२०८३ श्रावण २१
२०८३ श्रावण २१

काठमाडौं, ४ साउन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बिरुद्द उपनिर्वाचनमा लडेका शिवचन्द्र कुशबाह कारबाहीमा परेका छन् ।

 

उपनिर्वाचनको संघारमा नेकपा माओवादी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेर उम्मेदबार भएका कुश्वाहा अनुशाषनकाे कारबाहीमा परेका हुन । उनी बारा–२ मा जनमतवाट उम्मेदवार थिए ।

 

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशाषन बिभाग प्रमुख दिपककुमार शाहले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार कुश्वाहालाई पार्टी बिरोधी गतिबिधि तथा नेतृत्वको बिरोधमा बिभिन्न  क्रियाकलापमा संलग्न भएको भन्दै साधरण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो ।

 

यसैगरी, सप्तरीका गुलाब मण्डल र शंकर खडका, रुपन्देहीको भोपेन्द्र यादव, कपिलवस्तुको भगवान दास यादवलाई भने १ बर्षका लागि निलम्बनमा राखिएको छ।

इन्दीप कोइराला

बारा, ५ साउन । नेकपा एमालेको मधेस प्रदेश स्तरीय नेतृत्व विकास कार्यशाला विहिबारदेखि बारामा सुरु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित शान्ति वाटिकामा आयोजित तीन दिने कार्यशालाको उद्घाटन एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गरेका छन् ।

 

कार्यशालाको उद्घाटन गर्दै एमालेको पार्टी स्कुल विभाग प्रमुख समेत रहेका ज्ञवालीले मधेसका नेतृत्व तहमा रहेका नेतालाई आगामी एक वर्ष संगठन सुदृढीकरणका लागि केन्द्रीत रहन निर्देशन दिएका छन् । मधेसको प्रदेशसभामा निर्वाचित सांसद एमाले धेरै भएपनि बहुमत प्राप्तिका लागि अझै मेहनत गर्नुपर्ने ज्ञवालीको बताएका छन् ।

 

‘संख्यात्मक हिसाबले मधेसमा अहिले पनि एमाले ठुलो पार्टी हो तर यतिले पुग्दैन,’ ज्ञवालीले भने,  ‘बहुमत प्राप्तिका लागि अझै मेहनत गर्नुपर्छ । त्यसका लागि एक वर्ष संगठन सुदृढिकरणमा ध्यान दिनुपर्ने हुन्छ ।’

 

मधेस प्रदेशको समृद्धिका लागि एमालेले देखेको सपना पूरा गर्नका निम्ति योजना र कार्यदिशा बनाएर अघि बढ्न ज्ञवालीले नेतृत्व तहलाई सुझाव दिएका छन् । ज्ञवालीले कार्यशालामा एमालेले बनाउन खोजेको मधेस र त्यसका लागि नेतृत्व तहको भूमिकाको छलफल गरिने बताएका छन् ।

भारतको नाकाबन्दीविरुद्ध डटेर सामना गर्ने, सुनकोशीको पानी मरिन हुदै बागमतीमा ल्याएर मधेसमा सिंचाइसुविधा सहज बनाउने एमाले र भारतविरुद्ध बोल्न नसक्ने अन्य पार्टीबीचको भिन्नता देखाउन पनि नेतृत्वतहले गम्भिरताका साथ अघि बढ्नुपर्ने ज्ञवालीको भनाई थियो ।

 

कार्यशाला उद्घाटन कार्यक्रममा एमाले सचिव एवम् मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटव्युरो सदस्य एवम् पार्टी स्कुल संयोजक पुरुषोत्तम पौडेल, पोलिटव्युरो सदस्य एवम् विषय विज्ञ प्रशिक्षक ईश्वरी रिजाल, पोलिटव्युरो सदस्य एवम् सांसद अच्युत मैनाली, पोलिटव्युरो सदस्य एवम् सांसद ज्वालाकुमारी साहलगायत मधेस प्रदेशबाट एमालेको केन्द्र, प्रदेश र जिल्लाको नेतृत्व तहमा रहेका नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।

