२०८३ बैशाख १५
२०८३ बैशाख १५

काठमाडौं २०८१ –

बैंकर बलदेव थापाको नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक भएको छ । थापाको शब्द रहेको यस गीतमा विश्व कृतिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत र स्वर रहेको छ । गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ ।

सफल बैंकरको छवि बनाएका थापा साहित्यकार पनि हुन । उनका दर्जनौ गीत, गजल विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । जीवनदर्शन, समय र परिस्थितीलाई गीत गजलमा रुपान्तरण गर्ने क्षमता गीतकार थापासंग छ । हाल ज्योति विकास बैंकमा सहायक महाप्रबन्धक रहेका थापा कार्यालयको समय बाहेक गीत, गजल लेख्नमा रुची राख्दछन् ।

गायक, संगीतकार तथा साहित्यकार श्रेष्ठको एक हजार भन्दा बढि गीत र उपन्यास फैरैना बजारमा आएका छन् ।

काठमाडौं २०८१ ।

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १७ गतेबाट काठमाडौँमा सुरु हुँदैछ । चलचित्र विकास बोर्डको सहकार्यमा नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा माघ १९ गतेसम्म तीन दिन सञ्चालन हुने चलचित्र महोत्सवमा ४७ देशका ९८ चलचित्र, लघुचलचित्र तथा वृतचित्रहरु प्रदर्शन हुँदैछन् । सबै चलचित्रहरु निःशुल्क हेर्न पाईने आयोजक टीमले जनाएको छ । चलचित्र महोत्सवको ओपनिङ दरबारमार्गस्थित राईजिङ मलको क्युएस सिनेमामा हुनेछ । ओपनिङमा मोहन अभिलाषीले निर्देशन गरेको लघुचलचित्र पाउलो प्रदर्शन गरिनेछ । राईजिङ मलको दुवै हलमा २ दिनसम्म नियमित चलचित्रहरु प्रदर्शन गरिने र चलचित्र विकास बोर्डमा ३ दिनसम्म चलचित्रहरु प्रदर्शन गरिने महोत्सवका निर्देशक सन्तोष सुवेदी बताउँछन् ।

महोत्सवमा सहभागी राष्ट्रिय चलचित्रतर्फ लक्ष्मण सुनारको बुलाकी, दिनेश राउतको पुजार सार्की, सत्यराज चौलागाईको विच्छेद, सनोल दासको पखेटा, कमल एक्चाई मगरको डेसान लगायतका चलचित्रहरु प्रदशर्न हुनेछन् । त्यस्तै विभिन्न विधाका छोटा चलचित्रहरुमा द स्कुल वाल, रित्तो गाउँ, डाकिनी, निर्देश, थ्रेसहोल्ड, कन्तुर, अदेख, चराको नाच, मनु, बेली लगायत अन्य थुप्रै लघुचलचित्र र डकुमेन्ट्रीहरु समावेश गरिएको छ । झण्डै ३ दर्जन राष्ट्रिय तथा ५ दर्जनबढी अन्तराष्ट्रिय चलचित्रहरु प्रदर्शन हुने महोत्सवमा चलचित्र प्रदर्शनीसँगै मास्टर क्लास, प्यानल डिस्कसन, विभिन्न साँस्कृतिक नृत्यहरु र कला प्रदर्शनीसमेत रहनेछ । महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचिकर्मीहरुको उपस्थिति रहनेछ ।

महोत्सवमा ८ जना अन्तर्राष्ट्रिय र ८ जना राष्ट्रिय जुरी चयन गरिएको छ । जसमा भारतबाट चलचित्र निर्देशक निपोन धौला, जर्मनी चलचित्रकर्मी फाविन मात्थियस र चलचित्रकर्मी इभिन बिराजी, बेलायतबाट चलचित्र लेखक तथा निर्देशक लुईसा प्रिटोलानी, क्यानडाबाट चलचित्र निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराईनबाट चलचित्र निर्माता निर्देशक एवम.् लेखक इभा दाउद र रशियाबाट चलचित्रकर्मी इरिना बेराजी रहेका छन् ।
नेपालबाट निर्णायकको रुपमा संगीतकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष शम्भुजीत बाँसकोटा, अभिनेत्री मिथिला शर्मा, चलचित्र निर्देशक दीपेन्द्र के. खनाल, अभिनेता प्रदीप खड्का र टेलिभिजनकर्मी टिकाराम यात्री अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्माता एवम् निर्देशक रौनक बिक्रम कँडेल र निर्देशक दिनेश लिङदेन रहेका छन् ।

