आरके श्रीवास्तव,राैतहट,२६ गते भदौ ।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिका २ नम्बर वडा कार्यालय र नेपाल विद्युत प्राधिकरण माैलापुर वितरण केन्द्रको समन्वयमा सितलपुर बैरगनिया क्षेत्रमा तार फेर्ने काम भएको छ ।

साे वडामा रहेकाे विद्युतकाे नाङ्गो तार हटाई तार फेर्ने काम भएको हाे । सुरुमा साे वडामा विद्युत् लाइन विस्तार गर्ने क्रममा टाँगिएको नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाईएकाे वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव उर्फ संजयले बताएका छन् ।

तार फेर्नुकाे साथै दुई वटा नयाँ ट्रान्सर्फमर जडान पनि गरिएको छ । साे वडामा कम भाेल्टेज रहने,बारम्बार लाईन ट्रिप हुने,पंखा घुमेकाे घुमै गर्ने जस्ता समस्याहरू रहँदै आएका थिए । नयाँ ट्रान्सर्फमर जडान भएपछि साे समस्या हटने भएको छ ।

आफनाे वडाबासीकाे लागि सधैं तयार रहने वडा अध्यक्ष यादवकाे याे कार्यलाई स्थानीयले प्रशंसा गरेका छन् । नेपाल बिधुत प्राधिकरण माैलापुर वितरण केन्द्रका अनुसार एबीसी केवलमा एउटै लट्ठा भित्र धेरै वटा तार राखिएको हुन्छ र बाहिरी कभर हुनाले छुँदा करेन्ट लाग्दैन । तर, तार पुरानो हुँदै जाँदा कुनै कारणले बाहिरी कभर उक्किएको अवस्थामा करेन्ट लाग्न सक्ने भएकाले जथाभाबी नछुन उहाँको सुझाव छ ।

साे वडाकाे सडक क्षेत्रमा विद्युत् प्राधिकरणसँगको समन्वयमा सबै नाङ्गो तार हटाइएकाे वडा अध्यक्ष यादवले बताएका छन् । बाँकी रहेका तारहरूलाई पनि विस्तारै हटाईने उनले बताए ।

नाङ्गो तारमा करेन्ट लाग्ने जोखिम अत्यधिक भएकोले सर्वसाधारणकाे सुरक्षाकाे ख्याल गरि साे तार हटाउन लगाई एबीसी केवल तार लगाइएको वडा अध्यक्ष यादवकाे भनाइ छ ।
आरके श्रीवास्तव,काठमाडौँ,२३ गते भदौ ।
बज्जिका भाषाकाे एक मात्र दैनिक पत्रिका बज्जिकाञ्चल दैनिकलाई भाषा आयोग सम्मानित गरेकाे छ । भाषा आयोगकाे स्थापना दिवसकाे अवसरमा आयोगकाे कार्यालय शंखमूलमा आयोजित विशेष कार्यक्रममा बज्जिकाञ्चल दैनिकलाई सम्मानपत्रबाट सम्मानित गरिएको छ ।

बज्जिका मातृभाषा र मातृभाषा साहित्यकाे श्रीवृद्धिमा उलेखनीय कार्य गरि अमूल्य योगदान पुर्याएकाे कामकाे उच्च मूल्यांकन गर्दै भाषा आयोगकाे तर्फबाट बज्जिकाञ्चल दैनिकलाई सम्मानित गरिएको छ । नेपालमा देशभरबाट मातृभाषामा प्रकाशित हुँदै आएको पत्रिकामध्ये ११ वटा पत्रिकालाई एकसाथ सम्मानित गरिएको छ । मधेश प्रदेशबाट भोजपुरी टाइम्सकाे साथै बज्जिकाञ्चल दैनिक सम्मानित भएको छ ।

