२०८३ श्रावण ७
२०८३ श्रावण ७

श्रीअन्तु, (ईलाम), २१ गते वैशाख । २०८२ 

खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपाली नागरिकका घर घरमा धारा र धारामा सुरक्षित खानेपानी भन्ने दृढ सङ्कल्पका साथ अघि बढी रहेको बताउनु भएको छ ।
आज ईलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजनाको उद्घाटन गर्नु हुँदै मन्त्री यादवले देशका विभिन्न ग्रामीण बस्तीमा अहिले पनि शुद्ध खानेपानीको अभावले थुप्रै समस्या देखापरेकाले ती समस्या समाधान गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो ।


उहाँले भन्नुभयो, “खानेपानी समस्याकै कारण देशका कयौँ ठाउँमा अहिले पनि नागरिकले बस्ति सार्नु पर्ने अवस्था छ । सरकारले खानेपानीका समस्या समाधानका लागि ठोस योजनाहरु अघि सारेको छ । खानेपानीकै लागि बस्ति सार्नु पर्ने अवस्थाको अन्त गर्छौँ ।”
यसैगरी उहाँले सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने तथा सरफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासको लक्ष्य हासिल गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “विपद्का कारण भत्किएका खानेपानीका आयोजनाहरु र अधुरा खानेपानी आयोजनाको मर्मत गरी पानीको पहुँच वृद्धि गरी स्थानीय तह र उपभोक्ताको सहलगानीमा खानेपानी आयोजना एकीकृत रुपमा सञ्चालन गर्नेछौँ ।”
आगामी वर्ष सबै नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी पुर्‍याउने हेतुले सिङ्गो मन्त्रालय लागि परेको मन्त्री यादवको भनाई छ । “म बोलेको कुरा पुरा गर्ने व्यक्ति हुँ । म आफ्नो बाँचा अनुसार नागरिकका घर घरमा शुद्ध खानेपानी पुर्‍याउने हेतुले अहिले देशका दुर्गमदेखि सुगम ठाउँमा पुग्दैछु । नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी अवश्य पुर्‍याउछु ।”
बिगतका समयमा अधुरा रहेका र बाढीले क्षति गरेका खानेपानीका आयोजनाहरु निर्माण सम्पन्न भइरहेको बताउनु हुँदै उहाँले भन्नुभयो, “मैले मन्त्रालय सम्हालेदेखि बिगतका अधुरा रहेका खानेपानीका आयोजनाहरु पुरा भएका छन् । सिङ्हदरबारदेखि दुर्गमक्षेत्र सम्म अब शुद्ध खानेपानी बितरण हुँदैछ ।”
खानेपानी तथा ढलव्यवस्थापन विभागका मानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले ईलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजना अन्तर्गत सुर्योदय नगरपालिका–४ र ५ का करिब  दुई हजार १३४  घरपरिवार र ११ हजार ७६९  जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने बताउनुभयो ।
उहाँका अनुसार हालसम्म कुल २५० घरधुरीहरू यस खानेपानी प्रणालीमा जोडिएका तथा यस योजना अन्तर्गत दुई वटा मुहान (सिद्धी खोला र श्रीअन्तु खोला) बाट पानी सङ्कलन गरिन्छ । प्रभावकारी र भरपर्दो आपूर्ति सुनिश्चित गर्न आयोजना पम्पिङ तथा ग्राभिटी दुवै प्रणालीमा आधारित छ ।
योजना १५ वर्षको दीर्घकालीन सेवा अवधिका लागि डिजाइन गरिएको र जसमा  भविष्यको जनसङ्ख्या वृद्धि समेत ध्यानमा राखिएको छ । आयोजना सम्पन्न गर्नको लागि कुल लागत रु ३७ करोड ७२ लाख रहेको छ । जसमा १० प्रतिसत लागत स्थानीय समुदायबाट योगदान प्राप्त भएको खानेपानी तथा ढलव्यवस्थापन विभागले जनाएको छ ।
श्रीअन्तु समालबुङ खानेपानी आयोजना इलाम जिल्लाको सदरमुकामबाट ४७ किलोमिटरमा अवस्थित रहेको छ । यसको क्षेत्रफल १८ दशमलब ८ वर्ग किलोमिटर रहेको छ । यो समुद्री सहतबाट ९५७ देखि एक हजार ८०० मिटर सम्म रहेको महानिर्देशक ई श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “आम उपभोक्ताको मागलाई मध्यनजर गर्दै सूर्योदय नगरपालिकाको सिफारिस बमोजिम सिद्धि र अन्तुखोलाको दोभान महेन्द्रबेंसी मुहानबाट पानी पम्पिङ् प्रणाली मार्फत उक्त क्षेत्रको उच्च भागमा भण्डारण गरी वितरण गर्ने परियोजना सहित यस आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७८/७९ देखि शुरु भएको हो ।” उक्त आयोजना खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहत केन्द्रीय खानेपानी आयोजना अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामबाट सञ्चालनमा रहेको छ ।
श्रीअन्तु समालबुङ खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष राजु बम्जनको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा इलाम क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य महेश बस्नेत, कोशी प्रदेश सभा सुसासन तथा योजना समितिका सभापति खगेश्वरी पौडेल (बन्दना), प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री शमसेर राई, सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ तथा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामका प्रमुख उत्सव पोख्रेल लगायतका स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।

