काठमाडौँ -लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं सांसद महन्थ ठाकुरले तराई-मधेसका नेताहरूमाथि राज्यले निरन्तर रूपमा अन्याय गरेको भन्दै आपत्ति जनाएका छन्।
सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन्। सांसद थाकुरले थारु-मधेसी जनजातिलाई राज्यबाट निरन्तर अन्याय भइरहेको र आफूहरूमाथि निरन्तर अन्याय हुँदा पनि राज्यले नसुनेको बताएर।

उनले अब राज्य सुनाउने ठाउँ नरहेको समेत गुनासो गरे। यस्तै रेशम चौधरीलाई फर्जी पत्रका आधारमा बिनाकारण पक्राउ गरी ५ घण्टासम्म जेलमा राखेर दुर्व्यवहार गरिएको धारणा पनि सांसद ठाकुरले राखे। सभार लालटिन खबर
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले काठमाडौंका सुकुम्वासी बस्तीमा खानेपानी रोकेर सरकारले मानवताविरोधी अपराध गरेको बताएका छन् ।

प्रतिनिधि सभाको आज (सोमवार) बसेको बैठकको विशेष समयमा बोल्दै सांसद साहले सुकुम्वासी बस्तीमा रहेका नागरिकसंग कर लिने, मत लिने तर उनीहरुलाई खानेपानी नदिएर सरकारले मानवता विरोधी अपराध गरेको बताए ।
‘सम्मानिय सभामुख महोदय, काठमाडौंको सुकुम्वासी बस्तीमा खानेपानी छैन् । म सरकारसंग सोध्न चाहन्छु, सुकुम्वासी बस्तीमा खानेपानी किन रोक्नुभो ? खानेपानी त दुसमनलाई पनि रोक्दैन् । तपाईले आफ्नै देशको नागरिकलाई खानेपानी रोकेको सुन्दा असाधै दुःख लागेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘खानेपानी त मौलिक हक हो, संवैधानिक अधिकार हो । के त्यो सुकुम्वासीलाई लागु हुदैन् ? सुकुम्वासीको भोट लिने, सुकुम्वासीको मत लिने, सुकुम्वासीको कर पनि लिने तर ति सुकुम्वासीले खानेपानी नपाउँने ? यो भन्दा विडम्बना के हुन्छ ? यो सामान्य अपराध होईन् । सरकारले मानवता विरोधी अपराध गरेको अभास हुन्छ सभामुखज्यू ।’
कुनै पनि बहानामा कोहीकसैलाई शुद्ध खानेपानीबाट बञ्चित गर्नु राम्रो नभएको उनले बताए । सुकुम्वासी बस्तीमा खानेपानीको व्यवस्था सरकारले यथाशिघ्र गरोस् भन्ने बारेमा सभामुखले रुलिङ गर्नुपर्ने उनले बताए ।
‘हामी हेरिरहेका छौं, उज्यालो नेपाल भनेर सुन्छौं । तर यही काठमाडौंको सुकुम्वासी बस्ती उज्यालोको अवसरबाट बञ्चित छ । बिजुलीबती पुगेको छैन् । यो भन्दा दुखदायी कुरा के हुन्छ ? अमानविय कुरा के हुन्छ ? मानवता के मरेकै हो ? हैनभने सुकुम्वासी बस्तीमा त हाम्रै दाजुवहिनी, दिदिभाई छन् । नेपाली नागरिक नै हुन् । के ती नागरिकलाई यि सुविधानबाट बञ्चित गर्न मिल्छ ? यदी साच्किै यि सुविधा दिन सकिदैन भने उनीहरुबाट कर किन लिनुहुन्छ ? करको दायराबाट पनि बाहिर गर्दिनुपर्यो नि । कर लिने तर सुविधा नदिने ?’ आजपा अध्यक्ष साहले सरकारसंग प्रश्न गर्दै भने ।
यस्तै उनले उडिसामा मृत्यु भएका वीरगंज निवासी प्रिसा साहको बारेमा सत्यतथ्य सार्वजनिक गर्न र त्यस बारेमा के भईरहेको छ भन्ने बारेमा सदनलाई जानकारी गराउन उनले सरकारसंग माग गरे ।
यसैगरी गत २८ असारमा दुई यात्रुबाहक बस पहिरोमा परी वेपता भएको र त्यसमा रहेका व्यक्तिका परिवारले राहत सहित अन्य सुविधा समेत पाउन नसकेको बारेमा उनले आवाज उठाएका छन् ।
‘चितवनको भरतपुरमा पहिरोमा परेर दुइटा बस काठमाडौंबाट गौर गईरहेको बस र वीरगंजबाट काठमाडौं आईरहेको बस वेपता भएको घटनामा मृत्यु भएका र वेपता भएका कयौं परिवारले अझै राहत पाएका छैनन्,’ आजपा अध्यक्ष साहले भने, ‘खास गरेर मृत्यु दर्ता प्रमाणपत्रको अभावमा विमाको रकम पाउन सकेका छैनन् । त्यसमा पनि इन्डियन नागरिकहरु मृत्यु प्रमाणपत्रका लागि विभिन्न निकायमा दौडिदै हिडिरहेका छन् । मानवताको हिसाबले पनि नेपाल सरकारले यसमा संवेदनशिलता देखाओस् । हामीले सुनेका छौं, मधेस सरकारले राहत दिदा इन्डियनलाई काटेर राहत दिएको सुन्दा राम्रो लागेन् । यस्ता विभेद कुनै पनि पीडितप्रति गर्नु उचित छैन् । त्यसका पीडितहरुले छिटै न्याय पाओस् भन्ने माग गर्न चाहन्छु । धन्यवाद ।’
आरएन पटेल,रौतहट, २२ गते वैशाख ।
जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी महिला संघको राष्ट्रिय महाधिवेशनको लागि रौतहटमा जसपा नेपालको बैठक सम्पन्न भएको छ। जसपा नेपाल पार्टी कार्यालय गौर रौतहटको सभाहलमा सोमबारका जिल्ला अध्यक्ष राजीव रंजन यादवको अध्यक्षतामा पदाधिकारी बैठक सम्पन्न भएको हो।

