२०८३ बैशाख १९
२०८३ बैशाख १९

काठमाडौं,२१ गते मंसिर ।

नयाँ रोमान्टिक डान्सिङ गीत “जाऊ हिँड पोखरा” सार्वजनिक भएको छ। पोखराको प्राकृतिक सुन्दरतालाई प्रेम र आकर्षणसँग जोडेर प्रस्तुत गरिएको यो गीतले श्रोता तथा दर्शकलाई नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

गीतमा गायक मुकुन्द त्रिपाठी र चर्चित  गायिका अस्मिता अधिकारीको आवाज रहेको छ। गीतका शब्द र संगीत स्वयम् मुकुन्द त्रिपाठीले सिर्जना गरेका हुन्। गीतलाई राजु सुनामले एरेन्ज गरेका हुन्  भने ओजोन स्टुडियोमा रेकर्ड गरिएको हो । बिनोद परियारले गीतको मिक्सिङ गरेका हुन्।

भिडियोमा गायक मुकुन्द त्रिपाठी, सरिता दनकुटी र अनुभव त्रिपाठीको अभिनय फिचर्ड छन्। सुबास सुबेदीको सिनेमाटोग्राफी, सुबास अम्गाईको सम्पादन तथा कलरिङ, र युमी बलामीको कोरियोग्राफीले भिडियोलाई अझै आकर्षक बनाएको छ।

दुर्गा न्यौपाने त्रिपाठी  निर्मात्री रहेको यस गीतको भिडियोलाई  मुकुन्द त्रिपाठीले निर्देशन गरेका हुन्। मुकुन्द त्रिपाठीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतले श्रोता तथा दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

