२०८३ श्रावण २४
२०८३ श्रावण २४

 

बारा, १० साउन ।

आफ्नै श्रीमती २३ वर्षीया यास्मिन खातुनको हत्या गरेको अभियोगमा भारत बिहार प्रान्त पुर्वी चम्पारण ग्राम पञ्चायत पकडी-१४ थाना ढाका रुपौलिया बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सिम्रौनगढ नगरपालिका-६ बयलहट्टी बजारस्थित माईती घरमा बस्दै आएकी यास्मिनलाई अमानुल्लाहले माईती घरमा आएर धारिलो हतियार प्रयोग गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिमरौनगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै अमानुल्लाहलाई स्थानीयबासीले कुटपिट गर्दा घाइते भएकोमा उनको प्रहरीको निगरानीमा जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

 

काठमाडौं, १० साउन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका छन् ।

 

गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार र बेथितीका विरुद्धमा सरकारले कडा कदम चालेकोसमेत बताएका हुन ।

 

आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भए लगत्तै बेथितीको नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ महत्त्वपूर्ण कामको थालनी गरेकोसमेत बताए । जनताले लामो समयदेखि सास्ती व्यहोर्दै आएको राहदानी तथा सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहजीकरण गरिएको जानकारी दिँदै उनले अर्थतन्त्रमा देखिएको डरलाग्दो अवस्थालाई सही ट्र्याकमा ल्याइएको समेत बताएका छन ।

 

‘सामाजिक सुरक्षा कोषमा बढीभन्दा बढी श्रमिकलाई आबद्ध गर्ने, अझ विदेशमा बस्ने श्रमिकलाई कोषमा जोड्ने काम गरेका छौँ’, प्रधानमन्त्री दाहालले भने, ‘सामाजिक सेवा तथा जनतालाई प्रत्यक्ष राहत दिनेबाट सरकारले कामको थालनी गरेको छ ।’

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रहित विपरित र सङ्गठित अपराधका रुपमा काम भएको देखिएकाले सरकारले उक्त कदम चालेको उनको भनाई भनाई छ । ‘शरणार्थी प्रकरणमा राष्ट्रहित विपरितको काम भएको देखियो, सरकारले फोहोर सफा गर्न यो कदम चालेको हो’, उनले भने ।

 

प्रधानमन्त्री दाहालले ललिता निवास प्रकरणको छानविनबाट राज्यको सम्पत्ति व्यक्तिमा लैजाने अपराधको अन्त्य गर्ने क्रम सुरु भएकोसमेत बताए । ‘यो राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता गराउने अभियान हो । यो प्रकरण ललिता निवासको कुरा मात्रै होइन, देशभर चलेको माफियागिरीको अन्त्य र नयाँ भूमि नीतिमार्फत आर्थिक समृद्धिको अभियानसँग जोडिएको छ,’, उनले भने ।

काठमाडौं, ९ साउन । निर्वाचन आयोगले गत वर्ष सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जरिवाना तोकेको छ ।

आइतबार विज्ञप्ति जारी गरेर आयोगले खर्च विवरण सार्वजनिक नगर्ने प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३९८ जना उम्मेदवारलाई जरिवाना तोकिएको हो । खर्च विवरण सार्वजनिक नगर्ने २ हजार ४३५ उम्मेदवारलाई १५/१५ हजारका दरले जरिवाना तिर्न निर्देशन दिएको आयोगले सात दिनभित्र खर्च विवरण बुझाउन पनि भनेको छ ।

काठमाडौं, ९ साउन । पत्रकारमाथि हातपात गरेको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई पार्टीबाट निलम्बन गरेको छ।

 

जिल्ला संयोजक खड्काले पत्रकार महासंघ बझाङका सदस्य सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेपछि निलम्बन गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए। घछनाबारे पार्टीको अनुशासन समितिले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिएका छन्।

काठमाडौं, ९ साउन । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी सहसचिव टोकराज पाण्डेयले लिएका छन्। पछिल्लो तीन सातादेखि बिदामा बसेका प्रमुख भन्सार प्रशासक अरूण पोखरेललाई मन्त्रालयमा सरूवा गरेर पाण्डेयलाई जिम्मेवारी दिएको हो।

 

मन्त्रिस्तरीय बैठकले पाण्डेयलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय र पोखरेललाई अर्थ मन्त्रालयमा सरूवा गर्ने निर्णय गरेको हो। पाण्डेय यसअघि निजामती किताबखानाका प्रमुख थिए। यही साउन ७ गते मात्र उनको अर्थ मन्त्रालयमा सरूवा भएको थियो।

 

गत साता त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहिरबाट एक क्विन्टल सुन बरामद गरिएसँगै भन्सारका कार्यरत धेरै कर्मचारीहरू परिवर्तन गरिएको छ।

काठमाडौं, १० साउन । नेपाली कांग्रेस केन्द्रिय समिति बैठक बस्दैछ ।

 

सानेपा, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ४ बजे बोलाईएको छ ।

गत साउन २ गते देखी जारी बैठकमा केन्द्रिय सदस्यहरुले धारणा राखिसके पछि गत सोमवार देखी भने पार्टी पदाधिकारीले आफनो धारणा राखेका थिए ।  जसअनुसार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले आ–आफ्नो धारणा राखेका थिए ।

 

आजको बैठकमा केन्द्रिय सदस्यहरुले राखेका धारणा तथा छलफलका बिषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको जनाइएकाे छ ।

 

काठमाडौ,१०  साउन । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ७० पैसा र बिक्री दर १३१ रूपैयाँ ३० पैसा रहेको छ भने युरो एकको खरिद दर १४४ रूपैयाँ ३७ पैसा र बिक्री दर १४५ रूपैयाँ ०३ पैसामा किनबेच गर्न सकिनेछ  ।

 

हिजो अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ६१ पैसा र बिक्री दर १३१ रूपैयाँ २१ पैसामा तथा युरो एकको खरिद दर १४४ रूपैयाँ ८६ पैसा र बिक्री दर १४५ रूपैयाँ ५३ पैसामा काराेबार भएकाे थियाे ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ७९ पैसा र बिक्री दर १६८ रूपैयाँ ५६ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८८.४३  रुपैयाँ रहेको छ भने बिक्री दर ८८.८४  रुपैयाँ  तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ १९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६४ पैसामा खरिदबिक्री हुनेछ ।

 

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसामा कायम गरेकाे राष्ट्र बैंकले दक्षिण काेरीया वन १०० को खरिदमा १० रूपैयाँ २४ पैसा र बिक्रीदर  १० रूपैयाँ २८ पैसामा काराेबार गर्न सकिने गरी अनुमति दिएकाे छ ।

 

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८६ पैसा र बिक्री दर ३६ रूपैयाँ ०२ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.८५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.६५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७८ रुपैयाँमा खरिदबिक्री गर्न सकिने जनाएकाे छ । साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२५.६९ पैसा तथा विक्रीदर ४२७.६५ पैसा 0रहेको छ ।

 

काठमाडौं, १० साउन । हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही   कोशी , बागमती, गण्डकी, लुम्बिनी, कर्णाली  र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

 

दिउँसो  देशभर आंशिक देखी सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बांकी पहाडी भु-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी  र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

 

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बांकी भु-भागका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती  र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

 

देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाकी भु-भागका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी , बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । तसर्थ यसकारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

आरके श्रीवास्तव,हनुमत कुमार यादव,रौतहट,साउन ०९ गते ।
रौतहट सरदमुकाम गौरमा ६ दलले आज शक्ति प्रर्दशन गरेका छन् । छ दलिय मोर्चाले जुलुस सहित प्रर्दशन गरेका हुन् । सर्वदलिय÷सर्वपक्षिय संघर्ष समिति रौतहटको आयोजनामा मंगलवार प्रर्दशन गरिएको हो ।
गत साता आम जनता पार्टील जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको विरोध गर्दै प्रदर्शन गरेको थियो । त्यसकै काउण्टरमा ६ दलीय गठबन्धनले पनि प्रदर्शन गरेको छ । प्रदर्शनमा नेपाली कांग्रेस, जसपा, नेकपा एस, लोसपा, जनमत र माओवादीका रहेका छन् ।


प्रर्दशन पछि जिल्ला अदालतको छेउमा कोण सभा आयोजन गरिएको थियो । कोण सभामा सम्बोधन गर्दै ६ दलिय मोर्चाका नेताहरुले विभिन्न हत्याकाण्डमा संल्गन रहेको र आरोप लगाउँदै प्रभु साह लाइ पक्राउ गर्न माग गरेका हुन् ।

गौरस्थित विवादित राइस मिलमा २७ जना माओवादी वाइसीएलको हत्या भएको घटनालाई उछालेर दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गर्न थालेका आम जनता पार्टीका केन्द्रीय अध्यक्ष एवं स्वतन्त्र सांसद प्रभु साहलाई जिल्लामै घेराबन्दी गरिएको छ ।

गौर नगरपालिका स्थित रहेका राइस मिल प्रांगण देखि निस्केको प्रर्दशन भन्सार कार्यलय हुदै जिल्ला प्रसाशन कार्यलय गौर अगाडी नराबाजी गर्दै ज्ञापन पत्र बुझाई गौर जिल्ला अदालत अगाडी कोण सभामा परिणत भएको थियो ।

प्रर्दशनकारीहरुले “ हिन्दु नेता कासीनाथ तिवारीको हत्यारा लाई कार्यवाहि गर , कुस्ती खेलाडी उपेन्द्रदास बैरागीको हत्यारा लाई कार्यवाहि गर , शिक्षक सुनिल यादव को हत्यारा लाई कार्यवाहि गर , प्रभु सह लाई कार्यवाही गर जस्ता विभिन्न नारा सहित जुलुस प्रदर्शन गर्दै प्रभु साहलाई कारबाहीको माग गरेका हुन् ।


गौर घटनाको सम्पूर्ण जिम्मेवारी प्रभु साहले लिनुपर्ने जनता समाजवादी पार्टी रौतहटका अध्यक्ष श्याम बिहारी यादवले बताए । तत्कालीन मधेशी जनअधिकार फोरमले शान्तिपूर्ण कार्यक्रम गर्न लाग्दा माओवादीले बिथोलेर द्वन्द्व निम्त्याएको र त्यसको नेतृत्व प्रभु साहले गरेका कारण घटनाको मुख्य दोषी उनी रहेको अध्यक्ष यादवले बताए ।

प्रदर्शन कार्यक्रममा जसपाका केन्द्रिय सदस्य राम किसोर प्रसाद यादव ,पुर्व कृषि राज्य मन्त्री योगेन्द्र यादव , नेपाली कांग्रेसका जिल्ला सभापति सुनिल यादव ,एकीकृत समाजवादी पार्टीका ब्रिज किसोर यादव ,जनमत पार्टीका केन्द्रिय सदस्य असोक सिंह , लोकतान्त्रिक समाजवादी पार्टी नेता राम प्रवेश दास , रामेस्वर यादव , जसपा पार्टी जिल्ला अध्यक्ष श्याम बिहारी यादव लगेर हजारौ नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रभु साहले १७ वर्ष पुरानो हिंसात्मक घटनाको नाममा राजनीति गर्न खोजेको आरोप लगाउँदै उनीहरुले प्रर्दशन गरेका हुन् । तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको २०६३ सालको चैत ७ गते राइस मिलमा आयोजित सभालाई विथोल्न खोज्दा हिंसात्मक घटना घटेको थियो ।

सिडियो लाइ बुझाइयो ज्ञापन पत्र

रौतहटमा आजपाका अध्यक्ष एवम् सांसद प्रभु साहलाइ पक्राउ गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको छ । आज प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापन पत्र बुझाइएको छ ।
सर्वदलिय÷सर्वपक्षिय संघर्ष समितिका संयोजक रामकिशोर यादवको नेतृत्वमा गएको टोलीले गौर हत्याकाण्डको मुख्या योजनाकार नै प्रभु साह भएको ठहर गर्दै साहलाई पक्राउ गर्नु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा गौर राइस मिल लगायतका ठाउँहरुमा आत्म रक्षाको लागि गरिएको प्रयासलाइ झुठा मुदा बनाएकोले यस्तो भुठा मुदाको जाहेरी खारेज गर्न र नेपाल सरकार एवम् प्रधानमन्त्री कार्यालय लाइ ज्ञापनपत्र पठाउनुको साथै जिल्ला प्रहरी कार्यालय लाइ उक्त मुदा तामेलीमा राख्न अनुरोध गरिएको छ ।
हिन्दूवाही नेता पसौ विरगंज निवासी काशीनाथ तिवारी हत्याको क्रममा समातिएका अभियूक्तहरुको ठोस ब्यानले प्रभु साहको प्रत्यक्ष संलग्नता देखिएको र जिल्ला प्रहरी कार्यालय पर्साको प्रतिवेदनमा समेत सांसद साहको किटानी जाहेरी परेकोले साहलाइ पक्राउ गरि पुनः छानविनको दायरामा ल्याउन जोडदार माग गरिएको छ ।

काठमाडौ, ९ साउन । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

 

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १००, टनेल गोलभेडा सानो ५८,भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४८, घिउ सिमी लोकल ३०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ५० कायम भइ कारोबार भइरहेको छ ।

 

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ, गाँजर ११०, बन्दा लोकल १२ , मूला रातो ३०, भन्टा लाम्चो ३०, मकै बोडी ५०, टाटे सिमी ८०, ब्रोकाउली ८०, कागती १५० रुपैयाँ, भिण्डी रू ३५, न्यूरो ५० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काक्रो ५०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २७० रहेको समितिले जनाएको छ ।

 

समितिका अनुसार केरा दर्जन १५०, अनार ३५० रुपैयाँ, नासपाती ६०, आभोकाडो ५०० रुपैयाँ, हरियो अंगुर ४५०, किवि ८००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा(मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप १५०, हरियो धनिया ८०,लसुन हरियो ७०, खु्र्सानी सुकेको ४५०,नेपाली लसुन २१०, चाइनिज लसुन २७०,रुख कटहर ४०, भेडे खु्र्सानी ८० मा कारोबार भइरहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।