अयोध्या, ९ माघ ।
भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरमा हिजो प्राण प्रतिष्ठा गरियो ।
उत्तर प्रदेशको अयोध्यामा रहेको राम मन्दिरमा सोमबार दिउँसो १२ बजेर २९ मिनेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पूजा गरेर प्राण प्रतिष्ठा गरेका थिए । जहाँ विश्वभरीका हिन्दु धर्मालम्बीको उपस्थिति रहेको थियो ।
सोही सन्दर्भमा निमन्त्रणा गरिएका विशेष अतिथिहरूमा नेपालका वरुण चौधरी पनि सहभागी भएका छन् । आयोजक श्री राम जन्मभूमि तिर्थ क्षेत्रले निमन्त्रणा गरेको चौधरीलाई बिशिष्ट पाहुनाहरू प्रवेश हुने सुग्रिव किल्लाबाट प्रबेशको व्यवस्था मिलाएको थियो ।

उद्योगपत्ति भएर पनि धर्म, संकृति नभुलेकोमा सामाजिक सञ्जालहरुमा वरुणलाई धेरैले नेपालीले उनको खुलेर तारिफ गरेका छन । केही समय अघि उनले बागेश्वर बाबालाइ नेपाल ल्याएर हिन्दुहरूको ठुलो जमघट गराए पछि भारतमा उनको चर्चा परिचर्चा भएको थियो ।

जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका तर्फबाट नेपालका १५ जना प्रमुख सन्त–महन्थलाई बोलाईएको थियो । जसमा अयोध्याबाट निम्ता पाउनेमा जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ राम तपेश्वर दास र उत्तराधिकारी महन्थ राम रोशन दास सीताको माइतीबाट जाने उनीहरूलाई पनि विशेष रुपमा हेरिएको थियो ।

चतराधाममा बस्ने जगदगुरु बालसन्त मोहन शरण देवाचार्य, देवघाटमा रहेको हरिहर सन्न्यास आश्रमका पीठाधिश स्वामी ज्ञानानन्द सरस्वतीसहित तीन जना, पशुपतिनाथ मन्दिरका मूलभट्ट रावल गणेश भट्ट आदिलाई निमन्त्रणा गरिएको थियो ।
सन् २०२० अगष्ट ५ मा प्रधानमन्त्री मोदीले उक्त मन्दिरको शिलान्यास गरेका थिए।न्युजकारखाना
जनकपुरधाम, ९ माघ ।
डा.सिके राउत नेतृत्वको जनमत पार्टीले राष्टिय सभाको निर्वाचनमा सत्ता गठबन्धनसंग एक सिट माग गर्दै आएको थियो । तर सिट नपाएपछि मधेस प्रदेशमा र लुम्बनी प्रदेशमा एक एक सिटमा उम्मेदवारी दर्ता गराएका छन ।
सत्ता गठबन्धनमा नै रहेर जनमत पार्टीले आफनो छुटटै उम्मेदवारी दर्ता गराएपछि गठबन्धन भित्रमै रहेका दलहरु बिचमा असन्तुष्टि देखिएको छ । सत्ता गठबन्धनमा जनमत पार्टीले संघमा एक मन्त्री सहित योजना आयोगको सदस्य पद समेत पाएका छन ।
त्यसैगरि मधेस प्रदेशमा दुई मन्त्री र निति आयोगमा एक जना सदस्य पाएका छन । सत्ता गठबन्धनमा निकै लाभ लिदै आएको जनमतले भने रहेक निर्वाचनमा गठबन्धनको विरुद्धमा आफनो उम्मेदवारी दिदै आएको छ । यसले समेत सत्ता गठबन्धनमा रहेका अन्य दलहरुले जनमतको क्रियाकलापबाट असंतुष्टि जनाएको छ । मधेस प्रदेशमा राष्टिय सभाको दुई सिट मध्ये जनमतले अन्य तर्फ राम शंकर महासेठलाई उम्मेदवार बनाएको छ । गठबन्धनबाट सो पदमा नेपाली काग्रेसका आनन्द प्रसाद ढुगाना उम्मेदवार बनेका छन ।
