२०८३ बैशाख २२
२०८३ बैशाख २२

राैतहट,०५ गते साउन । रौतहटकाे देवाही गाेनाही नगरपालिकाले बजेट ल्याएको छ । शनिबार देवाही गाेनाही नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएकाे छ । देवाहीगाेनाही स्थित नगरपालिकाकाे प्रांगणमा बजेट अधिवेशन बाेलाईएकाे थियाे । नगर प्रमुख प्रेमलाल साहकाे अध्यक्षतामा साे नगरसभा सम्पन्न भएको हाे । कार्यक्रमकाे प्रमुख अतिथिकाे रूपमा मधेस प्रदेश सरकारका नव नियुक्त अर्थमन्त्री सुनिल कुमार यादव रहनु भएको थियोे । नगरसभाकाे ८ अाैं अधिवेशन बाट जनमुखी नीती र कार्यक्रम ल्याएकाे छ । नगरपालिका नगर कार्यपालिकाबाट पास गरेकाे निती तथा कार्यक्रम कार्यान्यवन गर्न ५६ करोड भन्दा बढी बजेट विनियोजन गरेकाे हाे । हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेकाे छ । तर आन्तरिक कुराहरू मिलन नसक्दा समयमा बजेट आउन सकेको थिएन । आज भएको नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । धेरै उत्साहका साथ सम्पन्न भएकाे नगरसभा बाट देवाहीगाेनाही नगरपालिकाकाे जनताकाे मन जितने किसिमकाे निती तथा कार्यक्रम पारित गरेको हाे । नगर प्रमुख साह र प्रमुख प्रशाकिय अधिकृत संदेश कुमार यादवले निति तथा कार्यक्रम वाचन गरेर सुनाएका थिए । नगरकाे चौतर्फि विकासकाे लागि यसै आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ५६ करोड २४ लाख २५ हजार ८ सय ८७ रुपैयाँ ५९ पैसाकाे बजेट पारित गरिएकाे लेखाप्रमुख प्रदिप यादवले जानकारी गराउनु भयाे । यस वर्ष आर्थिक विकास तर्फ कृषि, पशुपंक्षी र मत्सय र शिक्षा, स्वास्थ्य, खेलकुद, भौतिक पुर्वाधार निर्माण कार्य लगायतकाे विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको यादवले बताए । साे नगरपालिकाकाे संघिय वितिय समानीकरण अनुदान १० कराेड २१ लाख,संघिय राजश्व बाँडफाँड ९ कराेड ११ लाख ,संघिय सशर्त अनुदान चालु १६ कराेड ९० लाख ७० हजार,संघिय सरकार सशर्त पुँजिगत १३ कराेड ११ लाख ७२ हजार,संघिय सरकार समपुरकमा अनुमानित ५५ लाख,वित्तीय समानिकरण प्रदेश सरकार ९० लाख,विशेष अनुदान प्रदेश सरकार ७२ लाख २३ हजार लगायत अन्य शिर्षकमा पनि बजेटकाे आयकाे प्रक्षेपण गरिएको छ । कार्यक्रम सञ्चालन शिक्षा संयाेजक अरविन्द यादवले गर्नु भएको थियाे । साे अवसरमा वडा अध्यक्षहरू जनप्रतिनिधिहरू,पत्रकार,सुरक्षाकर्मी,कर्मचारीहरू सहितका व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।

