२०८३ बैशाख २२
२०८३ बैशाख २२

राैतहट,२३ गते । मौलापुर नगरपालिकाले “हमर नगर हरित शहर” भन्ने अभियान अन्तर्गत आज मर्यादपुरमा व्यापक बृक्षारोपण गरेको छ । साे नगरपालिकाकाे वडा नम्बर १ मा रहेको एकीकृत नमूना दलित बस्ती लगायतका ठाउँहरूमा नगर प्रमुख रिना कुमारी साहले वृक्षारोपण गरेकी हुन् । मौलापुरलाई हराभरा बनाउने अभियान अन्तर्गत अहिले विरूवाहरू राेपने काम भईरहेकाे मेयर साहकाे भनाइ छ । Open photoकेही अघि संघिय सांसद एवम् आजपा अध्यक्ष प्रभु साहले वृक्षारोपण गरी सो अभियानलाई शुभारम्भ गरेका थिए । Open photoदलित बस्ती सहित मावि मर्यादपुर सहितका ठाउँहरूमा विभिन्न प्रजातिका बोटबिरुवा लगाइएको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिएका हुन् । यो अभियानअन्तर्गत नगरभरी बिरुवा रोपिने उनले बताए ।Open photo कार्यक्रमअन्तर्गत नगरका सम्पूर्ण विद्यालय, स्वास्थ्य संस्था लगायतका सरकारी निकायका साथै बजार र मुख्य सडकमा बृहत वृक्षारोपन गरिने बताइएको छ । यसले नगरपालिका छिटै नै ग्रीन सिटी बन्ने विश्वास लिइएको छ । Open photoवृक्षरोपण कार्यक्रमकाे अवसरमा माैलापुर नगरपालिकाका उपमेयर नागेन्द्र यादव,आम बिधार्थी माेर्चाका अध्यक्ष विवेक साह,स्थानीय यूवा नेता बालाशंकर कुशवाहा लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको थियोे ।

रौतहट,२१ गते असार । श्री जनता माध्यमिक बिधालयका शिक्षकहरुले कैजुअल नयाँ पोशाक पाएका हुन् । गर्मी बाट राहत पाउने उदेश्यले कैजुुअल पोशाकको रुपमा एक एक थान टिसर्ट पाएका हुन् । बिधालयमा अध्यापन गराउने ४७ जना शिक्षक,शिक्षिकाहरुले टिसर्ट दिइएको बिधालयका प्रधानाध्यापक सचिन्द्र प्रसाद यादवले जानकारी गराएका हुन् । सो पोशाकलाइ शिक्षकहरुले हप्तामा दुुइ दिन मंगलवार र शुक्रवार लगाउने उनले बताए । बिधालयले आफनो निजी स्रोत बाट शिक्षकहरुको माग अनुसार नै उक्त पोशाक उपलब्ध गराइएको प्रअ यादवको भनाइ छ । उनका अनुसार सधैं एउटै पोशाक लगाउँदा दिक्क लाग्ने गरेकोले अलि नयाँपन ल्याउन उक्त पोशाक वितरण गरिएको बताए । शिक्षकहरुले टिसर्ट पाएपछि हर्षित हुुँदै प्रधानाध्यापक यादव धन्यवाद ज्ञापन गरेका हुन् । श्री जनता मावि कटहरियाले थालनी गरेको यो कार्य सराहनीय रहेकोले अन्य बिधालयले पनि लागुु गर्नुुपर्नेमा शिक्षा विद्धहरुको जोड रहेको छ ।