मौलिक कला, संस्कृतिको संरक्षण, संवद्र्धन र चलचित्र विकासको लागि हरेक वर्ष अन्तराष्ट्रिय चलचित्र महोत्सव आयोजना गरिरहेको आयोजक टीमले जानकारी दिएको छ । सम्बन्धित निकायहरु आफैले कला, चलचित्र र संस्कृति संरक्षण र संवद्र्धनका कार्यक्रमहरु गर्नुपर्नेमा विगतका चलचित्र महोत्सवहरु आयोजना हुँदै गर्दा सम्बन्धित निकायहरुबाट साथ, सहयोग नपाएको महोत्सव निर्देशक सन्तोष सुवेदीले गुनासो व्यक्त गरे । यूनेस्कोको कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका फिल्म सिटीमा घोषणा भएको तर महानगरमै यति ठूलो महोत्सव हुँदासमेत महानगरले बेवास्ता गरेको उनी बताउँछन् । नेपालको राजधानी काठमाडौंमा ४७ देशका चलचित्रहरु समावेश गरेर महोत्सव गर्न पाउँदा आफुलाई मात्र नभएर देशकै लागि गर्वको कुरा रहेको उनी बताउँछन् ।

यो महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट लघुचलचित्रमात्र नभएर उत्कृष्ट महिला चलचित्र, बालबालिका चलचित्र, सांस्कृतिक चलचित्र, एनिमेटेड चलचित्र, मानव अधिकार चलचित्र, डकुमेन्ट्री लगायत धेरै विधाहरु भएकाले अन्य विधालाई पनि प्रोत्साहन गरेको कारण यो चलचित्र महोत्सव अझ बढी महत्वपुर्ण रहेको उनको भनाई छ । नेपालमा विधाअनुसारको विषयवस्तुमा कम फिल्म बन्छ, कि त बन्दै बन्दैन । बनेपनि त्यसलाई प्रदर्शन गर्ने स्थान र प्रोत्साहन गर्ने संस्था छैन । विषयगत चलचित्रहरु उत्कृष्ट बन्दा पनि तिनिहरुले स्थान पाउँदैनन्, पाईहालेपनि प्रतिस्पर्धामा पछाडी नै राखिन्छ । तर यो महोत्सवले सबैलाई समेट्न सकेको उनको दावी छ ।

महोत्सवमा चयन भएका चलचित्रहरूले उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायांकार लगायत उत्कृष्ट लघुचलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्र, महिला चलचित्र, बालवालिका चलचित्र, मानव अधिकारका चलचित्र जस्ता विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । यी विभिन्न विधामा सर्वोत्कृष्ट भएका चलचित्र तथा कलाकार प्राविधिकलाई महोत्सवको समापन समारोहमा अवार्ड प्रदान गरिनेछ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुको मूल्यांकनको आधारमा फरकफरक विधाका उत्कृष्ट १५ ओटा राष्ट्रिय तथा १५ ओटा अन्तराष्ट्रिय गरी ३० चलचित्रहरुलाई पुरस्कृत गरिनेछ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१२ गते माघ २०८१ । 

राैतहट प्रहरी इकाईहरूमा नि:शुल्क निवेदन लेख्न सुरु गरिएको छ । गरिबको लागी निःशुल्क निबेदन लेख्न राैतहट राैतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरेले निर्देशन दिए लगत्तै राैतहट प्रहरीले विना शुल्क निवेदन लेख्न सुविधा मिलाएकाे हाे ।

