२०८३ आश्विन १०
२०८३ आश्विन १०

काठमाडौ, २२ साउन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार नेपाली बजारमा सुनको मूल्य घटेको जनाएको छ । महासंघले  आइतबारको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर कारोबारमा आएको जनाएको हो ।

मूल्य घटेसँगै साेमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ कायम छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, साेमबार चाँदीको मूल्य भने स्थिर छ । यससँगै, चाँदी विगत ४ दिनदेखि स्थिर कायम छ । चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम छ ।

 

काठमाडौ, २२ साउन ।

प्रि ओपन सेसनमा नेप्से सूचक ०.०९ विन्दुले बढेको छ । यससँगै सूचक २०५१.५६ अंकमा अडिएको छ । ९ लाख ४१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । २० कम्पनीको २४ सय ७६ कित्ता सेयर कारोबार भएको छ ।

 

यो सेसनमा कुल ९५ वटा कारोबार भएको छ । ९ कम्पनीको भाउ बढ्दा ९ वटैको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

 

काठमाडौं, २२ साउन ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आफ््ना सांसदलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

सोमबार संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक बोलाइएको छ ।

 

दुवै सदनका बैठक बस्नुअघि सोमबार बिहान सिंहदरबारमाम बसेको मा माओवादी संसदीय दलको बैठकमा नेता प्रचण्डले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन दिएका हुन् ।

काठमाडौ, २२ साउन ।

महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ४७.९५% ले थोरै हो । अघिल्लो वर्ष बैंकले ९० करोड ४७ लाख रुपैयाँ रुपैयाँ खुद नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ०.४५ प्रतिशतले बढ्दा सञ्चालन नाफा भने ४२.५७ प्रतिशतले घटेको छ ।

 

इम्पेयरमेन्ट चार्ज बढ्दा र सञ्चालन नाफा घट्दा यसको खुद मुनाफामा प्रभाव परेको हो ।   यसअवधिमा बैंकको वितरणयोग्य नाफा पनि १९.९३% ले घटेर ३३ करोड ६३ लाख रुपैयाँमा झरेको छ । बैंकको निक्षेप संकलन २०.१८ प्रतिशत र कर्जा लगानी ६.९५ प्रतिशतले बढेको छ । यसको खराब कर्जा २.४३ प्रतिशतबाट बढेर ३.५१ प्रतिशतमा आएको छ ।

 

महालक्ष्मीको प्रतिसेयर आम्दानी घटेर ११ रुपैयाँ २९ पैसा (वार्षिक) मा झरेको छ । गत वर्ष प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५६ पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ६५ पैसा छ ।

 

दमास्कस, २२ साउन ।

इजरायलले बिहान दमास्कस सहरलाई लक्षित गरी इजरायलले आक्रमण गरेको छ ।

 

जुन घटनामा परेर चार सिरियाली सैनिक मारिएका छन भने चार जना घाइते भएका छन्।

 

आक्रमणको बिरूद्ध सिरियाको राजधानीमा हवाई सुरक्षा बल सक्रिय गरिएको छ। शहरमा विस्फोटको आवाज सुनिएको बताइएको छ ।

 

यसअघि पनि साढे दुई साताअघि पनि आक्रमण भएको थियो । त्यो समयमा दमास्कसका सात ठाउँलाई निशाना बनाइएको थियो।

 

सैन्य स्रोतका अनुसार सोमबार बिहान करिब २ः२० बजे इजरायलले दमास्कस सहर वरपरका केही बिन्दुहरूलाई निशाना बनाएर कब्जा गरेको सिरियाली गोलान हाइट्सको दिशाबाट हवाई आक्रमण सुरु गरेको थियो। सिरियाली वायु रक्षा बलहरूले इजरायली सैनिकहरूलाई मारेर बदला लिएको जनाएका छन्।