जसपा नेपाल जिल्ला कार्य समिति रौतहटको आयोजनामा बैठक बसी यही बैशाख २७ र २८ गते जनकपुरधाम धनुषामा हुन गईरहेको संगठन समाजवादी महिला संघ नेपालको राष्ट्रिय महाधिवेशनको लागि विभिन्न शीर्षकमा छलफल गरिएको हो।
समाजवादी महिला संघ नेपालको यस महाधिवेशनलाई सफल पार्न सहयोग गर्न तथा जनता समाजवादी पार्टी नेपालको केन्द्रिय परिपत्र अनुसार सम्पूर्ण जनवर्गीय तथा पेशागत संगठनको जिल्ला अधिवेशन यही वैशाख महिनाभित्र गर्नु परेकाले सम्पूर्ण जनवर्गीय संगठनले आ-आफ्नो समितिको बैठक गरी जिल्ला अधिवेशनको मिति तय गरी पार्टी लाई सुचित गर्न आजको बैठकबाट निर्णय गरिएको छ ।
साथै जनता समाजवादी पार्टी नेपाल रौतहटको प्रत्येक पालिका तहमा रहेको संगाठनिक प्रतिवेदन नगर अध्यक्ष र सचिवबाट १५ दिन भित्र पार्टी कार्यालयमा बुझाउन बैठकबाट निर्णय गरिएको जिल्ला अध्यक्ष राजीव रंजन यादवले बताएका छन।

