२०८३ आश्विन १०
२०८३ आश्विन १०

काठमाडौ, १९ साउन ।

नेपाल राष्ट्र बैंकले आज शुक्रबार साउन १९ गतेका लागि विभिन्न मुलुकहरुको मुद्रा विनिमय दर सार्बजनिक गरिएकाे छ ।

 

आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा कायम रहेकाे छ भने युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ४१ पैसा र बिक्री दर १४५ रूपैयाँ ०६ पैसामा काराेबार हुनेछ ।

 

राष्ट्र बैंककका अनुसार चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ ४१  पैसा र विक्रीदर १८ रुपैयाँ ५० पैसा  कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.६५ रुपैयाँ कायम गरिएकाे छ ।

 

काेरियन सय वन को १० रुपैयाँ १६ पैसा, स्वीडिस क्रोनर १ को १२ रुपैयाँ २९ पैसा हुदाँ बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २३ पैसा र बिक्री दर १६७ रूपैयाँ ९९ पैसामा खरिदबिक्री हुनेछ ।

 

बहराइनको दिनार १ को खरिद गर्दा ३५० रुपैयाँ २८ पैसा र विक्रीदर ३५१ रुपैयाँ ८७ पैसा, कुवेती दिनार १ को ४२९ रुपैयाँ २८ पैसा र विक्रीदर ४३१ रुपैयाँ २३ पैसा, युएई दिराम १ को खरिददर ३५ रुपैयाँ ९५ पैसा, कतारी रियाल १ को ३६ रुपैयाँ २६ पैसा कायम गरिएकाे राष्ट्रबैंकले जनाएकाे छ ।

वासिङटन डिसी, १९ साउन ।

सन् २०२० को चुनावमा आफ्नो हार लुकाउनका लागि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध षड्यन्त्र रचेको सम्बन्धमा वाशिंगटन डिसीको अदालतमा सुनुवाइ भएको छ ।

 

यस क्रममा ट्रम्पले आफूमाथि लागेको आरोपमा आफूलाई निर्दो भएको दावी गरेका छन् । सो सुनुवाइका क्रममा ट्रम्पले अदालतमा निकै कम स्वरमा आफ्नो निर्दोषताको गुनासो गरेका थिए ।

 

पछिल्लो चार महिनामा यो तेस्रो पटक हो, जब अमेरिकी पूर्व राष्ट्रपतिले अपराधीको रूपमा अदालतमा हाजिर हुनु परेको हो । ट्रम्पलाई अदालतको पछाडिको ढोकाबाट भित्र ल्याइएको थियो। ट्रम्प बाहेक झण्डै एक हजार अपराधी अदालतमा हाजिर भएका थिए, जसलाई जनवरी ६ मा अमेरिकी क्यापिटलमा प्रवेश गरी त्यहाँ दंगा गरेको आरोप लगाइएको थियो।

 

सन् २०२१ मा चुनाव हारेपछि ट्रम्पको उक्साहटमा उनका समर्थकहरूले अमेरिकी संसदमा हमला गरेका थिए । अमेरिकी कंग्रेसको पनि तोडफोड गरेका थिए ।

 

सो सुनुवाइका क्रममा ट्रम्पको शारीरिक भाषा शान्त देखियो । सामान्यतया आक्रामक मुद्रामा बस्ने ट्रम्प अदालतमा शिर निहुराएर बसिरहेका थिए । जब क्लर्कले ट्रम्पको केस नम्बर पढे, उसले सहमतिमा टाउको निहुरियो । पूर्वराष्ट्रपतिले चार आरोपमा आफूलाई निर्दोष घोषणा गरेका थिए । उनीमाथि ‘संयुक्त राज्य अमेरिकालाई धोका दिएर षड्यन्त्र गरेको’, ुसरकारी कार्यमा अवरोध गर्ने षड्यन्त्र, सरकारी कार्यमा अवरोध गर्ने र जनताको अधिकार विरुद्धको षड्यन्त्र गरेको आरोप लगाइएको छ।

 

