२०८३ जेष्ठ ४
२०८३ जेष्ठ ४

 

वासिंङटन, २ असार ।

पेन्टागनका पेपर्स लीक गर्ने ड्यानियल एल्सबर्गको क्यालिफोर्नियाको केन्सिङ्टनस्थित आफ्नै घरमा शुक्रबार निधन भएको हो ।

 

परिवारले एक विज्ञप्तिमा जारी गर्दै उनको मृत्युको पुष्टि गरेको हो । परिवारले दिएको जानकारी अनुसार उनले ९२ वर्षको उमेरमा अन्तिम सास लिएका हुन् ।

 

उनले भियतनाम युद्धको बारेमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको कागजातहरू लीक गरेका थिए ।

 

ड्यानियलका छोरा रोबर्ट एल्सबर्गले ट्वीटरमा भनेका छन् कि, ‘मेरो प्यारो बुबा, डेनियल एल्सबर्गको आज बिहान, जुन १६ बिहान १ः२४ बजे प्यान्क्रियाटिक क्यान्सर पत्ता लागेको चार महिनापछि निधन भयो। उनले अन्तिम सास लिँदा उनको परिवार उनको साथमा थियो। उनले कुनै पीडा महसुस गरेन र घरमै शान्तिपूर्वक अन्तिम सास लिए।’

 

गत फेब्रुअरीमा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो ।

 

जबलपुर, २ असार ।

भारतको मध्यप्रदेश जबलपुरबाट निकै दर्दनाक घटना बाहिर आएको छ । त्यहाँ एक बाबुले आफ्नो नवजात शिशुको शव झोलामा बोकेर जानुपर्ने अबस्था सिर्जना भएको घटना बाहिर आएको हो ।

 

पीडित परिवारले अस्पताल व्यवस्थापनसँग सुनुवाइ मागेको तर व्यवस्थापनले गाडी दिन नमानेको आरोप लगाएका छन् । यस्तो अवस्थामा बालकका बुवाले नवजात शिशुको शव झोलामा राखेर बस स्ट्याण्डतर्फ लागे । यहाँबाट बस चढेर उनी डिन्डोरी पुगेका थिए । यता प्रशासनले डिस्चार्ज गर्दा बालक जिउँदै रहेको भन्दै परिवारले नै डिस्चार्ज गर्न माग गरेको जिकिर गरेको छ ।

 

पीडित परिवार डिन्डोरी सहजपुरीका बासिन्दा हुन् । त्यहाँ सुनिल धुर्वेकी श्रीमती जमनी मारावीले जिल्ला अस्पतालमा असार १३ गते बच्चा जन्माएकी थिइन् । बिरामी र कमजोरीका कारण डाक्टरले नवजात शिशुलाई १४ जुनमा जबलपुर रेफर गरेका थिए । जबलपुर मेडिकल कलेजमा उपचारको क्रममा नवजात शिशुको मृत्यु भएको हो ।

 

जमनीकी बहिनीले भनिन्, ‘मैले कान्छी बहिनीलाई जिल्ला अस्पताल डिण्डोरी ल्याएको थिएँ । एक रात त्यहाँ बसे, त्यसपछि जबलपुर रेफर गरियो। त्यहाँ एक रात बसेपछि ५ बजेको समय दिइएको थियो । उनलाई श्वासप्रश्वासमा समस्या थियो । त्यहाँबाट साधन उपलब्ध हुन्थ्यो । डाक्टरको गाडीको प्रबन्ध मिलाउन भनियो । हामीसँग पैसा थिएन, हामी गरिब छौं। बच्चालाई झोलमा ल्याउनु होस्।’

 

बच्चाको पीताले भने, ‘प्राइभेट गाडीको भाडा चार–पाँच हजार हुन्छ, त्यसैले नवजात शिशुको शव राख्नुपर्छ ।’

 

अर्कोतर्फ, जबलपुरका सीएमएचओ डा सञ्जय मिश्राले भने, ‘हिजो डिन्डोरी जिल्लाबाट अलि कम तौल भएको बच्चालाई रिफर गरिएको थियो। उनलाई मेडिकल कलेज जबलपुरको  एसएनसीयूमा भर्ना गरिएको थियो।