बैठकबाट राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौट, संगठनात्मक संरचना सुदृढीकरण, महिलाको नेतृत्व विकास तथा पार्टीको भावी रणनीति सम्बन्धी विषयमा गम्भीर छलफल भएकोअध्यक्ष यादवले बताए ।
रौतहट जिल्लाले विगतमा पार्टीभित्र महिला नेतृत्वको सशक्त उपस्थिति र सामाजिक रूपान्तरणका सवालमा प्रभावशाली भूमिका निर्वाह गर्दै आएको छ। यही सन्दर्भमा, समाजवादी महिला संघको महाधिवेशनले पनि नयाँ उत्साह, जोश र राजनीतिक दृष्टिकोण विकास गर्ने विश्वास गरिएको छ।
बैठकमा महाधिवेशनको व्यवस्थापन, सहभागीहरूको तयारी, स्थानीय सञ्जाल सुदृढीकरण, महिला सहभागिता विस्तार लगायतका विविध विषयमा कार्ययोजना तय गरिएको छ।
जसपा नेपाल रौतहटका नेताहरूले महाधिवेशनलाई संगठन सुदृढीकरणको अवसरका रूपमा लिने तयारी गरेका छन्। राजनीतिक स्थायित्व, समावेशीता, लैंगिक समानता र संघीयताको पक्षमा पार्टीको दीर्घकालीन अडान पुनः पुष्टि गर्ने अवसर पनि महाधिवेशनले दिने विश्वास गरिएको छ।
बैठकमा जसपा नेपाल रौतहट अन्तर्गतका केन्द्रीय र प्रदेश स्तरका पदाधिकारीहरू, सदस्यहरू, जिल्ला पदाधिकारीहरू तथा नगर अध्यक्षहरूको उपस्थिति रहेको उपाध्यक्ष पारस भण्डारीले बताएका छन।
आरके श्रीवास्तव,राैतहट,२२ गते वैशाख ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोेसपा) नेपाल रौतहटकाे विस्तारित बैठक आइतबार सम्पन्न भएको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष तथा संविधानसभा सदस्य निलम वर्माको प्रमुख आतिथ्यता र जिल्ला संयोजक भरत साहको अध्यक्षतामा सदरमुकाम गौर स्थित रामजानकी धर्मशालामा बैठक सम्पन्न भएको हो ।
कार्यक्रमकाे विशिष्ट अतिथिकाे रूपमा केन्द्रीय उपाध्यक्ष एवम् पूर्व प्रदेश सांसद बाबुलाल साह रहनु भएको थियोे ।

बैठकमा लाेसपा मधेस प्रदेश उपाध्यक्ष विन्देश्वर यादव, केन्द्रीय सदस्य रामप्रवेश दास,प्रभा सिंह,नेता योगेन्द्र यादव लगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

बैठकबाट हाललाई भरत साहको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ। जिल्ला अध्यक्ष साहका अनुसार समितिले आगामी पहिलो बैठकमार्फत पदाधिकारी चयन गरी पूर्णता पाउनेछ ।
पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक कार्यक्रमहरूलाई प्रभावकारी बनाउन बैठकले रणनीति तय गरेको बताइएको छ । विस्तारित बैठकबाट लाेसपा नेपालले राैतहटमा तिव्रता पाउने विश्वास व्यक्त गरिएकाे छ ।

बैठकबाट जिल्ला कार्य समितिमा चयन हुने सदस्यहरूमा भाग्यनारायण साह,हरिशंकर पाण्डे,विश्वम्भर यादव, उपेन्द्र यादव र शेख अतिउल्लाह रहेका छन् । त्यस्तै प्रमोद यादव, जयमंगल दास, भाेला ठाकुर, रामप्रताप सिंह, तसलिम हुसेन र रुपा कुमारी रहेका छन् ।
यसैगरी शान्ति झा, पुनकली देवी सहनी, मन्सारुल हक, विनोद साह र रुपेश प्रसाद यादव ,मिना बैठा, लालवावु यादव, शेख ओहाव र पवन जयसवाललाई जिल्ला कार्य समितिकाे सदस्यमा चयन गरिएकाे जानकारी गराइएकाे हाे ।
आरके श्रीवास्तव,गरूडा,२२ गते वैशाख ।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिका–२ स्थित शितलपुर माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्रको सुरुवातसँगै विद्यार्थीहरूलाई निःशुल्क पाठ्यपुस्तक वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव उर्फ संजयले सहभागिता जनाउँदै विद्यार्थीहरूलाई पुस्तक वितरण गर्नुका साथै शिक्षाको महत्वबारे सम्बोधन गर्नु भएको छ । उहाँले विद्यार्थीहरूलाई समयको सदुपयोग गर्दै अध्ययनमा लाग्न आग्रह गर्नु भएको हाे ।

