बारा, १८ चैत ।
नेकपा एमाले बाराको ११औं जिल्ला अधिवेशन भोली चैत १९ गते सोमबारदेखि सुरु हुँदै छ। १९ र २० चैत हुने अधिवेशनबाट नयाँ जिल्ला कमिटी बन्नेछ।
एमाले बाराको अधिवेशनको उद्घाटनसत्र होटल करण राज प्यालेसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ भने बन्दसत्र कलैयास्थित जानकी सिनेमा हलमा हुँदै छ। अधिवेशनको खुल्ला सत्रमा एमालेले १० हजारभन्दा बढीका जनसहभागिता गराउने योजना बनाएको एमाले बारा जिल्ला अध्यक्ष विनोद साहले जानकारी दिए।
अधिवेशनका लागि जिल्लाका १६ स्थानीय तह र पेसागत संगठनहरूबाट ७ सय ३५ जना प्रतिनिधि छनोट भएर आएका छन्।
एमाले बाराको अध्यक्षमा सर्वसम्मतिले नेतृत्व चयन गर्ने नेताहरूले बताइरहँदा अध्यक्षको लागि चार जनाले आकांक्षा देखाएका छन्। अध्यक्ष पदका आकाक्षीहरुले अधिवेशनका प्रतिनिधिहरुसंग भेटघाट र मत माग्न सुरु गरिसकेकाछन्। यसअघिको अधिवेशनमा सर्वसम्मतबाट जिल्ला नेतृत्व चयन गरिएको भएपनि यसपटक भने मतदानबाट नेतृत्व चयन हुने देखिएको छ।
अध्यक्षको लागि कोल्हवी नगरपालिकाका पुर्व नगरप्रमुख भरत बहादुर भण्डारी, तिन कार्यकाल जिल्ला सचिब भएका अध्यानन्द पाण्डे, एम.समिउल्लाह र नेकपा एमाले बाराको बर्तमान उपाध्यक्ष टिना सुबेदी आकांक्षा देखाएका छन्।
अध्यक्षका आकांक्षी शालीन स्वभावका भरत बहादुर भण्डारी कोल्हवी नगरपालिकाका पुर्व नगरप्रमुख हुन्। उनी नेकपा एमाले बारा जिल्ला सचिवालय कमिटी सदस्य एवं क्षेत्रीय कमिटीका संयोजक समेत हुन्।
जिल्ला अध्यक्ष बन्ने इच्छा बनाएका अध्यानन्द पाण्डे जिल्ला कमिटी बारामा तिन पटक सचिब भईसकेका छन् भने पाण्डे जिल्ला कमिटी उपाध्यक्ष समेत थिए । उनी बाराबाट एमाले महाधिवेशन प्रतिनिधि समेत हुन भने उनी बलबिर चौधरी निकट भएको बताइएको छ।
जिल्ला अध्यक्षका अर्का आकांक्षी एम समिउल्लाह बारा जिल्ला कमिटी २०७३ मा निर्वाचित भएका थिए। उनी बाराबाट एमाले महाधिवेशन प्रतिनिधिमा छनैट भएका थिए।
एमाले बाराको २०७८ सालमा भएको अधिवेशनबाट टिना सुबेदी जिल्ला कमिटी उपाध्यक्षमा सर्वसम्मत चयन भएकी हुन्। सुबेदी प्रतिनिधि सभाका सभासद तथा नेकपा एमाले पोलिटब्युरो सदस्य अच्युत मैनालीको श्रीमति हुन्।
यसअघि सर्वसम्मतबाटनै जिल्ला नेतृत्व चयन गरिने बताएतापनि यसपटक भने निर्वाचनबाट नेतृत्व चयन हुने देखिन्छ। नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली र ज्वाला साहका कारण बारामा शक्तीको लडाई हुने देखिन्छ। नेकपा एमालेका तिन पोलिटब्युरो सदस्य रहेको बारामा आफुनिकटका व्यक्तीहरूलाई अध्यक्षमा निर्वाचित गर्न ध्याउन्न छन्।
यसअघि नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनबाट बारा जिल्लाको अध्यक्षमा विनोद साह, उपाध्यक्षमा टीना सुवेदी, सचिवमा अध्यानन्द पाण्डेय र सह सचिवद्वयमा अमृत बजगाई र भुलन चौधरीसहित सर्वसम्मत रुपमै पदाधिकारी सहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको थियो।न्युज कारखाना