साउन ३ गते, रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाका शिक्षक र कर्मचारीहरु विगत १२ महिनादेखी तलव पाउन नसकेका कारण समस्यामा परेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले गएको यहि असार मसान्तमा तलव खुवाउने आश्वासन शिक्षक र कर्मचारीहरुलाई दिएका थिए । नगरपालिकाका कार्यालय प्रमुखले नै तलवभत्ता निकासा गर्ने आश्वाशन दिएपछि गत १२ महिनादेखी तलवभत्ता पाउन नसकेका नगरका शिक्षक कर्मचारीहरुले असार मसान्तमा आफुहरुले तलवभत्ता पाउने भन्दै ढुक्क भएर बसेका थिए तर असार मसान्त वितेर्पान प्रमुख प्रशासकीय अधिकृत प्रधान र लेखापाल उमेश यादवले तलव निकासा नगरेपछि फतुवा विजयपुर नगरपालिकाका सयौ शिक्षक र कर्मचारीहरु तलव वापतको रकम पाउन नसकेर निराश भएका छन् । कार्यालय प्रमुख प्रधान र लेखापाल यादवको बदमासी एवं चरम लापरवाहीका कारण फतुवा विजयपुर नगर क्षेत्रका ३२ सामुदायीक विद्यालयका झण्डै २ सय ५० शिक्षक र अन्य कर्मचारी गरी करिव ३ सयको हाराहारीमा शिक्षक, कर्मचारीहरु आर्थिक वर्ष २०८०/०८१ को आर्थिक मसान्तको अन्त्य असारमा पनि तलवभत्ता पाउनबाट बञ्चित भएका छन् । नगरपालिकाका प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान र लेखापाल उमेश यादवले आर्थिक चलखेल र कमिश्नमा लिप्त रहेका कारण यस पालिकाका २ सय ५० भन्दा बढी शिक्षक तथा कर्मचारीहरु विगत १२ महिना भन्दा बढी दिनको तलव भत्ता पाउन नसकेको एकिकृत अखिल नेपाल शिक्षक संगठन रौतहटका अध्यक्ष एवं माध्यमिक विद्यालय शितलपुरका प्रधानाध्यापक बुनिलाल प्रसाद यादवले बताएका छन् । प्रधानाध्यापक यादवले आज बिहीबार नगरपालिकाको कार्यालय विजयपुरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादवको बदमासीका कारण नगरका शिक्षक र कर्मचारीहरु तलव भत्ता पाउनबाट बञ्चित भएको बताएका हुन । अधिकृत यादवले पटक पटक तलव निकासा गर्ने आश्वासन दिएपनि तलव भत्ता निकास नगरेका कारण विगत १२ महिनाको तलव पाउन नसकेका शिक्षक र कर्मचारीहरुलाई घर व्यवहार चलाउन ठुलो समस्या भएको प्रधानाध्यापक यादवले बताए । हाकिम र लेखापालले कमिश्न दिने कन्ट्रक्सन, सप्लायर्स, होटल, प्रेस आदिको चेक काटनेतिर नै ध्यान केन्द्रित गरेको र आफुहरुको तलव सुविधा दिनेतर्फ कुनै चासो नदेखाएका कारण शिक्षक र कर्मचारीहरुको तलव निकासा हुन नसकेको प्रधानाध्यापक यादवले बताए । आफुहरुको तलव नै नकासा नगरी कार्यालय प्रमुख प्रधान र लेखापाल यादवले मोवाइल स्वीच अफ गरी सम्पर्क विहीन भएपछि आफुहरु झन चिन्तित भएको उनले बताए । प्रधान र यादव विगत एक महिनादेखी कार्यालयमा आउन सकेका छैनन । उनिहरुले कार्यालय भन्दा बाहिर चन्द्रनिगाहपुरको गोप्य स्थानमा बसेर कार्यालय सञ्चालन गर्दा अब उनिहरुलाई कहाँ खोज्ने र आफनो तलवको समस्या कसलाई सुनाउने भनी शिक्षक र कर्मचारीहरुलाई चिन्ता लागेको छ । हाकिम प्रधान र लेखापालको गैर जिम्मेवारीपूर्ण रवैया र बदमासी विरुद्ध शिक्षक तथा कर्मचारीहरु कडा आन्दोलन गर्ने तयारी गरेको यादवले बताए । प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादवले असार पहिलो सातादेखी नै कार्यालय आउन छाडेको र कार्यालय भन्दा बाहिर चन्द्रनिगाहपुर स्थित गोप्य ठाउँमा बसेर उनिहरुको कमिश्नको भरमा खरिद नै नभएका सामान खरिद भएको कागजमै जनाएर नक्कली विल भर्पाईको आधारमा विभिन्न कन्ट्रक्सन, सप्लायर्स, होटल, प्रेस आदिलाई गरी ९३ लाख भन्दा बढी अवैध रकम निकासा गरी ठुलो आर्थिक अनियमितता गरेको श्रोतको दाबी छ । कार्यालयमा कमिश्न लिन सहज नहुने देखेपछि कार्यालय प्रमुख प्रधान र लेखापाल यादवले कार्यालय भन्दा बाहिर बसेर चेक काटेको र अहिले कमिश्न लिएर धमाधम चेक बाड़ने काम गरिरहेको श्रोतको भनाई छ । हाकिम प्रधान र लेखापाल यादवले पालिकालाई भ्रष्टाचारको अखडा बनाएको र भ्रष्टाचार तथा आर्थिक अनियमिततामा चुर्लम हुवेको श्रोतको दाबी छ । कार्यालय प्रमुख प्रधान र लेखापाल यादव लामो समय देखि मोबाइल स्विच अफ गरि सम्पर्क बिहिन छन । उनिहरुले कार्यालयमा न आउदा आम नागरिकको कामकाज प्रभावित भइरहेको छ तर लामो समय देखि कार्यालय प्रमुख र लेखापाल जस्तो जिम्मेवार कर्मचारी कार्यालय न आउँदा पनि सम्बन्धित निकायले उनीहरुमाथी कार्यवाही गर्न कुनै चासो लिएको छैन ।

