२०८३ श्रावण २१
२०८३ श्रावण २१

काठमाडौं, २ साउन । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी छ ।

 

गत शुक्रबार देखी जारी भएको केन्द्रिय सचिवालय बैठक आज पनि बस्न लागेको हो ।

 

सचिवालयका सदस्यहरुले बोल्ने क्रम बाँकी रहेकाले बैठक आजसम्म लम्बिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार आजको बैठक बिहान ९ बजे देखी सुरु हुनेछ ।

 

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा  उक्त बैठक बस्नेछ ।
समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा छलफल केन्द्रित गरिएको बैठकमा हिजो सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिवद्वय डा विजय पौडेल र डा गंगालाल तुलाधरले आफ्ना धारणा राखेका थिए ।

 

आजको बैठक अन्य नेताहरुले धारणा राख्ने छन् ।

 

काठमाडौं, २ साउन । नेपाली कांग्रेसकाे केन्द्रिय समिति बैठक बस्दैछ ।

 

सानेपा, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसाे १ बजे बाेलाइएकाे छ ।

 

कांग्रेसले मंगलवार बस्ने केन्द्रीय समितिको बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको हो ।

 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री विश्वप्रकाश शर्माले पहिलो एजेन्डाको रूपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरूमा छलफल हुने बताए ।

 

त्यसैगरी साङ्गठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुने उनले जानकारी दिएका छन् । उनका अनुसार कार्यसम्पादन समितिले गरेका निर्णयहरू अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेस र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्तावित हुनेछ ।

 

केन्द्रिय समिति बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेस गर्ने एजेन्डा पनि रहेको छ । अरू एजेन्डाहरूमा पार्टीले प्रतिनिधि सभामा खेलेको भूमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरूको सम्बन्धमा बैठकलाई जानकारी गराउने कार्यतालिका बनाइएकाे छ ।

 

केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने सम्बन्धमा पनि छलफल भइरहेको महामन्त्री शर्माले जानकारी दिए ।

काठमाडौं, १ साउन । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपाल भारत ए सँग ९ विकेटले पराजित भएको छ। नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारतले २२.१ ओभरमा १ विकेट गुमाउदै पुरा गर्यो। भारतको जितमा ओपनर अभिषेक शर्मा ८७ रन बनाए। अर्का ओपनर साई सुदर्शनले अविजित ५८ रन बनाए। धुव्र जुरेल २१ रनमा अविजित रहे। नेपालका लागि कप्तान रोहित शर्माले मात्र एक विकेट लिए। उनले ओपनर अभिषेक शर्मालाई कुशल मल्लको हातबाट क्याच आउट गराए। लिस्ट ए क्रिकेटमा रोहितको यो पहिलो विकेट हो।

 

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा अलआउट हुँदै १ सय ६७ रन बनाएको थियो। टोलीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६५ रन बनाएका थिए। अर्धसतक बनाएका पौंडेलले ८५ बलको सामना गर्ने क्रममा ७ चौंका प्रहार गरे। ओपनर कुशल भुर्तेल शुन्य रनमा आउट भए।

 

अर्का ओपनर आसिफ शेख पनि ७ रन बनाएर आउट भए। तेस्रो नम्बरमा आएका देव खनाल १५ रन बनाएर आउट भए। त्यस्तै भिम सार्कि (४), कुशल मल्ल (०), सोमपाल कामी (१४), पवन सर्राफ (६) र ललित नारायण राजवंशी (३) रन बनाएर आउट हुँदा किशोर महतो २ रनमा अविजित रहे। गुलशन कुमार झा ३० बलमा ३८ रन बनाएर आउट भए। उनले २ चौंका र २ छक्का प्रहार गरे। भारत ए का लागि बलिङमा निशान्त सिन्धुले ४ विकेट लिए। राजवर्धन हांगरगेकरले ३ विकेट लिए। हर्षित राणा २ र मानव सुथारले १ विकेट लिए।

 

आजको हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। नेपालसँगै युएई पनि प्रतियोगिताबाट बाहिरिएको छ। आजै भएको अर्को खेलमा युएई पाकिस्तान ए सँग १ सय ८४ रनले पराजित भएको थियो। २ खेलमा २ जितका साथ भारत ए र पाकिस्तान ए १ खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ। अब नेपालले प्रतियोगिताको आफ्नो अन्तिम खेल युएईसँग खेल्नेछ।

