२०८३ बैशाख ३१
२०८३ बैशाख ३१

काठमाडौं, ९ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिएको जानकारी दिँदै त्यसलाई सकेसम्म जनमुखी बनाइने बताएका छन ।

मंगलबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीहरूको प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्रीले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएकाले त्यसबाट राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको बताएका छन ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म सञ्चालन गरेको  ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानका क्रममा विभिन्न ठाउँमा जनताले राखेका मागहरू एकीकृत गरी नेपाल सरकारसमक्ष ध्यानाकर्षणपत्र प्रस्तुत गरेको हो।

उक्त ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले मध्यपहाडी क्षेत्रका विकास निर्माण, जनसेवा र समृद्धिका विषयमा एमालेले प्रस्तुत गरेको ध्यानाकर्षणले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा महत्वपूर्ण योगदान पुग्दै बताउँदै उक्त अभियानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणमा महत्वपूर्ण सहयोग पुगेको बताए ।

 

प्रधानमन्त्रीले एमालेद्वारा प्रस्तुत ध्यानाकर्षणपत्र मध्यपहाडी क्षेत्रका जनता, सबै राजनीतिक दल र नेपाल सरकारको समेत मुद्दा भएकाले सम्बोधन गर्न सकिने जति विषयहरू सम्बोधनका निम्ति सरकार गम्भीर रूपमा लाग्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन ।

 

ध्यानाकर्षणपत्र बुझाउँदै पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीले सञ्चालन गरेको अभियानले मध्यपहाडी क्षेत्रको जनजीवन, विकास निर्माण, जनताको मनोविज्ञान, राजनीतिक सहकार्यको स्थिति, समृद्धिको आकाङ्क्षा र सम्भावना बुझ्न महत्वपूर्ण योगदान पुगेको बताउँदै ध्यानाकर्षणपत्र सम्बोधनमा सहयोगका लागि प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

 

प्रतिनिधिमण्डलमा अध्यक्ष ओलीसहित पदाधिकारी र अन्य नेताहरू उपस्थित रहेका थिए ।न्युजकारखाना

मुम्बइ, ९ माघ ।

गत वर्ष डिसेम्बर १ मा रिलिज भएको विक्की कौशलको फिल्म ‘साम बहादुर’ ले दर्शकको धेरै मन जितेको थियो । यो फिल्मको सीधा प्रतिस्पर्धा रणवीर कपुरको ब्लकबस्टर फिल्म ‘एनिमल’सँग थियो । तर पनि ‘साम बहादुर’ ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो ।

 

साम मानेकशाको जीवनमा आधारित यस फिल्ममा विक्कीले आफ्नो चरित्रलाई पूर्ण न्याय दिएका छन् । अब यो फिल्म ओटीटीमा पनि रिलिज हुँदैछ ।

 

जसले थिएटरमा गएर मेघना गुलजार निर्देशित यो फिल्म हेर्न पाएनन् । अब ती व्यक्तिहरूले घरमै बसेर यो फिल्मको मजा लिन सक्छन्। सिनेमाघरमा धमाका गरेपछि अब यो फिल्म ओटीटीमा आउने तयारीमा छ । सोमबार ओटीटी प्लेटफर्मले तपाइँ घरमा बसेर कहिले फिल्म हेर्न सक्षम हुनुहुनेछ भन्ने जानकारी दिने पोस्टर साझा गरेको छ ।

 

विक्की कौशलको फिल्म  ‘साम बहादुर’ गत १ डिसेम्बर २०२३ मा सिनेमा घरमा रिलिज भएको थियो। यस फिल्मको निर्देशन मेघना गुलजारले गरेकी हुन ।  अब यो फिल्म गणतन्त्र दिवसको अवसरमा ओटीटीमा रिलिज हुँदैछ । तपाईले फिल्म जी ५ मा हेर्न सक्नुहुनेछ। जी ५ ले फिल्मको पोस्टरमा लेखेको छ,  ‘एक दूरदर्शी नेता, लेजेन्ड र एक सच्चा नायक, साम तपाईको स्क्रिनमा राज गर्न आउँदैछन्। यो जनवरी २६ मा जी ५ मा प्रिमियर हुनेछ।’

