२०८३ बैशाख १५
२०८३ बैशाख १५

काठमाडौं
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कार्यालय सहयोगी, ड्राइभर, स्विपर, माली लगायत श्रेणीविहीन कर्मचारीहरुको जागिर सुनिश्चित्ताको ग्यारेन्टी गर्नुपर्ने माग सरकारसंग गरेका छन् । लोक सेवा आयोगले उनीहरुलाई स्थाई पदपुर्ति गरेर रोजगारीको सुनिश्चितता गर्नुपर्ने माग उनले गरेका छन् ।

आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै साहले नेता र हाकिम कर्मचारीको चाकडी गरेर श्रेणीविहीन कर्मचारीले काम गरेर कहिलेसम्म बाच्न पर्ने भन्दै स्थायी गरेरै उनीहरुको रोजगारीको सुनिश्चितता गर्नुपर्ने सुझाव दिए ।

‘सरकारी निकायमा तल्लोस्तरमा काम गर्ने कार्यालय सहयोगी, ड्राइभर, सुरक्षागार्ड, माली र स्विपरलगायतका तल्लो तह र श्रेणीविहीनहरुको जीवन एकदमै कष्टकर भैरहेको छ । जागिर नै पूरै असुरक्षित छ, जागिर कन्टिन्यूको लागि शासक र नेताहरुलाई गुहारिरहनुपर्ने, चाकडी गर्नुपर्ने बाध्यता छ,’ साहले भने, ‘म यो सरकारलाई सोध्न चाहन्छु कि ती पोष्टहरुमा स्थायी भ्याकेन्सी गरेर पदपुर्तिको काम के ले रोक्यो ? आजभोलि लोकसेवा आयोगले जतिपनि विज्ञापन गरिरहेको छ, कक्षा १२ भन्दा माथिको मात्रै भैरहेको छ, के ती श्रेणीविहीन पोष्टहरु सरकारी निकायबाट हटाईएको हो ? ती पोष्टहरुको जरुरी छैन् ? सरकारी निकायमा गाडीको जरुरी छ भने ड्राइभरको किन विज्ञापन हुँदैन ? के चालकहरु नेपाली नागरिक होईनन ? के गरिवहरु नेपाली नागरिक होईनन ?’

तल्लो तहमा काम गर्ने कर्मचारीहरुले राज्यमा कुनै एप्रोच नपाउने र जहिल्यैपनि उनीहरुले चाकडीमात्रै गर्नुपर्ने हो र ? भन्दै साहले प्रश्न उठाए । तल्लो तहका मान्छेले जहिल्यैपनि अरुकै निगाहमा जीवन बाँच्नुपर्ने हो ? र यस्तै अवस्थाको लागि नेपाली नागरिकले लडेर गणतन्त्र ल्याएको हो ? भन्दै साहले प्रश्न गरे ।

‘हिजो राजतन्त्रमा त यी पोष्टमा स्थायी भ्याकेन्सी हुन्थे । उनीहरुले पनि पेन्सन पाउँथे । उनीहरुपनि सम्मानित भएर मानव जीवन बाँच्थे, तर आज जसरी नारकीय र दासताको जीवन बाँच्नुपर्ने स्थिति छ, यसको अन्त्य होस भन्न चाहन्छु,’ साहले भने ।

उनले निजामती ऐनमार्फत अहिले नारकीय जीवनयापन गर्न बाध्य भएका तल्लो तह र श्रेणीविहीन कर्मचारीको भावना र माग सम्बोधन होस भन्ने माग गरे । कतिपय शासकहरुले तल्लो तहका कर्मचारीलाई स्थायी गरियो भने आफ्नो टाउकोमा नै टेक्छन् भन्नेगरि बहस गरेको पनि साहको आरोप छ ।