भिडियो लिंक: https://youtu.be/KorvmrxqvW0?si=eWLwdmKKwOCOoEAP

लामो समयदेखि पाठेघरको गम्भिर समस्याबाट आक्रान्त एक महिलाको नेपाल मेडिकल कलेजमा सफल उपचार गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ सुन्ताखानकी ५० वर्षीय सरस्वती कुँईकेलको बुधबार दुरबिनको माध्यमबाट पाठेघरको सफल शल्यक्रिया गरिएको हो ।
गत मंगलबार पाठेघरको शल्यक्रियाका लागि भर्ना भएकी कुँईकेलको कलेजकी स्त्री तथा प्रसुति रोग विभागकी प्रमुख प्रा.डा. रिता मरहठ्ठा नेतृत्वको टीमले सफल शल्यक्रिया गरेको हो । महिनाबारीमा अत्याधिक रक्तश्राव हुने, महिनाबारी समयमा नहुने जस्ताबाट पिडित कुँईकेलको भिडियो एक्सरे गरेर हेर्दा पाठेघरको भित्ता अत्यन्त बाक्लो भएको र पाठेघरमा ट्युमरसमेत पलाएको पाइएको प्रा.डा. रिता मरहठ्ठाले जानकारी दिइन् ।
‘उहाँ लामो समयदेखि महिनावारीमा अत्याधिक रक्तश्रावबाट पिडित हुनुहुन्थ्यो । विभिन्न औषधी उपचार गर्दापनि ठिक नभएपछि भिडियो एक्सरे गरेर हेर्दा पाठेघरको भित्ता बाक्लो भएको र ट्युमर पनि पलाएको पाइयो । त्यसपछि तत्कालै शल्यक्रिया गर्न सल्लाह दियौं ।’ प्रा.डा. मरहठ्ठाले भनिन्  । सरस्वतीको औषधीबाट उपचार नभएपछि प्रा.डा.मरहठ्ठाले पाठेघरको शल्यक्रिया गर्न सल्लाह दिएकी थिइन् ।
सरस्वतीको पाठेघरमा ट्युमर पाइएपछि प्रा.डा. मरहठ्ठाले पाठेघर निकाल्न सुझाएकोमा उनकै नेतृत्वमा दुरबिनको माध्यमबाट सफल शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पश्चात बिरामी सरस्वतीको स्वास्थ्यमा सुधार आएपछि अस्पतालले शनिबार डिस्चार्ज समेत गरिसकेको छ ।
नेपाल मेडिकल कलेजको स्त्री तथा प्रसुति रोग विभागमा दुरबिनको माध्यमबाट जतिपनि शल्यक्रियाहरु गरिन्छ त्यसको नेतृत्व डा. मरहठ्ठाले गरिरहेकी छन् । कलेजमा १०-१२ वर्षयता पाठेघरका जटिल शल्यक्रिया र उपचार भइरहेको छ । विगत २५ वर्षदेखि कलेजमा कार्यरत प्रा.डा. मरहठ्ठा स्त्री तथा प्रसुति रोगको वरिष्ठ विशेषज्ञ डाक्टर हुन् । विभागमा स्त्री रोग विशेषज्ञहरु डा. सनिता कायस्थ, डा. अमृता गिरी, डा. अंशुमाला जोशी, डा. आस्था श्रेष्ठ, डा. अमरेन्द्र प्रसाद कुशवाहा लगायत रहेका छन् ।
आमाको सफल शल्यक्रिया भएकोमा खुसी व्यक्त गर्दै छोरा जनार्दन कुँईकेलले  अस्पतालबाट प्राप्त सेवाहरु राम्रो र प्रभावकारी रहेको बताए । आफुहरु स्थानीय भएको तथा लामो समयदेखि मेडिकल कलेजमै उपचार गराईरहेको बताउँदै अस्पतालले हरेक रोगको उपचारमा विशेषज्ञ चिकित्सकहरु उपलब्ध गराएकाले सर्वसुलभ शुल्कमै उपचार गर्न पाइएको बताए । ‘अस्पतालको सेवाहरु राम्रो छ । हामी नियमित आइरहन्छौं । मेडिकल कलेज भएकोले शुल्क पनि सस्तै छ । विशेषज्ञ डाक्टरहरु हुनुहुन्छ । स्टाफ नर्सहरु पनि सहयोगी हुनुहुन्छ ।’ उनले भने ।
कलेजमा पाठेघरको समस्या लिएर आउने बिरामीहरु बढिरहेका छन् । बदलिँदो जीवनशैली र खानपानका कारण पछिल्लो समय महिनाबारी गडबडी र पाठेघरको समस्याका बिरामीहरु बढेका छन् । त्यसो त विभागमा अनुभबी र विशेषज्ञ चिकित्सकहरु रहेकाले स्त्री रोग सम्बन्धी उपचारका लागि टाढाबाट बिरामीहरु आउने गरेका छन् । ‘हामी कहाँ हरेक रोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरु हुनुहुन्छ । इमरजेन्सी र साधारण ओपिडीमा विशेषज्ञ चिकित्सकबाट उपचार हुन्छ, ओपिडीमा नभ्याउने बिरामीहरुको लागि इएचएसबाट पनि सेवा प्रदान गरिरहेका छौं ।’ स्त्री तथा प्रसुति रोग विभागीय प्रमुख प्रा.डा. मरहठ्ठाले बताइन् ।

