२०८३ आश्विन १०
२०८३ आश्विन १०

काठमाडौं, २१ साउन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीविरुद्ध घेराबन्दी भइरहेको बताएका छन् ।

१७ साउनदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै आइतबार अध्यक्ष प्रचण्डले माओवादी केन्द्रविरुद्ध घेराबन्दी भइरहेको बताएका हुन् ।

 

माओवादी केन्द्र र नेतृत्वमाथि घेराबन्दी भइरहेको र नेताहरुलाई जेलसमेत हाल्ने कुरा भइरहेको भन्दै उनले यसप्रति सचेत हुनुपर्ने बताए ।

काठमाडौ, २१ साउन ।

चालु साताकाे पहिलाे काराेबार  दिन आइतबार सेयर बजार ३८.३७ अंकले घटेकाे छ । बैंकहरुले समग्रमा राम्रो नाफा वृद्धि गरेको वित्तीय विवरण सार्वजनिक गरिरहँदा सेयर बजार भने थप घटेको हाे ।आइतबार नेप्से सूचक ३८.३७ अंकले घटेर २०५१.४७ विन्दुमा आएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब  ६८ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

 

सूचीृकत कम्पनीहरुले नाफा बढाएको रिपोर्ट निकालेकै बेला बजार थप घट्दा आम लगानीकर्ता भने अन्योलमा परेका छन् ।

 

यस दिन २६५ कम्पनीको ८० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १२ करोड ६९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सानिमा बैंक अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एभरेष्ट बैंक र एनआइसी एसिया बैंक परेका छन् ।

काठमाडौं, २१ साउन  ।

राप्रपाले भागबन्डा मिलाउन मन्त्रालय थप्ने सत्तारुढ दलको तयारीप्रति आपत्ति जनाएको छ । गठबन्धनले भागबन्डा मिलाउन लुम्बिनी प्रदेश सरकारमा मन्त्रालय थप्ने तयारी गरेपछि राप्रपाले आपत्ति जनाएको हो ।

लुम्बिनी प्रदेश सरकारले आठ दलीय गठबन्धनको सरकार टिकाउन र भागबण्डा मिलाउन मन्त्रालयको संख्या थप्ने तयारी गर्नु अनुचित रहेको भन्दै राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले आपत्ति जनाएका हुन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले गठबन्धनको मन्त्रालय थप्ने कार्यको विरोध जनाउँदै आपत्ति जनाएका हुन् । प्रदेश संरचना बोझिलो हुँख गर्दा अतिरिक्त आर्थिकभारको समेत परवाह नगरी मन्त्रालयको संख्या बढाउन नहुने भन्दै उनले हरेक प्रदेशमा डरलाग्दो आर्थिक भार र कुनै न कुनै बेथितिहरूको निरन्तरता देशले धान्न नसक्ने बताए ।

आफूहरू प्रदेश संरचना खारेजीको पक्षमा रहेको र प्रदेश खारेज गर्ने विषयमा बहस चलाउन ढिलो भइसकेको भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘प्रदेश संरचना यसको प्रयोगबाट नै असफल हुने निश्चित छ तर त्यो पर्खाइबाट ढिला हुने भयो । देश खोक्रो हुनुअघि जनताको शक्तिशाली तागतबाट वा राजनीतिक सहमतिका आधारमा प्रदेश संरचना खारेज गर्न सकिन्छ । यसबारे बहस चलाउन अब ढिलाइ नगरौँ । सबैभन्दा माथि देश, देशभन्दा माथि कोही छैन, केही छैन ।’

फेसबुकमा उनी लेख्छन् :

लुम्बिनी प्रदेश सरकारले ८ दलीय गठबन्धनको सरकार टिकाउन र भागवण्डा मिलाउन मन्त्रालयको संख्या थप्ने तयारी गर्नु अनुचित छ। प्रदेश संरचना बोझिलो हुँदै गर्दा अतिरिक्त आर्थिक भारको समेत परवाह नगरी मन्त्रालयको संख्या बढाउनु हुँदैन। लुम्बिनी मात्रै होइन हरेक प्रदेशमा डरलाग्दो आर्थिक भार र कुनै न कुनै बेथितिहरु छन् । यो अवस्थाको निरन्तरता देशले धान्न सक्दैन । हामी प्रदेश संरचना खारेजीको पक्षमा छौं, खारेज नहुँदासम्म यसमा हुने लापरबाही टुलुटुलु हेर्न पनि सकिन्न ।