हनुमत यादव, रौतहट, १४ चैत ।। रौतहट जिल्लामा ट्राफिक व्यवस्था अवस्थित भएका कारण दिन प्रतिदिन घटना दुर्घटना बढ्दै गएको सर्वादितै छ । तर जिल्लाका ट्राफिक प्रहरीले राजस्व उठाउनमा सिमित रहेको देखिएको छ । आर्थिक वर्ष २०८० /०८१ मा मंसिर महिना सम्म ३०२ ओटा सवारी दुर्घटना हुदा २६ जना ज्यान गुमाएका छन् भने ४७२ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय गौर रौतहटको तथ्याङक रहेको छ । पौस महिना मात्र ४९ वटा सवारी दुर्घटना हुदा ८ जनाको ज्यान गएका छन भने ७० जना घाईते भएका छन् ।
जिल्लाको सदरमुकाम गौर, गरुडा, मौलापुर बंकुल, बमनहर, सुकदेव चौक, शिवनगर, कटहरिया, पिपरा चन्द्रपुर लगायतका ठुला बडा बजारमा अव्यवस्थित पार्किंग, विना सवारी चालक अनुमतिपत्रको ई रिक्सा, टेम्पु लगायत ट्राफिक प्रहरीको सेटीङ्गमा चलिरहेको छ । तर विभिन्न पर्व त्योहारको मौका छोपी ट्राफिक प्रहरीले मोटरसाइकल लगायतका सवारी समाती कार्यवाही गरी राजस्व उठाउनमा केन्द्रित रहेको देखिएको छ ।
आय दिन गौर चपुर सडक खण्ड, गौर गंगा पिपरा सडक खण्ड, बमनहर विरगंज सडक खण्डमा फितलो ट्राफिक व्यवस्थाका कारण घटना दुर्घटना भईरहनछ । प्रहरीको नियम अनुसार कहिले पनी नियमित चेकजाच, सवारी चलाउन संबंधित जनचेतनामुलक कार्यक्रम रौतहटमा कहिले पनी न दिखीएको तर एक्कासि राजस्व संकलनका लागी प्रहरीले पर्व त्योहारको मुखमा मात्र चेकजाच गरी सवारी पक्राउ गरी कार्यवाही गरेको जनगुनासो रहेको छ ।
हालैमा वितेको होली पर्वको अवसरमा जिल्ला प्रहरी कार्यालय गौरको गेट अगाडिनै भारतीय नंबरको सवारीले घटना दुर्घटना घटाउछन भने भन्दै सवारीहरु समाती कार्यवाही गरेको थियो । कागज पत्र हुदा हुदै पनी नपढेलेखेका पर्व त्योहारमा घर आएका नेपाली भाषा नबुझने बोल्न नसक्ने परदेशीहरु डराई धमकाई सवारी समाती कार्यवाही गरेको जन-मानसले आरोप समेत लगाएका छन् । तर पर्व समाप्त हुने वितिकै ट्राफिक प्रहरीको कुनै अतोपतो देखिएको छैन । नेपाल सरकारले सार्वजनिक गरेको राजस्व प्रगति विवरणका अनुसार ४३% राजस्व कम संकलन भएको डाटा सार्वजनिक भएको लगतै राजस्व संकलनमा ट्राफिक प्रहरी केन्द्रीत बनेको स्रोतले जनाएको छ ।
सवारी चलाउने जनचेतनामुलक कुनै किसिमको प्रचार प्रसार नदेखाएको कारण घटना दुर्घटना बढेकाे आम जनताको बुझाई रहेको बुझिएको छ । सवारीको कागज पत्र खोसी बेलुका आउन भनेर पठाईदिने र बेलुका आउदा कागज पत्र फेला नपरेको भन्दै चलान काटीदिने गरेको पिडितहरुले बताएका छन् ।
प्रहरी बरिस्ठ नायब निरिक्षक कमल नेपालीको मातहतका ट्राफिक प्रहरीहरुले आम जनतालाई साह्रै दुख दिएको बुझीएको छ । “साना लाई एन र ठूला लाई चैन” उखान जस्तै नेता पावर पहुच र चिनहजान भएको व्यक्तिलाई कुनै किसिमको रोकटोक नरहेको देखीएको छ ।
ओम प्रकाश यादव
चैत्र १४ गते, रौतहट ।
रौतहटको मौलापुर नगरपालिकाले मौलापुर मधानी महोत्सव २०८० मा आफना महत्वपूर्ण योगदान दिने विभिन्न पेशा र क्षेत्रका व्यक्तिहरुलाई आज सम्मानित गरेका छन् ।