मधेस प्रदेशमा जनमतले सत्ता गठबन्धनको उम्मेदवार ढुगानालाई मत नदिदा समेत गठबन्धनको दुई उम्मेदवारको जित सुनिश्चित जस्दै देखिएको छ ।महिला तर्फ जसपा नेपालका उम्मेदवार पुजा चौधरी चुनावी मैदानमा छन ।
मधेस प्रदेशमा दलहरुको मतभार हेर्दा नेपाली काग्रेस पहिलो शक्ति हो । काग्रेससंग मात्रै ३ हजार १ सय ६१ मत भार रहेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेसंग २ हजार ३ सय ५५ मतभार छ । जनमत पार्टीको मतभार ७ सय ४६ छ । गठबन्धनमा रहेका दलहरु नेपाली काग्रेस,जनता समाजवादी पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी,एकिकृत समाजवादी पार्टी ,नेकपा माओवादी केन्द्र ,नागरिक उन्मुक्ति पार्टीको मतभार जोडदा ७ हजार ५सय ४१ पुग्छ । यस्तोमा जनमतले गठबन्धनमा रहेरै उम्मेदवारी दिदा समेत कुनै फरक पर्ने अवस्था भने देखिदैनन । तर पनि गठबन्धनमा रहेर जनमतले आफनो उम्मेदवारी दिएर मधेसको अधिकार र पहिचानको लागि आफु जहा रहेर पनि विद्रोह गर्ने सन्देश दिने प्रयासमा छन ।
सत्ता गठबन्धनमा जनता समाजवादी पार्टी सहभगि भएपनि चिढिएका छन । गत निर्वाचनमा सहयात्री रहेको नेपाली काग्रेसंगको सहकार्य तोडेर माओवादी केन्द्रले नेकपा एमालेसंग सहकार्य गरेपछि जनमत माओवादी एमालेको गठबन्धनमा सहभािगता जनाएको थियो । नयां गठबन्धनको निर्माण भएपछि जसपाले अहिलेको सत्ता गठबन्धनको साथ नछाडेपनि समय समयमा गठबन्धनको निर्णयको विरुद्धमा आफनो छुटटै उम्मेदवारी दिदै आएको छ । जनमतले उपराष्टपतिको निर्वाचनमा उम्मेदवारी दिएका थिए भने गठबन्धनका साझा उम्मेदवार रहेका बारा २ मा उपेन्द्र यादवकै विरुद्धमा उम्मेदवारी दिएका थिए । मधेस केन्द्रित दलमा देखिएको तिक्ता कै कारणले जनमत गठबन्धनको धेरै जसो निर्णयमा असहमति राख्दै आएको छ ।
नेपाली काग्रेसका सह महामन्त्री महेन्द्र यादवले जनमत पार्टीमा राजनितिक परिपक्ताको आभाव देखिएको बताए । उनले संघ देखि प्रदेश सम्मको गठबन्धनमा नेपाली काग्रेसकै कारणले जनमत गठबन्धनमा अहिले सम्म टिकेको तर राष्टिय सभाको निर्वाचनमा उम्मेदवारी दिएर उसले फेरि एक पटक राजनितिक परिपक्ताको आभाव देखिएको बताए ।
ज्नमत पार्टी सबै भन्दा बढि आक्रमक रुपमा जसपा प्रति प्रस्तुत हुदै आएको छ । मधेसमा जनमतले आफनो प्रतिस्पर्धी शक्तिको रुपमा बुझने गरेका छन । ३ गते मुख्यमन्त्रीको कार्यक्रममा गरेको विरोध प्रदर्शन समेत यसैका रुपमा लिइएको छ । जनता समाजवादी पार्टीका नेता एवं मुख्यमन्त्री सरोजकुमार यादवले जनमतलाई केन्द्रमै बनेको गठबन्धनको आधारमा प्रदेशमा समेत राखिएको बताउदै उसले रहेक निर्वाचनमा गठबन्धनको विरुद्धमा जाने गरेको कारणले गठबन्धनमा सहभागि दलले उसको क्रियालकापको विषयमा सोच्नुपर्ने समय आएको बताए । उनले जनमत पार्टी राजिनितिक प्रचारवाजीमा बढि विश्वास गर्ने गरेको कारणले हार्दै छु थाहा पाउदा पाउदै राजनितिक प्रचारवाजीकै लागि यस्तो कार्य गर्ने गरेको बताए ।
जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले गठबन्धनमा रहेका दलहरुले आफनो धर्म निर्वाह नगरेको कारणले आफुहरुले उम्मेदवारी दिएको बताए । उनले माधव नेपाल जीको पार्टी राष्टिय पार्टीपनि हैन जसपा भन्दा आफुहरुको मत पनि विगतको निर्वाचनमा बढि छ तर उहाहरुलाई सिट दिने जनमतलाई नदिने गठबन्धन दलको रवैयाको कारणले उम्मेदवारी दिएको जिकिर गरे । उनले हार र जित भन्दा पनि जनम आफनो सम्मान र मुल्यममान्यताको आधारमा अगाडि बढनुपर्छ भन्ने विचारमा अडिग छ भन्ने सन्देश दिएको बताए ।
न्युजकारखाना
राैतहट, ९ माघ ।
पछिल्लो समय देशमा परेको आर्थिक मन्दीको मारमा राजमिस्त्रीहरू परेका छन्।
घर जग्गा व्यवसायमा मन्दी आएसँगै नयाँ नयाँ घर निर्माणका काम एकाएक ठप्प भएपछि रौतहटका राजमिस्त्रीहरू यतिबेला बेरोजगार भएका छन्।
रौतहटको चन्द्रपुर नगरपालिकामा नयाँ घर तथा भवनहरू निर्माण हुन छाडेपछि चन्द्रपुर नगरपालिका वडा नम्बर ७ मा रहेको नयाँ बस्तीका राजमिस्त्रीहरू यतिबेला रोजगारीका लागि भारततिर जान थालेका छन् ।
चन्द्रपुर नगर क्षेत्र तथा रौतहट जिल्लामै भवन निर्माण तथा घर निर्माणका काम हुन छाडेपछि मिस्त्रीहरू बाध्य भएर भारत जानुपरेको उनीहरूको भनाइ रहेको छ। पछिल्लो एक वर्ष यता रौतहट जिल्लाका सहरी क्षेत्रमा घर तथा भवन निर्माणको काम ठप्प भएको घर निर्माणको ठेक्का लिँदै आएका ठेकेदार प्रयाग शाहको भनाइ रहेको छ। घर निर्माणको काम एकाएक रोकिएपछि चन्द्रपुर नगरपालिका वडा नम्बर ७ नयाँ बस्तीमा रहेका दर्जनौं राज मिस्त्रीहरू यतिबेला रोजगारीका लागि भारत जान बाध्य भएको उनले बताए । भवन निर्माणको काम एकाएक ठप्प भएपछि आफू समेत बेरोजगार भएको शाहको भनाइ रहेको छ।
एक वर्ष पहिला समेत पहिलासम्म आफूले ४ देखि पाँचवटा नयाँ घर बनाउने ठेक्का लिने गरेकोमा पछिल्लो समय आएर घर निर्माणको काम बन्द भएपछि आफू सहित लेबर तथा मिस्त्रीहरु बेरोजगार भएको उनको भनाइ छ ।
नयाँ घर तथा भवन निर्माणको काम एक वर्षदेखि एकाएक नभएपछि आफूसँग काम गर्दै आएका लेबर तथा राज मिस्त्रीहरू रोजगारीका लागि भारतको पन्जाब तथा अन्य प्रान्तमा काम गर्न भएको अर्का ठेकेदार राम सोनर शाहको भनाइ छ । पछिल्लो समय देशमा बढ्दो आर्थिक मन्दीका कारण रौतहट जिल्लामा नयाँ घर तथा भवन निर्माणका कार्य लगभग बन्द हुँदा यहाँका हार्डवेयर व्यवसायी समेत मारमा परेका छन् ।
भवन तथा घर निर्माणको काम एकाएक बन्द भएपछि दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक छाक टार्ने मजदुरहरू समेत मारमा परेको अर्का ठेकेदार विक्रम बहादुर विकले बताए । भवन निर्माणको काममा सक्रिय रहने लेबर तथा मिस्त्रीहरू पछिल्लो समय घर तथा भवन निर्माणका काम हुन छाडेपछि बाध्य भएर भारत लगायत देशकै अन्य स्थानमा मजदुरी गर्न जान बाध्य भएको ठेकेदार बिकको भनाइ रहेको छ ।
