मञ्जय राम,कटहरिया,साउन २२ गते ।
आज बिहानै देखि रौतहट सहित देशको विभिन्न स्थानमा पार्नी परिरहेको छ । धेरै दिन पछि वर्षा हुँदा राहत महसुस भएको छ । किसानहरूले राहत पाएका छन् । पानी नपर्दा किसानहरू लाई समस्या उत्पन्न भएको थियो । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अवस्थित रहेको छ।

जल तथामौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य देखि पूर्ण बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।
सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक९दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू९क्षय तथा हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

काठमाडौं, २२ साउन ।
बहु प्रतिक्षित नागढुंगा–नौबिसे सुरुङ मार्गको एउटा टनेलको सोमबार ‘ब्रेक थ्रू’ गरिने भएको छ
।
निमार्ण सुरु भएको झन्डै चार बर्ष पछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रु’ गरिन लागिएको हो ।
अब ‘ब्रेक थु’ गर्नका लागि एक मिटर मात्र ‘रेस्क्यू टनेल’को काम बाँकि रहेको सो परियोजनाले जनाएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिन लागे पछि एक मिटर मात्रै बाँकी राखिएको हो । जो आज ‘ब्रेक थ्रु’ गरिने छ ।
सो ‘ब्रेक थु’ हुने भएपछि आज दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला नागढुंगा आयोजना स्थलमा पुग्दैछन । उनकाे उपस्थितिमा साे ‘ब्रेक थु’ गरिने छ ।
यसैगरी, २.५ किलोमिटर रहेको नागढुंगा-नौविसे सुरुङ मार्गको रेस्क्यू टनेलको आज ‘ब्रेक थु’ गरिएसँगै मुख्य टनेलको पनि चाँडै गरिनेछ । मुख्य टनेलकाे सुरूङकाे काम अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र अब खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।
काठमाडौं, २१ साउन ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सरकारी कर्मचारी हुँ भन्दै पेशेवर रुपमा ठगी गर्ने तथा लिखतसम्बन्धी कसुरमा सम्लग्न व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–३ स्थायी घर भएको सतेन्द्र अधिकारी भन्ने सत्यन्द्रप्रसाद यादव रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको भनाइ छ।
पक्राउ परेका यादवले आफूलाई वीर अस्पतालको डाक्टर तथा गृह मन्त्रालयको कर्मचारी रहेको भनी जाहेरवालालाई वीर अस्पतालमा जागिरसमेत लगाइ दिन्छु र निजको आफन्तलाई वैदेशिक रोजगारको लागि क्यानडा, इजरायललगायतका देशमा सरकारी कोटामा पठाइ दिने भन्दै विभिन्न व्यक्तिका राहदानी, नागरिकता, सवारीचालक अनुमतिपत्र लागि विभिन्न प्रलोभन र प्रभावमा पारी ३० लाख ५५ हजार लिई ठगी गरी सम्पर्कविहीन भएको उजुरीका आधारमा निजलाई ललितपुरको ग्वार्कोबाट पक्राउ गरिएको हो।
यसैगरी निजले विकास पाण्डे नाम गरेको व्यक्तिको मोटरसाइकलको बिलबुकमा आफ्नो फोटो टाँसी किर्ते गरेको खुल्न आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। पक्राउ परेका सतेन्द्रप्रसाद अधिकारी भन्ने सत्यन्द्र यादवलाई ठगीसम्बन्धी कसुर र लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेलमा पठाइएको छ।
महेन्द्रनगर, २१ साउन ।
महाकाली नदीमा पानीको सतहले सतर्कता विन्दु नाघेको छ। पानीले सतर्कता बिन्दु नाघेपछि बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द गरिएको छ।