आजपा अध्यक्ष साहले गरिबमारा कानून आफूहरुलाई नचाहिएको चेतावनी दिदै भने, ‘हिजो पञ्चायतकालमा न्याय पाउने तर आज गणतन्त्रमा कम्युनिष्टहरुको सरकार हुँदापनि यसरी अन्याय भैराख्दा आम मान्छेले स्वभाविक मानेको छैन् । यतातिर म सरकारको ध्यानाकार्षण गराउन चाहन्छु ।’

आरके श्रीवास्तव,रौतहट,२४ गते माघ २०८१ ।

रौतहटको कटहरिया नगरपालिकामा जारी एचपिभी खोप अभियानमा ८९ प्रतिशतलाइ लगाइ सकिएको छ । यो अभियानको पाँचौ दिन लक्ष्यित समूहका २ हजार २४ जना किशोरीहरूलाई एचपिभी खोप लगाइएको स्वास्थ्य संयोजक दिनेश प्रसाद यादवले जानकारी गराएका हुन् ।
संयोजक यादवको अनुसार अब कटहरिया नगरपालिकाभरी ११ प्रतिशत अर्थात् २ सय ६९ जना किशोरीहरुलाइ मात्र खोप लगाउन बाँकी रहेको छ । कटहरिया नगरपालिका भरि कुल २ हजार ४ सय १३ जना किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य रहेको छ ।
गत मंगलबार देशैभर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’अभियान सञ्चालन गरिहेको छ ।
रौतहटमा भने माघ २३ गतेदेखि कटहरिया नगरपालिका सहित जिल्लाको १८ वटै पालिकामा यो एचपिभी खोप अभियान सञ्चालन भईरहेको छ । पहिलो चरणमा ९ वटा पालिकामा यो अभियान चलिरहेको छ भने माघ ३० गते देखि दोस्रो चरण खोप अभियान सञ्चालन हुने छ । एचपिभी खोप अनिवार्य रूपमा लगाउन आग्रह गरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,२७ गते माघ ।
जनता सचेत भएपछी जनप्रतिनिधिलाई मनलाग्दी गर्न त्यति सजिलो कहाँ छ र? राैतहटकाे मध्य भाग गरूडा नगरपालिकामा आज यस्तै घटना घटेको छ । गरिब,विपन्नकाे सट्टा हुनेखानेलाई सिरक/कम्बल वितरण गर्न थालेपछि स्थानीयले विराेध गरेका छन् ।

गरूडा नगरपालिका वडा नम्बर ६ अमरपट्टी गाउँमा मेयर कन्थमनी जयसवाललाई स्थानीयले घेरेका छन् । करिब २/३ घण्टा सम्म उनलाई स्थानीयले घेरेका थिए । सुखी सम्पन्न परिवारलाई सिरक बाँड्न थालेपछि स्थानीय आक्राेशित बनेका थिए । एउटै घरमा ५ जनालाई दिन थालेपछि थप विवाद उत्पन्न भएको स्थानीय सुरेश जयसवालले जानकारी गराएका हुन् ।

केही बेरसम्म त्यहाँ अवस्था तनावग्रस्त बनेकाे थियोे । पछि ईलाका प्रहरी कार्यालय शिवनगरबाट गएको टाेली स्थिति साम्य पारेकाे थियोे । सिरकहरू नबाँडीकन नगरपालिकामा फिर्ता लानेभएपछि मात्र स्थानीयहरू शान्त बनेका थिए ।

जनताकाे भिडबाट पछि प्रहरीले नगर प्रमुख जयसवाललाई स्कटिङ्ग गरेर त्यहाँ बाट निकालेका थिए । बाक्लो संख्यामा नेपाल प्रहरी र नगर प्रहरी परिचालन पनि गरिएको थियोे ।

त्यहाँका स्थानीयहरूले वास्तविक पीडित,गरिब विपन्न, एक घर एक सिरक बाड्न भनिरहेका थिए । तर मेयर जयसवालले त्यसाे नगरि गाउँमा झैझगडा गराउन खाेज्दा जनताले उनलाई लखेटेका हुन् ।