मैलापुर नगरपालिकाको पतौरामा रहेको पुरात्तात्विक महादेव मन्दिरको प्रांगणमा आज एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले गत फाल्गुण २२ गतेदेखी २६ गतेसम्म चलेको मधानी महोत्सवमा योगदान पुरयाउने पत्रकार, स्वास्थ्यकर्मी, कर्मचारी सहित दुई दर्जनभन्दा बढि व्यक्तिहरुलाई सम्मान गरेका छन् ।
मौलापुरमा करिव तिनसाता अघि सम्पन्न मधानी महोत्सव २०८० को समिक्षा तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो ।
महोत्सव कार्यक्रमको समिक्षा गर्न आयोजित कार्यक्रममा कलमको माध्यमले मौलापुर मधानी महोत्सव २०८० र पुरात्तात्विक महादेव मन्दिरलाई विश्वस्तरमा पुरयाउन महत्वपूर्ण योगदान दिएको भनी उक्त योगदानको उच्च मुल्यांकन गरी विभिन्न सञ्चारमाध्यममा आवद्ध ७ जना पत्रकारलाइ सम्मान गरिएको छ ।
रातोपाटीका रौतहट संवाददाता एवं बरिष्ठ पत्रकार सञ्जय मिश्रा, साहित्यकार तथा बरिष्ठ पत्रकार सञ्जय साह मित्र, बरिष्ठ पत्रकार प्रभात झा, पत्रकार ओम प्रकाश यादव, पत्रकार रामप्रवेश बैठा, पत्रकार राजु श्रीवास्तव, राजकुमार यादव लगाएतका पत्रकार सम्मानित भएका छन् ।
मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनादेवी साह र प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले गम्छा ओढाएर पत्रकारहरुलाई सम्मानित गरेका छन् ।
त्यस्तै मधानी महोत्सव कार्यक्रमलाई सभ्य एवं भव्य रुपमा सफल पार्न मञ्च व्यवस्थापन देखी लिएर दर्शकहरुलाइ बस्ने ठाउको व्यवस्थापन, महोत्सव हेर्न आउने लाखौं दर्शकहरुलाई सुविधा सम्पन्न शौचालय, शुद्ध खानेपानीको बन्दोबस्त मिलाएका दर्जनौ व्यक्तिहरुलाई पनि सम्मान गरिएको मेयर रिनादेवी साहका छोरा विवेक साहले जानकारी दिएका छन् ।
महोत्सवमा कलाकारहरुको व्यवस्थापन, विभिन्न धार्मिक कार्यक्रम, पुजापाठ, कुस्ती खेलाडीहरुको बोलाउने देखि लिएर उनिहरुलाई व्यवस्थापन गर्ने लगाएत विभिन्न माध्यमले महोत्सवका लागि योगदान दिने सम्पूर्ण व्यक्तिहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको साहले बताए ।
पmागुण २५ गते आयोजित मधानी महोत्सवमा यस वर्ष भारतिय बाँलिवूडका सुपरस्टार नायक गोविन्दा आहुजा, नेपाली सिनेमाका चर्चित नायक पल साह, भारत विहारका पूर्व राज्य मन्त्री एवं भोजपुरी सुप्रसिद्ध गायक विनय विहारी, भोजपुरी सिनेमाकी सुपरस्टार नायीका निलम गिरी लगाएत नेपाल र भारतका दर्जनौ प्रसिद्ध कलाकारहरुले आफना साँस्कृतिक प्रस्तुति दिएका थिए ।
भारतीय नायक गोविन्दाको प्रस्तुती हेर्न नेपाल र भारत विहारका लाखौं दर्शकहरु मैलापुर ओलिएका थिए ।
महोत्सवमा भएका कमिकमजोरीलाई सुधार गर्ने तथा राम्रा र नराम्रा दुबै पक्षमाथी गम्भीर समिक्षा एवं विचार विमर्श गर्ने उद्देश्यले समिक्षा तथा सम्मान कार्यक्रमको आयोजना गरिएको प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।
आज गरिएको समिक्षामा कमिकमजोरी देखिएका पक्षहरुलाई व्यापक सुधार गरी आगामी वर्षको महोत्सवलाई अझै सभ्य र भव्य बनाउन आफुहरु लाग्ने अधिकृत साहले बताए ।
