काठमाडौं, १७ माघ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै, लुम्बिनी र बागमती प्रदेशका तराई भू-भागका थोरै स्थानहरू तथा मधेश प्रदेशका साथै कोशी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको छ।
दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगयत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक दूई स्थानमा फाटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
राती भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक दूई स्थानमा फाटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक दूई स्थानमा फाटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
साथै, तराईका केही स्थानहरूमा बिहानपख हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।न्युजकारखाना
आज मिति २०८० साल माघ १७ गते तदअनुसार जनवरी ३१, सन् २०२४ बुधबार, कृष्णपक्षको षष्ठी तिथि, चित्रा नक्षत्र, सुकर्मा योग, कन्या राशिमा चन्द्रमा, आजको योगमा विहान ११:५५ वजेसम्म यो योग हुनेछ र त्यसमा गरेको सम्पुर्ण काम शुभ हुनेछ । अभिजित् मुहूर्त: बिहान ११:५६ देखि १२:३९ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०६:५२ • सुर्यास्त: बेलुका ०५:४२बजे
• मेष: तपाईंको स्वास्थ्यमा उतार चढाव हुन सक्छ। तर अति ठण्डी बाट बच्नुहोला। धन खर्च बढ्नेछ। परिवारमा केही तनाव हुन सक्छ। प्रेममा विश्वास र समझदारी बढाउनुहोला। शुभ रंग: हरियो। शुभ अंक: ६।
• वृषभ: तपाईंको स्वास्थ्य सबल रहनेछ। तर अति व्यस्तता बाट बच्नुहोला। धन लाभ हुनेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेममा रोमान्स फुल्नेछ। शुभ रंग: पीलो। शुभ अंक: ५।
• मिथुन: तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। तर अति गर्मी बाट बच्नुहोला। धन आय बढ्नेछ। परिवारमा आनन्द रहनेछ। प्रेममा विश्वास र सम्मान बढ्नेछ। शुभ रंग: गुलाबी। शुभ अंक: ३।
• कर्कट: तपाईंको स्वास्थ्यमा ध्यान दिनुहोला। खानाको मात्रा र प्रकृति नियन्त्रणमा राख्नुहोला। धन लाभ हुनेछ। परिवारमा समर्थन र सहयोग पाउनेछ। प्रेममा नयाँ सम्बन्ध बन्न सक्छ। शुभ रंग: केसरी। शुभ अंक: ९।
• सिंह: तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। तर अति गर्मी बाट बच्नुहोला। धन आय बढ्नेछ। परिवारमा आनन्द रहनेछ। प्रेममा विश्वास र सम्मान बढ्नेछ। शुभ रंग: नीलो। शुभ अंक: २।
• कन्या: तपाईंको स्वास्थ्यमा उतार चढाव हुन सक्छ। तर नियमित चेकअप र औषधी सेवन गर्नुहोला। धन खर्च बढ्नेछ। परिवारमा केही असहमति हुन सक्छ। प्रेममा विचार र भावना बाँझिनुहोला। शुभ रंग: पहेंलो। शुभ अंक: ७।
• तुला: तपाईंको स्वास्थ्य सबल रहनेछ। तर अति व्यस्तता बाट बच्नुहोला। धन लाभ हुनेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेममा रोमान्स फुल्नेछ। शुभ रंग: चाँदी। शुभ अंक: १२।
