२०८३ आश्विन ९
२०८३ आश्विन ९

 

लमजुङ १२ साउन ।

बेसीशहर नगरपालिकाले बजार क्षेत्रमा रहेका अव्यवस्थित र प्रयोगमा नआएका केवल नेटवर्किङका तारहरु हटाउन सम्बन्धित संस्थालाई १५ दिने सूचना जारी गरेको छ ।

 

नगरपालिकाले अव्यवस्थित तारहरुले बजारको सौन्दर्यमा समस्या ल्याएको तथा मङ्गलबारका दिन देखि १५ दिनको म्याद दिएको हो ।

 

प्रमुख दलकाे सहभागितामामा बसेको बैठकले अव्यवस्थित तारहरु हटाउने निर्णय गरेको हो । बैठकमा भएको सोहि निर्णय अनुसार बेसीसहर नगरपालिकाको बजार क्षेत्रमा रहेका विजुली तथा टलिफोनका पोलमा अव्यवस्थित रुपमा रहेका पुराना तथा प्रयोगमा नआएका केवल तथा नेटवर्किङका तारहरुलाई १५ दिन भित्र हटाउन सम्वन्धित सबैमा सूचित गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमानाथ कंडेलले जानकारी दिएका छन् ।

 

यस सूचना पश्चात अव्यबस्थित तारहरु ब्यबस्थापनको कार्य शुरु हुने भएकोले यदी कोही कसैको विवरण नखुलेका तार तथा केवलहरु छुट्न गएमा वा काटिएमा सम्बन्धित संस्था वा व्यवसाय स्वयं जिम्मेवार हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाको हामी सबैको रहर सभ्य समृध्द बेसीसहर भन्ने नारा समेत रहेको छ ।

सदरमुकाम बेसीसहरमा अब्यबस्थित तारहरुको जालोहरु जताततै रहेको देखिन्छ । बेसीसहर सहित जिल्लाका अधिकांश बजार क्षेत्रमा तार ब्यबस्थापन एक चुनौतिका रुपमा रहेको पाईन्छ ।

 

कुबेत, १२ साउन ।

कुवेतमा सन् २०१५ को बम विस्फोटका दोषीसहित ५ जनालाई फाँसी दिइएको छ ।

कुवेत सरकारले सन् २०१५ मा मस्जिदमा बम विष्फोट गरेको अभियोगमा दोषी ठहर भएका इस्लामिक स्टेट (आईएस) पाँच जना कैदीलाई मृत्युदण्ड दिइएको हो ।

 

कुबेत सरकारले जनाए अनुसार सो विष्फोटमा २७ जनाको मृत्यु भएको थियो, जसको जिम्मा आइएसले लिएको थियो । कुवेतको सार्वजनिक अभियोजनले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय कारागारमा पाँच कैदीलाई फाँसी दिइएको जनाएको छ ।

 

यसरी फाँसी दिइएकोमा पाँच जनामा मस्जिदमा आक्रमण गर्ने तथा सो हत्यामा दोषी ठहर भएका तीन जना र लागूऔषध कारोबारीसमेत रहेका छन् ।

 

दमास्कस, १२ साउन ।

सिरियामा शिया तीर्थस्थललाई लक्षित गरी भएको बम विष्फोटमा छ ।

 

मुहर्रम अघि बिहीबार राति भएको सो बिष्फोटमा परी ६ जनाको ज्यान गएको छ भने २० भन्दा बढी घाइते भएका छन् ।

 

मिडिया रिपोर्टका अनुसार बम विष्फोट दमास्कसको ग्रामीण इलाकाको सैयदा जैनाब शहरमा गरिएको थियो। सईदा जैनाब शहरको कौ सौदान स्ट्रीटमा ट्याक्सी नजिकै विस्फोट भएको हो ।

सिरियाली गृह मन्त्रालयले एक विज्ञप्तिमा भन्यो कि , ‘बम विष्फोटपछि सुरक्षाकर्मीहरू विस्फोट भएको ठाउँमा पुगेका थिए र उद्धार कार्य सुरु गरेका थिए। मृतकको शव र घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ।’  सिरियाको सबैभन्दा प्रसिद्ध शिया तीर्थस्थल सैयदा जैनाब समाधि नजिकै पार्क गरिएको ट्याक्सीमा विष्फोट भएको गृह मन्त्रालयले जनाएको छ । सिरियाली सरकारले यसलाई आतंकवादी हमला भनेको छ।

 