 

समाचार अनुसार  ‘सामबहादुर’ ५५ करोडको बजेटमा बनेको फिल्म हो । फिल्मले विश्वभरवाट कुल १३० करोड भारु कमाएको छ । फिल्मकी निर्देशक मेघना गुलजार आफैंले  ‘सामबहादुर’ बनाउनका कारणा जीवन परिवर्तन गर्ने अनुभव भएको बताएकी छन् । उनले विक्की कौशलको अभिनयको पनि खुलेर प्रशंसा गरेकी छिन् ।न्युजकारखाना

माल्टा, ९ माघ ।

गैरआवासीय नेपाली संघ एनआरएनए युरोप युवा संयोजक प्रकाश भण्डारीको नेतृत्वमा गएको प्रतिनिधिमन्डलले माल्टा सरकारका गृहमन्त्री बायरन क्यामिलेरी सँग भेटघाट तथा छलफल गरेको छ ।भण्डारीसहित एनआरएनए माल्टाका महासचिव सन्देश केसी, लेखा समिति संयोजक राजेन्द्र भण्डारीसहितको  डेलिगेसन टिमले माल्टा सरकारका गृहमन्त्रीसँग  नेपालीहरुको समस्या र समाधानको खोजीको विषयमा छलफल गरेको हो । नेपाली डायस्पोराले पहिलोपटक माल्टामा उच्च ओहोदाको व्यक्तित्वसँग भेटघाट गरेको हो ।

 

उक्त प्रतिनिधिमन्डलले भेटघाटमा माल्टामा पछिल्लो समयमा नेपालीहरुलाई आइपर्ने समस्या र समाधानको विषयमा समेत छलफल गरेका थिए । भेटघाटमा माल्टा सरकारले ल्याएको नयाँ नियम, नेपालीहरुको विभिन्न समयमा आईपर्ने समस्याहरु जस्तै जव प्लस, टर्मिनेसन पश्चातको १० दिने टाईमको दायरा खुल्ला बनाउने,इमिग्रेसन, आइडेन्टिटा, लाईसेन्सको डेट र लिखीतमा नेपाली टान्सलेट  सम्बन्धी बिषय लगायत हाउजिङ अकोमोडेसनका बारेमा गृहमन्त्रीसँग कुराहरु राखेको एनआरएनए युरोप युवा संयोजक भण्डारीले बताए  ।

 

भेटघाटमा  गृहमन्त्री बायरन क्यामिलेरीले नेपालीहरुको समस्यालाई आफ्नो तर्फबाट सम्बोधन गर्ने आश्वासन दिएका छन् । भेटमा नेपाली राजदूताबासबारे उनको जिज्ञासा र माल्टामा रहेका नेपालीहरुको आवश्यक्ताबारे चासो ब्यक्त गर्नुका साथै छिट्टै नै माल्टाका आधिकारिक निकायहरुको साथमा नेपालीहरुको लागी ओरेन्टेसन कार्यक्रम राख्न गृहमन्त्री बायरन क्यामिलेरीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।न्युजकारखाना

 

काठमाडौ,  ९ माघ ।

मीन भामको बहप्रतीक्षित फिल्म ‘साम्बाला’ले बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनौट हुने इतिहास रचेको छ ।

 

सोमबार बर्लिन फेस्टिभलका आयोजकले मुख्य प्रतिस्पर्धामा रहेका २० इन्टरनेसनल फिल्मको सूचीमा  मीनकोे  ‘साम्बाला’ पनि रहेको जानकारी गराएसँगै नेपालले इतिहास बनाएको हो ।

नेपाली फिल्म अहिलेसम्म भेनिसको दोस्रो मुख्य विधा होरिजेन्टलमा छानिएको इतिहास थियो भने बुसानमा पनि मुख्य विधा बाहेकका अवार्डमा प्रतिस्पर्धी रहेका थिए ।
नेपाली फिचर फिल्म बर्लिनमा छनौट हुने इतिहास भने दीपक रौनियार निर्देशित ‘हाइवे’ले राखेको थियो । यो फिल्म ६२ औँ संस्करणमा आधिकारिक रुपमा छनौट भएको थियो । बर्लिनलाई युरोपको कान्स र भेनिसपछि तेस्रो ठूलो फिल्म फेस्टिभल मानिन्छ ।