• वृश्चिक: तपाईंको स्वास्थ्यमा ध्यान दिनुहोला। तर तनाव र चिन्ता बाट बच्नुहोला। धन खर्च बढ्नेछ। परिवारमा केही असहमति हुन सक्छ। प्रेममा विचार र भावना बाँझिनुहोला। शुभ रंग: रातो। शुभ अंक: ११।
• धनु: तपाईंको स्वास्थ्य सबल रहनेछ। तर अति व्यस्तता बाट बच्नुहोला। धन आय बढ्नेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेममा रोमान्स फुल्नेछ। शुभ रंग: निला। शुभ अंक: ८।
• मकर: तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। तर अति ठण्डी बाट बच्नुहोला। धन लाभ हुनेछ। परिवारमा समर्थन र सहयोग पाउनेछ। प्रेममा नयाँ सम्बन्ध बन्न सक्छ। शुभ रंग: कालो। शुभ अंक: ४।
• कुम्भ: तपाईंको स्वास्थ्यमा उतार चढाव हुन सक्छ। तर नियमित चेकअप र औषधी सेवन गर्नुहोला। धन खर्च बढ्नेछ। परिवारमा केही असहमति हुन सक्छ। प्रेममा विचार र भावना बाँझिनुहोला। शुभ रंग: रातो। शुभ अंक: ११।
• मीन: तपाईंको स्वास्थ्य सबल रहनेछ। तर अति व्यस्तता बाट बच्नुहोला। धन आय बढ्नेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेममा रोमान्स फुल्नेछ। शुभ रंग: चाँदी। शुभ अंक: १२।
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, वैदिक ज्योतिषका विज्ञ मानिन्छन् उनि ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।न्युजकारखाना
चन्द्रपुर,१६ माघ ।
रौतहट जिल्लाका भित्री पीच सडकहरू स्थानीय बासिन्दाको बिस्कुन चुकाउने थलोका रुपमा परिणत हुन थालेका छन्।
पालिकाहरूले गाउँका बाटोहरू पिच तथा ढलान गरेपछि स्थानीय बासिन्दालाई बिस्कुन सुकाउने र गाईवस्तु बाँध्ने ठाउँका रूपमा परिणत हुन थालेको छ।
रौतहट जिल्लाका अधिकांश भित्री पीठ तथा सडक बाटोहरूमा सवारी साधन हिँड्नै नमिल्ने गरी बिस्कुन तथा गाई वस्तु बाँध्ने गरिएका कारण सवारी साधन आवागमनमा समस्या हुने गरेको छ।
स्थानीय पालिकाहरूले सर्वसाधारणको सहजताका लागि गरिदिएको पिच र ढलान सडक यतिबेला सर्वसाधारणका लागि गाईवस्तु बाँध्ने थलो तथा बिस्कुन सुकाउने ठाउँका रूपमा परिणत हुँदै गएपछि समस्या उत्पन्न हुँदै गएको स्थानीय बासिन्दाले बताएका छन्।
सवारी गुड्ने भित्री सडकहरूमा असरल्ल पराल सुकाउने र गाई बाख्रा बाँध्ने गरेका कारण सवारी दुर्घटनाको खतरा बढ्दै गएको कटहरियाका स्थानीय बासिन्दा शम्भु साहले बताए।
जिल्लाका ग्रामीण पिच तथा ढलान सडकमै वस्तु बाँधेर राखिने गरेका कारण ती स्थानमा जाने सवारी साधनले बाटो नै नपाउने गरेको शाहको भनाइ रहेको छ। चन्द्रपुर नगरपालिका वडा नम्बर ७ को नयाँ बस्तीका भित्री सडकहरू पिच तथा ढलान गरिएका छन्। पिच र ढलान सडकमै पराल सुकाउनेदेखि बाख्रा बाँध्ने काम भएका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै जान थालेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्।
सडक तथा ढलान सडकको महत्त्वका बारेमा स्थानीय बासिन्दालाई जानकारी नभएका कारण उनीहरूले सडकमै बिस्कुल सुकाउने, पराल सुकाउनेदेखि लिएर गाईवस्तु बाँध्ने गरेको स्थानीय बासिन्दा प्रयाग साहको भनाइ छ।
