२०८३ जेष्ठ ४
२०८३ जेष्ठ ४

 

वीरगञ्ज ।

वीरगञ्जमा १ सय थान भन्दा बढी गोली भेटिएका छन् ।

 

बिरगञ्ज महानगरपालिकाको एक वडाको नाला सफाइ गर्ने क्रममा १ सय थान भन्दा बढी गोली भेटिएका हुन ।

 

आइतबार ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको हो ।

 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहका अनुसार महानगरपालिकाका कर्मचारीहरूले महानगर–६ मा नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने एक सय पाँच थान गोली फेला परेको हो ।

 

उनका अनुसार नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, हर्नेटको १७ राउण्ड, एसएलआरको चार राउण्ड, सहित अन्य विभिन्न बन्दुकमा लाग्ने एक सय पाँच राउण्ड गोली फेला परेको हो ।

 

नालामा बेवारिसे अवस्थामा ठुलो मात्रामा गोली भेटिए पछि थप अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

 

मञ्जय राम,ब.स.कटहरिया,आजको पात्रो,जेठ २९ गते
आज विहान सुर्यादय ०५ः०८ र सुर्याअस्त ०७ः०० मा हुनेछ ।
तिथिःनवमी १३:३५ बजेसम्म, त्यसपछी दशमी,नक्षत्रःउत्तरभाद्रपदा १७:०१ बजेसम्म, त्यसपछी रेवती,योगःआयुष्मान् ११:२८ बजेसम्म, त्यसपछी सौभाग्य,करणःगर १३:३५ बजेसम्म, त्यसपछी वणिज ००:३९ बजेसम्म, त्यसपछी भद्रा
                                      

 राशिफल               राशिफल                    राशिफल (more…)

 

आरके श्रीवास्तव,रौतहट,जेठ २८ गते

रौतहटको फतुवा बिजयपुरमा स्थानिय तहमा स्वास्थ्य योजना तथा बजेट तर्जुमा सम्बन्धि २ दिने गोष्ठी सम्पन्न भएको छ । अभियान नेपालको आयोजना तथा वन हर्ट वल्र्ड वाइडको सहयोग र फतुवा बिजयपुर नगरपालिकाको नेतृत्वमा सो गोष्ठी भएको हो । फतुवा बिजयपुरको बिजयपुर बजारमा नगरपालिकाको स्वास्थ्य क्षेत्रको योजना तथा बजेट तर्जुमा गोष्ठी आज आईतवार सम्पन्न भएको छ ।

कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको अध्यक्षतामा बिजयपुर स्थित श्री मावि बिजयपुरमा उक्त गोष्ठीको आयोजना गरिएको थियो । गोष्ठीमा नगरपालिका अन्तर्गत रहेको स्वास्थ्य चौकीहरुको समस्या र तीनका समाधान बारे छलफल गरिएको थियो । स्वास्थ्य संस्थाहरुमा देखेका,भोगेका अनुभव तथा अवलोकन गरिएका समस्या र त्यसको प्राथमिकीकरण औषधी अभाव,कर्मचारीहरुको अभाव बारे साझा गरिएको थियो ।

गोष्ठी लाइ सम्बोधन गर्दै फतुवा बिजयपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद गुप्ताले जिल्लामा फतुवा बिजयपुर नगरपालिका स्वास्थ्य क्षेत्रमा पछाडी परेको भन्दै यस तर्फ सहभागी जनप्रतिनिधीहरुलाइ ध्यानाकर्षण गराउनु भएको थियो ।

त्यस्तै जनप्रतिनीधीहरुको तर्फ बाट सम्बोधन गर्दै वडा नम्बर ९ का वडा अध्यक्ष राकेश कुमार यादव उर्फ पप्पुले नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुको समस्या समाधान तर्फ अहिले निर्वाचित यूवा वडा अध्यक्षहरुले कम्मर कसेर लाग्नु पर्नेमा जोड दिएका थिए । आगामी बजेटमा नगरपालिकाको स्वास्थ्यको अवस्थामा सुधार हुने उनको दाबी रहेको थियो ।

कार्यक्रमलाइ समापन गर्ने क्रममा फतुवा बिजयपुर नगरपालिकाकी कार्यवाहक नगर प्रमुख खातुनले गोष्ठीमा उठेका समस्याहरुलाइ आगामी बजेटमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भयो ।

गोष्ठीमा परियोजना संयोजक अमित मिश्र र बित संयोजक जितेन्द्र कुशवाहाले फतुवा बिजयपुर नगरपालिकाको स्वास्थ्य योजना तथा बजेट तर्जुमा सम्बन्धी सहजीकरण गर्नु भएको थियो । सो गोष्ठीमा सबै वडाका वडा अध्यक्षहरु,कार्यपालिका सखस्यहरु,स्वास्थ्य चौकीका इन्चार्जहरु लगायत दर्जनौं व्यक्तीहरुको सहभागिता रहेको थियो ।