काठमाडौँ- मधेश प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

जानकी प्रकाट्य दिवस (जानकी नवमी) को अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले शनिबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई टेलिफोन गरेर जानकी नवमीको अवसरमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन आग्रह गरेका थिए।

मुख्यमन्त्री सिंहले जानकी नवमीको अवसरमा बिदाको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रीलाई जानकारी गराउने निधिसँग भनेका थिए।

त्यस्तै वैशाख २८ गते कविर दास जयन्तीको अवसरमा पनि सार्वजनिक बिदा दिने निर्णय भएको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ। सभार हिमाल प्रेस

बज्जिकाञ्चल संवाददाता काठमांडौ,२१ गते वैशाख । २०८२ 

 विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई किर्गिस्तानको ओश विश्वविद्यालयले उहाँलाई विद्यावारिधी प्रदान गरेको हो । डा. उपाध्यालाई साहित्य (डी लिट)मा उक्त विश्व विद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको हो ।

समाजशास्त्रमा सन् २०००मा विद्यावारिधी गर्नुभएका डा. उपाध्यायलाई यसअघि विभिन्न सात विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेका छन् । यो उहाँको आठौं मानार्थ विद्यावारिधी हो । डा. उपाध्यायलाई अमेरिकालगायत अन्य विश्व विद्यालयले यसअघि सात वटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका छन् ।

डा. उपाध्यायले गीत र साहित्यमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै उक्त विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । सो समारोहमा अन्य विशिष्ट व्यक्तित्वलाई पनि मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको थियो । डा. उपाध्यायले गीत संगीत र विविध विधामा १५३ विश्व कीर्तिमान कायम गर्नुभएको छ ।

यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् । उहाँको नयाँ उपन्यास ‘आशक्ति’ प्रकाशनको तयारीमा छ ।

 

आरएन पटेल,राैतहट,२१ गते वैशाख । 

रौतहटको राजपुर नगरपालिका वडा नं ५ मा अवस्थित अधुरो ब्रह्म स्थान र हनुमान मन्दिरको निर्माण कार्यको उद्घाटन तथा माथिल्लो भागको गुजुङ (गुम्बज) को शिलान्यास जनमत पार्टीका रौतहट क्षेत्र नं. २ (क) को प्रदेश सभा सदस्य प्रत्याशी शेख मोहम्मद आलम उर्फ बाबू साहेबले गर्नुभएको छ।

कार्यक्रमको सञ्चालन लोकनाथ ठाकुरले गर्नुभएको थियो भने आयोजना पर्यटन विकास कार्यालयमार्फत संचालन गरिएको हो। उपभोक्त समितिका अध्यक्ष श्याम बाबू साह रहेका थिए।
करीब १६ लाख रुपैयाँ लागतमा निर्माण कार्य सम्पन्न गरिने जनाइएको छ। मन्दिर पुनर्निर्माण हुने खबरले राजपुर नगरपालिकावासीहरुमा उत्साह छाएको स्थानीयले बताएका छन्।

सो अवसरमा जनमत पार्टीका नगर इन्चार्ज मो. जमिलउल्लाह, शेख रहुलहक, पूर्व नगर इन्चार्ज शेख फेराज, युवा नेता शेख नसिम, राम बाबू ठाकुर, लखिन्द्र साह, रमेश जैसवाल, रामलगन पण्डित लगायतका नेताहरू र कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

आरके श्रीवास्तव,राैतहट,२१ गते वैशाख । 

गरूडा । रौतहट जिल्लाको चन्द्रपुर ४ स्थित आज बिहान भएको एक सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा गरूडा नगरपालिका-२,गेडही गुठ्ठी निवासी ६० वर्षिय बलिराम सहनी र ४० वर्षीय उनकी छोरी उर्मिला देवी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईका अनुसार बिहानको समयमा माेटरसाइकिल र कार एक आपसमा ठाेक्किएर दुर्घटना भई उनीहरूकाे मृत्यु भएको बताएका छन् ।