 

उनले अगाडी भने, ‘अहिले ती बच्चाको शव झोलामा राखेर घर जाँदै गरेको थाहा भयो, यो बारेमा मैले मेडिकल कलेजमा कुरा गरेँको छु ।

यदि यो कुरा हाम्रो ध्यानाकर्षणमा आएको हो भने हामी छानबिन गर्छौं, के हो के हो, किनकि डिस्चार्जको समयमा उहाँ जिउँदै थिए, पछि मृत्यु भएको जानकारी मेडिकल कलेजबाट आएको छ ।

 

काठमाडौं, २ असार ।

अभिनेत्री पुजा शर्मालाई दर्शकले फिल्ममा एक्सन अवतारमा सायदै कमैमात्र देखेका छन् । किनकी उनी बढी मात्रामा प्रेमकथाका फिल्ममा मात्र देखिन्छिन् ।

‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २’ जस्ता सफल प्रेमकथाका फिल्मले पूजाको परिचय बनाएका छन् । तर, अब पूजा आफ्नो दशौं प्रोजेक्टमा एक्सन अवतारमा देखिने भएकी छिन् । चाडै नै छायांकन सुरु हुन लागेको फिल्म ‘दान्भी’मा पूजालाई एक्सन लेडीको रुपमा देख्न सकिनेछ ।

 

फिल्ममा पूजाको जोडीको रुपमा कुन्साङ बोमजम देखिँदैछन् । कुन्साङको यो डेब्यू फिल्म हो । फिल्मलाई रुपेश तामाङले निर्देशन गर्दैछन् । रुपेशले यस अगाडि निर्देशन गरेको फिल्म ‘जय शम्भु’ले तारिफ पाएको थियो ।

‘यसपटक हामीले फिल्ममा नयाँ एक्सनको शैली भित्राउने तयारी गरेका छौं । फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिनेछ,’ रुपेशले भने ।

 

फिल्मको छायांकन नेपाल र सिक्किममा हुनेछ । अनुप गडाल निर्माता रहेको फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् ।

 

श्रवण कुमार श्रेष्ठ, गोकुल सुवेदी र हर्क बहादुर वाइवा फिल्मका सह–निर्माता हुन् । फिल्मका अन्य कलाकार र टिम चाडै नै सार्वजनिक गरिने निर्देशक तामाङले जानकारी दिए ।

 

काठमाडौं, २ असार । 

राहदानी विभागले सेवाग्राहीलाई असार १ गतेबाट ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ ।

 

यसअघि जिल्ला प्रशासन कार्यालयहरुले १० हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको उक्त राहदानी भाेली अर्थात आइतबारबाट ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको हो ।

 

परराष्ट्रमन्त्री एनपी साउदले गत जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ६६ पृष्ठको राहदानी ३४ पृष्ठको राहदानीबराबरको मूल्यमा सेवाग्राहीलाई उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए । ‘जनतालाई असुविधा नहोस् र सुपथ मूल्यमा फ्रिक्वेन्ट फ्लायरले लिँदै आएको पासपोर्ट सर्वसाधारणलाई उपलब्ध गराउन निर्णय गरेका हौँ,’ उनले भने ।

यसअघि राहदानी विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट फ्रिक्वेन्ट फ्लायर (समय–समयमा विदेश गइरहने)लाई ६६ पृष्ठको राहदानी १० हजार रुपैयाँमा सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको थियो ।

 

यस्तै, सामान्यतया विदेश जाने सेवाग्राहीलाई विभागले ३४ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा दिँदै आएको थियो ।

 

विभागले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालय, राहदानी सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालयहरु र विदेशस्थित सबै नेपाली नियोगहरुलाई परिपत्र गरेर राहदानी दस्तुरसम्बन्धी जानकारी गराएको विभागका निर्देशक दुरपदा सापकोटाले जानकारी दिइन् ।