जनकपुरधाम,२१ गते मंसिर ,२०८१ ।
त्रेता युगमा मिथिला नरेश राजा जनककी पुत्री सीता र अयोध्या नरेश दशरथका पुत्र भगवान् रामको विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव जनकपुरधाममा भव्य रूपमा मनाइने गरिन्छ । यस अवसरमा अयोध्याबाट जन्ती (बाराती) जनकपुरधाम आउने परम्परा रहेको छ ।
यसै अवसरमा नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक धनुषा नेपालले संयुक्त रूपमा निःशुल्क यात्री विश्राम, स्वास्थ्य शिविर, पिउने पानीको व्यवस्था, र यात्री सहायता परामर्श केन्द्र स्थापना गरेका छन् । शिविरको दोश्रो दिनसम्म करिब २५०० भन्दा बढीले स्वास्थ्य सेवा लिइएको संस्थाका अध्यक्ष डा. राजीव झा ले जानकारी दिएका छन् ।
नेपाल भारत खुला सीमाका कारण भारतको बिहार, उत्तर प्रदेश र पश्चिम बंगालबाट लाखौंको संख्यामा भक्तजनहरु राम जानकी विवाह हेर्न आउने गरेको छन् ।
खुला सीमा नेपाल भारत बिचको मैत्री सम्बन्धका आधार स्तम्भ हुन शिबिरमा आउने यात्रीहरुको भनाइ रहेको छ ।
शिविर बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने र त्यसपछि यात्री विश्राम स्थलमा परिवर्तन गरिनेछ । शिविरमा डा. अजय मिश्र, डा. उदय झा, सिअहेव दिलीप मिश्र, उज्ज्वल झा, शशी सिंह र सोनु यादव लगायतका स्वास्थ्यकर्मीहरूले निःशुल्क सेवा प्रदान गरिरहेका छन् ।
जसपा नेता तथा प्रदेश सभा सदस्य मनिष सुमन, जिसस प्रमुख राम नन्दन मण्डलले संस्थाको प्रयासको प्रशंसा गर्दै समाजसेवाको यो पहललाई प्रेरणादायी बताए । शुभकामना दिनेहरुमा प्रमोद चौधरी, डा बिरेन्द्र लाल कर्ण, प्रध्यापक देबेन्द्र झा लगायतका रहेका थिए ।
शिविरमा नेपाल–भारत खुला सीमा संवाद समूहका उपाध्यक्ष शैलेन्द्र झा, धनेश्वर ठाकुर, मनिष ठाकुर, कृष्ण कुमार साह र क्लोथ बैंकका उपाध्यक्ष पुरन साह, सचिव मनिष श्रीओम, कार्यक्रम संयोजक रञ्जित झा, खुशबु साह, नन्दकुमार झालगायतको उपस्थिति रहेको जानकारी प्रवक्ता प्रमोद साह रङ्गीले दिएका छन् ।
यो शिविरले विवाह पञ्चमी महोत्सवमा सहभागी तीर्थयात्रीहरूलाई सहज र सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्य राखेको छ ।

बिमलेश कुमार झा,राैतहट,२१ गते मंसिर । 
रौतहट। नेपाललाई कृषि प्रधान देशको रुपमा चिनिँदै आए पनि किसानका समस्याहरू दिन-प्रतिदिन जटिल बन्दै गएका छन्। मौलापुर नगरपालिका वडा नं. ७ का समाजसेवी सुरेश प्रसाद कानुले किसानहरूको दयनीय अवस्था र आम्दानीको न्यूनताबारे गहिरो चिन्ता व्यक्त गरेका छन्।

कानसका अनुसार नेपालको अधिकांश किसानले आफ्ना खेतबारीबाट पर्याप्त आम्दानी गर्न सकिरहेका छैनन्। उत्पादनको लागत धेरै भए पनि आम्दानी निकै कम हुने समस्याले उनीहरू आर्थिक रुपमा पछि परेका छन्। उनले उदाहरण दिँदै भने, “एक कठ्ठा खेतमा धान वा गहुँ खेती गर्दा झन्डै ३०२० रुपैयाँ खर्च हुन्छ। तर, त्यसबाट आउने आम्दानी अधिकतम ३६०० देखि ४८०० रुपैयाँ मात्र हो। यसरी नाफा ५८० देखि १७८० रुपैयाँमै सीमित हुन्छ।”

कानुले किसानका लागि उत्पादित अन्नबालीको बजार व्यवस्थापन र उचित मूल्य निर्धारणको अभाव सबैभन्दा ठूलो समस्या रहेको बताएका छन्। “मधेशको धान होस् वा हुम्लाको स्याउ, किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्,” उनले भने।

उनले किसानहरूको वास्तविक समस्या समाधान गर्नका लागि सरकारलाई ठोस कदम चाल्न सुझाव दिएका छन्। उनका अनुसार किसानको पहिचान सुनिश्चित गर्दै ‘कृषक परिचय पत्र’को व्यवस्था गर्न, उत्पादित अन्नबालीको मूल्य निर्धारण गर्न र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन जरुरी छ।