  

 

मुम्बई, २९ जेठ ।

जरा हटके जरा बचके’ ले पहिलो शोवाट नै दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ ।

 

फिल्ममा पहिलो पटक विक्की र सारा अली खानको जोडी अनस्क्रिनमा देखिएका छन् र उनीहरुको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका छन् । योसँगै फिल्मले हलमा निकै चर्चा पाइरहेको
छ । कमाईको कुरा गर्ने हो भने साताका दिनमा ‘जरा हटके जरा बचके’ को कलेक्शनमा कमी आएको थियो तर यो साताको अन्त्यमा फिल्मको कमाई फेरि उकालो लागेको छ ।

 

शनिबार फिल्मको कलेक्सन बढेर ५.७६ करोडको व्यापार गरेको थियो । योसँगै  ‘जरा हटके जरा बचके’ रिलिजको १० औं दिनको प्रारम्भिक तथ्यांक पनि बाहिर आएको छ ।

 

अर्ली ट्रेंडको प्रारम्भिक ट्रेन्ड रिपोर्ट अनुसार, ‘जरा हटके जरा बचके’ ले रिलिजको दशौं दिन अर्थात आइतबार ६.७५ करोडको ग्रान्ड कलेक्सन गरेको छ । योसँगै फिल्मको कुल कमाई ५३.२८ करोड पुगेको छ ।

 

मुम्बई, २९ जेठ ।

सञ्जय लीला भन्साली आफ्नो वेब शो ‘हिरामाण्डी’ लाई लिएर चर्चामा छन् ।

 

दर्शकहरु यसको प्रतिक्षामा छन् र अब यसको साथमा आउने नयाँ अपडेटले फ्यानहरुको खुशी बढाउन पर्याप्त रहदै अाएकाे छ । शो अहिले पूरा हुनै लागेको छ । शोका आठवटै एपिसोडको छायांकन सकिएको र दर्शकको प्रतिक्षाको समय छिट्टै समाप्त हुने बताइएको छ ।

 

मिडिया रिपोर्टका अनुसार यो शोको सुटिङ पुरा हुन केही दिन मात्रै बाँकी छ । सञ्जय लीला भन्सालीका निकट स्रोतका अनुसार यो महिनाको अन्त्यसम्ममा सुटिङ सकिनेछ । यति मात्र होइन, नेटफ्लिक्सले यो वर्षको अन्त्यसम्ममा शो रिलिज गर्ने तयारी गरिरहेको छ ।

 

‘हिरामाण्डी’को स्टारकास्टको कुरा गर्दा यसमा फरिदा जलाल, मनिषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्ढा, सञ्जीदा शेख, फरदीन खान, अध्यायन सुमनलगायतका कलाकारको अभिनय रहनेछ । फिल्मका सबै अभिनेत्रीको फर्स्ट लुक सेयर गरिएको छ, जसलाई दर्शकले रुचाएका छन् ।

 

ब्युनर्स आयर्स, २९ जेठ ।

फिफा यू–२० विश्वकपको उपाधि उरुग्वेले उचालेको छ ।

 

अर्जेन्टिनामा आइबार सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।

 

निकै रोचक तथा प्रतिस्पर्धात्मक रहेको उक्त खेल पहिलो हाफ बराबरीमा रोकिएको थियो । तर, खेलको अन्तिम समयमा आएर ८६ औँ मिनेटमा लुसिआनो रोड्रीगेजले गरेको गोलले अन्ततः उरुग्वेलाई विश्कप बिजेता बनाउन सफल भयो ।
 

उरुग्वेले विश्वकपको उपाधी उचालेको यो पहिलो पटक हो, यसअघि दुई पटक फाइनलमा पुगे पनि उपाधी उचाल्न उसले मौका पाएको थियो । उरुग्वेको जीतसँगै पहिलो पटक यू–२० विश्वकपको फाइनलमा पुगेको इटाली भने उप विजेतामा सीमित भयो।

 

अहिलेसम्म यू–२० विश्वकपको उपाधि धेरै पटक अर्जेन्टिनाले उचालेको छ । अर्जेन्टिनाले ६ पटकसम्म उपाधी उचाल्दा दोस्रो स्थानमा रहेको ब्राजिलले ५ पटक जित हासिल गरेको छ ।

 

इन्डिनबर्ग, २९ जेठ ।

स्कटल्याण्डका पूर्व प्रथम मन्त्री निकोला स्टर्जनलाई आइतबार पक्राउ गरिएको छ ।

 