सोमबार बर्लिनको लाइनअप सार्वजनिक भएसँगै पत्रकार सम्मेलनमा गरेका मीन भामले फिल्म बनाउन करिब ८ वर्ष लागेको अनुभव सुनाएका थिए । कहिले पैसा त कहिले कोभिडका कारण समय लागेको बताउँदै उनले यो फिल्म बनाउने प्रक्रियामा आफ्नो जीवनमा पनि धेरथोर बदलिएको बताएका थिए ।

 

‘कालो पोथी मैले दम्भमा बनाएको थिएँ । तर यो फिल्म चाहिँ आफ्नै जिज्ञाषा शान्त पार्न,’ मीनको भनाइ थियो, ‘यो फिल्म बनाउन मैले तिब्बतीयन भाषा सिकेँ । फिल्म बनाउँदा बनाउँदै आध्यात्मिक रुपमा पनि आफूमा धेरै परिवर्तन महसुस गरेँ ।’डोल्पाको ४ हजार मिटर माथिको उचाइमा खिचेको फिल्मको पूर्व तयारीका लागि लामो समय लागे पनि फ्लोरमा गइसकेपछि भने फिल्मको सुटिङ जम्मा २३ दिनमा सकिएको थियो । उनले अप्ठेरो भूगोलमा फिल्म बनाउने श्रेय कास्ट एन्ड क्रुलाई दिएका थिए ।

 

मीनले अविनाश विक्रम शाहसँग मिलेर लेखेको कथा बहुपति प्रथाको पृष्ठभूमिमा बुनिएको छ । हराएको श्रीमान्को खोजीमा निस्किएकी श्रीमतीले आफ्नै देवर (पति)सँग गर्ने यात्रा र यात्राका क्रममा उनीहरु दुवैको जीवनमा आउने परिवर्तन  फिल्मको मुख्य कथा रहेको मीनले बताएका छन् । थिन्ले लामो र सोनम थोप्देनले मुख्य भूमिकामा अभिनय गरेका छन् ।

 

थिन्लेले यसअघि विपिन कार्कीसँग ‘नाका’मा अभिनय गरेकी थिइन् भने सोनमले पूजा शर्मासँग ‘सम्हालिन्छ कहिले मन’मा अभिनय गरेका थिए । ९ लाख ८० हजार युरो अर्थात् १४ करोड हाराहारी कुल लागत रहेको फिल्म बर्लिनमा फेब्रुअरीको १५ देखि २५ तारिखको बीचमा प्रिमियर हुनेछ ।न्युजकारखाना

अयोध्या, ९ माघ ।

हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्याको राम मन्दिरमा रामललाको अभिषेक गरेका छन् । यस अवसरमा देशैभर उत्सवको माहोल बन्न पुगेको छ ।

 

राम मन्दिरका लागि ठूलो संख्यामा मानिसहरुले चन्दा दिइरहेका छन् । सुरतका एक हिरा व्यापारीले अयोध्याको राम मन्दिरका लागि भगवान रामलाई सुन, हिरा र चाँदीले बनेको ११ करोड रुपैयाँको मुकुट उपहार दिएका छन् ।

 

प्राण प्रतिष्ठाको पूर्वसन्ध्यामा सुरतका हीरा व्यापारी र ग्रीन ल्याब डायमण्ड कम्पनीका मालिक मुकेश पटेलले अयोध्याको राम मन्दिरको गर्भगृहमा भगवान श्रीरामको लागि तयार गरिएको मुकुट मन्दिरका ट्रस्टीहरूलाई हस्तान्तरण गरेका हुन ।

 