साे विद्यालयका प्रधानाध्यापक मुकेश यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । प्रधानाध्यापक यादवले सबै विद्यार्थीहरूलाई समयमै पुस्तक उपलब्ध गराउन सकिएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा विद्यालयको शैक्षिक स्तर अझै उकास्ने प्रतिबद्धता जनाउनु भएको छ ।

यसैगरी जिल्लाकाे अधिकांश सामुदायिक बिद्यालयमा पाठ्यपुस्तक वितरण भएकाे खबर छ । शिक्षक आन्दोलनले ठप्प रहेकाे शैक्षिक संस्थान अब सक्रिय भएका छन् । बिद्यालयकाे रिज्ल्ट निकाल्ने देखि लिएर भर्ना अभियान पनि सञ्चालन गरिरहेका छन् ।

भैरहवा ।आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सशस्त्र प्रहरीले सिमामा सुरक्षा हैन, लूट मचाएको बताएका छन् ।
रुपन्देहीको पिप्रा महजिदिया बजारमा आज आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले सिमानाको रक्षा गर्ने सिमावर्ती क्षेत्रकै नागरिकलाई सशस्त्र प्रहरी लुटने काम गरिरहेको बताए ।

‘सिमानाको रक्षा, सुरक्षा सिमावर्ती क्षेत्रका नागरिकले गरेका छन् । आफ्नो ज्यानको बाजी लगाएर पनि सिमाको रक्ष गर्ने त्यही सिमावर्ती क्षेत्रका नागरिकलाई सशस्त्र प्रहरीले लुटने काम गर्नु दुखद हो,’ आजपा अध्यक्ष साहले भने, ‘किसानलाई सरकारले आवश्यक मलखाद्य दिदैन । सिमावर्ती क्षेत्रका नागरिकले भारतबाट ल्याएको एकदुई बोरा मलखाद्य खोस्ने र लुटने काम गरेर सशस्त्र प्रहरीले बहादुरी देखाउँछन् । कमिशनको लोभमा मलखाद्य खोसिदिने सरकारको अपराध हो ।’

सिमावर्ती क्षेत्रमा भन्सार छलीको नाममा लुट मचाउने काम बन्द नगरे कडा आन्दोलन गर्ने चेतावनी उनले दिए । किसानलाई आवश्यक मलखाद नदिने तर कमिशनको लोभमा भारतबाट ल्याएको मलखाद खोसिदिने यो सरकारको अपराध भएको उनले बताए । मलखाद्यमात्रै नभई घरायसी प्रयोगका लागि सिमावर्ती क्षेत्रका जनताले कुनै समान ल्याउदा त्यसलाई सोस्ने र उसको नीजि सम्पती लुटने काम वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले गरिरहेको बताए ।