एक वर्ष पहिलासम्म आधा दर्जन घर बनाउने ठेकेदारका रुपमा चिनिएका बिक यतिबेला काम नभएका कारण आफै बेरोजगार भएको गुनासो गर्दछन्। रौतहटको चन्द्रपुर नगरपालिका लगायतका बजार एरियामा पछिल्लो समय घर तथा भवन निर्माणको काम एकाएक बन्द भएपछि त्यसको मारमा मजदुर तथा मिस्त्री परेका हुन् । रौतहट जिल्लामा पछिल्लो समय आएर घरजग्गाको कारोबार समेत ठप्प भएसँगै नयाँ भवन तथा घर निर्माणको काम समेत बन्द भएको छ। आर्थिक मन्दीका कारण रौतहटमा घरजग्गा कारोबार तथा भवन निर्माणको काम हुन नसकेपछि त्यसमा काम गर्ने मजदुरका साथै स्थानीय हार्डवेयर पसलमा काम गर्ने मजदुरहरू समेत बेरोजगार बनेका छन ।
पहिलाको तुलनामा अहिले आएर रड सिमेन्टको व्यापारमा समेत कमी आएको चन्द्रनिगापुरका हार्डवेयर व्यवसायी शिवप्रसाद पराजुलीको भनाइ रहेको छ ।
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका गौर नगरपालिका गरुडा नगरपालिका कटहरिया नगरपालिका गढीमाई नगरपालिका लगायतका पालिकाहरूमा घर तथा नयाँ भवन निर्माणको काम ९० प्रतिशतले कमी आएको घर तथा भवन निर्माण कार्यमा संलग्न ठेकेदारहरूको भनाइ रहेको छ।न्युजकारखाना
काठमाडौं, ९ माघ ।
विराट कोहली इङल्याण्डविरुद्धको शुरुवातका दुई टेस्ट खेल नखेल्ने भएका छन् ।
भारत टूरमा आएको इङल्याण्डले जनवरी २५ देखि ५ खेलको टेस्ट सिरिज खेल्दै छ ।
कोहलीले निजी कारणले आफु शुरुका दुई टेस्टमा उपलब्ध नहुने जानकारी क्रिकेट बोर्डलाई गराएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जानकारी दिएको छ । कोहली तेस्रो टेस्टदेखि टिममा सहभागी हुने छन् ।
कोहलीको ठाउमा को खेल्छ ? भन्ने बारे बोर्डले पछि जानकारी गराउने बताएको छ । उनको ठाउमा खेल्ने खेलाडीमा चैतेश्वर पुजाराको नाम सबै भन्दा अगाडी रहेको छ ।
२५ जनवरीबाट सुरु हुने यो सिरिज विश्व टेस्ट च्याम्पियनसिप २०२३(२५ को दृष्टिकोणले महत्त्वपूर्ण रहेको छ । भारतीय टोलीले यो सिजन आफ्नो पहिलो घरेलु सिरिज खेल्दैछ । यसअघि भारतले घरेलु मैदानमा वेस्ट इन्डिजलाई १–० ले हराएको थियो भने दक्षिण अफ्रिकासँगको दुई खेलको सिरिज १–१ को बराबरीमा सकिएको थियो ।
सिरिजको पहिलो खेल २५ जनवरीबाट हैदरावादमा हुनेछ । त्यसपछि दोस्रो टेस्ट फेब्रुअरी २ गते विशाखापट्टनममा, तेस्रो टेस्ट फेब्रुअरी १५ गते राजकोटमा, चौथो टेस्ट फेब्रुअरी २३ गते राँचीमा र पाँचौं टेस्ट मार्च ७ गते धर्मशालामा खेलिनेछ ।
शुरुको दुई खेल खेल्ने भारतीय टिमः रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जैसवाल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), केएस भरत (विकेटकिपर), ध्रुव जुरेल (विकेटकिपर), रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद यादव, मुकेश कुमार, जसप्रित बुमराह (उपकप्तान) र आवेश खान ।न्युजकारखाना
काठमाडौं, ९ माघ ।
जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुदैँछन् ।
आज भैरहवा क्रिकेट मैदानमा एपीएफ क्लब र त्रिभुवन आर्मीबीच खेल हुदै छ । त्यस्तै अर्को खेल टियु मैदानमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच हुदै छ भने तेस्रो खेल मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेश र कोशी प्रदेह्सबीच हुदै छ ।
अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ४ खेलमा सबै खेल जितेर ८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै बागमती प्रदेश र मधेश प्रदेशले आफ्ना ६-६ खेलमा ८-८ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशको ४ खेलमा ६ अंकसहित चौथो स्थानमा रहेको छ ।
त्यस्तै त्रिभुवन आर्मी क्लब र एपीएफको ४-४ खेलमा ४-४ अंकसहित पाँचौं र छैटौं स्थानमा रहेका छन् ।
त्यस्तै कर्णाली प्रदेश ५ खेलमा ४ अंकसहित सातौं स्थानमा छ भने गण्डकी प्रदेशले ४ खेलमा एक जितसहित २ अंक हासिल गर्दै आठौँ स्थानमा छ ।
त्यस्तै लुम्बिनी प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हार बेहोरेको छ र नवौं स्थानमा छ कोशी प्रदेशले अहिलेसम्म खेलेका ६ खेलमै हार बेहोरेर पुछारमा रहेको छ ।न्युजकारखाना
काठमाडौं, ९ माघ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशको तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।
दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया मौसम सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै, तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।न्युजकारखाना
आजमिति २०८० साल माघ ९ गते तदअनुसार जनवरी२३ , सन् २०२४ मंगलवार, शुक्लपक्षको त्रयोदशी तिथि, पुनर्वसु नक्षत्र, ईन्द्र/वैघृति योग, मिथुन राशिमा चन्द्रमा, आज माङ्गलिक कार्य गर्न शुभ छैन ।
अभिजित् मुहूर्त: बिहान ११:५५ देखि १२:३७सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०६:५५
• सुर्यास्त: बेलुका ०५:३७बजे
• मेष
मानसिक स्वास्थ्यमा ध्यान दिनुहोस्। ध्यान वा प्रकृतिमा पैदल यात्राले अद्भुत काम गर्न सक्छ।अप्रत्याशित आर्थिक लाभ सम्भव छ। बुद्धिमानीपूर्वक लगानी गर्नुहोस्। प्रियजनहरूसँगको संवादमा सुधार हुनेछ। आफ्नो भावनाको बारेमा खोल्नुहोस्।अविवाहितले विशेष व्यक्तिसँग भेटघाट हुनेछ। जोडीहरूले चिंगारीलाई पुन: जगाउँछन्।
शुभ रंग: रातो
शुभ अंक : ९
• वृष राशि
सामान्य रुघाखोकी वा खोकीले सताउन सक्छ। तातो तरल पदार्थ पिउनुहोस् र आराम गर्नुहोस्।आर्थिक स्थिरता प्रबल हुनेछ। आवेगपूर्ण खर्चबाट बच्नुहोस्।सद्भाव र समझदारीले घरपरिवार भर्नेछ। पारिवारिक समयको आनन्द लिनुहोस्।एकलका लागि रोमान्स फुल्नेछ। जोडीहरू एकअर्काको धेरै प्रशंसा गर्छन्।
शुभ रंग: हरियो
शुभ अंक : ६
• मिथुन
