२०८३ बैशाख १९
२०८३ बैशाख १९

गुड्डु यादव,रौतहट,१६ गते मंसिर ।

राैतहटकाे गढिमाई नगरपालिका वडा नम्बर ८ बिरनगरामा भएको उपनिर्वाचन पछि सर्वदलीय बैठक सम्पन्न भएको छ । सर्वदलीय बैठक पश्चात् अब केही बेरमै मतगणना सुरु हुने निर्वाचन अधिकृत माेहम्द मुनाले जानकारी गराएका हुन् ।

 

साे वडा वडा अध्यक्ष पदका लागि नेपाली काँग्रेसकाे तर्फ सुबाेध यादव,जसपाकाे तर्फबाट संदेश यादव र नेकपा एमालेकाे तर्फबाट जिउती देवी लगायतका उम्मेदवारहरू चुनावी मैदानमा छन् । वहाँहरूकाे भविष्य मतपेटिकामा कैद भईसकेकाे छ । ९ बजेदेखि मतगणना गरिने जनाइएको हाे ।

 

रौतहटमा उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जिल्लाको तीन वटै वडामा आज शान्तिपूर्ण रूपमा मतदान भएको छ । जिल्लाको गढिमाइ ८,राजपुर ६ र इशनाथ ७ मा रहेको मतदान केन्द्रहरुमा शान्तिपूर्ण अवस्थामा मतदान भएको थियो ।

प्रहरीको कडा सुरक्षा र निगरानीले निकै शान्त तथा भयरहित वातावरणमा मतदान भएको देखिएको थियो । जिल्ला निर्वाचन कार्यालय रौतहटले दिएको जानकारी अनुसार गढिमाइ ८ मा ८१.३१ प्रतिशत,राजपुर ६ मा ६९.३६ प्रतिशत र इशनाथ ७ मा ६९.०८ प्रतिशत मतदान भएको जनाएको हो ।

आरके श्रीवास्तव,रौतहट,१६ गते मंसिर ।
रौतहटमा उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जिल्लाको तीन वटै वडामा आज शान्तिपूर्ण रूपमा मतदान भएको छ । जिल्लाको गढिमाइ ८,राजपुर ६ र इशनाथ ७ मा रहेको मतदान केन्द्रहरुमा शान्तिपूर्ण अवस्थामा मतदान भएको जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले जनकारी गराउनु भएको हो ।
प्रहरीको कडा सुरक्षा र निगरानीले निकै शान्त तथा भयरहित वातावरणमा मतदान भएको देखिएको थियो । जिल्ला निर्वाचन कार्यालय रौतहटले दिएको जानकारी अनुसार गढिमाइ ८ मा ८१.३१ प्रतिशत,राजपुर ६ मा ६९.३६ प्रतिशत र इशनाथ ७ मा ६९.०८ प्रतिशत मतदान भएको जनाएको हो ।
गढिमाइ नगरपालिका वडा नम्बर ८ मा २ हजार ७ सय ५१ मतदाता रहेकोमा २ हजार २ सय ३७ मतदान भएको हो भने राजपुर नगरपालिका वडा नम्बर ६ मा २ हजार ५ सय ४६ मतदाता रहेकोमा १ हजार ७ सय ६६ मत खसेको छ ।
त्यस्तै जिल्ला दक्षिणी भेग इशनाथ नगरपालिका वडा नम्बर ७ मा २ हजार ७ सय ०७ मतदाता रहेकोमा १ हजार ८ सय ७० मत परेको छ । यसपालीको उपचुनावमा उत्साहजनक मत परेको छ ।
आज रातीदेखि नै मतगणना गरिने अधिकारी दासले जानकारी गराउनु भयो । यसको लागि बेलुकी ९ बजे सर्वदलिय बैठक बस्ने उनले बताए । सबै राजनितिक दलको ध्यान केन्द्रित रहेको रौहतटको गढिमाइ वडा नम्बर ८ मा विवादरहित तथा शान्तिपृर्ण रुपमा चुनाव भएको स्थानिय पत्रकार गुडु यादवले जनाएका छन् ।

सरिता कुमारी श्रीवास्तव,राैतहट,१४ गते मंसिर । 

आम जनता पार्टीका अध्यक्ष एवम् राैतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले नेपाल विधुत प्राधिकरण माैलापुर वितरण केन्द्रमा अनुगमन-निरीक्षण गर्नु भएको छ । बिधुत प्रसारण भरपर्दों एवं नियमित गराउन आज मौलापुर सब-स्टेशनको अनुगमन-निरीक्षण तथा वितरण केन्द्रमा भेटघाट गरेकाे सांसद साहले बताउनु भएको हाे ।