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ ।  प्रहरीकाअनुसार १९ मध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँच जनाको सनाखत हुन बाँकी छ ।

सनाखत हुनेमा भारतका ऋषिपाल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप बिक, बाराका परमानन्द पण्डित, चन्द्रनिगापुरका किशोरकुमार चौधरी, रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी र रौतहटकी अमृता कुमारीको शव सनाखत भएको छ । अरु पाँच जना पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

गएको शुक्रवार बिहान वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाण्डौबाट गौरको लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपती डिलक्सको बस पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थिए ।

दुवै बसमा गरी ६५ यात्रु रहेकोमा तीन जनाले आफुलाई बचाएका थिए । अझै कम्तिमा ४३ यात्रु बेपत्ता छन् । त्रिशुलीमा बेपत्ता रहेका दुवै बसको नेपाली सेना र सशस्त्रका गोताखोरले खोजी रहेपनि अहिलेसम्म फेला पार्न सकिएको छैन ।न्युज कारखाना

 

 

राैतहट,३१ गते असार ।

राैतहट,३० गते असार । माध्यमिक शिक्षा परिक्षा ( एस.ई.ई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ । Open photoरौतहटको कटहरिया नगरपालिका भरीमा सञ्चालित सामुदायिक बिधालयहरु मध्ये बाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाइ सम्मान तथा पुरस्कार वितरण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले आज एक कार्यक्रमका बिच ३.६० जिपिए भन्दा माथि जिपिए ल्याउने बिधार्थीहरुलाइ सम्मान गर्नु भएको हो ।Open photo आइतवार सम्मान तथा पुरस्कार पाउनेमा ४ जना छात्र र १ जना छात्रा रहेका छन् । कटहरिया नगरपालिका भरिको सामुदायिक बिधालयहरु मध्ये बाट उत्कृष्ट अंक ल्याउनेहरु अनिरुद्ध यादव,धर्मेन्द्र यादव,मधु शाह,बादशाह कुशवाहा र सन्धया कुुमारी कुशवाहा रहेका छन् । Open photoउनीहरुलाइ वडा अध्यक्ष कुशवाहाले स्कूल ब्याग,कलम र डायरी उपलब्ध गराइएको छ । भने खादा ओढाएर सम्मान पनि गरिएको छ । Open photoबिधार्थीहरुको मनोबल उच्च बनाउने अभिप्रायले यस वर्ष देखि वडा अध्यक्ष कुशवाहाले एसईईमा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान गर्ने थालनी गरेका छन् । Open photoकार्यक्रममा वडा अध्यक्ष कुशवाहाले विद्यार्थीले प्राप्त गरेका सफलता परिवार, आफन्त, समाज, जिल्ला र राष्ट्रको नै भएको भन्दै भोलीको पुस्ताको असल नेतृत्व गर्न सक्ने बन्न सक्नुपर्ने तर्क गरे ।Open photo उनले भने बिधार्थीहरुलाइ प्रदान गरिएको स्कूल ब्याग मात्र नभइ समाजको भरोसा,बुवा आमाको आशा,गुरुहरुको मिहिनेत र परिश्रमको फल रहेकोले यो उपलब्धीलाइ निरन्तरता दिन आग्रह गर्दै उज्जवल भविष्यको कामना गर्नुु भयो । Open photoयस वर्ष रौतहट जिल्लाभरी बाट ३.६० देखि ४ जिपिए ल्याउनेको संख्या ६ सय ५८ रहेको जिल्ला शिक्ष समन्वय इकाइ रौतहटका प्रमुख रामविनय कुमार सिंहले जानकारी गराएका हुुन् ।