एसपी दिलीप घिमिरेकाे निर्देशनमा निःशुल्क उजुरी ठाडो निवेदन लेख्ने फर्मेट जिल्लाकाे प्रत्येक थाना चौकीमा पुगेपछि पहिलाे चाेटी कटहरिया नगरपालिका ४ का रामकृपाल दासले आफनाे घरायसी बिवाद भएपछि स्वंय ईलाका प्रहरी कार्यालय कटहरियाकाे प्राङ्गणमा प्रहरी जवान होमेन्द्र यादवकाे सहयोग निवेदन लेखेकाे दृश्य अहिले सामाजिक संजालहरूमा भाईरहल बनेकाे छ ।

कटहरियामा बरिस्ठ पत्रकार संजय मिश्रले आफनाे सामाजिक संजाल मार्फत प्रहरी युनिट अगाडि पैसा लिएर निवेदन लेख्ने काम भईरहेकाे भन्दै राैतहट प्रहरीलाई ध्यानाकर्षण गराएका थिए ।

लगत्तै एसपी घिमिरेले नि:शुल्क निवेदन लेख्न निर्देशन दिएका थिए । निर्देशन पछि प्रहरीले त्यसलाई कार्यान्वयनमा पनि ल्याएकाे छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादका अनुसार एसपी घिमिरेको निर्देशनमा ठाडो उजुरी निवेदनको लागी एउटा फर्मेटको ढाँचा तयार गरेर जिल्लाको सम्पूर्ण प्रहरी कार्यालयहरुमा पठाई सकिएको छ। उक्त फर्मेट प्रिन्ट गराएर प्रहरीले पीडितलाई दिन्छ, पढेलेखेका भएमा आफै भरेर बुझाउँछ, नभए उक्त फर्मेट प्रहरीले नै भरेर दिन्छ। फर्मेट ठाडो उजुरी निवेदन सरह हुने इन्स्पेक्टर उमाशंकरप्रसादले जानकारी दिएका छन्।

यसरी लेखिने निवेदनकै आधारमा प्रहरीले प्रारम्भिक कार्वाही सुरुगर्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। रौतहटमा घरायसी तथा सामान्य बादविवाद हुँदा पनि प्रहरी कार्यालयमा जाँदा बाहिरबाट सानो ठाडो उजुरी लेखाएर ल्याउन ५०० रुपैयाँ लेखाई दिनुपर्ने बाध्यता रहेको थियो। एसपी दिलीप घिमिरेको यस पहलको जानकारहरुले खुलेरै सराहना गरेका छन्।

यस्ताे छ निवेदनकाे ढाँचा 

प्रेमचन्द्र झा,राैतहट,माध १२ गते २०८१ । 
राैतहट  । विद्यमान सिमित साधन श्रोतको अधिकतम उपयोग गरेर नेपाल प्रहरीले चेकजाँच तथा सुरक्षा व्यवस्था कडा पारेपछि रौतहट जिल्लाको शान्ति सुरक्षा सुदृढ हुदै गएको  छ ।

   समाजमा शान्ति सुरक्षामा प्रत्यक्ष रुपले प्रभाव पार्ने अपराधिक क्रियाकलापमाथि कार्यवाही गरी नियन्त्रण गर्न थालेपछि विगतको तुलनामा अहिले जिल्लाको शान्ति सुरक्षा सुदृढ हुदै गएको  छ ।
  जिल्लाको शान्ति सुरक्षा कायम गर्ने क्रममा नेपाल प्रहरीले स्थानिय प्रसाशनसंग समन्वय गरेर नियमित गस्ति गर्नुकोे साथै समाजमा रहेका दुश्चरित्र प्रवृतिका व्यत्तिहरुलाइ पक्राउ गरी कार्यवाही गर्ने ,खुल्ला सिमाका कारण हतियार ओसार पोसार नियन्त्रण गर्ने ,अवैध मदिरा उत्पादन तथा सेवन गर्नेलाइ कार्यवाही गर्ने ,फरार अभियुक्तहरुलाइ पक्राउ गर्ने ,विभिन्न सुचनाहरु संकलन गर्ने लगायतका कार्यहरुको फलस्वरुप जिल्लाको शान्ति सुरक्षा सुदृढ रहेको प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए।