अनुगमनकाे क्रममा मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साह र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह तथा अन्य कर्मचारी पनि सहभागी रहेका थिए ।

मौलापुर वितरण केन्द्रबाट हुने सेवा प्रवाह र आगामी दिनहरुमा सेवा प्रवाह लाई अझ बढी प्रभावकारी बनाउनेबारे छलफल तथा कार्यालयको अवलोकन भएको माैलापुर वितरण केन्द्रका प्रमुख ई.दिनेश यादवले जानकारी गराउनु भएको हाे । यसरी सेवा प्रवाहबारे समसामयिक छलफल गर्नुभएकोमा वहाँले हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

ओमप्रकाश यादव,राैतहट,१४ गते मंसिर । 

रौतहटको माधवनारायण नगरपालिका मेयर बैजनाथ प्रसाद यादवले दश कोठे विद्यालय भवनको शिलान्यास गरेका छन् ।

 

नगर प्रमुख यादवले माधवनारायण नगरपालिका वडा न. ८ रजवडामा रहेको प्राथमिक विद्यालयको एक तले दश कोठे भवनको शुक्रबार शिलान्यास गरेका हुन् ।

 

मेयर बैजनाथ प्रसाद यादवले सो वडामा यसअघि वडा कार्यालय भवन र स्वास्थ्य चौकीको जीर्ण भवनलाई भत्काएर नयाँ भवन निर्माण गरिसकेका छन्।

 

अब उपरान्त कक्षाकाेठा अभावकाे समस्या समाधान हुने भएको छ ।

गुडु यादव,रौतहट,१४ गते मंसिर ।  

रौतहटको प्रसिद्ध र एसियाको दोस्रो पञ्चवर्षीय गिढिमाई मेलामा पूर्वगृहमन्त्री बिमलेन्द्र निधीलाई नेवता दिइएको छ। गढिमाई नगरपालिका वडा नम्बर २ शुन्दरपुर बरियारपुरमा सदियो देखि लागदै आइरहेको गढिमाईको पञ्चवर्षीय मेलामा साे नगरपालिकाका मेयर श्याम यादवले पूर्वगृहमन्त्री निधीलाई निमतो कार्ड दिएका छन् ।

 यस वर्षको पञ्चवर्षीय गढिमाई मेलाको दोस्रो दिन भोजपुरीको सुपर स्टार खेसारीलाल यादव मनोरञ्जनका लागि आउँदै छन् ।

गुडु यादव,रौतहट,१४ गते मंसिर । 

रौतहटमा टिकटक बनाउने क्रममा दुईजनाको डुबेर मुत्यु भएको छ । जिल्लाको मध्य राैतहटकाे गरुडा नगरपालिका वडा नम्बर २ गेडहिगुठीमा टिकटक बनाउन नुहाउन गएका दुई जनाकाे शिवनगर लमहा नदिमा डुबेर मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका हुन् ।

प्रत्यक्षदर्शीका अनुसार स्थानिय गेडहीगुठी निवासी देवालाल साहको अन्दाजी छोरा बर्ष १७/१८ का जितेन्द्र साह र सोही वडाका उमेश साहकाे छोरा बर्ष १७/१८ का राजिव साह दिउँसो टिकटक बनाउन नदीमा हाम फाल्दा बाहिर निस्कन नसकेको र डुबेर मृत्यु बताए ।

 

स्थानियहरुले इलका प्रहरी कार्यालय शिवनगरका सई बब्लु झा र दुधियाभार बेश क्याम्पका इन्स्पेक्टर अमरब्रामु लाई खबर गरेका थिए । लगत्तै प्रहरी घटना स्थलमा पुगेको थियोे । प्रहरीका अनुसार गेडही गाउँ नजिकैको लमाहा खोलामा पौडी खेल्ने क्रममा डुबेकोमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस दुधियाभारबाट स.प्र.नि. अम्मर राज बरामुको कमाण्डमा डिजास्टर म्यानेजमेन्ट सामाग्री सहितको टोली  र स्थानियको सहयोगमा दुबै जनाकाे शवलाई पानी बाट निकालेको थियो ।

स्थानीय पूर्व हुलाक कर्मचारी रामनारायण सहनीले प्रहरीलाई सघाएका थिए ।

राैतहट,१४ गते मंसिर । 

राैतहटकाे गरूडा नगरपालिका वडा नम्बर ५ महम्मदपुरमा आईटी आर्मीको कमिटी गठन भएको छ । वैदेशिक रोजगारका ठग विरुद्ध संघर्ष गर्न आज गरुडा नगरपालिका वार्ड नं ५ महम्मदपुरमा युवा कमिटी गठन भएको आम जनता पार्टीका नेता रविन्द्र यादवले जानकारी गराएका हुन् ।