खानपानमा ध्यान दिनुहोला । स्वस्थ र सन्तुलित भोजनको लागि रोज्नुहोस्। नयाँ अवसरहरूले आर्थिक वृद्धि ल्याउनेछ। लगानीमा ध्यान दिनुहोला ।केही सानातिना मतभेदहरू उत्पन्न हुन सक्छ। तिनीहरूलाई शान्त र बुद्धिका साथ ह्यान्डल गर्नुहोस्। अविवाहितहरूले आफ्नो आकर्षणले ध्यान आकर्षित गर्नेछन्। जोडीहरूले भावुक क्षणहरू अनुभव गर्छन्।
शुभ रंग: पहेंलो
शुभ अंक : ३
• कर्कट
भावनात्मक तनावले तपाईंको कल्याणलाई असर गर्न सक्छ। विश्राम प्रविधिहरू अभ्यास गर्नुहोस्। स्थिर आय प्रवाहले वित्तीय सुरक्षा सुनिश्चित गर्दछ। अनावश्यक ऋण नदिनुहोस्। सहयोगी परिवारका सदस्यहरूले तपाईंको मनोबल बढाउनेछन्। तिनीहरूसँग आफ्नो बोझ साझा गर्नुहोस् अविवाहितहरूले साझा चासोको माध्यमबाट मित्रता पाउनुहुनेछ। दम्पतीले आफ्नो सम्बन्धलाई गहिरो बनाउँछन्।
शुभ रंग: सेतो
शुभ अंक : २
• सिंह
सामान्य चोटपटक लाग्न सक्छ। शारीरिक गतिविधिमा संलग्न हुँदा सावधान रहनुहोस्।अप्रत्याशित खर्च बढ्न सक्छ। बुद्धिमानीपूर्वक बजेट गर्नुहोस् र ऋणबाट बच्न। सकारात्मक संचारले पारिवारिक सम्बन्धलाई बलियो बनाउँछ। एकता मनाउनुहोस्।अविवाहितले प्रतिस्पर्धाको सामना गर्नुपर्नेछ तर आत्मविश्वासी रहनुहोस्। जोडीहरू चंचल अन्तरक्रियाको आनन्द लिन्छन्।
शुभ रंग: सुनौलो
शुभ अंक : ५
• कन्या
पाचन प्रणालीको ख्याल राख्नुहोस्। अस्वास्थ्यकर खानेकुराबाट बच्नुहोस्।आर्थिक योजना र लगानीको लागि राम्रो दिन। विशेषज्ञ सल्लाह खोज्नुहोस्।प्रियजनहरूसँग असमझदारी हुन सक्छ। आफ्नो मनसाय प्रष्ट पार्नुहोस्।अविवाहितले चाखलाग्दो व्यक्तिसँग भेटघाट हुनेछ। जोडीहरूले गुणस्तरीय समयलाई प्राथमिकता दिन्छन्।
शुभ रंग: खैरो
शुभ अंक : १
• तुला
भावनात्मक सन्तुलनमा ध्यान दिनुहोस्। तपाईंलाई उत्थान गर्ने प्रियजनहरूसँग समय बिताउनुहोस्। सहयोग र साझेदारी मार्फत आर्थिक लाभ आउँछ। भरोसायोग्य हुनुहोस्। सहयोगी परिवारका सदस्यहरूले तपाईंलाई चुनौतीहरू पार गर्न मद्दत गर्छन्। उनीहरूको सहयोगको कदर गर्नुहोस्।अविवाहितहरू साझा कलात्मक रुचिहरू मार्फत कसैसँग जोडिनेछन्। जोडीहरूले रचनात्मक रूपमा प्रेम व्यक्त गर्छन्।
शुभ रंग: गुलाबी
शुभ अंक : ७
• वृश्चिक
बढेको ऊर्जा स्तरले तपाईंलाई व्यायाम गर्न र स्वस्थ खाना खान उत्प्रेरित गर्छ। अप्रत्याशित आम्दानीका स्रोतहरूले अस्थायी राहत ल्याउँछ। दीर्घकालीन लक्ष्यहरूमा केन्द्रित रहनुहोस्।घरपरिवारमा सद्भाव र समझदारी कायम रहनेछ। पारिवारिक रमाईलो गतिविधिहरूको आनन्द लिनुहोस्। अविवाहितहरूले रहस्यमय र आकर्षक व्यक्तिसँग भेट गर्नेछन्। जोडीहरूले आत्मीयताको नयाँ गहिराइहरू खोज्छन्।
शुभ रंग: बैजनी
शुभ अंक : ८
• धनु
सानातिना दुखाइ र पीडाले सताउन सक्छ। आराम गर्नुहोस् र आफ्नो ख्याल राख्नुहोस्।आर्थिक स्थायित्व कायम छ, तर अनावश्यक खर्चबाट बच्नुहोला। ठूला लक्ष्यहरूको लागि बचत गर्नुहोस्।सहयोगी परिवारका सदस्यहरूले मार्गदर्शन र प्रोत्साहन प्रदान गर्छन्। तिनीहरूलाई खोल्नुहोस्।अविवाहितहरूले आफ्नो जुनूनको पछि लाग्दा खुशी पाउनुहुनेछ। जोडीहरूले साझा रुचिहरू पुन: पत्ता लगाउँछन्।