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री माननीय बद्रीप्रसाद पाण्डे बज्जिकाञ्चल दैनिकका सम्मानित गरेका छन् । पत्रिकाका संचालक राजु कुमार श्रीवास्तव बज्जिकाञ्चल दैनिककाे सम्मानपत्र बुझेका छन् ।साे अवसरमा मन्तव्य व्यक्त गर्दै मन्त्री पाण्डे मातृभाषाकाे सरकारी कामकाजकाे भाषा बनाउनमा प्रदेश सरकार र स्थानीय सरकारलाई जिम्मेवार हुन आवश्यक रहेको बताएका छन् । मन्त्री पाण्डे बज्जिकाञ्चल दैनिककाे साथे सबै मातृभाषाकाे पत्रिकाका अझै राम्रो सँग मातृभाषाकाे सेवा गर्न सुझाव दिएका छन् ।

साे अवसरमा श्रीवास्तव सम्पूर्ण बज्जिका मातृभाषीकाे सम्मानकाे बात रहेकाे उल्लेख गर्दै जबसम्म शरीरमा साँस रहन्छ तबसम्म बज्जिकाञ्चल दैनिकलाई प्रकाशन गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

विश्व बज्जिकाकाे पहिलाे दैनिक अखबारकाे रुपमा सम्पूर्ण बज्जिकाञ्चल क्षेत्रकाे साझा आवाजकाे नारासहित प्रकाशित भईरहेकाे बज्जिकाञ्चल दैनिक नेपाल र भारतकाे सम्पूर्ण बज्जिकाप्रेमीकाे मुख्य आवाज रहेकाे छ । बज्जिका भाषा र साहित्यकाे सम्पूर्ण गतिविधिकाे प्रकाशन गर्दै प्रचारप्रसार गर्दै बज्जिकाञ्चल दैनिक बज्जिका पत्रकारिताकाे अग्रणी पत्रिका बन्नमा सफल भएकाे छ ।

नेपालकाे बज्जिका साहित्यकारकाे शनिवारका दिन र भारतीय बज्जिका साहित्यकारकाे आईतबारकाे दिनकाे अंकमा साहित्यिक गतिविधि र साहित्य सिर्जनाकाे मुख्य स्थान दिईरहेकाे बज्जिकाञ्चल दैनिकलाई राष्ट्रिय सम्मान प्राप्त भएकोले सम्पूर्ण बज्जिकाञ्चल क्षेत्रमा खुसीकाे संचार भएकाे छ ।

