२०८३ आश्विन १०
२०८३ आश्विन १०

 

काठमाडौ, २१ साउन ।

चिरख्वा हाइड्रोपावरले २८ साउनदेखि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्ने लागेको हो । यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछ ।

 

यसआधारमा १ सय अंकित मूल्यमा ४ लाख कित्ता सेयर स्थानीयलाई जारी हुनेछ । कम्पनीले यो सेयर आयोजना अति प्रभावित क्षेत्र भोजपुर जिल्लाको स्थानीय बासिन्दालाई निष्कासन गर्न लागेको हो ।

 

यता, कम्पनको सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १० प्रतिशत अर्थात ८० हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् । यसमा स्थानीय  समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

 

यस कम्पनीको आईपीओमा भदौ १० गतेसम्म आवेदन दिन सकिनेछ । यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा भदौ २५ गतेसम्म आवेदन दिन पाउनेछन् । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘इक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

 

स्थानीयले यस आयोजनाको आयोजना स्थलमा रहेको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

काठमाडौ, २१ साउन ।

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।  आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन  १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको भाउ भने स्थिर रहँदै तोलाको १ हजार ४२५ रुपैयाँ नै कायम भएको छ। गत शुक्रबार पनि भाउ स्थिर रहँदै चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो।

काठमाडौं, २१ साउन ।

नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नियुक्त भएकी छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार बिहान यसबारे जानकारी दिएको हो ।

सामाजिक सञ्जालमार्फत् क्यानले देविकाको नियुक्तिबारे जानकारी दिएका हो । पहिलो पटक नेपालले महिला क्रिकेट टिमका लागि महिला प्रशिक्षक ल्याएको हो ।

 

अगष्ट २८देखि मलेसियामा हुने आईसीसी वुमन्स विश्वकप टी–२० एसिया क्षेत्र छनोटका लागि नेपाली महिला टिमको ब्याटिङ कन्सल्टेन्टका रुपमा देविका आवद्ध भएकी हुन् । उनी काठमाडौं आइसकेकी छन् ।

नेपालले अगष्ट २८ देखि ९ सेप्टेम्बरसम्म छनोट खेल खेल्नेछ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई छन् भने समूह ‘बी’ मा, चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् ।

काठमाडौ, २१ साउन

। प्रि ओपन सेसनमा नेप्से सूचक ५ अंकले बढेको छ । यससँगै सूचक २०९५.४२ अंकमा आएको छ । ७० लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३८ कम्पनीको २३ हजार ३२८ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १२३ पटक सेयर कारोबार भएको हो । १५ कम्पनीको भाउ बढ्दा १६ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

काठमाडौ, २१ साउन ।

सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडले प्रिमियम भाउमा आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । सोनापुरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।

 

आयोजना प्रभावित स्थानीयलाई १०० रुपैयाँ फेस भ्याल्यूमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँको दरले आइपीओ बिक्री हुने भएको छ । यस्तै, सर्वसाधारणलाई भने १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँको दरले आइपीओ बिक्री हुने भएको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।

काठमाडौ, २१ साउन ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा ग्लोबल आइएमई बैंकले ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ४६.२६ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४ अर्ब ९५ करोड रुपैयाँ नाफा कमाएको थियो । असारसम्म आइपुग्दा ग्लोबलको खुद ब्याज आम्दानी ६६.३७ प्रतिशत र सञ्चालन नाफा ४४.२६ प्रतिशत बढेको छ । जसका कारण पनि खुद नाफा बढेको देखिन्छ ।

 

यो त्रैमाससम्म आइपुग्दा बैंकले वितरणयोग्य नाफा भने ८.७१  प्रतिशतले घटेर २ अर्ब ९५ करोड रुपैयाँमा झरेको छ । यता, बैंकको प्रतिसेयर आम्दानी पनि ० रुपैयाँ ७ पैसाले घटेर २० रुपैयाँ ७७ पैसामा कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ८४ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ०५ पैसा छ । ग्लोबलको रिजर्भ कोष, निक्षेप संकलन तथा कर्जा लगानीलगायत सूचकहरुमा पनि सुधार भएको छ ।

 

इस्तानबुल, २१ साउन ।

टर्कीका सुरक्षा बलहरूले प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी ९पीकेके० का दुई सदस्यलाई उत्तरी इराकमा मारेको र अर्का एक जनालाई पक्राउ गरेको टर्कीको रक्षा मन्त्रालयले शनिबार जनाएको छ।

 

अपरेशन क्लाउ लक जोनमा भएको झडपको क्रममा पिकेका सदस्यहरूलाई मारिएका हुन, जबकि एक महिला लडाकूलाई पक्राउ गरिएको रक्षा मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