काठमाडौं, ५ साउन । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  बागमती प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। साथै कोशी, बागमती, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ।  बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी  भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना  रहेको  छ ।

 

राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू–भाग एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थान हरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। तसर्थ   मेघ गर्जन र चट्याङ्गका साथै हल्का देखि मध्यम वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

रमेश कुमार यादव,गरुडा,साउन ०४ गते
गरुडा नगर उधोग वाणिज्य संघ गरुडा रौतहटको दोश्रो वार्षिक साधारण सभा सम्पन भएको छ ।“सम्मानित निजि क्षेत्र,समुन्न्त नेपाल“ भन्ने मुल नाराका साथ गरुडा नगर उधोग बाणिज्य संघ गरुडाको दोश्रो बार्षिक साधारण सभा भब्यको साथ सम्पन भएको छ । गरुडा नगर उधोग बाणिज्य संघ गरुडाको अध्यक्ष हरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा आयोजना गरिएको दोश्रो बार्षिक साधारण सभाको प्रमुख अतिथी मधेश प्रदेश सरकारको समाजिक बिकास राज्यमन्त्री माननीय अबुल कलाम अजाद रहनु भएको थियो भन्ने कार्यक्रमको बिशिस्ट अतिथी गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनी प्रसाद जैसवाल रहनु भएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य सन्तोश कुमार चौधरीले गर्नु भएको थियो । गरुडा नगर उधोग बाणिज्य संघ गरुडाको दोस्रो बार्षिक साधारण सभा कार्यक्रमको प्रमुख अतिथि माननिय अबुल कलाम अजादले आफ्नो मन्तब्य राख्दै भने यो सराहनिय कार्य गरेको प्रति यस नगर उधोग बाणिज्य संघ गरुडाको अध्यक्ष हरेन्द्र प्रसाद चौधरी र वहाँका टिमलाई बिशेष धन्यबाद दिदैँ यस भवन निर्माण गर्न जग्गा दिएको जग्गादाता चुनचुन प्रसाद साहलाई धेरै–धेरै धन्यबाद दिएका थिए । साथै वहाँले भने कि यस गरुडा नगर उधोग बाणिज्य संघ गरुडाको नवनिर्मित भवनको उद्धघाटन देखि दोस्रो बार्षिक साधारण सभामा उपस्थिती नहुनु अति नै दुःखद कुरा रहेको प्रति आपति जनाउनु भएको थियो । साथै जग्गा दातालाई कुनै समस्या हुँदा यहाँ यस भवनमा भएको सभामा आएर आफ्नो गुनासो राख्न सक्थ्यो तर वहाँले यसो नगर्दा दुखको कुरो रहेको बताउनु भयो । साथै माननिय अबुल कलाम अजादले गरुडा नगरको बिकास कार्यदेखि लिएर कुनै पनि कार्यमा आफु सहयोग गर्नमा हरदम तत्पर रहने बताउनु भयो । साथै ब्यापारीहरुले देखाएको अग्रसरता एकदम सराहनिय र अमुल्य रहेको बताउनु भयो । ब्यापारीहरुको प्रत्येक समस्यालाई सुल्झाउने संघको अध्यक्षको उत्तरदायित्व रहेको पनि बताउनु भयो ।