वास्तवमा, जनवरी ६, २०२१ अमेरिकाको इतिहासमा कालो दिनको रूपमा रेकर्ड गरिएको छ। यस दिन तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले अमेरिकी संसद अर्थात् युएस क्यापिटलमा आक्रमण गरेका थिए । अमेरिकी कंग्रेसले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा विजयी भएका जो बाइडेनलाई निर्वाचन परिणामका लागि प्रमाणीकरण गरिरहेको थियो, ताकि राष्ट्रपति बन्ने बाटो खुलोस्। यसलाई रोक्न ट्रम्प समर्थकहरूले संसदमा आक्रमण गरेका थिए । ट्रम्पमाथि चुनावी पराजयलाई आफ्ना समर्थकहरूमार्फत उल्टाउन चाहेको आरोप लागेको थियो।

 

सिङ्गापुर, १९ साउन  ।

लागूऔषध तस्करीको आरोपमा एक ३९ वर्षीय पुरुषलाई फाँसी दिइएको छ । यो सजायसँगै सिंगापुरमा १० दिनभित्र तीन जनालाई फाँसी दिइएको अधिकारीहरूले जानकारी दिएका छन्  ।

 

५५ ग्राम हेरोइनसहित २०१९ मा मृत्युदण्डको सजाय सुनाइएका युवा मोहम्मद सल्लेह अदुल लतिफ रहेको छ, जसलाई बिहिबार फाँसी दिईएको हो ।

केन्द्रीय नार्कोटिक्स ब्यूरो (सिएनबी) ले एक विज्ञप्तिमा दोषीलाई बिहीबार सजाय सुनाएको जनाएको छ। अदालतका कागजातका अनुसार मोहम्मद सालेहले २०१६ मा पक्राउ गर्नुअघि डिलिवरी चालकको रूपमा काम गरेका थिए। सुनुवाइका क्रममा उनले आफूले लागुऔषध तस्करी नभई साथीको निर्देशनमा चुरोट पु¥याइरहेको दाबी गर्दै आएका थिए ।

कोभिड–१९ को महामारीमा दुई वर्षको ब्रेकपछि २०२२ को मार्चमा सरकारले फेरि देशमा मृत्युदण्डको सजाँय सुरु गरेको छ । जसका कारण अहिलेसम्म १६ जना दोषीलाई मृत्युदण्ड दिइएको छ । योसँगै अदुल लतिफ यो वर्ष सजाय पाउने पाँचौं कैदी बनेका छन् ।

 

गत शुक्रबार (जुलाई २८)मा लागुऔषध ओसारपसार गरेको अभियोगमा ४५ वर्षीया महिलालाई फाँसी दिइएको थियो । यो फाँसीसँगै सिंगापुरमा एक महिलालाई झण्डै २० वर्षपछि मृत्युदण्डको सजाय सुनाइएको हो ।

 

उल्लेखनीय कुरा के छ भने, सिंगापुरमा लागुऔषध सम्बन्धी अपराधका लागि मृत्युदण्डको सजाय खारेज गर्न लामो समयदेखि माग हुँदै आएको छ। सबै मानवअधिकारवादी संगठनले मृत्युदण्डको विरोध गरिरहेका छन् । यस्तो अवस्थामा दुई साताभित्र तीन दोषीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । ४५ वर्षीया महिलालाई फाँसी दिएको दुई दिनअघि (जुलाई २६ गते) करिब ५० ग्राम हेरोइन तस्करी गरेको आरोपमा मोहम्मद अजिज बिन हुसेन नामका ५७ वर्षीय पुरुषलाई फाँसी दिइएको थियो।

मेक्सिको सिटी, १९ साउन ।

पश्चिमी मेक्सिकोमा बिहीबार बिहान एउटा यात्रुबाहक बस राजमार्ग नजिकै खाल्डोमा खसेको छ ।

 

सो दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएका छन भने अन्य २२ जना घाइते भएका छन् । यद्यपी उनको अवस्था स्थिर रहेको बताइएको छ ।

नायरित राज्य सुरक्षा र नागरिक रक्षा सचिव जर्ज बेनिटो रोड्रिगेजले उद्धार कार्यमा कठिनाइ भइरहेको बताए। खाडल लगभग ५० मिटर (१६४ फिट) गहिरो रहेको थियो। मृत्यु हुनेमा १४ वयस्क र तीन बालबालिका रहेका छन् । बसमा ४० जना यात्रु सवार थिए । सबैजना तिजुआना जाँदै थिए।