 

सचिन यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि आईटी आर्मीको केन्द्रीय सचिव तथा पार्टी स्थायी कमिटी सदस्य  रविन्द्र यादव, विशिष्ठ अतिथि केशब पासवान, रुपेश यादव, अजित शाह लगायतका साथीहरूको विशेष उपस्थिति रहेको थियो । उक्त भेलाले ३१ सदस्यिय टोल कमिटी गठन गरेको छ।

आरके श्रीवास्तव,राैतहट,१४ गते मंसिर । 

राैतहटकाे चर्चित बजार कटहरियामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले आयाेजन गर्नु भएको साे कार्यक्रममा रक्तदान गर्नेहरूकाे उत्साहजनक सहभागिता रहेको देखिएकाे छ ।

शुक्रबार बिहानदेखि कटहरिया स्थित विवाह भवनमा रक्तदान कार्यक्रम सम्पन्न भएको हाे । आज भएको रक्तदान कार्यक्रममा करिब १ सय ४० जनाले रक्तदान गरेको वडा अध्यक्ष कुशवाहाले जानकारी गराउनु भयो । कटहरियामा सम्भवतः पहिलोचाेटी यति धेरै संख्यामा मानिसहरूले रक्तदान गरेका हुन् । पछिल्लो समय वडा अध्यक्ष कुशवाहा यूवाहरू माझ लाेकप्रिय हुँदै गएकाे नतिजा हाे याे ।

रक्तदान गर्नेहरुमा स्थानीय यूवा,जनप्रतिनिधि,कर्मचारी , शिक्षक लगायत अन्य महिला,पुरूष व्यक्तिहरुले रक्तदान गरेको उनले जानकारी गराएका हुन् ।

साे रक्तदान कार्यक्रममा नेसनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल बीरगंज पर्साकाे ब्लड बैंककाे टिमले सहयोग रहेको थियो ।

कार्यक्रममा रक्तदान गरेकाहरूलाई उत्कृष्ट मानवीय सेवाबाट अभिप्रेरित भई रक्तदान गरि अमूल्य सहयोग गरे बापत प्रशंसा पत्र समेत प्रदान गरिएको थियोे । साथै अन्य राेगबाट पिडितहरू लाई पनि आवश्यक सल्लाह सहित औषधी प्रदान गरिएको थियोे ।

कटहरिया बजारमा रहेका औषधी पसलेहरु औषधी सह‌याेग गरेका छन् । सहयोग गर्नेहरूमा शिवम मेडिसन प्रोपपराइटर जितेन्द्र, हरिशन्द्र, गुप्ता फार्मेसी प्रोपराईटर हृदय गुप्ता, राजु कुमार भास्कर,केपी यादव,सोनेलाल गुप्ता, सुविधा फार्मेसी प्राेपराईटर उमेश यादव,सागिर अहमद र कृष्णनन्दन कुमार सोनार रहेका छन् । वहाँहरू लाई वडा अध्यक्ष कुशवाहाले औषधी सह‌याेग गरे वापत धन्यवाद ज्ञापन गरेका छन् ।

सो रक्तदान कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहा,वडा नम्बर ३ का वडा अध्यक्ष श्यामाकान्त यादव लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

नेकपा एमालेका यूवा नेता समेत रहेका वडा अध्यक्ष कुशवाहा कटहरिया नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षको रुपमा दुइचोटी निर्वाचित भएका हुन् । २०७४ र २०७९ को स्थानीय तहकाे निर्वाचनमा उनी वडा अध्यक्षको रुपमा निर्वाचित भएका थिए । निर्वाचित भएदेखि नै उनी सधै सामाजिक काममा सक्रिय रहँदै आएका हुन् । उनी जनता माझ सधैं नै पुग्ने गर्दछन् ।

यस्ता कार्यक्रमले गर्दा नै उनकाे पछिल्लो समय कटहरियामा निकै चर्चा छ । यूवाहरू माझ उनी अहिले धेरै नै लाेकप्रिय छन् । उनलाइ धेरैले आगामी चुनावमा कटहरिया नगरपालिकाकाे नगर प्रमुखको उम्मेदवारको रुपमा हेर्न चाहेका छन् ।