इजरायलले हालैका वर्षहरूमा सिरियाको सरकारी नियन्त्रित भागहरूमा सयौं हवाई आक्रमण गरेको छ। यी सबैको बावजुद इजरायलले यी आक्रमणहरूको जिम्मेवारी कहिल्यै लिँदैन, न त तिनीहरूको बारेमा छलफल गर्दछ। यद्यपि, इजरायलले स्वीकार गरेको छ कि उसले इरान सम्बन्धित लडाकु समूहहरू जस्तै लेबनानको हिजबुल्लाहलाई लक्षित गरेको छ, जसले सिरियाली राष्ट्रपति बसर असदको सेनालाई समर्थन गर्न हजारौं लडाकुहरू पठाएको छ।

काठमाडौं, २२ साउन ।

ललिता निवास प्रकरणमा मुछिएका तीन पूर्वमन्त्रीविरुद्ध जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पक्राउ अनुमति दिएको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्री एवं नेपाली कांग्रेस नेता विजयकुमार गच्छदारसहित  दुई पूर्व भूमिसुधार मन्त्री डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीलाइ पक्राउ गर्नका लागि आइतबार काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।

 

सर्वोच्च अदालतले सो प्रकरणमा मुछिएका पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराइ माथी अनुसन्धान गर्न बाटो खोलेको दिनमा नै पुर्ब मन्त्रीत्रयलाइ पक्राउ गर्न अनुमति दिएको हो ।

 

ढाका, २२ साउन ।

बंगलादेशमा दशकौंपछि डेंगुले व्यापक विनाश निम्त्याएको छ।

 

देशैभर डेंगुको प्रकोपसँग मानिसहरु संघर्ष गरिरहेका छन् । अस्पतालमा बिरामीका लागि शय्याको अभाव भएको छ ।

 

सरकारी तथ्यांकअनुसार सन् २०२३ मा हालसम्म डेंगुका कारण २९३ जनाको मृत्यु भइसकेको छ भने करिब ६१ हजार ५०० जना संक्रमित भएका छन् ।

 

 

बंगलादेशको स्थानीय पत्रिका द ढाका ट्रिब्यूनका अनुसार राजधानी ढाकामा डेंगु ज्वरोले ठूलो सङ्ख्यामा मानिसहरूलाई त्रसित बनाएको छ। जनताले उपचार समेत पाउन नसकेको अवस्था छ । स्वास्थ्यमन्त्री जाहिद मलिकले देशको बिग्रँदै गएको अवस्थालाई लिएर सरकारले व्यापक सचेतना अभियान चलाएको बताए । सरकारले लामखुट्टेबाट सर्ने रोग नियन्त्रणका लागि सचेतना अभियान र वर्षापछि लामखुट्टेको लार्भा हटाउने प्रयासलगायत विभिन्न पहल गरेको छ ।

 

रोयटर्ससँगको कुराकानीमा पीडितले आफ्ना परिवारका सदस्यहरूको ढाकाको सरकारी अस्पतालमा उपचार भइरहेको बताइन्, जहाँ उनकी आमा र बहिनीले ओछ्यानसमेत पाउन सकेनन्। शैयाको अभावमा दुवैको भुइँमा उपचार भइरहेको छ ।

 

अगस्ट र सेप्टेम्बरको अन्त्यसम्ममा डेंगुको प्रकोप अझै बढ्ने अवस्थामा अवस्था झन् विकराल हुने विज्ञहरू बताउँछन् । सरकारी तथ्याङ्क अनुसार यस वर्ष मृत्यु हुनेको संख्या गत वर्षको तुलनामा २८१ जनाको मृत्यु भएको छ । जबकि संक्रमणको संख्या द्दण्द्दद्द मा दर्ता भएका टद्द,द्धद्दघ मामिलाहरू भन्दा थोरै मात्र कम छ।

 

उल्लेखनीय कुरा के छ भने, यसअघि स्वास्थ्य सेवा महानिर्देशनालय ले जुलाईमा बिरामीको संख्यामा ठूलो वृद्धि भएको बताएको थियो। असारको तुलनामा जुलाईमा सात गुणा बढी घटना भएको उनले बताए ।

 

धनगढी, २२ साउन ।

धनगढी उप महानगरपालिकाको शैक्षिक स्तर सुधारको प्रयासले सामुदायिक विद्यालयको स्तर सुधार हुने अपेक्षा गरिएको छ ।