 

टर्कीका कमाण्डोहरूले आफ्नो खोजी र गिरफ्तार अभियानको क्रममा हसानावा क्रिक नजिकैको गुफामा सो समूहसँग सम्बन्धित ठूलो हतियार पत्ता लगाए, अर्ध आधिकारिक अनाडोलु एजेन्सीले अज्ञात रक्षा मन्त्रालय स्रोतहरूलाई उद्धृत गर्दै रिपोर्ट गरे।

 

कमाण्डोहरूले झडप भएको गुफामा खोजी गर्दा १५ हजार ४ सय राउन्ड एन्टी एयरक्राफ्ट गोला बारुद बरामद गरेको बताइएको छ। स्रोतका अनुसार यो गुफा क्षेत्रमा अहिलेसम्म भेटिएको सबैभन्दा ठूलो हतियार हो। साथै, एम १६ र एके ४७ राइफल तथा धेरै गोलीहरु पनि बरामद भएका छन् । सो क्रममा हाते ग्रेनेड, दुई एक्शन क्यामेरा र थर्मल दूरबीन जफत गरिएको थियो, अनाडोलु एजेन्सीले रिपोर्ट गरेको छ।

 

गत वर्ष अप्रिलमा टर्कीको सीमा नजिकै मेटिना, जाप र अभासिन बास्यान क्षेत्रहरूमा पीकेकेका लुकेका ठाउँहरूलाई लक्षित गर्दै सो अभियान सुरु गरेको थियो । सो समुहलाई टर्कि, संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनको रूपमा घोषणा गरेका छन ।

पीकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्की सरकारविरुद्ध विद्रोह गर्दै आएको छ।

 

सियोल, २१ साउन ।

दक्षिण कोरियामा अमेरिकी सैनिकहरू सैन्य मेल मार्फत लागूऔषध तस्करी र वितरण गर्दै गर्दा पक्राउ परेका छन ।

स्थानीय प्रसारक एमबीसीले प्रकाशित गरको समाचार अनुसार राजधानी सियोलबाट करिब ७० किलोमिटर दक्षिणमा रहेको प्योङटेकमा प्रहरीले युएस फोर्सेस कोरियाबाट गुप्तचर सूचना पाए पछि गत अप्रिलमा सिंथेटिक भांग वितरण गरेको आरोपमा २० वर्षकी दक्षिण कोरियाली महिलालाई पक्राउ गरेको थियो। उनीसँग अमेरिकी सैनिकको एक समुहले लागु औषध खरिद गर्ने गरेको र बितरण गर्दै आएको पनि खुल्न आएको थियो ।

 

साथै, पक्राउ परेकी दक्षिण कोरियाली महिलासँग डेटिङ गर्ने अमेरिकी सैनिकविरुद्ध अनुसन्धान जारी छ।

 

युएस फोर्स कोरियाको ख्यालयको रूपमा काम गर्ने प्योन्गटेकको क्याम्प हम्फ्रेजबाट करिब १० मिनेट पैदल दूरीमा रहेको भवनमा करिब २० अमेरिकी सैनिकहरू सिंथेटिक भांग बाँड्ने र लिँदै गर्दा पक्राउ परेका थिए।

 

अमेरिकी सेनाको समूहलाई संयुक्त राज्य अमेरिकाको मुख्य भूमिबाट सैन्य मेल मार्फत सिंथेटिक भांगको तस्करी गरेको र यहाँ च्याट एप्लिकेसन मार्फत ड्रग खरिदकर्ताहरूसँग प्रत्यक्ष व्यापार गरेको आरोप लगाइएको थियो।

 

सबै विदेशी सैन्य मेलहरू एक्सरे निरीक्षणको अधीनमा छन् तर भन्सार क्लियरेन्स कर्मचारीहरूको अभाव र दक्षिण कोरिया र दक्षिण कोरिया बीचको सन्धि अन्तर्गत अमेरिकी सैन्य मेलहरू निरीक्षण गर्न कडा प्रक्रियाको कारणले शंकास्पद मेल फिल्टर गर्न गाह्रो भएको थियो।

गत हप्ता लागुऔषध वितरणको नेतृत्व गरेको संदिग्ध अमेरिकी सैनिकलाई प्रहरीले बोलाएर सोधपुछ गरेको थियो। अमेरिकी सैनिकलाई पहिले नै अमेरिकी सैन्य इकाईको सुविधामा हिरासतमा राखिएको थियो जबकि लागूऔषध अपराधमा संलग्न अन्य केही अमेरिकी सैनिकहरूलाई अनुसन्धान अघि अमेरिकी मुख्य भूमिमा सारिएको थियो।

