जनकपुर, १८ साउन ।
जनकपुर हाता भित्रका अस्पतालले लिन शुल्कको बिवरण बुझाउनु पर्ने भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले ५ दिन भित्र अस्पतालले लिन गरेको शुल्कको बिवरण बुझाउन निर्देशन दिएको हो ।
‘यस उपमहानगरपािलका क्षेत्र भित्र सञ्चालनमा रहेको सम्पुर्ण नीजि स्वास्थ्य संस्थाहरूले सेवाग्राहीसँग लिइने सम्पुर्ण शुल्कहरू पाँच दिन भित्र लिखित पत्रसहित पेश गर्न हुनु जानकारी गराइन्छ’ बरिष्ठ उपसचिव मेहीलाल यादवले जारी गरेको पत्रमा भनिएको छ । उनका अनुसार जनकपुरधामका स्वास्थ्य संस्थाले २२ साउन भित्र सम्पुर्ण बिवरण पेश गर्नु पर्नेछ ।
जनकपुर, १८ साउन ।
जनकपुर हाता भित्रका अस्पतालले लिन शुल्कको बिवरण बुझाउनु पर्ने भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले ५ दिन भित्र अस्पतालले लिन गरेको शुल्कको बिवरण बुझाउन निर्देशन दिएको हो ।
‘यस उपमहानगरपािलका क्षेत्र भित्र सञ्चालनमा रहेको सम्पुर्ण नीजि स्वास्थ्य संस्थाहरूले सेवाग्राहीसँग लिइने सम्पुर्ण शुल्कहरू पाँच दिन भित्र लिखित पत्रसहित पेश गर्न हुनु जानकारी गराइन्छ’ बरिष्ठ उपसचिव मेहीलाल यादवले जारी गरेको पत्रमा भनिएको छ । उनका अनुसार जनकपुरधामका स्वास्थ्य संस्थाले २२ साउन भित्र सम्पुर्ण बिवरण पेश गर्नु पर्नेछ ।
काठमाडौ, १८ साउन ।
नेपाल एसबीआई बैंकले आज (साउन १८ गते) देखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ ।
एसबीआईले १० वर्ष अवधिको ‘९% नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ बिक्री खुला गरेको हो ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी ८ लाख इकाई सर्वसाधारणका लागि खुला गरेको हो ।
योमध्ये सामूहिक लगानी कोषलाई ५% अर्थात् ४० हजार इकई ऋणपत्र छुट्याएको छ । यसमा वार्षिक ९% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । यस ऋणपत्रमा साउन २२ गतेसम्म आवेदन दिन पाइनेछ ।
उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने साउन ३२ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
बेइजिङ, १८ साउन ।
हिजो लिइएको यो हवाई तस्बिरमा दक्षिणपश्चिम चीनको गुइझाउ प्रान्तको सेन्गोङ काउन्टीको सिन्चाङ गाउँको हो । यहाँ हाइब्रिड धान रोप्ने किसानहरूले धानको बिरुवालाई परागण गर्दै गरेको देखाइएको छ। क्यूआनडोङनान चीनमा एक प्रमुख धान उत्पादन स्थल हो ।
(तस्विर सिन्हवा)
बेइजिङ, १८ साउन ।
हिजो लिइएको यो हवाई तस्बिरमा दक्षिणपश्चिम चीनको गुइझाउ प्रान्तको सेन्गोङ काउन्टीको सिन्चाङ गाउँको हो । यहाँ हाइब्रिड धान रोप्ने किसानहरूले धानको बिरुवालाई परागण गर्दै गरेको देखाइएको छ। क्यूआनडोङनान चीनमा एक प्रमुख धान उत्पादन स्थल हो ।(तस्विर सिन्हवा)

काठमाडौं, १८ साउन ।
राष्ट्रियसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

संसद् सचिवालयले सार्बजनिक गरेको सम्भाबित कार्यसुची अुनसार राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराइनेछ ।साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यसैगरी, आजको बैठकमा ‘संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८०’ सभासमक्ष पेस गरिने भएको छ ।
काठमाडौं, १८ साउन ।
सर्बोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ती प्रक्रिया अघि बढाउन आज संबैधानिक परिषदको बैठक बस्दैछ ।
गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेको बैठक आज बोलाईएको हो । बैठक साँझ ५ बजे बस्नेछ ।
आज बस्ने बैठकले सम्भवतः प्रधानन्यायधिसको नाम सिफारिस गर्ने बुझिएको छ ।
आगामी साउन २० गते देखी हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिँने र सर्वोच्च अदालत पहिला झै कायममुकायमको भरमा चल्ने अवस्था सिर्जना भए पछि संबैधानिक परिषद बैठक बस्न लागेको हो ।