राैतहट,१८ गते असार । राैतहटकाे माैलापुर नगरपालिकाकाे नगर सभाबाट विभिन्न व्यक्तित्वहरु सम्मानित भएका छन् । संघिय सांसद एवम् आम जनता पार्टीका अध्यक्ष प्रभु साहले एक कार्यक्रमका बिच सम्मान गर्नु भएको छ ।Open photo नगर सभाबाट सम्मानित हुने व्यक्तित्वहरुमा श्री मा वि पथराबुधराम बाट ३.८९ जिपिए ल्याएकी अंकिता कुमारी,Open photo श्री जनता मा वि साेनरनियाबाट ३.७० जिपिए ल्याएका निरन्जन कुमार साह,९० प्रतिशत रिज्ल्ट ल्याएका उत्कृष्ट विद्यालय मा वि गम्हरिया,८९.४७ प्रतिशत ल्याउने श्री लक्ष्मीमिया मा वि,Open photo८० प्रतिशत रिजल्ट ल्याउने मा वि पथराबुधराम,६५.०४ प्रतिशत रिजल्ट ल्याउने श्री जनता मा वि,ब्रह्म्स्थन निर्माण उपभोक्ता समिति पतौरा,युवा प्रतिभा मन्नु पटवा,रेकर्डिङ स्टुडियो राकेश साह,बालकलाकार रोशनी यादव,मनिष सहनी र उत्कृष्ट कर्मचारी अच्छेलाल साहलाई सम्मान गरिएको माैलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिनु भयाे ।Open photo मौलापुर नगरसभाद्वारा आयोजित बिशेष समारोह मार्फ़त विभिन्न क्षेत्रमा बिशेष योगदान गरेका व्यक्तिहरु खासगरि शिक्षा क्षेत्रमा हालै एसईई को रिजल्टमा मौलापुरको ७५% बिधार्थी उत्तिर्ण भएको सन्दर्भमा शिक्षक बर्ग Open photoर उत्कृष्ट बिधार्थी तथा उपभोक्ता, कर्मचारी र कलाकारहरुलाई सम्मान सहित पूर्व मन्त्री साहले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियाे ।

राैतहट,१७ गते असार । राैतहटकाे कटहरिया नगरपालिका ४ मा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ ।Open photo साे वडामा दाेस्राे चाेटी निर्वाचित भएका वडा अध्यक्ष चन्दन कुशवाहाले आफनाे कार्यकाल भएकाे काम र जनताकाे गुणासाहरू सुनवाइ गर्नका लागि सार्वजनिक सुनवाइ कार्यक्रम आयाेजन गरेका थिए । वडामा बिगत ७ वर्षदेखि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेकाे हो ।Open photo कार्यक्रममा वडा अध्यक्ष कुशवाहाले हरेक निकाय पारदर्शी हुनुपर्ने भन्दै आफूले आयाेजना गरेको सार्वजनिक सुनुवाइ गर्नु महत्त्वपूर्ण रहेको बताए । कार्यक्रममा सहभागिको प्रश्नको जबाफ दिँदै वडाअध्यक्ष कुशवाहाले नागरिकबाट आएका सुझाव र गुनासोलाई सम्बोधन गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । Open photoनयाँ उमंग र उत्साहका साथ गरेको सार्वजनिक सुनवाइ कार्यक्रम प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गरे ।Open photo आफूलाई वाडवासिले दिएको मत सेवाको अवसरलाई कुनै पनि हाल्तमा गुमाउन नचाहेको स्पष्ट पारे । त्यसकारण आफूल सुन्न्नु पर्ने हरेक गुनासो सुनेर सहि मार्ग दिशा निर्धारण गर्ने प्रतिबद्धता जनाए । Open photoउनले भने यदि याे कार्यक्रम नगरको हरेक वडामा भए झन राम्रो हुन्थ्यो । यस कार्यक्रम बाट आएका सल्लाह,सुझाव लाई आत्मसात गर्दै नयाँ साेचका साथ अगाडि बढ्ने बताए ।Open photoसाे अवसरमा स्थानीय भद्रभलादमी, वडावासी, सुरक्षाकर्मी, पत्रकार, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, वडाका कर्मचारी लगायतका व्यक्तिहरूकाे सहभागीता रहेको वडा सचिव छाेटेलाल मिश्रले जानकारी गराएका हुन् ।

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । गएराती देखि लागु हुने गरि निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ ।

यो मुल्य वृद्धिसँगै  काठमाडौँमा पेट्रोल प्रतिलिटर १६७ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १५७ पुगेको निगमले जनाएको छ ।न्युज कारखाना

