काठमाडौ, १२ साउन ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १००, टनेल गोलभेडा सानो ५६, घिउ सिमी लोकल २५, कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ४८, भारतीय आलु रातो ३६, लौका ५० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,गाजर १२०,बन्दा लोकल १० , मूला रातो ३०, भन्टा लाम्चो ३०, मकै बोडी ४०, टाटे सिमी ८०, ब्रोकाउली ७०, कागती १४० रुपैयाँ, भिण्डी रू ४०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ४०,तामा ११०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १४०,अनार ३०० रुपैयाँ, नासपाती ६०,आभोकाडो ५०० रुपैयाँ,कालो अंगुर ५००, किवि ८००, हरियो खुर्सानी अकबरे ३५० रुपैयाँ,रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा(मुंगरी) ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप १५०, हरियो धनिया ५०,लसुन हरियो ८०, खु्र्सानी सुकेको ४५०, नेपाली लसुन २००, चाइनिज लसुन २६०,रुख कटहर ३५, भेडे खु्र्सानी ७० मा कारोबार भइरहेको छ ।
मनिला, १२ असार ।
फिलिपिन्समा डुङ्गा पल्टिँदा २१ जनाको मृत्यु भएको छ भने ४० जनालाई जीबितै उद्धार गरिएको छ ।
राजधानी मनिलानजिकै बिहीबार एक यात्रु डुङ्गा पल्टिँदा २१ जनाको मृत्यु भएको फिलिपिन्सको स्थानीय प्रकोप निकायले जनाएको छ ।
बिनगोनान सहरका प्रकोप एजेन्सीका प्रमुख जोसे हर्नान्डेजले ४० जनाको उद्धार गरिएको बताए। उद्धार कार्य जारी छ।
यसैबीच, कोस्ट गार्डले भने कि तीव्र हावाको समयमा सबै यात्रुहरू डराए र एकतर्फ सरेका थिए, जसले गर्दा जहाज पल्टिएको थियो।
प्योङयाङ, १२ साउन ।
उत्तरी कोरियाली राष्ट्रपति किम जोङ र रुसी रक्षा मन्त्री बिचको भेटबार्तामा भेटेर सैन्य सहयोगका विषयमा छलफल भएको छ ।
उत्तर कोरियाली नेता किम जोङले कोरियाली युद्धको वार्षिकोत्सवको पूर्वसन्ध्यामा रुसी रक्षामन्त्री सर्गेई शोइगु र उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डललाई प्योङयाङमा भेटेका थिए ।
किम शोइगु राष्ट्रिय रक्षा र क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण सम्बन्धी आपसी सरोकारका मामिलाहरूमाू सहमत भए। दुई नेताबीच सैन्य सहयोगका विषयमा पनि छलफल भएको थियो ।
बैठक पछि किमले शोइगुलाई हतियार प्रदर्शनीमा पनि लगे, जहाँ उत्तर कोरियाका केही नयाँ हतियारहरू प्रदर्शनी गरिएको थियो । किमले सोइगुलाई देशको सैन्य क्षमता विस्तार गर्ने राष्ट्रिय योजनाबारे जानकारी गराएका छन् ।
मस्को, १२ साउन ।
रुसको साइबेरिया क्षेत्रमा बिहीबार एउटा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
एमआई– ८ हेलिकप्टर दक्षिणी साइबेरियामा अवतरण गर्ने क्रममा आगो लागेको र बिजुलीको लाइनमा ठोक्किएको रसियाको आपतकालीन मन्त्रालयको अल्ताई शाखाले जनाएको छ।
हेलिकप्टर निजी कम्पनीको थियो र पर्यटक बोकेको थियो । जहाजमा १२ जना यात्रु र तीनजना चालक दलका सदस्य रहेको बताइएको छ तर आपतकालीन अवस्था मन्त्रालयले जहाजमा जम्मा १३ जना यात्रु रहेको जनाएको छ ।
