२०८३ बैशाख १२
२०८३ बैशाख १२

 

लमजुङ १२ साउन ।

जिल्ला प्रशासन कार्यालय राष्ट्रिय परिचयपत्र वितरण शुरू गरेकाे छ । १ साउन २०७७ देखि लमजुङमा राष्ट्रिय परिचय पत्रकाे फारम भर्न थालिएकाेमा तीन वर्षपछि परिचयपत्र वितरण थालिएकाे हाे ।

 

जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबारबाट परिचय पत्र वितरण थालेकाे हाे ।  प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले एक अनाैपचारिक कार्यक्रमबीच बेसीशहर नगरपालिका-८ का ज्येष्ठ नागरिक प्रेमलाल श्रेष्ठ र बालचन्द्र श्रेष्ठलाइ परिचयपत्र हस्तान्तरण गरी परिचयपत्र वितरण शुरू गरेका हुन् ।

लमजुङबाट बुधबारसम्म १ लाख ३५१ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयबाट १७ हजार ६९१ जना महिला र २२ हजार २१४ जना महिला गरी ३९ हजार ९०५ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् ।

 

त्यस्तै कार्यालयले विभिन्न पालिकामा गत माघ ४ गतेदेखि वैशाख मसान्तसम्म सञ्चालन गरेकाे घुम्ती अभियानका क्रममा ६० हजार ४४६ जनाकाे आवेदन संकलन गरिएकाे थियाे । तीमध्ये २०७७ सालमा आवेदन दिएका २ हजार ४ सय ८७ जनाकाे परिचयपत्र बनेर आएकाे प्रजिअ अधिकारीले जानकारी दिए ।

कार्यालयबाट परिचय पत्रका लागि आवेदन दिएका र परिचय पत्र तयार भईसकेका सेवाग्राहीकाे माेबाइलमा सन्देश पठाएर जानकारी दिने व्यवस्था मिलाइएकाे छ । यसका आधारमा सेवाग्राहीहरूले कार्यालयमा गएर परिचयपत्र लिन सक्नेछन् । परिचयपत्र लिनका लागि सबन्धित ब्यक्ति स्वयं विवरण संकलनका बेला कार्यालयबाट दिईएको विवरण प्रतिलिपि लिएर उपस्थित हुनुपर्ने  प्रजिअ अधिकारीले बताए ।

 

सप्तरी, १२ साउन ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७, मंसापुरमा एक युवकको शव फेला परेको छ । शुक्रबार बिहान  हनुमाननगर कंकालिनी नगरपालिका–१०, इनर्वाका २२ वर्षीय तीर्थनारायण मण्डलको शव भेटिएको प्रहरीले जनाएको छ ।

 

गम्भीर घाइते अवस्थामा भेटिएका हनुमानगर कंकालिनी–१० कै अजय मण्डललाई  उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको छ ।

 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

काठमाडौ, १२ साउन ।  

चालु साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासंघको अनुसार अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला ८०० रुपैयाँ बढेर रेकर्ड नजिक पुगेको सुनको मूल्य शुक्रबार प्रतितोला ९०० रुपैयाँ घटेको हो।

अघिल्लो दिन प्रतितोला १ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार ९०० रुपैयाँले घट्दै १ लाख १२ हजार ६ सय रुपैयाँमा झरेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९०० रुपैयाँले नै घट्दै १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

यता चाँदीको मूल्य पनि शुक्रबार तोलामा ४० रुपैयाँले घटेको छ । शुक्रबार चाँदी १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।

 

काठमाडौं, १२ साउन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिमा गलत ‘कल्चर’ बसाउन खोजिएकोप्रति असन्तुष्टि जनाएका छन् ।

साताव्यापी इटालीको भ्रमण सकेर स्वदेश फर्किएपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्राधनमन्त्री प्रचण्डले स्पष्टीकरणको मौका नै नदिई राजीनामा माग्ने राजनीतिक ‘कल्चर’ बसाउन खोजिएको बताए ।