 

परिपत्रमा मन्त्रिपरिषद्को निर्णयअनुसार ६६ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर ३४ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर सरह कायम गर्ने गरी संशोधन गरिएको र असार ३ गतेबाट संशोधित दस्तुर लागु गर्न निर्देशन दिइएको छ । राहदानी दस्तुरसम्बन्धी व्यवस्था पूर्ववत् रहेको निर्देशक सापकोटाले बताइन् ।

 

बेइजिङ, २ असार ।

चीन घट्दो जन्मदरसँग जुधिरहेको छ ।

बैवाहिक जीवनमा चिनियाँ युवायुवतीको अरुचीका बिषयलाई लिएर चिन सरकार चिन्तित भएको छ । हालै एक कार्यशालामा युवाहरुको बिवाह प्रतिको अरुची चिनियाँ भविश्यका लागि खतरा रहेको निष्कर्ष निकालिएको थियो ।

 

जसकाकारण सरकारले विभिन्न प्रलोभनात्मक आश्वासन दिएर युवालाई विवाह गर्न प्रोत्साहित गर्न खोजिरहेको छ । यति हुँदाहुँदै पनि चिनियाँ युवालाई विवाहमा खासै चासो छैन । यही कारणले गर्दा चीनले सन् १९७० को दशकको उत्तरार्धयता सबैभन्दा कम विवाह गरेको गत वर्ष रेकर्ड गरेको थियो।

 

यसले चीनको जनसङ्ख्याको बिग्रँदै गएको सन्तुलन झल्काउँछ। यसकारण ६० वर्ष पछाडी पहिलो पटक जनसंख्या गिरावट समावेश भएको तथ्यांक सार्वजनिक गरिएको थियो । यद्यपि यी तथ्याङ्कहरू कोविड प्रतिबन्धको समयमा हो, जब धेरै शहरहरूमा लकडाउन लगाइएको थियो।

नागरिक मामिला मन्त्रालयको तथ्याङ्क अनुसार चिनियाँ सञ्चारमाध्यमले लगातार नवौं वर्ष विवाह दर्ता घटेको बताएको छ। गत वर्ष नवविवाहित जोडीको संख्या ६८.३ लाख थियो । यो २०१३ मा भएको लगभग आधा हो। सन् २०१३ मा रेकर्ड १.३४ करोड जोडीले विवाह गरेका थिए । २०२१ मा ७६.३ लाख विवाह भएका थिए । अर्थात् २०२२ मा १०.५ प्रतिशत विवाह घटेको छ। यो सन् १९८६ यताकै न्यून हो ।

 

चिनियाँ अधिकारीहरूले कम विवाह र घट्दो जन्मदर बीच प्रत्यक्ष सम्बन्ध देख्छन्, जहाँ सामाजिक मान्यता र सरकारी नियमहरूले अविवाहित जोडीहरूलाई बच्चा जन्माउन गाह्रो बनाउँछ। विज्ञ हे याफुका अनुसार विवाहको बढ्दो औसत उमेरसँगै विवाहको बढ्दो लागत, घट्दै गएको युवा सङ्ख्या, छोराको रोजाइले विवाह घट्दै गएको छ ।

 

आधुनिक इतिहासमा पहिलो पटक नवजात शिशुको संख्या पनि गत वर्ष एक करोडभन्दा तल झरेको छ । ६० वर्षभन्दा बढीमा पहिलो पटक प्रति १,००० जनामा ​​६.७७ बालबालिका मात्र जन्मिएका छन्। यो सन् १९४९ मा कम्युनिष्ट चीनको स्थापनापछिको सबैभन्दा कम जन्मदर हो।

 

टोकियो, २ असार ।

जापानको यौन अपराध कानुनमा ठूलो परिवर्तन गरिएको छ ।

 

यहाँ बलात्कारको परिभाषा परिर्वतन र सहमतिको उमेर बढाउन नयाँ कानुन पारित भएको छ । नयाँ कानुनअनुसार सहमतिविना शारीरिक सम्बन्ध राख्नु बलात्कार मानिनेछ ।

