काठमाडौं, १२ माघ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतलाई गणतन्त्र दिवसको शुभकामना दिएका छन ।
आज भारतले ७५ औं गणतन्त्र दिवस मनाईरहेको सन्दर्भमा ओलीले सो शुभकामना दिएका हुन ।
उनले हिन्दीमा शुभकामना दिदै भनेका छन, ‘समस्त भारतवासियों को ठछवें गणतंत्र दिवस की हार्दिक शुभकामनाएँ।न्युजकारखाना
मुम्बइ, १२ माघ ।
रणवीर कपूरको फिल्म एनिमल ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको छ ।
यस फिल्ममा बबी देओल, अनिल कपूर, रश्मिका मन्डन्ना र तृप्ति डिमरी मुख्य भूमिकामा छन्। एनिमल यी सबै कलाकारको करियरकै सबैभन्दा ठूलो फिल्म बनेको छ । किनभने यो फिल्मलाई भारतमा मात्र नभई विश्वभर नै मन पराइएको थियो । एनिमलमा रणवीर कपूर र बबी देओलको अभिनयको सबैभन्दा बढी तारिफ भएको छ ।
यस्तो अवस्थामा अब रणवीर कपुरले आफ्नो पारिश्रमिक निकै बढाएका छन् । मिडिया रिपोर्टका अनुसार रणवीर कपुरले फिल्म एनिमलका लागि ३० करोड भारु लिएका थिए तर अहिले उनले आफ्नो फिल्मको मूल्य दोब्बरभन्दा बढी बढाएका छन् । अङ्ग्रेजी वेबसाइट बलिउड हंगामाको समाचार अनुसार रणवीर कपुरले अब आफ्नो पारिश्रमिक ३० करोडबाट बढाएर ६५ करोड पुर्याएका छन् ।
तर, सञ्जय लीला भन्सालीको अर्को फिल्मको लागि उनले आफ्नो पारिश्रमिक भने त्यति धेरै लिएका छैनन । हालै सञ्जय लीला भन्सालीले आफ्नो अर्को फिल्म ‘लभ एन्ड वार’ को घोषणा गरेका छन् । यस फिल्ममा रणवीर कपुर, आलिया भट्ट र विक्की कौशल मुख्य भूमिकामा देखिने छन् । ‘लभ एन्ड वार’ सञ्जय लीला भन्सालीसँग रणवीर कपूर र आलिया भट्टको दोस्रो सहकार्य हुनेछ, जबकि विक्की कौशल पहिलो पटक फिल्म निर्मातासँग हात मिलाउँदैछन्।
यस घोषणासँगै दर्शकहरूमाझ थप जानकारीको अपेक्षा बढ्छ। यी तीनै कलाकारका फ्यान ‘लभ र वार’लाई लिएर निकै उत्साहित छन् ।न्युजकारखाना
रियाद, १२ माघ ।
साउदी अरबले राजधानी रियादमा आफ्नो पहिलो मदिरा पसल खोल्ने तयारी गरिरहेको छ ।
यो मदिरा स्टोरले गैर–मुस्लिम कूटनीतिज्ञहरूलाई विशेष रूपमा सेवा दिनेछ। योजनासँग परिचित स्रोतका अनुसार यस सम्बन्धमा एउटा दस्तावेज तयार गरिएको छ, जुन बाहिर पनि आएको छ ।
यो कागजातमा मदिरा किन्नका लागि ग्राहकले मोबाइल एप मार्फत दर्ता गरी विदेश मन्त्रालयबाट क्लियरेन्स कोड लिनुपर्ने उल्लेख गरेको जावा न्युजले दाबी गरेको छ। यद्यपि, ग्राहकहरूले सीमित मात्रामा रक्सी खरिद गर्न सक्नेछन्।
मासिक कोटाको पालनाः
कागजात अनुसार ग्राहकले मासिक कोटा अनुसार मात्र मदिरा खरिद गर्न सक्नेछन्। साउदी सरकारले भिजन २०३० नामक बृहत् योजनाअन्तर्गत यो कदम चालेको हो । उल्लेखनीय छ तेल श्रोतको ह्रासपछि अर्थतन्त्र निर्माण गर्न सरकारले भिजन २०३० योजना बनाएको छ ।
कूटनीतिक क्वार्टरमा स्टोर खोलिने
कागजातमा भनिएको छ कि नयाँ स्टोर रियादको कूटनीतिक क्वार्टरमा खोलिनेछ, जहाँ दूतावास र कूटनीतिज्ञहरू नजिकै बस्छन्। अहिले अन्य गैर–मुस्लिम आप्रवासीहरू यहाँ आउन सक्छन् वा छैनन् भन्ने स्पष्ट छैन। तपाईलाई भनौं कि साउदी अरबमा लाखौं आप्रवासीहरू बस्छन्। तीमध्ये अधिकांश एशिया र इजिप्टका मुस्लिम कामदारहरू छन्। आगामी साताभित्र पसल खुल्ने अपेक्षा गरिएको स्रोतले जनाएको छ ।
रक्सी पिउनेलाई कडा सजाय
रक्सी पसल खोल्ने निर्णयलाई क्राउन प्रिन्स मोहम्मद बिन सलमानले गरेका सुधारका उपायहरूसँग जोडिएको छ। यो निर्णयले साउदी अरबले रूढिवादी मुस्लिम देशको लेबल हटाउन चाहन्छ भन्ने विश्वास गरिन्छ। साउदी अरबमा मदिरा सेवन विरुद्ध कडा कानुन छ । यहाँ रक्सी पिउनेलाई कोर्रा हान्ने सजाय हुन्छ । तर, अहिले यसलाई जेल सजायले बदलेको छ ।न्युजकारखाना
काठमाडौं, १२ माघ ।
मंगल ग्रहमा पानी र जीवनको उपस्थिति पत्ता लगाउन वैज्ञानिकहरू निरन्तर प्रयासरत छन् ।
मंगल ग्रहमा पानीको बारेमा विभिन्न रिपोर्टहरू आएका छन् तर नयाँ अध्ययनले वैज्ञानिकहरूको लागि धेरै ढोका खोल्न सक्छ। यो खोजले मंगल ग्रहको भूमध्य रेखा नजिकको यो क्षेत्रमा बरफको सबैभन्दा ठूलो भण्डार रहेको देखाएको छ ।
सन् २००७ मा मार्स एक्सप्रेसले पहिलो पटक मेडुसे फोसिल फॉर्मेशन (एमएफएफ) परीक्षण गरेको लगभग १६ वर्षपछि वैज्ञानिकहरूले अन्तरिक्षयानको उन्नत मंगल ग्रह रडारको साथ यस क्षेत्रको पुनः भ्रमण गराएका थिए । सन २००७ र भर्खरको अनुसन्धान दुबै स्मिथ सोनियन संस्थानका वैज्ञानिक थोमस वाटर्सको नेतृत्वमा थिए।
उनका अनुसार नयाँ खोज अनुसार मंगल ग्रहमा जम्मा भएको पानी प्रारम्भिक अनुमान भन्दा धेरै रहेको बताए । यो सतह मुनि ३.७ किलोमिटर सम्म फैलिएको छ।
पृथ्वीको पानी लाल सागर जत्तिकैः वैज्ञानिक
हालैका अनुसन्धानका अनुसार मंगल ग्रहको सतहमुनि ठूलो मात्रामा बरफ जम्मा भएको छ । यदि यो बरफ पग्लियो भने मंगल ग्रहको सतह १.५ देखि २.७ मिटर गहिरो पानीमा डुब्न सक्छ। यो मंगल ग्रहको मेडुसा जीवाश्मा गठन क्षेत्रमा फेला परेको पानीको सबैभन्दा ठूलो भण्डार हुन सक्छ, जसमा पृथ्वीको लाल सागरको मात्रा बराबर पानी रहेको छ।
यस अध्ययनलाई मंगल ग्रहमा भएको सबैभन्दा महत्त्वपूर्ण पानी खोजको रूपमा हेरिएको छ। मंगल ग्रहमा रहेको यसको अग्ला चुचुराहरू रहेका छन, जुन सयौं किलोमिटरसम्म फैलिएको छ र धेरै किलोमिटर अग्लो रहेको छ। मंगल ग्रहको उच्च पहाडी र तराईको सिमानामा ठूलो मात्रामा धुलो छ।न्युजकारखाना
रौतहट, १२ माघ ।
झण्डै एकसाता पछि रौतहटको सदरमुकाम गौर स्थित प्रादेशिक अस्पतालको सेवा सुचारु भएको छ।
गत ७ गतेदेखी आन्दोलनरत स्वास्थ्यकर्मी डाक्टरको टोली र मधेस प्रदेश सरकारका स्वास्थ्य मन्त्रीबीच बिहीवार भएको सहमतिपछि अस्पतालको नियमित अपिडी लगायतको सेवा सुचारु भएको हो।
अस्पतालको तर्फ बाट ल्याब टेक्निसियण अनुठा राय यादवले एक सूचना जारि गर्दै सेवा सञ्चालन बारे सार्वजनिक गरेको छ। तलबको माग गर्दै डाक्टर आन्दोलित भएपछि एक सातादेखि अस्पतालको इमर्जेन्सी बाहेकको सम्पूर्ण सेवा बन्द रहेको थियो।
अस्पतालमा राजनीतिक हस्ताक्षेपको कारण लामो समयदेखि तलब भत्ता समेत नपाएको भन्दै गौर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले इमर्जी बाहेकका सम्पूर्ण सेवा ठप्प पारेका थिए ।
गत ६ गते अस्पताल सञ्चालन तथाव्यवस्थापन समितिका अध्यक्ष अनवर हासमिले पत्रकार सम्मेलन मार्फत नेपाली कांग्रेस मधेश प्रदेशका सभापति तथा मन्त्री कृष्णप्रसाद यादव लगायतको हस्तक्षेपका कारण अस्पतालको अवस्था दयनिय भएको सार्वजनिक गरेका थिए।
प्रदेशका कांग्रेस निकट मन्त्री र सांसदको राजनीतिक चलखेलको कारण विगत ६ महिनादेखि अस्पतालले विभिन्न समस्या भोग्दै आएको अध्यक्ष हासमिले बताएका थिए।
प्रादेशिक अस्पताल गौरमा कार्यरत ११ जना डाक्टरले विगत ७ महिनादेखि अन्य सुबिधा भत्ता र तीन महिनादेखिको तलब पाउन नसकेको कारण अस्पतालको इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरेको एकजना डाक्टर चन्दन सहनीले बताएका छन।
मन्त्री तथा नेताहरुको राजनीतिक हस्तक्षेपका कारण बाध्य भएर अस्पतालको इमर्जेन्सी बाहेकको सेवा बन्द गर्नुपरेको डाक्टर सहनीले जानकारी दिएका छन।
रौतहट क्षेत्र नं १ ‘ख’ का प्रदेश सांसद एवं प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादव, कांग्रेसकै स्वास्थ्य मन्त्री विरेन्द्र सिंह र रौतहट क्षेत्र नं १ ‘क’ का कांग्रेसका प्रदेश सांसद नागेन्द्र साहले अस्पतालमा राजनीति करण गरिरहेको कारण यस्तो अवस्था भएको अध्यक्ष हासमिले बताएका छन।
अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट संजीव कुमार सिंह हुँदा हुँदै मन्त्री कृष्ण यादव र प्रदेश सांसद नागेन्द्र साहको दबावमा स्वास्थ्य मन्त्री विरेन्द्र सिंहले पहिलाका मेडिकल सुपरिटेन्डेण्ट कृष्ण प्रसाद साहलाई पठाएर अनावश्यक विवाद गराएको गत ६ गतेको पत्रकार सम्मेलनमा हासमिले प्रस्ट पारेका थिए।
अहिले मेडिकल सुपरिटेन्डेण्ट संजीव र कृष्ण गरी दुई जना कार्यालय प्रमुख कार्यरत छन् र दुवैबीच चर्को विवाद रहेको छ । मेडिकल सुपरिटेन्डेण्ट कृष्ण साहलाई फिर्ता गर्न स्वास्थ्य मन्त्री सिंहलाई पटक पटक आग्रह गरेपनि मन्त्री यादव र प्रदेश सांसद साहको दबावका कारण उनले फिर्ता पठाउन नमानेको अध्यक्ष हासमिले बताए ।
संजीव सिंह एघारौ तह र कृष्ण साह दशौ तहका कर्मचारी हुन । सिंह सिनियर कर्मचारी रहेकोले मेडिकल सुपरिटेन्डेण्टको अख्तियारी दिनुपर्ने अध्यक्ष हाशमीको माग छ ।न्युजकारखाना
रौतहट १२ माघ।
रौतहट र बारामा नियमनकारी कुनै निकायबाट नियन्त्रणको पहल नहुँदा हजारौँ युवाहरु लागुऔषध गाँजाको कुलतमा फस्दै गएका छन्।
जथाभावी लागुऔषध गाँजाको प्रयोगले माबि देखि उच्चतहका शिक्षा अध्ययन गरिरहेका हजारौं युवाहरूको भबिस्य अन्यौल हुँदै गएको हो । विद्यालय तथा क्याम्पस जाने उमेरमा अधिकांस युवाहरु अन्य काम छोडेर गांजा खानमा पल्केपछी उनीहरुको भविस्य अन्यौल तर्फ धकेलिंदै गएको जानकारहरू बताउँछन् ।
रौतहटको मध्यभाग कटहरिया नगरपालिका अन्तर्गत एक दुई गाउँ होइन अधिकांश गाउँका युवाहरु चोरी छिपी बिहानै बेलुकी गांजा तान्ने गरेका छन् । केहीले चुरोटमा राखेर केहि चिलममा राखेर गाँजा तान्ने गर्दछन् । पढेलेखेका शिक्षीत तथा आधुनिक युवाहरु मिनरल वाटर पानीको बोतलमा वा अन्य पलास्टिकको बोतलमा फलामको पाईप जोडेर गाँजा खाने गरेका छन् ।
यसरी पानीको बोतल अथवा अन्य बोतल प्रयोग गरि गाँजा खाने बिधिलाई उनकै भाषामा वाटरगन भन्ने गर्दछन । प्रत्येक दिन बिहान र साँझ प्रायः कटहरिया स्थित माध्यमिक बिधालय वरिपरि, बिधालय छेउ पोखरीको डिलमा,र लालबकैया नदिको पुल तथा नदिको बांध माथी, तथा गाँउमा जहाँ निःशुल्क वाईफाई चलेको छ युवाहरुको चहलपहल हेर्न सकिन्छ ।
उक्त युवा समुहमा अधिकांशले चुरोट सल्काएर खान्छन् । उनिहरुले प्रयोग गर्ने अधिकांश चुरोटमा गांजा हुनेगरेको एकजना युवाले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिएका छन । त्यसैगरी चिलम र वाटरगनमा युवाले गाउँ घरमै लुकिछिपी खाने गर्दछन । यसरी लागुऔषध गांजाको प्रयोग पहिले पहिले साधुजोगी र बुढापाखाले मात्र गर्दथे ।
कोरोना कालमा सरकारले गरेको लकडाउन पछि कटहरिया, गरुडा, फातुवा विजयपुर, देवाहि गोनाहि, गुजरा, बृन्दाबन,बाराको आदर्श कोतवाल लगायत दर्जनौं स्थानीय तहका युवाहरू गांजाखान पल्केका छन । एकपटक गाँजा खान सुरु गरेपछि युवाहरू दिनदिनै गाँजाको अमली हुन थालेका छन । तर स्थानीय प्रहरी जनप्रतिनिधि लगायत कुनै निकायले नियन्त्रणको लागि पहल गरेको देखिएन ।
कोरोनाको प्रकोप बढेपछि नियन्त्रण गर्न सरकारले नेपालमा पहिलो पटक २०७६ चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो । सो समय गाउँ घरमा कसै कसैले गांजा खायो भन्ने कोरोना भाईरसले केही बिगार्दैन भ्रम फैलाए सँगै स्थानीय युवाहरु गाँजा खान आकर्षित भएको एकजना जानकारले बताएका छन ।
त्यतिमात्र नभई दिनभरि गाँजा खाएर बस्ने युवाहरुले पैसाको जोहो गर्न ससाना चोरीका घटना देखि विभिन्न अपराधिक क्रियाकलापमा लागिरहेको कटहरिया ४ का वडा युवा अध्यक्ष चन्दन कुशवाहाले बताएका छन। युवाहरु भने झन्झन् गांजा खान अर्थात लागुऔषध सेवनकर्ता तथा अपराधिक क्रियाकलापमा लागेपछि समाजको लागि ठुलो चिन्ताको बिषय बनेको वडा अध्यक्ष कुशवाहाले दुःख ब्यक्त गरेका छन ।
केही तस्करले तस्करीमार्फत मकवानपुर जिल्लाको विभिन्न ठाउँबाट रौतहट र बारा जिल्लाको अधिकांश गाउँ बजारमा गाँजा ल्याउने गर्दछन् । यसरी ल्याइएको गांजा रौतहट र बाराको अधिकांश बजारका पान पसल, ससाना किराना पसलमा सहजै सहजै खरिद गर्न पाईने हुनाले सो क्षेत्रमा लागुऔषध गाँजा प्रयोग गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
त्यस्ता पसलमा गएर गाँजा खानेहरुले ५० वाला दिनुस भनेर कोड भाषामा भनेर पैसा दिएपछि एउटा पुडिया गाँजा पाउने गरेको प्रत्यक्षदर्शीले बताएका छन।
बर्षौंदेखिको यो बिकृती रोक्न नियमनकारी निकाय तथा युवाका अभिभावकले पनि ध्यान दिएको पाईंदैन ।
सुर्या अस्पताल बिरगंजका बरिस्ठ डाक्टर सरोज सिंहका अनुसार युवा अबस्थामा नियमित गाँजा सेवनले सम्पुर्ण शरीरनै प्रभावित हुने गर्दछ । बिस्तारै स्मरण शक्ति कम्जोर हुने, हाई ब्लड प्रेसर ,मुटुरोग, फोक्सो, पेटमा क्यान्सर हुने र मानसिक अवस्था बिग्रेर अल्पायु मै मृत्यु हुने डाक्टर सिंहले जानकारी दिएका छन ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले युवाहरूलाई कुलतबाट जोगाउन प्रहरी आफ्नो हिसाबले लागिरहेको बताउँछन्।
गाँउ गाँउमा विद्यालयमा साझेदारी प्रहरी कार्यक्रम अन्तर्गत चेतनामुलक कार्यक्रम समेत संचालन भएको छ।
कैयौं युवालाई प्रहरिले नियन्त्रणमा लिदा हारगुहार गरेर कार्वाही गर्न नदिएर स्वयं अभिभावकले जिम्मामा लानेगरेको एसपी श्रेष्ठले बताएका छन। यस्तो कुलत बाट युवा तथा आफ्ना बालबालिका लाई छुटाउन प्रहरीका साथै अभिभावकले समेत भूमिका खेल्नुपर्ने एसपी श्रेष्ठको भनाई रहेको छ।न्युजकारखाना

काठमाडौ, माघ १२ ।
नेपाल राष्ट्र बैंकले शरक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलरको भाउ आज एक पैसाले घटेको छ ।
जसअनुसार शुक्रबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रूपैयाँ २९ पैसा कायम गरिएको छ ।
यसअघि बिहिबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७० पैसा र बिक्रीदर १३३ रूपैयाँ ३० पैसामा कारोबार भएको थियो ।
यसैगरी आज ११ पैसाले बढेको छ । बिहिबार युरो एकको खरिदमा १४४ रूपैयाँ ४९ पैसा र बिक्रीमा १४५ रूपैयाँ १४ पैसा कायम गरिएको छ ।
बिहिबार भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ६० पैसा र बिक्रीमा १४५ रूपैयाँ २६ पैसा तोकिएको थियो।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको शुक्रबार खरिददर १६८ रूपैयाँ ८७ पैसा र बिक्रीदर १६९ रूपैयाँ ६३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ४३ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८२ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ २५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६९ पैसा कायम गरिएको छ ।
यता, जापानी येन १० को खरिददर ८ रूपैयाँ९९ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ५१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९३ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९७ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २८ रूपैयाँ ०४ पैसा र बिक्रीदर २८ रूपैयाँ १७ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ३७ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ३२ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ५८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।न्युजकारखाना
मुम्बई, १२ माघ ।
ऋतिक रोशनको फिल्म ‘फाइटर’ ठूलो पर्दामा आएको छ ।