यसअघि सिरियाको सरकारी टेलिभिजनले अज्ञात व्यक्तिले ट्याक्सीमा राखेको बमले विस्फोट गराएको बताएको थियो। सरकारी अधिकारीहरूले मिडियालाई भने कि उनीहरूले ठूलो विस्फोटको आवाज सुनेका थिए, त्यसपछि मानिसहरू भाग्न थाले। त्यसपछि एम्बुलेन्सहरू घटनास्थलमा पुगे र सुरक्षा बलहरूले क्षेत्रलाई घेरा हालेका थिए।

 

पैगम्बर मुहम्मदका नातिनी र हजरत इमाम अलीकी छोरी सैयदा जैनाबको चिहानबाट करिब ६०० मिटर टाढा सुरक्षा भवन नजिकै विस्फोट भएको उनले बताए। सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सिरियाको रुससँग चलिरहेको द्वन्द्वमा सिरियाली राष्ट्रपति बसर अल असदलाई समर्थन गर्ने इरानी मिलिशियाको स्थान नजिकै विस्फोट भएको बताएको छ।

 

काठमाडौ, १२   साउन ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जस्रअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्री दर १३१ रूपैयाँ ४० पैसा तथा युराेपियन युरो एकको खरिद दर १४५ रूपैयाँ ७० पैसा र बिक्री दर १४६ रूपैयाँ ३७ पैसा कायम गरिएकाे छ । हिजो डलरको खरिद दर १३० रूपैयाँ ९० पैसा र बिक्री दर १३१ रूपैयाँ ५० पैसामा तथा युरो एकको खरिद दर १४५ रूपैयाँ ०६ पैसा र बिक्री दर १४५ रूपैयाँ ७३ पैसामा काराेबार भएकाे थियाे ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ६१ पैसा र बिक्री दर १७० रूपैयाँ ३९ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८८.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.३३  रुपैयाँ  तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७१ पैसामा खरिदबिक्री हुनेछ ।

 

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ २२ पैसा र बिक्रीदर १० रूपैयाँ २७ पैसामा काराेबार हुनेछ ।

 

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९१ पैसा र बिक्री दर ३६ रूपैयाँ ०७ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले  साउदी रियाल एकको खरिद दर ३४.८७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.९३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.६ रुपैयाँमा खरिद बिक्रीकाे अनुमति दिएकाे छ । साथै,  कुवेत दिनार १ को खरिदमूल्य ४२६.४२ पैसा  विक्रीदर ४२८.३८ पैसा कायम गरिएकाे छ ।

 

 

 

बारा, १२ असार । 

निजगढ नगरपालिकाले संचालन गरेको उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवद्र्धन कार्यक्रममा महिलाहरुको आकर्षण बढदै गएको छ ।

 

एकीकृत प्रजनन स्वास्थ्य सेवा क्लिनिकमार्फत महिलाहरुको प्रजनन र  अन्य सबै प्रकारको समस्या निदान र उपचार हुन थालेपछि कार्यक्रमको लोकप्रियता बढेको हो ।

निजगढ नगरपालिकाले संचालन गर्दै आएको कार्यक्रमअन्तगत प्रतेक महिनाको पहिलो आइतवार निजगढस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शिवीरको आयोजना गरेर विशेषज्ञ चिकित्सकमार्फत नियमित रूपमा महिलाहरुको स्वास्थ्य परीक्षण र उपचार हुने गरेको छ । शिवीरमा गत असार महिनामा मात्रै ६८ जनाले सेवा लिएका थिए । यो संख्या विगतको तुलनामा बढी भएको कार्यक्रमकी फोकल पर्शन रामप्यारी गौतमले जानकारी दिइन् ।

अघिल्ला महिनाहरुमा शिवीरमा सरदर २०-२५ जनाले मात्रै सेवा लिने गरेका थिए । महिला स्वास्थ्यकर्मीहरुकै समुहले स्वास्थ्य परीक्षण र उपचार गर्ने भएकोले यो संख्या बढदै गएको उनले बताए । उनका अनुसार गत महिना १९ जनाको भिआई ए जाँच, ४ जनाको प्याप स्मेयर,  ४ जनाले रिङग पेसरी सेवा लिएका हुन । साथै १ जनाको बाँझोपनको उपचार अन्य रोगका ९ जनालाई थप उपचारको लागि रिफर गरिएको छ ।

त्यसैगरी पाठेघरको मुखमा मासु पलाएको १ जना र महिलाहरु सम्बन्धि अन्य समस्या भएका ३० जना महिलाहरूको परीक्षण गरी निशुल्क औषधी समेत प्रदान गरिएको छ । शिवीरमा नारायणी अस्पताल वीरगञ्जकी महिला तथा स्त्री रोग विशेषज्ञ डा. मन्जु रायले सेवा प्रदान गर्दै आएकी छिन् ।

हुन । इन्दीप कोइराला

 

एम्सटरडम, १२ साउन ।

नेदरल्यान्ड्स को तटमा एउटा कार्गो जहाजमा आगलागी हुँदा एक भारतीय चालक दलका सदस्यको मृत्यु भएको छ ।

 

सो दुर्घटनामा करिब २० जना घाइते भएका छन् । यो जहाजमा सामान बोकेका ३ हजार कार थिए । जहाजका मालिक जापानका शोई किसेनले जहाजमा रहेका २१ चालक दलका सबै सदस्य भारतीय रहेको बताए । उद्धारका लागि घटनास्थल पुगेका जहाजले आगो निभाउने प्रयास जारी राखेका छन् ।

 

डच समाचार एजेन्सी एएनपीका अनुसार आगो नियन्त्रणमा लिन धेरै दिन लाग्न सक्छ किनभने यसमा धेरै सामानहरू छन्। आगो निभाउन लगातार पानी छर्किए पनि पानी बढी भएकाले जहाज डुब्ने खतरा छ । जर्मनीबाट इजिप्ट जाँदै गरेको १९९ मिटर अग्लो पानामेनियन जहाज फ्रेमेन्टल हाइवेमा मंगलबार राति नेदरल्यान्ड्सको तटमा आगलागी भएको थियो ।

 

नेदरल्याण्ड्सस्थित भारतीय दूतावासले सामाजिक सञ्जालमा भनेको छ– यस दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृतकका आफन्तसँग सम्पर्कमा रहेकाले छिट्टै शव भारत पठाइने छ । दूतावासले दुर्घटनामा घाइते भएका २० जनासँग पनि सम्पर्कमा रहेको र उनीहरुलाई जहाज सञ्चालन कम्पनीसँग समन्वय गरी आवश्यक सबै सहयोग उपलब्ध गराइएको जनाएको छ ।

 

मालवाहक जहाजमा कसरी आगलागी भयो भन्ने कारण भने खुल्न सकेको छैन । यद्यपि, कोस्ट गार्डका प्रवक्ताले रोयटर्सलाई भने कि जहाजमा रहेका लगभग २५ कारहरू विद्युतीय थिए। यी मध्ये एकले आगो सुरु गरेको हुन सक्छ। जहाजमा आगो लाग्नेबित्तिकै चालक दलका सदस्यहरूले आफैं निभाउने प्रयास गरेका थिए। त्यसपछि रोटरडमबाट आगो निभाउने विशेषज्ञ बोलाइयो तर त्यतिन्जेल स्थिति अनियन्त्रित भइसकेको थियो ।

 

त्यसपछि धेरै चालक दलका सदस्य फसे पछि डरले पानीमा हाम फालेका थिए ।  उनीहरुको उद्धारका लागि डुङ्गा र हेलिकप्टरको प्रयोग गरिएको थियो । अहिले सबै घाइतेहरु खतरामुक्त रहेको र उनीहरुको उपचार भइरहेको छ ।

 

इस्लामबाद, १२ साउन ।

आजकल सीमापार प्रेम कथाहरु चर्चामा छन्।

 

पाकिस्तानी सीमा हैदर र भारतीय अन्जुको चर्चा परिचर्चा भईरहेको बेला  एक चिनियाँ महिलाको प्रेम कथा बाहिर आएको छ ।

 

पाकिस्तानी प्रहरीले बिहीबार एक चिनियाँ महिला आफ्नो प्रेमीलाई भेट्न खैबर पख्तुनख्वा प्रान्त पुगेकी बताएको छ । उनीहरुको सामाजिक सञ्जालमा भएको मित्रता प्रेममा परिणत भएको थियो ।

 

चिनियाँ महिलाको नाम सुन गाओ फेङ भनिएको छ, जो २१ वर्षकी छिन् र यी महिलाको प्रेमीको नाम जावेद हो । यी दुई प्रेमीहरूको विशेष कुरा के छ भने भरत अन्जुको फेसबुक प्रेमी खैबर पख्तुनख्वाको अपर दिर जिल्लामा बस्छन् र यी चिनियाँ महिलाको प्रेमी तल्लो दिर जिल्लामा बस्छन्।

 