पुल जीर्ण भइसकेकाले महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेकभन्दा माथि नाघेपछि बनबासा पुलमा सवारीसाधन आवतजावतमा बन्देज लगाउँदै आइएको छ। शारदा ब्यारेजको बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द भएपछि नेपाल–भारतमैत्री बस सेवा अन्तर्गत महेन्द्रनगरबाट हरिद्वार र दिल्ली चल्ने बस यतिबेला पुलको वारी नै रोकिएका छन्।
आज बिहान १० बजेदेखि महाकाली नदीको जलस्तर बठ्न सुरु भएकोमा साँझ ४ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव १ लाख ६३ हजार ९ सय ५० क्युसेक पुगेको छ। अहिले पनि जलस्तर बढ्नेक्रममै रहेको बताइएको छ।
आरके श्रीवास्तव,रौतहट,साउन २१ गते ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको मिलेमतोमा रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल सार्ने षडयन्त्र भएको उँखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवले आरोप लगाउनु भएको छ । पत्रकारहरु सँग कुराकानी गर्दै वहाँले यस्तो आरोप लगाउनु भएको छ । उधोग मन्त्रीले आफनो जिल्लामा अर्को चिनी मिल स्थापना गराइ वाहवाही कमाउनका लागि चिनी मिल उठाउन लगाउने षडयन्त्रमा लागनु भएको वहाँको आरोप छ । भोट बैंक बनाउने मन्सायले यस्तो गर्न लागनु भएको बताउनु भयो ।
विशाल ग्रुपको स्वामित्वमा रहेको श्रीराम सुगर मिलले ऋण नतिरेपछि नेपाल बैंक लिमिटेडले उद्योग लिलामी प्रक्रिया अघि बढाएको थियो । शिवशक्ति ग्रुपले सो लिलामी साकार गरेको हो । मिल सञ्चालकले अनाधिकृत रुपले मिल कवाड भनि टेण्डर प्रक्रिया बढाएको लाइ खारेज गरी मिल पुनः सञ्चालन गर्न वहाँहरुको माग छ । संघका अध्यक्ष यादवका अनुुसार मन्त्री रिजाल विशाल ग्रुप सँग मिलेमतो गरि चिनी मिल गरुडा बाट हटाउने षडयन्त्रमा लाग्नु भएको आरोप छ । मिल सञ्चालकले बदनियत पूर्ण तरिकाले मिल हटाएर जमिन बिक्री गर्ने सोचमा रहेको उनको भनाइ छ । २०४९ साउन १३ गते तत्कालीन गोल्छा अर्गनाइजेसनले स्थापना गरेको श्रीराम सुगर मिल्स २०७७ साउन १२ देखि पूर्णरूपमा बन्द छ । उद्योग जिल्लाको गरुडा नगरपालिका–६ महम्मदपुरमा रहेको छ । उद्योगको नाममा ८० बिघा जग्गा रहेको छ ।
निर्णायक आन्दोलन गर्ने तयारी
मिल पुनः सञ्चालन गराउने विषयमा सर्वदलय बैठक बाट कानुनी बाटोमा जाने निणर्य भएको अध्यक्ष यादवले बताए । यस बाट पनि सुनवाइ नभए कडा आन्दोलनका साथ अगाडी बढने चेतावनी दिए । उखु उत्पादक संघ रौतहटको नेतृत्वमा गठित श्रीराम सुगर मिल्स बचाउ संघर्ष समितिले लीलामी रद्द गर्नुपर्ने र मिल्स पुनः सञ्चालन गर्नुपर्ने माग राख्दै निर्णायक आन्दोलन गर्ने भएको छ । मिल पुनः सञ्चालन गर्न गराउनको लागि साउन २२ गते ज्ञापनपत्र बुझाउने,साउन २७ गते आम भेला गर्ने भएको छ । त्यसपछि पनि सुनवाइ नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
स्थानीय द्वारा लखेटिए शिवशक्ति ग्रुपका ब्यक्ती
श्रीराम सुगर मिलको लिलामी सकार गरेका शिवशक्ति ग्रुप शुक्रवार मिल अनुगमन गर्न आउँदा उँखु उत्पादक संघका सहित स्थानीयहरुले शिवशक्ति ग्रुपका पदाधिकारीलाई लखेटेका छन् । साथै स्थानीयले शिवशक्ति ग्रुपलाई मिल परिसर भित्र प्रवेश समेत गर्न दिएका थिएन्न् । मिल उठाने प्रयास गरे आफूहरुले प्रति गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।