काठमाडौं, २ साउन । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ । साथै थोरै भू-भागहरुमा हल्का देखी मध्यम वर्षा भइरहेको छ।

 

दिउँसो  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा  तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू भागका केही स्थानहरूमा र मधेश प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

 

राती भने देशभर आंशिक देखी सामान्य  रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

तसर्थ हावाहुरी, भारी वर्षा, मेघ गर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

आरके श्रीवास्तव,रौतहट,साउन १ गते ।
रौतहट–रौतहटको गढिमाइमा राष्ट्रिय सेवादलले जिल्लाका ३६ जना विद्यार्थीलाई एनसिसि तालिम दिन सुरु गरेको छ । श्री माध्यमिक औपचारीक रुपमा तालिमको उद्धघाटन गरेर सोमबार देखि १ सय दिने तालिम दिन सुरु गरेको हो ।

श्री माबी समनपुरका ३६ जना छात्र र छात्रालाई १ सय दिने तालिममा सहभागी गराएको जानकारी गराइएको छ । तालिमको पहिलो दिनमा प्रथम प्रवचन र पोशाकहरु वितरण गरी तालिमको सुरु गरेको श्री बिरदल गणका प्रमुख सेनानी गंगा बहादुर विष्टले बताए ।
युवामा ब्यक्तित्व विकास तथा क्षमता अभिबृद्धी गरि विभिन्न समयमा आउने विपद्का बेला सहयोग गर्ने उदेश्यले जिल्ला भरीमा १०८ जना विद्यार्थीहरुलाई तालिममा सहभागी गराईएको बिरदल गणका सेनानी विष्टले बताए । बिधालयमा अध्ययनरत विद्यार्थीहरुलाई एनसिसि जुनियर सिनियर तालिम दिन सुरु गरे पछि विद्यार्थीका अबिभावकहरु समेत खुसी भएका छन् ।

तालिममा विद्यार्थीहरुलाई अनुशासन,शारिरिक तालिम , सैनिक ज्ञान , विपद ब्याबस्थापन, लगायत विभिन्न विषयवस्तु सम्बन्धी ज्ञान दिईने छ । एनसिसि तालिम जिल्लाको तीन वटा बिधालयमा सञ्चालन भैरहेको छ । प्रहरी स्कूल जिंगडिया,श्री शंकर गुदर मावि समनपुर,श्री मावि टिकुलियामा चलिरहेको बुझिएको छ ।

रन्धिर साह, रौतहट, असार ३१ ।
रौतहटको कटहरिया नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुले प्रथम त्रैमासिक परीक्षा आज सम्पन्न गरेका छन् । प्रथम त्रैमासिक परीक्षा सञ्चालनका लागि पाठ्यपुस्तकका आवश्यक कोर्ष सकेपछि विद्यालयहरु परीक्षाको तयारीमा लागेको थियो ।
नगरस्तरीय शैक्षिक समन्वय समितिको क्यालेण्डरअनुसार वितेको असार २४ गतेदेखि सुरु भएको प्रथम त्रैमासिक परीक्षा आज आइतबार ३१ गते सम्पन्न भएको कटहरिया नगरपालिकाका शिक्षा कार्यालयका सुरेन्द्र ठाकुरले बताएका छन् । उनका अनुसार कटहरिया नगरपालिकाका क्षेत्र भित्र रहेका २४ वटा सामुदायिक विधालयहरुमा आज एकै साथ परिक्षा सम्पन्न गरेको हो ।
उनले सो परिक्षामा प्रश्नपत्र विना कक्षा कोठाको बोर्डमा नै प्रश्न लेखेर सो परिक्षा सम्पन्न गरेको बताए । खासमा सो परक्षा विधयालले विधार्थीहरुको छमता वृद्धि गर्ने उदेश्यले संचालन गरेको हुँनाले विना प्रश्न पत्रकै वोर्डको प्रयोगमा परिक्षा भएको उनले बताए । कटहरिया नगरपालिका वडा नम्बर ५ मा रहेको श्री जनता माध्यमिक विधालयका प्रधानाध्यापक शचिन्द्र यादव भन्छन् आज हामी प्रथम त्रैमासिक परीक्षा सम्पन्न गरेका छम् । गत असार २४ गतेदेखि सुरु भएको परिक्षा आज ३१ गते सम्पन्न भएके हो ।
सो परिक्षा हलमा सोचे जस्तै विधार्थीहरुको उपस्थिति रहेको बताए । उनले विधार्थीहरुको उपलब्धीलाई मूल्यांकन गरी सुधार गर्नुपर्ने कुरालाई आत्मसाथ गर्नका निम्त सो परीक्षा हुँने गरेको बताए । यस्तै सो पालिकाका वडा नम्बर ४ बलिरामपुरका श्री माध्यमिक विधालयमा साचे जस्तै परिक्षा सम्पन्न भएको विधालयका प्रधानाध्यापक देवेन्द्रकुमार जयसवालले बताएका छन् ।
सो विधालयले कक्षा १ देखि कक्षा १० सम्मका परिक्षा आज सम्पन्न भएको बताए । यस्तै पालिका भित्र रहेको सबै विधालयमा परिक्षा सम्मपन्न भए पश्चात एक सूचना जारी गरि साउन १ गतेदेखि भदौको १ गते शुक्रबारदेखि विधालय पुर्ण संचालन हुँने श्री माध्यमिक विधालय बलिरामपुरका शिक्षक शिवमंगल जयसवालले बताएका छन् ।