दुर्घटनामा परि सख्त घाइते भएका दुबै जनाकाे उपचारकाे क्रममा मृत्यु भएको उनले बताए । बुवा बलिराम सहनी चन्द्रपुर स्थित हाइवेे ट्रमा सेन्टर र छाेरी उर्मिलाकाे एलएस न्यूराे हस्पिटल बारामा मृत्युु भएको डिएसपी राईले पुष्टि गरेका छन् ।

उनका अनुसार मृतक सहनीले चलाएको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिएको  थियो ।

दुर्घटनापछि कार चालक प्रहरी नियन्त्रणमा रहेको उनले बताए । घटनापश्चात् मुचुल्का उठाउने काम भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यता स्थानीय बासिन्दाहरूले ट्राफिक व्यवस्थापनमा चासो नदिएकोप्रति गुनासो व्यक्त गरेका छन् । राम्रो सँग ट्राफिक व्यवस्थापन हुन नसक्दा यस्ता किसिमको घटनाहरू घटिरहेको सर्वसाधारणकाे गुनासो रहेको छ ।

काठमाडौं । आज (आइतबार) बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षाका सुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ ।

सबैभन्दा बढी काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक परिक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जानकारी दिएको छ ।परीक्षमा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीले परिक्षा दिदैछन् ।

यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ जना परीक्षार्थी छन् भने सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार १३३ परीक्षार्थी परिक्षा दिदैछन् । परीक्षामा कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका निम्ति विशेष व्यवस्था गरिएको छ ।त्यसैगरी, कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ। परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्षबाहेक अरू कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ। परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक) लैजान निषेध गरिएको बोर्डले जनाएको छ।

परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दू व्याकरण विषयको परीक्षा हुदैछ । सभार जनसवाल

राजेश पासवान/बैशाख २१/रौतहट। 

चमार कल्याण समाज नेपालको जातिय भेला रौतहटको गुजरा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। चमार कल्याण समाजका केन्द्रीय उपाध्यक्ष पुनित राम चमारको अध्यक्षतामा शनिबार सो बैठक सम्पन्न भएको हो।


बैठकबाट रविदास सेवा समिति गठन दर्ता गर्ने सम्बन्धमा,धर्मशाला सभाहल तथा विवाह मंडप निर्माण सम्बन्धमा,आर्थिक संकलन सम्बन्धमा,निर्माणका लागि ठाउँ छनौट गर्ने सम्बन्धमा लगायत विविध प्रस्तावहरु माथिगहन छलफल भइ निर्णय समेत भएको छ।

कार्यक्रममा वक्ताहरूले जातीय पहिचान, शिक्षा,स्वास्थ्य,दाइजो प्रथा अन्त्य, मृत्यु भोज अन्त्य,विभिन्न निकायमा प्रतिनिधित्व बढाउने, सामाजिक न्याय, जातीय भेदभाव र समावेशी विकासका पक्षमा महत्वपूर्ण मन्तव्य व्यक्त गर्नु भएको थियो। साथै, चमार समुदायबीच एकता मजबुत पार्न आगामी दिनहरूमा थप क्रियाशील भूमिका निर्वाह गर्न आग्रह समेत गर्नुभएको छ।

उक्त कार्यक्रममा कृष्णन्दन् राम,रामाज्ञा राम,सोनेबाल राम,अरुण राम,सत्यनारायण राम,भोला राम,अवधनरायण राम,उदयनरायण राम र उपेन्द्र राम लगायत चमार जातिका विभिन्न अगुवा तथा अभियन्ताहरुको उपस्थिति रहेको थियो।।

बज्जिकाञ्चल संवाददाता,२० गते वैशाख । 

मधेश प्रदेशमा जम्मा ८ जिल्ला मध्ये नेपाली कांग्रेस सब भन्दा बढी बलियो जन आधार भएको जिल्ला सर्लाही भएको नेपाली कांग्रेसका सह -महामन्त्री महेन्द्र यादवले दाबी गरेका छन । सर्लाही जिल्लाको सभापति सुरेन्द्र प्रसाद सिंहलाई  सह -महा मन्त्री यादवले खुलेर नै प्रसंशा गरेका हुन मधेश प्रदेशमा सब भन्दा बढी काम जनता माझ काम गरिरहेको छ ।

