२०८३ बैशाख १३
२०८३ बैशाख १३

बज्जिकाञ्चल संवाददाता, काठमाडौं ०७ गते बैशाख ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले १९औं दिनको आन्दोलन कार्यालय समयमा माइतीघर-नयाँ बानेश्वर सडकमा गरेको छ। गत चैत २० गतेदेखि सुरु आन्दोलन १२ देखि ३ बजेसम्म सोही ठाउँमा भएको थियो। कार्यालय समयमा शैक्षिक आन्दोलन हुँदा यातायात प्रभावित बनेको छ।

कार्यालय समयमा आन्दोलन गर्दा सरकारलाई थप दबाब पर्ने महासंघका एक केन्द्रीय समिति सदस्यले जानकारी दिए।

उनले भने,‘हामीले १८ दिनसम्म १२ देखि ३ बजेसम्म आन्दोलन गर्‍याैं। यो समयमा आन्दोलन गर्दा सर्वसाधरणलाई मात्रै दुःख भयो। विशेषगरी सरकारी कर्मचारीलाई कुनै अवरोध भएन। उहाँहरूले निर्धक्क काम गर्नुभयो। नेता, सांसद, मन्त्रीलाई पनि अवरोध भएन। कतिपय निजी विद्यालयले महासंघको अनुरोध स्वीकार गरेनन्। कार्यालय समयमा प्रदर्शन गर्दा यी सबैलाई प्रभाव पार्ने उद्देश्यले ९–१२ आन्दोलन गरेका हौं।’

त्यसैगरी, उनले आजै माइतीघर मण्डलामा राप्रपाको आन्दोलन हुने भएकाले पनि महासंघले आन्दोलनको समय तालिका परिवर्तन गरेको जानकारी दिए।

अविलम्ब शिक्षा ऐन जारी गर्नुपर्ने एकसूत्रीय माग महासंघको छ।

हिमाल प्रेस

काठमाडौं ।आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वैदेशिक रोजगारमा ठगिएका युवाले आफ्नो पैसा कहिले फिर्ता पाउने भन्दै सरकारसँग जवाफ मागेका छन् ।

आजपा केन्द्रीय कार्यालय काठमाडौं, कोटेश्वरमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले वैदेशिक रोजगारका ठग र लुटेराहरु सरकारकै मिलेमतोमा लुटआतंक मचाएको बताए ।

प्रधानमन्त्री केपी ओलीसंग प्रश्न गर्दै उनले भने, ‘तपाईहरुले सुशासन खोजेको हो भने कारवाही किन नगरेको ? म्यानपावरले प्रति व्यक्ति १० हजारभन्दा बढी सेवा शुल्क लिन नपाउँने कानूनी व्यवस्था छ । तर लाखौं असुली भईरहेको छ । के यो कुरा दुई तिहाई बहुमतको शक्तिशाली सरकारलाई थाहा छैन् ?’

अहिले नेपाली कांग्रेस र नेकपा (एमाले)को झण्डै दुई तिहाई बहुमतको शक्तिशाली सरकार भएको बताउदै उनले भने, ‘अहिले दुई तिहाई बहुमतको शक्तिशाली सरकार छ । म प्रधानमन्त्री केपी शर्मा ओलीजीलाई सोध्न चाहन्छु । वैदेशिक रोजगारमा ठगिएका युवाहरुले कहिले पैसा फिर्ता पाउँछन् ?’

जनताको समस्या, चाहना, आवश्यक्ता पुरा गर्न असफल भएको सरकार कसरी हुन्छ लुटधन्दामा लागेको टिप्पणी उनले गरे । ‘वैदेशिक रोजगारमा भइरहेको कानून विपरितको लाखौं असुली दुई तिहाईको सरकारलाई थाहा छ की छैन् ? यो कुरा थाहा नहुने कुरै हुदैन् । सबै मिलेर लुटेका छन् । म्यानपावरदेखी दलालहरुले सरकारकै संरक्षणमा लुटने र बाँडेर खाने धन्दा चलेको छ,’ आजपा अध्यक्ष साहले भने ।