राैतहट,३० गते असार । माध्यमिक शिक्षा परिक्षा ( एस.ई.ई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ । Open photoरौतहटको कटहरिया नगरपालिका भरीमा सञ्चालित सामुदायिक बिधालयहरु मध्ये बाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाइ सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।Open photo सो नगरपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले आज एक कार्यक्रमका बिच ३.६० जिपिए भन्दा माथि जिपिए ल्याउने बिधार्थीहरुलाइ सम्मान गर्नु भएको हो । आइतवार सम्मान तथा पुरस्कार पाउनेमा ४ जना छात्र र १ जना छात्रा रहेका छन् ।Open photo कटहरिया नगरपालिका भरिको सामुदायिक बिधालयहरु मध्ये बाट उत्कृष्ट अंक ल्याउनेहरु अनिरुद्ध यादव,धर्मेन्द्र यादव,मधु शाह,बादशाह कुशवाहा र सन्धया कुुमारी कुशवाहा रहेका छन् ।Open photo उनीहरुलाइ वडा अध्यक्ष कुशवाहाले स्कूल ब्याग,कलम र डायरी उपलब्ध गराइएको छ । भने खादा ओढाएर सम्मान पनि गरिएको छ ।Open photo बिधार्थीहरुको मनोबल उच्च बनाउने अभिप्रायले यस वर्ष देखि वडा अध्यक्ष कुशवाहाले एसईईमा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान गर्ने थालनी गरेका छन् । कार्यक्रममा वडा अध्यक्ष कुशवाहाले विद्यार्थीले प्राप्त गरेका सफलता परिवार, आफन्त, समाज, जिल्ला र राष्ट्रको नै भएको भन्दै भोलीको पुस्ताको असल नेतृत्व गर्न सक्ने बन्न सक्नुपर्ने तर्क गरे । Open photoउनले भने बिधार्थीहरुलाइ प्रदान गरिएको स्कूल ब्याग मात्र नभइ समाजको भरोसा,बुवा आमाको आशा,गुरुहरुको मिहिनेत र परिश्रमको फल रहेकोले यो उपलब्धीलाइ निरन्तरता दिन आग्रह गर्दै उज्जवल भविष्यको कामना गर्नुु भयो । यस वर्ष रौतहट जिल्लाभरी बाट ३.६० देखि ४ जिपिए ल्याउनेको संख्या ६ सय ५८ रहेको जिल्ला शिक्ष समन्वय इकाइ रौतहटका प्रमुख रामविनय कुमार सिंहले जानकारी गराएका हुुन् ।

राैतहट,२९ गते असार । मधेश प्रदेशमा पनि आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती मनाइएको छ । मधेश प्रदेश आर्थिक नगरी रुपमा प्रख्यात् विरगंज स्थित होटेल मकालुमा आज नारायणी वाङ्गमय कृति पुुरस्कार वितरण तथा कविता वाचन कार्यत्रलम आयोजन गरिएको थियो । Open photoनेपाली साहित्यका आदिकवि आचार्यको जन्मजयन्तीमा नारायणी वाङ्गमय प्रतिष्ठानको आयोजनाम सो कार्यक्रमको आयोजन गरिएको थियो । Open photoप्रतिष्ठानका अध्यक्ष डा.विश्वम्भर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा प्रध्यापक केशव सुुवेदी रहनुभएको थियो ।Open photo गिता भण्डारीले सञ्चालन गरेको कार्यक्रममा भाषा आयोगका सदस्य गोपाल अस्कले लेख्नुु भएको कालो गुुलाफ कृति लाइ उत्कृष्ट छनौट गरि पुुरस्कृत पनि गरिएको छ । Open photoअस्कलाइ नगद २५ हजार रुपैयाँ नगद राशी सहित सम्मानपत्रका साथ दोसल्ला ओढाइ सम्मान गरिएको थियो । Open photoकार्यक्रममा आदिकवी भानुभक्तको तस्बिरमा माल्यापर्ण तथा दिप प्रज्जवलन गरि कार्यक्रम उद्धघाटन गरिएको थियो । कार्यक्रममा कविता खडकाले स्वागत मन्तव्य राखेकी थिइन् ।

