२०८३ बैशाख २३
२०८३ बैशाख २३

मुम्बई, १६ माघ  ।

फ्यानहरु अल्लु अर्जुनको फिल्म पुष्प २ को ब्यग्र प्रतिक्षामा रहेका छन् ।

 

यो फिल्म अगस्ट १५ मा हलमा रिलिज हुने तयारीमा रहेको छ । अल्लु अर्जुनकोा यो फिल्मबाट फ्यानहरुले धेरै नै अपेक्षा गरेका छन् । पुष्पाको पहिलो पार्टले बक्स अफिसमा यस्तो हलचल मचाएको थियो, त्यसपछि यसको दोस्रो पार्टलाई लिएर उत्साह बढेको छ ।

 

साथै, निर्माताहरूले फिल्मको बारेमा केहि अपडेटहरू दिइरहेका छन् जसका कारण फिल्म थप चर्चामा रहेको छ। पुष्पा–२ पछि पनि अल्लुले धेरै फिल्मबाट फ्यानलाई मनोरञ्जन दिनेछन् । उनीसँग अहिले धेरै परियोजनाहरू रहेको खबर बाहिर आएको छ ।

 

पुष्पा २ पछि अल्लु अर्जुन त्रिविक्रम श्रीनिवासको ‘एए २२’ मा देखिने छन् । यस फिल्ममा उनीसँगै त्रिशा मुख्य भूमिकामा देखिने छिन् । अल्लु अर्जुनको यो सूची यहाँ मात्रै समाप्त हुँदैन। भारतीय समाचार माध्यमकाा अनुसार उनी जवानका निर्देशक एटली कुमारसँग पनि काम गर्न लागेका छन् । यद्यपि, यो फिल्मको बारेमा आधिकारिक घोषणा भने अझै गरिएको छैन, जे होस अल्लु अर्जुन एटलीकुमारसँग देखिने लगभग पक्का जस्तै छ ।

 

समाचार अनुसार अल्लु अर्जुनले यसै वर्षको अन्त्यमा निर्देशक बोयापति श्रेणुसँग फिल्मको सुटिङ सुरु गर्न लागेका हुन् । उनले नै नयाँ फिल्मका बारेमा सहकार्य गर्न लागेको जनाएका छन । तर, यो फिल्मको बारेमा अहिलेसम्म कुनै घोषणा भने गरिएको छैन ।

 

पुष्प २ काउन्टडाउन सुरु
अब पुष्प २ रिलिज हुन २ सय दिन बाँकी छ । योसँगै फिल्मको चर्चालाई कायम राख्न निर्माताले नयाँ चाल सुरु गरेका छन् । उनले फिल्मको काउन्टडाउन सुरु गरिसकेका छन् । योसँगै एक पोस्टर पनि शेयर गरिएको छ । जसमा २ सय दिनमा काउन्ट डाउन सुरु भएको लेखेका छन ।

पुष्प २ को स्टारकास्टको कुरा गर्दा अल्लु अर्जुनसँगै रश्मिका मन्डन्ना र फहद फासिल महत्वपूर्ण भूमिकामा देखिनेछन् । जसलाई सुकुमारले निर्देशन गरेका हुन् ।न्युजकारखाना

पेरिस, १६ माघ ।

फ्रान्सेली किसानहरूले मुख्य शहरका राजमार्गहरु अबरुद्ध गरेका छन् ।

 

मुद्रास्फीति र सस्तो आयातबाट प्रतिस्पर्धाको चिन्तालाई लिएर सरकारसँग असन्तुष्ट किसानहरुले मुख्य राजमार्गमा ट्र्याक्टर राखेर अबरुद्ध गरे पछि दैनिक जनजीवन कष्टकर बनेको छ । जुन आन्दोलनका कारण फ्रान्सको राजधानी पेरिस वरपरका प्रमुख राजमार्गहरू अवरुद्ध भइरहेको छन ।

 