एक सय किलो सुन बरामद प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै सदन अवरुद्ध गरेको सन्दर्भलाई लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरणको मौकासमेत नदिएर राजीनामा माग्ने राजनीतिक ‘कल्चर’ बसाउन खोजिएको टिप्पणी गरेका हुन् ।

‘राजनीतिक उद्देश्यको निम्ति हत्त न पत्त प्रधानमन्त्रीको राजीनामा मागिहाल्ने, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने, गृहमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्न खोजेको छ, त्यो राम्रो होइन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्रीको स्पष्टीकरण दिने मौका पनि नदिई राजीनामा दिने भए देऊ नत्र सदन चल्न दिँदैनौँ भनेर पहिल्यै घोषणा गर्ने राजनीति कल्चरले हामीलाई राम्रो ठाउँतिर लाँदैन ।’

विभागीय मन्त्रीको संरक्षणविना विमानस्थलबाट ठूलो परिणाममा सुन आयात हुन नसक्ने भन्दै एमालेले अर्थमन्त्री डा. प्रकाशरण महत र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै सदन अवरुद्ध गरेको थियो । यसप्रति पनि प्रधानमन्त्री  प्रचण्डले असन्तुष्टि व्यक्त गरेका हुन् । केही साताअघि एमालेले विवादास्पद अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेको थियो ।

आफ्नो इटानी भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले दिएको बुँदागत  जानकारी  :

 

1. संयुक्त राष्ट्रसंघ, इटाली सरकार र रोमस्थित खाध्य तथा कृषि संगठन (FAO), विश्व खाध्य कार्यक्रम (WFP) र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (IFAD) द्वारा यही २०२३ जुलाई २४ देखि २६ सम्म ईटालीको रोममा आयोजित The United Nations Food Systems Summit +2 Stocktaking Moment मा नेपालको प्रतिनिधित्व गरी भर्खरै फर्केको यस अवसरमा यहाँहरुसंग सो सम्मेलनमा नेपालको सहभागिता र सम्मेलनको अवसरमा भएका द्विपक्षीय भेटघाटका सम्बन्धमा कुरा राख्न पाउँदा खुशी लागेको छ l

 

2. सन् २०२१ को नोभेम्बेरमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा virtual रुपमा आयोजित The United Nations Food Systems Summit, जसमा नेपालका तर्फबाट तत्कालिन प्रधानमन्त्रीले भागलिनु भएको थियो, एवं दीगो विकास सम्बन्धी Agenda २०३० द्वारा अभिव्यक्त दिगो कृषि विकास, खाध्य सुरक्षा, पर्याप्त र स्वस्थ्यकर खाध्यमा  पहुँच, भोकमरीको अन्त्य लगायत समग्र कृषि विकास प्रणालीमा हामीले हासिल गरको प्रगति, हामीलाई प्राप्त अवसर, हाम्रा सामु देखिएका चुनौतीका सम्बन्धमा अनुभवको आदान प्रदान, छलफल र मुल्यांकन गरी अबको गन्तब्य (the way forward) निर्धारण गर्ने उद्देश्यले आयोजना गरिएको यस महत्वपूर्ण सम्मेलनमा नेपालको सहभागिता अत्यन्त सक्रिय, यथार्थमा भन्दा देखिने तथा अनुभूत हुनेगरी सक्रिय, रहेको व्यहोरा म यहाँहरुलाई अवगत गराउन चाहन्छु l

 

3. उक्त अवसरमा July २४ मा सम्पन्न सम्मेलनको उद्घाटन समारोह (official opening) मा नेपालको सरकार प्रमुख तथा अतिकम विकसित राष्ट्र (LDCs) को Chair का हैसियतमा सम्बोधन गर्नुका साथै July २५ मा आयोजित सम्मेलनको अत्यन्त महत्वपूर्ण सत्रको रुपमा हेरिएको Food Systems Transformation in Practice – Successes, Challenges and the Way Forward मा मैले नेपालको प्रतिनिधित्व गर्दै Key Speaker को रुपमा सम्बोधन गरेको यहाँहरुलाई अवगत गराउन चाहन्छु l साथै, सम्मेलनको अर्को महत्वपूर्ण सत्र (Plenary Session on School Meal) लाई पनि नेपालको सरकार प्रमुखको हैसियतमा मैले सम्बोधन गरें l माननीय कृषि मन्त्री लगायत मेरो प्रतिनिधिमण्डलका अन्य सदस्यहरुको पनि सम्मेलनका अन्य सत्रहरूमा सक्रिय सहभागिता रहेको थियो l