राैतहट,१५ गते असार । राैतहटकाे कटहरिया नगरपालिकामा न्यायिक समितिहरूकाे क्षमता विकास सम्बन्धि तालिम आज सुरू भएको छ । कटहरिया नगरपालिका नगर प्रमुख अजय प्रकाश जयसवालको प्रमुख अतिथ्यतामा साे तालिम सुरू गरिएको थियो । नगरका न्यायिक समिति सदस्यहरू तथा शाखा प्रमुखहरूको उपस्थितिमा तीन दिने तालिम शनिबार बाट सुरु भएको छ । तालिमका विशिष्ट अतिथी कटहरिया नगरपालिकाकि उपप्रमुख रिता देवि यादव,प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान , कर्यपालिका सदस्य मनोज जयसवाल , वडा नम्बर १ का अध्यक्ष भूपेन्द्र महताे काेईरी,वडा नम्बर २ का वडा अध्यक्ष हरिन्द्र साह,वडा नम्बर ३ का वडा अध्यक्ष श्यामाकान्त यादव,वडा नम्बर ६ का वडा अध्यक्ष जयराम चाैधरी,वडा नम्बर ७ का वडा अध्यक्ष शहिद आलम,वडा नम्बर ८ का वडा अध्यक्ष समिश विक्रम शाह लगायत कटहरिया नगरपालिकाको सम्पुर्ण न्यायिक समिति तथा शाखा प्रमुखहरूको उपस्थितिमा कार्यक्रम उदघाटन तथा सन्चालन गरिएको हाे । कटहरिया नगरपालिकाले आयोजना गरेको तीन दिने तालिममा दर्जनौं जना व्यक्तिहरूकाे सहभागिता रहेकाे थियो । गाउँ, टोल र वडा स्तरमै विवाद समाधान गर्न सकेमा नगरपालिका, अदालत, प्रशासन, प्रहरी र वकिल कहाँ धाउन पर्ने समस्या कम हुने र त्यसले समय र पैसाको बचत गर्नुको साथै आत्मीयता पनि रही रहने सहभागीहरूले बताएका थिए ।

आरके श्रीवास्तव,राैतहट,१४ गते असार ।
स्वास्थ्यको क्षेत्रमा प्राविधिक काम गरेको भन्दै एक कर्मचारीलाई मधेश प्रदेशको स्वास्थ्य मन्त्री तथा स्वास्थ्य राज्यमन्त्रीले सम्मानित गरेका छन् । रौतहट जिल्लालाई पूर्ण खोप घोषणा गराउनको लागि खोप राखिने फ्रिजको मर्मत तथा सम्भार गर्ने काममा अत्यन्त महत्वपूर्ण योगदान दिएको भन्दै मधेश प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रममा प्राविधिकलाई सम्मानित गरिएको हो ।
सम्मानित हुनेमा रौतहटको कटहरिया नगरपालिकामा कार्यरत सिअहेव मदनप्रसाद यादव रहेका छन् । यादवले प्रदेशको आठओटै जिल्लाका सम्पूर्ण पालिकाको फ्रिज मर्मत गर्दै आएका थिए । यादवले कोल्ड चैन इकुपमेन्ट तालिम लिएर फ्रिज मर्मत गर्ने काममा सक्रिय भएका थिए ।


प्राविधिक क्षेत्रमा महत्वपूर्ण काम गरेको भन्दै मधेश प्रदेशका स्वास्थ्य मन्त्री शत्रुधन सिंह र स्वास्थ्य राज्यमन्त्री केशव रायले जनकपुरस्थित मसला कटेजमा आयोजित कार्यक्रममा सम्मानित गरेका हुन् । सम्मानित भएपछि यादवले आफू गौरवान्वित भएको प्रतिक्रिया दिएका छन् । आफ्नो जीवनको एउटा मुख्य उपलब्धि हो भन्दै प्राविधिक यादवले खुसी प्रकट गरेका छन् । साथै यस कार्यमा विशेष सहयोग गर्नु भएका कटहरिया नगरपालिकाका स्वास्थ्य शाखाका सह संयोजक दिनेश प्रसाद यादवलाई उनले धेरै धेरै धन्यवाद ज्ञापन गरेका छन् ।
यससँगै मधेश प्रदेश पूर्ण खोप घोषणा भएको छ ।

