्फ बाट उपाध्यक्षमा विश्वजित बन्जरा,सचिवमा रन्जन कुमार काफ्ले,कोषाध्यक्षमा मरछिया देवी,त्यस्तै सदस्यहरुमा कुल प्रसाद अधिकारी,खड्ग बहादुर न्यौपाने,मुना श्रेष्ठ गौतम,रामचन्द्र सिवाकोटी,नेहरुन नेसा,सत्भामा अधिकारी,त्यसैगरी महिला सदस्यहरुमा जुनकिरी बि.क.,यशोदा भट्टराइ रहेका छन् ।

यता किशोर प्रसाद उपाध्याय प्यानलको तर्फ बाट उपाध्यक्षमा डोलबहादुर ठाडा मगर,सचिवमा अबधेश हरि भट्टराइ,कोषध्यक्षमा बिनिता बखेल,सदस्यहरुमा बृजेश प्रसाद सािह,प्रह्लाद मैनाली,दुर्गा प्रसाद हुमागाइ,रामप्रसाद साह,बलराम सापकोटा,भरत प्रसाद अधिकारी रहेका छन् । त्यस्तै महलिा सदस्यहरुमा रत्ना कुमारी खड्का,कल्पना दाहाल,जानुका तिमिल्सिना रहेका छन् ।

 

बज्जिकाञ्चल,२६ गते जेठ रौतहट ।

होटेल सिया प्यालेस गौरमा जिल्ला स्तरीय महिला जनप्रतिनिधिहरुको संजालमा संयोजकको रुपमा प्रेम कुमारी तिम्लसिना तथा सचिवमा मिना कुमारी बैठा सर्व सहम्त चयन हुनु भएको थियो । माण्डवी रौतहट तथा आईएफईएस द्धारा सँचालित शी लिडस् परियोजना अन्तर्गत महिला जनप्रतिनिधिहरले आफ्ना अनुभवहरू साझा गर्न ,

एकअर्काबाट सिक्न र उनीहरूको समुदाय र राजनीतिमा महिलाहरूलाई असर गर्ने मुद्दाहरूमा सहयोग गर्ने यो प्लेटफर्मले महिला नेतृत्वलाई प्रवर्द्धन गर्न र उनीहरूलाई उनीहरूको समुदाय र राजनीतिमा नेतृत्व भूमिका खेल्न सशक्त बनाउन पनि मदत पुग्ने उदेश्यले निर्वाचित महिला वडा सदस्यहरुको सँजाल निर्माण गरिएको हो।

सँजाल निर्माण कार्यक्रममा गौर, चन्द्रपुर, गरुडा, वृन्दावन, बौधीमाई तथा गढीमाई नगरपालिकाका २५ जना निर्वाचित महिला वडा सदस्यहरुको सहभागिता रहेको थियो । जिल्ला स्तरीय सँजालमा हाल १८ वटा नगरपालिकाहरु मध्ये हाल ६ वटा नगरपालिका मात्र समावेश गरिएको भएता पनि अगामी दिनहरुमा सँजाललाई १८ वटै पालिकाहरुमा विस्तार गर्ने लक्ष्य राखिएको माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भएको थियो ।

यस सँजाल गठनको विशिष्ठ उदेश्य महिलाहरुको नेतृत्व विकास र महिला राजनीतिक मुद्दाहरूको लागि सामूहिक वकालतको लागि पालिका, जिल्ला र प्रदेश स्तरका सँजाल गठन हुने र निर्वाचित महिला वडा सदस्यहरुलाई आफ्ना अनुभवहरू साझा गर्न,

एकअर्काबाट सिक्न, र उनीहरूको समुदायमा महिलाहरूलाई असर गर्ने मुद्दाहरूमा सहयोग गर्न प्लेटफर्म प्रदान रहेको कार्यक्रम सँचालिका तथा प्रशिक्षक पुनम ठाकुरले जानकारी गराउनु भएको थियो । सो कार्यक्रममा माण्डवीका कार्यक्रम सँयोजक मुनिलाल बैठा,अनुगमन अधिकृत सुविन्द्र कुमार दास, प्रशिक्षकद्धय पुनम ठाकुर र सँजय कुमार यादव, सुरेन्द्र राय यादव तथा ममता सिँहको सहभागिता रहेको थियो ।

 