केही दिन देखी  फ्रान्सेली किसान प्रदर्शनकारीहरूले राम्रो पारिश्रमिक र थोरै वातावरणीय नियमहरूको माग गरिरहेका छन्, जाे नहुदाँ तिनीहरूको जीविकोपार्जनलाई नै असर गरिरहेको उनीहरुले जनाउँदै अाएका छन् ।

 

सोमबार आन्दोलनरत किसानहरूले पेरिसको महत्त्वपूर्ण सडकका आठ चोक पोइन्टमा अबरुद्ध गरेका थिए । ‘हामीलाई जवाफ चाहिन्छ,’ दक्षिणपश्चिमी लोट एट गारोनकी किसान करिन डकले भनिन् । उनी पेरिसतर्फ जाने ट्र्याक्टरहरूको जुलुसमाा सहभागी भएकी थिइन । र, स्थानिय मिडियाबाट सरकारका बिरुद्ध खुलेर असन्तुष्टी जाहेर गरेरहेकी थिइन ।

 

‘यो खेतीका लागि किसानहरुको अन्तिम लडाइ हो। यो बाँच्नका लागि पनि प्रश्न हो,’ उनले भनिन ।

 

यसैबिच, मुल्य वृद्धिबाट बच्न सावधानी अपनाएको सरकारले कृषि डिजेलमा दिइने अनुदान घटाउने योजना बिस्तारै खारेज गर्दै वातावरणीय नियमलाई सहज बनाउने वाचा गरेको छ । सरकारले यो पनि भनेको छ कि यसले आफ्नो युरोपेली संघका साथीहरूलाई बाँझो खेती जग्गामा नियमहरू सहज बनाउन सहमत हुन दबाब दिनेछ।

 

युरोपियन युनियका अनुदानहरू प्राप्त गर्नका लागि कृषकहरूले निश्चित सर्तहरू पूरा गर्नुपर्नेछ, जस्तो कि प्रकृति पुनः प्राप्ति गर्न सक्ने गैर उत्पादक क्षेत्रहरूमा ४ प्रतिशत खेतीयोग्य जमिन छुट्याउनु पर्ने आवश्यकता समेत समावेश गरिएको छ।

 

तर कृषक संगठनहरूले योजनालाई अझ अगाडि बढाउनु पर्ने बताएका छन्। ‘यस चरणमा, हामी के चाहन्छौं भने सरकार माथी अझ दबाब बढाउनु हो,’ प्रभावशाली किसान युनियनका प्रमुख अर्नाउड रुसोले स्थानिय मिडियासँग भनेका छन ।

 

‘त्यसैले हामी पेरिसबाट ३० किलोमिटर सम्म पेरिस छिर्ने सबै मुख्य राजमार्गहरू अवरुद्ध गर्नेर्छौ,   हाम्रो उद्देश्य सरकारलाई दबाब दिनु हो ताकि हामी चाँडै संकटबाट बाहिर निस्कने उपाय खोज्न सकौं,’ उनले भने । न्युजकारखाना

न्युयोर्क, १६ माघ ।

पहिलो पटक मानव मष्तिष्कमा चीप हालिएको छ ।

 

एलन मस्कको न्यूरालिंकले पहिलो पटक गरे मानव मस्तिष्कमा ब्रेन चिप प्रत्यारोपण गरेकाे हाे ।

स‌सारमा नै पहिलो पटक मस्कको कम्पनी ‘न्यूरालिङ्क’ले मानव मस्तिष्कमा चिप जडान गरेर नयाँ तहल्का मच्चाएको हो । जसका कारण टेस्ला र टविटरकाा मालिक एलन मस्क आफ्नो नयाँ कम्पनी न्यूरालिङ्कको साथ एकपटक फेरि चर्चामा आएका छन्।

 