 

अहिलेसम्म जबर्जस्ती सम्बन्धलाई मात्र बलात्कारको दायरामा राखिएको थियो । साथै, कानुनी सहमतिको उमेर पनि अब १३ वर्षबाट १६ वर्ष पु¥याएको छ ।

 

जापानको संसद्को माथिल्लो सदनले शुक्रबार नयाँ कानुन पारित गरेको हो । यसमा कुनै कारणले पीडितले आफ्नो असहमति दर्ता गर्न नसकेका ८ वटा अवस्था समेटिएको छ । उदाहरणका लागि, यदि पीडितलाई औषधि दिइयो भने, उसलाई हिट वा धम्की वा यदि उसले सम्बन्ध राख्न अस्वीकार गर्यो भने पनि बलात्कार सबन्धी मुछा चल्नेछ ।

 

त्यसैगरी, जापानमा पछिल्लो ११६ वर्षमा पहिलो पटक सहमतिको उमेर परिवर्तन गरिएको छ। सन् १९०७ मा कानुन बनेपछि सहमतिको उमेर १३ वर्ष कायम गरिएको थियो ।

 

यसका साथै यस ऐन अन्तर्गत बलात्कार सम्बन्धी उजुरी दर्ता गर्ने समयावधि पनि १० वर्षबाट घटाएर १५ वर्ष गरिएको छ । अर्थात् अपराध भएको १५ वर्षपछि पनि पीडितले उजुरी दर्ता गर्न सक्नेछन् । यससँगै फोटो भ्युरिज्ममा पनि प्रतिबन्ध लगाइएको छ । विकसित देशहरूमध्ये जापानमा सेक्सका लागि सहमतिको सबैभन्दा कम उमेर रहेको छ।

 

तर, नयाँ कानुनअनुसार १३ देखि १५ वर्ष उमेरका नाबालिगसँग यौनसम्पर्क राख्ने पीडितभन्दा कम्तीमा ५ वर्ष जेठो भए मात्रै अपराध मानिनेछ ।

 

वास्तवमा, जापानमा बलात्कारका घटनाहरू लगातार बढिरहेका छन्, तर कमजोर कानूनका कारण कि अपराधीहरू स्वतन्त्र छन्  र पीडितहरूले अपराध दर्ता गर्दैनन्। रिपोर्ट अनुसार सन् २०२२ मा जापानमा १ लाख ७ हजार बलात्कारका घटना दर्ता भएका थिए । अर्कोतर्फ, जापान सरकारले २०२१ मा गरेको सर्वेक्षणअनुसार ६ प्रतिशत पीडितले मात्रै उजुरी दिएका थिए ।

 

काठमाडौ,  २ असार ।

माछापुच्छ्रे बैंक लिमिटेड ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड–२०२३’बाट सम्मानित भएको छ।

 

ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङमा अभूतपूर्व सफलता हासिल गरेसँगै बैंक ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड २०२३– म्याक्सिमाइजिङ कस्टमर इंग्जेमेन्ट–गोल्ड’ पुरस्कारबाट सम्मानित भएको हो।

 

भारतको बैंगलोरस्थित बहुराष्टिय सुचना प्रविधि कम्पनी इन्फोसिस फिनेकलले प्रदान गर्ने ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड २०२३– म्याक्सिमाइजिङ कस्टमर इंग्जेमेन्ट–गोल्ड’ नामक पुरस्कारबाट माछापुच्छ्रे बैंक सम्मानित भएको  हो। विगत दुई वर्षमा बैंकले आफ्नो डिजिटल सेवालाई निरन्तर परिष्कृत गर्नुका साथै उक्त सेवालाई सुरक्षित बनाउन नवीनतम कदम चालेको छ।

इन्फोसिस फिनेकलले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आइरहेको छ। यस वर्ष विश्वभरिबाट २०० भन्दा बढी कम्पनी विभिन्न विधामा मनोनयनमा परेका थिए।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

 