यस अघि गरूडाकाे दलित बस्तीलाई बाईपास गरि मेयर जयसवालले कम्बल र सिरक वितरण गरिरहेकाे आराेप लगाईएकाे थियोे । नगरप्रमुख कन्थमनी जयसवालले कम्बल र सिरक वितरणमा काखापाखा गरेकाे आराेप लगाएका थिए ।

आरके श्रीवास्तव,रौतहट,२७ गते माघ ।
रौतहटको गुजरा नगरपालिकामा एचपिभि खोप अभियान सम्बन्धि नगर स्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरुको अभिमूखिकरण बैठक सम्पन्न भएको छ । स्वास्थ्य शाखाको अयोजनामा नगरपालिकाको सभाहल सो बैठक बसेको थियो ।


खोप कार्यक्रमको लक्ष्य,उदेश्य,उपलब्धी,अवस्थाबारे जानकारी गराउने,पाठेघरको मुखको क्यान्सर निवारण,रणनिती,एच.पि.भि.खोप अभियानको औचित्य र सञ्चालन प्रक्रिया बारे जानकारी गराउने,खोप समन्वय समिति संचार क्षेत्र र सरोकारवालाहरुको भूमिका र जिम्मेवारी बारे जानकारी गराउने उदेश्यलेले बैठक बसेको थियो ।


साथै अभियान संचालन योजना,तयारी अवस्था बारे जानकारी गराइ अभियान सफल बनाउन स्थानिय स्तरबाट आवश्यक थप सहयोग बारे छलफल,श्रोतको पहिचान,परिचालन र जिम्मेवारी बाँडफाँडको योजना बनाउने लगायतको विषयमा छलफल गर्न बैठक बसेको थियो ।

गुजरा नगरभरिमा आगामी माघ ३० गतेदेखि फागुन ०६ गते सम्म सञ्चालन हुने एच.पि.भि. खोप अभियानमा २ हजार ८ सय ९७ छात्रा र किशोरीहरुलाइ खोप दिने लक्ष्य राखिएको स्वास्थ्य संयोजक विजय चौधरीले जानकारी गराएका हुन् । यो लक्ष्यमा ९० प्रतिशत अनिवार्य खोप लगाउनुु पर्ने उनको भनाइ छ ।

औसतमा प्रत्येक दिन ४ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्य हुने गरेको भन्ने अनुमान गरिएकोले १० वर्ष देखि १४ वर्ष मुनिमा किशोरीहरु कोही पनि नछुटाउन हुनेमा उनको जोड थियो ।
अभिमूखिकरण कार्यक्रममा गुजरा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अशोक खाँ थारु,वडा नम्बर ४ का वडा अध्यक्ष झमक चौलागाइ,वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम चौधरी,शिक्षा शाखा प्रमुख शिवमंगल साह,विभिन्न बिधालयका प्रधानाध्यापकहरु ,सञ्चारकर्मीहरु लगायतका व्यक्तीहरुको सहभागिता रहेको थियो ।

रौतहट २७ माघ।
जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको अभियान अन्तर्गत दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका ४६५ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा फैसला कार्वान्यनको लागी जिल्लामा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत उक्त प्रतिबादीहरु लाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको हो।

जिल्ला अदालत रौतहटबाट गाली बेइज्जती मुद्दामा ५ रुपैयाँ जरिबाना तोकिएका शेख टईट सहित बिभिन्न मुद्दामा सजाय तोकिएका ११ जना प्रतिवादी लाई जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो।

अन्य पक्राउ पर्नेमा किर्ते जालसाजी मुद्दाका कैलाश माझी , धुनिया मुसहरनी, बाबुलाल माझी, जागा माझी, शेख अजीज मियाँ, जमील अख्तर, जमिला शेखिन, शेख बनु र कुटपिट मुद्दाका रामविलास पटेल,
रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैजना लाई फैसला कार्वान्यनको लागी जिल्ला अदालत गौरमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन्।