कानुले थपे, “सामान्य किसानसँग पर्याप्त जमिन पनि हुँदैन। उनीहरूको आर्थिक अवस्था यति कमजोर छ कि खर्च कटाएर पनि जीवन धान्न कठिन भइरहेको छ। यदि यही स्थिति जारी रह्यो भने हामीले नेपाललाई कृषि प्रधान देश भन्न लाजमर्दो हुनेछ।”

उनका विचारमा सरकारले किसानका लागि अनुदान कार्यक्रम ल्याउनुका साथै उत्पादनको लागत घटाउने र बजार सुनिश्चित गर्ने कदम तत्काल चाल्नुपर्ने आवश्यकता छ।

 

सत्येन्द्र प्रताप सिंह,मंन्सिर २० रौतहट
ब्रीटिस काउन्सिल, भि.एस.ओ. र आसमान नेपालको साझेदारीमा संचालित जेम्स ( GEMS) परियोजनाको आर्थिक सहयोग र सहकार्यमा गढ़िमाई नगरपालिका स्वास्थ्य शाखा द्वारा आयोजित २१औं महिला स्वास्थ्य स्वंयसेविका दिवस २०८१ गढ़िमाई नगरपालिका सुन्दरपुरमा सफलतापुर्बक सम्पन्न भएको छ ।

२०२४ डिसेम्बर ५ का दिन ” बिबिध स्वास्थ्य क्रियाकलापहरुमा महिला स्वास्थ्य स्वयसेविकाको भूमिका स्वस्थ समाज निर्माणमा सहभागिता ” भन्ने नाराका साथ मनाइएको थियो। कार्यक्रमकमा आसमान नेपालका जेम्स ( GEMS) परियोजना रौतहटका परियोजना संयोजक संजय कुमार यादवले नेपालको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयसेविकाले पुर्याएको योगदानको प्रशंसा गरे । महिला स्वास्थ्य स्वयसेविकाहरुको कडा परिश्रमका कारण हाल स्वास्थ्यका सूचकहरुमा धेरैनै सुधार भएको बताए । साथै महिला स्वास्थ्य स्वयंसेविकाहरुको कामको कदर गर्दै अझै प्रोत्साहन बढाउन उपस्थित सबैलाई दोसल्ला ओढाएर सम्मान गरे । कार्यक्रममा परियोजना संयोजक यादवको साथै वहाका सहयोगीहरु आसमान नेपालकका गढ़िमाई नगरपालिका स्वास्थ्य सहजकर्ता सुरज सहनी र सामुदायिक सिकाइ केन्द्र कि चांद कुमारीको पनि उपस्थिती थियो ।
यस कार्यक्रमका आयोजक तथा स्वास्थ्य शाखा प्रमुख योगेन्द्र साहले महिला स्वास्थ्य स्वयंसेविकाहरुको कामको प्रशंसा गर्दै उनीहरुको सेवा सुबिधा अझै बढाउन आफुले नगरपालिकामा पहल गर्ने आश्वासन दिए । साथै आसमान नेपालको आर्थिक सहयोग र सहकार्य जुटाई दिएकोमा संयोजक संजय कुमार यादवको साथै आसमान नेपालको सम्पूर्ण टीमलाइ धन्यवाद ज्ञापन गरेका छन् ।

आरके श्रीवास्तव,राैतहट,२० गते मंसिर । 

राैतहटमा भाेजपुरी गायक खेसारीलाल सँगसँगै नेपाली भाेजपुरी गायकले पनि दर्शकलाई झुमाएका छन् । जिल्लाकाे गढिमाइ नगरपालिकामा लागेको गढिमाइ मेलामा चर्चित भारतीय भाेजपुरी गायक सँगसँगै नेपाली भाेजपुरी गायक साेनु कुशवाहा लगायतका कलाकारले पनि दर्शकहरू लाई भरपूर मनाेरंजन गराएका छन् । स्टेजमा नेपाली कलाकारहरूले साथ दिएकाे उनले आभार पनि प्रकट गरेका थिए ।

