काठमाडौं, २६ असार ।
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ ( नेपाल नजिक) अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशका तराइका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।
सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ हावा हुरी भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
काठमाडौं, २५ असार ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धरान महानगरपालिकाका मेयर हर्क साम्पाहाङले ढाडस दिएका छन् ।
आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाए पछि चलेको मुद्धामा तारिख बोकिरहेका मेयर शाहलाई धरानका मेयरले ढाडस दिएका हुन ।
अदालतले आफुलाई अपराधी बनाएको भन्दै शाहले उनले आइतवार साँझ टविट गरे पछि साम्पाहाङले ‘नडराउनु’ भन्दै साथ दिने प्रतिबद्धता जनाएका हुन ।
काठमाडौंका मेयर शाहले आइतवार अदालतको तारिख पर्चा साँझ लेखेका थिए,
‘आज एउटा विशेस दिन,
आजबाट म तारिखमा छु,
भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा, र आजै ,
प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा ।
म आज बाट अपराधी ।’
त्यसको जवाफमा धरानका मेयर साम्पाहाङले टविटरमा जवाफ दिदैँ लेखे,
‘नडराउनुस् नबिराउनुस्
हजुरको साथमा म छु, हामी छौं ।’
लाहाैर, २५ असार ।
पाकिस्तानको पञ्जाब प्रान्तको एक होटलमा आइतबार (जुलाई ९) ग्यास सिलिन्डर विस्फोट भएको छ ।
साे दुर्घटनापछि तीन तले भवन भत्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएकाे अधिकारीहरूले जानकारी दिएका छन् ।
पञ्जाब प्रान्तको झेलमको ग्रान्ड ट्रंक (जीटी) रोडमा रहेको तीन तले होटलको भान्साकोठामा सिलिन्डर विस्फोट भएपछि भत्किएको स्थानीय अधिकारीहरूले बताएका छन्। न्यूज च्यानल जियोले झेलमका उपायुक्त समिउल्लाह फारुकलाई उद्धृत गर्दै भने कि, साे घटनामा छ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १० जना घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। समिउल्लाह फारुकले उद्धार कार्य जारी रहेको छ ।चार–पाँच जना भग्नावशेषमुनि फसेको आशंका गरिएको छ ।
झेलमका डिप्टी कमिश्नर समिउल्लाह फारुकले सम्पूर्ण भग्नावशेष हटाउने कार्य जारी रहने बताए । भग्नावशेष हटाउन भारी मेसिनको प्रयोग भइरहेको झेलम प्रहरीले जनाएको छ । घटनापछि जिल्ला सदरमुकाम अस्पतालमा आपतकालीन अवस्था लागू गरी सम्पूर्ण कर्मचारी र चिकित्सकलाई ड्युटीमा बोलाइएको छ । थप उपायुक्त (राजस्व) हसन तारिकले घाइतेहरूको उपचार भइरहेको झेलम जिल्ला सदरमुकाम अस्पतालमा सबै वरिष्ठ चिकित्सक र कर्मचारीहरू उपस्थित रहेको बताए। जबकि गम्भीर घाइते एक बिरामीलाई रावलपिंडीको होली परिवार अस्पतालमा रिफर गरिएको थियो।
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले भवन भत्किँदा ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
न्युयाेर्क, २५ असार ।