 

ढाका, १ साउन ।

बंगलादेशको ढाका नजिक बूढीगंगा नदीमा रहेको केरानीगञ्जको तेलघाट क्षेत्र नजिक पानी बस पल्टिँदा चार जनाको मृत्यु भएको छ ।

प्राप्त जानकारीका अनुसार आइतबार राति करिब ८ः१५ बजे ढाकाको सदरघाटबाट तेलघाटतर्फ जाँदै गरेको वाटरबस बालुवाको ढिस्कोमा ठोक्किए पछि उक्त घटना भएको हो । दमकलको तीन वटा युनिट र कोस्ट गार्डको उद्धार टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो ।

 

उद्धार कार्य जारी रहेको अधिकारीहरुले जनाएका छन् । ढाका ट्रिब्यूनले फायर सर्भिसका अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ कि चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने घटनाको समयमा जहाजमा रहेका आठ जनालाई उद्धार गरिएको छ। तर, जहाजमा सवार धेरै यात्रु अझै बेपत्ता छन् ।

 

उद्धार गरिएका आठ जनामा ​​चार पुरुष, तीन महिला र एक बालबालिका रहेका छन् । सर सलिमुल्लाह मेडिकल कलेज अस्पतालका निर्देशक ब्रिगेडियर जनरल रसिद अन नाबीले मृतकको शव सार्ने प्रक्रिया जारी रहेको बताए ।

 

तेल अभिभ, १ साउन ।

इजरायली राष्ट्रपति इसाक हर्जोग सोमबार अमेरिकाको औपचारिक कूटनीतिक भ्रमणका लागि प्रस्थान गर्ने भएका छन् ।

 

हर्जोगको भ्रमणका क्रममा उनले जुलाई १९ मा अमेरिकी कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् ।

 

इजरायली राष्ट्रपति इसाक हर्जोग प्रतिनिधिसभाका पूर्व सभामुख न्यान्सी पेलोसी र वर्तमान सभामुख केभिन म्याकार्थीको निमन्त्रणामा अमेरिका भ्रमणमा जान लागेका हुन । संयुक्त बैठक आयोजना गर्नुको उद्देश्य इजरायलको स्थापनाको ७५ औं वार्षिकोत्सव मनाउनु हो।

 

कांग्रेसका दुवै सदनलाई सम्बोधन गर्ने एकमात्र अन्य इजरायली राष्ट्रपति हर्जोगका बुबा चाइम थिए। उनले नोभेम्बर १९८७ मा दुवै सदनलाई सम्बोधन गरेका थिए । ।

 