काठमाडौँ, जेठ २७ गते । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न नखोजिएको प्रस्ट्याउनुभएको छ। उहाँले निर्वाचन कार्यालयलाई नयाँ ढङ्गले व्यवस्थापन गर्न खोजिएको बताउनुभयो।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले निर्वाचन कार्यालयहरू खारेज गर्न खोजिएको नभई नयाँ ढङ्गले व्यवस्थापन गर्न खोजिएकाले अब आयोगको परामर्शबमोजिम गरिने प्रस्ट गर्नुभयो। सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयमा एकाइ राख्ने प्रस्ताव गरेको थियो। बजेट वक्तव्यमार्फत अघि सारिएको सरकारको योजनालाई लिएर सत्तापक्षकै सांसदले समेत असहमति जनाएका छन्।

छलफलमा प्रधानमन्त्री प्रचण्डले आयोगले प्रारम्भ गर्न खोजेको निर्वाचन व्यवस्थापन ऐन, मतदाता नामावली सङ्कलन र अन्तर्राष्ट्रिय सम्मेलनका कार्यहरू अगाडि बढाउन सहयोग गर्ने बताउनुभयो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनसम्बन्धी कानुनको एकीकृत मस्यौदाको काम भइरहेको सम्बन्धमा प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराउनुभएको थियो।

छलफलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यमा आएको विषयलाई आयोगको धारणा अनुसार नै व्यवस्थापन गरिने बताउनुभयो। उहाँहरूले लोकतन्त्रमा विश्वास गर्ने वर्तमान सरकारबाट आयोगको स्वतन्त्रता, स्वायत्तता र क्षेत्राधिकारमा कुनै सङ्कुचन वा प्रतिकूल प्रभाव पर्न नदिने कुरामा सचेत रहेको स्पष्ट पार्नुभयो।

कानुन प्रतिकूल

सङ्घीय संसद् र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलले निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव नेपालको संविधान र प्रचलित कानुनको प्रतिकूल हुने धारणा व्यक्त गरेका छन्। निर्वाचन आयोगले शुव्रmबार आयोजना गरेको राजनीतिक दलसँगको बैठकमा दलका प्रतिनिधिले यस्तो धारणा राखेका हुन्।

दलका प्रतिनिधिले निर्वाचन कार्यालय खारेज गर्ने निर्णय नेपाल सरकारले गरेको भए सो निर्णय फिर्ता लिन पत्राचार गर्ने बताएका छन्। आयोगका

प्रवक्ता शालिग्राम शर्मा पौडेलले बैठकमा सहभागी सबै दलका प्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय यथावत् सञ्चालन गर्न आवश्यक स्रोतसाधन उपलब्ध गराउन निर्वाचन आयोगमार्फत नेपाल सरकारलाई लेखी पठाउने निर्णय गरेको बताउनुभयो।

बैठकमा नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियारले आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठ्ने काम गर्न नहुने भन्दै बजेटमा प्रस्तावित निर्वाचन कार्यालय खारेज गर्ने व्यवस्था कार्यान्वयन हुन नहुने पक्षमा रहेको बताउनुभयो। नेकपा (एमाले) का नेता केदार कोइरालाले निर्वाचन कार्यालय खारेज गर्ने निर्णय संविधानविपरीत रहेको बताउनुभयो।

बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र) का केन्द्रीय पोलिटब्युरो सदस्य मुक्ति प्रधानले कानुनमा नभएको व्यवस्था बजेटमा आएकाले स्वीकार्य नहुने बताउनुभयो। उहाँले बजेटमा कसरी आयो भन्ने छलफलको विषय हुन सक्ने बताउँदै उक्त व्यवस्थालाई परिमार्जन गरेर जानुपर्ने धारणा राख्नुभयो। लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता केशव झाले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम सङ्कलन प्रक्रिया अगाडि बढाउने र स्थानीय तहमार्फत मतदाता नामावली सङ्कलन गर्ने आयोगको प्रस्तावमा सहमति जनाएको बताउनुभयो।

नेपाली कांग्रेसका सहमहामन्त्री परियारले भने स्थानीय तहलाई मतदाता नामावली सङ्कलन गर्ने जिम्मेवारी दिन नसकिने बताउनुभयो। उहाँले भन्नुभयो, “मतदाता नामावली सङ्कलन गर्ने, अद्यावधिक गर्ने प्रक्रिया निर्वाचनको स्वच्छता र निष्पक्षतासँग जोडिन्छ। यस प्रकारको निर्णय गर्दा हतारमा गर्नुहुन्न।”

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसका परियार, एमालेका कोइराला र लोसपाका झाले राजनीतिक दलको आयव्ययको लेखापरीक्षण जाँच्न आयोगलाई सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेमकिपाको असहमति

बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम सङ्कलन गर्ने आयोगको प्रस्तावमा असहमति जनाएका छन्। विदेशमा मतदाता नामावली सङ्कलन गर्ने प्रस्तावमा सो दलको प्रतिनिधित्व गरेका सरोजराज गोसाईंले यस्तै नीतिले विदेशबाट नेपाल चलाउनुपर्ने अवस्था आउन सक्ने भन्दै आपत्ति जनाउनुभयो।

उहाँले भन्नुभयो, “८० लाख नेपाली विदेशमा छन्। जिल्ला जिल्लामा निष्पक्ष र धाँधलीरहित निर्वाचन हुन सकेको छैन। स्वदेशमा रहेका सबैलाई मतदाता सूचीमा समेट्न सकेका छैनौँ। यसै प्रकारको नीतिगत व्यवस्था आयो भने विदेशमा रहेका नेपालीले नेतृत्व गर्ने अवस्था आउन सक्छ।” निर्णय लेखिएको पृष्ठमा उहाँले हस्ताक्षर नै नगरी फर्किनुभयो। अन्य १२ राजनीतिक दलका प्रतिनिधिले भने हस्ताक्षर गरेका छन्।

 

बासिंगटन, २६ जेठ ।

अमेरिका प्राय जसो एलियनको खोजी गरिरहेको छ ।

 

कतिपय फिल्ममा अन्य व्यक्तिले अमेरिकामा यस्तो गोप्य ठाउँ रहेको दाबी पनि गरेका छन्, जहाँ एलियनलाई राखिएको छ र अनुसन्धान भइरहेको छ ।

 

हालै अमेरिकालाई लिएर फेरि यस्तो सनसनीपूर्ण खुलासा भएको छ । यो खुलासा एक पूर्व गुप्तचर अधिकारी डेभिड ग्रुश र व्हिसल ब्लोअरले गरेका छन्।

 

द डेब्रिफलाई उद्धृत गर्दै, द गार्डियन्सले एउटा रिपोर्ट प्रकाशित गरेको छ कि, एक्स इन्टेलिजेन्स अफिसरले अमेरिकाको कब्जामा एलियनका गाडीहरू रहेको खुलासा गरेका छन्, जसमा केही कहिल्यै अन्त्य नहुने सवारीहरू पनि छन्।

 

यो जानकारी कंग्रेसमा दिएपछि विरोधको सामना गर्नुपरेको ग्रसको भनाई छ । जसका कारण अमेरिकी इन्टेलिजेन्समा १४ वर्ष सेवा गरिसके पछि गत २०२३ अप्रिलमा जागिर छाडनु परेको ग्रसले बताएका छन । यद्यपी उनले यस्तो कुनै शिल्प वा गाडीको तस्विर समेत नदेखेको बताए ।

 

द डेब्रिफसँगको कुराकानीमा ग्रुशले विमानको फ्लीटमा रहेका कतिपय यानहरू कहिल्यै अन्त्य नहुने र केही जहाज केही हदसम्म नष्ट हुनसक्ने बताए ।

 

नेशनल एयर एन्ड स्पेस इन्टेलिजेन्स सेन्टर (नासिक) का अमेरिकी गुप्तचर अधिकारी जोनाथन ग्रेले पनि यो खबरको पुष्टि गरेका छन्। उनीहरुले यो एलियन क्राफ्ट भएको पनि पुष्टि गरेका छन् । यसमा नयाँ के छ भन्ने पनि बताए । त्यहाँ एलियनहरू वा गैरमानवहरू छन्।

 

रिटायर्ड आर्मी कर्णेल कार्ल नेलले पनि ग्रुसको दाबी सत्य भएको बताएका छन्, अमेरिकाले पनि युएफअको क्र्यास साइटहरूमा गएर जानकारी सङ्कलन गर्ने प्रयास गरिरहेका छन् ।  त्यस्ता साइटहरूबाट फेला परेका चीजहरूको इन्जिनियरिङ पनि बुझ्ने प्रयास गरिरहेका हुन्छन् ।

 

काठमाडौं, २६ जेठ ।

राप्रपा नेपालका जनबर्गिय संगठनहरुले संयुक्त रुपमा भ्रष्टाचार, कुशासनसङ्गै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दराष्ट्रको माग राखी आज काठमाडौंमा बिरोध प्रदर्शन गर्ने भएको छ ।

 

दिउँसो २:०० बजे बबलमहलमा जम्मा भई जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनका अनुसार आजको सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्ने  समेत उनले बताए ।

 

नेपाली भुमि सट्टापट्टा नितिको राप्रपा नेपालले चर्को आलोचना गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।