राैतहटकाे गढिमाई मेलामा खेसारीलाल सहित भाेजपुरी कलाकारहरू लाई हेर्न मानव सागर नै उर्लिएकाे थियाे । कलाकारहरूकाे नामै सुनेर टाढा टाढाबाट मानिस मेला हेर्न आएका थिए ।

साे नगरपालिकाकाे वडा नम्बर ४ शुन्दरपुरमा गढिमाईमा पञ्चवर्षीय मेला आगामी मंसिर २६ गते सम्म चल्ने गढिमाई नगरपालिकाका नगरप्रमुख श्याम यादवले जानकारी गराएका हुन् ।

राैतहटमा भने भाेजपुरी गायक कलाकार खेसारीलाल यादवकाे याे दाेस्राे आगमन हाे । यस अघि उनी माैलापुर मधानी महायज्ञमा सहभागी भएका थिए ।

बज्जिकाञ्चल संवाददाता,रौतहट,१७ गते मंसिर । 

मधेशी दलित गैर सरकारी संस्था महासंघको आयोजनामा,रौतहट जिल्लाको गौर स्थित होटेल कृष्णा ईनको सभाहलमा, नेपालको संविधान २०७२,मा राज्यसताको चरित्र,१४% दलित समुदाय र दलित भित्र पनि मधेशी दलितको प्रतिनिधित्व बारे छलफल तथा अर्न्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। आइतबार दलित समाजसेवी तथा अगुवा कमलदेव हजराको अध्यक्षता तथा मधेशी दलित गैर सरकारी संस्था महासंघका राष्ट्रिय अध्यक्ष नरेन्द्र पासवानको प्रमुख अथित्यतामा सो कार्यक्रम सम्पन्न भएको हो।

महासंघले आयोजना गरेको सो कार्यक्रमको बारेमा जानकारी गराउदै अध्यक्ष पासवानले मधेशी दलित गैर सरकारी संस्था महासंघ  सामाजिक न्याय तथा दलित समुदायको हकहितका लागि काम गरिरहेको संस्थाहको छाता संस्था रहेको बताउदै,दलितहरुको सामाजिक न्याय तथा हकअधिकार सुनिश्चित गराउने उदेश्य अबको केही दिनमै दलित जागरणको लागि मेचीमहाकाली अभियान चलाउने जानकारी गराए।

त्यसैगरी विशिष्ट अथितिको रुपमा बोल्दै दलित विकास समिति मधेस प्रदेशका सदस्य राजकुमार दास तत्माले नेपालको संविधान २०७२ ले पनि दलित माथि ठुलो विभेद गरेको बताए। संविधानले  दलित समुदायको सशक्तीकरणको लागि केही कार्य न गरेको र देश संघीयतामा गए पछि दलित समुदायले झन दुख पाउने अवस्था रहेको बताए। नेपालमा करिब १४ प्रतिशत,अर्थात करिब ६० लाख जनसंख्या रहेको र मधेस प्रदेशमा सबभन्दा बढी अर्थात १६.५ प्रतिशत संख्या दलितकै रहेता पनि सरकारमा भने  दलितको संख्या शुन्य रहेको बताउनुभयो। समावेशीको बहानामा दलितलाई फोर्ने सोंचले अहिले प्रत्येक वडामा दलित महिला सदस्यहरू छन् तर धेरैजसो पढेलेखेका छैनन्।उहाँहरु दलित समुदायको लागि सक्रिय र सक्षम भएको छैन। र जो सक्षम पनि छ जले केही गर्न खोजिएको छ त्यसको पनि दलित भएका कारण कथित माथिल्लो जातका मानिसले नेतृत्व पनि स्विकार न गरिरहेको बताए।

 