यस अघि एसपी दिलीप घिमिरेको बिशेष सक्रियतामा सञ्चालन गरिएको अभियान अन्तर्गत जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय लगायतका निकायबाट दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका ३७८ जना प्रतिवादीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको छ। त्यसैगरी जिल्ला अदालत रौतहट लगायत निकायमा चालु मुद्दाको फरार ८७ जना प्रतिवादीलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याईएको जिल्ला प्रहरी कार्यालय रौतहटले उपलब्ध गराएको सूचनामा उल्लेख गरिएको छ।

 

एसपी घिमिरेले रौतहटको कमाण्ड सम्हाले देखी फरार प्रतिवादी पक्राउ संगै तस्करी नियन्त्रणमा प्रहरीले बिशेष सक्रियता देखाएको छ।न्युज कारखाना

काठमाडौँ, २७ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको  छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय , सिंहदरबारमा आज भएको बैठकमा गृह मन्त्रालयको प्रस्तावबमोजिम मूल समारोह समिति, विभिन्न उपसमिति गठन र विभिन्न कार्यक्रमहरुको प्रस्ताव छलफलसहित पारित गरी भव्यताका दिवस साथ मनाउने निर्णय भएको हो ।

प्रधानमन्त्रीका अध्यक्षतामा गठित मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु एवं राज्यमन्त्रीहरु, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महाहनगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु, काठमाडौँ उपत्यकाका नगरपालिकाका प्रमुखहरु रहेका छन् ।

 

यसैगरी, सम्बन्धित निकाय र पक्षको सहभागिता हुने गरी प्रचारप्रसार, मञ्च सजावट, ग्राउण्ड कवाज तथा व्यायम व्यवस्थापन, सांस्कृतिक झाँकी व्यवस्थापन, सांस्कृतिक विविधता प्रदर्शन व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

 

यसैगरी सातै प्रदेशमा मुख्यमन्त्रीका अध्यक्षतामा प्रदेशस्तरीय समारोह समिति गठन गरी विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय भएको छ ।
विसं. २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक फागुन ७ गते यो दिवस मनाउने गरिन्छ ।

यस वर्ष फागुन ६, ७ र ८ गते तीन दिनसम्म नेपाल र विदेशस्थित नेपाल राजदूतावास, कूटनीतिक नियोग एवं वाणिज्य दूतावासहरुमा समेत दीपावली गर्ने तथा फागुन ७ गते नेपाली सैनिक मञ्च, टुँडिखेलमा मूल कार्यक्रम आयोजना हुनेछ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतामाथि दमन गर्ने, नाङ्गो र हेपाहा खालको प्रवृत्ति देखाउने निरङ्कुशतन्त्र र प्रतिगमनलाई नेपाली जनताको बलिदानी सङ्घर्षले परास्त गरेको ऐतिहासिक दिनलाई जनस्तारमा समेत मनाउन आग्रह गरे ।

 

“यो दिवसलाई केवल हमाथिको आदेश–निर्देशका भरमा मनाउने औपचारिक दिवस मनाउनु हुँदैन । यसलाई जनताको कार्यक्रम बनाउने गरी तयारी गर्नुपर्छ ।”, प्रधानमन्त्री ओलीले भने, “मुलुकका लागि यो सबैभन्दा ठुलो परिवर्तन ल्याउने दिने हो । यहाँ हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउनेहरु छन् तर त्यत्रो परिवर्तनलाई मान्न नरुचाउने तत्वहरु छँदैछन् । प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन सक्दैन । यस दिवसलाई भव्यताका साथ मनाउनुपर्छ ।”न्युज कारखाना

बज्जिकाञ्चल संवाददाता,राैतहट,२५ गते माघ ।
रौतहटको धरहरी घटनाका दोषीलाई जिल्ला अदालत रौतहटले सफाइ दिएपछि पीडित परिवार न्यायका लागि उच्च अदालत जनकपुरका अस्थाई इजलाश विरगंज पुगेका छन ।
अदालतले दोषीहरुलाई निर्दोष सावित गर्दै सफाइ दिएपनि जिल्ला अदालत गौरको उक्त फैसला प्रति चित नबुझेको भन्दै पीडित परिवार न्यायका लागि उच्च अदालत जनकपुरका अस्थाई इजलाश विरगंजमा रिट गरेका छन् ।
२०७७ सालमा देवाही गोनाही नगरपालिका वडा नं. ९ धरहरीमा दुई पक्षबीच झगडा भई कुटाकुट भएको थियो ।
सो झगडामा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, धरहरीका वडा अध्यक्ष विरबहादुर साह लगाएतका व्यक्तिले धारिलो हतियार प्रहार गर्दा स्थानीय लखिन्द्र यादव र लालबाबु यादव गम्भीर घाइते भएका थिए भने अरु केहि व्यक्तिहरु सामान्य घाइते भएका थिए ।
ज्यान मार्ने उद्देश्यले मेयर साह, वडा अध्यक्ष विरबहादुर साह सहितका व्यक्तिले लखिन्द्र र लालबाबु यादवमाथी संघातिक हमला गरेको लखिन्द्र यादवका दाई सिकिन्दर राय यादव बताउँछन ।
संघातिक हमला गरी गम्भीर घाइते बनाउने उनिहरुमाथी कार्यवाही गर्न लखिन्द्रको दाई सिकिन्दर राय यादवले हुलाक मार्फत ज्यान मार्ने उद्योग मुद्दा जिल्ला अदालत गौरमा दिएका थिए ।
पीडित सिकिन्दर राय यादवले घटनामा संलग्न मेयर प्रेमलाल साह, वडा अध्यक्ष विरबहादुर साह सहित १३ जनामाथी जिल्ला अदालत रौतहटमा ज्यान मार्ने उद्योग मुद्दा दिएका थिए ।
अदालतमा उनिहरुमाथी मुद्दा दर्ता भएपछि पीडित सिकिन्दरले अब दोषीहरुलाई अदालतले कार्यवाही गर्छन र आफुहरुलाई न्याय दिलाउँछ भनी आश गरेर बसेका थिए । तर अदालतले दोषीहरुलाई निर्दोष सावित गर्दै सफाई दिएपछि सिकिन्दर निकै चिन्तामा परेका थिए ।
राजनीतिक पहुच, शक्ति, पावर र पैसाको बलमा दोषीहरुलाई अदालतले निर्दोष सावित गरी सफाइ दिएको भन्दै पीडित सिकिन्दर राय यादवले भाईको न्यायका लागि उच्च अदालत विरगंजमा रिट दिए ।
अदालतले दोषीलाई कार्यवाही गर्नुको सटा सफाई दिएर उन्मुक्ति दिएको भनी सिकिन्दर राय यादवले अदालतको उक्त फैसलाप्रति चरम असन्तुष्टि जनाउँदै न्यायका लागि आजभन्दा डेर वर्षअघि उनीहरुमाथी उच्च अदालत विरगंजमा रिट दिएका थिए ।
बिहीवार पत्रकारहरुसंग कुरा गर्दै सिकिन्दरले उच्च अदालत विरगंजले अब पीडितलाई न्याय दिने भन्ने कुरामा आफु पूर्ण रुपमा विश्वस्त रहेको बताएका छन् ।
घटनामा संलग्न दोषी देवाहीका मेयर प्रेमलाल साह, वडा अध्यक्ष विरबहादुर साह सहित सबैजनालाई कडा भन्दा कडा कार्यवाही गर्नुपर्ने आफनो माग रहेको उनले बताए ।

उच्च अदालत विरगंजले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइ कार्यवाही गर्ने र पीडितलाई न्याय दिलाउने भन्ने कुरामा आफु पूर्ण आशावादी रहेको उनले बताए ।

उच्च अदालत विरगंजले गर्ने निर्णय अर्थात फैसलाको पखाईमा आफुहरु रहेको उनले सुनाए ।

१० लाख रुपैयाँ लिएर ज्यान मार्ने उद्योग मुद्दा फिर्ता लिन मेयर प्रेमलाल साहले आफुसंग प्रस्ताव गरेको पीडित सिकिनदर राय यादवले खुलासा गरेका छन्।

सुरुमै मेयर प्रेमलाल साहले मुद्दा मिलापत्र गर्न आफूलाई दश लाख रुपैयाँ प्रस्ताव गरेको तर उनको उक्त प्रस्ताव आफूले अस्वीकार गरेको समेत उनले बताए।

आफूले भाइको न्याय मागेको रिसिइबी साधन विपक्षीले केही महिना अघि आफूलाई लागू औषध मुद्दामा फसाएको सिकिनदर राय यादवको आरोप छ।

भाइको न्यायको लागि अदालतमा ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराएको रिसिबी साधन आफ्नो कोठामा लागू औषध गाँजा राखेर उनीहरूले आफूलाई लागू औषध मुद्दामा फसाउन खोजेको उनले बताए।

लागू औषध मुद्दामा पक्राउ परेको केहीदिन मै सिकिन्दर राय यादव धरौटी रकम बुझाएर थुनामुक्त भएका थिए।
यता देवाहीगाेनाहीका मेयर प्रेमलाल साह सँग सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकेको छैन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम ट्रेड युनियन फेडरेशनले श्रमिकका हकअधिकार सहित बिभिन्न माग गर्दै श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

सिंहदरबारमा आज फेडरेशनका पदाधिकारीहरु पुगेर श्रममन्त्री भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । श्रमिकको हकअधिकारका लागि संघर्ष गरिरहेको फेडरेशनले बिभिन्न कार्यक्रम सहित संघर्षका कार्यक्रम जारी राखेको छ ।

फेडरेशनले श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने, घरेलु श्रमिकको लागि ऐन निर्माण गर्नुपर्ने, नेपाली उधोगमा बिदेशी कामदारको अन्त्य र नेपाली श्रमिकले काम पाउने ब्यवस्था गर्नुपर्ने, बिदेशमा कामका लागि जाने श्रमिकलाई ट्रेड युनियन अधिकार र समाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, पिस रेट ठेक्का तथा अनौपचारिक क्षेत्रमा सामजिक सुक्षा ऐन कार्यनयन गर्नुपर्ने लगायतका माग श्रम मन्त्रीसंग गरेको छ ।

‘माननीय मन्त्री ज्यु श्रमिकहरुको अवस्था दैनिय छ । बिध्यमानमा रहेको तलब भत्ता बाट दैनिक जीवन निर्वाहा गर्न संभब छैन् । श्रम ऐन नियम कार्यान्वयन हुन सकेको छैन् । घरेलु श्रमिकको अवस्था झन नाजुक छ । बैदेशिक रोजगारमा जाने श्रमिकको ट्रेड युनियन अधिकार नहुँदा नर्किय जीवन बिताउन बाध्य छ । सिमित मात्रमा संचालनमा रहेको उधोगहरुमा समेत बिदेशीले काम पाउने नेपालीले नपाउने अवस्था छ,’ श्रममन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

फेडरेशनका इन्चार्ज धनकुमारी मगर, अध्यक्ष शिव थापा, सचिवालय सदस्य प्रेम थापा, लक्ष्मी राई, विमल गौली, प्रमोद शर्मा लगायतका नेताहरु ध्यानाकर्षण पत्र बुझाउन सिंहदरबार पुगेका थिए ।