रौतहट,१२ गते असार । कटहरिया – रौतहटको कटहरियामा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । सो नगरपालिकाको वडा नम्बर ५ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आज देखि शिविर सुरु भएको हो । दुुइ दिन सम्म चलने प्रजनन स्वास्थ्य शिविरको पहिलो दिन उदघटान समारोह आयोजन गरिएको थियो । Open photoशिविर बुुधवार र विहिवार दुुइ दिन चल्नेछ । उदघाटन समारोह कार्यक्रमलाइ सम्बोधन गर्दै कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले रोग लाग्नुभन्दा अगाडी नै चेकजाँच गरि सुरक्षित रहनु स्वास्थ्यको लागि फाइदाजनक हुने भएकोले यो शिविरको आयोजन गरिएको बताए । यस बाट नगरभरिका महिलाहरु राम्ररी लाभान्वित हुनेछन् भने आफूलाइ पूर्ण विश्वास रहेको बताए । Open photoशिविरलाइ सफल पार्न सबैले सहयोग गर्नुुपर्नेमा जोड दिएका थिए । नगर प्रमुख जयसवालले नगरवासीको स्वास्थ्यको मध्यनजर गरि यो प्रजनन स्वास्थ्य शिविर आयोजन गरिएको उनको भनाइ थियो । कटहरिया नगरपालिकाको आयोजना र ए.डि.आर.ए बागमती सेवा समाज नेपालको आर्थिक सहयोगमा महिलाहरुको निम्ति प्रजनन रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर जारी रहेको छ । Open photoअसार १२ र १३ गते संचालित हुने उक्त शिविरमा कटहरिया नगरपालिकाका नगर प्रमुख जयसवाल सँगै वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महतो कोइरी,वडा नमबर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता,वडा नम्बर ६ का वडा अध्यक्ष जयराम चौधरी,स्वास्थ्य संयोजक शंकर प्रसाद यादव,सह संयोजक दिनेश प्रसाद यादव,सबै स्वास्थ्य चौकीका इन्चार्ज,स्वास्थ्य स्वंयम्सेवीका लगायतका व्यक्तीहरु सहभागी थिए ।Open photo यस्तै स्त्रीरोग रोग विशेषज्ञ डा.निभुु साह, बागमती सेवा समाजका मनोपरामर्शदाता पुनम भट्टराइ,आडरा,बागमती सेवा समाज,कटहरिया पिएचसीका स्वास्थ्यकर्मीहको टिम लगायत सहभागी थिए । शिविरमा २५८ जना महिलाहरुलाई जाँच गरिएको थियो । जसमध्ये पाठेघर खसेको स्क्रिनिङ्ग १६८ जना लाइ गरियो जसमध्ये ६ जना पोजिटिभ देखिएको । भिआइए ८ जना,परिवार नियोजनको सेवा लिने ५४ जना रहेका थिए ।

राैतहट,११ गते असार । जनता आवास कार्यक्रमअन्तर्गत निर्माणाधीन घर तथा पुलको भुक्तानीका लागि पीडितहरु धरनामा बसेका छन् । रौतहटको मौलापुर नगरपालिकाका पीडितहरुले रकमको माग गर्दै धरनामा बसेका हुन् ।Open photo मौलापुर नगरपालिका ६ का लखिन्द्र यादवले प्रदेश सरकारको लापरवाहीका कारण निकै समस्या भएको बताएका छन् । प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण कार्य अधुरा राखी निर्माण कार्य बन्द गरेको तथा स्थानीय भकुवा खोलामा पुल निर्माण कार्यलाई वर्षौँदेखि रोकेको बताएका छन् । प्रदेश सरकारको कामले सयौँलाई घरमा बस्न समस्या भएको तथा दुई गाउँलाई आवतजावतमा पनि कठिनाइ भएको स्थानीयको भनाइ छ । स्थानीय संघर्ष समिति गठन गरी प्रदेश सरकारविरुद्ध धरना दिन सुरु गरेका छन् । अधुरा घरहरु निर्माण हुनुपर्ने, घरको भुक्तानी हुनुपर्ने तथा भकुवा खोलामा निर्माण अलपत्र पारिएको पुलको पनि निर्माण सम्पन्न गर्नुपर्ने माग राखी स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन् ।Open photo स्थानीयवासीको माग जायज भएकोले आफूहरुले ऐक्यबद्धता जनाउँदै धरनालाई समर्थन गरेको आम जनता पार्टी (आजपा) का महासचिव अमर साहले बताएका छन् । गरिबहरुको घरमा बस्न पाउनुपर्ने अधिकारलाई प्रदेश सरकारले कुन्ठित पारेको आरोप आजपा महासचिव साहको रहेको छ । भकुवा नदीमा करिब दश वर्ष पहिले निर्माण सुरु भएको तर आधा निर्माण भएपछि रोकिएको बताउँदै लखिन्द्र यादवले पुलको निर्माणको लागि विभिन्न कार्यालयमा पटक पटक धाएको भए पनि कतैबाट कुनै सुनुवाई नभएको बताउँछन् ।Open photo पूर्वाधार कार्यालय, जिल्ला समन्वय समिति लगायत विभिन्न कार्यालयहरुमा बारम्बार धाएर पनि कुनै प्रगति नभएको, पहिले नै पटक पटक काम सम्पन्न गर्न ज्ञापनपत्र बुझाइसकेको भए पनि कुनै प्रगति नहुँदा बाध्य भएर आन्दोलन गर्नु परेको यादव बताउँछन् ।