 सेवाग्राहीको सहज पहुँच समबन्धमा तराई मधेशमा व्याप्त रहेको पंचायती तथा दलाली ,विचौलिया प्रथा र चनसुन सिफारिस बिना काम हुदैन भन्ने मानयता चिरनको लागि भिक्टम स्पार्ट टिम परिचालन ,भिजिटरहरुको अभिलेखिकरण गर्ने गरेको ,विचौलियाहरको काममा संलग्नहरुलाई पक्राउ गरी कार्यवाही गरिएको ,गुनासमे सम्बोधनका लागि कार्यालय प्रमुखसँग जनताको सिधा पहुँच स्थापित गरिएको कार्य पश्चात हाल प्रहरी जनता सबैले सुशासन र शानितको महसुस गर्ने गरेको प्रहरी उपरीक्षक घिमिरेले दावी गरेका छन ।
  विभिन्न घटनामा संलग्न रही फरार रहदै आइरहेका  फरार अभियुक्तलाइ पक्राउ गरी कानुनको दायरामा ल्याएको ,तथा शान्ति सुरक्षामा प्रत्यक्ष रुपले प्रभाव पार्ने खालका अवैध मदिर सेवन गर्ने तथा होहल्ला गर्ने प्रवृतिका व्यक्तिलाइ पक्राउ गरी कार्यवाही गरेको  उनले बताए ।
  उहाँले कार्यवाहीको क्रममा अपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिलाइ पक्राउ गरी कानूनको दायरामा ल्याउने गरेको बताउदै प्रहरी उपरीक्षक घिमिरेले कानून भन्दा कोही माथि नरहेको तथा कानून विपरित काम गर्ने जो कोहीलाइ कानूनी दायरामा ल्याइ कार्यवाही गरिने समेत उनले बताए ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१२ गते माघ २०८१ । 

रौतहट । राैतहट प्रहरीले १७ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकैदिनमा उनीहरूलाई पक्राउ गरेको छ।

जिल्ला अदालत बाट दोषी ठहर भएर दण्ड सजाय समेत तोकिएर लामो समय देखि फरार रहेका ति प्रतिवादीलाई जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।  बिभिन्न मुद्दामा उनीहरुलाई ८ लाख ७८ हजार रुपैयाँ भन्दा बढी जिल्ला अदालत रौतहटले जरिबाना समेत गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।

पक्राउ पर्नेहरुमा नागरिकता मुद्दामा नन्दलाल सिन्हा, जयमंगल यादव, देवकी लाल यादव, विरेन्द्र यादव, तेज नारायण यादव, कुटपिट अङ्गभङ्ग मुद्दामा सरिता देवी, प्रभा देवी, लड़ाई यादव, रामाप्रवेश ठाकुर, ठगी मुद्दामा शेख चाँद अलि, कुटपिट मुद्दामा शेख रोस्तम, शहनाज खातुन, जौबुन खातुन, शेख ईस्लाम र किशोरी ठाकुर रहेको प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।

जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत प्रहरीले यस आर्थिक वर्षभित्र झण्डै तीनसय जना लाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१२ गते माघ २०८१ ।

रौतहट । रौतहटको बौद्धिमाई नगरपालिकाको वडा नं. ८ र ९ सरमुजवामा प्रहरीद्धारा स्थानीयको घर तोडफोड र आगजनी गरिएको छ । मेयर प्रदिप यादव र प्रहरीले जबरजस्ती स्थानीयको घरमा तोडफोड गर्नुका साथै आगजनी गरेको र विरोध गर्नेलाई घरमै पसेर कुटपिट गरेको स्थानीयले जनाएका छन् ।

मेयर यादवले मापदण्ड र छलफल नगरी मनोमानी तरिकाले सडक फराकिलो बनाउँने र डोजर चलाउँने गरेको स्थानीयले जनाएका छन् । यस बिषयमा पछिल्लो एक महिनादेखी विवाद हुदै आएको छ । तर आज मेयर यादवले प्रहरीको सहयोगमा स्थानीयको घर तोडफोड, आगजनी एवं कुटपिटमा उत्रेको स्थानीय एवं पूर्व वडा अध्यक्ष श्रीभगवान पटेलले जनाएका छन् ।

सरमुजवामा दुई सय भन्दा बढी प्रहरी परिचालन गरिएको छ । प्रहरीको कुटपिटबाट २५ भन्दा बढी स्थानीय घाईते भएका छन् । स्थानीयको घरका साथै, घर नजिकै राखिएको पराल, थ्रेसरमा आगजनी गरिएको पटेलले जनाएका छन् ।