 

4. २४ July मा सम्पन्न उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा मैले खाध्य सुरक्षा; पर्याप्त, सुरक्षित र स्वस्थ्यकर खाध्यमा सहज पहुँच; दीगो कृषि विकास, गरिवी निवारण, भोकमरीको अन्त्य लगायतका Agenda – 2030 ले निर्देश गरेका उद्देश्य प्राप्त गर्नमा अतिकम विकसित राष्ट्रहरुले भोग्नु परेका समस्याहरु LDCs को Chairman को हैसियतमा अन्तर्राष्ट्रिय समुदाय समक्ष राखें l साथै, अति कम विकसित मुलुकहरुका करोडौंको संख्यामा रहेका जोखिममा परेका नागरिकहरुलाई आशाको दियो संचार गर्नको लागि अन्तर्राष्ट्रिय समुदायले सामुहिक प्रतिवद्दता देखाउनुपर्ने खाँचो पनि प्रष्ट पारेको छु l विश्व व्यापी रुपमा देखा परेको जलवायु परिवर्तनलाई थेग्ने दीगो र भरपर्दो उत्पादकत्व वृद्धिका लागि विशेष गरि साना कृषकको लागि प्रविधि, मल, बजार, पुंजीमा सहज पहुँचको सुनिश्चितता गर्न आवश्यक रहेको विषयलाई जोडदार रुपमा राखेको छु l उद्घाटन सत्रमा संयुक्त राष्ट्रसंघका महासचिव, आयोजक मुलुक इटालीका प्रधानमन्त्री तथा अन्य मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुले समेत सम्बोधन गर्नु भएको थियो l

 

5. सोही दिन बिहान आयोजित School Meals संग सम्बन्धित Plenary Session मा बोल्दै मैले School Meal का सम्बन्धमा नेपाल सरकारबाट भएका प्रयासहरु अन्तर्राष्ट्रिय समुदाय समक्ष राखेको थिएँ l यहाँहरुलाई अवागत नै छ School Feeding मा नेपालको अनुभव यथार्थमा नै सफल अनुभव हो l नेपाल सरकार र WFP को सहकार्यमा संचालित यस कार्यक्रमबाट ३३ लाख भन्दा बढी बालबालिका लाभान्वित भएका छन् l यो कार्यक्रमबाट बिद्यार्थीहरुको भर्ना संख्या, हाजिरी, र उनीहरुको सिकाईको स्तरमा उल्लेख्य परिबर्तन आएको छ l गत पांच बर्षमा हामीले दिवा खाजा कार्यक्रमको बजेटमा चार गुणाले वृद्धि गरेका छौं l यसै वर्ष पनि यो तथ्यलाई आत्मसात गर्दै शिक्षा क्षेत्रको सम्पूर्ण बजेटको ६ प्रतिशत यस कार्यक्रमकालागी छुट्टयाइएको छ l यस क्षेत्रमा नेपालले लिएको अग्रसरता प्रति अन्तर्राष्ट्रिय जगतले प्रसंशा गरेको छ l साथै, WFP ले यस क्षेत्रमा थप सहयोग गर्ने तत्परता व्यक्त गरेको छ l

6. यो सम्मेलनको अत्यन्त महत्वपूर्ण सत्रको रुपमा लिइएको Food Systems Transformation in Practice – Successes, Challenges and the Way Forward, जुन दोश्रो दिनको बिहान आयोजना भएको थियो, सो Plenary Session लाई मैले Key Note Speaker को रुपमा सम्बोधन गरें l सो क्रममा मैले यो सम्मेलनले सन् २०२१ मा आयोजित Food Systems Summit पश्चात समग्र खाध्य प्रणाली तथा कृषि क्षेत्रको विकासमा भएका कार्यहरुको समिक्षा गर्दै अबको बाटो तय गर्न हामीलाई मार्गदर्शन गर्ने कुरा व्यक्त गरें l मैले अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको संविधान (धारा ३६) ले प्रत्याभूत गरेको सम्पूर्ण नेपालीको खाद्य सम्बन्धी हक सुनिश्चित गर्न सरकार दृढ रहेको र सरकारले Food System Transformation Strategic Plan 2022-2030 तयार गरेको र त्यसलाई प्राथमिकताका साथ् कार्यन्वयनमा लैजाने धारणा व्यक्त गरें l कृषि उत्पादकत्व वृद्धि गर्ने, स्थानीय कृषिलाई support गर्ने storage system सुधार गर्ने र कृषि पूर्वाधार विकासको लागि public-private partnership मा जोड दिने जस्ता विषयहरु उक्त रणनीतिक योजनामा समाविष्ट भएको बारे अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराएँ l

7. औपचारिक कार्यक्रमहरुका अतिरिक्त सम्मेलनका दौरानमा अत्यन्त महत्वपूर्ण द्विपक्षीय भेटबार्ता तथा संवादहरू भएका छन् l  सम्मेलनको sidelines मा संयुक्त राष्ट्रसंघका महासचिव महामहिम Antonio Guterres संग भेटघाट तथा छलफल भएको यहाँहरुलाई अवगत गराउन चाहन्छु l सो अवसरमा संयुक्त राष्ट्रसंघ र नेपालबीचको सहकार्य तथा सहयोग, विश्व शान्तिमा नेपालले पुर्याएको योगदान, multilateralism, climate change, गरिवी निवारण तथा खाध्य सुरक्षा जस्ता विषयमा छलफल भएको थियो l उक्त अवसरमा मैले उहाँलाई उपयुक्त समयमा नेपाल भ्रमण गर्नका लागि निमन्त्रणा समेत गरेको छु l र, सो निमन्त्रणालाई उहाँले सहर्ष स्वीकार गर्नु भएको छ l उहाँ नेपाल प्रति चासोका साथ् जानकारी राख्ने शुभ चिन्तक रहेको बारे यहाँहरुलाई जानकारी नै छ l

 

8. यसै गरी, खाध्य तथा कृषि संगठन (FAO) का Director General Dr. Qu Dongyu, विश्व खाध्य कार्यक्रम (WFP) का Executive Director Ms. Cindy Hensley McCain, र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (IFAD) का President  Dr. Alvaro Lario संग समेत भेटघाट तथा छलफल भयो l उक्त छलफलहरु नेपालको ती संगठनहरुसंगको सहयोग तथा विकास साझेदारी, नेपालमा ती संगठनहरुको सहयोगमा संचालित आयोजनाहरुको कार्यन्वयन, नेपालको कृषि विकास, ग्रामिण विकास, खाध्य सुरक्षा, गरिवी निवारण तथा ती संगठनहरु अब हुने साझेदारी तथा सहयोगका सम्बन्धमा केन्द्रित रहेका थिए l यहाँहरुलाई अवगत नै छ FAO, WFP, IFAD तीनै संगठनले नेपालको कृषि विकास, ग्रामिण विकास, खाध्य सुरक्षा, गरिवी निवारण, महिला किसानहरुको जीवनस्तर सुधार जस्ता विषयमा लामो समयदेखि नेपालसंग सहकार्य गर्दै आएका छन् l

 