पूर्वी सिरियामा अमेरिकी सेनाको ड्रोन हमलामा आइएसका एक आतङ्ककारी मारिएका छन् ।
अमेरिकी केन्द्रीय कमाण्डले आइतवार भनेको छ कि उसले जुलाई ७ मा ड्रोन आक्रमण गरिएको थियो। विज्ञप्तिमा भनिएको छ कि आक्रमणमा एम क्यु-९ ड्रोन प्रयोग गरिएको थियो। सोही दिन रुसी विमानहरूले ड्रोनलाई पछ्याएका थिए। सिरियामा अमेरिकी केन्द्रीय कमाण्डले गरेको आक्रमणमा पूर्वी सिरियामा रहेको आइएसआईएसका नेता उसामा अल-मुहाजिर मारिएको विज्ञप्तिमा उल्लेख छ।
अमेरिकी सेनाले मारिएको व्यक्ति अल-मुहाजिर हो भनेर कसरी पुष्टि गरेको छ भन्ने कुरा अझै स्पष्ट भएको छैन। यसबारेमा अन्य जानकारी दिइएको छैन। अमेरिकी केन्द्रीय कमाण्डले आइतवार एक विज्ञप्ति जारी गर्दै उक्त हमलामा कुनै पनि नागरिकको हताहत भएको संकेत नरहेको बताएको छ । सेनाले कोही सर्वसाधारण घाइते भए नभएको जाँच गरिरहेको छ ।
उता, अमेरिकी अधिकारीहरूले शुक्रबार लगातार तेस्रो दिन रुसी लडाकु विमानहरूले आफ्ना ड्रोनहरूलाई सताएको गुनासो गरे।
आफूलाई सबै मुस्लिमहरूको खलिफा घोषणा गर्ने आइएसका पूर्व प्रमुख अबु बकर अल-बग्दादीलाई मार्ने अमेरिकी नेतृत्वको अभियानले यसका जीवित नेताहरूलाई निशाना बनाएको छ, जसमध्ये धेरैको मृत्यु भएको विश्वास गरिन्छ। उसले विदेशमा आक्रमण गर्ने योजना बनाएको थियो।
अमेरिकी सैन्य कमाण्डरहरूले आइएस क्षेत्र भित्र एक महत्वपूर्ण खतरा रहेको बताउँछन्, यद्यपि यसको क्षमताहरू घटाइएको छ र यसको नेटवर्क पुन: स्थापना गर्ने क्षमता कमजोर भएको छ। सन् २०१४ मा चरम सीमामा रहेको इस्लामिक स्टेटले इराक र सिरियाको एक तिहाइ भूभागमा नियन्त्रण गरेको थियो। उनले दुवै देशमा पराजय भोगे पनि उनका लडाकु विद्रोहीले आक्रमण जारी राखेका छन् ।
काठमाडाैं, २५ असार ।
अविरल वर्षा र बाढीले पाकिस्तानको आर्थिक अवस्था नाजुक बनाएको छ ।
अविरल वर्षाका कारण मुलुकभर अहिलेसम्म कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने १३३ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (NDMA) लाई उद्धृत गर्दै एआरवाईले आफ्नो रिपोर्टमा भनेकाे छ, विगत २४ घण्टामा भारी वर्षाका कारण ९ जनाको मृत्यु भएको र ८ जना घाइते भएका छन् हालसम्म मारिने ७६ जनामा १५ महिला र ३१ बालबालिका रहेका छन् । वर्षाका कारण ७८ घरमा क्षति पुगेको छ ।
भारी वर्षा र बाढीको प्रभाव पञ्जाब प्रान्तमा सबैभन्दा बढी छ, जहाँ ४८ जनाको मृत्यु भएको छ। खैबर पख्तुनख्वामा २० र बलुचिस्तानमा ५ जनाको मृत्यु भएको छ ।
गत जुलाई ६ मा मात्रै पञ्जाब प्रान्तमा १८ जनाको मृत्यु भएको थियो । पाकिस्तानको मौसम विभागले जुलाई ३ देखि ८ सम्म देशमा पहिलो मनसुन वर्षा हुने भविष्यवाणी गरेको थियो। वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र तल्लो क्षेत्रमा बाढी आउन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
इस्लामबाद, २५ असार ।
पाकिस्तानमा मास्क लगाएका बदमाशहरूले शनिबार राति थप एक पत्रकारलाई अपहरण गरेका छन् ।