उत्खन्नको क्रममा २०७६ सालमा मौलापुर नगरपालिकाको मौलापुर पतौरामा हजारौ वर्ष पुरानो कर्नाटकालिन पुरात्तात्विक महादेव मन्दिर फेला परेको थियो । सो ठाउमा महादेव मन्दिर निर्माण गरी मौलापुर नगरपालिकाले प्रत्येक वर्ष महाशिवरात्रीको अवसरमा मधानी महोत्सवको आयोजना गर्ने गरेको छ ।
पुरात्तात्विक महादेव मन्दिरलाई विश्व सम्पदामा सुचिकृत गराउने उद्देश्यले मौलापुर नगरपालिकाले २०७६ सालदेखी लगातार मौलापुरमा मधानी महोत्सवको आयोजना गर्दै आएको छ ।
बारा, ११ चैत ।
प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ ।
जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।
टस जितेर ब्याटिङ रोजेको पर्सालाई कम स्कोरमा रोक्दै उपाधि उचाल्ने क्रममा मकवानपुरले सानदार प्रदर्शन गरेको थियो । समूह ‘ए’ विजेता बन्दै फाइनलमा प्रवेश गरेको पर्साले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९० रन जोडेको थियो ।
पर्साका लागि सुरज पटेलले ४५ र हासिम अंसारीले १० रन बनाउँदा अन्य व्याटरले दोहोरो संख्यामा रन बनाउन सकेनन् । पर्सालाई सस्तैमा रोक्ने क्रममा मकवानपुरका अशिम श्रेष्ठले तीन, पियुश शर्माले दुई, बिशाल फुयाल र रोहित ठाकुरले समान एक–एक विकेट लिए ।
पर्साले दिएको ९१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको मकवानपुरका लागि तक्षक सिम्ख्डाले ३०, बिशाल फुयालले १५ र सक्षम बस्ताकोटीले अविजित १४ रन बनाए । पर्साका लागि सम्साद मन्सुरीले तीन विकेट लिए ।
उपाधि विजेता मकवानपुरले एक लाख प्राप्त गरेको छ भने उपविजेता पर्साले ५० हजार नगद पाएको छ । यसैगरी मकवानपुरका शुभ कंसाकार प्लेयर अफ दि टुर्नामेन्ट र बेस्टर ब्याटर घोषित भएका छन् भने खुकुरी क्रिकेट क्लब भैरहवाका सन्तोष यादव बेस्ट बलर घोषित भए । फाइनल खेलको प्लेयर अफ दि म्याचको पुरस्कार मकवानपुरका विशाल फुयालले प्राप्त गरेका छन् ।
विजेता तथा उपविजेता खेलाडीलाई पूर्व युवा तथा खेलकुद मन्त्री एवम् संविधान सभाका सदस्य पुरुषोत्तम पौडेल, संविधान सभाका सदस्य जयराम दहाल, मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, नेकपा एमाले मधेस प्रदेश सचिव मनोज पौडेललगायतले पुरस्कार वितरण गरेका थिए ।
समापन समारोहमा आयोजकले सिमरा महिला क्रिकेट क्लबका पूर्व प्रशिक्षक विष्णु लामिछानेसहित महिला क्रिकेटर, सिमरा क्रिकेट क्लबका पूर्व कप्तान नाजिर हुसेनलाई सम्मानित गरिएको थियो ।
प्रतियोगिता संयोजक सोमलाल बम्जनको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा जीतपुरसिमरा २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं. १४ की वडाध्यक्ष चयन गुरुङ, ५ का वडाध्यक्ष दीपेन्द्र चौधरी, १३ का वडाध्यक्ष हेमनारायण चौधरी, कार्यपालिका सदस्य अर्जुन रसाईली, जीतपुरसिमरा ३ की कार्यबाहक वडाध्यक्ष माया विक, मधेस प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुवास जयसवाल, एमाले नेता किशोर शर्मा, अमृतलाल श्रेष्ठ, रवीन्द्र खकुरेल, बरुण गौतम, आयोजक अभियान नेपालका संरक्षक त्रिलोक बिक्रम शाह, अध्यक्ष लक्ष्मी तिमिल्सिनालगायतको सहभागिता रहेको थियो ।
अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगितामा ६ टिमले सहभागिता जनाएका थिए । न्युज कारखाना
सिरहा, १० चैत।
सिरहाको एक सामुदायिक विद्यालयको प्रधानाध्यापकले माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा केन्द्र खर्च भन्दै विद्यार्थीसँग अबैध रकम असुलि गरेको पाइएको छ।
अर्नामा गाउँपालिका-२ जनता माध्यमिक विद्यालय ब्रम्हपुरीको प्रधानाध्यापक सरोज यादवले प्रति विद्यार्थी एक हजार देखि पाँच हजारसम्म परीक्षा केन्द्र खर्च असुल गरेको पाइएको हो।

परीक्षाको प्रवेशपत्र लिन पुगेका विद्यार्थीहरुसँग प्रधानाध्यापक यादवले परीक्षा खर्च बापत एक हजार देखि पाँच हजार सम्म लिएर प्रवेश पत्र दिइएको विद्यार्थीहरुले बताए। प्रवेशपत्र लिन गएका विद्यार्थीले हामीले तिर्नुपर्ने सवै रकम तिरिसकेका छौं। अब के को पैसा चाहिएको हो? भनि प्रधानाध्यापकलाई सोध्दा प्रधानाध्यापकले परीक्षा खर्च चाहिन्छ भन्दै हजार रुपैयाँको दरले असुलेको उनीहरुले बताए।
प्रधानाध्यापक यादवले परीक्षा खर्चको नाममा रकम लिनै नमिल्ने जिकिर गरेपनि आफैले विद्यार्थीले तिर्नुपर्ने रकम बाँकी रहेकाहरुसँग लिएको हुन सक्ने बताए। बिद्यार्थीहरुबाट रकम आफ्नो नामको खातामा किन हाल्न लाउनु भयो ? भनि प्रश्न गर्दा प्रधानाध्यापक यादव अलमलिंदै यस विषयमा भेटेरै कुरा गरौंला भन्दै फोन काटे।

यस विद्यालयबाट यो पटकको एसईई परीक्षामा ७६ जना विद्यार्थी सहभागी रहेको प्रधानाध्यापक यादवले जानकारी दिए। यो विद्यालयको परीक्षा केन्द्र विष्णुपुर गाउँ पालिकाको गौरीपुर माध्यमिक विद्यालयमा परेको छ।
संस्थागत विद्यालयहरुले विद्यार्थीबाट सेन्टरखर्चको नाममा रकम लिने गरेको चर्चा पहिला देखि नै चल्दै आएको हो। यस पटक सामुदायिक विद्यलयले पनि परीक्षा केन्द्र खर्चको नाममा विद्यार्थीसँग अनाधिकृत रकम असुलि गरेको खुलेको छ।न्युज कारखाना
जनकपुरधाम,१० चैत ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री यादवले शनिबार नेकपा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री बनेका छन् ।
एमालेका राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री र एमालेमा प्रवेश गरेका प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा शपथ लिएका हुन् ।
यस्तै, केशव रायले स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीको रुपमा शपथ लिएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन् ।
योसँगै मधेस प्रदेशको मन्त्रिपरिषद ११ मन्त्री र तीन राज्यमन्त्रीसहित १४ सदस्यीय बनेको छ ।न्युज कारखाना
मुकेश साह रौतहट ०७,चैत्र ।
रौतहटको गुजरा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ एक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

