रौतहट,साउन ०४ गते ।
रौतहट । नेपाल बिधुत प्राधिकरण मौलापुर वितरण केन्द्रमा ज्ञापनपत्र बुझाइएको छ । विद्युत आपूर्तिमा भएका गडबडी सुधार गर्न तथा लागातार बिजुली दिनलगायतका माग राख्दै स्थानीय उपभोक्ताले विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । कटहरिया नगरपालिकाका पूर्वनगर प्रमुख सियाराम कुशवाहा र समाजसेवी मनोज कुमार साहको नेतृत्वमा पुगेको टोलीले तीन बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।
मौलापुर वितरण केन्द्रमा छिनछिनमा लाइन जाने समस्या सामाधान, कटहरियामा विद्युत महसुल संकलन काउन्टरको स्थापना र झुण्डिएको तार तथा पोल व्यवस्थित गर्न माग गर्दै मौलापुर वितरण केन्द्रका कार्यालय प्रमुख दिनेश यादवलाई ज्ञापनपत्र बझाएको समाजसेवी मनोज कुमार साहले बताए ।

ज्ञापनपत्र बुझ्दै कार्यालय प्रमुख यादवले विद्युत आपूर्तिमा देखिएको समस्या सामाधान हुने, कटहरियामा मोबाइल आय काउन्टर सञ्चालन निकट भविष्यमा गरिने तथा झुण्डिएका तार तथा पोल आवश्यकता अनुसार सुधार गर्दै लैजाने बताए ।
रन्धिर साह, रौतहट, साउन १ गते ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ स्थित रहेको हर्षाहामा विपद जोखिम न्यूनीकरण, परिक्षण तथा बाढि सम्बन्धि कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ । आज एक विशेष कार्यक्रमका बीच कटहरिया नगरपालिकाकी उप प्रमुख रिता देवि यादवको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समिती रौतहटका अध्यक्ष रामअयोध्या राय यादवको विशिष्ट अतिथिमा सो कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रमा बाढी आएको समयमा तथा बाढीमा फसेका लागि कसरी बचाउने, आफु बचने लगायतको विषयमा भन्दै सो कार्यक्रममा क्रियाकलाप गरि समापन्न गरेको थियो । कार्यक्रममा कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साह, वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहा तथा नगरपालिकाका सम्पुर्ण सहयोगी कर्मचारीहरु लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।

काठमाडौं, २ साउन । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ । साथै थोरै भू-भागहरुमा हल्का देखी मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू भागका केही स्थानहरूमा र मधेश प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती भने देशभर आंशिक देखी सामान्य रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
तसर्थ हावाहुरी, भारी वर्षा, मेघ गर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
काठमाडौं, १ साउन । नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दैछ ।
केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो ।
सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई केन्द्रिय समिति बैठकमा छलफल गर्ने अजेन्डा तय गर्नका लागि पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ । बैठक दिउसो २ बजे बस्नेछ ।
देउवाले भोलि पदाधिकारीसँग छलफल गरेपछि पर्सी बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पुनः छलफल गर्ने बुझिएको छ ।
गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको श्रीमती सिता दाहालको निधन पछि स्थगित भएको सो बैठक साउन २ गते बस्दैँछ ।
आजको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्नेछ ।
काठमाडौं, ३१ असार । प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ः०० बजे बोलाइएको छ ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संसोधन गर्न बनेको बिद्येयक २०८०’ लाई प्रस्तुत गर्नेछन् ।