लमजुङ १२ साउन ।
बेसीशहर नगरपालिकाले बजार क्षेत्रमा रहेका अव्यवस्थित र प्रयोगमा नआएका केवल नेटवर्किङका तारहरु हटाउन सम्बन्धित संस्थालाई १५ दिने सूचना जारी गरेको छ ।
नगरपालिकाले अव्यवस्थित तारहरुले बजारको सौन्दर्यमा समस्या ल्याएको तथा मङ्गलबारका दिन देखि १५ दिनको म्याद दिएको हो ।
प्रमुख दलकाे सहभागितामामा बसेको बैठकले अव्यवस्थित तारहरु हटाउने निर्णय गरेको हो । बैठकमा भएको सोहि निर्णय अनुसार बेसीसहर नगरपालिकाको बजार क्षेत्रमा रहेका विजुली तथा टलिफोनका पोलमा अव्यवस्थित रुपमा रहेका पुराना तथा प्रयोगमा नआएका केवल तथा नेटवर्किङका तारहरुलाई १५ दिन भित्र हटाउन सम्वन्धित सबैमा सूचित गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमानाथ कंडेलले जानकारी दिएका छन् ।
यस सूचना पश्चात अव्यबस्थित तारहरु ब्यबस्थापनको कार्य शुरु हुने भएकोले यदी कोही कसैको विवरण नखुलेका तार तथा केवलहरु छुट्न गएमा वा काटिएमा सम्बन्धित संस्था वा व्यवसाय स्वयं जिम्मेवार हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाको हामी सबैको रहर सभ्य समृध्द बेसीसहर भन्ने नारा समेत रहेको छ ।
सदरमुकाम बेसीसहरमा अब्यबस्थित तारहरुको जालोहरु जताततै रहेको देखिन्छ । बेसीसहर सहित जिल्लाका अधिकांश बजार क्षेत्रमा तार ब्यबस्थापन एक चुनौतिका रुपमा रहेको पाईन्छ ।
कुबेत, १२ साउन ।
कुवेतमा सन् २०१५ को बम विस्फोटका दोषीसहित ५ जनालाई फाँसी दिइएको छ ।
कुवेत सरकारले सन् २०१५ मा मस्जिदमा बम विष्फोट गरेको अभियोगमा दोषी ठहर भएका इस्लामिक स्टेट (आईएस) पाँच जना कैदीलाई मृत्युदण्ड दिइएको हो ।
कुबेत सरकारले जनाए अनुसार सो विष्फोटमा २७ जनाको मृत्यु भएको थियो, जसको जिम्मा आइएसले लिएको थियो । कुवेतको सार्वजनिक अभियोजनले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय कारागारमा पाँच कैदीलाई फाँसी दिइएको जनाएको छ ।
यसरी फाँसी दिइएकोमा पाँच जनामा मस्जिदमा आक्रमण गर्ने तथा सो हत्यामा दोषी ठहर भएका तीन जना र लागूऔषध कारोबारीसमेत रहेका छन् ।
दमास्कस, १२ साउन ।
सिरियामा शिया तीर्थस्थललाई लक्षित गरी भएको बम विष्फोटमा छ ।
मुहर्रम अघि बिहीबार राति भएको सो बिष्फोटमा परी ६ जनाको ज्यान गएको छ भने २० भन्दा बढी घाइते भएका छन् ।
मिडिया रिपोर्टका अनुसार बम विष्फोट दमास्कसको ग्रामीण इलाकाको सैयदा जैनाब शहरमा गरिएको थियो। सईदा जैनाब शहरको कौ सौदान स्ट्रीटमा ट्याक्सी नजिकै विस्फोट भएको हो ।
सिरियाली गृह मन्त्रालयले एक विज्ञप्तिमा भन्यो कि , ‘बम विष्फोटपछि सुरक्षाकर्मीहरू विस्फोट भएको ठाउँमा पुगेका थिए र उद्धार कार्य सुरु गरेका थिए। मृतकको शव र घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ।’ सिरियाको सबैभन्दा प्रसिद्ध शिया तीर्थस्थल सैयदा जैनाब समाधि नजिकै पार्क गरिएको ट्याक्सीमा विष्फोट भएको गृह मन्त्रालयले जनाएको छ । सिरियाली सरकारले यसलाई आतंकवादी हमला भनेको छ।
यसअघि सिरियाको सरकारी टेलिभिजनले अज्ञात व्यक्तिले ट्याक्सीमा राखेको बमले विस्फोट गराएको बताएको थियो। सरकारी अधिकारीहरूले मिडियालाई भने कि उनीहरूले ठूलो विस्फोटको आवाज सुनेका थिए, त्यसपछि मानिसहरू भाग्न थाले। त्यसपछि एम्बुलेन्सहरू घटनास्थलमा पुगे र सुरक्षा बलहरूले क्षेत्रलाई घेरा हालेका थिए।
पैगम्बर मुहम्मदका नातिनी र हजरत इमाम अलीकी छोरी सैयदा जैनाबको चिहानबाट करिब ६०० मिटर टाढा सुरक्षा भवन नजिकै विस्फोट भएको उनले बताए। सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सिरियाको रुससँग चलिरहेको द्वन्द्वमा सिरियाली राष्ट्रपति बसर अल असदलाई समर्थन गर्ने इरानी मिलिशियाको स्थान नजिकै विस्फोट भएको बताएको छ।
काठमाडौ, १२ साउन ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जस्रअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्री दर १३१ रूपैयाँ ४० पैसा तथा युराेपियन युरो एकको खरिद दर १४५ रूपैयाँ ७० पैसा र बिक्री दर १४६ रूपैयाँ ३७ पैसा कायम गरिएकाे छ । हिजो डलरको खरिद दर १३० रूपैयाँ ९० पैसा र बिक्री दर १३१ रूपैयाँ ५० पैसामा तथा युरो एकको खरिद दर १४५ रूपैयाँ ०६ पैसा र बिक्री दर १४५ रूपैयाँ ७३ पैसामा काराेबार भएकाे थियाे ।
बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ६१ पैसा र बिक्री दर १७० रूपैयाँ ३९ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८८.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.३३ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७१ पैसामा खरिदबिक्री हुनेछ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ २२ पैसा र बिक्रीदर १० रूपैयाँ २७ पैसामा काराेबार हुनेछ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९१ पैसा र बिक्री दर ३६ रूपैयाँ ०७ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.८७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.९३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.६ रुपैयाँमा खरिद बिक्रीकाे अनुमति दिएकाे छ । साथै, कुवेत दिनार १ को खरिदमूल्य ४२६.४२ पैसा विक्रीदर ४२८.३८ पैसा कायम गरिएकाे छ ।
बारा, १२ असार ।
निजगढ नगरपालिकाले संचालन गरेको उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवद्र्धन कार्यक्रममा महिलाहरुको आकर्षण बढदै गएको छ ।
एकीकृत प्रजनन स्वास्थ्य सेवा क्लिनिकमार्फत महिलाहरुको प्रजनन र अन्य सबै प्रकारको समस्या निदान र उपचार हुन थालेपछि कार्यक्रमको लोकप्रियता बढेको हो ।