शुभ रङ: निलो
शुभ अंक : ४
• मकर
मानसिक स्वास्थ्यमा ध्यान दिनुहोस्। ध्यान वा रचनात्मक कार्यहरू उपयोगी हुन सक्छ।परिश्रम र समर्पणबाट आर्थिक लाभ हुनेछ। आफ्नो लक्ष्यमा केन्द्रित रहनुहोस्।खुला संचारले गलतफहमी समाधान गर्न मद्दत गर्दछ। माफ गर्नुहोस् र अगाडि बढ्नुहोस्।अविवाहितहरूले आफ्नो आत्मविश्वास र महत्वाकांक्षाले ध्यान आकर्षित गर्नेछन्। जोडीहरूले सहयोगी साझेदारी अनुभव गर्छन्
शुभ रङ : कालो
शुभ अंक: ५
• कुम्भ
आफ्नो निद्रा पैटर्नमा ध्यान दिनुहोस्। ढिलो राती गतिविधिहरू बेवास्ता गर्नुहोस् र नियमित सुत्ने तालिका बनाउनुहोस्।अप्रत्याशित यात्रा खर्च हुन सक्छ। बुद्धिमानीपूर्वक बजेट गर्नुहोस् र आफ्नो वित्तीय योजनाहरू समायोजन गर्नुहोस्। सहयोगी परिवारका सदस्यहरूले तपाईंलाई अप्रत्याशित परिस्थितिहरू व्यवस्थापन गर्न मद्दत गर्छन्। जडान रहनुहोस् र स्पष्ट रूपमा सञ्चार गर्नुहोस्।अविवाहितहरूले बौद्धिक छलफल र साझा चासोहरू मार्फत मित्रता पाउनुहुनेछ। दम्पतीहरूले बौद्धिक वार्तालाप र चञ्चल झगडाको आनन्द लिन्छन्।
शुभ रङ: फिक्का निलो
शुभ अंक : ११
• मीन
बढ्दो अन्तर्ज्ञानले तपाईंलाई भावनात्मक उपचारको आवश्यकता पर्ने क्षेत्रहरू पहिचान गर्न मद्दत गर्दछ। आवश्यक भएमा मार्गदर्शन खोज्नुहोस्। आर्थिक स्थिरता कायम छ, तर आवेगपूर्ण खर्चबाट जोगिन। भविष्यका लक्ष्यहरूको लागि बचतलाई प्राथमिकता दिनुहोस्। रचनात्मक गतिविधिहरूले पारिवारिक बन्धनलाई बलियो बनाउँछ। आफ्नो प्रेम र प्रशंसा व्यक्त गर्नुहोस्।अविवाहितहरू दयालु र समझदार व्यक्तिसँग जोडिनेछन्। जोडीहरूले भावनात्मक घनिष्ठता र समर्थनलाई प्राथमिकता दिन्छन्।
शुभ रंग: समुद्री हरियो
शुभ अंक: १२
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, वैदिक ज्योतिषका विज्ञ मानिन्छन् उनि ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।
न्युजकारखाना
काठमाडौं, ९ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ निकालेर आफ्नो खातामा हालेको भन्ने समाचारको ग्लोबल आइएमई बैंकले खण्डन गरेको छ। कान्तिपुर दैनिकले ग्लोबल आइएमई बैंकको एउटा ‘स्लीप’ सहित रविले अनाधिकृतरुपमा पैसा लिएको समाचार प्रकाशित गरेपछि बैंकले उक्त प्रष्टीकरण दिएको हो।
यस विषयमा प्रष्टीकरण दिन रविले लामिछानेले पत्रकार सम्मेलन आयोजना गरेका थिए। पत्रकार सम्मेलनमा उनले ग्लोबल आइएमइ बैंकले आफूलाई दिएको पत्र सार्वजनिक गरेका थिए। उक्त पत्र बैंकले आज रविलाई उपलब्ध गराएको थियो।