प्रदेश संरचना यसको प्रयोगबाट नै असफल हुने निश्चित छ तर त्यो पर्खाइबाट ढिला हुने भयो । देश खोक्रो हुनुअघि जनताको शक्तिशाली तागतबाट वा राजनीतिक सहमतिका आधारमा प्रदेश संरचना खारेज गर्न सकिन्छ । यसबारे बहस चलाउन अब ढिलाइ नगरौं । सबैभन्दा माथि देश, देशभन्दा माथि कोही छैन, केही छैन ।

काठमाडौं, २१ साउन ।

परराष्ट्रमन्त्री एनपी साउदले सबै राजनीतिक दलको सहमतिमा एउटै परराष्ट्र नीति हुनुपर्ने बतााएका छन् । आइतबार कन्सुलर सेवा विभागमा अनलाइन कन्सुलर प्रमाणीकरणको सुरुवात गर्दै उनले दलहरुको एउटै परराष्ट्र नीति हुनुपर्ने बताएका हुन् ।

 

फरक फरक परराष्ट्र नीतिले राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकता बलियो बनाउन नसक्ने भन्दै उनले पार्टीहरुको परराष्ट्र नीति छुट्टाछुट्टै नबनाई सबैको सहमतिको नीति हुनुपर्नेमा जोड दिए ।

 

परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमानमा आधारित बनाउँदै राष्ट्रिय एकतालाई मजबुत गर्ने गरी अगाडि बढाइएको बताएका मन्त्री साउदले परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अघि बढाइएको बताए ।

काठमाडौं, २१ साउन ।

नेकपा माओवादी केन्द्रले नेताहरूको विभाग फेरबदल गर्ने निर्णय गरेको छ । आइतबार बसेको पदाधिकारी बैठकले नेताहरुको विभाग फेरबदल गर्ने निर्णय गरेको हो ।

१७ साउनदेखि जारी रहेको केन्द्रीय समिति बैठकमा जवाफ दिनुअघि आइतबार पदाधिकारी बैठक राखेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुको विभाग फेरबदल गरेका हुन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको पदाधिकारी बैठकले नेताहरुको विभागीय जिम्मेवारी फेरबदल गर्ने निर्णय गरेको हो ।

जसअनुसार उपमहासचिव वर्षमान पुन अनन्तले विशेष प्रदेशको जिम्मेवारी पाएका छन्  । अर्का उपमहासचिव जनार्दन शर्माले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाउँदा देवेन्द्र पौडेललाई मधेस प्रदेशको जिम्मेवारी दिइएको छ ।

यसैगरी कर्णालीमा चन्द्रप्रकाश खनाल, सुदुरपश्चिममा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाएका छनन् ।

पदाधिकारी बैठक सकिएलगत्तै कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु भएको छ । उक्त बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ अध्धयक्ष पुष्पकमल दाहाल प्रचण्डले दिइरहेका छन् ।

काठमाडौं, २१ साउन ।

देशका विभिन्न स्थानबाट लागुऔषधसहित नौजना पक्राउ परेका छन् ।

जुम्लाको चन्दननाथ नगरपालिका-६ विजयनगरबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित सोही नगरपालिका-१० बस्ने  १८ वर्षीय किशोरसमेत दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरको हो ।

सर्लाहीको मलंगवा नगरपालिका-१ स्थितबाट अवैध लागुऔषध गाँजा करिब ५ किलोसहित सोही नगरपालिका-८ बस्ने २७ वर्षीय सरोज साहलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी गोरखकाली र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको संयुक्त टोलीले भारततर्फ जाँदै गरेका उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

 

कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागुऔषध खैरो हेरोईन १ ग्राम ३ सय ३० मिलिग्रामसहित गोदावरी नगरपालिका-५ बस्ने २९ वर्षीय दिपक रानालाई  प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०१० प ४५३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ऐनाभित्र लुकाई ल्याएको उक्त लागुऔषधसहित उनलाई पक्राउ गरेको हो ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ अत्तरियाबाट अवैध लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ८ सय २० मिलीग्रामसहित सोही नगरपालिका-२ तेघरी बस्ने २७ वर्षीय तेज बहादुर खड्का समेत तीन जनालाई  प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो  ।