इजरायली राष्ट्रपतिको जुलाई १८–२२ भ्रमणमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग व्हाइट हाउसमा भेटघाट पनि हुनेछ। बिडेन र हर्जोगले विभिन्न राजनीतिक, सुरक्षा र आर्थिक मुद्दाहरूमा छलफल गर्ने अपेक्षा गरिएको छ, हर्जोगको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

इरानको आणविक कार्यक्रम र इजरायली सरकारको न्यायिक सुधार पहल वार्ताको मुख्य विषय हुने अपेक्षा गरिएको छ।

 

ह्याम्पटन, १ साउन ।

अमेरिकाको जर्जियामा प्रहरीले इन्काउन्टरमा चार जनाको हत्या गर्ने अभियुक्तलाई मारेको छ ।

 

चार जनाको हत्यामा फरार रहेका अभियुक्तलाई प्रहरीले इन्काउन्टरमा मारेको हो । मुठभेडमा एक शेरिफका सहायक र एक प्रहरी अधिकारी पनि घाइते भएका छन् ।

 

हेनरी काउन्टी शेरिफका प्रवक्ता सिन्टोनिया मूरले शंकास्पद आन्द्रे लङ्मोरलाई खोजीका क्रममा गोली लागेको बताइन्। शनिबार बिहान भएको गोली काण्डपछि जर्जियाको मुख्य सहरको दक्षिणमा रहेको ह्याम्पटनको उपविभागमा सघन खोजी अभियान सुरु भएको छ ।

 

मुरले भने कि कानून प्रवर्तन अधिकारीहरूले क्लेटन काउन्टीको नजिकैको क्षेत्रमा लङ्गमोरलाई गोली हाने। लङ्मोरलाई पक्राउ गर्ने प्रयासमा हेनरी काउन्टी सेरिफका डेपुटी र क्लेटन काउन्टीका एक प्रहरी अधिकारी घाइते भएका थिए। मुरले भने कि आफूलाई कुनै पनि अधिकारीको स्थिति बारे धेरै थाहा छैन।

 

प्रहरीले लङ्मोरलाई एटलान्टाको बाहिरी भागमा रहेको ह्याम्पटनमा धेरै मानिसहरूलाई गोली हानेको आरोप लागेको बताएको छ। यी हत्याकाण्डमा उनी खोजीमा रहेका थिए । चार जनाको हत्या गरेको आरोपमा प्रहरीले उनको लगातार खोजी गरिरहेको थियो ।

 

अमेरिकाको जर्जिया राज्यको एटलान्टाको दक्षिणमा रहेको एउटा सानो समुदायमा भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको थियो । यहाँको जनसंख्या करिब साढे आठ हजार छ । काउन्टी सरकारका प्रवक्ता मेलिसाले फोनमा भनिन्, ‘म चार जनाको मृत्यु भएको पुष्टि गर्न सक्छु।

 

काठमाडौ, १ साउन । 

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१।१७ रुपैयाँ रहेको छ भने बिक्री दर १३१।७७ रुपैयाँ रहेको कायम गरिएको छ भने युरोपियन युरो एकको खरिद दर १४७।२९ रुपैयाँ  रहेको छ  भने बिक्री  दर १४७।९६ रुपैयाँ रहेको छ ।

 

हिजो अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ १७ पैसा र बिक्री दर १३१ रूपैयाँ ७७ पैसा कायम भएको थियो भने युरो एकको खरिद दर १४७ रूपैयाँ १९ पैसा र बिक्री दर १४७ रूपैयाँ ८६ पैसा रहेको  थियो ।

 

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१।७१ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.५० रुपैयाँ पुग्दा अस्ट्रेलियन डलर एकको खरिद दर  ८९.७१  रुपैयाँ  रहेको छ  भने बिक्री दर ९०.१२ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २५ पैसा  र बिक्रीदर  ९९ रुपैयाँ ७० पैसा पुगेको छ ।

 

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसामा तथा दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ ३३ पैसा  र बिक्रीदर १० रूपैयाँ  ३८ पैसामा खरिदबिक्री हुनेछ ।

 

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९९ पैसा र बिक्री दर ३६ रूपैयाँ १५ पैसा रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.९७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१३ रुपैयाँ तथा मलेसियन रिंगिट एकको  खरिद दर २८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर  २९.११ रुपैयाँ कायम गरिएको छ ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।