दुई तिहाई बहुमतको शक्तिशाली सरकारले देशमै युवालाई रोजगार दिन असफल भएको छ । स्वदेशमा रोजगार नपाएर युवाहरु ऋण निकालेर भए पनि रोजगारका लागि विदेश जान बाध्य भएको बताए । ‘स्वदेशमा रोजगार नपाएर ऋण लिएर रोजगारका लागि विदेश जाने युवाहरुसंग मनोमानी असुली भईरहेको छ । असुली भएको पैसा नेताजीहरुको घर–घरमा पुगिरहेको छ त्यहीभएर सरकार मौन छ । हाईन्, भने ति लुटेरालाई कारवाही गर्न किन रोकिएको छ ?’ आजपा अध्यक्ष साहले प्रश्न गरे ।

भगौडा दलाल बर्गको नेतृत्व गरेका प्रधानमन्त्री ओलीका कारण व्यापार व्यवसाय धरासायी हुदै गईरहेको बताउदै उनले वर्तमान सरकारलाई श्रमजीवि बर्गको बारेमा सोच्ने, बोल्ने, काम गर्ने समय नै नभएको टिप्पणी गरे ।

म्यानपावर व्यावसायीले गैरकानुनी रूपमा विदेश जाने युवाहरूसँग रकम लिइरहेको तर सरकार मुकदर्शक बनेको उनले बताएका छन् । वैदेशिक रोजगारीमा जाने युवाहरूमाथि चरम अत्याचार भइराखेको उनले बताए ।

वैदेशिक रोजगारका ठगहरुलाई सरकारले संरक्षण गरिरहेको उनले बताए ।

सरकार गम्भीर नभएका कारण वैदेशिक रोजगारीमा जाने युवा ठगिन बाध्य भइराखेको उनको टिप्पणी छ । उनी भन्छन्, ‘सरकारले न्याय दिलाउँछ कि दिलाउँदैन ? यहाँ जो रक्षक उही भक्षक जस्तो भयो ।’

बज्जिकाञ्चल संवाददाता,राैतहट,०७ गते वैशाख । 

राैतहटकाे कटहरिया नगरपालिकामा आउँदो वैशाख १५ गते हुने भएको छ । कटहरिया शनिबार भएको नेकपा एमाले नगर कमिटीकाे बैठकबाट यस्तो निर्णय गरिएकाे नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले जानकारी गराउनु भएको हाे ।

नेकपा एमाले कटहरिया नगरकमिटीका अध्यक्ष किशोरी महतोको अध्यक्षतामा भएको साे बैठकबाट यही वैशाख ११ गते काठमाडौंमा हुने कार्यक्रममा १ सय ५० जना युवाको सहभागिता हुने,सदस्ता नविकरण तथा नयाँ सदस्यता दिने बारेमा पनि छलफल गरिएको हाे ।

 

साे बैठकमा नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य तथा कटहरिया नगर ईन्चार्ज रामजी साह,युवराज ज्ञवाली,जिल्ला कमिटी सदस्य नगर कमिटी,वडा कमिटी लगायत नेकपा एमालेका नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेको थियोे ।

बज्जिकाञ्चल संवाददाता,सर्लाही,०७गते वैशाख । सर्लाही । बज्जिका साहित्य समाज सर्लाही र सह-आयोजक कुशवाहा बुद्धिजीवी सेवा समाज सर्लाहीको संयुक्त आयोजनामा नयाँ वर्ष २०८२ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको सभाध्यक्ष बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष/भाव शिरोमणि/ पूर्व स्रोत व्यक्ति रामचन्द्र कुशवाहा रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल कुशवाहा कल्याण समाजका राष्ट्रिय अध्यक्ष मेहताको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा नयाँ वर्षको शुभकामना सन्देश आदानप्रदान गर्दै सामाजिक एकता, भाषा-साहित्यको संरक्षण, र समुदायबीचको सहकार्यलाई थप सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरिएकाे हाे ।