‘कमिसनको नाममा अहिले सरकारी लुट मचाइएको छ । पुरस्कारको लोभमा सिमावर्ती क्षेत्रमा लुट मचाउने भएको छ । मन्त्री, आईजिपीसम्मले अदृश्य कमिशन लिईरहेका छन् । वास्तवमा सिमामा प्रहरीले कुनै समान पक्राउ गरेपछि त्यसवातप पाउने पुरस्कार पक्राउ गर्ने प्रहरीले नै पाउनुपर्ने होइन र? तर तलदेखी माथिसम्मकाले बाड़ी रहेका छन्,’ आजपा अध्यक्ष साहले भने ।
आजपा उपाध्यक्ष डा. उसमानको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका नेताहरु त्रिभुवन साह, नारायण पाण्डे, श्रीभगवान पटेल, विधा शर्मा लगायतका सहभागिता रहेको थियो ।
आरके श्रीवास्तव,राैतहट,२१ गते वैशाख ।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिका–२ मा अवस्थित श्री माध्यमिक विद्यालय शीतलपुरमा शिक्षक सेवा आयोग मार्फत नाम निकालेर आएका दुई जना नयाँ शिक्षकले पदभार सम्हालेका छन् । विद्यालयमा नयाँ शिक्षकहरूको उपस्थितिलाई स्वागत गर्दै वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव उर्फ संजयले स्वयम् उनीहरूलाई विद्यालयमा हाजिर गराएका छन् ।

शिक्षक सेवा आयोगबाट नाम सिफारिस भएका यी शिक्षकहरू औपचारिक प्रक्रिया अनुसार विद्यालयमा कार्यभार सम्हाल्न पुगेका हुन् । आजदेखि उनीहरूले आआफ्नो कक्षा पनि लिएका हुन् ।

वडा अध्यक्ष यादवले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा नयाँ शिक्षकहरूको आगमनले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।
विद्यालय व्यवस्थापन समिति तथा स्थानिय अभिभावकहरूले पनि नयाँ शिक्षकहरूको स्वागत गर्दै आगामी दिनमा विद्यालयको शैक्षिक सुधारमा योगदान दिन अनुरोध गरेका छन् ।

अंग्रेजी शिक्षिका सबिता हुमागाई र विज्ञान शिक्षब उतिलाल साह बिधालयमा आएपछि विद्यार्थी तथा अभिभावकहरूमा उत्साह देखिएको प्रधानाध्यापक मुकेश यादवकाे भनाइ छ । पढाइमा सुधार हुने अपेक्षा गरिएको छ ।

ग्रामीण क्षेत्रका बिद्यालयमा राम्रा शिक्षकहरू आउनै मान्दैनन् । तर वडा अध्यक्ष यादवले अथक प्रयास गरेपछि उनीहरू दुई हाजिर भएका हुन् । निर्वाचित भएदेखि नै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् । सामुदायिक बिद्यालयकाे अवस्था सुधार गर्न उनी कम्मर कसेर लागेका छन् ।
बज्जिकाञ्चल संवाददाता काठमाडौ,२१ गते वैशाख । २०८२
प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले मुलुक आर्थिक लयमा फर्किएको भन्दै यही गतिमा अगाडि बढेमा आगामी बर्षमा विकासोन्मुख राष्ट्रबाट नेपाल विकाससिल राष्ट्रमा स्तरोन्नती हुने विश्वास व्यक्त गरेका छन् ।