यस अघि बौद्धिमाई नगरपालिकाका मेयर यादवका बिरुद्धमा स्थानीयले नाराजुलुश गरेका थिए । बौद्धिमाई नगरपालिकाको बंकुल बजार स्थित कार्यालय अगाडी स्थानीयले मेयरको बिरुद्धमा कडा नारा लगाउँदै घेराउ समेत गरेका थिए ।

भ्रष्टाचारी मेयर मुर्दाबाद, भ्रष्टाचारीलाई कारवाही गर, दोषीलाई कारवाही गर लगायतका नारा लगाउँदै उनीहरुले मेयरको कार्यशैलीको बिरोध गरेपछि मेयर यादवले प्रहरीको सहयोगमा स्थानीयलाई कुटपिट एवं आगजनी गर्न थालेको बताइएको छ । मापदण्ड नबनाई मनोमानी रुपमा मेयर यादवले बिपक्षीको घर भत्काउने र सडक बिस्तारको नाममा दुख दिएपछि स्थानीय आक्रोशित भएका छन् ।

मेयर यादवले सरमुजवा गाउँमा मनोमानी रुपमा उपद्रो मचाएको आरोप आन्दोलनकारी स्थानीयले जनाएका छन् । स्थानीय अगुवा एवं पूर्व वडा अध्यक्ष श्रीभगवान पटेलले मापदण्ड बनाएर सडक बिस्तार गर्नुको साटो मेयरले मनोमानी रुपमा बिपक्षीको घर भत्काउने र दुख दिने गरेको आरोप लगाए ।
‘मेयरले प्रहरी, प्रशासन, न्यायाधीश मेरो मुठीमा रहेकोले तिमीहरुले केही पनि गर्न नसक्ने र मलाई जे मन लाग्छ त्यो गर्छु तिमीहरुको आन्दोलनले केही पनि नहुने भन्दै तर्साउदै हिडने गरेका छन्’ स्थानीय पटेलले भने ।

मेयर यादवको मनोमानी कार्यको बिरोध गरेकै कारण स्थानीय गंगाराम बैठकलाई रौतहट अदालतले पूर्वपक्षका लागि थुनामा पठाउँने निर्णय गरेपछि मेयरले मेरो मुठीमा न्यायाधीश, प्रहरी, प्रशासन रहेको भन्दै मान्छेलाई धमक्याउने गरेको स्थानीय पटेलले बताए ।

यसैबीच आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सरमुजवा घटनाको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसंग घटनामा संलग्न प्रहरीलाई कारवाही गर्न माग गरेका छन् । एकातिर भोग चलनको आधारमा जनतालाई लालपुर्जा दिनका लागि भूमी आयाग गठन गर्ने अर्कोतर्फ जनताको उठीवास नै लगाईदिने काम दोहोरो चरित्रको भएको टिप्पणी साहले गरेकाक छन् ।

‘प्रधानमन्त्रीज्यु, अब तपाई जनताको घर तोड़फोड़, लुटपाट तथा आगलगी गर्ने स्तरमा पुग्नुभो ? आखिर रौतहटको जनताले तपाईको के बिगारेको छ ? एकातिर भोग चलनको आधारमा जनतालाई लालपुर्जा दिने कुरा गर्नुहुन्छ, यहाँ त जनताको उठीवास नै लगाई दिनुभो । हैन भन्ने बौद्धीमाईको सरमुजवामा भएको यस अपराधिक कार्यमा संलग्न बिकाऊ प्रहरी प्रशासनको दोषीहरूलाई कारवाही गर्नुस्,’ आजपा अध्यक्ष साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

यसैबीच सरमुजवा घटनाको बारेमा आम जनता पार्टी (आजपा)ले आपती जनाएको छ । आजपा प्रवक्ता चन्द्रभुषण साहले यथाशिघ्र सुधार गरी पीडित जनताहरुलाई न्यायको प्रत्याभूती दिलाउन तथा उदण्ड मेयर यादवलाई कानुनको दायारामा ल्याउन सरकारसंग माग गरेका छन् ।