विशिष्ट अतिथिको रूपमा केन्द्रीय सचिव भरत कुशवाहा, कुशवाहा बुद्धिजीवी सेवा समाजका केन्द्रीय महासचिव  पुण्यलाल कुशवाहा, केन्द्रीय कोषाध्यक्ष अरुण कुशवाहा, बज्जिका शिरोमणि तथा गोरखापत्र बहुभाषिक पृष्ठका संयोजक संजय मित्र, बज्जिका रौतहट संयोजक कसुनदयाल श्रीकृष्ण, कल्याण समाज सर्लाहीका अध्यक्ष लक्ष्मण कुशवाहा, जिल्ला सचिव वीरेन्द्र कुशवाहा , बुद्धिजीवी समाज सर्लाही जिल्लाको पूर्व अध्यक्ष कपिलेश्वर कुशवाहा लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी, बुद्धिजीवी समाज सर्लाहीका अध्यक्ष राम विश्वास कुशवाहा, उपाध्यक्ष श्याम कुशवाहा, सचिव तथा प्रधानाध्यापक जवाहरलाल कुशवाहा, सह-सचिव जितेन्द्र कुशवाहा, कोषाध्यक्ष तथा लेखा अधिकृत सिकेन्द्र कुशवाहा, सदस्य चन्द्रभूषण कुशवाहा, नवनियुक्त सदस्य  ललिता देवी कुशवाहा, सरस्वती देवी कुशवाहा सामुदायिक आधारभूत विद्यालयका रामवनका प्रधानाध्यापक रामप्रकाश कुशवाहासहित समाजका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख तथा विशिष्ट अतिथिहरूलाई आयोजक संस्थाद्वारा भव्य सम्मान गरियो भने अतिथिहरूले समेत आयोजकको प्रशंसा गर्दै नववर्षको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन कुशवाहा बुद्धिजीवी सेवा समाज सर्लाहीका अध्यक्ष राम विश्वास कुशवाहाले गर्नुभएको थियो।

आरके श्रीवास्तव,राैतहट,०७ गते वैशाख । 

बज्जिका गित निकाल्ने बारे राैतहटकाे कटहरियामा छलफल गरिएको छ । कटहरिया बजार स्थित रहेकाे खुश्बु रेकर्डिङ स्टुडियोमा शुक्रबार गहन छलफल गरिएको छ । आफनै गित र संगित सहित निरन्तर रूपमा बज्जिकामा हरेक महिना कम्तीमा एउटा गित निकाल्नु पर्ने निष्कर्ष निकालिएको हाे ।

बज्जिका भाषाका शुभचिन्तक एवम् साहित्यकार संजय साह मित्र,बज्जिका भाषाका प्रथम आधुनिक उपन्यासकार बिजय यादव निर्विज,बज्जिका पत्रकार समाज राैतहटका अध्यक्ष राजु कुमार श्रीवास्तवले गायक साेनु कुशवाहा सँग बज्जिका भाषामा गितकाे अभावलाई पूरा गर्ने बारे विचारविमर्श गरेका छन् ।

बज्जिका भाषाले अन्य सबैक्षेत्रमा फड्को मारेपनि गितसंगितकाे क्षेत्रमा पनि अब द्रुत गतिमा फडकाे मार्ने उदेश्यले साे छलफल भएको छ । यसाे त बज्जिकामा दर्जनौं गितहरू बजारमा छन् । रिना फिल्मसबाट कयौं बज्जिका गितहरू बजारमा आएकै हुन् । तर यसकाे संख्या अझै बढाउनुपर्नेमा बज्जिका शुभचिन्तक एवम् साहित्यकार साहले जाेड दिएका छन् ।

उपन्यासकार यादवले पनि अब आफू कला संगितकाे क्षेत्रमा समय दिएर काम गर्ने बताए । त्यसमा पनि बज्जिका गित संगितकाे लागि विशेष समय दिई यसलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

समाजका अध्यक्ष श्रीवास्तवले पनि बज्जिका गितकाे लागि आफनाे मिडियाले खेल्नुपर्ने आवश्यक भूमिका निर्वाह गर्ने बताएका छन् ।

जवाफमा गायक कुशवाहाले सबैकाे साथ सहयोग भएमा अब छिट्टै नै बज्जिका भाषाका गितहरू बजारमा आउनेछन् । आफनाे भाषाका लागि काम गर्न पाउँदा आफू पनि उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

बज्जिका भाषामा गित आउनुपर्छ भन्ने धारण पत्रकार रामशरण यादवले राख्नु भएको थियोे ।

कटहरियामा खुश्बु रेकर्डिङ स्टुडियो स्थापना भएदेखि  गितसंगीतकाे क्षेत्रमा एउटा छुट्टै पहिचान स्थापित गर्दै गईरहेकाे छ । रिना फिल्मसकाे युटुब च्यानल मार्फत ग्रामीण क्षेत्रका गायक कलाकारहरूकाे विस्तारै नाम स्थापित गराउन सफल हुँदै गएको छ ।

सागर संगम ठाकुर,रौतहट,वैशाख ०४ गते।
रौतहटको धरहरिमा जारी प्रथम मेयर कप क्रिकेट प्रतियोगितामा बिहीबार भएको खेलमा टिकुलिया टिमले जित हाथ परेका छन। देवाहीगोनाही नगरपालिकाको आयोजनामा मंगलवारदेखि सुरु भएको प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको बिहीबार देवाही गोनाही-५ टिकुलिया र वडा नं-२ लक्ष्मीनिया टीम बिच भएको खेलमा टिकुलिया टिमले ७ विकेटले लक्ष्मीनिया टिमलाई पराजित गर्दै शानदार जित हाथ परेको छ ।

श्री जय किसान माध्यमिक विधालय धरहरीको खेल मैदानमा आयोजित मेयर कप २०८२ को यस प्रतियोगितामा बिहीबार भएको खेलमा टिकुलिया टिमले टॉस जितेर लक्ष्मीनिया टीमलाई पहिले ब्याटिंग गर्न निम्तो दिएको थियो । निर्धारित २० ओभरको खेलमा मौसम अनुसार १४ ओभरमा दुबै टिमलाई सहमति गराई खेलाइएको खेलमा कुल ११ ओभर ४ बलमा लक्ष्मीनिया टिमले सबै विकेट गुमाउदै ३९ रन जोडन सफल भएका थिए। जवाफीमा व्याटिंग गर्न उत्रेका टिकुलिया टिमले ३ विकेट गुमाउदै १४ ओभरको खेलमा मात्र ३ ओभर ४ शानदार जीत हाथ परेका छन । आजको खेलमा ३ विकेट लिई, ९ रन बनाएर राम्रो पारी खेल्दै टिकुलिया टिमका निरज साह मैन ऑफ द मैच भएका छन।
नगरभित्रका खेलाडीहरू मात्र सहभागी हुन पाएको यस प्रतियोगिताले खेलाडीमा थप हौसला बढाउने र नयाँ खेलाडी उत्पादन हुने विश्वास गरिएको छ। साथै
प्रतियोगितामा प्रथम हुने टीमलाइ १५ हजार दोस्रो हुनेलाइ १० हजार पुरस्कार दिइने आयोजकले जानकारी गराएका हुन।

राकेश यादव,गाैर, ५ गते वैशाख । 
रौतहट जिल्लाको दुर्गा भगवती गाउपालिका वडा नम्बर १ गंगा पिपरामा निर्वाचित वडा अध्यक्षले बर्षौ देखि भोग चलनमा रहेको जग्गा बल प्रयोग गरी आफ्नो नजिकको व्यक्तिलाइ कब्जा गराउन लागेको घटना बाहिरिएको छ।
दोस्रो कार्यकालको लागि स्थानीय तहको निर्वाचनमा जितेका वडा अध्यक्ष प्रधुमन चौधरीले बाजे बुबाको पाला देखि नै भोग चलनमा रहेको ५ धुर जग्गा बलपुर्बक सत्ताको दुरुपयोग गरी अरुलाइ कब्जा गराउन लागेको पिडित प्रभु महतोले आरोप लगाएका छन्।