स्वीजरल्याण्ड, १८ साउन ।
स्विस आल्प्स पहाडमा ३७ वर्षअघि बेपत्ता भएका एक आरोहीको शव फेला परेको एउटा चकित पार्ने घटना सार्वजनिक भएको छ ।
हिमनदी पग्लिएर यो सम्भव भएको दाबी गरिएको छ । डिएनए परीक्षणपछि भेटिएको शव ३८ वर्षीय हराइरहेका आरोहीको भएको पुष्टि भएको छ ।
बीबीसीको रिपोर्टका अनुसार जुलाई १२ मा स्विट्जरल्याण्डको जरमेटको दक्षिणमा रहेको थियोडुल ग्लेशियरमा पर्वतारोहीहरूले पग्लिएको हिउँमा मानव अवशेष देखेपछि उक्त शव फेला परेको थियो। उनले यसबारे प्रहरीलाई जानकारी दिए । त्यसपछि शवहरूलाई नजिकैको सहर सायनस्थित वालेस अस्पतालको फोरेन्सिक मेडिसिन युनिटमा पठाइएको थियो। अस्पतालमा भएको डीएनए परीक्षणले उक्त अवशेष सन् १९८६ मा हिमालमा हराएका ३८ वर्षीय आरोहीको भएको पुष्टि गरेको थियो ।
सो अवशेष भेट्टाउने पहिलो पर्वतारोहीहरूले प्रहरीलाई भने कि उनीहरूले पहिले जुत्ता देखे, त्यसपछि जुत्ता मुनि हिउँमा एउटा क्र्याम्पोन उपकरण अड्किएको थियो। जुन जुत्ताको तल्लो भागमा जोडिएको हुन्छ र आरोहणमा मार्गदर्शन गर्ने गर्दछ। यस्तो अवस्थामा उनीहरूले बुझे कि यी आरोहीका अवशेष हुन्।
सोही क्रममा प्रहरीले डीएनए परीक्षणपछि आरोहीको पहिचान सम्भव भएको विज्ञप्तिमा जनाएको छ । उक्त अवशेष सन् १९८६ मा आरोहण गरेपछि नफर्केका जर्मन आरोहीको रहेको प्रहरीले जनाएको छ । पत्रकारलाई जानकारी दिँदै प्रहरीले आरोहीको जुत्ताको तस्विर सार्वजनिक गरेको थियो, जसमा हिउँमा टाँसिएको रातो फीता जुत्ता देख्न सकिन्छ ।
जलवायु परिवर्तनका कारण हिमनदीहरू लगातार पग्लिँदै गएका छन् । यस्तो अवस्थामा सबै आरोहीको शव निकाल्ने काम भइरहेको छ । पछिल्लो समय हिमनदी पग्लिएर धेरै आरोहीहरुको शव भेटिएको पनि प्रहरीले जनाएको छ, जसको बेपत्ताको खबर दशकौं अघि दर्ता भएको हुनसक्छ ।
लस एन्जलस, १८ साउन ।
अमेरिकामा युनाइटेड एयरलाइन्सको विमानमा एक महिलाले हैरानी दिए पछि उनलाई अस्थायी रूपमा उडान गर्न प्रतिबन्ध लगाइएको एउटा अचम्मको घटना बाहिर आएको छ । मिडिया रिपोर्टका अनुसार महिला यात्रुले फ्लाइट भित्र वाइनलाई लिएर हंगामा मच्चाइन् । यसको मार उसले बेहोर्नु परेको थियो ।
न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार युनाइटेड एयरलाइन्सको विमान लस एन्जलसका लागि उडेको थियो तर बिचमा एक महिला यात्रुले हंगामा गर्न थालिन। महिलाले चालक दलका सदस्यसँग रक्सी मागेपछि मदिरालाई लिएर झगडा सुरु भएको थियो । जसमा चालक दलले महिलालाई आफ्नो सिटमा चुपचाप बस्न भने । यसबाट महिला यात्रु आक्रोशित भइन् र झगडा गर्न थालिन् र झडप बढ्दै गयो ।
स्थिति यति खराब भयो कि पाइलटहरू लस एन्जलसको लागि उडान डाइभर्ट गर्न बाध्य भए। उनले फिनिक्स शहरमा उडान अवतरण गरे। अवतरणपछि महिलालाई नियन्त्रणमा लिइएको थियो । विमानमा चढ्नुअघि महिला यात्रुले मदिरा सेवन गरेको चालक दलले दाबी गरेको छ ।
युनाइटेड एयरलाइन्सले घटनाको बारेमा आफ्नो आधिकारिक विज्ञप्तिमा भनेको छ कि जुलाई २५ मा महिला यात्रु ह्युस्टनबाट उडेको थियो। यस क्रममा उनी मादक पदार्थ सेवन गरिरहेकी थिइन् । साथै उनले चालक दलसँग थप रक्सी माग्दै थिइन् । जसमा फ्लाइट एटेन्डेन्टले उनलाई आफ्नो सिटमा बस्न भने । त्यसपछि महिलाले हंगामा गर्न थालिन् । बढ्दो विवाद देखेर लस एन्जलस जाने विमान फिनिक्समा नै अवतरण गर्नुपरेको थियो ।
यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसका साथै विमानमा सवार यात्रुले यस घटनाको अनुभव पनि सेयर गरेका छन् । यसअघि पनि धेरै एयरलाइन्ससँग सम्बन्धित अनौठा घटनाहरू देखिएका छन् ।