त्यसतै सोहि कार्यक्रमको बिशिष्ट अतिथि समेत रहनु भएका गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले गरुडा नगर उधोग बाणिज्य संघको अध्यक्ष हरेन्द्र प्रसाद चौधरीले आफ्नो कार्यकालमा भवनको शिलान्यास देखि लिएर भवनको उद्धघाटनसम्म गरेको कार्य यादगार रहेको बताउनु भयो । दोस्रो खुल्ला साधारण सभाको सफलताको कामना साथै बन्द सत्र कार्यक्रममा ब्यापारीहरुको हकहितको लागी गर्ने कार्य सराहणिय हुने आशा र बिश्वास लिएको बताउनु भयो । साथै यस भवन निर्माणमा सहयोग गर्ने जग्गादाता देखि निर्माणमा सहयोग गर्ने हाथहरुलाई पनि बिशेष धन्यबाद दिएका थिए । त्यसतै उधोग बाणिज्य संघ भवनको दोस्रो तल्ला निर्माण देखि लिएर आवतजावत गर्नमा समस्या भईरहेको सडकमा आउदो समयमा यस भवनमा आउने सडक पक्की हुने बिश्वास समेत दिलाएका थिए । नगर प्रमुख जैसवालले भने म मेयरको पद भन्दा अघि यस नगर उधोग बाणिज्य संघको दुई चोटी अध्यक्ष समेत भईसकेका र दुई चोटी जिल्ला अध्यक्ष समेत बसिसकेकाले ब्यापारीहरुको दुख पिडा,दर्द र उनीहरुले भोगेका मर्म, म भन्दा बढि कसले बुझछन भनि बताएका थिए । त्यस कारण अहिलेको समयमा बैंकहरुबाट कर्जा लिएका ब्यापारीहरुलाई प्रहरी प्रशासन लगाउने र उनीहरुलाई धाकधम्की देखाउने र ब्याजमा समेत बृद्धि गरेर झन थप पिडा दिएकोले सम्पुर्ण ब्यापारीहरु एक जुट भई बैंक बिरुद्ध प्रतिकार गर्ने आग्रह समेत गर्नु भएका थिए । त्यसतै सोहि कार्यक्रममा बोल्र्दै सुनचाँदी ब्यवसायी संघका मधेश प्रदेशका अध्यक्ष रामजी साह सोनारले भने उद्धघाटनको दिन आज ब्यापारीहरुको उपस्थितीले धेरै हर्षित भएको बताउनु भयो । बैंकका कर्मचारीहरूको आतंक बन्द गराउन तर्फ उपस्थित भएका समाजिक राज्यमन्त्री अजादलाई यस सम्बन्धिन ध्यान दिनुपर्नेमा आग्रह गर्नु थियो । त्यसतै सोहि कार्यक्रममा बोल्दै चन्द्रपुर नगर उधोग बाणिज्य संघका अध्यक्ष उदय नरायण सापकोटाले राज्यको नितिगत कुराहरुले ब्यवसायी प्रतारित भएका छन । रौतहटमा घरेलु तथा साना उधोगी ब्यवासायीहरु दर्ता गरेर ब्यावसायीको धेरै नै ठुलो मर्का रहेको बताउनु भयो ।वहाँले भन्ने राज्यको एउटा ठुलो अंग ब्यापारी नै रहेको र यो देशलाई ब्यापारीले नै चलाईरहेको छ छ तर ब्यापारीहरुमाथि नै ठुलो ज्यादति किन यस्तो प्रश्न समेत गरेका थिए रुअध्यक्ष सापकोटाले भने हामिले चलाई रहेको साना घरेलु उधोगको तथा फर्महरु समयमा नबिकरण गरेनौ भने अर्थात कुनै कारणबंश एक बर्ष कटायौं भने नविकरण गर्ने ब्यवस्था छैन कानुनी अडचन छ त्यसकारण यस कानुनलाई यर्थाशिघ्र संसोधन गरेर नविकरण गर्ने ब्यवस्था होस भने ध्यानआकर्षण गराएका थिए ।अर्को कुरा वहाँले भन्नु भयो यदि हाम्रो फर्मको म्याद गुज्रिएको ३५ दिन भित्रमा नविकरण गरेनौं भने हामिलाई तिन गुणा दस्तुर लाग्नुको साथै थप पाँच हजार हरजाना लाग्ने गर्छ ,हामि राज्यको कुन अपराधि अन्तर्गत पर्छौ कि तिन गुणा दस्तुर लाग्ने र थप पाँच हजार हरजाना लाग्ने यस कुरा हटाउन माननिय मन्त्री अजादलाई बिशेष ध्यानआकर्षण समेत गराएका थिए । कार्यक्रममा नगर उधोग बाणिज्य संघ गरुडाका सम्पुर्ण सदस्यहरुलाई फुलमाला ,दोसाला र मायाको चिनो प्रदान गरि सम्मान समेत गरिएका थिए ।

