आरके श्रीवास्तव,राैतहट,२८ गते वैशाख ।
गौर । ‘रामा यादव स्मृति प्रतिष्ठान’द्वारा प्रदान गरिने पत्रकारिता पुरस्कार २०८२ सालका लागि शारदा पोखरेल (बारा, रातोपाटी अनलाइन) र चाँदनी झा (महोत्तरी, टिभी टुडे) लाई प्रदान गरिने भएको प्रतिष्ठानका संरक्षक जयप्रकाश यादवले जानकारी दिनुभएको छ ।

स्वर्गीय रामा यादवको चौंथो पुण्यतिथिको अवसरमा गौरमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट अध्यक्ष सञ्जय कार्कीले दुबै महिला पत्रकारको नाम घोषणा गर्दै स्वास्थ्य पत्रकारितामा योगदान पुर्याएकोमा सम्मान गरिएको जानकारी दिए ।
स्व. रामा यादवको चौथो स्मृतिमा प्रदान गरिने यस पुरस्कारको राशी २६ हजार एक रुपैयाँ रहेको छ । कोरोना महामारीका बेला २०७८ मा दिवंगत यादव सफल सञ्चार उद्यमी थिए । कार्यक्रममा विभिन्न सञ्चारकर्मीहरूले रेड टेलिभिजन र यादवको योगदानको चर्चा गर्दै संस्थाको प्रगतिको कामना गरेका छन् ।
साे अवसरमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षद्वय शैलेन्द्रकुमार गुप्ता,प्रेमचन्द्र झा,कान्तिपुरका उपसम्पादक शिवपुरी,प्रभाकुमार झा,नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष डिल्लीबहादुर कार्की,श्रमजीवि पत्रकार महासंघका अध्यक्ष सन्तोष पौडेल सहितका सञ्चारकर्मीहरूकाे उपस्थिति रहेको थियो ।
महोत्तरी,२७ गते वैशाख ।
बलवा । महोत्तरी जिल्लाको बलबा नगरपालिकामा आज शनिबार सम्पन्न झण्डा मेला पूजाको विसर्जन कार्यक्रममा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको विशेष उपस्थिति रहेको थियो ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको झण्डा मेला बलबा नगरपालिकाको परम्परागत चाड हो, जसमा प्रत्येक वर्ष हजारौं भक्तजन सहभागी हुन्छन् । पूजाको विसर्जन समारोहमा स्थानीयबासी, विभिन्न जातीय तथा धार्मिक समूहका अगुवाहरू, जनप्रतिनिधि, समाजसेवी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहेकाे थियोे ।

मन्त्री भण्डारीले समारोहलाई सम्बोधन गर्दै धार्मिक तथा सांस्कृतिक पर्वहरूले समुदायमा एकता र सद्भाव कायम गर्न सहयोग गर्ने बताउनु भएकाे छ । उहाँले धार्मिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको र यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्याउने उल्लेख गर्नुभयो ।
कार्यक्रममा सांस्कृतिक झाँकी, भजन कीर्तन, तथा पारम्परिक वाद्ययन्त्रसहितको शोभा यात्रा पनि प्रदर्शन गरिएको थियो ।
झण्डा मेला विसर्जन समारोह शान्तिपूर्ण र उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी गराइएको हाे ।
काठमाडौं । आम जनता पार्टीले दलाल दलतन्त्र विरुद्ध देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । हिजो (शनिवार) कोटेश्वर स्थित केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको सचिवालय बैठकले दलीय गणतन्त्रको भण्डाफोर गर्दै जनताको जन गणतन्त्र स्थापना गर्न देशव्यापी कमाण्ड तोकेको छ ।