9. सम्मेलनको दौरानमा मेरो बांगलादेशका प्रधानमन्त्री महामहिम Sheikh Hasina संग महत्वपुर्ण द्विपक्षीय भेटघाट भएको छ l यहाँहरुलाई अवागत नै छ नेपाल र बांगलादेशबीच अत्यन्त सुमधुर र मैत्रीपुर्ण सम्बन्ध रही आएको छ l सो भेटघाटमा नेपाल र बांगलादेशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग, क्षेत्रीय सहयोग, अन्तर्राष्ट्रिय मंचहरुमा नेपाल र बांगलादेशबीचको सहकार्य जस्ता बिषयहरुमा हार्दिक र सौहार्दपूर्ण छलफल भएको थियो l यहाँहरुलाई ज्ञात नै छ बांगलादेश सरकार नेपालमा उत्पादित जलबिध्युत खरिद गर्न इच्छुक रहेको छ l आर्थिक अन्तरनिर्भरताको यो अत्यन्त महत्वपूर्ण आयाम अब कार्यान्वयनको चरणमा रहेको छ l हालै मैले गरेको छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणका क्रममा नेपालले भारतीय भुमि भएर नेपालको जलबिध्यूत बांगलादेशमा निर्यात गर्ने सहमति भएको छ l त्यसलाई यथाशीघ्र औपचारिकता दिई जलबिध्यूत निर्यातको ढोका खोल्ने हाम्रो प्रयासले सार्थकता पाउँदै छ l बांगलादेशका प्रधानमन्त्रीसंग यो विषयमा अत्यन्त महत्वपूर्ण कुराकानी भएको छ l

 

10. भ्रमणकै क्रममा मैले NRNA, Italy द्वारा आयोजित कार्यक्रममा भाग लिई  त्यहाँ रहेका नेपाली समुदायसंग विभिन्न विषयमा छलफल गरेको व्यहोरा समेत अवगत गराउन चाहन्छु l नेपाली समुदायका तर्फबाट केही महत्वपूर्ण विषयहरुमा सहजीकरण गरिदिनका लागि सरकारलाई आग्रह भएको छ l ती विषयहरू समाधान गर्न सकेमा विदेशमा बस्ने नेपालीहरूलाई सहज सेवा पुग्ने, नेपालको निर्यात बढ्ने र नेपाल र मित्रराष्ट्रहरुबीच सम्बन्ध थप सुमधुर हुने मैले विश्वास लिएको छु l

 

11. यो सम्मेलनमा म अत्यन्त व्यस्त रहें l सम्मेलनको पहिलो दिन त बिहान ९ बजे देखि बेलुका ९ बजे सम्म करिब १२ घण्टा FAO को परिसर भित्र सम्मेलनमा सहभागिता र बैठकहरुमा व्यस्त रहें l केही बचेको समयमा समेत ईटालीले आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा गरेको विकासको अवलोकन गरेको छु l प्लेनमा चढ्नु भन्दा केही समय अगाडि मात्रै रोमको Olimpico Football Stadium को अवलोकन गरें l

 

12. यसरी सम्मेलनमा देखिएको नेपालको सक्रिय सहभागिता र सम्मेलनको दौरानमा भएका महत्वोपूर्ण भेटघाटहरु बाट यो भ्रमणलाई मैले एउटा सफल भ्रमणको रुपमा लिएको छु l समग्रमा यो भ्रमणबाट अन्तर्राष्ट्रिय मन्चमा, अझ विशेष गरी संयुक्त राष्ट्रसंघीय मंचहरुमा नेपालको छबि एक स्वतन्त्र सार्वभौम, संयुक्त राष्ट्रसंघ र समग्र multilateralism प्रति प्रतिवद्ध मुलुकको रुपमा अझ बढी मुखरित हुन पुगेको मैले विश्वास लिएको छु l

 

काठमाडाैं, १२ साउन ।

आजदेखि नेपाली चलचित्र ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । देशभरका हलमा एक सयभन्दा बढि शो सङ्ख्या प्रदर्शन भइरहेको चलचित्रलाई पहिलो सातामा हेरेका दर्शक तथा विशिष्ट व्यक्तिमार्फत् प्राप्त प्रतिक्रियाले दर्शक बढाउन मद्दत गरेको छ । अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेकाे चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

 

अभिनेत्री कार्कीले निर्वाह गरेको पात्रले समाजमा सकारात्मक संदेश प्रवाह गरेको प्रतिक्रिया दर्शकले दिएका छन् । चलचित्र हेर्न आएका अधिकाँस दर्शकले अभिनेत्री कार्की जस्तैछोरी भएमा समाज रुपान्तरण हुने भनाई राखे ।