 

उप महानगरले चालु शैक्षिक शत्र देखि विद्यालय सुधारका लागि विभिन्न प्रयास गरिरहेको छ । परिक्षामा कडाई गर्दै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई जिम्मेवार बन्न अभिप्रेरित बनाएको उप महानगरले विद्यार्थीलाई प्रबिधिसंग जोड्दै गुणस्तरिय शिक्षा प्रदान गर्ने योजना अघि सारेको छ ।

उप महानगर भित्रै कतिपय सामुदायिक विद्यालयमा हाल सम्म पनि प्रबिधिको प्रयोग गर्ने अभ्यास समेत छैन । त्यसको विद्यालयमा अध्यापन गरेर वर्तमान विश्वव्यापि शिक्षा परिवेसंग विद्यार्थीलाई प्रतिष्पर्धा गर्न सकस हुने भन्दै उप हानगरले सामुदायिक विद्यालयलाई प्रबिधि मैत्रि बनाउने प्रयास गरेको हो । तर प्रबिधि मैत्रि शैक्षिक संस्था बनाउँदा कतिपय विद्यालयमा लगानी गरेर प्रतिफल समेत नआउने देखिएपछि उप महानगरले सामुदायिक विद्यालय तथा केही विद्यालयका कक्षा समायोजन गर्ने निर्णय गरेको छ ।

उप महानगरको सो निर्णयले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा महत्वपुर्ण भूमिका खेल्ने धनगढी नमूना प्राबिधिक माविका प्रधानाध्यापक लक्ष्मणदत्त भट्ट बताउँछन् । ‘उप महानगरले शैक्षिक सुधारका लागि जुन नीति बनाएको छ, त्यसालाई साच्चै कार्यान्वयन गर्न सक्नुपर्दछ,’ प्रधानाध्यापक भट्टले भने, ‘त्यो नीति कार्यान्वयन भएमा यहाँका सामुदायिक विद्यालयमा यसै शैक्षिक सत्र भित्र सुधार भएको देख्न सकिने छ’ उनले भने ।

उप महानगरको परिक्षा प्राणालीमा कडाई गर्ने, विद्यालयका प्रअ, शिक्षक तथा कर्मचारीलाई दिल्ली भ्रमण गराउने र विद्यालय समायोजन गर्ने कार्यक्रम चरणबद्ध रुपमा भएको भन्दै उनले त्यस संगै शिक्षकको क्षमता अभिवृद्धि र मनोबल बढाउने काम पनि गरिनु आवश्यक भएको बताए ।

सामुदायिक विद्यालय समायोजन गर्दा सामुदायिक विद्यालयको श्रोत बढ्ने र विद्यार्थी संख्या पनि बढ्ने हुँदा पठनपाठनमा सजिलो हुने उनले बताए । विद्यालय समायोजनले उप महानगरलाई प्रबिधि मैत्रि विद्यालय निर्माणका लागि लगानी गर्न पनि सजिलो हुन सक्ने उनले बताए ।

दिल्लीका सामुदायिक विद्यालयको भ्रमण पछि सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि उप महानगरलाई सुझाव दिएका छौं,’ उनले भने, ‘उप महानगरपालिकाले त्यस अनुसार सामुदायिक विद्यालयमा लगानी गर्नेछ भन्ने अपेक्षा पनि गरेका छौं ।’

उपमहानगरपालिकाले नगरभित्रका विद्यार्थी संख्या न्यून भएका १४ वटा विद्यालय समायोजन गर्ने निर्णयनै गरेको छ । यही साउन १४ गते बसेको नगरकार्यपालिका बैठकले केही विद्यालय गाभ्ने र केहीका कक्षाहरू नजिकका विद्यालयमा समायोजन गर्ने निर्णय गरेको हो ।