निजगढ नगरपालिकाले संचालन गर्दै आएको कार्यक्रमअन्तगत प्रतेक महिनाको पहिलो आइतवार निजगढस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शिवीरको आयोजना गरेर विशेषज्ञ चिकित्सकमार्फत नियमित रूपमा महिलाहरुको स्वास्थ्य परीक्षण र उपचार हुने गरेको छ । शिवीरमा गत असार महिनामा मात्रै ६८ जनाले सेवा लिएका थिए । यो संख्या विगतको तुलनामा बढी भएको कार्यक्रमकी फोकल पर्शन रामप्यारी गौतमले जानकारी दिइन् ।

अघिल्ला महिनाहरुमा शिवीरमा सरदर २०-२५ जनाले मात्रै सेवा लिने गरेका थिए । महिला स्वास्थ्यकर्मीहरुकै समुहले स्वास्थ्य परीक्षण र उपचार गर्ने भएकोले यो संख्या बढदै गएको उनले बताए । उनका अनुसार गत महिना १९ जनाको भिआई ए जाँच, ४ जनाको प्याप स्मेयर, ४ जनाले रिङग पेसरी सेवा लिएका हुन । साथै १ जनाको बाँझोपनको उपचार अन्य रोगका ९ जनालाई थप उपचारको लागि रिफर गरिएको छ ।

त्यसैगरी पाठेघरको मुखमा मासु पलाएको १ जना र महिलाहरु सम्बन्धि अन्य समस्या भएका ३० जना महिलाहरूको परीक्षण गरी निशुल्क औषधी समेत प्रदान गरिएको छ । शिवीरमा नारायणी अस्पताल वीरगञ्जकी महिला तथा स्त्री रोग विशेषज्ञ डा. मन्जु रायले सेवा प्रदान गर्दै आएकी छिन् ।
हुन । इन्दीप कोइराला
एम्सटरडम, १२ साउन ।
नेदरल्यान्ड्स को तटमा एउटा कार्गो जहाजमा आगलागी हुँदा एक भारतीय चालक दलका सदस्यको मृत्यु भएको छ ।
सो दुर्घटनामा करिब २० जना घाइते भएका छन् । यो जहाजमा सामान बोकेका ३ हजार कार थिए । जहाजका मालिक जापानका शोई किसेनले जहाजमा रहेका २१ चालक दलका सबै सदस्य भारतीय रहेको बताए । उद्धारका लागि घटनास्थल पुगेका जहाजले आगो निभाउने प्रयास जारी राखेका छन् ।
डच समाचार एजेन्सी एएनपीका अनुसार आगो नियन्त्रणमा लिन धेरै दिन लाग्न सक्छ किनभने यसमा धेरै सामानहरू छन्। आगो निभाउन लगातार पानी छर्किए पनि पानी बढी भएकाले जहाज डुब्ने खतरा छ । जर्मनीबाट इजिप्ट जाँदै गरेको १९९ मिटर अग्लो पानामेनियन जहाज फ्रेमेन्टल हाइवेमा मंगलबार राति नेदरल्यान्ड्सको तटमा आगलागी भएको थियो ।
नेदरल्याण्ड्सस्थित भारतीय दूतावासले सामाजिक सञ्जालमा भनेको छ– यस दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृतकका आफन्तसँग सम्पर्कमा रहेकाले छिट्टै शव भारत पठाइने छ । दूतावासले दुर्घटनामा घाइते भएका २० जनासँग पनि सम्पर्कमा रहेको र उनीहरुलाई जहाज सञ्चालन कम्पनीसँग समन्वय गरी आवश्यक सबै सहयोग उपलब्ध गराइएको जनाएको छ ।
मालवाहक जहाजमा कसरी आगलागी भयो भन्ने कारण भने खुल्न सकेको छैन । यद्यपि, कोस्ट गार्डका प्रवक्ताले रोयटर्सलाई भने कि जहाजमा रहेका लगभग २५ कारहरू विद्युतीय थिए। यी मध्ये एकले आगो सुरु गरेको हुन सक्छ। जहाजमा आगो लाग्नेबित्तिकै चालक दलका सदस्यहरूले आफैं निभाउने प्रयास गरेका थिए। त्यसपछि रोटरडमबाट आगो निभाउने विशेषज्ञ बोलाइयो तर त्यतिन्जेल स्थिति अनियन्त्रित भइसकेको थियो ।
त्यसपछि धेरै चालक दलका सदस्य फसे पछि डरले पानीमा हाम फालेका थिए । उनीहरुको उद्धारका लागि डुङ्गा र हेलिकप्टरको प्रयोग गरिएको थियो । अहिले सबै घाइतेहरु खतरामुक्त रहेको र उनीहरुको उपचार भइरहेको छ ।