विश्व हिन्दू परिषद्का नेता दिनेश भाइ नावादियाले ग्रीन ल्याब डायमण्ड कम्पनीका मालिक मुकेश पटेलले राम मन्दिरमा सुन र हिराले जडित मुकुट दिने इच्छा व्यक्त गरेको भारतीय सञ्चारमाध्यमलाइ बताए । नवनिर्मित राम मन्दिरमा जनवरी २२ मा  कुन मूर्ति स्थापना गर्ने हो भन्ने टुंगो नलागे पछि कम्पनीका दुई कर्मचारीलाई अयोध्या पठाइएका थियो। मूर्तिको टुङ्गो लाग्ने बित्तिकै दुवै मजदुर मुकुटको नाप लिएर सुरत फर्किए र मुकुट बनाउन थाले ।

६ किलो तौलको मुकुटमा साढे चार किलो सुन प्रयोग गरिएको उनले बताए । यसमा साना र ठूला आकारका हिरा, माणिक, मोती र नीलमणि जस्ता बहुमूल्य रत्नहरू जडिएका छन्। अब यो मुकुट भगवान रामको शिरमा सजिएको छ। प्राणप्रतिष्ठा समारोहको एक दिन अघि श्री रामजन्मभूमि तीर्थ क्षेत्र कोषका महासचिव चम्पत राईलाई हस्तान्तरण गरिएको थियो, जसको मूल्य करिब ११ करोड रुपैयाँ रहेको बताइएको छ ।

 

हिरा व्यापारी दिलीप कुमारले राम मन्दिरका लागि १०१ किलो सुन दान गरेका छन्, जसको मूल्य करिब ६८ करोड रुपैयाँ छ । मन्दिरका ८ वटा ढोकामा सुनको लेप लगाउन प्रयोग गरिएको छ । जबकि कथाकार तथा आध्यात्मिक गुरु मोरारी बापुले ११।३ करोड रुपैयाँ दान गरेका छन् ।न्युजकारखाना

शिकागो, ९ माघ ।

अमेरिका गोली हानेर ८ जनाको हत्या गरिएको छ ।

 

अमेरिकाको शिकागो उपनगरमा गोली हानेर गोली हानेर ८ जनाको हत्या गरिएको हो ।

 

अमेरिकाको शिकागोमा तीन फरक ठाउँमा कुल ८ जनाको हत्या भएको गरिएको स्थानिय प्रहरीले जनाएको छ । सो घटनामा इलिनोइस राज्यका प्रहरी अधिकारीहरूले सोही व्यक्तिले ८ जनाको हत्या गरेको र हाल फरार रहेको जानकारी दिएका छन् ।

 

अमेरिकी सञ्चारमाध्यमका अनुसार इलिनोइस राज्यको शिकागो नजिकै रहेको जोलिएट विल काउन्टीका प्रहरीले हत्याको कारण पत्ता लगाउन प्रयास गरिरहेको बताएको छ। सोमबार साँझ पत्रकारसँग कुरा गर्दै उनले हत्या गर्ने व्यक्ति पीडितलाई चिनेको दाबी गरेका छन ।

 

आइतबार र सोमबार तीन फरक ठाउँमा मृतकको शव फेला परेको थियो । अमेरिकामा हत्या भएको जानकारी पाएपछि प्रहरीले सामाजिक सञ्जालमा चेतावनी जारी गरेको छ ।

 

प्रहरीले सो घटनाको संदिग्धलाई सशस्त्र र खतरनाक हत्यारा घोषणा गरेका छन । जोलिएटका प्रहरी प्रमुख विलियम इभान्सले संघीय अनुसन्धान ब्यूरो (एफबीआई) टास्क फोर्सले संदिग्धको खोजीमा स्थानीय प्रहरीलाई सहयोग गरिरहेको बताए।

मारिएका मध्ये एक जनाको शव आइतवार विल काउन्टीको एक घरमा फेला परेको थियो भने बाँकी ७ जनाको शव जोलिएटस्थित दुई घरमा भेटिएको थियो ।

सोमबार साँझ पीडितको घरबाहिर पत्रकार सम्मेलन गर्दै विलियम इभान्सले भने,  ‘म २९ वर्षदेखि प्रहरी हुँ र यो सायद मैले भोगेको सबैभन्दा खराब अनुभव हो ।’

 