त्यसैगरी दलित अभियन्ता राजेश पासवानले नेपालको संविधानले दलित समुदायको हक,अधिकारको लागि थोरै गरेता पनि,बनाइएको सो ऐन कानुनको पालन व्यवहारमा हुन न सकेको बताए। पासवानले जातको नाममा गरिने विभेद, छुवाछूत, गालीगलौज, बहिष्कार अन्त्यको प्रावधान समेत राखेको बताए। संविधान जारी भएता पनि सामाजिक स्तरमा अझै पनि कार्यान्वयन हुन न सकेको जातीय विभेदका घटना, हत्या, दमन,शोषण र छुवाछूत जस्ता जघन्य अपराधका कैयौं घटनाहरु घट्नुको सट्टा अझै बढ्दै गइरहेको उनले बताए ।।देशमा स्थानीय, प्रदेश र संघिय, गरी तिन तहका सरकार आइसकेता पनि संविधानमा लेखिएको ऐन कानुनको पूर्णपालना हुन न सकिरहेको बताउदै धारा, उपधारा, व्यवस्था लागू गर्न सरकारको प्रमुख दायित्व  रहेकोले सरकार यसप्रति गम्भीरताका साथ लाग्नु पर्ने बताउदै दलितहरुको सामाजिक,आर्थिक र शैक्षिक न्यायको लागि हरेक ठाउँमा दलितहरुको प्रतिनिधित्व अनिवार्य रहेकोले दलितहरु एकजुट हुनु जरुरी रहेको बताए ।

 

उक्त कार्यक्रममा मधेश प्रदेश सरकारका दलित विकास समिति सदस्य राजकुमार दास तत्मा,दलितअभियन्ता पुनित राम,मटुक पासवान,उदय नारायण राम,राजेन्द्र पासवान,राजेश पासवान (निर्माणी)शिवशंकर पासवान,रामअधार पासवान, सोनेलाल पासवान,मदन अम्बेडकर लगायत रौतहट जिल्ला भरिकै दलित अगुवा,दलित जनप्रतिनिधि तथा दलितको हकअधिकारका लागि काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।र सो कार्यक्रममा सहभागी सम्पूर्णले दलितहरुको हकअधिकारका विषयमा आ-आफ्ना विचार प्रस्तुत गरेका थिए।

आरके श्रीवास्तव,राैतहट,१७ गते मंसिर । 

राैतहटमा भएको उपनिर्वाचनकाे अन्तर्गत ईशनाथ नगरपालिका वडा नम्बर ७ काे वडा अध्यक्षमा नेपाली काँग्रेसका शेख अब्दुल खलिक ७ सय २७ मत ल्याइ निर्वाचित भएका छन् ।   १ हजार ८ सय ७० मत खसेको यो वडामा आलमले ७ सय २७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

 

उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार शेख अनवारले ५ सय ७५ र एकिकृत समाजवादीका सदरे आलमले ४ सय ५२ मत पाएका छन् ।

 

यस्तै जनमत पार्टीका वडा अध्यक्ष उम्मेदवार शेख अमिरूल हकले १ सय ३५ मत पाएका छन् । माओवादी केन्द्र शेख अमिरूलले २४,राष्ट्रिय प्रजातन्त्र पार्टीका मदन शाहले १४,राष्ट्रिय स्वतन्त्र पार्टीका शेख असराजले ६ र जनता समाजवादी पार्टीका शेख अब्दुल अहमदले ४ मत पाएका छन् ।

 

इशनाथ ७ मा ६९.०८ प्रतिशत मतदान भएको जनाएको थियोे । साे वडामा २ हजार ७ सय ०७ मतदाता रहेकोमा १ हजार ८ सय ७० मतदान गरेका थिए । याे सँगै नेपाली काँग्रेसले जिल्लाकाे दुई वटा वडा राजपुर ६ र ईशनाथ ७ जित हात पारेको छ भने एकीकृत समाजवादी कलम छापले गढिमाइ ८ मा जित निकालेको छ ।

आरके श्रीवास्तव,राैतहट,१७ गते मंसिर । 

राैतहटमा भएको उपनिर्वाचनकाे अन्तर्गत राजपुर नगरपालिका वडा नम्बर ६ काे वडा अध्यक्षमा नेपाली काँग्रेसका समसे आलम ७ सय ४४ मत ल्याइ निर्वाचित भएका छन् ।  १ हजार ७ सय ६६ मत खसेको यो वडामा आलमले ७ सय ४४ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