आइविएन मिडिया एण्ड रिसर्च प्रा.लिले नेपाल टेलिभिजनबाट प्रशारण गरिरहेको साप्ताहिक आर्थिक कार्यक्रम अर्थको अर्थ ३१ औं वर्ष पुरा गरी ३२ औं वर्षमा प्रवेश अवसरमा आयोजित “पूर्व बजेट अन्र्तक्रिया” कार्यक्रममा प्रमु्ख अतिथिको रुपमा सम्बोधन गर्दै प्रधानमन्त्रीका सल्लाहकार डा. खतिवडाले वर्तमान अवस्थामा मुलुकका सवै आर्थिक सूचकहरु सकारात्मक रहेको बताउँदै नेपालको आर्थिक वृद्धिको लक्ष्य हाँसिल गर्न आगामी बजेटमा ऋण लिएरै भए पनि अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिए ।
पूर्व अर्थमन्त्री समेत रहेका डा. खतिवडाले देशमा ५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्न आन्तरिक ऋण लिनु अपरिहार्य रहेको स्पष्ट पारे । उनले ६–७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न ऋणको आकार बढाउनुपर्ने आवश्यकता औंल्याए ।
“मैले अर्थमन्त्री हुँदा आन्तरिक ऋणका लागि क्षेत्र निर्धारण गरेको थिएँ,” डा. खतिवडाले भने, “अब भने केवल क्षेत्र तोकेर मात्र पुग्दैन, ठोस परियोजना निर्धारण गरेर आन्तरिक ऋण लिनुपर्ने आवश्यकता छ ।”
डा. खतिवडाका अनुसार सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सूचना प्रविधिलाई प्राथमिकता दिइएको छ । त्यसअनुसार ‘बिजनेस प्लान’ र ‘इकोसिस्टम’ निश्चित गरी ‘जेन्जी पुस्ता’ लक्षित ‘स्टार्टअप’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । यसले युवालाई लक्षित गर्दै उद्यमशीलताको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना र आयआर्जनको अवसर बढाउने डा.खतिवडाले विश्वास व्यक्त गरे ।
मितव्ययिताको चर्चा गर्दै प्रधानमन्त्रीका सल्लाहकार डा. खतिवडाले वैदेशिक भ्रमण भन्दा पनि सरकारी प्रणालीमा सफ्टवेयर खरिदमा बढी खर्च हुने गरेको उल्लेख गरे । “सार्वजनिक खरिद प्रक्रियामा अझै समस्याहरू छन्,” उनले भने, “त्यसका लागि सार्वजनिक खरिद ऐनमा संशोधन गरी आगामी संसद अधिवेशनमा प्रस्ताव पेश गरिने तयारी छ ।”
सरकारी आयोगहरूले दिएका प्रतिवेदनहरू कार्यान्वयन नभएकोप्रति उठेका प्रश्नहरूबारे जवाफ दिँदै डा. खतिवडाले ती प्रतिवेदनहरू पूर्ण नहुनु, अध्ययन आवश्यक देखिनु र चरणवद्ध रूपमा लागू गर्ने तयारीका कारण ढिलाइ भएको बताए ।