 

डेब्यु चलचित्रमार्फत नै पाइरहेको प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको अभिनेत्री कार्कीले बताइन् । ‘मेरो कामले नै मलाई प्रमाणित गरेको छ । यो खुसीको कुरा हो । ठूला र स्थापित कलाकारसँग काम गर्दा असहजता महसुश नभएको होइन, यद्यपि मैले उहाँहरुको अनुभवलाई अभिनयमा प्रयोग गरें’, अभिनेत्री कार्कीले भनिन् ।

 

स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा बनेको हो । ‘बगान’का निर्माता तथा गीतकार सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ ।

 

ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । यसको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गरिरहेको छ ।

 

काठमाडौं, १२ साउन ।

राष्ट्रपति रामचन्द्र पौडेलल पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् । शुक्रबार बिहान ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरको दर्शन गरेका राष्ट्रपति पौडेलले पाटनमै रहेका सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन दरबार संग्रहालयको अवलोकन गरेका छन् ।

 

पाटन दरबार क्षेत्रमा पुग्दा राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वागत गरेका थिए ।

 

काठमाडौं, १२ साउन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् ।

 

सात दिने लामो इटली भ्रमण पछि उनी शुक्रवार बिहान स्वदेश फर्किएका हुन । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित  ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन सात दिन अघि गएका प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका हुन ।

 

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत साउन ६ गते इटली गएका प्रधानमन्त्री दाहालले  ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई  सम्बोधन गरेका थिए । साथै, सो क्रममा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिना, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस, विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकन, विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यू बिचमा भेटबार्तासमेत भएको थियो ।

प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउतलगायतको सहभागिता रहेको थियाे ।

 

काठमाडौ, १२ साउन ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिनर्जी पावर डेभलपमेन्ट र मल्टिपर्पस फाइनान्स कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । सिनर्जीको ५० प्रतिशत हकप्रद सेयरमा भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य २५५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य २०३ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

 

हकप्रद बिक्रीका लागि यसले शुक्रबार बुक क्लोज गर्ने भएको छ । यसआधारमा आज बिहीबार साउन ११ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

 

सिनर्जी पावरले २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा हकप्रद बिक्री गर्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि सिनर्जीको चुक्ता पुँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।

 

गौर, १२ साउन ।

गौर हत्याकाण्डको छानबिनकाे मागलाई लिएर रौतहट जिल्लामा नेकपा माओवादी केन्द्र बिभाजित भएको छ ।

 

उक्त हत्याकाण्डका बिषयलाई लिएर पछिल्लो समयमा जिल्लामा आन्दोलन र जुलुस जारी रहदाँ रौतहटमा भने माओवादी बिभाजित भएको हो ।

 

जिल्लाको एउटा समुहले सत्तारुढ ६ दलीय मोर्चामा बसेर आन्दोलन गरे पछि जिल्ला इन्चार्ज समिर भट्टराईले सो आन्दोलनमा आफनो पार्टीको संलग्नता नभएको प्रस्टाएका छन् । गौरमा केही दिन अघि माओवादी केन्द्रको ब्यानर’ सहित आन्दोलन सुरू भए पछि त्यसमा आफनो पार्टीको संलग्नता नरहेको उनको भनाई छ ।

 