राैतहट,१० गते असार । रौतहटको मौलापुर नगरपालिकाले छोटो समयमा अभुतपूर्व प्रगति गरेको पूर्वमन्त्री प्रभु साहले बताएका छन् । मौलापुर नगरपालिकाको नगरसभाको सोमवार उद्घाटन गर्दै आम जनता पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका संघीय साँसद साहले गएको सात वर्षमा मौलापुर नगरपालिकाले गरेको प्रगति अन्य पालिकाको तुलनामा निकै बढी रहेको बताएका छन् । Open photoनगरबासीसित कुनै पनि किसिमको कर नलिने गरेको मौलापुर नगरपालिकाले सबै नागरिकलाई बिजुली, पानी तथा अन्य सुविधा निशुल्क दिने गरेको छ । भौतिक विकासको क्षेत्रमा गत सात वर्षमा अभूतपूर्व प्रगति गरेकोमा पूर्वमन्त्री साहले नगरप्रमुख रिनाकुमारी साहको प्रशंसा पनि गरेका छन् ।Open photo नगरसभाका सम्पूर्ण सदस्यहरु एकजुट भएर विकासको काममा निरन्तर जुटिरहेको बताउँदै नगरपालिकाको विकासको चर्चा देशभरमा भइरहेको बताएका छन् । जनताको हातमा नगरको पैसा शिक्षा, बिजुली, स्वास्थ्य तथा पानीमार्फत सोझै हातमा गइरहेको बताउँदै जिल्लाको सबैभन्दा कम बजेटमा पालिकाले गरेको प्रगति अत्यन्त खुसी लाग्ने किसिमको भएको बताएका छन् । मौलापुरको विकास मोडेलबाट देशका अन्य जागरुक पालिकाहरुले सिकिरहेको स्पष्ट पारेका छन् । मौलापुर नगरपालिकाले अनेक चुनौतीको सामना गर्दै गरिरहेको प्रगति गौरवपूर्ण रहेको बताएका छन् । सरकारको अर्थनीति विभेदपूर्ण रहेको पनि साहको आरोप रहेको छ । केन्द्र सरकारले शिक्षक दरबन्दी, बैकको लगानी तथा अन्य क्षेत्रमा पनि विभेद गरिरहेको आरोप पनि साहले लगाएका छन् । Open photoकेही विकास विरोधीहरुले ट्रान्सफर्मर चोरी गरेको, विद्यालयको सामग्री तोडफोड गर्ने गरेको, जनप्रतिनिधिबिच फुट ल्याउन खोजेको तथा विकासको काममा अवरोध गर्न खोजेको बताएका छन् । मधेश प्रदेशमा लगातार दुई कार्यकाल नगरप्रमुखमा निर्वाचित भएकी नगरप्रमुख रिनाकुमारी साहले नगरपालिकाको नागरिकलाई अनेक सुविधा दिदै आएकी छन् । साहको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख नागेन्द्र राय यादवले ३९ करोडको आय व्यय प्रस्तुत गरेका छन् । मौलापुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधारमा जोड दिएको छ । Open photoविद्यालय भवनहरुको निर्माण तथा शिक्षक दरबन्दीसमेतमा नगरपालिकाले ठुलो बजेट खर्च गर्दै आएको छ । सम्पूर्ण बजेटको करिब ४२ प्रतिशत शिक्षामा लगानी गर्दै आएको मौलापुर नगरपालिकाले हरेक वर्ष पुरातात्विक महादेव मन्दिरको प्रचारप्रसारमा पनि ठुलो खर्च गर्ने गरेको छ । हरेक वर्ष पुरातात्विक महादेव मन्दिरमा लाखौँ दर्शनार्थी आउने गरेका छन् । नगरपालिकाले आगामी आर्थिक वर्षको लागि सन्तुलित बजेट ल्याएको भन्दै विभिन्न वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले प्रशंसा गरेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।