स्कटिस नेसनल पार्टी (एसएनपी) को आर्थिक सहयोग र वित्तिय सम्बन्धमा चलिरहेको अनुसन्धानको सम्बन्धलाई लिएर उनलाई पक्राउ गरिएको हो। एसएनपी स्कटिश स्वतन्त्रताको समर्थक हो।

 

प्रहरीले उनको नाम नलिई एक विज्ञप्ति जारी गर्दै भने, ‘एक महिला (५२ वर्षीया) लाई शंकास्पदका रूपमा हिरासतमा लिएको छ र सोधपुछ भइरहेको छ ।’

 

गत अप्रिलमा उनका श्रीमान्, पूर्व एसएनपी प्रमुख कार्यकारी पिटर मुरेलको गिरफ्तारी र रिहाई पछि उनलाई पनि पक्राउ गरिएको हो । स्टर्जनका प्रवक्ताले पुष्टी गरे कि उनी आइतवार प्रहरी अनुसन्धानमा भाग लिएकी थिइन्।

 

प्रवक्ताले भने कि, निकोला स्टर्जनले आइतवार पुलिस स्कटल्याण्डसँगको एक अन्तर्वार्तामा भाग लिइन्, जहाँ उनलाई पक्राउ गरिएको थियो र अपरेशन ब्रांचफांर्मको सम्बन्धमा सोधपुछ गरिएको थियो ।

 

काठमाडौ,  २९ जेष्ठ ।

नेपाल राष्ट्र बैंकले सोमबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकन डलरकाे मुल्य हिजाे तुलनामा स्थिर रहेकाे छ भने युराेका भाउ १३ पैसा बढेकाे छ । जुअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.२५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.५१ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.१६ रुपैयाँ रहेको छ ।

 

हिजो डलरको खरिद दर १३१ रूपैयाँ ६५  पैसा र बिक्री दर १३२ रूपैयाँ २५ पैसा रहेको थियो भाने युरो एकको खरिद दर १४१ रूपैयाँ ६४ पैसा र बिक्री दर १४१ रूपैयाँ २९ पैसा रहेको थियो ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ४९ पैसा र बिक्री दर १६६ रूपैयाँ २४ पैसा ताेकिएकाे छ ।

 

यस्तै,अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ७३ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९९ रुपैयाँ १२ पैसा रहेको छ ।

 

जापानिज येन १० को खरिददर भने ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा रहेकाे छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८.५३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६६ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ १० पैसा र बिक्रीमा ३५ रुपैयाँ २६ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १४ पैसा र बिक्री दर ३६ रूपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

साउथ वेल्स ।

अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको हन्टर भ्याली क्षेत्रमा बस सडकमा पल्टिएको छ ।

 

सो घटनामा परेर कम्तीमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

 

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा १० जनाको मृत्यु भएको र ११ जनालाई हेलिकप्टर र सडकबाट अस्पताल लगिएको थियो । साथै, १८ यात्रु भने सो दुर्घटनाबाट जोगिएका छन् । प्रहरीका अनुसार घटनापछि आपतकालीन सेवालाई घटनास्थलमा बोलाइएको थियो । त्यसपछि ठूलो आपतकालीन अपरेशन सुरु गरिएको थियो। समाचार अनुसार बसका चालकलाई अनिवार्य परीक्षण र मूल्याङ्कनका लागि प्रहरी सुरक्षामा अस्पताल लगिएको थियो ।

 

घाइते पीडितहरूलाई सडक र हवाई मार्गबाट ​​हन्टर उपत्यकाका धेरै अस्पतालहरूमा लगियो, जसमा घाइतेहरु नजिकको न्यू ल्याम्बटन हाइट्सको जोन हन्टर अस्पताल र वाराताहको मेटर अस्पतालमा उपचार गरिएको छ ।  सेसनकका मेयर जय सुवलले बस दुर्घटनालाई ‘भयानक’ भनेका छन् ।

 

काठमाडौं, २९ जेठ ।

आज प्रतिनिधिसभा बैठक बस्दैछ ।

 

संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक १ः०० बजे बोलाईएको छ ।

 

आजको बैठकमा आर्थिक वर्ष २०८/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ। प्रधानमन्त्री भारत भ्रमणवाट फर्के पछि निरन्तर बजेट माथी छलपफल भइरहेकाे थियाे, साे क्रम हिजाेवाट सकिए पछि साेमवार अर्थमन्त्रीले जवापफ दिन लागेका हुन ।

 

प्रतिनिधिसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ हिजै दिने भनिए पनि प्रावधिक कारण देखाउँदै आजका लागि सारिएको हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।