सोमबार दिउँसो फेसबुक पोस्टमा, जोलिएट पुलिसले भने कि उनीहरूले मृत फेला परेका व्यक्तिहरूको अनुसन्धान गरिरहेका थिए। यसका साथै उनले संदिग्ध अभियुक्तको तस्बिर पनि सेयर गरेका छन् र अभियुक्तको गाडीको पहिचान पनि गरेका छन् । प्रहरीका अनुसार आरोपीको नाम रोमियो नान्स रहेको छ, जो २३ वर्षका छन । उनीसँग रातो टोयोटा क्यामरी कार पनि थियो, जुन उसले चलाइरहेको थियो।न्युजकारखाना

मुम्बई, ९ माघ ।

सन् २०२४ को पहिलो ब्लकबस्टर फिल्म ‘हनुमान’ ले बक्स अफिसमा राज गरिरहेको छ ।

 

चलचित्र सुस्त गतिमा सुरु भएपनि चलचित्रले जुन गति लिएको छ, त्यसले अन्य निर्माताहरुलाई पसिना पसिनामा पु¥यायो । बक्स अफिसमा निकै न्यून कलेक्सनबाट सुरु भएको ‘हनुमान’ले सुपरस्टार महेश बाबुको ‘गुंटुर करम’ को विश्वव्यापी कलेक्शन तोडेर सन् २०२४ को सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।

 

राम मन्दिर प्राणप्रतिष्ठा कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले फिल्मको दोस्रो भागको घोषणा गरेको हो ।

 

फिल्म ‘हनुमान’ जनवरी १२ मा हिन्दीका साथै दक्षिणी भाषामा पनि थिएटरमा रिलिज भएको थियो । त्यस दिनदेखि यो फिल्म लगातार चर्चामा छ । मात्र २० करोडमा बनेको यो फिल्मले निर्मातालाई सोचे भन्दा बढी बनाएको छ । रामलाला प्राण प्रतिष्ठाको अवसरमा पनि  ‘हनुमान’ ले निकै कमाई गरेको छ र यसै दिन उनीहरुले फिल्मको सिक्वेलको घोषणा पनि गरेका छन् । यस फिल्मका मुख्य अभिनेता तेजा सज्जा भने दोस्रो पार्टमा देखिने छैनन ।

 

२० करोडको बजेटमा बनेको फिल्म ‘हनुमान’ले एक सय ३० करोडभन्दा बढी कलेक्शन गरेर सबैलाई चकित बनाएको छ । सैकनिल्कको  प्रारम्भिक ट्रेंड रिपोर्ट अनुसार हनुमानले दोस्रो सोमबार अर्थात् रिलिजको ११ औं दिनमा ७.५० करोड भारु कलेक्सन गरेको छ। योसँगै  ‘हनुमान’को कुल कमाई अहिले १३९.५५ करोड रुपैयाँ पुगेको छ ।

 

‘हनुमान’को अभूतपूर्व सफलताबाट निर्माताहरु निकै खुसी छन् र यसैले अयोध्यामा रामलाला प्राण प्रतिष्ठाको अवसरमा ‘हनुमान’ को अर्को पार्ट घोषणा गरेर निर्माताले फ्यानहरुलाई ठूलो उपहार दिएका छन् । ‘हनुमान’ को अर्को भाग ‘जय हनुमान’ शीर्षकको साथ रिलिज हुनेछ । यसको पोस्टर पनि सार्वजनिक भएको छ ।

 

‘जय हनुमान’को सिक्वेलमा तेजा सज्जा हनुमान मुख्य कलाकार हुनेछैनन् । मिडिया रिपोर्टका अनुसार प्रशान्त वर्माले फिल्मको सम्बन्धमा बयान दिएका थिए जसमा उनले तेजा सज्जा ‘हनुमान’ को सिक्वेल ‘जय हनुमान’ मा मुख्य नायक नहुने बताएका थिए । यो फिल्ममा उनी ‘हनुमन्थु’ को रुपमा देखिनेछन् । तर, ठूला कलाकारले मुख्य भूमिका निर्वाह गर्ने भएका छन् ।न्युजकारखाना

काठमाडौं, ९ माघ ।

नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ बजारबाट तान्दै छ। राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न उक्त निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ।

बैंकका अनुसार आज उक्त निक्षेप संकलन उपकरणको बोलकबोलन हुने छ। बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न राष्ट्र बैंकले निक्षेप संकलनमार्फत् ३० अर्ब रुपैयाँ तान्न लागेको हो।

आज दिउँसो २ बजेसम्म इच्छुक बैंक तथा वित्तीय संस्थाले बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो।

साँवा र ब्याज भुक्तानी मिति माघ २३ गतेलाई निर्धारण भएको छ। यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ। बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन्।न्युजकारखाना

गाजा, ९ माघ ।

इजरायली हमलामा परी २५ हजार भन्दा प्यालेस्टाइनीले ज्यान गुमाएका छन ।

 

प्यालेस्टाइनी अतिबादी समुह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गरेको आक्रमणमा गाजामा २५,००० भन्दा बढी मानिस मारिएका छन्।

 

विगत २४ घण्टामा १७८ जनाको मृत्यु भएको छ भने जारी युद्धको अहिलेसम्मकै सबैभन्दा घातक भएको मन्त्रालयले जनाएको छ ।

 

युद्ध जारी रहँदा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले फेरि प्यालेस्टाइन राज्य बनाउन अस्वीकार गरेका छन ।

 

इजरायलले ७अक्टोबरको आक्रमण पछि आफ्नो आक्रमण सुरु गरेका थियो, जसमा हमास लडाकुहरूले दक्षिणी इजरायलमा १४ सय मानिसहरूलाई मारेका थिए र २४० भन्दा बढीलाइ बन्धक बनाएका थिए।न्युजकारखाना

काठमाडाैं, ९ माघ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले सेयर नामसारी पुरा गर्न प्रक्रिया पुरा गरेकाे तर रकम नलिएकाे बताएका छन् ।

 

साेमवार राती सामाजिक सञ्जालबाट धारणा राख्दै सभापति लामिछानेले कानुनी प्रकिया पुरा गरेकाे तर लेनदेन नगरेकाे पुनः प्रस्टाएका छन् ।

 

उनले सामाजिक सञ्जालमा लेखेका छनः

 

 

आजको प्रेस मिटमा मैले सबै कुरा स्पष्ट राखेँ भन्ने लागेको छ। पत्रिकामा लेखिने ठूला हेडलाइन र केही डकुमेन्टका आधारमा वास्तविकता पुरै नबुझी विचार बनाउने हाम्रो प्रवृत्तिबारे म जानकार छु। तर तथ्यमा पनि विचार गरिदिन अनुरोध छ।

 

डिपोजिट स्लिपकै आधारमा मेरो खातामा रकम जम्मा भयो भनेर ठोकुवा गरियो, जबकि बैँकले नै खातामा रकम जम्मा भएको छैन भनिसक्यो। बैँकमा भएका हरेक कारोबार नियामक निकायको नियमनमा हुन्छ। यो क्षेत्रमा पारदर्शीता हुन्छ। कसैले लुकाएर वा लुकाउन चाहेर लुक्ने, छिप्‍ने कुरै होइन यो।

 

अब फेरि मैले रकम बुझिलिएँ भनेर ल्याप्चे नै ठोकेको कागज राखेर यसले पैसा लिएकै हो, ढाँट्यो भनेर पनि भ्रम फैलाउन सकिएला। जबकि त्यो कानुनी प्रक्रियाका लागि मात्र हो, रकम लेनदेन भएको छैन भन्ने बुझाउन लामो लेखेर यसबारे बुझाउने प्रयास गर्दैछु। कृपया पूरै पढेर मात्र विचार बनाउनु होला।

 

मैले सुरुदेखि नै स्वीकार गर्दै आएको छु, ग्यालेक्सी टिभी सञ्चालन गर्ने कम्पनी गोर्खा मिडियामा म संलग्न हुन जानुअघि त्यसका प्रमोटर र म बीच कम्पनीको १५ प्रतिशत सेयर मेरो नाममा गुडविल बापत् अर्थात् बिना लगानी कायम गर्ने सहमति भएको थियो। यसलाई पसिनाको कमाई वा स्वेट सेयर पनि भन्ने गरिन्छ बोलीचालीको भाषामा।