यसैगरी आजपाले सरकारको मनपरी कर आतंकको बारेमा काठमाडौंमा शनिबार अन्तरक्रिया कार्यक्रम गर्दैछ । शनिबार रिपोर्टर्स क्लब भृकुटीमण्डमा आजपाले अर्थ बिज्ञसहितको सहभागितामा ‘कर आतंक कहिलेसम्म ?’ भन्ने बिषयमा अन्तरक्रिया कार्यक्रम गर्दै छ ।

काठमाडौं, २४ माघ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले न्यायालयको सुधारको लागि आवाज उठाउनु कसरी अदालतको अवहेलना हुन्छ भन्दै प्रश्न तेर्साएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद साहले आफू कानूनमन्त्री भैसकेको र न्याय परिषदमा बसेर काम गरिसकेको व्यक्ति भएकोले अदालतको अवहेलनाबारे राम्रोसँग जानकार रहेको बताए ।

उनले भने,‘अदालत सक्षम हुनुपर्छ । न्याय निश्पक्ष हुनुपर्छ । न्यायालयमा सुधार हुनुपर्छ भन्नु गलत हो ? म सरकारलाई सोधन चाहन्छु–न्यायलयबाट विकृति र विसंगति हटाउनुपर्छ भन्नु अपराध हो ? म माननीय कानूनमन्त्रीलाई सोध्न चाहन्छु–न्यायाधीशको नियुक्ती, बढुवा र सरुवामा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्छ भन्नु अपराध हो ? दलीय प्रभावमा न्यायालय राख्नुहुँदैन भन्नु अपराध हो ? यदि होईन भने ममाथि अदालतको अवहेलना मुद्दा दर्ता कसरी भयो ? म सरकारको जवाफ चाहन्छु । दुनियाँले हेरेको छ–न्यायाधीहरुले नियुक्ती लिएकै दिन दलको कार्यालय पुगेको हामीले बिर्सिएका छैनौं । नेताहरुको कोठा कोठामा पुगेर सरुवा, बढुवा र उन्नती खोज्ने दृश्यहरुपनि हामीले देखेकै छौं । यो कुरा उठाउनु अपराध हो ? यसलाई सुधार गर्नुपर्छ र रोक्नुपर्छ भन्ने अपराध हो ?’

रौतहटको जिल्ला अदालतमा धर्ना र विरोध चलिरहेको प्रसंग उठाउँदै साहले किन रौतहटको अदालतप्रति जनआक्रोश बढेको र नियमित धर्ना भैरहेको छ भनेर प्रश्न गरे । उनले भने,‘रौतहट जिल्ला अदालतमा प्रत्येक महिना तमाशा हुन्छ । देशमा अरु जिल्लामा अदालतप्रति जनताको सम्मान हुन्छ । जनताले अदालतप्रति आदरको भावनाले हेर्छन । तर, रौतहटमा अदालतकोविरुद्ध धर्ना जारी छ । यो तमाशा गर्ने गराउनेहरु अदालतको सम्मान गरिरहेका छन् कि अपमान गरिरहेका छन् भन्ने प्रश्न गर्न चाहन्छु । रौतहट हरेक आन्दोलनमा अग्रणी भूमिका खेलेको र गौरवपूण इतिहास बोकेको जिल्ला हो, तर आज बदनाम भैरहेको छ । यसलाई रोक्नुपर्छ भन्नु अपराध हो ? यो विषयमा प्रधानन्यायधीशलाई ध्यानाकार्षण गराउनु गल्ती हो ? होईन भने कसरी अवहेलना भयो ? न्यायालय विकृतिले भरिएको छ । यसलाई सुधार गर्नुपर्छ भन्नु कसरी अपराध हुन्छ ? प्रभु साह कानूनमन्त्री भएर न्यायपरिषदको सदस्य भएर काम गरेको व्यक्ति हो । मलाई अदालतको अवहेलनाबारे राम्रोसँग थाहा छ ।’ साहले आफूले सुरुदेखि नै अदालतको सुधारको लागि आवाज उठाएको भन्दै संविधानसभामा खेलेको भूमिकाको पनि स्मरण गर्न सुझाए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।