‘केही दिन अगाडि बौद्धिमाई नपाका मेयर प्रदिप यादवले सडक निर्माणको कुनै ठोस मापदण्ड र योजना बिना नै अपराधिक उपद्रोशैलीमा पूर्वाग्रही एवं पक्षपातपूर्ण तवरले स्थानीय जनतालाई उठीवास एवं आतंकित गर्ने गलत मनसुवाका साथ स्थानीयहरुको घरहरू भत्काउने दुस्प्रयास गर्दा आम जनता आन्दोलित भएका थिए’ प्रवक्ता साहले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ, ‘सोही घटनाको आडमा प्रहरीप्रशासन र न्यायलय सबै मेरो पकेटमा छ भन्दै सनकको भरमा शासन गरिरहेका उदण्ड एवं अपराधिक चरित्रका मेयर तथा मेयरकै ईशारा र अमुक शक्ति केन्द्रको आडमा आज सरमुजवाका आम जनतासंग दुरव्यवहार गर्नुको साथै दर्जनौं घर र संरचनाहरु सयकडौं प्रहरी प्रशासन लगाएर आगजनी एवं तोडफोड गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’

यस घटनामा पीडित आमजनसमुदायको माग सम्बोधन गरी न्याय दिनुकोसट्टा उल्टै एकजना स्थानीय समाजसेवी गंगाराम बैठामाथि झुठ्ठा अपराधिक उपद्रो मुद्दा समेत चलिरहेकोछ तर सत्ता र शक्तिको आडमा मुख्य दोषी मेयर बिना कुनै कारबाही खुलेआम घुमिरहेको र पावर आतंक मच्चाई आजपाले जनाएको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१२ गते माघ २०८१ । 
अनुगमनको नाममा उद्योगी ब्यवसायीलाई त्रसित पार्ने, ब्यवसायीको समस्याप्रति उद्योग बाणिज्य संघ रौतहटको बैठक सम्पन्न भएको छ। शनिबार दिनको ११ बजे रौतहट उद्योग बाणिज्य संघ गौर रौतहटको महासचिब रबिन्द्र नाथ गोपालीको अध्यक्षतामा बृहत बैठक बसी अनुगमन को नाममा उद्योगी ब्यवसायी त्रसित पार्ने, ब्यवसायीको समस्या तथा सम सामयिक विषयका विभिन्न प्रस्ताव माथि छलफल गरि सर्व सहमतिले विभिन्न निर्णयहरु गरिएको हो ।
बैठकमा हाल अनुगमन को नाममा ब्यवसायी त्रसित भइ व्यापार गर्ने वातावरणमा प्रतिकुल असर परेको तथा राजस्व समेत गुमी रहेकोले सो सम्बन्धमा श्री प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र दिने निर्णय गरिएको छ ।

त्यस्तै बितेको पौष २० गते कार्यसमितिको बसेको बैठक ले ३ महिना भित्र संस्था नविकरण , संस्थाको अडिट, साधारण सभा तथा निर्वाचन गराउने निर्णय हुदा समेत त्यस सम्बन्धमा कुनै प्रक्रिया अगाडी नबढेकोले वर्तमान कार्य समिति तथा अध्यक्षलाई खबरदारी गर्ने,बिगत आर्थिक वर्षहरुमा साधारण सदस्य नविकरण नभएकाहरुको लागि २०० रुपैया शुल्क लिई पुरानो सम्पूर्ण नविकरण गर्ने तथा नया साधारण सदस्य दर्ताको हकमा ३०० रुपैया लिने गरि दर्ता नविकरण गर्ने वर्तमान महासचिब मार्फत कार्यसमिति लाई जानकारी गराउने निर्णय गरिएको हो ।

आरके श्रीवास्तव,रौतहट, १२ गते माघ २०८१ ।

लाेकतन्त्रमा स्वतन्त्र पत्रकारकाे भूमिका भन्ने मूल मर्मका साथ गठन भएको श्रमजीवी पत्रकार संघ नेपालकाे आज राैतहट कार्यसमिति गठन भएको छ । संघकाे प्रथम जिल्ला अधिवेशन बाट समिति चयन गरिएको हाे ।