महाेतरी, २असार ।

नेपाल पत्रकार माहासंघ महोत्तरी शाखाको विवादको बिषयमा पत्रकार संम्वद संगठनहरुले ध्यानाकर्षण जनाएका छन ।

महासंघ केन्द्रले सार्वजनिक गरेको परिपत्र विपरित गुटगत बैठक बसी जिल्लामा भ्रम फैलाउने काम भएको भन्दै प्रेस सेन्टर, प्रेस चौतारी, समाजवादी प्रेस र प्रेस मंच नेपालले ध्यानाकर्षण जनाएका हुन ।

हिजाे पत्रकारहरुले उक्त ध्यानाकर्षण पत्र कार्यवाहक अध्यक्ष सुनिता बराललाइ हस्तान्तरण गर्दै माहासंघको विधि र विधान विपरित कार्यमा लाग्ने जोकोहीलाइ कारवाही गर्नुपर्ने माग गरेका छन । ध्यानाकर्षण पत्रमा केन्द्रले तोकेको कार्यावाहक अध्यक्ष हुदाहुदै वेला-वेलामा गुटगत बैठक बसी कार्यकारी बनाउने जस्तो गम्भीर त्रुटि भएको उल्लेख छ ।

स्थानिय तहको निर्वाचनमा कमलेश मण्डलले नगरप्रमुखमा प्रतिस्पर्धा गरेपछी महासंघको बिधानअनुसार उनी पदमुक्त भएका थिए । त्यसलगत्तै वरिष्ठ उपाध्यक्ष रहेकी बराललाइ केन्द्रले कार्यावाहकको पत्र थमाएपछी उनी अहिले कार्यावाहक अध्यक्ष छिन ।

 

 

 

 

 

काठमाडाैं, २  असार ।

हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ  भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ।

 

दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी,  बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती भने कोशी प्रदेश, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी,  बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश सहित बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी प्रदेशको एकदुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ।

 

 

प्रदीप कुमार दास, रौतहट,०१ गते असार

रौतहटमा धार्मिक अगुवा तथा स्थानीय सरकारबीच सहकार्य सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । रौतहट जिल्लाको मध्यभागमा अवस्थित माधवनारायण नगरपालिकाको सभाहलमा निरन नेपाल र वर्ल्ड भिजन नेपालको सहकार्यमा आयोजना गरिएको धार्मिक अगुवाहरू तथा स्थानिय सरकारबीच सहकार्य सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।

निरन नेपाल रौतहटको जिल्ला अध्यक्ष अनिशुर रहमानको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बैजनाथ प्रसाद यादव , विशिष्ठ अतिथि नगर उप प्रमुख निर्मला देवी रमन, लगायत विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।

साथै कार्यक्रममा धर्म गुरुहरू ,स्थानिय महिला / पुरुषहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उपस्थित स्थानिय सरकारका जनप्रतिनिधिहरु ” हाम्रो समाजमा विद्यमान रहेका कुरीति /विकृतिका रूपमा रहेका महिला हिंसा , बाल विवाह ,दाइजो प्रथा,बालश्रम शोषण ,

छुवाछुत लगायतका विकृतिहरुको बिरुद्ध जनचेतना फैलाउने र लडने यस संस्थाले मात्र सफल एवं कुशल समाजको निर्माण गर्न सक्ने देखिएको र यस्ता संस्थाहरूलाई जुन परिस्थितिमा पनि सहयोग हुने प्रतिबद्धता जनाएका थिए ।

यस्तै , यो कार्यक्रम सबै पालिकामा सञ्चालन होस् र आफ्नो बालबच्चालाई पढाउने तर्फ ध्यान दिनु अभिभावकहरुको ध्यान जाओस् भनि नगर प्रमुख बैजनाथ प्रसाद यादवले सल्लाह दिनुभएको थियो । कार्यक्रमको उदघोषण निरन नेपालकाे जिल्ला सचिव शिवशंकर पासवानले गर्नुभएको थियो भने स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष रेष्मा साह राखेकी थिइन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।