वर्तमान गणतन्त्र जनताको लागि नभई दलका नेता र तिनका आसेपासे झोलेहरुको लागि रहेको टिप्पनि गर्दै पार्टीले गणतन्त्र दिवसको सन्दर्भ पारेर “दलीय गणतन्त्रको भण्डाफोर गरौं! जन गणतन्त्रको दिशामा अघि बढौं !!” भन्ने मुल नाराका साथ दलाल दलतन्त्र विरुद्ध देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्न लागेको विषय आजपाका प्रवक्ता चन्द्र भुषण साहले आज जारी गरेको प्रेस विज्ञाप्तिमा उल्लेख छ ।
भण्डाफोर अभियान सञ्चालनका लागि संघीय राजधानी काठमाडौंमा प्रभु साह, कोशी प्रदेशमा तिलक थापा मगर, मधेश प्रदेशमा चन्द्रभुषण साह, लुम्बिनी प्रदेशमा त्रिभुवन साह, गण्डकी प्रदेशमा ज्ञानेन्द्र कुमार तामाङ् र सुदुरपश्चिम प्रदेशमा समिना हुसैनको नेतृत्वमा कमाण्ड तोकिएको छ ।
“पार्टीको केही महत्वपूर्ण विभागहरुलाई थप व्यवस्थित एवं फलदायी बनाउन संगठन विभाग प्रमुखमा त्रिभुवन साह, आर्थिक विभाग प्रमुखमा रञ्जु साह र शिक्षक विभागमा रविन्द्र प्रसाद सिंहलाई जिम्मेवारी तोकिएको छ ।” आजपाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

बैठकले आन्दोलन र पार्टी संगठनलाई जनस्तरमा पुर्याउन संगठन निर्माण र सदस्यता वितरण अभियानलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ भने कार्य सम्पादन मूल्यांकनको आधारमा लुम्बिनि प्रदेशबाट डा. उषमान अलि, शम्भु जयसवाल, क. भगत र विद्या शर्मालाई पार्टीको सचिवालय सदस्यमा मनोनित समेत गरेको छ ।
शैलेश गुप्ता, २७ गते वैशाख ।
पाेखरिया । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ स्थित रहेको भेद्राहामाई मन्दिरमा माटों पार्क निर्माणको लागी आज जन्मत पार्टीको पार्टी अध्यक्ष तथा माननीय सांसद डा. सिके राउतले मधेश प्रदेश सरकारको मुख्य मन्त्री सतिश कुमार सिंह तथा पोखरिया नगरपालिकाको मेयर प्रदुमन प्रसाद चौहानले एक कार्यक्रमका बिच संयुक्त शिलान्यास गरेका हुन् ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले मधेश प्रदेशको सांस्कृतिक र ऐतिहासिक पहिचानलाई झल्काउने उद्देश्यले निर्माण गर्न लागिएको यो पार्कको लागि प्रदेश सरकारले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चार बिघा क्षेत्रफलमा फैलिने यो पार्क जनमत पार्टीको विशेष परियोजना हो, जहाँ मधेश प्रदेशका १३६ वटै स्थानीय तहबाट संकलित माटोलाई प्रदर्शनमा राखिनेछ । डा. राउतले केही वर्षअघि गरेको ‘माटो यात्रा’ अभियानबाट संकलित माटोलाई यस पार्कमा स्थान दिइने डा. राउतले यो पार्क मधेशको एकता, पहिचान र गौरवको प्रतीक बन्ने विश्वास व्यक्त गरे। पार्क निर्माण पछि यसले पर्यटकीय आकर्षण बढाउने र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको बताए ।

माटो पार्क निर्माणको शिलन्यास कार्यक्रम पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहानको अध्यक्षतामा भयको कार्यक्रमको प्रमुख अतिथि जन्मत पार्टीका पार्टी अध्यक्ष तथा माननीय सांसद डा. सि के राउत, विशिष्ठ अतिथि मधेश प्रदेश सरकारको मुख्य मंत्री छतीश कुमार सिंह, वन तथा वातावरण मन्त्री त्रिभुवन साह ,उप प्रमुख रूबी कुमारी ठाकुर, पूर्व माननीय सांसद हरिनारायण प्रसाद रौनियार, वडा अध्यक्ष लक्ष्मण साह कानु , किशोरी साह तेली, नौशाद आलम, भगवान प्रसाद कुर्मी , प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सिंह नगर प्रहरी इंचार्ज दिनेश प्रसाद चौहान जिल्ला वन कार्यालय विरगन्ज पर्साका कर्मचारी लगाएत विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
बज्जिकाञ्चल संवाददाता,सर्लाही,२७ गते वैशाख । सर्लाही । कुशवाहा बुद्धिजीवी सेवा समाज, जिल्ला समन्वय समितिको आयोजनामा शनिबार एक भव्य भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा समिति अध्यक्ष राम विश्वास कुशवाहाको अध्यक्षतामा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको विशेष आकर्षणको रुपमा नेपाल कुशवाहा कल्याण समाजका केन्द्रीय सचिव भरत महतोको सम्मान गरिएको थियो। बाल्यकालदेखि नै मातापिता, दिनदुःखीको सेवा तथा कुशवाहा समाजको समर्पित सेवामा अग्रसर रहँदै आएका महतो हाल नेपाल सरकारको निजामती सेवामा सहायक प्रशासन अधिकृत पदमा सिफारिसमा परेका छन्। यस योगदानको उच्च मूल्यांकन गर्दै बुद्धिजीवी समाजले उनलाई भव्य सम्मान प्रदान गरेको हो।
कार्यक्रमको स्वागत मन्तव्य बुद्धिजीवी समाज सर्लाहीका सचिव तथा प्रधानाध्यापक जवाहर लाल कुशवाहाले दिनुभएको थियो। कार्यक्रममा नेपाल कुशवाहा कल्याण समाज सर्लाहीका अध्यक्ष लक्ष्मण महतो, बुद्धिजीवी सल्लाहकार समिति संयोजक रामचन्द्र कुशवाहा, समाज सचिव तथा प्राध्यापक वीरेन्द्र कुशवाहा, निवर्तमान अध्यक्ष कपिलेश्वर कुशवाहालगायत विभिन्न विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बुद्धिजीवी समाजका उपाध्यक्ष आशादेवी, उपाध्यक्ष श्याम महतो, लेखा अधिकृत तथा कोषाध्यक्ष सीकिन्द्र कुशवाहा, सहसचिव जितेन्द्र महतो, समिति सदस्य तथा समाजसेवी पवन कुशवाहा, शिक्षक चन्द्र भुषण कुशवाहा, दिव्या कुशवाहा, सन्तलाल महतो, सविता कुशवाहा, हरिपुर नगर अध्यक्ष बिकाउ महतो, धनकौल नपा अध्यक्ष मदन कुशवाहा र बरहथवा नपा अध्यक्ष राम किसुन महतोलगायतले आ–आफ्नो सान्दर्भिक मन्तव्य राख्दै कार्यक्रममा जीवन्तता थपेका थिए।
उक्त अवसरमा नेपाल कुशवाहा कल्याण समाजको केन्द्रीय क्यालेन्डर विमोचन गरिएको थियो। साथै निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रमपश्चात बुद्धिजीवी समाजको बैठकसमेत सम्पन्न भएको थियो। बैठकको प्रस्ताव नम्बर ३ अन्तर्गत, नेपाली कांग्रेसका निवर्तमान उप-प्रधानपञ्च तथा वरिष्ठ समाजसेवी स्व. सुखदेव महतो कुशवाहाको नाममा बनाइएको सालिकको निर्माण सम्पन्न भएको जानकारी गराइएको थियो। साथै “शहीद सुखदेव कुशवाहा प्रतिष्ठान” दर्ता भई सञ्चालनको चरणमा पुगेको घोषणा गरिएको थियो। स्व. कुशवाहाको योगदानको स्मरण गर्दै उनका सुपुत्र पिताम्बर कुशवाहा र सम्पूर्ण परिवारलाई उपस्थितले ताली बजाउँदै धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको भन्दै आयोजकले सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।
आरके श्रीवास्तव,राैतहट,२७ गते वैशाख ।
रौतहट । गौर नगरपालिका अन्तर्गत सबगढामा आज आम जनता पार्टी (आजपा) द्वारा आयोजित वार्ड भेला भव्य रूपमा सम्पन्न भएको छ । स्थानीय जनताको उल्लेखनीय सहभागिता रहेको उक्त भेलाले सामाजिक न्याय र जनताको अधिकारका सवालमा महत्वपूर्ण निर्णयहरू गरेको छ ।

भेलाले शून्य कर प्रणालीको कार्यान्वयन र निःशुल्क बिजुली तथा पानीको पहुँच सुनिश्चित गर्न संघर्ष गर्ने घोषणा गरेको छ । साथै, भेलाले ३५ सदस्यीय नयाँ वार्ड कमिटी गठन गर्दै सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारी तोकेको छ ।

कार्यक्रममा आजपा रौतहट जिल्ला अध्यक्ष नरेश तुराहा, युवा नेता विवेक साह र रवीन्द्र यादवको विशेष उपस्थिति रहेको थियो । नेताहरूले आगामी दिनमा पार्टीलाई जनमुखी र परिवर्तनमुखी बनाउँदै लैजाने प्रतिबद्धता जनाएका थिए ।
नयाँ कमिटीका सम्पूर्ण सदस्यहरूलाई बधाई दिँदै आयोजकहरूले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
आरके श्रीवास्तव,राैतहट,२७ गते वैशाख ।
राैतहट । गुजरा नगरपालिका वडा नम्बर २ कटानिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,मधेस प्रदेशबाट विनियोजित २२ लाख ५० हजार रुपैयाँको बजेटबाट निर्माण हुन गइरहेको आरोग्य तथा योग भवन/सर्वजनिक भवनको शिलान्यास कार्यक्रम आज सभ्य र भव्य रूपमा सम्पन्न भएको छ ।

शिलान्यास कार्यक्रम प्रमुख अतिथि मधेस प्रदेश सरकारका पूर्व राज्यमन्त्री केशवराय चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय नेता, समाजसेवी, उपभोक्ता समिति सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, युवाहरु तथा सर्वसाधारण जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उक्त भवन निर्माणपछि स्थानीय जनताले स्वास्थ्य तथा योगसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्न सहज हुने विश्वास लिइएको छ । स्थानीय विकास र जनस्वास्थ्य प्रवर्द्धनमा यस प्रकारका संरचनाको निर्माणले सकारात्मक प्रभाव पार्ने आयोजकहरूको भनाइ छ ।
शिलान्यास कार्यक्रम संयोजनमा उपभोक्ता समिति र वडास्तरीय जनप्रतिनिधिहरूको सक्रिय भूमिका देखिएको थियो ।
आरके श्रीवास्तव,राैतहट,२७ गते वैशाख ।
गरुडा नगरपालिका वडा नम्बर ५ स्थित लक्ष्मीपुरमा एक भव्य समारोहका बीच छठ घाट निर्माण कार्यको शिलान्यास गरिएको छ । कार्यक्रमको आयोजना गरुडा नगरपालिका वडा नम्वर ५ मा गरिएको थियाे । जहाँ छठ पर्व मनाउने हजारौं श्रद्धालुलाई लक्षित गरी छठ घाट निर्माणको पहल गरिएको हो ।

२५ लाख रुपैयाँको बजेटबाट निर्माण गरिने उक्त घाटले वडा नम्बर ५ लक्ष्मीपुर र वडा नम्बर ६ अमरपट्टीका छठ व्रतालुहरूलाई प्रत्यक्ष रूपमा लाभ पुर्याउनेछ ।
समारोहका प्रमुख अतिथि तथा गरुडा नगरपालिकाका मेयर प्रत्यासी सुनिल कुमार यादवले सम्बोधन गर्दै भनेकाछन्, “छठ पर्व हाम्रो पहिचान र संस्कृतिको अविभाज्य अङ्ग हो । यस घाट निर्माणले धार्मिक आस्थासँगै स्वच्छ वातावरणमा पर्व मनाउने अवसर प्रदान गर्नेछ । म मेयरमा निर्वाचित भएमा धार्मिक तथा सांस्कृतिक संरचना निर्माणलाई थप प्राथमिकता दिनेछु।”

गरुडा नगरपालिका वडा नम्बर ५ का वडा प्रत्यासी रमेश यादवले पनि कार्यक्रममा सम्बोधन गर्दै भने, “यो आयोजना वडा नम्बर ५ र ६ का बासिन्दाको दीर्घकालीन माग थियो । अब हामीले आस्थालाई मात्र होइन, जनताको आवश्यकता र मागलाई पनि सम्बोधन गर्न थालेका छौँ।”

स्थानीय वासिन्दाले आयोजना प्रति खुसी व्यक्त गर्दै नियमित सरसफाइ, संरक्षण तथा घाटको दिगोपनाका लागि पनि प्रतिबद्धता जनाएका छन् ।
आरके श्रीवास्तव,राैतहट,२७ गते वैशाख ।
रौतहटको वनमा दैनिक एक सयदेखि एक सय दश ओटा काँचो रुख अवैध रुपमा कटान गरी तस्करी हुने गरेको आरोप लगाइएको छ । चुरे तथा वनजंगल संरक्षण अभियान नेपाल, रौतहटले शनिवार आयोजना गरेको भन्डाफोर कार्यक्रमका अभियन्ताहरुले रौतहटको वन तथा चुरे क्षेत्रलाई सखाप बनाउने काममा धेरै जनाको संलग्नता रहेको आरोप पनि लगाएका छन् ।