द न्युज इन्टरनेशनलको रिपोर्ट अनुसार दैनिक जंगका वरिष्ठ रिपोर्टर सैयद मुहम्मद अस्कारीलाई कयुमाबाद केपीटी इन्टरचेन्ज नजिकै मुखौटा लगाएका र सादा लुगा लगाएका बदमाशहरूले अपहरण गरेका थिए।
अस्करीभन्दा अगाडि जियो न्यूजका पत्रकार जुबेर अन्जुम पनि अपहरणमा परेका छन् ।
हेमन्त केसी ,सुर्खेत , २५ असार।
भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालयले जेठको अन्तिम साता जाजरकोटमा पठाएका नयाँ सडक योजनाहरु वातारणीय प्रभाव मुल्याकंन विना नै खनिएको पाइएको छ । वन क्षेत्र सखाप बनाएर यि नयाँ योजनाहरु जथाभावी निर्माण गर्दा बर्षायाममा पहिलोको उच्च जोखिम बढेको छ ।
प्रहरी ,प्रशासन तथा डिभिजन वन कार्यालयको सहयोगमै ति २८ योजनाहरु निर्माण भएको पाइएको छ । प्रहरीले सुरक्षा दिएरै सडक निर्माण कार्य गरिएको समेत खुलेको छ । सामुदायिक वन उपभोक्ता समूहले सडक निर्माण कार्य राक्न दिइएको निवेदन समेत लत्याएर शक्ति केन्द्र नजिक रहेका व्यक्तिलाई उपभोक्ता समितिमा राखी सडक निर्माण गरिएको हो । उपभोक्ता समितिका पदाधिकारीले सिधै वनमा डोजर हालेर सडक खनि पूर्वाधार विकास कार्यालयबाट प्राविद्यिकलाई सडक नाप्ना समेत बोलाएको पाइएको छ । आवश्यकताभन्दा पनि सडक निर्माण कार्यलाई नाममा कमाइ खाने भाँडो बनाई कार्यक्रतामूखी बजेट छरेर जहाँ ,तही सडक खनिएका छन् ।
यसरी खनिएका सडकमध्ये बल्ले हाडेइनजा सडक निर्माण छेडागाड १२ , कार्कीज्यूला करुका घर्तीगाउँ सडक बारेकोटल ५ , भगवती माध्यमकि विद्यालयदेखि एकीकृत बस्तीसम्म सडक निर्माण , भदाले लामातडा बाह्र भदौ सडक छेडागाड १२ , खट्कटा देखि सक्ला टोलसम्म बारेकोट ९ , मेलटाकुरी बिरा सडक जुनीचाँदे ४ , उखाले देखि तल्लो हितानगाउँ सम्म सडक नलगाड १३ , कोल्यानी छुतीपाल्ती बण्डाला बारेकोट ८ , कुरीखेत जब्ल बल्लेवाट जुम्ली पोखरी सडक , चिप्लेटा चौखेढुंगा बा्रहथान रिमिदारा सडक , साप्नेखेत गमराख राँगाखाली हुँदै हल्चौर बारेकोट जोडने सडक , भुम्के बुरेली सडक भेरी ४ , लामातरा सालातडा राउटेडाडा रानीखेत जुनिचाँदे ५ र खन्नेटा देउराली शिवालय २ का सडक रहेका छन् ।
त्यस्तै उम्मे ढुंगादेखि जुरेली सडक नलगाड १ , रानी खेत जिरो प्वाइन्ट थर्पडाडा हुँदै रगुनाथ नलगाड ५ , मैला डाडादेखि चोती बिसाउन हुँदै स्वास्थ्य केन्द्र भेरी ५ लगाएतका २८ वटा नयाँ योजना वातारणीय प्रभाव मूल्यांकन विना नै खनिएका छन् । वन क्षेत्र फडानी गरेर जथाभावी सडक खनि पूर्वाधार विकास कार्यालयलाई दबाबमा राखेर शक्ति केन्द्र नजिक भएका व्यक्तिले भुक्तानी समेत लिएको पाइएको छ ।