आरके श्रीवास्तव, राैतहट,२८ गते असार । केही दिनदेखि हरेक दिन पानी परिरहेको छ । वर्षाको प्रवृत्ति कस्तो रहेको छ भने चार पाँच घन्टा पानी पर्छ र रोकिन्छ । चार पाँच घन्टा पानी पर्दा पनि केही बेर मात्र हो भारी वर्षा हुने, हैन भने सामान्य वर्षा हुने र सिमसिम पानी परिरहने देखिएको छ । यसले गर्दा रौतहटका खोलाहरु मुख्य रुपमा बागमती, बकैया तथा लमाहामा बाढी त आएको छ तर खोलाको पानीले खोलाको किनारलाई नाघेको छैन ।Open photo मुख्य गरी पहाड र उत्तरी क्षेत्रको जंगलमा परेको पानीले खोलाको सतह बढाएको हो । वर्षाको पानी यति धेरै भइसकेको छ कि खेतमा रोपाईँ गर्न सजिलो होओस् । गैरी खेतहरुमा पानी भरिएको छ तर सबै ठाउँमा रोपाइँको लागि उपयुक्त पानी परिसकेको छैन । खोलामा बाढी आइसकेकोले खोलाको किनारमा रहेका गाउँमा बासिन्दाहरुलाई भने निकै डर लाग्न थालेको छ ।Open photo खोलाको बाढीले किनारको कटान सुरु गरिसकेकोले किनारका बासिन्दाहरुलाई डर लाग्न थालेको हो । बकैया नदीको तटबन्धमा बाढीको पानीको धक्का दिन थालेको छ । बाढीले नदीको किनारलाई काट्दै जाँदा तटबन्ध चर्किन थालेको छ । Open photoतटबन्धलाई बाढीले काटेर लगेपछि गाउँमा बाढीको पानी पस्ने र त्यसले ठूलो क्षति पु¥याउने त्रास मौलापुर र बौद्धिमाई नगरपालिकामा व्याप्त रहेको छ । निरन्तर परिरहेको पानीले खोलामा जसरी बाढीको संकेत गर्दछ, स्थानीयबासीलाई बाढीजन्य क्षतिको त्रासले सताउन सुरु गर्दछ ।Open photo मध्यरौतहटको पश्चिमी रौतहटसित लाइफलाइन बनिसकेको मौलापुरस्थित बकैया नदीको पुल पनि चर्केको देखेर स्थानीय त्रसित बनेका छन् । बिचैमा चर्केको पुलको माथिल्लो भाग चर्केको हो कि तलसम्म चर्केको हो ? प्राविधिक जाँच हुनु जरुरी भएको स्थानीयको भनाइ छ । पुलको अर्धपश्चिमी भागमा चिरा परेको देखिएको छ । तटबन्ध र पुल दुवैमा चिरा परेको देखिएपछि स्थानीयमा गत वर्षहरुको भन्दा बढी त्रास देखिएको छ । पहिलोपटक पुलमा पनि चिरा देखिएको हो । Open photoवर्षाको सुरुमै समस्या देखा परेपछि सम्बन्धित निकायको ध्यान जानुपर्ने स्थानीयवासीको माग रहेको छ । पुल र बाँधको निर्माण तथा मरम्मत र यिनीहरुको प्राविधिक पक्षसित सरोकार राख्ने निकायले उचित समयमा ध्यान दिएर मरम्मतको तत्काल पहल गर्नुपर्ने स्थानीयवासीको आग्रह रहेको छ । बकैया नदीको तटबन्धमा चिरा परेपछि रौतहटको सुरक्षा निकायको पनि ध्यान तानिएको छ । मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साहसहितको टोलीले स्थलगत निरीक्षण गरिसकेको छ । स्थलगत निरीक्षण गर्दा समस्या तत्काल समाधान गर्नुपर्ने देखिएको नगर प्रमुख साहको भनाइ छ । Open photoनदीमा बाढी बढिरहेको र तटबन्धलाई नोक्सानी पु¥याइरहेकोले सम्भव भएसम्म छिटो मरम्मत गर्नुपर्ने साहको माग पनि रहेको छ । तटबन्धको मरम्मत नगरपालिकाको क्षमता र क्षेत्र दुवै भन्दा माथि रहेकोले यथाशीघ्र बलियो मरम्मतको काम गर्नुपर्ने स्थानीयको माग छ । साथै तटबन्धतिर खोला फर्किरहेकोले खोलाको तीव्र बहाव भएको ठाउँमा बलियो संरचना निर्माण गर्नुपर्ने माग पनि स्थानीयबासीको रहेको छ । विगतका वर्षहरुको भन्दा केही पहिले वर्षा भइरहेको तथा गत वर्षहरुभन्दा बढी वर्षा हुने चेतावनी आइरहेकोले स्थानीयहरुमा अझ बढी त्रास देखिएको हो । तटबन्धको कटान हुँदा दर्जनौँ गाउँमा समस्या पर्ने भएकोले स्थानीयमा त्रास देखिएको हो ।