उनका अनुसार आर्थिक सुधार आयोग र खर्च पुनरावलोकन आयोगका सुझावहरूलाई क्रमिक रूपमा कार्यान्वयनमा ल्याउने सरकारको योजना रहेको छ । डा. खतिवडाले देशको आर्थिक उन्नतीका लागि सवै क्षेत्र थप जिम्मेवार भएर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रेशम थापाले आगामी आर्थिक वर्ष २०८२/ ८३ को लागि सम्भावित “पूर्व बजेट र यसले समेट्नुपर्ने विषय”का बारेमा कार्यपत्र प्रस्तुत गर्दै आगामी बजेटलाई लयमा फर्काउन अर्थतन्त्रका सवै क्षेत्रलाई चयलामान बनाउनुपर्नेमा जोड दिए । प्राध्यापक डा. थापाले सरकारले यथासक्य चाँडो नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नुपर्नेमा जोड दिए ।
प्राध्यापक डा. थापाद्धारा प्रस्तुत कार्यपत्रमा वर्तमान अवस्थामा बाहिर हेर्दा मुलुकको अर्थतन्त्र कम्जोर देखिए पनि तथ्याङ्कथगत रुपमा सुधारोन्मुख देखिएको तथ्य सार्वजनिक गरिएको थियो ।
कार्यक्रमम नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थिले कार्यक्रम अर्थको अर्थले विगत ३१ वर्षदेखि मुलुकको आर्थिक क्षेत्रको विकास, आरोह, अवरोहको साक्षी हुँदै आर्थिक नीति तथा नियमनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।
पूर्व बजेट छलफल कार्यक्रममा सहभागि अर्थशास्त्री केशव आचार्य, साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्रका अध्यक्ष डा. शालिग्राम पराजुली, नेपाल खुला विश्वविद्यालयका प्राध्यापक डा.भोजराज घिमिरे, साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्रका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारी लगायतले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथी टिप्पणी गर्नुका साथै आगामी बजेटमा समावेश गर्नुपर्ने विषय, बजेट कार्यन्वयनका चूनौती, सुशासनमा रहेका समस्या तथा सुधार र समाधानका उपायहरुका बारेमा धारणा राखेका थिए ।
कार्यक्रमका सभापति एवं आइविएन मिडिया एण्ड रिसर्च प्रा.लि.का प्रवन्ध निर्देशक हृदयराज गौतमले विगतका वर्ष झै यस बर्ष पनि बजेट सम्बन्धी छलफल कार्यक्रमले सरकारलाई आगाी बजेट निर्माण एवं आर्थिक नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरेको धारणा राखेका थिए । प्रवन्ध निर्देशक गौतमले आगामी दिनमा अर्थको अर्थ कार्यक्रमलाई अझ गुणस्तरीय बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
उक्त अवसरमा अर्थको अर्थ कार्यक्रमको ३२ औं स्मारिका पुस्तक समेत विमोचन गरिएको थियो ।
बज्जिकाञ्चल संवाददाता काठमाडौ,२१ गते वैशाख । २०८२
कोशी प्रोजेक्ट शो केस प्रतियोगितामा १० टीम फाइनल चरणमा छनौट भएका छन् । शनिबार राजधानीमा आयोजित छनौट चरणबाट १० वटा उत्कृष्ट प्रोजेक्ट फाइनल चरणमा पुगेका हुन् ।