मिडिया रिपोर्टका अनुसार चीनका गाओ फेङ तीन महिनाको पर्यटक भिसामा चीनबाट गिलगिट हुँदै सडक मार्गबाट ​​बुधबार इस्लामाबाद पुगेकी थिइन ।  प्रहरीका अनुसार जावेद मूल रूपमा खैबर पख्तुनख्वाको आदिवासी बाहुल्य क्षेत्रमा पर्ने बाजौर जिल्लाका बासिन्दा हुन्। अफगानिस्तानसँग सीमा जोडिएको बाजौर जिल्लाको सुरक्षा अवस्थाका कारण जावेदले ती महिलालाई गृह नगरको सट्टा तल्लो दिर जिल्लाको समरबाग तहसीलमा रहेको आफ्नो मामाको घरमा लगेका थिए।

 

प्रहरीले ती महिलाको यात्रा कागजात सही रहेको र जावेदसँग विवाह नगरेको बताएको छ । यद्यपि केही मिडिया रिपोर्टमा चिनियाँ महिलाले इस्लाम धर्म स्वीकार गरेको बताइएको छ । तल्लो दिरका जिल्ला प्रहरी अधिकारीले चिनियाँ महिलालाई सुरक्षा प्रदान गरिएको र सुरक्षाको चिन्ताका कारण उनको आवतजावतमा प्रतिबन्ध लगाइएको बताए। जावेद र फ्याङले सामाजिक सञ्जाल एप स्न्यापच्याटमा भेटे र तीन वर्षसम्म सम्पर्कमा रहे पछि उनीहरु गहिरो प्रेममा परेका थिए ।

रौतहट ,साउन ११ गते

रौतहट । उखु उत्पादक संघले गरुडा नगर पालिका स्थित श्रीराम सुगर मिल्स लिमिटेडको जग्गा विक्री सम्बन्धि चलखेल रोक्ने निर्णय गरेको छ ।
रौतहटको उखु किसानको ठुलो धरोहरको रुपमा रहेको सुगर मिल्सको जग्गा सम्बन्धित निकायसंग सहयोग लिई बिक्रीमा रोक लगाउने निर्णय भएको ऊखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए ।
ऊखु उत्पादक संघका अध्यक्ष अशोक यादवको अध्यक्षतामा गरूडामा भएको सर्वदलिय वैठकले श्रीराम सुगर मिल्स ९ चिनि मिल मेसिन० र जग्गा समेत बिक्री गर्न नदिने निर्णय गरेको हो ।
मिल्स व्यवस्थापन पक्षबाट विभीन्न किसिमको चलखेल भईरहेकोले रौतहटको किसान र व्यवसायी मिली यसलाइ रोक्न सम्बन्धीत निकायको ध्यानआकर्षण गराउने भएकोछ ।
स्थानिय सरकार,उखु उत्पादक संघ,उधोग वाणिज्यसंघ सहित विभिन्न संघ सस्था,विभिन्न राजनैतिक दलको नेता,युवा,किसान,समाजसेवीले रौतहटका धरोहर श्रीराम सुगर मिल्स ९ चिनिमिल मेसिन ० लाइ बचाउनको लागी एकजुट हुन आह्ववान गर्ने बैठकले निर्णय गरेको अध्यक्ष यादवले बताए ।
सो बैठकमा नेपाली कांग्रेसका नेता सुनिल कुमार यादव , नेकपा एसका नेता वृज किशोर यादव ,नेकपा एमालेका नेता रामजी साह,सहितका गरुडा नगरपालिका सबै वडा अध्यक्ष , स्थानिय समाजसेवी , व्यापारीको सो बैठकमा सहभागिता रहेको थियो ।

काठमाडौं, १२ साउन । हाल नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही  कोशी,  बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

 

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,  बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको  समेत सम्भावना रहेको छ ।

 

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी प्रदेशका केही स्थानहरूका साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

 

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । यस कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

काठमाडौ, ११ साउन ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नगद लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले बिहीबार सूचना प्रकाशित गर्दै बाँकी नगद लाभांश लिन आग्रह गरेको हो ।

कम्पनीको साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले आर्थिक वर्ष २०७४।०७५ सम्मको बाँकी रहेको नगद लाभांश बुझिलिन आग्रह गरेको छ ।

कम्पनीका अनुसार नगद लाभांश बुझिलिन बाँकी रहेका शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र शेयर रजिष्ट्रार एनएमबि क्यापिटलमा सम्पर्क गर्नुपर्नेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।