गुजरा नगरपालिकाका प्रमुख सन्तलाल चौधरी तथा जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख बिपीन कुमार साहले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभयो । कार्यक्रमको अध्यक्षता ग्रहन गर्दै गुजराका नगरप्रमुख चौधरीले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउनुभयो ।

कार्यक्रमका बिशिस्ट अतिथी जिल्ला खोप समन्वयका फोकल पर्सन अनिल कर्णले उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो । सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख बिजयबाबु चौधरी बताउनुहुन्छ ।

चौधरीका अनुसार राष्ट्रिय खोप तालिका अनुसार नगरका ९ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो । नगरपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाए नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा खोप दिने व्यवस्था गरेको छ ।
प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको घोषणा कार्यक्रममा जानकारी दिइएको थियो । पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गर्नुअघि गुजरा नगरपालिकाको प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीहरू पुगेको, पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी सर्वेक्षण गरिएको रङ्गपुर स्वास्थ्य चौकीका ईन्चार्ज सैफुल्लाह देवानले जानकारी दिनुभयो ।
देवानले भन्नुभयो, “सर्वेक्षण पश्चात् सबै बालबालिकाहरूलाई छुट खोप पूर्ण रूपमा प्रदान गर्न सफल भएका छौँ ।” आगामी वर्षमा पनी नगरपालिकाका बालबालिकालाई नेपाल सरकारले उपलब्ध गराउने सबै प्रकारका खोपको मात्रा पूरा गर्ने, कसैलाई पनि नछुटाउने र खोपसम्बन्धी कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धतासहित संयुक्त रूपमा हस्ताक्षर समेत गरिएको छ।
कार्यक्रममा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न सहयोग गर्ने युनिसेफ नेपालका अजित कुमार यादव, अभियान नेपालका मिलन मरासिनी,आरडिसीका प्रतिनिधी अर्सद आलम,रविना तामाङ , बाल क्लवका अब्दुल सलाम ,स्वास्थ्यकर्मी,स्वयंसेविका,जनप्रतिनिधी लगायतलाई कदर पत्र तथा मायाको चिनोले सम्मान गरिएको थियो ।
चैत्र ६ वीरगंज ।
वीरगंज महानगरपालिकाले यस वर्षबाट एकीकृत परीक्षा प्रणालीमार्फत आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षा लिने भएको छ। चैत १५ गतेदेखि सुरु हुने कक्षा ८ को महानगरस्तरीय परीक्षाका लागि महानगरको परीक्षा समितिले ११ वटा परीक्षा केन्द्र तोकेको छ।
जसमा ६ वटा सामुदायिक विद्यालय र ५ वटा संस्थागत विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको महानगरका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए।
सामुदायिक विद्यालयतर्फ त्रिजुद्ध मावि, नृसिंह मावि, श्रीपुर मावि, शारदा मावि बहुअरी, माइस्थान विद्यापिठ मावि र नेरा मावि सोलकपुरमा परीक्षा केन्द्र निर्धारण गरिएको छ भने संस्थागत विद्यालयतर्फ सनलाईट मावि, मिनिल्याण्ड मावि, कादम्बरी एकेडेमी, जीएचपी मावि र ओम नेशनल स्कूललाई परिक्षा केन्द्र निर्धारण गरिएको कर्णले जानकारी दिए।