बज्जिका भाषाकाे साहित्यकार, बज्जिका भाषाकाे प्रेमी, बज्जिकाकाे शुभचिन्तक तथा बज्जिकाञ्चल दैनिककाे शुभेच्छुक खुसी व्यक्त गरेका छन् । रौतहटबाट प्रकाशित हुने सबै पत्रिकामा बज्जिकाञ्चल दैनिकनै पहिलाे चाेटी राष्ट्रिय सम्मानबाट सम्मानित भएकाे छ ।
आरके श्रीवास्तव,राैतहट,२२ गते ।
भाषा आयोगकाे वार्षिकोत्सवकाे अवसरमा बज्जिकाञ्चल दैनिक सम्मानित हुँदै छ । भाषा आयोगले एक पत्र पठाउँदै बज्जिकाञ्चल दैनिकलाई सम्मानित गर्ने जनाएकाे हाे ।
नेपालकाे संविधानकाे धारा २८७ अनुसार गठित शंखमूल काठमाडौँमा रहेकाे भाषा आयोगकाे ९ आैं स्थापना दिवस २०८१ काे अवसरमा मातृभाषा र मातृभाषा साहित्यकाे श्रीवृद्धिमा उलेखनीय कार्य गरि अमूल्य योगदान पुर्याएकाे उच्च मूल्यांकन गर्दै भाषा आयोगकाे तर्फबाट सम्मान गर्ने कार्यक्रम रहेकाेले भदौ २३ गते उपस्थित भई सम्मानपत्र ग्रहण गर्न बज्जिकाञ्चल दैनिकलाई अनुरोध आएकाे छ ।
भाषा आयोगकाे कामु सचिव डा. लोकेन्द्र बहादुर लोप्चनद्वारा हस्ताक्षरित पत्र बज्जिकाञ्चल दैनिकलाई प्राप्त भएकाे छ ।
भाषा आयोगद्वारा सम्मानित हुनेमा बज्जिकाञ्चल प्रथम पत्रिका बन्नमा सफल भएकाे छ ।
विश्व बज्जिकाकाे पहिलाे दैनिक पत्रिकाकाे रुपमा रहेकाे बज्जिकाञ्चल दैनिक सम्पूर्ण बज्जिका मातृभाषीकाे साझा आवाज पनि रहेको छ ।
बज्जिकाञ्चल दैनिकलाई भाषा आयोगद्वारा सम्मानित गर्ने खबर प्राप्त हुने बित्तिकै सम्पूर्ण बज्जिका मातृभाषीमा खुसीकाे संचार भएकाे छ ।
बज्जिकाञ्चल दैनिक यस खुसीकाे अवसरमा सम्पूर्ण सहयोगी तथा शुभचिन्तकलाई बधाई दिएकाे छ । साथमा हामीलाई थप जिम्मेवारी महसुस भईरहेकाे भन्दै पत्रिकालाई अझै राम्रो गर्न हामी पूर्ण प्रतिबद्ध छाैं ।
कटहरिया,१९ गते भदौ ।
गर्मीबाट बच्न राैतहटकाे कटहरिया नगरपालिकाकाे एक बिधालयमा आज पंखा सहयोग गरिएको छ । साे नगरपालिकाकाे वडा नम्बर १ बडेडवामा रहेकाे श्री प्राथमिक बिधालयमा सेलिङ्ग पंखा वितरण गरिएको हाे ।
कटहरिया नगरपालिकाका निवर्तमान कार्यपालिका सदस्य मनाेज कुमार जयसवालले आफनाे व्यक्तिगत लगानीमा साे पंखाहरू उपलब्ध गराएका हुन् । एक कार्यक्रमका बिच साे बिधालयका प्रधानाध्यापक रामअयाेध्या यादवलाई ६ वटा पंखा तार बाेड सहित प्रदान गरेका हुन् ।
गर्मीका कारण बिधालयमा बिधार्थीहरू लाई पढन कठिन भईरहेकाे थियाे । साेकाे मध्यनजर गरि उनले पंखा उपलब्ध गराईदिएका हुन् । पछिल्लो समय केहि दिनदेखी मधेसमा दिउँसो अत्यधिक गर्मी बढेकाे छ ।
गर्मीबाट उकुस मुकुस भईरहेका बिधार्थीहरू अब उपरान्त राहत पाउने भएका छन् । साे अवसरमा यूवा नेता चन्देश्वर प्रसाद यादव,शिक्षक,शिक्षिका,बिधार्थीहरूकाे उपस्थिति रहेको थियो ।
रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिकाको मेयर कन्थमणि जैसवालले कानु धर्मशालाको निर्माण कार्य पूरा गर्न ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
गरुडा ५ शिवनगर धाममा कानु समाजको कुल देवता बाबा गणिनाथ गोविन्द महाराजको बार्षिक पुजामा सहभागी भई आशिर्वाद ग्रहण पश्चात मेयर जैसवालले उक्त प्रतिवद्धता जनाएका हुन् ।
शिवनगर स्थित सोहि अवसरमा अधुरो रहेको कानु धर्मशालाको अनुगमन गर्दै निर्माणको लागी ५ लाख दिने प्रतिबद्धता गरेका थिए । हरेक किसिमका धर्म तथा आफ्नो संस्कृति र सभ्यताको मान समान्न प्रति हामी सवै एकबद्ध भई शान्त र समुन्नत समाज निर्माण गर्दै बिकाशको कार्यमा सवै एकजुट हुन जरुरी रहेको मेयर जैसवालको भनाई रहेको छ ।न्युज कारखाना