चितवनको रत्ननगर नगरपालिका-२ टाँडीचोकबाट अवैध लागुऔषध चरेशजस्तो देखिने पदार्थ करिब ५ किलो १ सय ग्रामसहित धादिङ थाक्रे गाउँपालिका-३ बस्ने ३२ वर्षीय भिमलाल तामाङलाई  प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले बा.८७ प २१०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापाको झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ४ सय ५० मिलिग्रामसहित ईलाम मङसेबुङ गाउँपालिका-९ बस्ने ३० वर्षीय युवराज लिम्बुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट र सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट पन्थपाडाबाट संयुक्त रुपमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भक्तपुर, २१ साउन ।

मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारस्थित रामेछाप सुनपाति गाउँपालिका-५ घर भएका ४० वर्षीय प्रभु खड्काको ओम होटलमा जुवातास खेलिरहेको अवस्थामा खड्का समेत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १७ हजार ४ सय २५ रूपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हेटौँडा, २१ साउन ।

मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडामा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध भएको छ । काठमाडौं–हेटौंडा जोड्ने पुरानो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएसँगै सवारी आवागमन रोकिएको छ ।

 

आइतबार बिहान साढे ९ बजेदेखि नौबिसे, भैसे, पालुङ हुँदै हेटौडा जाने सवारी साधन रोकिएका  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरो हटाएर यातायात सेवा सुरु गर्ने तयारी भइरहेको छ ।

काठमाडौं, २१ साउन ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।  केन्द्रीय समिति बैठक समापन गर्नुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक राखेका हुन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसिरहेको छ ।

केन्द्रीय समिति बैठकमा उठेकाक विषयमा अध्यक्ष प्रचण्डले दिने जवाफको तयारीका लागि पदाधिकारी बैठक राखेका हुन् ।

१७ साउनदेखि केन्द्रीय समिति बैठक बसिरहेको छ ।

 

टीकापुर, २१ साउन ।

कैलालीको टीकापुर-३ शंकरपुरस्थित केदारेश्वर आधारभूत विद्यालयमा तोडफोड भएको छ। शनिबार राति अज्ञात समूहले तीन वटा कक्षा कोठाको ढोका फोडेर डेस्क-बेन्च तोडफोड गरेको हो।

विद्यालयका प्रधानाध्यापक बद्री भट्टराईका अनुसार तीन कोठाका १० थान डेस्क-बेच्न र झ्याल-ढोकामा तोडफोड गरिएको छ। तोडफोडबाट करिब ३० हजार बराबरको क्षति पुगेको उनले बताए।

 

‘विद्यालय शिक्षा प्रदान गर्ने थलो हो। सामुदायिक विद्यालय त झनै सबैको साझा सम्पत्ति हो। यसरी विद्यालयको सम्पत्ति तोडफोड गर्दा कसैलाई फाइँदा पुग्दैन। यो एकदमै निन्दनीय घटना हो। दोषीमाथि कडा कारबाहीको माग गर्दछौं’, भट्टराईले भने। पटक-पटक विद्यालयमा यस्ता खाले घटना दोहोरिने गरेको उनले बताए।

आफू प्रअ भएर आइसकेपछि यो चौथो पटक विद्यालयमा तोडफोड भएको उनको भनाइ छ। ‘एक जना विद्यार्थीको झोला पनि छुटेको रहेछ। त्यो झोला र झोलामा रहेका सबै पुस्तक तथा कपिहरू पनि च्यातच्युत पारिएको छ’, उनी भन्छन्।

 

यसअघि अफिस रुममै तोडफोड भएको उनले बताए। ‘यसअघि अफिसकै सामान चोरी भएको थियो। ३५ सय रुपैयाँ, भान्सामा भएका खाजाका सामान, बाल कल्याण संघले दिएको एक सय चक्की साबुन चोरी भएको थियो’, उनले भने। दोषीलाई पक्राउ गरेर कडाभन्दा कडा कारबाही गर्न उनले माग गरेका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।