राैतहट,२६ गते असार । मौलापुर नगरपालिकाले “हमर नगर हरित शहर” भन्ने अभियान तिव्र रूपमा चलाइरहेको छ । आज साे अभियानमा संघिय सांसद एवम् आम जनता पार्टीका अध्यक्ष प्रभु साह पनि सहभागी हुँदै बिरुवा राेपेका छन् । आज माैलापुरकाे आईटि चाैक लगायतका ठाउँहरूमा बिरुवा राेपिएकाे हाे । यस अघि माैलापुर नगरपालिकाकाे वडा नम्बर १ मा रहेको एकीकृत नमूना दलित बस्ती लगायतका ठाउँहरूमा वृक्षारोपण भईसकेकाे छ । माैलापुर नगरपालिकाकाे सहभागीता तथा डिभिजन वन कार्यालय राैतहटकाे सहयोगमा ती विरूवाहरू राेपिने काम भईरहेकाे छ । वृक्षारोपण कार्यक्रम पछि बाेल्दै सांसद प्रभु साहले मौलापुर नगरपालिकाको “हमर नगर हरित शहर” को संकल्प छिटै पुरा हुने भन्दै शुभकामना व्यक्त गरेका थिए । मौलापुर नगरपालिकालाई हराभरा बनाउने अभियान अन्तर्गत अहिले विरूवाहरू राेपने काम भईरहेकाे मेयर साहकाे भनाइ छ । बुधबार विभिन्न प्रजातिका बोटबिरुवा लगाइएको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिएका हुन् । यो अभियानअन्तर्गत नगरभरी बिरुवा रोपिने उनले बताए । कार्यक्रमअन्तर्गत नगरका सम्पूर्ण विद्यालय, स्वास्थ्य संस्था लगायतका सरकारी निकायका साथै बजार र मुख्य सडकमा बृहत वृक्षारोपन गरिने बताइएको छ । यसले नगरपालिका छिटै नै ग्रीन सिटी बन्ने विश्वास लिइएको छ । वृक्षरोपण कार्यक्रमकाे अवसरमा डिभिजन वन कार्यालयका अधिकृत राजेश साह,वडा अनिरूद्व प्रसाद यादव उर्फ संजय,आजपा नेता त्रिभुवन साह,आम बिधार्थी माेर्चाका अध्यक्ष विवेक साह लगायतका व्यक्तिहरूकाे सहभागीता रहेको थियोे ।