अधिवेशनका लागि कर्मचारी मिलन केन्द्र गाैरमा जिल्लाका पत्रकारहरू जम्मा भएका थिए । पत्रकार सन्तोष पौडेलको अध्यक्षयतामा १५ सदस्यीय श्रमजीवी पत्रकार संघ नेपालकाे रौतहट शाखाकाे नयाँ कार्यसमिति गठन भएकाे हाे ।

शनिबार भएको अधिवेशनमा मधेस प्रदेश सभा सदस्य शोभा देवी साहको प्रमुख आतिथ्यतामा कार्यसमिति घोषणा गरिएकाे हाे ।

समितिकाे उपाध्यक्षमा राकेश यादव,महिला उपाध्यक्षमा  पुजा जयसवाल ,सचिवमा अभिमनु पटेल ,सहसचिवमा मो. मोजिबुल्ला रहेका छन् ।

त्यस्तै समावेशी सहसचिवमा सोनु महतो र कोषाध्यक्षमा  जितेन्द्र दास चयन भएका छन् ।

त्यसैगरी सदस्यमा राधेश्याम साह ,दिलिप पान्डे ,सत्येन्द्र प्रताप सिंह ,अरमान उपाधाय,दिवेन्द्र साह र रौशन साह रहेका छन् ।

समितिकाे सल्लाहकारमा नेपाल पत्रकार महासंघ राैतहट शाखाका पूर्व अध्यक्ष रविन्द्र साह,मोहम्द तन्बिर आलम, दिपक श्रीवास्तव,त्रिभुवन ओझा,शेख समिउल्ला,विश्वनाथ राम,समीर आलम,रमेश सिंह,सुमित यादव,मोहमद अफताब हास्मी ,प्रवीण कुमार सिंह,मो. ओजिर आलम,अरबिन्द कुमार यादव,चन्दन कुमार महतो चयन भएका हुन।

 

कार्यक्रममा प्रमुख अतिथिले साहले कार्यक्रमलाई सम्बोधन गर्दै सत्यतथ्य जनसमक्ष ल्याउन,जनताको सवाल उठाउन र अधिकारको पक्षमा खडा हुन पत्रकारहरूकाे भूमिका अतुलनीय रहेकाे भन्दै आफनाे कर्तव्य बाट नडगमगाई काम गर्न अनुराेध गरेकी हुन् ।

कार्यक्रममा सम्बाेधन गर्दै विशिष्ट अतिथि श्रमजीवी पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष जन्मदेव जैसीले श्रमजीवी पत्रकारको हकहित र अधिकारका लागि बृहत् सञ्चार आन्दोलन गर्ने बताएका छन् ।

सबै सञ्चारगृहमा कार्यरत पत्रकार, कर्मचारी र कामदारका हातमा अनिवार्यरुपमा नियुक्तिपत्र, नियमित न्यूनतम पारिश्रमिक र श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयनका लागि निर्णायक आन्दोलन गर्ने बताए । यसका लागि केन्द्र,प्रदेश र जिल्ला सबै शाखाका नेतृत्वले आ-आफ्ना स्थानबाट दबाब अभियानको नेतृत्व गर्ने उनकाे भनाइ छ  ।

अधिवेशनमा नेपाली काङ्ग्रेस रौतहटबाट चिरञ्जीवी प्रताप सिंह ,नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष रविन्द्र साह,प्रेस मञ्चका रौतहट अध्यक्ष किशोरी यादव लगायत विभिन्न मिडियाका संचालक,पत्रकार,सम्पादकहरुको उपस्थिति रहेको थियोे ।

 

बिरगंज,माघ, ११ गते २०८१ ।

आम जनता पार्टी (आजपा)ले बिरगंजमा आज सडक पत्रकार सम्मेलन गरेको छ । बिरगंजको घण्टाघरमा आयोजित सो पत्रकार सम्मेलनमा पर्साबाट संघीय मन्त्री भएकासंग आजपाले प्रश्नै प्रश्न गरेको छ ।