सोहि कार्यक्रममा रौतहट उधोग वाणिज्य संघ अध्यक्ष श्री प्रसाद पंडित, चन्द्रपुर नगर उधोग बाणिज्य संघको अध्यक्ष उदय नरायण सापकोटा ,एमाले नेता सेख कलीमुल्लाह,दलित विकास समिति सदस्य राजकुमार दास, वडा नं।४को वडाअध्यक्ष सुनील कुमार जैसवाल,, युवा नेता कौशर खान मिथिला, बलिराम सहनि, सुशीला जैसवाल, अनिता कर्ण ,सुरक्षाकर्मि ,पत्रकार लगायत सम्पूर्ण व्यपारिको बिशेष उपस्थिति रहेको थियो ।

 

हनुमत कुमार यादव,गाैर,साउन ०४ गते ।

रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा न . ७ मुडवलवामा रहेको श्री नेमधारी वासुदेव नमुना मा. वि. मुडवलवाले आज दिवा खाजा तथा छात्रवृति वितरण गरेकाे छ । बालविकास र कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरु लाई दिवा खाजा वापतको रकम र कक्षा १ देखि १२ सम्म छात्रहरु लाई छात्रवृति वापतको रकम वितरण गरिएको छ । जिल्लाकै अबल स्थान प्राप्त गर्ने तर्फ अग्रसर रहेको २०१७ सालमा स्थापित भएको यो विधालयले अहिले धेरै बिकसित र गुणस्तरीय बनेकाे छ ।

यो नमुना मा. वि. मा क्षमताको अनुपात विद्यार्थी बढी रहेको छन् । यहाँ दरबन्दी अनुपातको शिक्षक न रहेकोले अधयं अध्यापनमा समस्या पनि भई रहेको प्रध्यानाध्यापक रवि शंकर यादवको भनाई रहेको छ । विधालयमा क्षमता भन्दा बढी विद्यार्थी भएको करण तोकिएको समय भित्र खाजा बनाई खुवाउने सम्भव न रहेकोले सो बापतको रकम बितरण गरिएको विधालय वयवस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद यादवले बताएका छन् ।

नगरपालिकाले निकासा दिनमा ढिलाई गरेकोले दिवा खाजा तथा छात्रवृति वितरणमा समय लागेको समेत उनले बताए । साथै स्थानीय सरकार नगरपालिकाको साथ सहयो आवसयक रहेको र समय समयमा छड्के अनुगमन पनि जरुरि देखिएको बताए । विद्यालय प्राङ्गणमामै आयोजना गरिएको सो कार्यक्रममा वडा अध्यक्ष विजय संकर प्रसाद यादव , वयवस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद यादव, सविधान सभा सदस्य रम्भा देवी, वडा न ८ का वडा अध्यक्ष , समाजसेवी राम बशिष्ठ यादव , प्रध्यानाध्यापक रवि शंकर यादव सहित विधालय शिक्षक शिक्षिका,विद्यार्थीहरु अभिभावक लगायत गाउका भाद्र्भालाआद्मिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम उध्घोसन शिक्षक टेकनाथ खतिवडाले गर्नु भएको थियो ।