यसवर्ष कक्षा ८ को महानगरस्तरीय वार्षिक परिक्षामा ३६ वटा सामुदायिक विद्यालयका ३ हजार १४१ जना र ८२ वटा संस्थागत विद्यालयका २ हजार ५२१ जना गरी कूल ५ हजार ६५७ जना विद्यार्थीले सहभागिता जनाउने कर्णले बताए।
चैत १५ देखि २२ गतेसम्म सञ्चालन हुने परीक्षालाई निष्पक्ष, शान्तिपूर्ण रुपमा सम्पन्न गराउन मंगलबार महानगरको परीक्षा समितिले ११ वटै केन्द्रमा केन्द्राध्यक्ष नियुक्त गर्नुका साथै उनीहरूका काम कर्तव्यका बारेमा जानकारी गराएको छ। परीक्षा सकिएपछि परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच गरी नतिजा तयार पारी चैत २८ गते सार्वजनिक गरिने कर्णले जानकारी दिए।
आधारभूत तहबाटै अध्ययन अध्यापनलाई प्रभावकारी बनाउन र शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले महानगरमा पहिलो पटक एकीकृत परीक्षा प्रणालीबाट आधारभूत तहको बार्षिक परीक्षा लिन लागेको महानगरका शिक्षा महाशाखा प्रमुख कर्णले बताए। उनले भने, ‘विगतमा जुन विद्यालयमा अध्ययन गरेको हो सोही विद्यालयले नै परीक्षा लिएर उत्तरपुस्तिका पनि सम्बन्धित विद्यालयले जाँच गर्ने गर्थ्यो, त्यसमा केहि विद्यालय र शिक्षकहरुबाटै चलखेल हुन्थ्यो। ती सबै विकृति अन्त्य गर्न यसपालिदेखि महानगरले एकिकृत माध्यमबाट परीक्षा लिन लागेको हो।’
कर्णका अनुसार एकीकृत परीक्षा प्रणाली सुरुभएसँगै अब भने अध्ययन अध्यापन सम्बन्धित विद्यालयले गर्ने र त्यसको मूल्यांकन तेस्रो पक्षबाट हुने छ। विद्यार्थीको सिकाई मापन तेस्रो पक्षबाट हुँदा निष्पक्ष र यथार्थपरक हुने भएकाले महानगरले यस वर्षबाट एकीकृत परीक्षा प्रणाली सुरु गरेको महाशाखा प्रमुख कर्णले बताए।
मंगलबार नवनियुक्त केन्द्राध्यक्षहरुलाई महानगरकान मेयर राजेशमान सिंहले नियुक्तीपत्र प्रदान गर्दै आधारभूत तहको अन्तिम परीक्षा निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन निर्देशन दिए।न्युज कारखाना
वीरगन्ज, ६ फागुन ।
वीरगन्जबाट प्रहरीले लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर ) सहित चार जनालाई पक्राउ गरेको छ। वीरगन्जको दुई छुट्टा छुट्टै स्थानबाट प्रहरीले एक युवतीसहित चार जनालाई पक्राउ गरेको हो।
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकस्थित सडकमा प्रहरी चौर्की इनर्वाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा भारतबाट नेपालतर्फ आउँदै गरेका चितवनको भरतपुर महानगरपालिका–१७ निवासी २४ वर्षीय अमित गुरुङ र २४ वर्षीया सुनिता विकलाई १ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।
यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित सडकमा प्रहरीले बा.९५ प २३०३ नम्बरको स्कुटी रोकेर चेकजाँच गर्दा त्यसमा सवार दुई युवकपनि खैरो हेरोइनसहित पक्राउ परेको थापाले बताए। पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका– ५ का २४ बर्षिय सेजल श्रेष्ठ र पर्साको जिराभवानी गाँउपालिका–२ का १९ बर्षिय विजय साह रहेका छन्।