पर्साबाट नेकपा (एमाले)का नेता राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छन् भने नेपाली कांग्रेसका अजय चौरसिया कानून मन्त्री र प्रदिप यादव खानेपानी मन्त्री रहेका छन् । पर्साबाट संघीय सरकारमा तीन जना मन्त्री भए पनि पर्साको बिकासका लागि यि मन्त्रीले केही पनि नगरेको गम्भिर आरोप आजपाले लगाएको छ ।

आजपा मधेस प्रदेश कमिटीका अध्यक्ष उमेश कुशवाहाले पर्साबाट तीन जना नेता संघीय सरकारमा मन्त्री भए पनि बिरगंजको बिकासका लागि के–के काम गरेको भन्दै गम्भिर प्रश्न उठाएका छन् । समृद्ध बिरगंज उजाड बनाइएको बताउदै उनले बिरगंजलाई देशको आर्थिक राजधानी बनाउँन माग गरे ।

‘बिरगंज सहित तराई मधेसमा खानेपानीको समस्या दिनदिनै बढदै गईरहेको छ । खानेपानीको हाहाकार छ । तर पर्साबाट खानेपानी मन्त्री भएका मन्त्री ज्यूलाई कुनै चिन्ता र चासो छैन्,’ कुशवाहाले भने, ‘यहाँ जती बिकास भएको छ पहिला नै भएको हो । अहिले तीन तीन जना नेता संघीय सरकारमा मन्त्री हुनुभएको छ । उहाँहरुले बिरगंजको बिकासका लागि के के गर्नुभयो जनता जान्न चाहन्छ ।’

बिरगंजलाई आर्थिक राजधानी घोषणा गराउन र भ्रष्टाचार बिरुद्ध खबरदारीसभा बिरगंजमा हालैसम्पन्न गरेको आजपाले त्यसअघि भ्रष्टाचार बिरुद्ध मधेस यात्रा अभियान सञ्चालन गरेको थियो । बिरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गराउँनका लागि आजपाले बिभिन्न समितिहरु गठन गरेर काम गरिरहेको जानकारी उनले दिए ।

सडकमै पत्रकार सम्मेलन गरेको आजपाले पर्साबाट केन्द्रमा मन्त्री भएकालाई बिभिन्न प्रश्न गर्दै बिरगंजको बिकासका लागि के के गरेको भन्ने बारेमा पर्साका नागरिकलाई जानकारी गराउन माग गरेको छ । आजपा केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज लखिन्द्र साहले मन्त्रीहरुले पर्साबासीलाई ढाटने बाहेक अरु केही काम नगरेको आरोप लगाए ।

‘नारायणी अस्पताललाई मेडिकल कलेज किन नबनाएको ? जिर्णअवस्थामा रहेको नारायणी रंगशालाको सुधार कहिले हुने ? स्तरोन्नती कहिले हुने ? ठाकुरराम बहुमुखी क्याम्पसलाई बिश्वबिद्यालय कहिले बनाउँने ? बिरगंजको चिनीमिल कहिले सञ्चालन हुने ?’ साहले प्रश्न गरे, ‘भ्रदगोल बस्तीलाई आधुनिक पूर्वाधारसंग कहिले जोडने ? समृद्धि बिरगंज उजाड किन भयो ?’

बिरगंजमा देखिएको बिकास पञ्चायतकाल र गणतन्त्र अघि नै भएको बताउदै उनले पर्साका मन्त्रीहरुले बिरगंजको बिकासमा ध्यान नदिएको आरोप लगाए । यस्तै आजपाले भ्रष्टाचार बिरुद्ध गरिरहेको बिभिन्न कार्यक्रमको बारेमा समेत जानकारी गराएको छ । आजपा पर्साका अध्यक्ष विश्वराज पटेलले बिरगंजको बिकासका लागि मन्त्री भएकाहरुले बेइमानी गरेको टिप्पणी गरे । यस्तै सिमावती क्षेत्रमा भन्सारको नाममा भईरहेको छिनाझपटीको अन्त्य गर्न उनीहरुले माग गरे । सर्वसधारण नागरिकलाई सिमावती क्षेत्रमा प्रहरीले मनोमानी गरिरहेको भए पनि पर्साका मन्त्रीहरु के पनि नगर्नु लाजमर्दो बिषय भएको पटेलले जनाएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।