निर्माण गरिएका सडक नभई मृत्यु मार्ग बन्नुका साथै वर्षायाममा भलले बगाउने सडक भएको पाइएको छ । वन क्षेत्र सखाप भएको भनि डिभिजन वनमा परेको उजुरी माथी समेत सुनुवाई नभएको पाइएको छ । प्रदेश सरकारका बहालवाला मन्त्रीहरुको दबाबमा जिल्ला स्थित कार्यालयका प्रमुखहरु चुप लागेर बसेको पाइएको छ । गलत भयो भन्ने थाहा छ तर बोल्न मिलेर के गर्नु भन्दै एक कार्यालय प्रमुखले आफूहरु हैरान भएको बताएका छन् । सडक निर्माण भन्दा अगाडी वातावरणीय प्रभाव मूल्यांकनको काम सकेर मात्र सडक निर्माणको सुरुवात गर्नुपर्ने हुन्छ । जिल्लामा जेठ अन्तिममा आएका सडकहरु भने कुनै पनि प्रक्रिया पुरा नगरी सिधै प्रदेशसभा सदस्य तथा मन्त्रीहरुले भनेकै मान्छे उपभोक्ता समितिमा राखेर डोजर लगाइ भकाभक सडक निर्माण गरिएको हो । प्रत्येक टोलमा सडक निर्माण लिने बहानामा पानीका मुहान देखि खेतीयोग्य जमिन समेत ठाउँ ठाउँमा पुरिएको छ ।
नयाँ आएका सडक निर्माण पछि भुक्तानी लिदा पूर्वाधार विकास कार्यालयका प्राविद्यिकलाई समेत मोटो रकम बुझाएर सडक पास गराएर भुक्तानी लिएको समेत खुलासा भएको छ । प्राविद्यिकले उपभोक्ताबाट रकम लिनका लागि मूल्यांकन घटाउने काम गरेको र रकम दिएपछि मात्र मूल्यांकन बढाउने काम गरेको खुलासा भएको छ । पूर्वाधार विकास कार्यालयबाट यो आर्थिक वर्षमा सञ्चालमा रहेका अधिकांश सडकमा आवश्यकता भन्दा बढी बिल उठाएर जिल्ला कार्यालयलाई एकै योजनाबाट ८ लाख सम्म कमिसन असुलेको पाइएको छ । त्यस्ता कमिसन असुल भएका योजनाहरु निर्माण गर्दा प्रहरीले समेत सुरक्षा दिएको पाइएको छ ।
निरीह बन्यो डिभिजन वन
वातारणीय प्रभाव मूल्यांकनविना निर्माण गरिएका सडकका विषयमा डिभिजन वन कार्यालयमा उजुरी परे पनि डिभिजन वन कार्यालय कारबाही गर्न असफल भएको छ । देखेर पनि नदेझैँ गरि बसेको डिभिजन वन कार्यालय जाजरकोट वन क्षेत्रको कुरा गर्न बित्तिकै कार्यालयको फोन नै अफ गरेर बसेको आरोप लागेको छ । प्रमुख जिल्ला अधिकारी रामकुमार महतो समेत जथाभावी निर्माण भएको सडकका विषयमा मौन बसेका छन् । सडक निर्माण गर्दा वन क्षेत्र भएको भन्दै बिरोध गर्ने व्यक्तिलाई तह लगाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरेर काम सुरुवात गरिएको थियो ।
रन्धिर साह, रौतहट, असार २४ ।
रौतहटको एक किसानको खेतमा काम गर्ने क्रममा निधन भएको छ । निधन हुनेमा जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ९ स्थित रहेका सोनरनिया निवासी मनिर मिया अन्सारी रहेका छन् । मौलापुरमा आज भएको यो घटनाले किसानहरुको लागि एउटा प्रश्न खडा गरेका छन् भन्दै पुर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले दुःख व्यक्त गरेका छन् ।
साथै उनले राष्ट्रका लागि काम गर्दै गर्दा निधन भएका कारण मियालाई नेपाल सरकारले क्षतिपूर्ति उपलब्ध गराउनु पर्छ, उनले माग राखेका छन् । उनले आज आफ्नो सोसल मिडिया फेस्बुकमा सो विषय वस्तु उल्लेख गरेका छन् । उनी भन्छन् भावपूर्ण श्रद्धाञ्जली सहित गहिरो समवेदना । मृतक किसान परिवारलाई राहत स्वरूप क्षतिपूर्तिको माग गर्दछु ।
अन्सारीको खेतमा काम गर्ने क्रममा चर्कों गर्मीका कारण निधन भएको खबरले दुःखी बनाएको छ । उहाँप्रति भावपुर्ण श्रद्धाञ्जली सहित शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु । आज देशमा अन्नदाता किसानको अवस्था कति पिडादायी छ ?
भन्ने विषय मनिर मिया अन्सारीको मृत्युले स्पष्ट गर्दछ । खेतमा काम गर्दा गर्दै निधन हुने किसानको परिवारलाई राहतको ब्यवस्था गर्न उचित देखिएकोले मृतक मनिर मियाको परिवारलाई राहत स्वरूप अवश्यक क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकार समक्ष जोड़दार माग गर्दछु ।
काठमाडाैं, २५ असार ।
देशका विभिन्न स्थानबाट लागुऔषधसहित ११ जना पक्राउ परेका छन् । कैलाली, गोदावरी नगरपालिका-२ बसपार्कबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय पारस वलीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
नवलपरासी (पश्चिम)काे बर्दघाट नगरपालिका-१२ चौपत्ताबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित सोही नगरपालिका-१४ नारायणचोक बस्ने २४ वर्षीय रमेश खत्री क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्रामसहित सुर्खेत भेरी गंगा नगरपालिका-७ घर भई बाँके कोहलपुर नगरपालिका-११ बस्ने २६ वर्षीय दिपक वलीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँकेकै राप्तिसोनारी गाउँपालिका-५ अलिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ४ सय ४० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३३ बैशा बस्ने ३२ वर्षीय आनन्द खड्का र सोही गाउँपालिका-५ बिनौना बस्ने ३० वर्षीय देबेन्द्र खत्री रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरीले नेपालगंजबाट बैजापुरतर्फ जाँदै गरेको भे.७ प ७७४४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
धादिङकाे थाक्रे गाउँपालिका-२ सिम्ले बजारबाट अवैध लागूऔषध चरेस करिब ११ केजीसहित मकवानपुर थाहा नगरपालिका-७ बस्ने ४० वर्षीय जय बहादुर तितुङलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सिम्लेबाट खटिएको प्रहरीले उनलाई उक्त चरेससहित पक्राउ गरेको हो ।
झापाकाे दमक नगरपालिका-१ हवल्दार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित दमक नगरपालिका-६ बस्ने २० वर्षीय अन्जान मगर समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले दमक नगरपालिका-१ हवल्दार चोक बस्ने शैलेश कुमालको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
मुगु २४ असार ।
पूर्वाधार विकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ईन्जिनियर दत्त बुढ्थापामाथि कुटपिट गरेको आरोपमा पूर्वप्रदेशसभा सदस्य दानसिंह परियारसहित पक्राउ परेको विषयमामा एमालेले विरोध प्रदर्शन गरेको छ ।
बुढ्थापामाथि कुटपिट गरेको आरोपमा पूर्वप्रदेश सांसद परियार र छायाँनाथरारा नगरपालिका वडा नं ६ का वडाध्यक्ष खेमबहादुर रावलविरुद्ध अभद्र व्यवहारसम्बन्धी आइतबार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको छ ।
शनिबार नै दुवै जनालाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रियाअघि बढाएपछि सोमबार रिहाइको माग राखेर नेकपा एमाले मुगुका नगर ईन्चार्ज डम्बर बहादुर रावलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मुगुमा विरोध प्रदर्शन गरेका छन् ।
शनिबार पूर्वाधार विकास कार्यालय प्रमुख इन्जिनियर दत्त बुढ्थापालाई सडक योजना सम्झौताअनुसार सबै रकम भुक्तानी नगरेको आरोप लगाएर कार्यालय हाताभित्रै पूर्वसांसद परियार र वडाध्यक्ष रावलले हातपात गरेका थिए ।