‘आज भन्दा १७ बर्ष अगाडी भएको अमानवीय र क्रुर गौर हत्याकाण्डको बिषयलाई लिएर केही दिन देखी रौतहटको गौरमा भईरहेको ६ दलीय संघर्ष समितिको नाममा धर्ना, जुलुस, बिज्ञप्ति र ज्ञापनपत्रको दोहोरी चलिरहेको यो आन्दोलनमा हाम्रो पार्टीको कुनै प्रकारको संलग्नता नरहेको जानकारी गराउँछु,’ उनले बिज्ञप्ति जारी गर्दै भनेका छन, ‘गौर हत्याकाण्ड माओवादी आन्दोलनले शान्तिपुर्ण राजनीतिक बाटो समातेपछि सबैभन्दा ठुलो कार्यकर्ताको क्षति ब्योहोरेको अमानवीय र निन्दनीय घटना भएकाले दोषीलाई हदैसम्मको कानुनी कारबाही हुनुपर्छ भन्ने कुरा प्रति हाम्रो पार्टी दृढ रहेको कुरा जानकारी गराउन चाहान्छौं, साथै आम जनता, सञ्चारकर्मी तथा पार्टी पंक्तिका मित्रहरुलाई भ्रम पार्ने र भ्रमित हुने कार्य प्रति सतर्क रहनु हार्दिक अनुरोध गर्दछ ।’

आम जनता पार्टीले गौर हत्याकाण्डको दोषीलाई कारबाही गर्न माग गर्दै साउन पहिलो साता प्रदर्शन गरेको थियो । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रभु साहको नेतृत्वमा सो आन्दोलन भए पछि सत्तारुढ दलले त्यसको काउन्टरमा ‘प्रभु साहलाई पक्राउ गर्नुपर्ने’ भन्दै आन्दोलन सुरु गरेको थियो । ६ दलीय सत्तारुढ गठबन्धनले गरेको साह बिरूद्दकाे आन्दोलनमा माओवादी केन्द्रको पनि ब्यानर राखिए पछि भट्टराईले सो आन्दोलनमा आफनो पार्टीको संलग्नता नभएको प्रस्टाएका हुन ।

 

तर, सत्तारुढ गठबन्धनको आन्दोलनमा माओवादीको कुन तहका नेताहरु सहभागी छन ? भन्ने उनले बिज्ञप्तिमा भने खुलाएका छैनन् ।

 

मुम्बई, १२ साउन ।

प्रभास साउथका सुपरस्टार हुन् । उनको देश तथा विदेशमा फ्यान फलोइङ अत्याधिक छ ।

 

यसैबीच प्रभास सामाजिक सञ्जालमा खासै सक्रिय छैनन् । उनले आफ्नो फेसबुक र इन्स्टाग्राम अकाउन्ट मात्र आफ्ना आगामी फिल्महरूको बारेमा अपडेटहरू साझा गर्न प्रयोग
गर्छन्। उनीहरु आफ्नो व्यक्तिगत जीवनको कुनै पनि अपडेट सामाजिक सञ्जालमा शेयर गर्दैनन् । यी सबैको बीचमा प्रभासको फेसबुक पेज ह्याक भएको ठूलो खबर आइरहेको छ । यो जानकारी अभिनेता स्वयंले दिएका छन् ।

अभिनेताको फेसबुक पेज शुक्रबार जुलाई २७ को रातमा ह्याक भएको थियो। ह्याकरहरूले उनको फेसबुकबाट ‘अनलकी ह्युमनू र बल फेल अराउन्ड द वल्र्ड शीर्षकका दुई भाइरल भिडियोहरू साझा गरेका थिए। पछि प्रभासले आफ्नो पेज हयाक भएको पुष्टि गरे। उनले इन्स्टाग्राम स्टोरीमा लेखेका छन्, ‘सबैलाई नमस्कार, मेरो फेसबुक पेज हयाक भएको छ। टोलीले समाधान गरिरहेको छ।’

प्रभासका फ्यानहरूलाई केही गडबड भएको आशंका थियो र उनीहरूले तुरुन्तै प्रभासको सोशल मिडिया टोलीको अगाडि यो कुरा उठाए। ह्याकिङको बारेमा थाहा पाएपछि प्रभासको टोली सक्रिय भयो र आधिकारिक खाता पुनः प्राप्त गर्न कदम चाल्यो। यसपछि फ्यानहरूले ठूलो राहतको सास फेरेका छन । प्रभासको फेसबुक पेजमा २४ मिलियन भन्दा बढी फलोअर्सको साथ ठूलो फ्यान आधार छ। जबकि प्रभास एसएस राजामौलीलाई मात्र फलो गर्छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।