राैतहट,२५ गते । कतैको सहयोग बिना आफ्नै तरिकाले कुस्तीको अभ्यास गर्ने रौतहटका युवाहरुको समूहमध्ये एकै गाउँका चार जनाले पदक ल्याएका छन् । Open photoहालै सम्पन्न मधेश प्रदेशस्तरीय कुस्ती प्रतियोगितामा रौतहटमा आएको ६ पदकमध्ये एकै टोलमा चारओटा पदक भित्रिएको छ । रौतहटको गरुडा नगरपालिका ५ लक्ष्मीपुर टोलका चार जना कुस्ती खेलाडीले एकैपटक चारओटा पदक जित्दै इतिहास रचेका छन् ।Open photo कुस्ती खेलाडीहरुले एउटा रजत पदक र तीनओटा काँस्य पदक जितेका हुन् । पदक विजेतामध्ये दुई जना साख्खै दाजुभाइ हुन् । एकै दिन जन्मेका जुम्ल्याहा दाजुभाइले प्रदेशस्तरीय कुस्ती प्रतियोगितामा दोस्रो र तेस्रो स्थान ग्रहण गरेपछि अहिले जिल्लामा चर्चाको विषय बनेको छ । Open photoकुस्ती प्रतियोगितामा लागेपछि पहिले जिल्लास्तरीय विभिन्न प्रतियोगितामा सहभागी हुँदै पुरस्कृत र सम्मानित हुँदै गएपछि हौसला बढेको र अहिले प्रदेशस्तरीय प्रतियोगितामा पदक जितेर आएपछि थप जिम्मेवारी बढेको अनुभव भएको विजेताहरुले बताएका छन् । ५७ केजी समूहमा रजत पदक विजेता कृष्णनन्दन यादवले अब आफूले राष्ट्रियस्तरको प्रतियोगिताको तयारी गर्नु परेको तर कुनै पनि सुविधा नभएको गुनासो गरेका छन् । Open photoकुस्ती खेलाडी यादव भन्छन् – कुस्तीको पोसाक छैन, खेल्ने पिच अर्थात् अखाडा छैन, कुनै कोच पनि छैनन् । बिना सुविधा एकापसमा अभ्यास गरेर कुस्तीको तयारी गर्नु परिरहेको रजत विजेता यादव बताउँछन् । ६५ केजी समूहमा प्रदेशमा तेस्रो स्थान प्राप्त गरेका शिवनन्दन यादवले पनि उही पीडा दोहो¥याउँछन् । कहीँ कतैबाट कुनै किसिमको सुविधा र सहयोग नभए पनि आफूहरुले बिहान दुई घन्टा अभ्यास गर्ने गरेको भरमा प्रदेशस्तरीय प्रतियोगितामा जिल्लाको मान राखेको बताउँछन् । कुस्ती खेलाडी यादवको भनाइ छ – कम्तीमा सकारात्मक वातावरण भइदिए राम्रो हुन्थ्यो । मधेशको कुस्तीमा पहिचान कायम गरेका कृष्णन्दन र शिवनन्दन जुम्ल्याहा हुन् । दाजुभाइ कृषि पेसामा आबद्ध छन् । गरुडा चोकमा पसल पनि संचालन गरेका छन् । बिहान दुई घन्टा कुस्ती अभ्यास गर्न थालेको चार वर्ष मात्र भएको छ । Open photoचार वर्षको अभ्यासमा जिल्ला र प्रदेशमा कुस्तीको क्षेत्रमा पहिचान स्थापित भएपछि दाजुभाइ भन्छन् – अब कुस्तीमै आफूहरुलाई झन् लाग्नु परेको छ । ९७ केजी समूहमा काँस्य पदक विजेता होसनारायण यादव र ८६ केजी समूहमा काँस्य पदक विजेता उमाशंकर यादव पनि लक्ष्मीपुर टोलकै छन् । सबै जना झाँझपुल चोकभन्दा केही उत्तरमा रहेको जल्फामाई मन्दिरको छेउमा अखाडा बनाई कुस्तीको अभ्यास गर्दै आएका छन् । निकै गर्मी चर्केपछि अखाडामा कोही पनि आउँदैनन् । अहिले अखाडामा दुई फिटसम्मको घाँस उब्जिइसकेको छ तर सबै जना एकै स्वरमा भन्छन् – खेतको रोपाइँ सकिनासाथ हामी अखाडालाई राम्रोसित बनाएर राष्ट्रियस्तरको कुस्ती प्रतियोगिताको अभ्यास गर्ने छौँ ।Open photo कुस्ती प्रतियोगिताको क्षेत्रमा रौतहटले निकै प्रगति गर्न सक्ने सम्भावना रहेको छ । कुस्ती खेलको लागि स्थानीय सरकारले कुस्ती खेलका लागि कम्तीमा आधारभूत आवश्यकता पूरा गरी बाहै्र महिना अभ्यास गर्न सकिने वातावरण बनाइदिए राम्रो हुने अपेक्षा खेलाडीहरुको रहेको छ । तराई मधेशमा निकै लोकप्रिय रहेको कुस्ती खेलमा रौतहटले पुनः वर्चस्व जमाउने आशा जागेको खेलाडीहरुको भनाइ रहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।