 

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार जिकरूलाहले ४ सय ६३ र नेकपा एमालेका माेहम्द नसिम अख्तरले ४ सय ३१ मत पाएका छन् ।

 

यस्तै जनमत पार्टीका वडा अध्यक्ष उम्मेदवार क्यामुदिन धुनियाले ४५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार शेख रेयाजले ३०,राष्ट्रिय प्रजातन्त्र पार्टीका रामनारायण प्रसाद जयसवालले १७ मत पाएका छन् ।

 

राजपुर ६ मा ६९.३६ प्रतिशत मतदान भएको थियोे । साे वडामा २ हजार ५ सय ४६ मतदाता रहेकोमा १ हजार ७ सय ६६ मत खसेको थियोे ।

आरके श्रीवास्तव,राैतहट,१७ गते मंसिर । 

राैतहटमा भएको उपनिर्वाचनकाे मत परिणाम बाहिर आएकाे छ । जिल्लाकाे तीन वटै वडाकाे परिणाम अबेर रात आएकाे छ । राजपुर नगरपालिका वडा नम्बर ६ काे वडा अध्यक्षमा नेपाली काँग्रेसका समसे आलम ७ सय ४४ मत ल्याइ विजयी भएका छन् भने ईशनाथ नगरपालिका वडा नम्बर ७ काे वडा अध्यक्ष नेपाली काँग्रेसकै शेख अब्दुल खलिक ६ सय २७ मत सहित विजयी भएका छन् ।

जिल्लाकाे दुई वटा वडामा नेपाली काँग्रेसले बर्चस्व जमाउँदा नेपाली काँग्रेस मधेस प्रदेशका सभापति कृष्णा यादवकै वडा गढिमाइ ८ मा भने नेपाली काँग्रेसलाई हार्न व्यहोर्नुपरेको छ ।

गढिमाइ ८ मा एकीकृत समाजवादी पार्टी कलम छापका वडा अध्यक्ष उम्मेदवार बजरंगी प्रसाद यादवले अप्रत्याशित जित निकाल्न सफल भएका छन् ।

उनी गढिमाइ ८ को वडा अध्यक्षमा समाजवादीका बजरंगी प्रसाद निर्वाचित भएका छन् । २ हजार २ सय ३७ मत खसेको यो वडामा यादवले ६ सय ५५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार जिउती देवी यादवले ६ सय ३१ र नेपाली कांग्रेसका उम्मेदवार सुबाेध कुमार यादवले ६ सय १७ मत पाएका छन् ।

यस्तै जनता समाजवादी पार्टीका संदेश प्रसाद यादवले २ सय ५८,राष्ट्रिय मातृभूमि पार्टीका साहेबलाल राउतले ४० र जनमत पार्टीका सुरेन्द्र राउत कुर्मीले ८ मत पाएको निर्वाचन अधिकृत महमद मुनाले जानकारी गराएका हुन् ।

 

अन्तिम मत परिणाम सार्वजनिक हुँदा कलम छापका यादव २४ मतले विजयी भएका छन् । सुरुदेखि नै अग्रता कायम राख्दै आएका नेकपा एमालेलाई अन्त्यमा पछाडि पार्दै कलमका उम्मेदवार बजरंगी यादव अन्ततोगत्वा निर्वाचित भएका छन् ।

गढिमाइ ८ मा ८१.३१ प्रतिशत मतदान भएको थियो । साे वडामा २ हजार ७ सय ५१ मतदाता रहेकोमा २ हजार २ सय ३७ मतदाताले मतदान गरेका थिए ।

 

२०७९ सालकाे स्थानीय तहकाे निर्वाचनमा साे जसपाका रामअज्ञा यादव निर्वाचित भएका थिए । उनकाे निधन भएपछि साे वडामा उपनिर्वाचन भएको थियोे ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।