उनले सो प्रस्ताव माथीको संसोधनहरुलाई निर्णायार्थ प्रस्तुत गर्ने देखी पारित गरियोस भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
यसैगरी, शिक्षा बिज्ञान तथा प्रवृधि मन्त्री अशोककुमार राइले राष्ट्रिय सभामा उत्पति भएको ‘नेपाल विश्वबिद्यालय बिद्येयक २०८०’ माथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ ।
लण्डन, ३१ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत बेलायत आइपुगेका छन् ।
नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार उनी एक निजी भ्रमणका शिलशिलामा लण्डन आएका हुन् ।
शुक्रबार साँझ लन्डन आइपुगेका उनलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नेपाली जनसम्पर्क समिति बेलायत सभापति युवराज गुरुङलगायतले लण्डन विमानस्थलमा स्वागत गरेका थिए । निजी भ्रमणमै आएका भए पनि मन्त्री बस्नेतले बेलायती स्वास्थ्यमन्त्री स्टिभ बार्कलेसंग भेट्ने र यहाँका केही अस्पतालहरुको भ्रमण गर्ने पनि कार्यक्रम छ ।
त्यस्तै, जनसम्पर्क समिति बेलायतले पनि उनको सम्मानमा आइतबार बेलुका अल्डरसटमा एक स्वागत कार्यक्रम गर्ने भएकाे छ ।
मुम्बइ, ३१ असार । आमिर खानकी छोरी इरा खानले हालै डिप्रेशनको बारेमा कुरा गरेकी छिन् ।
इराले एक अन्तर्वार्तामा आफू पाँच वर्षभन्दा बढी समयदेखि डिप्रेसनसँग लडिरहेको बताइन् । आमाबुवाको सम्बन्धविच्छेदले आफूलाई त्यति असर नगरेको बताइन् तर करिब डेढ वर्षसम्म निकै दुःखी रहेकी थिइन्, त्यति मात्र होइन, खानपानसमेत छाडि दिइन् । इराले आफू मात्र नभएर परिवारका अन्य सदस्य पनि डिप्रेसन वा अन्य मानसिक समस्याको सिकार भएको बताइन् ।
इराले हालै अगस्टु फाउन्डेसन सुरु गरेकी छिन् । यसले मानसिक स्वास्थ्य समर्थन प्रदान गर्न काम गर्दछ। इराले उनका बुवा आमिर र आमा रीना यस संस्थाको सल्लाहकार बोर्डमा रहेको बताइन् । यति मात्र होइन, आमिरले यो फाउन्डेसन सुरु गर्न आईआरएलाई आर्थिक सहयोग पनि गरेका छन् ।
दिनमा आठ घण्टा रुन र १०–१० घण्टा सुत्दा आफूभित्र केही परिवर्तन भएको इराले बताइन् । जतिबेला इरा नेदरल्याण्डमा पढ्दै थिइन् । उनकी आमाले उनलाई डिप्रेसनमा रहेको महसुस गरेकी थिइन । इराले भनिन्, ‘तिमीलाई बाँच्न मन लाग्दैन ? भनेर एकदिन सोध्नु पनि भयो ।’
इराले आफु किन दुखी भएकी थिइन वा खुसी नभएको कुरा किन हो ? आफैले बुझ्न नसकेको बताइन् । आमाबाबुले आफ्नै स्वेच्छाले छुट्टिँदा पनि उनी किन यति दुःखी भएकी थिइन् ? उनले बुझ्न सकिनन् ।
काठमाडौं, ३१ असार । परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्याण्ड प्रस्थान गर्दैछन् ।
बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनका लागि मन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल आज बैंककतर्फ प्रस्थान गर्न लागेको हो।
जसअनुसार आइतबार दिउँसो साढे १ बजे उनी थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थान गर्नेछन भने परराष्ट्र मन्त्री साउँदको सचिवालयका अनुसार उनी साउन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
काठमाडौं, ३१ असार । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहेको छ । साथै मधेश प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।
राती भने मधेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको हुनाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ।
तसर्थ हावाहुरी, भारी वर्षा, मेघ गर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
सरिता श्रीवास्तव,कटहरिया,असार ३० गते ।
रौतहट । कटहरिया नगरपालिका वडा नम्बर ४ मा उज्यालो वडा बनाउन वडा अध्यक्ष मुखिया चन्दन कुशवाहाले ‘टावर लाइट’ जडान गराएका हुन् । वडालाइ उज्यालो बनाउने अभियान अन्तर्गत ४ वटा टावर लाइट जडान गराएका हुन् । यसैक्रममा आज बिहान सो वडाका विभिन्न ४ स्थानमा लाइट जडान धमाधम गराएका हुन् ।

सो वडाको बहादुरपुर हनुमान चौक,बलिरामपुर मस्जिद नजदिक,हनुमान मन्दिर टोलापुर र त्रिशक्ती पोलट्री नजदिक जडान गराएका हुन् । ती ठाउँहरुमा आज बिहान पोल ठड्याएर लाइट लगाउने कार्य जारी भएको छ ।
ग्रामिण भेगलाई उज्यालो बनाउने उद्देश्यका चालु आर्थिक वर्षको वडा स्तरीय करिब ९ लाखको बजेट बाट टावर लाइट जडान गरिएको वडा अध्यक्ष कुशवाहाले जानकारी दिए । गाउँलाई उज्यालो बनाउने प्रयास निरन्तर जारी रहने उनले बताएका छन् ।

समय अनुसार स्वचालित टावर लाइट जडान गरिएको उनले बताए । वडा स्तरीय कार्यक्रम अन्तर्गत १३ मिटर उचाइका लाइट लगाइएका हुन् । उक्त लाइटले धेरै क्षेत्र समेटने भएको छ । जसले करिब २ सय भन्दा माथिका स्थानियहरु लाइ बाहिर बक्ति बाल्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।
टावर लाइट जडान भएपछि अपराधिक गतिविधीमा नियन्त्रण हुने देखिएको छ । कम्पनीको २ वर्षे ग्यारेन्टी वाला एलईडी बल्ब टावर लाइटमा जडान गरिएको वडा अध्यक्ष कुशवाहाले बताए । उनले भने बत्ती अटोमेटिक बल्ने र निभ्ने छ । यसबाट वडावासी लाभाविन्त हुनेमा उनको विश्वास छ ।