अभियानका राष्ट्रिय सुनिल यादवले गत दुई महिनामा पाँच हजारभन्दा बढी रुख फँडानी भएको आरोप लगाएका छन् । गरुडामा आयोजित विरोध जुलुस प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय संयोजक यादवले रौतहटका डिएफओ, प्रदेशका वन मन्त्री र वन मन्त्रालयका सचिवको मिलोमतोमा रौतहटको वन सखाप भइरहेको गम्भीर दोषारोपण गरेका छन् ।

चन्द्रपुरको गैंडाटारमा पाँच बिगाहा क्षेत्रफलमा बन फँडानी गरेको र आफूले घटना सार्वजनिक गरेपछि ढाकछोप गर्न बैसाख महिनाको ४० डिग्री घाममा पनि वृक्षारोपण गरी हजारौँ बोटबिरुवाको हत्या गर्ने काम पनि गरेको आरोप यादवले लगाएका छन् । यादवले सिन्धुलीको मरिनबाट रौतहट चोचा र वृन्दावनको वन क्षेत्रमा मानिस ल्याएर बसाउने काम अवैध रुपमा वन प्रशासनको मिलोमतोमा भइरहेको आरोप पनि लगाएका छन् ।

यसै गरी डिएफओले आफ्नो छोरालाई नै वनको काठमो टेन्डर दिने गरेको आरोप लगाउँदै सप्तरीबाट वनमा लेबर ल्याएको कुराको पनि विरोध गरेका छन् ।
राष्ट्रिय संयोजक यादवले एक लाखभन्दा बढी क्युफिट काठको अवैध तरिकाले टेन्डर गरी करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको र लाखौँ रुपैया राजस्व घाटा गराएको आरोप डिभिजन बन कार्यालय रौतहटका प्रमुख डिएफओ हेमन्त साहमाथि लगाएका छन् ।
यादवले मधेश प्रदेशका वन मन्त्री त्रिभुवन साह र वन मन्त्रालयका सचिव उद्धव घिमिरेको संलग्नतामा नै रौतहटको वन क्षेत्र फँडानी भइरहेको आरोप लगाउँदै स्वतन्त्र छानबिन र अनुगमनका लागि चुनौती दिएका छन् ।
अभियानका जिल्ला सचिव रामानन्द माझीले संचालन गरेको कार्यक्रममा जिल्ला संयोजक राजेश भन्डारी तथा अभियानी नन्दकिशोर रामले मन्तव्य व्यक्त गर्दै वन मन्त्री साह नै भूमाफिया भएको गम्भीर आरोप लगाएका छन् ।
कार्यक्रमको अध्यक्षता अभियानका जिल्ला संयोजक अमिरी सहनीले गरेका थिए ।
अभियानले गरूडा नगरपरिक्रमा मुख्यमन्त्री सहित वनमन्त्री,सचिव,डिएफओके विरूद्वमा नारावाजी गरेका थिए । साे क्रममा उनीहरूकाे तस्बिर समेत जलाई अभियानीहरूले विराेध जनाएका थिए ।

आरके श्रीवास्तव,राैतहट,२७ गते वैशाख ।
रौतहट — लोकतान्त्रिक यूवा संघको संशोधित विधानअनुसार अरविन्द्र प्रसाद साहलाई केन्द्रिय सदस्य पदमा मनोनयन गरिएको छ । संघको तर्फबाट सहर्ष जानकारी दिँदै उहाँलाई हार्दिक बधाई व्यक्त गरिएको छ ।
संघका केन्द्रीय अध्यक्ष सुजन यादवले एक वक्तव्य जारी गर्दै भने, “साहजस्ता युवा, ऊर्जाशील र जनप्रतिनिधिसँग निकट सम्बन्ध भएका व्यक्तिको नेतृत्वले संगठन अझ सशक्त र जनउत्तरदायी बन्ने विश्वास लिएको छु।”

उनले देश, मधेश, यूवा र पार्टीको हितमा साहको भूमिका उल्लेखनीय हुने पनि बताए । अध्यक्ष यादवले केन्द्रिय समितिमा युवा नेतृत्वको सशक्त उपस्थिति आवश्यक रहेको बताउँदै साहको मनोनयनलाई सही निर्णयको रूपमा व्याख्या गरेका छन् ।