‘उल्लेखिन मिति १७/०६/२०२२ मा त्यहाँको यस बैंकमा सञ्चालनमा रहेको खाता नम्बर …. मा रु १,८०,००,००० को चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक इसीसी मार्फत चेक क्लीयरिङमा पठाउँदा अपर्याप्त ब्यालेन्सको कारण फिर्ता भएको हुँदा सो रकम खातामा जम्मा नभएको व्यहोरा जानकारी गर्दछौं,’ पत्रमा लेखिएको छ।
पत्रकार सम्मेलनमा पूर्वबैंकर तथा हाल रास्वपा नेता अनिल केशरी साह उपस्थित थिए। उनले पनि यो विषयलाई बैंकिङ प्रक्रियाको हिसाबले प्रष्ट्याएका थिए।न्युजका्रखाना
काठमाडाैं, ८ माघ ।
फिल्म ‘अगस्त्य च्याप्टर १’मा नायिका मलिका महतको लुक्स सार्वजनिक गरिएको छ । फिल्मका मुख्य नायकद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएपछि मलिकाको लुक्स सार्वजनिक भएको हो । सुरुवात देखिनै फिल्मका मुख्य नायकद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएसँगै यस फिल्मको चर्चा हुँदै आइरहेको छ ।
निर्माणपक्षले सार्वजनिक गरेको लुक्समा मलिकालाई ‘चाँदनी’को भूमिकामा देखिन पाइने भएको छ । फिल्ममा उनको भूमिका के हो भन्ने खुलेको छैन ।
साैरभ चौधरीको निर्देशनमा तयार भएको यो फिल्ममा सौगात, नाजिर र मलिकाका अलावा प्रमोद अग्रहरी, निश्चल बस्नेत, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।
यो फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा गरिएको छ । फिल्म फागुनको १८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको छ ।न्युजका्रखाना
काठमाडौँ, ८ माघ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू प्याकेजमै सम्बोधन गर्नुपर्ने बताएका छन् । सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
छलफलमा प्रधानमन्त्रीले भने, “नर्सिङ शिक्षाको कुरा गरिरहँदा नर्सिङ र सिटिइभिटीको क्षेत्राधिकार बाझिने गरेको परिस्थिति पनि छ। त्यसलाई हामीले क्लियर गरेर जानुपर्छ।”
चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या सम्बोधनका निम्ति छिटै चिकित्सा शिक्षा आयोगको बैठक बसिने प्रधानमन्त्रीले जानकारी दिए ।
“चिकित्सा शिक्षा आयोगको बैठक हामी छिटै बस्छौँ। स्वास्थ्य क्षेत्रका समस्या के हुन्, नर्सिङ क्षेत्रका समस्या के हुन्, त्यसबारे बृहत् छलफलमार्फत एउटा निष्कर्षमा पुग्नुपर्छ। आयोगको बैठक बसेर हामी अध्ययन समिति नै बनाएर त्यसबारे व्यवस्थित काम गरौँ। त्यसका राष्ट्रिय योजना आयोगलाई पनि समावेश गरेर जाउँ,” प्रधानमन्त्रीले भने, “ऐनका समस्या ऐन संशोधनको प्रक्रियाबाट नै सम्बोधन गर्नुपर्छ। तर, ऐनले जति कुराको बाटो खोलिदिएको छ, त्यसको सम्बोधनका लागि हामीले नै तत्परता देखाउनुपर्छ । ऐनमा भएको व्यवस्था लागू गर्न हामी चुक्नु भएन। अहिले भएको साधनस्रोतका आधारमा गर्नसकिने कामहरू कार्यतालिका बनाएर गरौँ।”
बैठकमा प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवहरू, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, नर्सिङ काउन्सिलका रजिष्टार शुक्ला खनाल लगायत उपस्थिति थियाे । न्युजका्रखाना