काठमाडौं, २२ साउन । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य देखि पूर्ण बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।
सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू(क्षय तथा हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
काठमाडौं, २१ साउन ।
सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ।

ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले नीति निर्मातामाथि समेत अनुसन्धान गर्न आदेश दिएको हो।

सर्वोच्चको आदेशसँगै ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई माथि अनुसन्धान गर्न बाटो खुलेको छ। माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री निवास विस्तार गर्ने भन्दै नक्कली मोहीलाई सरकारी जग्गा सट्टा भर्ना दिएको थियो। भट्टराई नेतृत्वको मन्त्रिपरिषद बैठकले अस्तित्वमै नरहेको पशुपति टिकिन्छा गुठीका नाममा ललिता निवासको जग्गा दर्ता गर्न सैद्धान्तिक स्वीकृति दिएको थियो ।

‘२०६६ चैत २९ र २०६७ वैशाख ३१, २०६७ साउन २८ तथा २०६९ असोज १८ को नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय तथा निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष रुपमा संलग्न हुनेहरु, मन्त्रालयस्तरमा सो निर्णय गर्न किटानी प्रस्ताव पेश गर्ने वा प्रस्तावमा संलग्न माथिल्लो तहका पदाधिकारी वा अधिकारीको पदसोपान (अनुसन्धानकर्ताको सवाल बमोजिमको ‘पिरामिड’को माथिल्लो तह ) बाट समेत गरी अब उप्रान्तको थप अनुसन्धान कार्य अविलम्ब सम्पन्न गर्नु गराउनु भनी प्रत्यर्थीहरुको नाममा यो आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ।

जनकपुर, २१ साउन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मन्त्रिपरिषद्बाट स्वीकृत भएर सदनमा टेबलको तयारीमा रहेको शिक्षा ऐन सर्वस्वीकार्य रूपमा आउनु पर्ने बताएका छन्।
शहीदनगर नगरपालिका यदुकहा पुगेर २०२९ साल असोज १ गते तत्कालीन पञ्चायती शासन उत्कर्षमा रहेकोबेला प्रहरीको गोली लागेर निधन भएका धनुषा हडबाडाका कामेश्वर मण्डल र मुरीवाका कुशेश्वर यादवको सालिकमा माल्यार्पण गर्दै नेता महरले शिक्षक, विद्यार्थी र अभिभावकले अपनत्व ग्रहण गर्ने खालको शिक्षा नीति ल्याउनु पर्ने बताएका हुन्।
‘२०२९ असोज १ गते कामेश्वर र कुशेश्वरमाथि तत्कालीन पञ्चायती सरकारको प्रहरीले गोली चलायो। र, कामेश्वर-कुशेश्वरको गोली लागि घटनास्थलमै मृत्यु भयो। तत्कालीन पञ्चायती सरकारले नयाँ शिक्षा योजना लागू गरेको थियो। जसको विरोधमा कांग्रेस र नेविसंघ थियो। अहिले पनि शिक्षा ऐन सबैले अपनत्व गर्ने खालको ल्याउनु पर्छ। नत्र कांग्रेस र नेविसंघ पुनः त्यसको विरुद्धमा रहने छ,’ महरले भने। उनले हचुवाका भरमा शिक्षा ऐन ल्याउन समस्या हुने चेतावनी दिएका छन्।
‘बढीभन्दा बढी जनताको भावना सम्बोधन हुने गरी शिक्षा ऐन ल्याउनु पर्छ। सरोकारवालाहरूसँगको छलफल र सहमतिपछि मात्र शिक्षा ऐन ल्याउनु पर्छ। त्यसैले विद्यार्थी, शिक्षक र अभिभावकलाई मन पर्ने शिक्षा ऐन आयमात्र शिक्षाले फड्को मार्न सक्छ। सदनमा पनि जनताको सरोकारको विषय बनाएर यसमा बढीभन्दा बढी छलफल हुनुपर्छ,’ उनले भने।
२०४६ सालमा शिवधारी यादवको नेतृत्वमा आन्दोलन चलेको र प्रहरी धडपकड हुँदा पाँच जना महिलाले साहदत्त प्राप्त गरेको स्मरण गर्दै उनले अहिले बेलैमा सोचविचार गरेर त्यस्तो अवस्था आउनबाट रोक्न सरकार गम्भीर हुनुपर्ने उनले बताए। उनले नेपाली माटो छुने किसिमको शिक्षा नीति ल्याउन आवश्यक रहेको बताउँदै सरकारलाई जिम्मेवार हुन आग्रह गरेका छन्।
काठमाडौं, २१ साउन ।
क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका-६ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ बस्ने २७ वर्षीया फूलमाया जिरेल रहेकी छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिनभवनबाट पक्राउ गरेको हो।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपरा अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। उनले पीडितबाट पटक-पटक गरी ३ लाख ७४ हजार रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।
काठमाडौं, २१ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी जनताका घरमा पुगेर गुनासा र आलोचना सुन्न कार्यकर्तालाई आग्रह गरेका छन्।
पार्टीको आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकको अन्तिममा सम्बोधन गर्दै पार्टीले सञ्चालन गरेको तीन महिने अभियानको क्रममा देशभरीका प्रत्येक घरहरूमा पुगेर जनताको गुनासा र आलोचना सुन्न नेताहरूलाई निर्देशन दिएका हुन्।
प्रचण्डले तीन महिने अभियान प्रभावकारी बनाउन एउटा घर पनि नछाड्न र सहिद बेपत्ता परिवारसँग समेत भेट गर्न आग्रह गरेका छन्।
माओवादीले ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ नाम दिएर भदौ १६ गतेबाट तीन महिने अभियान सञ्चालन गर्दैछ। सो अभियानको सम्पूर्ण तयारी भदौ १५ भित्र सक्नेगरी लाग्न पनि सम्बन्धित नेताहरूलाई निर्देशन भइसकेको छ।