सर्बे नापी हुनु भन्दा पहिला नै बाजेले सो जग्गा खरिद गरी सबैलाइ पानी खाने उदेश्यले इनार खनाएको उल्लेख गर्दै सो इनार माटोले पुरिए पछि जग्गा भोग गर्दै आएकोमा वडा अध्यक्ष चौधरी आफ्नो पक्षको तेज नारायण महतोलाइ कब्जा गराउन लागेको दावी गरे।
तेज नारायण महतोको जग्गा देखि टासिएर घर भएको र मेरो आउने जाने बाटो समेत भएकोमा बाटो निकास बन्द गराउन वाल निर्माण गराएको पिडितको भनाइ रहेको छ।
बाटो थुन्ने काम गरेकोले निकासको व्यवस्थापन गराई निर्माण कार्य रोक्का राख्नको लागि न्यायिक समितिमा उजुरी दिएको सुनाउदै पिडित महतोले न्यायिक समिति बाट चैत्र २९ गते निर्माण कार्य रोक्का गर्न ईलाका प्रहरी कार्यालय र वडा कार्यालय समेतमा पत्राचार गरिएकोमा सोको कुनै वास्ता नगरी वडा अध्यक्ष चौधरीले बल पुर्बक बर्षौ देखि भोग गर्दै आएको जग्गा खाली गराएको उल्लेख गरे।
सर्बे नापीमा सो जग्गा ऎलानी उल्लेख भएपनि भोगमा रहेको महतोको जिकिर रहेको छ। वडा अध्यक्ष चौधरी, प्रदेश सभा सदस्य प्रत्यासी राजेश चौधरी, मनोज चौधरी, अनिरुद्ध चौधरी, विनय चौधरी लगायतले आइ जग्गामा भएको हैन्ड पाइप, शौचालय समेत तोडी फाल्न लाग्दा बिरोध गर्दा हातपात समेत गरेको सोनफि महतोले बताए।
सार्बजनिक जग्गा मेरो अधिकार क्षेत्र भित्र रहेकोले खाली गराउन लागेको वडा अध्यक्षले भनेको उहाले सुनाए।
सार्बजनिक बाटो च्यापेर आफैले बनाएको घर पहिला भत्काएर आउनु भन्दा वडा अध्यक्ष चौधरी दुरव्यवहार समेत गरेको सोनफी महतोको आरोप रहेको छ।
गाउमा धेरै ठाउमा सार्बजनिक जग्गा रहेकोले सबै खालि गराए हामीले पनि सो जग्गा छोड्ने असर्फी महतो र भोजिन्द्र महतोको अडान रहेको छ।
वडा अध्यक्ष चौधरी भ्रस्टाचारमा लिप्त रहेको र पैसाको लोभमा परेर यस्तो गरिरहेको हुद्दा प्रतिकार गर्ने चेतावनी पिडितहरुको रहेको छ।
स्थानीय शम्भु महतोले भोट नदिएको कारण चौधरीले अन्याय गर्न लागेको टिप्पणी गरे। उहाले जसले बोट दिएको छ उसलाई आर्थिक लाभ दिने र लिने चौधरीको बानी रहेको दावी समेत गरे।
अगाडी सार्वजनिक जग्गा र पछाडी निजी जग्गा र त्यसको पछाडी प्रभु महतो, सोनफी महतो, असर्फी महतोको खपडाको घर रहेकोले तेज नारायण महतोले कम्पाउण्ड वाल लगाए पछि आवत जावत गर्ने निकास नै अबरुद्ध हुने भएकोले बाटोको निकास तथा सार्बजनिक जग्गाको संरक्षण गर्ने तर्फ गाउपालिकाले निर्णयाक भूमिका निर्वाह गर्नु पर्ने देखिन्छ।