तेहरान, २१ साउन ।

हिजाब नलगाएको आरोपमा पक्राउ परेर हिरासतमा रहेकी छात्रा महसा अमिनीको मृत्यु भएको एक वर्ष पुग्न लागेको छ ।

 

महसाको मृत्यु गत १६ सेप्टेम्बरमा भएको थियो । हिजाब राम्ररी नलगाएको भन्दै अमिनीलाई प्रहरीले हिरासतमा लिएको थियो र उनको यातनाबाट मृत्यु भएको थियो। यसपछि देशभर हिजाबलाई लिएर हंगामा मच्चियो र महिनौंसम्म हिंसात्मक प्रदर्शन भएको थियो ।

 

सो बिरोध प्रदर्शनको क्रममा महिलाहरूले सार्वजनिक रूपमा कपाल काट्छन् र हिजाब जलाउँछन्। तर, अहिले महसा अमिनीको मृत्यु भएको एक वर्ष पूरा भएपछि इरानी अधिकारीहरू हिजाबसम्बन्धी नयाँ विधेयकको तयारीमा जुटेका छन् ।

 

सीएनएनका अनुसार विज्ञहरूले यो विधेयक इरानीहरूलाई चेतावनी दिएका छन् कि इरान हिजाब नियममा आफ्नो अडानबाट पछि हट्दैन । गत वर्ष देशभर व्यापक विरोध भएको घटना ताजा हुदाँहुदैँ इरानले हिजाब सबन्धी नयाँ कानुनको मस्यौदा गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन ।

 

जसअनुसार ७० धाराको मस्यौदा कानूनले बुर्का लगाउन अस्वीकार गर्ने महिलालाई लामो जेल सजाय, नियम उल्लङ्घन गर्ने सेलिब्रेटी र व्यवसायीहरूलाई कडा नयाँ जरिवाना र ती महिलाहरूलाई मद्दत गर्न कृत्रिम बुद्धिमत्तालाई ड्रेस कोड उल्लङ्घन गर्ने व्यक्तिको रूपमा पहिचान गर्नेलगायतका धेरै प्रस्तावहरू राखिएको जनाईएको छ ।

 

यो विधेयक यस वर्षको सुरुमा न्यायपालिकाले विचारका लागि सरकारमा पेस गरेको थियो, त्यसपछि संसदमा पठाइएको थियो र पछि कानुनी तथा न्यायिक आयोगले स्वीकृत गरेको थियो। इरानको राज्य सम्बद्ध समाचार एजेन्सी मेहरले  रिपोर्ट गरेको छ कि यो आइतबार संसदमा पेश गर्नु अघि बोर्ड अफ गभर्नरमा पेश गरिनेछ।

किभ, २१ साउन ।

युक्रेनकी ३१ वर्षीया ब्यूटिसियन इभगोनिया एमराल्ड स्नाइपर बनेकी छिन् । रूस–युक्रेन युद्ध अघि उनी गहना व्यवसायमा काम गर्थिन् तर अहिले उनी उत्कृष्ट स्नाइपर हुन्।

 

३१ वर्षीया युक्रेनी ब्यूटिसियन इभगोनिया एमराल्ड स्नाइपर बनेकी छिन् । रुसले युक्रेनमा आक्रमण गर्नु अघि एभगोनिया एमराल्डले गहनाको व्यवसायमा काम गर्थिन् ।

 

२०२२ मा एवगोनिया एमराल्डले एवगेनी स्टिपान्युकसँग विवाह गरेकी थिइन, जसलाई उनले रुसी आक्रमणको सुरुमा खार्किभा जंगलमा भेटेकी थिइन्। अब एवगोनिया एमराल्ड आफ्नो तीन महिनाको बच्चाको हेरचाह गरिरहेकी छिन्।

 

इभगोनिया एमराल्डले २०१४  मा रूसको क्रिमिया आक्रमणको बेला सैन्य तालिम लिइन् र अहिले एक सम्मानित र दक्ष स्नाइपर बनेकी छिन्।

 

इभगोनिया पन्ना डराइन् जब उनले पहिलो पटक थाहा पाए कि उनले कसैलाई मार्नु पर्दछ तर इभगोनिया उनीहरूको ब्रिगेडको उत्कृष्ट सदस्य बनिन्।

 

इभगोनिया एमराल्डले सुरुमा यौनवादी मनोवृत्तिको सामना गर्नुपरेको थियो, उनी भन्छिन्, ‘जब उनी विशेष सेनामा सामेल भइन्, एक लडाकु उनीकहाँ आए र उनलाई सोधे कि तिमी यहाँ के गर्दै छौ ?’

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।