यो शेयरलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा शेयर लगत कायम गर्न आवश्यक कानुनी प्रबन्ध र कागजपत्र कम्पनी स्वयंले मिलाउने भन्ने सहमति पनि थियो। यो किन भएको थियो भने यी कानुनी मामिलामा संलग्न हुन मसँग समय थिएन। टेलिभिजन सञ्चालनको लागि कार्यक्रम, समाचार, कर्मचारी, प्रविधि लगायतको   आन्तरिक व्यवस्थापन गर्ने मेरो मुल जिम्मेवारी थियो। मेरो नाममा शेयर लगत कायम गर्न आवश्यक काम गोर्खा मिडियाले नै गर्‍यो, त्यति बेला मैले सोधखोज पनि गरिनँ। बरु सार्वजनिक रुपमा कार्यक्रमको पहिलो एपिसोडमा खुलस्त पारिदिए। बाँकी प्रक्रियागत कुरा मिलाउन के के गरिन्छ भन्ने कुरा जगजाहेर कुरा हो। हिम्मत जुटाएर खोजौं र सबले मम भनौं। तर मैले छुट पाउनु पर्छ भन्ने मेरो दावी पटक्कै होइन।

 

जब मैले ग्यालेक्सी टिभी छोड्ने निर्णय गरेँ, त्यतिबेला कम्पनीले मेरो गुडविल उपयोग गर्न नसक्ने भयो। त्यसकारण मैले इमान्दारीपूर्वक बिना लगानी लिएको उक्त शेयर बिना रकम नै फिर्ता गर्न सहमति जनाएँ।

 

तर, यहाँ पनि अर्को कानुनी समस्या देखिएछ। मेरो नामको शेयर जसको नाममा नामसारी भई कम्पनी रजिष्ट्रारको कार्यालयमा लगत कायम हुनुपर्ने हो, उसले मेरो शेयर किनेको देखिनुपर्ने भएछ। मैले शेयर कसको नाममा नामसारी गरिदिनु पर्ने पनि सोधेको होइन। गोर्खा मिडियाका अध्यक्ष जीबी राईकै नाममा लगत कायम गर्ने निर्णय भयो, मैले प्रक्रिया पूरा गरीदिए। कम्पनी शेयर किनबेचमा यो अति सामान्य अभ्यास हो र फेरी पनि मैले छुट पाउनु पर्छ भन्ने मेरो दावी होइन। यो पनि टिभी छोड्दा सारा दर्शक सामु  स्पष्ट पारिदिएको छु र भनेको छु कि मैले आफ्नो भागको शेयर एक पैसा नलिइ फिर्ता गरेको छु, जसमा मेरो एक पैसापनि परेको थिएन।

 

कम्पनी रजिस्ट्रारको कार्यालयमा शेयर बिक्री भए वापत रकम कारोबार भएको प्रमाण आवश्यक त पर्छ नै। अर्थात् मेरो १५ प्रतिशत शेयर जसलाई बिक्री गरेको हो, उसले मलाई रकम दिएको देखिनु पर्ने थियो। त्यही प्रक्रिया कै लागि मैले शेयर छाडेको कागज गरेँ, जुन कागज तल पोस्ट गरिदिएको छु। मेरो शेयर खरिद गरे बापतको रकम जीबी राईले मेरो खातामा जम्मा गरेको भौचर देखिए पनि रकम खातामा आएन। सायद त्यो आवश्यक प्रक्रिया मात्रै थियो, जुन यस्तै ढंगले  पूरा गरिने आम अभ्यास छ । त्यसैका आधारमा शायद भौचर मात्र राखी कम्पनी रजिष्ट्रारको कार्यालयमा जीबी राईको नाममा शेयर नामसारी भई दाखिला पनि भएको हुनु पर्छ।

 

यहाँनिर सबैले बुझ्नु पर्ने कुरा के छ भने, मेरो खातामा रकम जम्मा भएको थिएन। अर्थात् चेक क्लियर भएन किनभने जीबी राईको खातामा जति रकमको चेक काटियो, त्यति पुग्ने पैसा नै रहेनछ।