भित्री सडकमात्र नभएर हुलाकी राजमार्गमा समेत स्थानीय बासिन्दाले बिस्कुल सुकाउने गरेका कारण सो राजमार्ग भएर तीव्र गतिमा गुड्ने सवारी दुर्घटना बढ्दै जान थालेको बंकुलका सञ्चारकर्मी आदर्श उपाध्यायले बताए।
जिल्लाका भित्री सडकमा हुने यस्ता गतिविधिका कारण भित्री सडकहरूमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै जान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले बताएको छ। चन्द्रपुर नगरपालिकाले वडा नम्बर ७ को नयाँ बस्तीमा लाखौं खर्च गरेर बनाएको पिच सडक तथा ढलान सडक यतिबेला स्थानीय बासिन्दाको बिस्कुल सुकाउने थलो र गाई बाख्रा बाँध्ने ठाउँका रूपमा परिणत हुँदै जान थालेको छ।
स्थानीय बासिन्दामा चेतनाको अभाव भएका कारण उनीहरूले सडकमै बिस्कुन सुकाउने पराल सुकाउनेदेखि गाई बाख्रा बाँध्ने काम गरेको देख्न सकिन्छ। यस्तो विषयमा चेतना फैलाउने काम चन्द्रपुर नगरपालिकाबाट हुन नसकेको चन्द्रपुर आठका स्थानीय बासिन्दा अमृत सापकोटाले बताए।न्युजकारखाना
काठमाडौं, १६ माघ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली नेपालको समकालीन राजनीतिको सबैभन्दा प्रभावशाली नेता भएको बताएकी छन् ।
मंगलबार काठमाडौंमा संसद्मा केपी शर्मा ओली पुस्तकको विमोचन गर्दै भण्डारीले ओलीले नेपाली राजनीतिमा शीर्षस्थान बनाउन सफल हुनुभएको बताइन् ।
ओली समकालीन राजनीतिमा कुशल पहिचान बनाउन सफल भएको भण्डारीको भनाइ छ । ‘यस पुस्तकका नायक केपी शर्मा ओलीज्यू समकालीन राजनीतिक नेताहरूमा कुशल पहिचान बनाउनुभएको नेता हुनुहुन्छ, सर्वाधिक प्रतिभाशाली नेताका रूपमा उच्च स्थान प्राप्त गर्न सफल हुनुहुन्छ’, भण्डारीले भनिन् ।
ओली नेपाली कला, साहित्य, संस्कृति, धर्म, दर्शन र विज्ञान लगायतका विषयमा समेत गहन ज्ञान भएको नेता भएको भण्डारीले टिप्पणी गरिन् ओली सबैका लागि प्रेरणा र ज्ञानको स्रोत भएको उनले बताइन् ।
संसद्मा ओलीले गरेको भाषण राजनीतिक हिसाबले मात्र नभएर विधागत ज्ञानका दृष्टिकोणले पनि महत्त्वपूर्ण रहेका उनले बताइन् । त्यसैले सो पुस्तक पठनीय र ग्रहणीय ग्रन्थ भएको उनको भनाइ छ ।
सो पुस्तक इतिहास अध्ययन गर्न चाहने भावी पुस्ताका लागि महत्त्वपूर्ण हुने भण्डारीले बताइन । उनले पुस्तक एतिहासिक दस्ताबेज बन्ने प्रष्ट पारिन् ।न्युजकारखाना
सुनसरी, १६ माघ ।
आफ्नै बुवा ७० वर्षीय चिकचिलिया रिसिदेवको कुटपिट गरी हत्या गरेको अभियोगमा ईनरुवा नगरपालिका-८ गणेशपुर रिसिदेव टोल बस्ने २१ वर्षीय चिबु रिसिदेवलाई प्रहरीले पक्राउ गरेको छ ।
घरायसी लेनदेनको विषयलाई लिएर चिबुले माघ ११ गते दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका चिकचिलियाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले चिबुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।न्युजकारखाना
सिरहा, १६ माघ ।
कमला सिंचाई व्यवस्थापन कार्यालय धनुषाले विकासको काममा स्थानीय जनप्रतिनिधीले नै अवरोध गरेको छ। सिरहाको पूर्वी नहर प्रणालीअन्तर्गत विष्णुपुर गाउँपालिका १ बजार क्षेत्रमा कमला सिंचाई व्यवस्थापन कार्यालयले गरिरहेको ग्राभेल कार्यमा गापा अध्यक्ष सत्यनारायण यादवले अनावश्यक बखेडा झिकेर काममा भाजोहाल्ने काम गरेको हो ।