आरएन पटेल,बाैधीमाई, साउन ४ गते
रौतहटको बौधिमाई -२ इनर्वामा टावर लाईट जडान कार्य सम्पन्न भएको छ । नगरपालिकाको वडा नं. २ इनर्वा स्थित लालबाकैया नदीको किनारमा रहेको बांधमा सो टावर लाईट जडान गरिएको हो । सामाजवादी युवा संघको केन्द्रीय महासचिव तथा युवा नेता दिलीप कुमार पटेल उर्फ राजकिशोर पटेलको विशेष पहलमा उज्यालो अभियान अन्तर्गत न.पा. को इनर्वामा सो टावर लाईट जडान कार्य सम्पन्न भएको हो ।
इनर्वा गाउँ सँगै जोडिएको लाल बाकैया पुल र श्री आधारभूत विद्यालयको बीच भागमा पर्ने,बाँधमा जडान भएको टावर लाईटको उचाई करिब ५५ फिट रहेको बताईएको छ । साथै यसले नदी नजिकैको टोल बस्तीलाई वर्षा याममा बाढी पहिरोले खेप्दै आएको विभिन्न समस्याहरुको समाधान हुने तथा पुलबाटो लगायत सामग्र टोल बस्ती र आवत जावत गर्ने बटुवाहरूलाई समेत यस लाईटले उज्यालो गरि बाटो हिड्न सहज बनाएको देखिएको छ ।
युवा नेता पटेलले यस अघि पनि इनर्वामा विभिन्न विकास निर्माणका ठोस कार्यहरू गरेकाले गाउँबासीहरु खुलेर प्रसंशा गरि आगामी दिनहरूमा पनि गाउँको उज्जवल भविष्यको लागि नेता पटेलले अग्रसर भई विकासे योजनाहरु ल्याई गाउँलाई नमुना गाउँको रूपमा चिनाउन सक्ने क्षमता भएको एक मात्र नेता पटेल रहेको स्थानियहरुले बताएका छन् । जनताको आस र अपेक्षालाई पूरा गर्न आफू लागि परेको र यस आ. ब. मा पनि इनर्वा लगायत अरोस परोसको गाउँमा पनि आफूले सके जतीको विभिन्न विकासे योजनाहरु ल्याई सकेको र आउने केही दिनमा समग्र योजनाहरु छिटै सञ्चान हुने युवा नेता पटेलले बताएका हुन् ।

रौतहट,साउन ०४ गते ।

रौतहट । नेपाल बिधुत प्राधिकरण मौलापुर वितरण केन्द्रमा ज्ञापनपत्र बुझाइएको छ । विद्युत आपूर्तिमा भएका गडबडी सुधार गर्न तथा लागातार बिजुली दिनलगायतका माग राख्दै स्थानीय उपभोक्ताले विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । कटहरिया नगरपालिकाका पूर्वनगर प्रमुख सियाराम कुशवाहा र समाजसेवी मनोज कुमार साहको नेतृत्वमा पुगेको टोलीले तीन बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।

मौलापुर वितरण केन्द्रमा छिनछिनमा लाइन जाने समस्या सामाधान, कटहरियामा विद्युत महसुल संकलन काउन्टरको स्थापना र झुण्डिएको तार तथा पोल व्यवस्थित गर्न माग गर्दै मौलापुर वितरण केन्द्रका कार्यालय प्रमुख दिनेश यादवलाई ज्ञापनपत्र बझाएको समाजसेवी मनोज कुमार साहले बताए ।

ज्ञापनपत्र बुझ्दै कार्यालय प्रमुख यादवले विद्युत आपूर्तिमा देखिएको समस्या सामाधान हुने, कटहरियामा मोबाइल आय काउन्टर सञ्चालन निकट भविष्यमा गरिने तथा झुण्डिएका तार तथा पोल आवश्यकता अनुसार सुधार गर्दै लैजाने बताए ।

 

काठमाडौ, ४ साउन । 

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ०६ पैसा र बिक्री दर १३१ रूपैयाँ ६६ पैसा तथा युराेपियन युरो एकको खरिददर १४७ रूपैयाँ १० पैसा र बिक्री दर १४८ रूपैयाँ ७८ पैसा कायम गरिएकाे छ ।

 