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको शनिबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।
त्यस्तै निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर ३७ ले घटाएको जानकारी दिएको छ । घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।
त्यस्तै निगमले एलपी ग्याँसको खरिद मुल्यमा प्रति सिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि हाललाई मुल्य यथावत राखेको निगमले जनाएको छ ।
नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६३ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५४ रुपैयाँ पर्ने भएको छ ।न्युज कारखाना
साे वडामा रहेको श्री आधारभूत बिधालय लक्ष्मीनिया दाे.राँगीमा बिधालयमा ३ वर्षकाे लागि नयाँ कार्य समिति चयन गरिएको छ । नयाँ चयन भएको विव्यसकाे अध्यक्षमा सितराम चाैधरीलाई चयन गरिएको छ ।
साे समितिकाे सदस्यहरूमा डम्बर बहादुर रखाल,मन्जु श्रेष्ठ र साेविता देवी महताेलाई सर्वसम्मत रूपमा चयन गरिएको प्रधानाध्यापक विजय कुमार कुशवाहाले जानकारी गराएका हुन् । पूर्व निर्धारित सूचना अनुसार बिधालयका आयव्यय प्रस्तुत गर्न र नयाँ बिधालय व्यवस्थापन समिति चयन गर्न अभिभावक भेला बाेलाईएकाे थियाे ।
साथै साे भेलाबाट बिधालयका पूर्व प्रधानाध्यापक रामईश्वर गाेसाईलाई विदाई पनि गरिएको थियाे । साे भेलामा अभिभावकहरूले बिधालयकाे बारेमा आ-आफनाे गुणासाे र धारणा प्रस्तुत गरेका थिए भने त्यसकाे जवाफ प्रधानाध्यापक कुशवाहाले दिनु भएको थियाे ।
कुशवाहाले बिधालयकाे प्रधानाध्यापककाे जिम्मेवारी सम्हालेसँगै बिधालयमा बिधार्थीकाे चाप बढेकाे र बिधालयकाे अवस्था सुधार भएको भन्दै अभिभावकहरूले प्रशंसा गरेका थिए ।
साे अवसरमा निवर्तमान अध्यक्ष कुमार सिवाकोटी,श्री जनता आधारभूतका प्रअ खुशि अख्तर देवान,शिक्षाप्रेमी जिवनाथ सिवाकोटी,संताेष रखाल,यूवा नेता विजय चाैधरी लगायतका अभिभावक,शिक्षक शिक्षिका,बिधार्थीहरू, बुद्धिजीवी, भद्रभलादमी,पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे ।
आरके श्रीवास्तव,राैतहट,०८ गते भदौ ।
राैतहट- कम भोल्टेजको समस्या भोगिरहेका सितलपुरबासीलाई नयाँ ट्रान्सफर्मर जडानले निकै खुसी दिएको छ । चरम गर्मीको दिनमा घरभित्र पनि गर्मीले यातना दिइरहेको अवस्थामा ट्रान्सफर्मर जडान भएपछि स्थानीयबासी निकै हर्षित भएका हुन् ।
रौतहटको फतुवा विजयपुर नगरपालिका २ का वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव उर्फ संजयकाे निरन्तर पहलमा स्थानीयबासीलाई खुसी प्राप्त भएको हो । वडा अध्यक्ष यादवले विद्युत प्राधिकरणसहित सरोकारबाला हरेक व्यक्ति र कार्यालयमा धाएर स्थानीयबासीको समस्या समाधान गराउन सफल भएका हुन् । उनकाे पहलमा साे वडामा दुई वटा ट्रान्सर्फमर जडान भएको छ ।
साे वडाका वडाबासी लामो समयदेखि कम भोल्टेजको समस्याबाट पीडित थिए । अत्यधिक कम भोल्टेजको कारण पंखा घुमेको जस्तो मात्र गर्ने, कुनै विद्युतीय काम गर्न ज्यादै कठिन हुने, बारम्बार लाइन जाने र लाइन ट्रिप हुने समस्याबाट स्थानीयबासी लामो समयदेखि पीडित थिए । अब उपरान्त उक्त समस्या बाट छुटकारा पाउने भएका छन् ।
सितलपुरमा शनिबार नयाँ ट्रान्सफर्मर जडान भएपछि स्थानीयबासी निकै खुसी भएको स्थानीय महेश यादवले बताएका छन् । उनले भने,पंखा चलाउन, बारीमा मोटर चलाएर पानी पटाउन तथा अन्य काम गर्नका लागि सजिलो भएको यादवको भनाइ छ ।