फाइनल चरणमा पुग्नेहरुमा नेपाल इन्जिनियरिङ कलेजको एग्रो भिलेज टीम, पुल्चोक कलेजको स्केट्च स्क्वायर, पुल्चोक कलेजकै केटुपिए, एक्मी इन्जिनियरिङ कलेजको एक्मी कोस्टर, पुल्चोक कलेजको पुल्चोक इयर फाइभ रहेका छन् । यस्तैगरी, पुल्चोक कलेजकै पाथफाइण्डर, ख्वपः इन्जिनियरिङ कलेजको बियोण्ड द ब्रिउ, पुल्चोक कलेजका विनर र टिम कोशी एक्सप्लोरल रहेका छन् । नेपाल इन्जिनियरिङ कलेजको रुरल रिड्ज विल्डर्स टीमपनि फाइनल चरणमा पुगेको छ ।
शनिबार नेपाल माउण्टेन एकेडेमीको हलमा प्रतिष्पर्धी समुहले प्रस्तुत गरेको अवधारणा अनुसार निर्णायक मण्डलले उत्कृष्ट १० टिमको छनौट गरेको हो । प्रतियोगिताको निर्णायकहरुमा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल), नेपाल माउण्टेन एकेडेमीका प्राचार्य शिवप्रसाद जैसी खतिवडा, प्राइम कमर्सियल बैंक बागमती प्रदेश प्रमुख दिमन श्रेष्ठ, सोसाइटी अफ आर्किटेक्ट इन्जिनियर्स एशोशिएसनका पूर्व उपाध्यक्ष सुनिता सुवेदी तथा नेपाल इन्जिनियरिङ कलेजको सिभिल इन्जिनियरिङ विभागका सह–प्राध्यापक रमेश ज्ञवाली रहनु भएको थियो ।
निर्णायकहरुले प्रतिष्पर्धी टिमले प्रस्तुत गरेको अवधारणामा नवप्रर्वद्धन र सृजनशीलता, प्राविधिक संभाब्यता, आर्थिक एवम् वातावरणीय प्रभाव, प्रस्तुति, पर्यटनमैत्री योजनाका आधारमा अंकहरु प्रदान गरेका थिए । विद्यार्थीहरुको समुहले होम स्टे, कृषि पर्यटन, माउण्टेन पर्यटन, ट्रेकिङ, चिया, र्याफ्टिङ, बञ्जिजम्प, एडभेञ्जर जस्ता विषयहरुमा प्रस्तुति दिएका थिए ।
प्रतियोगिताको आयोजक एलिसन हस्पिटालिटीकी अध्यक्ष एलिना मगरका अनुसार उत्कृष्ट १० मा पर्न सफल टीमहरुलाई अब उनीहरुका अवधारणा अनुसार थप अध्ययनका लागि फिल्डमा पठाइन्छ । त्यसका लागि प्रत्येक टीमलाई एक जना मेन्टर (सल्लाहकार) समेत उपलब्ध गराईन्छ । ‘अब छनौट भएका प्रत्येक टीमलाई एकएक जना मेन्टर उपलब्ध गराइन्छ । त्यसपछि उहाँहरु थप अध्ययन र अनुसन्धानका लागि फिल्डमा जानुहुन्छ ।’ अध्यक्ष मगरले भनिन्,‘जेठ ९ गतेदेखि काठमाडौंमा उहाँहरुले तयार पारेको प्रोजेक्टको बृहद् प्रर्दशनीसँगै फाइनल प्रतिष्पर्धा हुन्छ ।’
ठमेलको जी रामायण होटलमा हुने प्रदर्शनी तथा फाइनल कार्यक्रममा पर्यटन व्यवसायी, होटल व्यवसायीसँगै ठूला लगानीकर्ता र सरकारी क्षेत्रबाट समेत प्रबुद्ध व्यक्तिहरुले अध्ययन अवलोकन गर्नेछन् । कोशी क्षेत्रको पर्यटन प्रवर्द्धन सँगै नयाँ पर्यटनका आयामहरुलाई उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको छनौट चरणमा १९ वटा समुहको प्रोजेक्टको छनौट गरिएको थियो । जसमध्ये शनिबारको छनौट चरणबाट १० वटा उत्कृष्ट टिम फाइनल चरणमा पुगेका हुन् ।
प्रतियोगितामा पुल्चोक इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, ख्वप इन्जिनियरिङ कलेज, एक्मी इन्जिनियरिङ कलेज, पूर्वाञ्चल इन्जिनियरिङ कलेज लगायतबाट विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
नेपालमै पहिलोपटक आयोजना भएको कोशी प्रोजेक्ट शो केसले कोशी प्रदेशमा नयाँ पर्यटकीय क्षेत्रको संभाव्यता अध्ययन गर्दै पर्यटनबाटै मुलुकको अर्थतन्त्रको विकास गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने अपेक्षा लिइएको छ ।
प्रतियोगितामा प्रथम हुने टीमलाई नगद रु. १ लाख, द्वितिय हुने टीमलाई रु. ५० हजार तथा तृतिय हुने टीमलाई रु. २५ हजार नगद, मेडल, प्रमाणपत्र र विभिन्न गिफ्ट ह्याम्परहरु प्रदान गरिनेछ । प्रतियोगितालाई कोशी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड लगायतले सहयोग गरेका छन् ।
बज्जिकाञ्चल संवाददाता रौतहट,२१ गते वैशाख । २०८२
रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित चेतनगर बजारमा औषधी पसलमा प्रतिबन्धित लागूऔषध बिक्री गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले आइतबार लागूऔषध ट्रामाडोलसहित मौलापुर नगरपालिकाका २९ वर्षीय जितेन्द्र साहलाई पक्राउ गरेको जनाएको छ। साहले चेतनगरमा औषधी पसल सञ्चालन गर्दै आएका छन्।
स्थानीयका अनुसार साहले चिकित्सा व्यवसायको नाममा लामो समयदेखि लुकीछिपी लागूऔषधको कारोबार गर्दै आएका थिए। प्रहरीले गुप्त सूचनाका आधारमा सादा पोसाकमा खटिएको टोलीमार्फत छापा मारेर साहको फार्मेसीबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोलका ४ हजार ५ सय वटा ट्याबलेट बरामद गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए।