२०८३ बैशाख ३१
२०८३ बैशाख ३१

काठमाडौं, १२ माघ ।

नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा स्थान पक्का गरेको हो।

अफगानिस्तानले  दिएको १४६ रनको लक्ष्य नेपालले ९ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा गर्‍यो।

नेपालको जितका लागि कप्तान देव खनालले ५८ रनको योगदान दिए। ७ चौका प्रहार गर्दै उनले ५८ रनको योगदान दिएका हुन्।

अर्का ब्याटर दीपक बोहराले २७ रन बनाए। ४ चौका प्रहार गरेका दीपकले ४२ बलको सामना गर्दै २७ रन जोडेका थिए।

नेपालले ओपनर अर्जुन कुमाललाई १०, तेस्रो नम्बरका गुलशन झालाई १ र विपिन रावललाई २ रनमा गुमाएको थियो ।

नेपालले अफगानिस्तानलाई ४०.१ ओभरमा अल आउट गरेको थियो। नेपालका तर्फबाट आकाश चन्दले अफगानिस्तानका महत्वपूर्ण पाँच विकेट लिए। यसैगरी दिपेश कँडेलले २, गुल्सन झा तथा तिलक भण्डारीले १-१ विकेट लिएका थिए।

टस जितेको अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। न्युजकारखाना

काठमाडौँ, १२ माघ ।

अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । जारी यू-१९ विश्वकपअन्तर्गत समूह डी को समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको हो ।

 

टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा अलआउट हुँदै १५० रन बनाएको थियो ।

 

अफगानिस्तानका लागि एएम घजानफरले सर्बाधिक ३७ रन बनाएका थिए भने कप्तान नासीर खानले ३१, हसन एसाखिलले २० तथा फरिदुन दाउदजाईले २९ रन बनाएका थिए । अफगानिस्तानले एक समय ८८ रनमा ८ विकेट गुमाएकोमा नवौं विकेटका लागि फरीदून दाउदजाइ र कप्तान नासिर खानले ५५ रनको साझेदारी गरेका थिए ।

 

त्यसैगरी नेपाली बलर आकाश चन्दले सर्बाधिक ५ विकेट लिएका थिए भने दिपेश कँडेलले २ तथा गुलशन झा, सुबास भण्डारी र तिलक भण्डारीले एक एक विकेट लिएका थिए ।न्युजकारखाना

सप्तरी, १२ माघ ।

कञ्चनरुप नगरपालिका-७ आदर्श टोलबाट अवैध लागूऔषध गाँजा ८ किलोसहित तिलाठी कोईलाडी गाउँपालिका-६ बस्ने ३१ वर्षीय सचिन यादव समेत २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले को.२५ प ७०२४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।न्युजकारखाना

 

काठमाडौं, १२ माघ ।

परराष्ट्रमन्त्री एनपी साउदले आगामी वैशाखमा हुने लगानी सम्मेलनका लागि नेपालले गृहकार्य गर्नुपर्ने बताएका छन्। मन्त्री साउदले नयाँ बानेश्वरस्थित होटल एरेस्टमा शुक्रबार आयोजित ‘अवार्ड फर एक्सेलेन्स’ कार्यक्रमलाई सम्बोधन गर्दै लगानीमैत्री वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याउँदै थप गृहकार्य आवश्यक रहेको बताएका हुन्।

उनले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा लगानीमैत्री वातावरण बनाउन आवश्यक छ। आन्तरिक पनि बाह्यरुपमा पनि हामीले लगानीको वातावरण बनाउनुपर्दछ। आन्तरिक रुपमा हाम्रा जति पनि लगानीकर्ताहरु छन्, उनीहरूलाई अझ बढी लगानी गर्न र नेपालमै लगानी गरी प्रतिफल हात पार्न सकिन्छ भन्‍ने सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक छ।’

मन्त्री साउदले आर्थिक कूटनीतिलाई पनि तीव्रता दिनका लागि काम गरिरहेको बताएका छन्। थपे, ‘लगानी सम्मेलनका लागि परराष्ट्रमन्त्रीको हैसियतले आर्थिक कूटनीतिको पाटो महत्वपूर्ण छ र यसका लागि हामीले काम गरिरहेका छौं।’

उनले विदेशीलाई आकर्षित गर्नका लागि लगानीमैत्री वातावरण बनाउन लगानीसम्बन्धी नीतिमा भएका सुधारहरु देखिने गरी बुझाउन पनि आवश्यक रहेको बताएका छन्। भने, ‘कुनै पनि लगानी सम्मेलन नेपालमा हुनुभन्दा अगाडि हाम्रो लगानी नीतिमा विदेशीलाई आकर्षित गर्नका लागि लगानीमैत्री वातावरण बनाउन के-के सुधार गर्न सक्यौं, त्यो कुरोचाहीँ पहिले प्रस्तुत हुन आवश्यक छ। त्यो काम जति चाँडो हामीले गर्न सक्छौं, त्यो मोडल लिएर हामीले यी-यी कुराहरु गर्न सक्यौं भनेर बाह्य लगानीकर्ताहरुलाई भन्‍नसक्छौं- तपाईंहरु आउनुस्, त्यसको प्रतिफल पनि आफ्नो देशमा सुरक्षित लैजान सक्‍नुहुन्छ।’

मन्त्री साउदले नेपालमा गर्ने लगानी पनि प्रतिफलमुखी हुने, फाइदा हुने र पुन:लगानी गरेर त्यसो नाफालाई आफ्नो देशमा लैजान सुरक्षा दिन सकिन्छ भन्‍ने प्रत्याभूति दिलाउन सक्नुपर्ने बताउका छन्। भने, ‘यो काममा सरकारको मन्त्रिमण्डलको तर्फबाट परराष्ट्रमन्त्रीको तर्फबाट म पनि आफ्नो किसिमले कोशिस गर्छु, लगानी बोर्ड र अन्य निकायहरुले पनि विशेष गरेर लगानी सम्मेलनका लागि काम गरिरहनु भएको छ। लगानीको लगानीमैत्री ढाँचा आइसकेपछि अनि त्यो सम्मेलनको प्रभावकारिता बढ्छ। लगानीमैत्री वातावरण बनाउन सकेनौं भने ‘ठूला’ मान्छेहरु आउँछन्, हात मिलाउँछन् र जान्छन्। हामीले लगानीका क्षेत्रमात्रै पनि पहिल्याउन सकेनौं भने पनि त्यो सम्मेलन रिट्रिट मात्रै हुन्छ, परिणाम हात पार्न सक्दैनौं। यसमा संवेदनशील भएर हेर्नुपर्ने र विचार पुर्‍याउनुपर्ने मैले देखेको छु।’न्युजकारखाना

काठमाडौं, १२ माघ ।

विशेष अदालत काठमाडौंले सेवाग्राहीसँग घुस लिएको भन्दै ताप्लेजुङ मालपोत कार्यालयकी तत्कालीन अधिकृत पनेरु महतलाई भ्रष्टाचारी ठहर गरेको छ।

शुक्रबार विशेषका न्यायाधीशहरू टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासलेले अधिकृत पनेरुले सेवाग्राहीसँग घुस लिएको ठहर गरेको हो।

घुस लिँदालिँदै पक्राउ परेकी महतलाई अख्तियारले २०७९ असार २४ गते विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।

जग्गा नामसारी गरिदिए बापत उनले घुस लिँदा फुङ्लिङको एक घरबाट रंगेहात पक्राउ परेकी थिइन्। विशेषले त्यही मुद्दामा प्रतिवादी बनाएको भनावना महतलाई भने सफाइ दिएको छ।न्युजकारखाना

सर्लाही, १२  माघ ।

सर्लाहीको बलरा नगरपालिका–४ बलरा गोठमा रहेको एक घरमा शुक्रबार बिहान ग्यास फड्किएको छ। सहारा ग्यासको सिलिन्डर विस्फोट हुँदा एकतले घरको ६ कोठमा क्षति पुगेको छ।

स्थानीय अख्तर हुसेनको घरमा खाना पकाउने क्रममा सिलिन्डर पड्किँदा क्षति भएको प्रहरीले जनाएको छ। सिलिन्डरमा आगो लागेपछि घरका सबै परिवार घरभन्दा बाहिर भागेकाले मानवीय क्षति हुनबाट जोगिएको छ।

ग्यास सिलिन्डर पड्किँदा घरसहित घरमा रहेका खाद्यान्न सामग्री, लत्ताकपडा र फर्निचरसमेत क्षति पुगेको छ।न्युजकारखाना

काठमाडौं, १२ माघ।

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक इकाईहरूको भ्रमण गरेका छन्।

शुक्रबार मन्त्री खड्काले नेपाली सेना बहुव्यवसाय उद्योग (जुत्ता कारखाना), सुन्दरीजल आर्सनल कार्यालय र मिनरल वाटर प्लान्टको भ्रमण गरेका हुन्।

मन्त्री खड्कालाई प्रधानसेनापति प्रभुराम शर्माले सुन्दरीजलस्थित नेपाली सेना बहुव्यवसाय उद्योग परिसरमा स्वागत गर्दै नेपाली सेनाको बन्दोबस्ती क्षमता अभिवृद्धिमा उद्योगहरूको भूमिकाबारे बताए।

भ्रमणका अवसरमा मन्त्री खड्काले बहुव्यवसाय उद्योग (जुत्ता कारखाना), आर्सनल कार्यालय र मिनरल वाटर प्लान्टबाट हुने उत्पादन, इकाईहरूको सञ्चालन, व्यवस्थापन, वर्तमान अवस्था र भावी योजनाबारे जानकारी लिएका थिए।

भ्रमणका क्रममा स्वदेशमा नै उद्योगहरूबाट सेनाका लागि आवश्यक बन्दोबस्ती सामग्रीहरूको गुणस्तरीय ढंगबाट उत्पादन हुनु सेनाको बन्दोबस्ती क्षमता अभिवृद्धिको दिशामा उल्लेखनीय विषय भएको धारणा व्यक्त गर्दै उनले नेपाली सेनाको आत्मनिर्भरता वृद्धि गर्दै लैजानु जरुरी भएको बताए। भ्रमण क्रममा रक्षा सचिव, रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो।न्युजकारखाना

माघ १२ वीरगञ्ज ।

नेकपा एकिकृत समाजवादी निकेट समाजवादी प्रेस संगठन नेपाल पर्साको विशेष अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

 

शुक्रबार वीरगञ्जमा सम्पन्न विशेष अधिवेशनले शम्भु कुमार सुमनको अध्यक्षतामा समाजवादी प्रेस संगठन पर्साको १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसअनुसार संगठनको उपाध्यक्षमा हरिशंकर शर्मा, महिला उपाध्यक्षमा रमा थामी, सचिवमा विनोद पटेल, सह–सचीवमा श्याम सर्राफ र कोषाध्यक्षमा संतोष साह रहेका छन् ।

 

यस्तै सदस्यमा दिपु वर्णवाल, श्याम पासवान, दिपु बर्णवाल, प्रदिप साह, धर्मेन्द्र प्रसाद यादव, जितेन्द्र यादव, राजु साह, रन्जिता कलवार, सरोज पटेल, अमोद शर्मा, श्रवण साह, राधेश्याम पटेलपनि सर्वसम्मत चयन भएका छन् ।

 

संगठन केन्द्रिय सदस्य एंव पर्साका निवर्तमामन अध्यक्ष मनोज पटेलको अध्यक्षता तथा संगठनका केन्द्रिय अध्यक्ष बिश्वमणी सुबेदीको प्रमुख आतिथ्यतामा भएको जिल्ला सम्मेलनमा नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापा, वीरगञ्ज महानगर अध्यक्ष मनोज चौधरी, संगठनका केन्द्रिय महासचिव रामकुमार एलन, उपमहासचिवद्वय लेखनाथ सिकारु र प्रतिज्ञा बुढामगर, सचिवद्वय बृजलाल पासवान र नेपोलियन चेपाङ, केन्द्रिय सचिवालय सदस्य रेविन्द्र कार्की लगायतकोपनि उपस्थिती रहेको थियो ।न्युजकारखाना

 

महाेत्तरी, १२ माघ ।

महोत्तरीको चुरे क्षेत्र राईमण्डलको पर्यटकीय सम्भाव्यता अध्यन गर्न मन्त्रालयले बिज्ञ टोली पठाउने भएको छ ।

 

बर्दिवास उधोग बाणिज्य संघ, होटल तथा पर्यटन व्यवसायी संघ, स्थानीय पत्रकारसँग भएको छलफलमा तत्कालै अध्यन टोली पठाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आश्वासन दिएका हुन् ।

 

उक्त छलफलमा मन्त्री किरातीले राईमण्डलकाे सम्भाब्यता अध्ययन पछि आवाश्यक बजेट समेत विनियोजित गर्ने बताएका छन् ।

 

डा. गुड्रन कर्विन्सले अध्ययन गरेको राईमण्डल क्षेत्रमा नै रहेको मध्यपाषण युगको हतियार कारखानाको थप अध्यन गर्न र पर्यटकीय सम्भावानाको प्रारम्भिक अध्ययन गर्न जरुरी भएको मन्त्री किराँतीले बताए ।

 

अध्ययन टोलीको प्रतिबेदनअनुसार बजेट विनियोजन गरेर बर्दिवासमा रहेको प्राचिन र प्राकृतिक पर्यटन प्रर्वद्वन गर्न आफु तयार रहेको उनकाे भनाई छ ।

 

छलफल पछी महोत्तरी क्षेत्र न. १ का पुर्व सांसद समेत रहेका गिरिराजमणि पोखरेलले मन्त्री किरातीसँगको भेटघाट निक्कै फलदायी भएको बताए । निर्वाचनमा पराजित भएतापनि घोषणापत्रमा राइमण्डललाई पर्यटकीय क्षेत्र बनाउने उदघोष गरेको बताउँदै सो प्रतिबद्दता अहिले पनि सम्झिराखेको नेता पोखरेलले बताए ।

 

यता मन्त्री किरातीले अध्ययन टोली पठाउने बताए पछि उधोगी र पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । छलफल आशजाग्दो भएको बताउदै उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले राईमण्डल पर्यटकीय हवको रुपमा बिकास हुने बिस्वास ब्यक्त गरेका छन ।

 

त्यस्तै होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्कीले होटल हव, शैक्षिक हवको रुपमा विकास हुदै गएको बर्दिवास अब मधेशकै पर्यटन हब बन्न सक्ने आशा पलाएको बताए ।

 

छलफलमा माओवादी केन्द्रका युवा नेता गणेश बस्नेत, उधोग बाणिज्य संघ बर्दिवासका महासचिव उत्तम कुमार श्रेष्ठ, उपाध्यक्ष सन्तोष सिग्देल, नाटा मधेश प्रदेशका माहासचिव सुदर्सन काफ्ले, स्थानीय पत्रकार बिशाल बस्नेतलगायतको उपस्थिति रहेको थियो ।   न्युज कारखाना

काठमाडौं, १२ माघ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारीलाई प्रहरीले कुटेको बारेमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ।

घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक वक्तव्य जारी जनाए।

मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यामन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य छन्।न्युजकारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।