आरके श्रीवास्तव,गरुडा, ०५ गते वैशाख ।
रौतहटको गढीमाई नगरपालिका ४ संग्रामपुर पर्सा माइती भई रौतहटकै दुर्गा भगवती गाउँपालिका ३ मत्सरीमा बिहे भएकी एक युवतीको हत्या गरी लास झुन्ड्याइदिएको आरोप आफन्तले लगाएको छ । रौतहटको गरुडास्थित होटल एनपि स्टारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मृतक २७ वर्षीया अलका ठाकुरका बुबा राम किशोर ठाकुर, आमा अनिता कुमारी ठाकुर र भाइ मनमोहन ठाकुरसहितका आफन्तहरुले मृतकका पति संजीव झा र घरपरिवारका अन्य सदस्य मिलेर हत्या गरी लास झुन्ड्याएको आरोप लगाएका हुन् ।
घटना गत बैसाख १ गते सोमबारको भएको पीडित पक्षको भनाइ छ । बिहान साढे ९ बजेतिर छोरी ज्वाइँ संजीव ठाकुरले फोन गरेर छोरी मर्न लागेको जानकारी गराएका थिए । छोरीको अवस्था बुझ्न सदरमुकाम गौर नजिक रहेको सिसवाबाट आफन्तलाई पठाउँदा छोरीलाई झुन्डिएको अवस्थामा स्थानीय तथा प्रहरी प्रशासनले चारैतिरबाट घेरेर राखेको र लास उठाउने मुचुलका बनाइरहेको बताएपछि आफूहरु दौडेर त्यहाँ पुगेको ठाकुरको भनाइ छ ।
केही आफन्तसहित छोरीको घरमा पुगेका ठाकुरलाई त्यहाँको अवस्थाको बारेमा फोटोसमेत प्रहरीले खिच्न नदिएको आरोप रहेको छ । ठाकुरले भने – प्रहरीले फोटोसमेत खिच्न दिएन ।
त्यहाँ रहेका झा परिवारले भने जस्तै प्रहरीले एकोहोरो गरेको र लास उठाएपछि बलजफ्ती गौरमा पोस्टमार्टम गर्न खोज्दा आफूहरुले रोकेर काठमाडौँमा गर्ने अडान लिएको पत्रकार सम्मेलनमा ठाकुरले बताए । काठमाडौँमा पोस्टमार्टम गरेपछि अस्पतालले आफूलाई लासको जिम्मा दिएको मृतकको भाइ मनमोहन ठाकुरको भनाइ छ । आफूले लास बुझेको तर रौतहट ल्याएपछि तिन ट्रक प्रहरीले बलजफ्ती लास खोसेर मत्सरीका झा परिवारको जिम्मा दिएको आरोप लगाएका छन् । ठाकुरको भनाइ छ – आफूहरुले नै लासको सद्गति गर्न पाउनुपर्ने अडान राखेपछि प्रहरीले लछारपछार गरेको, लाठी चार्ज गरेको र आफूहरुमाथि अमानवीय व्यवहार गरेका थिए ।
ठाकुरले गत २०७६ जेठ ५ गते धुमधामसित साढे २२ लाख रुपैया खर्च गरेर छोरीको विवाह झासित गरेको बताउँदै पछि थप साढे तिन लाख रुपैया दिएको र छोरीले पनि ज्वाईँलाई चार चक्के गाडी किन्न सात लाख रुपैया दिएको बताएका छन् । बिहे भएको ६ वर्षसम्म झाले विवाह दर्ता नगराएको आरोप लगाउँदै पहिलेदेखि नै छोरीमाथि झा परिवारको कुदृष्टि रहेको आरोप लगाएका छन् । अनेक किसिमको दुव्र्यवहार सहँदै छोरीले एउटा इन्स्योरेन्स कम्पनीमा काम गरिरहेकी थिइन् । झा परिवारले हत्या गर्नुभन्दा दुई दिन पहिलेदेखि नै छोरी चढ्ने स्कुटरको साँचो खोसेर राखेका थिए । शनिवारदेखि कुरा समेत गर्न नदिएको झा परिवारले सोमवार छोरीको हत्या गरी झुन्ड्याएर प्रहरीको सहयोगमा आत्महत्यामा परिणत गरेको आरोप पीडित पक्षको रहेको छ ।
मृतकका बुबा र आमाले पत्रकारसामु भक्कानिएर रुँदै भने – आफूहरुको सहारा कोही छैन ।
पीडित परिवारले मानव अधिकारवादी संघसंस्थाहरुले पनि घटनाको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने आग्रह गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि दिपक कुमार रायले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन् । पोस्टमार्टमको रिपोर्ट आएपछि सोहीअनुसार अगाडि बढ्ने रौतहट प्रहरीको भनाइ छ ।

आरके श्रीवास्तव,राैतहट,०४ गते चैत । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले वैशाख १५ गते सम्म सवै वडा र पालिका अधिवेशन गर्न परिपत्र गरेकाे छ ।

आज लाेसपा नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले परिपत्र जारी गर्दै वैशाख १५ गते सम्ममा अधिवेशन सक्न निर्देशन दिनु भएको हाे ।

लाेसपा नेपालकाे आसन्न महाधिवेशनलाई मध्यनजर गर्दै पार्टीको निर्वाचन निर्देशिका -२०८१ अनुसार धारा(१)(३) बमोजिम वडा र पालिका सम्बन्धित जिल्ला र सम्बन्धित निकायका सम्पूर्ण नेता,कार्यकर्ता तथा शुभचिन्तकहरू सामेल गराई अधिवेशन गर्न भनिएको हाे ।

यस अघि दुई चाेटी म्याद थप गरेर अधिवेशन सकाउन परिपत्र गरिएको थियोे । २०८१ चैत २० गतेमा गरिएको परिपत्रकाे समय सिमा थप गरि २०८२ वैशाख १५ गते सम्म कायम गरिएको लाेसपा नेपालका महासचिव मनिष मिश्रले जानकारी गराउनु भएको हाे ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।