राैतहट,१४ गते मंसिर । 

राैतहटकाे गढिमाइ नगरपालिका वडा नम्बर ९ मलाहीटाेलमा

नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । पूर्व विद्यार्थी समाज श्री सरस्वती मावि मलाहिटोलको पहलमा गरीब, दलित, महिला, मुस्लिम समुदायलाइ लक्षित गरी आयाेजन गरिएको निःशुल्क आँखा शिविर सो विद्यालयको प्रांगनमा १ दिने  मिति २०८१ मंसिर १४ गते शुक्रवार सम्पन्न भएको छ । आँखा शिविरमा पहिचान गरिएका मोतियाविन्दुका विरामीहरुलाइ शल्यक्रिया समेत निःशुल्क हुने भएको छ । विहान ९ वजे देखी सञ्चालन भएको शिविरमा २२४ महिला र २०१ पुरुष गरी जम्मा ४२५ जना सेवाग्राही लाभान्वित भएका छन । जसमध्ये १२६ जनालाइ मगलवार, बुधवार र विहिरवार गौर आँखा अस्पताल पुरेनवामा निःशुल्क शल्यक्रिया हुनेछ । यो कार्यक्रम डेक फाउन्डेसनको आर्थिक सहयोग, नेपाल नेत्र ज्योति संघ,गौर आँखा अस्पतालको आयोजना, र स्थानीय आयोजक गरुडा आँखा अस्पताल, श्री सरस्वती मावि मलाहीटोलको पूर्व विद्यार्थी समाजको नेतृत्वमा सम्पन्न भएको छ ।

शिविरमा आएका सेवाग्राहीलाइ आयोजक संस्थाहरुले निःशुल्क रुपमा मेडिसिन ४५ जनालाइ, चश्मा १२८ जनालाइ र लेनस सहितको आँखाको निःशुल्क शल्यक्रिया १२६ जना तथा सहभागि सम्पुर्णलाइ परामर्श समेत दिएको थियो ।

सो कार्यक्रममा गौर आँखा अस्पताल पुरेनवाका डा शिव कुमार यादव, लालवावु साह, अमित दास, सुशिल पासवान लगायत ९ जनाको प्राविधिक टोली, नेपाल नेत्र ज्योति संघ, गौर आँखा अस्पताल पुरेनवाको कार्यक्रम संयोजक सतेन्द्र पाण्डे, पुर्व विद्यार्थी समाजका इन्द्रजीत सहनी, शिवचन्द्र प्रसाद साह, अम्विका सहनी, साहेव सहनी, अमरुल आलम, विश्वन्नदन सहनी, विवेक सहनी, मुकेश शाह, जितेन्द्र सहनी, बालकृष्ण सहनी, लगायत दर्जनौ स्वयसेवकहरुले कार्यक्रममा सहजीकरण गरेका थिए ।साथै शल्यक्रिया गर्न सकिने सेवाग्राहीलाइ गौर आँखा अस्पतालसम्म जाने आउने यातायातको सुविधा निःशुल्क रहने आयोजकले वताएका छन ।

ओम प्रकाश यादव
मङसिर १३ गते, रौतहट

रौतहटको माधवनारायण नगरपालिका -६ माधोपुरमा यस वर्ष पाँच वर्षपछि पञ्चवर्षीय गढीमाई मेला लाग्दै छ।

माधोपुर गाउँभन्दा पश्चिम मिठुअवा जाने बाटोमा रहेको गढीमाई मन्दिरको प्राङ्गणमा यही मङ्सिर २० गतेदेखि तेस्रो गढिमाई मेला लाग्दै छ।

यहाँ विगत १५ वर्षदेखि प्रत्येक पाँच वर्षमा गढीमाईको भव्य मेला लाग्ने गर्दछ। पाँच वर्षपछि यस वर्ष लाग्न थालेको माधोपुरको गढिमाई मेला तेस्रो मेला हो ।

मङसिर २० गतेदेखि सुरु भई मङसिर २५ गतेसम्म लाग्ने गढीमाई मेलाको तयारी अहिले तिव्र गतिमा भइरहेको माधोपुरका वडा अध्यक्ष रामनरेश रायले जानकारी दिएका छन्।

यस मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट पनि लाखौं भक्तजन गढीमाईको दर्शन गर्न र आशीर्वाद लिन आउने गरेको वडा अध्यक्ष रामनरेश रायले बताए ।

मेलामा मङसिर २० गतेदेखि नाचको पनि व्यवस्था मिलाइएको उनले बताए।

माधोपुरको एतिहासिक गढीमाई मेलामा देशभित्रका लाखौं पुग्छन्, यति मात्र नभइ यस मेलामा भारतको बिहारबाट समेत भाकल पूरा गर्न भक्तहरूको त ओइरो नै लाग्ने गरेको माधव नारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले बताए।

मेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउने उदेश्यका साथ अहिले बाहिरबाट आउने आगन्तुकका लागि शौचालय निर्माण, पण्डाल बनाउने लगाएत कार्य भइरहेको नगर प्रमुख यादवले बताए।

यहाँ सयौं राँगा र अन्य जनावर हाँस, कुखुरा, बोकाको बलि दिइने गरिन्छ ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।