समीक्षकदेखि दर्शकसम्म फिल्मको तारिफ भइरहेको छ । फाइटरमा ऋतिक रोशन र दीपिका पादुकोणको एक्शन निकै रुचाइएको छ । फाइटरको अग्रिम बुकिङले पनि राम्रो प्रतिक्रिया पाएको थियो ।
यसैबिच, अब ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपुर अभिनित यस फिल्मको पहिलो दिनको बक्स अफिस कलेक्शन सार्वजनिक भएको छ । जसमा फाइटरले पहिलो दिनमा राम्रो सुरुवात गरेका छन् । तर, २०२३ का धेरै ठूला फिल्मको तुलनामा फाइटरको ओपनिङ भने सानो रहेको छ ।
सैकनिल्ककाअनुसार ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपुरको फिल्म फाइटरले पहिलो दिन २५ करोडको ओपनिङ गरेको छ । यी वर्तमान अनुमानित तथ्याङ्क हुन्, जुन भविष्यमा परिवर्तन हुन सक्छन् ।
तर, यस्तो अवस्थामा ऋतिक रोशनको अघिल्लो एक्शन फिल्म वार र ब्याङ ब्याङको तुलनामा फाइटरको ओपनिङ सानो मानिएको छ । किनभने, वारले पहिलो दिन ५३ करोडको ओपनिङ गरेको थियो भने बैंग ब्याङले पहिलो दिन २७ करोड कमाएको थियो ।
फाइटर अघि सिद्धार्थ आनन्दले निर्देशन गरेका पठानले पहिलो दिन बक्स अफिसमा ५० करोडभन्दा बढीको ओपनिङ गरेको थियो ।न्युजकारखाना
बामाको, १२ माघ ।
मालीमा सुनखानी भत्किदा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७० पुगेको छ ।
मालीका एक अधिकारीका अनुसार सुन खानी भत्किँदा भएको दुर्घटनामा परी अहिलेसम्म ७० भन्दा बढी कामदारकाे मृत्यु भएको पुष्टी गरिएकाे छ । उनका अनुसार मृतकको संख्या बढ्न सक्ने डरका बीच खोजी कार्य जारी राखिएको छ ।
माली सरकारको राष्ट्रिय भू-विज्ञान र खानी निर्देशनालयका एक वरिष्ठ अधिकारी करिम बर्थेका अनुसार सो खानीमा अझै खोजी कार्य जारी राखिएको छ र मृतकको संख्या बढन सक्ने भन्दै डरै डरमा खाेजी कार्य जारी राखिएकाे छ ।
‘यो तुरुन्तै स्पष्ट हुन सकेको छैन कि सो खानी के कारणले भत्किएको थियो, त्यसको कारण पत्ता लगाउने कोशिश पनि गरिरहेका छौ’ उनले भने । गत मंगलबार खानी मन्त्रालयको बयानमा नै भनिएको थियो कि धेरै सुनखानीका कामदारहरूको मृत्यु भएको अनुमान गर्न सकिन्छ । दक्षिण पश्चिमी कौलिकोरो क्षेत्रको कांगाबा जिल्लामा यो खानी भत्किएको हो ।
अफ्रिकाको तेस्रो ठूलो सुन उत्पादन गर्ने देश मालीमा यस्ता दुर्घटनाहरू सामान्य मानिदै आएका छन्। खानीहरूमा काम गर्ने कामदारको सुरक्षा उपायहरूलाई बेवास्ता गरेको आरोप लगाईदै आएको छ । विशेष गरी दुर्गम क्षेत्रहरूमा भएका सुन खानीमा कामदारका लागि कुनै सुरक्षा ब्यवस्था गरिएको हुदैँन, जसका कारण अन्तराष्ट्रिय श्रमिक संगठनहरूले त्यसको आलोचना गर्दै आएका छन ।
‘राज्यले भविष्यमा यस प्रकारका दुर्घटनाहरूबाट बच्न यस कारीगरी खानी क्षेत्रमा सुरक्षा व्यवस्था ल्याउनै पर्छ,’ बर्थेले भने। खानी मन्त्रालयको विज्ञप्ति जारी गरी सो दुर्घटना प्रति गहिरो शोक ब्यक्त गरेको छ । खानी कामदारहरू साथै खानी साइटहरू नजिक बसोबास गर्ने समुदायहरूलाई सुरक्षा आवश्यकताहरूको पालना गर्नसमेत मन्त्रालयले आग्रह गरेको भ्वो न्युजले जनाएको छ ।न्युजकारखाना