नव वर्ष २०८२ सालको  शुभ अवसरमा शुभकामा भेटघाट तथा विभागीय प्रमुखहरू र सदस्यहरूको पदस्थापन कार्यक्रमको  प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै यादवले भने  नेपाली कांग्रेस सर्लाहीको मलगवामा आयोजना भएको कार्यक्रमको सभापति नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह सभापति भएको कार्यक्रममा मधेस प्रदेशका उपसभापति तथा पूर्व मन्त्री प्रदेश सांसद
विरेन्द्र प्रसाद सिंह, जिल्ला समन्वय समिति सर्लाहीका
सभापती कौशल किशोर सिंह, पूर्व जिल्ला सभापति  नागेन्द्र राय लगायत विभिन्न तहका नेताहरुको उपस्थिति रहेको पूर्व मन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहको स्वकीय सचिव तथा नेपाली काग्रेश मधेश प्रदेश सुचना तथा सञ्चार विभागका सचिव निकेश त्रिपाठी बताए।

बज्जिकाञ्चल संवाददाता,हेटौंडा,२० गते वैशाख ।

बुढ्यौली साहित्य समाज मकवानपुरले आज एक समारोहबिच साहित्यकार तथा साहित्यिक पत्रकार देवराज खरेललाई रु.२०,०००/- रकमसहितको आर. सी. रिजालद्वारा स्थापित तोयानाथ रिजाल स्मृति सम्मान समर्पण गरेको छ । यसै गरी बुढ्यौली साहित्य समाज तथा तुल्सी थापा परिवारद्वारा स्थापित रु. २५,०००/- रकमसहितको तुल्सी थापा स्मृति सम्मानद्वारा बुढ्यौली पाठ्यपुस्तकका लेखक तथा हास्यव्यङ्ग्यकार देवीप्रसाद घिमिरेलाई समर्पण गरेको छ । यसै गरी यस अवसरमा श्यामकुमार बानियाँको शब्द तथा नवराज पराजुलीको स्वर रहेको बुढ्यौलीसम्बन्धी गीतसमेत विमोचन गरिएको थियो ।


सम्मानित स्रष्टाका बारेमा रमेशमोहन अधिकारीले प्रकाश पार्नुभएको थियो भने सम्मानित स्रष्टाहरूलाई पुरन जोशी तथा जुना दाहालले बधाई दिनुभएको थियो । सचिव सुवास खनालको सञ्चालनमा भएको यस कार्यक्रममा स्वागत उपाध्यक्ष राजकुमार लामिछानेले गर्नुभएको थियो । प्रमुख आतिथ्य हास्यव्यङ्ग्यकार चट्याङ माटरले गर्नुभएको थियो भने सभाध्यक्षता बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आर.सी.रिजालले गर्नुभएको थियो ।
ओमभक्त भण्डारीको शङ्खध्वनिबाट आरम्भ भएको यो कार्यक्रम रोयल पार्टी प्यालेस हेटाैँडामा भएको थियो ।

आरके श्रीवास्तव,राैतहट,२० गते वैशाख ।
रौतहट । नेपाल पत्रकार महासंघ रौतहट शाखाको आयोजनामा आज गौरमा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ रौतहटका अधयक्ष सञ्जय कार्कीले गर्नु भएको थियो ।


महासंघका सचिव गौतमले श्रेष्टले कार्यक्रम सञ्चालन गर्दै देशभरि भएको प्रेस स्वतन्त्रको बाहिर आएका घटनाबारे साझा गरेका थिए । “नयाँ विश्वमा साहसी पत्रकारिता प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृत्रिम बौद्धिकताको प्रभाव” भन्ने नारासहित आयोजित कार्यक्रममा सञ्चारमाध्यमको वर्तमान अवस्था, पत्रकारितामा बढ्दो चुनौती र पत्रकारको सुरक्षा लगायतका विषयमा गहन छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एसपी गिरीले प्रेस स्वतन्त्रता कायम राख्न राज्य संयन्त्र प्रतिवद्ध रहेको बताउँदै निष्पक्ष र उत्तरदायी पत्रकारिताको आवश्यकता रहेको औंल्याएका थिए ।
उनले पत्रकारमाथि हुने आक्रमण र दवाबलाई रोक्न प्रशासन गम्भीर रहेको बताए । साथै एसपी गिरीले पत्रकारहरुलाई गहिराइमा पुगेर समाचार लेख्न पनि सुझाव दिएका थिए ।

नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष कार्कीले रौतहटका पत्रकारहरू विभिन्न चुनौतीका बीच पनि सत्यतथ्य सूचना सम्प्रेषणमा समर्पित रहेको बताए । उनले प्रेस स्वतन्त्रतामाथि हुने प्रत्यक्ष र अप्रत्यक्ष हस्तक्षेपप्रति चिन्ता व्यक्त गरेका थिए । साथै उनले समाज परिवर्तनमा पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै कार्यक्रममा कान्तिपुरका उपसम्पादक शिव पुरीले रौतहटका पत्रकारहरुले पत्रकारिताको आचारसंहिता भित्र रहेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जिल्लाका अग्रज पत्रकार, विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा अन्य वक्ताहरुले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।