उनको स्टार्टअप  ‘न्यूराेलिङ्क’ ले पहिलो मानव बिरामीमा मस्तिष्क प्रत्यारोपण गरेको हो । एलोन मस्कले मंगलबार यो जानकारी दिएका  हुन  । उनले भनेका छन ‘न्यूरालिंक स्टार्टअपले आफ्नो पहिलो मानव बिरामीमा मस्तिष्क प्रत्यारोपण गरेको छ। पहिलो पटक मानवमा न्यूरालिंकबाट गरिएकाे चिप प्रत्यारोपणले सफलता प्राप्त गरेको छ । मस्कले ट्विटर गर्दै अगाडी लेखेका छन, ‘प्रारम्भिक परिणामहरू आशाजनक छन ।’

 

सन् २०१६ मा मस्कले सह स्थापना गरेको न्यूरो टेक्नोलोजी कम्पनीले मस्तिष्क र कम्प्युटरबीच प्रत्यक्ष सञ्चार च्यानल सिर्जना गर्ने लक्ष्य राख्ने घोषणा गरेका थिए । न्यूरालिंकको टेक्नोलोजीले मुख्य रूपमा ‘लिंक’ नामक इम्प्लान्टमार्फत काम गर्नेछ । पाँच सिक्काको साइजको यन्त्र जसले शल्यक्रियामार्फत मानव मस्तिष्कमा राखिने छ र त्यसले काम गर्न सुरु गर्नेछ ।

कम्पनीले गत वर्ष जारी गरेको विज्ञप्तिमा मानिसमा मस्तिष्क प्रत्यारोपण परीक्षण गर्न अमेरिकी नियामकहरूबाट स्वीकृति प्राप्त गरेको जानकारी दिइएको थियो । यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले यसलाई मानवमा क्लिनिकल परीक्षणको लागि हरियो संकेत दिएको छ ।न्युजकारखाना

काठमाडौं, १६ माघ ।

सेनेगल अफ्रिकन कप अफ नेसन्सबाट बाहिरिएको छ ।

गएराती सम्पन्न राउण्ड १६ अन्तरगतको खेलमा आइभरी कोष्टले पेनाल्टी सुटआउटमा पराजित गरेपछि सेनेगल प्रतियोगिताबाट बाहिरिएको हो ।

निर्धारित ९० मिनेटको खेलमा १-१ को बराबरीमा रोकिएपछि दुवै देश ३० मिनेटको अतिरिक्त समय खेलेका थिए ।

९० मिनेटको खेलमा सेनेगलका लागि हबिब दियाल्लो र आइभरी कोष्टका कागी फ्रयांक कस्सिएले एक एक गोल गरेका थिए ।

३० मिनेटको अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा आइभरी कोष्टले सेनेगललाई ५-४ ले पराजित गरेको थियो ।

अब क्वाटरफाइनलमा पुगेको आइभरी कोष्टले माली र बुर्किना फासोबीचको विजेतासँग खेल्ने छ ।न्युजकारखाना

काठमाडौं, १६ माघ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलरको भाउ बढेको छ।

शुक्रबारदेखि स्थिर रहेको अमेरिकी डलरको भाउ मंगलबार भने ०३ पैसाले बढेको हो। आज अमेरिकीडलर एकको खरिददर १३२ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३२ पैसामा कारोबार भएको छ। यसअघि यसको खरिददर १३२ रूपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रूपैयाँ २९ पैसामा कारोबार भएको थियो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ५९ पैसा र बिक्रीदर १४४ रूपैयाँ २४ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४३ पैसाले घटेको हो। सोमबार युरोको खरिददर १४४ रूपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रूपैयाँ ६७ पैसामा कारोबार भएको थियो।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको मंगलबार खरिददर १६८ रूपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रूपैयाँ ०२ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ८० पैसा र बिक्रीमा ९९ रूपैयाँ २४ पैसा कायम गरिएको छ।

यता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९८ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०२ रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४८ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९३ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९७ पैसा कायम गरेको जनाइएको छ।

यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३९ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २८ रूपैयाँ ०४ पैसा र बिक्रीदर २८ रूपैयाँ १६ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ४३३ रूपैयाँ २८ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।न्युजकारखाना