 

दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन । अधिकारीहरूले भने कि बस राज्यको राजधानी टेपिक बाहिरको राजमार्गमा रहेको ब्यारान्का ब्लान्का नजिकै दुर्घटनाग्रस्त भएको हो।

 

अघिल्लो महिना ओक्साकाको दक्षिणी राज्यमा भएको बस दुर्घटनामा २९ जनाको मृत्यु भएको थियो । गत फेब्रुअरीमा दक्षिण र मध्य अमेरिकाका आप्रवासीहरू बोकेको बस मध्य मेक्सिकोमा दुर्घटनाग्रस्त हुँदा १७ जनाको मृत्यु भएको थियो।

लमजुङ १९ साउन ।

लमजुङ प्रहरीले विहिबार साँझ जुवा खेल्ने, खेलाउने र हेर्ने गरि २२ जनालाई पक्राउ गरेकाे छ ।

 

बेसीसहरबाट खटिएकाे प्रहरी अप्रेसन टाेलीले मर्स्याङ्दी गाउँपालिका ९, तल्लाे पामचाेक स्थित एक घरबाट जुवाडेलाई पक्राउ गरेको हाे । उनीहरूकाे साथबाट करिब साँढे ४ लाख रूपियाँसहित काैडा बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

 

पक्राउ पर्नेमा छिमेकी जिल्ला गाेरखाका र केही लमजुङका रहेका छन् । उनीहरूकाे पहिचान गर्न मुचुल्का उठाउने काम भैरहेकाे प्रहरीले जनाएकाे छ ।

 

विशेष सुराककाे आधारमा जुवाडे पक्रिन ३ भ्यान प्रहरी परिचालन भएकाे थियाे । जुवाडेले प्रयाेग गर्ने गरेकाे सेताे गाडीकाे प्रहरीले केही समयदेखि फलाेअप गरिरहेकाे स्राेतले बतायाे।

 

घटनाबारे विस्तृत विवरण प्रहरीले दिएकाे छैन । प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश श्रीमलले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय ल्याईएकाे र मुचुल्का उठाउने कार्य भैरहेका बताए ।

काठमाडौं, १८ साउन । सत्तारूढ दल नेपाली कांग्रेसले डेंगु रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ। बिहीबार पार्टी मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।

 

अहिले कांग्रेसकै नेता मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। पार्टीले स्थानीय सरकार, स्वास्थ्यसँग सम्वद्ध संघसंस्था एवं प्रतिष्ठानलाई थप जिम्मेवारपूर्वक कार्य गर्न अपिल पनि गरेको छ।

साथै, रोगबाट प्रभावित व्यक्ति, परिवार र समुदायका लागि मानवीय सेवामा जुट्न कांग्रेसका स्थानीय नेता एवं पार्टी सदस्यलाई आह्वान पनि गरिएको छ।

 

‘डेंगु रोगको महामारीका कारण मुलुकको पूर्वी भू–भाग, विशेष गरेर कोसी प्रदेशको धरान र आसपासमा हालसम्म दर्जनौँको ज्यान गइसकेको छ । उक्त रोगको संक्रमणका कारण सयौँको संख्यामा नागरिक सिकिस्त बिरामी परेका छन् । रोग फैलिने क्रम रोकिएको छैन,’ विज्ञप्तिमा लेखिएको छ, ‘समाजमा यसको त्रास फैलिएको छ । अतः सो सम्बन्धमा बिरामीको उपचार गर्न, विशेष स्वास्थ्य रणनीतिका साथ महामारीलाई तत्काल नियन्त्रणमा लिनका साथै दिगो र प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउँछ ।’

काठमाडौं- प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन्। संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई वरिष्ठताका आधारमा प्रधानन्यायाधीशमा सिफारिस गरिएको हो। परिषद्‌बाट सिफारिस भएका श्रेष्ठको संसदीय सुनुवाइ भई अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्नेछन्।

वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल यही साउन २० गते सकिँदै छ। संविधानको प्रावधानअनुसार प्रधानन्यायाधीशको पद रिक्त हुनु एक महिना अगावै नाम सिफारिस गरिसक्नु पर्ने हुन्छ। तर, परिषद्ले ढिला गरी नियुक्ति सिफारिस गरेको हो। परिषद्को मंगलबारको बैठक कुनै निश्कर्ष बिना सकिए पनि आजको बैठकले प्रधानन्यायाधीशको सिफारिस गरेको हो।

काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने छ ।

 

गत बुधवार देखी सुरु भएको केन्द्रिय समिति बैठकमा हालसम्म झन्डै चार दर्जन नेताले आ आफनो धारणा राखिसकेका छन् ।

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन ।

 

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।

काठमाडौं, १९ असार । नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ।  मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । उक्त रेखाको पूर्वी भाग केही दिनमा सरदर स्थान भन्दा उत्तर तर्फ सर्ने क्रममा रहेको छ ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

 

दिउँसो देशभर आंशिक देखि सामान्य बदली  रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

 

राती भने देशभर आंशिक देखि सामान्य बदली  रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

 

सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका  साथै कोशी, बागमती,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय र हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा  हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

रौतहट,साउन १८ गते
पछिलो समय देश सहित रौतहटमा पनि आँखा पाक्ने समस्या भएका बिरामीको संख्या बढ्न थालेका छन् ।
जिल्लाका अस्पतालहरुमा यतिखेर आँखा पाक्ने समस्या भएका बिरामीको संख्या ह्वातै बढेको देखिएको छ ।
आँखा पाक्ने बिरामीहरुको संख्या बढेसंगै आँखा उपचारका लागि आउने बिरामीहरुको अस्पतालमा भिड लाग्ने गरेको बौधीमाई नगरपालिका–७ बंकुलमा रहेको रौतहट दृष्टि आँखा अस्पताल एण्ड नर्सिङ्ग होमले जनाएको छ ।
अत्याधिक गर्मीका कारण कन्जनटिभाइटिस भाइरसबाट लाग्ने आँखा पाक्ने उक्त सरूवा रोगका कारण रौतहट दृष्टि आँखा अस्पतालमा अहिले दैनिक एक सय भन्दा बढी आँखा पाक्ने समस्या भएका बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।
रोगका कारण आँखा पाकेर बढी मात्रामा बालबालिका नै अस्पताल आउने गरेको रौतहट दृष्टि आँखा अस्पताल बंकुलका दृष्टि राेग विशेषज्ञ डाक्टर संजिव कुमार जयसवालले बताएका छन् ।
आँखा पाक्दा आँखा रातो हुने, चिलाउने, आँखाबाट रगत मिसिएको आँसु आउने, ज्वरो आउने, घाँटी दुख्ने समस्या जस्ता लक्षणहरु देखा परेको डाक्टर जयसवालले बताए ।
डाक्टर जयसवालले भने, ‘आँखा पाक्ने रोग जुन सुकै उमेर समुहका व्यक्तिलाई लाग्न सक्छ, यो सरुवा रोग हो, यो प्राणघातक रोग होइन’ । उनले अघि भने यसको उपचार सजिलै हुने गरेकोले यो रोग लाग्दैमा आतिनुहुँदैन, आँखा पाक्ने समस्या भएपछि नजिकको आँखा अस्पतालमा गएर उपचार गराए सजिलै निको हुने गरेको उनले बताए ।
आँखा पाक्ने रोग सरुवा रोग भएकोले संक्रमणबाट बच्नका लागि संक्रमित व्यक्तिको नजिक नबस्ने, चर्को घाममा घर बाहिर ननिस्कने, भिडभाडमा नजाने, बिरामीले प्रयोग गरेका औषधी, रुमाल, फोन, सिरानी तथा ओच्छ्यान प्रयोग नगर्न उनले सुझाव दिए ।
त्यस्तै प्रकासजित आइकेयर हस्पिटल शिवनगरमा समेत अहिले आँखा पाक्ने समस्या भएका बिरामीको चाप अत्याधिक मात्रामा बढेको छ । अहिले
यो रोग लाग्नबाट बच्न आँखालाई पटक पटक चिसो पानीले धुने, घाममा ननिस्कन, अनावश्यक रुपमा भिडभाडमा नजान तथा जानै परे चस्माको प्रयोग गर्न र लक्षण देखिएमा तुरुन्त नजिकको अस्पतालमा गएर चेकजाँच गराउन चिकित्सकहरुको सुझाव छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।