नहर किनारअन्तर्गत भोलाबाबा स्थान र बजरङ्गबली मन्दिरसम्मको एक किलो चारसय ५० मिटर बाटो ग्राभेलीङ्ग कार्य ठेक्केदारमार्फत डिजाइन स्टिमेट अनुसार नै भईरहेको काममा बिष्णुपुर गाउँपालिका अध्यक्ष यादबले अवरुद्ध कमला सिंचाई व्यवस्थापन कार्यालय धनुषाका प्रमुख वीरेन्द्र यादवले जनाएको छ ।
प्रमुख यादवले भने, ‘अहिले काम भईरहेको छ। हामीले कामको नाप जाँच पनि गरिरहेका छौ। काम सकिएपछि डिजाईन, स्टिमेट अनुसार काम भएको हेरेर सल्लाह दिंदा राम्रो हुन्छ।’
प्रमुख यादवले काममा रहेको कर्मचारी माथि विनाकारण अभद्र व्यवहार गर्ने र विकास निर्माण कार्यमा जनप्रतिनिधिले नै हस्तक्षेप गर्नु निन्दनीय रहेको बताए । उनले काममा भाँजोहाल्ने काम नगर्न पनि जनप्रतिनिधीहरुसँग आग्रह गरे । प्रमुख यादवले आफ्ना साइड शव ईन्जिनियर विद्यानन्द साहमाथि दुर्व्यवहार भएको बताए।
कार्यालयलयको मु. अ. करबाहेक कुल १२ लाख ३१ हजार चाँच ४० रुपैयाँको लागतमा एक हजार चारसय ५० मिटर लम्बाई, चार मिटर चौडाइ र १५ सेन्टिमिटर मोटो ग्राभेल विछ्याउने कार्य भईरहेको छ । कार्यालयले डिजाइन स्टिमेट अनुसार गुणस्तरीय काम भईरहेको बताएको छ। प्रयोग भएको ग्राभेल ल्यावटेष्टबाट पास भएको कार्यालको दावी रहेको छ।
बिष्णुपुर गाउँपालिकाको अध्यक्ष सत्यनारायण यादव र वडा नम्वर एकका अध्यक्ष भोगेन्द्र यादव निर्माणस्थलमै पुगेर अवरुद्ध सृजना गरेको स्थानीयले बताएको छ। यस विषयमा बुझ्न पालिका अध्यक्ष यादवलाई फोन सम्पर्क गर्दा उनको फोन उठेन ।
वडा नम्वर १ का अध्यक्ष यादवले भने कर्मचारीसँग सामान्य विवाद भएपनि आफूले आयोजना अवरुद्ध नगरेको बताए । उनले आफूले पटक पटक योजनाको डिजाई, स्टिमेट माग्दा नदिएपछि केही भनाभन भएको र सोही क्रममा आवेगमा औंला नउठाउन भन्दै रोकेको बताए ।
वडा अध्यक्ष यादवले भने, ‘जसले काम गरेको भएपनि हामीले नै उपभोग गर्ने हो। काम राम्रो होसभनेर परियोजनाको जानकारी माँग्दा कर्मचारीले आफूसँग अप्रिय शब्द बोलेपछि सामान्य विवाद भएको हो। काम अवरुद्ध गर्ने, दुःखदिने कुनै मनसाय होइन, छैन।’
साइड सवइन्जिनियर साहले आफूमाथि दुर्व्यवहार भएको जानकारी दिए । उनले भने, ‘गापा अध्यक्ष र वडा अध्यक्ष सहित वहाँहरु धेरैजना हुनुहुन्थ्यो, मैले सवैको प्रश्नको जवाफ दिने प्रयास गरिरहेको थिएँ। त्यसबेला म माथि गाली लगौज र दुर्व्यहार भए।’
स्थानीय ६१ वर्षीय दुखिया यादवले गाउँ पालिकालाई खाल्डो पुर्न पटक–पटक अनुरोध गर्दा कमला सिंचाई व्यवस्थापन कार्यालयको काम हो भन्दै पन्छिने अहिले आएर विकास निर्माण कार्य भइरहेको अवस्थामा विनाकारण गापा अध्यक्षले अनावश्यक बखेडा गर्नुले ठेकेदार सँगको वार्गेनिङ नमिलेपछि विरोध गरेको आशंका उब्जाएको उनको भनाइ छ । उनले आफू पनि नगर्ने अरुलाई पनि गर्न नदिने जनप्रतिनीधिको परिपाटी ठिक नभएको बताए।