अमेरिकन डलरको खरिद दर ० रूपैयाँ १० पैसा र बिक्रीदरमा १४ पैसाले डलरको भाउ बढेको छ । हिजो अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९६ पैसा र बिक्री दर १३१ रूपैयाँ ५६ पैसा तथा युरो एकको खरिद दर १४७ रूपैयाँ ३४ पैसा र बिक्री दर १४८ रूपैयाँ ०१ पैसामा  काराेबार भएकाे थियाे ।

 

 

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ५९ पैसा र बिक्री दर १७० रूपैयाँ २७ पैसा अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.७  रुपैयाँ,  क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ४६ पैसा  र बिक्रीदर ९९ रुपैयाँ ९१ पैसा कायम गरिएकाे छ ।

 

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसामा काराेबार हुदाँ दक्षिण काेरीया १०० को खरिदमा १० रूपैयाँ ३६ पैसा र बिक्रीदर  १० रूपैयाँ ४१ पैसा कायम भएकाे छ ।

 

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९७ पैसा र बिक्री दर ३६ रूपैयाँ १४ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले  साउदी रियाल एकको खरिद दर ३४.९४ रुपैयाँ रहेको छ  भने बिक्री दर ३५.१ रुपैयाँ , मलेसियन रिंगिट एकको  खरिद दर २८.८५ रुपैयाँ  तथा बिक्री दर २८.९८  रुपैयाँ र कुवेती दिनार १ को खरिद मूल्य ४२७.४१ पैसा  विक्रीदर ४२९.३६ पैसा कायम गरिएकाे छ ।

 

 

काठमाडौं, ४ असार ।

नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक बस्दैछ ।

 

सानेपा, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ, बैठक बिहान ११ बजे बोलाइएको छ ।

 

गत मंगलबार देखी सुरु भएको केन्द्रिय समिति बैठकमा हिजोबाट केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ । हिजाको केन्द्रीय कार्यसमिति बैठकमा आमान्त्रित जिल्ला सभापतिहरुसहित झन्डै चार दर्जन केन्द्रिय नेताहरुले धारणा राखिसकेका थिए । जसअनुसार नैनसिंह महर, जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार बुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ, नारायणबहादुर कार्की, मानबहादुर नेपालीलगायतले आफ्नो धारणा राखिसकेका छन् ।

 

यस्तै, हिजोको बैठकमा गोविन्दबहादुर शाह, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, गुरु बराल, कुन्दनराज काफ्ले, जावेदा खातुन जागा, हरिशरण नेपाली, जानकी सिंह, सुशिला भट्ट मिश्र, नागिना यादव, नानु वास्तोला, मदनकृष्ण श्रेष्ठ, नृपबहादुर बड, कान्तिका सैजुवाल, सुशीला थिङ्ग, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), गणेश लामा, रुपा विक, विद्यादेवी तिमिल्सीना, शान्ति परियार विक, जीवन राना, राधा घले, रुक्मिणी कोइराला, उर्मिला थपलिया, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई, लक्ष्मी खतिवडा, गंगा शाही र सीतादेवी देवकोटाले पनि आफ्नो धारणा राखिसकेका हुन्।

 

यस्तै आमन्त्रित प्रदेश सभापतिहरु कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर वानिया (वागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) र बीरबहादुर बलायर (सुदुरपश्चिम प्रदेश) लेसमेत आ–आफ्ना धारणा राखेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।
 

हिजोको बैठकमा ४६ जनाले आफ्नो धारणा राखेको कांग्रेसले जनाएको छ । आज पनि केन्द्रिय सदस्यहरुले आ आफनो धारणा राख्ने छन् ।

 

काठमाडौं, ४ साउन ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश तथा देशका पहाडी भू भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

 

दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ। देशका पहाडी भू भागका केही स्थानहरूमा र बाँकी भू भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

राती भने देशभर आंशिक देखी  सामान्य बदली रहनेछ। कोशी प्रदेश लगायत देशका पहाडी भू भागका थोरै स्थानहरूमा तथा बाँकी भू भाग  एक दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

कर्णाली र सुदुरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका  एक दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। तसर्थ हावाहुरी, भारी वर्षा, मेघगर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।