शशिनगर, १६ माघ ।

भरतपुर महानगरपालिकाले ‘बालबालिकासँग मेयर कार्यक्रम’ अन्तर्गत भरतपुर १८ को श्री माध्यमिक विद्यालय शशिनगरका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रेनु दाहालले विद्यालयको सुधारका लागि प्राप्त मात्रमा भौतिक पूर्वाधारहरू निर्माण गर्दै आगामी दिनमा विद्यार्थीको माग अनुसार नै शैक्षिक गतिविधिहरू अगाडि बढाउने गरी कार्यक्रमहरू ल्याइने  योजनाहरू रहेको बताइन्।

महानगर भित्रका विद्यालयलाई विद्यालय भवन, रङ्ग रोगन, फल सिलिङ, जस्तापातालगायतका कामसँगै विभिन्न अतिरिक्त क्रियाकलापहरू, विभिन्न प्रविधि मैत्री शिक्षालाई ध्यानमा राख्दै पठनपाठनको गुणस्तरलाई महानगरले जोड दिएको उनले बताइन्। अहिलेको परिवेस सुहाउँदो  व्यवहारिक शिक्षामा जोडिनका लागि व्यवहारिक शुक्रबारको नीतिलाई महानगरले अगाडि सारेको उनको भनाइ थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुकमान गुरुङको सभाध्यक्षयतामा विद्यालयमा न्यानो कपडा वितरण गरिएको हो।यस आर्थिक वर्षमा २१ वटा सामुदायिक विद्यालयमा रहेका बालबालिकालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमअन्तर्गत भरतपुर महानगरले काम गरी रहेको छ।

यस आर्थिक वर्षमा न्यानो कपडा वितरणका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। यसअघि चार वर्षमा ६५ विद्यालयका ७ हजार विद्यार्थीलाई न्यानो कपडा वितरण गरिसकिएको महानगरले छ।न्युज कारखाना

 

 

 

काठमाडौं, १६ माघ ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले रिक्त पदपूर्तका लागि आवेदन माग गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको केन्द्रले करार सेवाका लागि दरखास्त मागेको हो।

रजिष्ट्रारदेखि पाँचौं तहसम्मका कर्मचारी माग गरिएको केन्द्रले जनाएको छ। इच्छुक योग्य उमेदवारले २१ दिनभित्र दरखास्त दिन सक्नेछन्।
न्युजकारखाना

काठमाडौं, १६ मंगलबार।

मंगलबारदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन्।

सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो।

सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो। वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्।

शुक्रबारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने गृहमन्त्रालयले जनाएको छ। सरकारले दिउँसो १:३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ।न्युजकारखाना

काठमाडौं, १६ माघ ।

जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

आज टियु मैदानमा कोशी प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुदै छ भने मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ ।

अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ७ खेलमा सबै खेल जितेर १४ अंकसहित शिर्ष स्थानमा रहेको छ र पुलिसले फाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ ।
त्यस्तै त्रिभुवन आर्मी क्लब ८ खेलमा ६ खेलमा १२ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ र फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

त्यसैगरी बागमती प्रदेशले आफ्ना ९ खेलमा १२ अंकनै  हासिल गर्दै तेस्रो स्थानमा छ भने मधेश प्रदेशले पनि आफ्ना ९ खेलमा १२ अंकसहित चौथो स्थानमा रहेका छन् ।

त्यस्तै एपीएफ क्लब ७ खेलमा ८ अंकसहित पाँचौं स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशले ७ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर छैटौं स्थानमा रहेको छ ।

कर्णाली प्रदेश ८ खेलमा ६ अंकसहित सातौं स्थानमा रहेको छ ।

त्यसैगरी गण्डकी प्रदेशले ८ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ७ खेलमा एक जित र ६ हार बेहोरेर नवौं स्थानमा छ । त्यस्तै कोशी प्रदेशले अहिलेसम्म खेलेका ८ खेलमै हार बेहोरेर पुछारमा रहेको छ ।न्युजकारखाना

काठमाडौं, १६ माघ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका केहि स्थानहरुमा हुस्सु लागेको छ।

 

दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

राती भने  देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।न्युजकारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।