त्यसैगरी अर्का स्थानीय इन्द्रदेव यादवले ग्राभेलको काम भइरहेको बेला विनाकारण गापा अध्यक्ष र वडा अध्यक्षले काम अवरुद्ध गरेको बताए। पहिले अध्यक्षले नैसबै कामहरू उपभोक्ता समितिमार्फत् काम गराउने गरेका थिए । अहिले कमला सिंचाई व्यवस्थापन कार्यालय धनुषाले ठेक्का लगाएपछि उपभोक्तामार्फत् काम गर्न पल्केकाहरु अहिले अवरोध सृजना गर्ने गरेको स्थानीयहरु बताउँछन्। न्युजकारखाना
रौतहट १६ माघ।
रौतहटको फतुवा विजयपुर नगरपालिका–३ स्थित सर्प देखिएपछि नाग देवता भन्दै हेर्नेको भीड लागेको छ । फतुवा विजयपुर वडा ३ मेवा गाउँ र टेंग्राहाको बीचमा नाग देखिएको हो । उक्त स्थानमा मंगलबार बिहानैदेखि नाग देवताको दर्शन गर्नेहरूको भीड लागेको स्थानीय वीरेन्द्र यादवले बताए ।
पछिल्लो तीनदिनदेखि उक्त स्थान नहरको छेउमा नाग देखिने गरेको उनले बताए । नहर छेउको खेतको दुलोबाट बिहान १० बजे निस्केर दिउँसो ३ बजेसम्म एउटै स्थानमा बस्नेगरेको गाउँलेहरुले बताएका छन् । नाग देवता भनिएको उक्त सर्प जस्तै केही समय अघि कटहरियामा पनि देखिएको थियो। उक्त सर्पलाई ब्लेक कोबरा भनिएको थियो।
यसअघि जिल्लाको उत्तरी भेग गुजरा नगरपालिकाअन्तर्गत जंगलमा नाग देवता देखिएको भन्दै दैनिक हजारौं मानिसको भीड लागेको थियो ।
स्थानीयको अनुरोधमा मेयर सन्तलाल चौधरीले नाग निस्कने स्थान पुलको छेउ जंगलमा मन्दिर निर्माणको लागि शिलान्यास गरेका थिए। शिलान्यासको केही दिनपछि उक्त स्थानमा एक महिनादेखि देखिँदै गरेको सर्प आउन छोडेपछि मन्दिर निर्माण हुन सकेन ।न्युजकारखाना
काठमाडौँ, १६ माघ ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट गरेका छन् । मंगलबार सिंहदरबारस्थित रक्षामन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री खड्काले सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सलाई स्वागत गर्नुहुँदै यस भ्रमणले दुई देशको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पु¥याउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

भेटमा उपप्रधानमन्त्री खड्काले नेपाल र बेलायतबीच लामो समयदेखिको गहिरो द्विपक्षीय सम्बन्ध रहेको र उक्त सम्बन्ध जनस्तरसम्म फैलिएको बताए । उनले दुई देशबीच लोकतन्त्र, मानवअधिकार, कानुनको शासन र स्वतन्त्रता, मानव मूल्य र मर्यादाका विषयमा साझा धारणा रहेको उल्लेख गरे ।
उनले गत वर्ष नेपाल र बेलायतको मैत्रीसन्धीको एक सय वर्ष पूरा भएको र अर्को एक सय वर्षका लागि जग बसाल्ने काम भएको बताए । उनले बेलायत नेपालको प्रमुख विकास साझेदार रहेको र कठिन समयमा समेत बेलायतले सहयोग र समर्थन गर्दैै आएकोमा प्रसन्नता व्यक्त गरे ।

उनले ब्रिटिस सेनामा सेवारत ब्रिटिश गोर्खाहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्नुहँदै सन् १९९७ अघि सेवानिवृत्त भएका ब्रिटिश गोर्खालीहरूको आफ्ना बेलायती समकक्षहरूसँग समान पेन्सन र सुविधा उपलब्ध गराउन गरेको माग सम्बन्धमा बेतालयको तर्फबाट सकारात्मक पहलको निमित्त अनुरोध गरे ।