 

यसो हुँदा कागजमा मेरो खातामा चेक जम्मा भएको देखियो, डिपोजिट भौचर प्राप्त भयो र शेयरको कारोबार सम्पन्न भयो। तर पैसाको लेनदेन भएन र यो सबै एकै दिनमा भएको छ। यदि मैले पैसा लिन चाहेको थिएँ भने उक्त चेक क्लियर नभएको विरुद्ध म चेक बाउन्स मुद्दामा जान सक्थें। तर, मलाई त्यो गर्नु आवश्यक थिएन। किनकि मैले स्वेच्छाले त्यो शेयर छाडेको थिएँ र मलाई यो सारा कारोबारबारे थाहा हुनु आवश्यक पनि थिएन। किनकि मैले त शेयर फिर्ता गर्नुपर्ने दायित्व थियो, गरेँ।

 

कुरा यत्ति हो  र यसमा मेरो दोष कति भयो कति भएन आफै मूल्याकंन गर्नु होला। तिर्नु, बुझाउनु, सहनु पर्ने कुरामा म सधै राजी नै छु। इमानदारी पुर्वक आफ्नो पोजिसन क्लियर गर्दै म पटक पटक प्रेसलाई जवाफ दिन उभिएको छु, आम जनतालाई जवाफ दिन उभिएको छु, सार्वजनिक सुनुवाइमा उभिएको छु। यसरी आफू माथि प्रश्न उठ्दा कति नेता यसरी प्रेस र जनताको सामु उभिएका छन् होला ?

 

राज्यको निकायलाई झुक्याएको, कीर्ते गरेको जस्ता आरोप पनि आउलान्। तर प्रक्रिया नै यस्तै छ, गर्ने के ? म कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेर कम्पनी चलाउने सबैलाई यो कुरा बुझ्न समय पक्कै लागेन होला। हामीले कानुनी संरचना नै यस्तै बनाएका रहेछौँ। नेपालमा ‘गुडविल शेयर’ भनेर रकम जम्मा नगरी शेयर कायम हुने कानुनी प्रबन्ध नै छैन। र, फिर्ता गरेको शेयर पनि किनबेच भएको देखिनुपर्ने हुन आउछ।  विदेशमा यो सामान्य नै हुन्छ।

 

यो मामिलामा गुडविल शेयर लिने र फिर्ता गर्ने प्रक्रिया मिलाउन जे जति भए त्यो म कसैलाई दोष दिन्न। तर म सुरुदेखि नै आफ्नो कुरामा प्रष्ट छु, न गुडविल सेयर लिनका लागि मैले रकम हालेको थिएँ, न त्यो फिर्ता गर्दा नै कुनै रकम लिएको छु।

 

गोर्खा मिडियामा सेयर लगत कायम गर्न मेरो खाताबाट गएको ७५ लाख उनैबाट प्राप्त हो, मिडिया छाड्दा सेयर लगत हटाउन ‘पाएँ’ भनेर ल्याप्चे लगाएको १.८० करोड उनैलाई छोडेर गएको हो, मैले लगेको छैन। प्रमाणले पनि त्यही देखाउँछ।

 

 

भएको कुरा यत्ति हो। म मिडियामा हुँदा र मैले मिडिया छाड्दाको सेयर लगतको कुराले यो देशका हजारौँ सहकारी पीडितको मूल मुद्दा कतै नअलमलियोस् भन्नेमा सबैले ध्यान दिउँ। यो विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी संवेदनशील र प्रतिवद्ध छ।

 

आजको पत्रकार सम्मेलनले जति प्रश्नको जवाफ दियो त्यति नै  धेरै प्रश्नपनि जन्माएको छ, जसलाई हामीले हल गर्नै पर्छ। छ्लेर, भागेर, तोडेर मोडेर भन्दा यथार्थ कुरा भनेर समस्याको समाधान खोज्नु उपयुक्त लागेर यति लेखेको छु। एक सामान्य जीवन बाट आएको मान्छे कमजोरी अनेकौं छन् तर गल्ती नगर्ने प्रयास जारी छ।न्युजकारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।