उनीहरूको साथबाट पनि १ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए। खैरो हेरोइनसहित पक्राउ परेका चारै जनाविरुद्ध लागू औषधसम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको थापाले बताए।न्युज कारखाना
बारा, ६ चैत ।
जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा सोमबार कलैया क्रिकेट क्लब बिजयी भएको छ । समूह ‘ए’ को अन्तिम खेलमा कलैयाले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लबमाथि ९ विकेटको फराकिलो जीत हात पारेको हो ।
सेज क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको आयोजकले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८५ रन जोडेको थियो । आयोजकका लागि पुजन श्रेष्ठले २६, अजय पटेलले १२ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् ।
आयोजकलाई सस्तोमा समेटने क्रममा शंकर पौडेल र अरनिको यादवले समान दुई विकेट लिए भने अनिलकुमार साह, कुमार थापा र मनु हवारीले एक–एक विकेट लिए । ८६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको कलैयाले ७.३ ओभरमै जीत हात पारेको हो ।
कलैयाको जीतमा निरज यादवले बिष्फोटक ब्याटिङ गर्दै ५० रन बनाए । खेलमा अविजित रहेका उनले २२ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । यसैगरी कलैयाका ओपनर साहिल पटेलले १६ र कप्तान त्रितराज दासले १० रन बनाए । आयोजकका लागि प्रभात लामाले एक विकेट लिए ।
टिमलाई सानदार जीत दिलाएका निरज प्लेयर अफ दि म्याच घोषित भए । उनलाई जनता माध्यमिक विद्यालयका सहप्रध्यानाध्यापक बरुण गौतमले पुरस्कार वितरण गरेका थिए ।
आयोजकविरुद्ध सानदार जीत हात पारेपनि कलैया प्रतियोगिताबाट बाहिरिसकेको छ । समूह ‘ए’ बाट लगातार दुई खेल जित्दै चार अंकका साथ पर्सा क्रिकेट संघ फाइनलमा पुग्दा कलैया र आयोजक उपाधी होडबाट बाहिरिएका हुन् ।
कलैयाले आफ्नो पहिलो खेलमा आइतबार पर्सा क्रिकेट संघसंग पाँच विकेटको हार व्यहोरेको थियो । पहिलो खेलमा हार व्यहोरेको कलैयाले दोस्रो खेलमा आयोजकविरुद्ध सान्त्वना जीत हात पार्दै दुई अंक बटुलेको हो । यता लगातार दुई खेलमा पराजित हुँदै आयोजक अंकविहिन बनेको छ । आयोजकले आफ्नो पहिलो खेलमा पर्सा क्रिकेट संघसंग ७७ रनले पराजित भएको थियो ।
प्रतियोगिता अन्तर्गत मंगलबारदेखि समूह ‘बी’ का खेल हुनेछन् । समूह ‘बी’ को पहिलो खेलमा मकवानपुर क्रिकेट संघ र जनकपुर पिस फाउण्डेशन भिड्दैछन् । यस समूहको तेस्रो टोलीको रुपमा खुकुरी क्रिकेट क्लब भैरहवा रहेको छ ।
समूह ‘बी’ को शिर्ष टोलीले पर्सा क्रिकेट संघसंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल चैत्र १० गते हुनेछ । अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा जारी प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।न्युज कारखाना