यस विषयमा आपसी समझदारीमा समाधानका लागि द्विपक्षीय समिति गठन भई विगत लामो समयदेखि छलफलमा रहेको भए पनि ठोस नतिजा हासिल भई नसकेकोले यस सम्बन्धमा ब्रिटिस सरकारको तर्फबाट थप उदारताका लागि अनुरोध गरे ।
नेपाल र बेलायतबीचको विगत लामो समयदेखिको सैन्य सहयोग आदान–प्रदान हुँदै आएको र नेपाली सेना र बेलायती सशस्त्र बलहरूले द्विपक्षीय तालिम तथा सहयोग आदान प्रदानमा मिलेर काम गरिरहेको बताए ।
सन् २०२३ अक्टोबरमा क्याम्ब्रियन गस्तीमा १० नेपाली सेनाले भाग लिएको स्मरण गर्दै नेपाली सेनाका लागि ‘एक्सप्लोसिभ अर्डिनेन्स डिस्पोजल’ होल्डिङ युनिट स्थापना गर्न ब्रिटिश सरकारको तर्फबाट भएको सहयोग महत्वपूर्ण रहेको उल्लेख गरे ।
सो अवसरमा बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले बेलायत गोर्खा सैनिकबारे उठाएको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको उल्लेख गरे । अन्तर्राष्ट्रिय सुरक्षा वातावरण थप जटिल बन्दै गइरहेकोले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा मिलेर काम गर्नुपर्ने अवस्था सृजना भएको बताए ।
साथै अन्तर्राष्ट्रिय शान्ति स्थापनामा शान्ति सैनिक खटाउने दोस्रो ठूलो राष्ट्रको हैसियतमा नेपालको भूमिका महत्त्वपूर्ण रहेको विचार व्यक्त गर्दै उनले उनले बेलायतले आगामी दिनमा नेपालसँग थप सहकार्य गर्ने इच्छुक रहेको बताए । उनले बेलायतको प्रतिकुल आर्थिक अवस्थाको वाबजुद पनि नेपाललाई उपलब्ध हुँदै आएको सहयोग निरन्तर रूपमा प्राप्त भइरहने विश्वास समेत दिलाए ।
शिष्टाचार भेटका अवसरमा रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, सहसचिव बाबुराम अधिकारी, परराष्ट्र मन्त्रालयका अधिकारीका साथै बेलायती राजदूत एवं अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।न्युजकारखाना
काठमाडौं, १६ माघ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद सजाय सुनाइएको छ ।
पाकिस्तानको विशेष अदालतले राज्यका गोप्य सूचना चुहाएको आरोपमा पूर्वप्रधानमन्त्री खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्षको जेल सजाय सुनाएको हो ।
आफूमाथि लागेको आरोप पूर्वप्रधानमन्त्री खानले अस्वीकार गर्दै राजनीतिबाट निर्देशित भएको बताएका छन् ।
भ्रष्टाचार आराेपमाम ३ वर्षकाे जेल सजाय सुनाइएको खान हाल काराबासमा छन् ।न्युजकारखाना
काठमाडौं, १६ माघ ।
संघीय संसदको एक टोली भारत भ्रमणमा गएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन सामितिका सभापति राजकिशोर यादवसहित समितिका अन्य सदस्यहरु मंगलबार भारत प्रस्थान गरेका हुन् ।
भारतीय संसदको अन्तर्राष्ट्रिय समितिको निमन्त्रणमा मंगलबार उनीहरु भारत गएका हुन् । भारत भ्रमणमा जानेहरुमा यादवसहित सुनीता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरी रहेका छन् ।
सो टोली राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको उडानबाट नयाँदिल्ली प्रस्थान गरेको हो । न्युजकारखाना