बैठकले आधारभूत तहका चारवटा विद्यालय नजिकका विद्यालयमा पूर्ण रूपमा गाभ्ने निर्णय गरेको हो भने, आधारभूत तहका दुईवटा विद्यालयका १ देखि ५ सम्मका सबै कक्षा, आधारभूत तहकै ६ वटा विद्यालयका ६ देखि ८ सम्मका कक्षा र दुईवटा विद्यालयका ९ र १० कक्षा गाभ्ने निर्णय गरेको हो । नगरको विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान नियमावलीअनुसार विद्यार्थी संख्या कम भएका, शिक्षक दरबन्दी नभएका विद्यालय नजिकका विद्यालयमा समायोजन गर्ने निर्णय भएको उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्र खातीले बताए ।

उनका अनुसार धनगढी–२ को शैलेश्वरी आविलाई शारदा माविमा, वडा नम्बर ७ को नवज्योति आविलाई शिव माविमा, वडा नम्बर ११ को जोकैया आविलाई वेला आविमा र वडा नम्बर १८ को नेपाल भूपूसैनिक आविलाई खप्तडी आविमा गाभ्ने निर्णय गरिएको छ । विद्यार्थी संख्या न्यून रहेका यी विद्यालयमा बालविकास कक्षा मात्र बाँकी रहने छ ।

त्यस्तै, वडा नम्बर १२ को बेहडाबाबा आविका १ देखि ५ सम्मका कक्षा सिद्धनाथ आविमा र वडा नम्बर १७ को कालिका आविका ४ र ५ कक्षा न्यु कालिका आविमा समायोजन गरिने उनले जानकारी दिए। धनगढी–५, को राष्ट्रिय आवि, ६ को भैरवबाबा आवि, ९ को सरस्वती आवि, १२ को नवदुर्गा आवि, १४ को सिद्धार्थ आवि र वडा नम्बर १५ को जनजागृति आविका ६ देखि ८ सम्मका कक्षाहरू नजिकका विद्यालयमा समायोजन निर्णय गरिएको छ ।

राष्ट्रियको पञ्चोदय माविमा, भैरवबाबाको बासुदेवी माविमा, सरस्वतीको धनगढी नमुना माविमा, नवदुर्गाको दुर्गा आविमा, सिद्धार्थको सर्वोदय माविमा र जनजागृतिको राष्ट्रिय माविमा समायोजन गर्न लागिएको हो । त्यस्तै, वडा नम्बर १३ राजपुरको जनता राष्ट्रिय माविको कक्षा ९ र १० सोही वडाको कैलाली गाउँस्थित जनता राष्ट्रिय माविमा र वडा नम्बर १४ को दीपेन्द्र चारपाते माविका कक्षा ९ र १० सोही वडाको बेहडाबाबा माविमा समायोजन गरिनेछ ।

धनगढी उपमहानगरका प्रमुख गोपाल हमालले विद्यालय सुधारको प्रयासलाई अगाडि बढाइएको बताए । सामुदायिक विद्यालयमा नयाँ प्रविधिको प्रयोगसँगै अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । विद्यालय सुधारका लागि केही नयाँ योजना बनाइएको र त्यसलाई अब कार्यान्वयनमा लगिने कार्यपालिका बैठकमा उनले बताए । शैक्षिक गुणस्तर नहुँदा सरकारी विद्यालय भर्ना हुने दर घट्दै गएको उल्लेख गर्दै उनले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारको विकल्प नभएको बताए ।

 

काठमाडौं, २२ साउन ।

सभामुख देबराज घिमिरेले शिर्ष दलको बैठक बोलाएका छन् ।

 

निरन्तर संसदमा अबरोध हुन थालेको तथा ८ महिनासम्म संसदीय समितिको सभापति चयन गर्न नसकिरहेको बेला सभामुख घिमिरेले शिर्ष दलका शिर्ष नेतासँग बैठक बोलाएका हुन ।

 

सभामुखको सचिवालयका अनुसार सो बैठक  आज दिउँसो १२ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बस्नेछ ।

 

सभामुख घिमिरेले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख सचेतक वा सचेतकसहित उपस्थित हुनका लागि अनुरोध गरेका छन् ।

गत साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दलले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको थियो ।

 

सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेर अबरोध खुलाउन अनुरोध गरेका थिए भने प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरिसकेका छन ।

आइतबार पनि सिंहदरवारमा प्रमुख सचेतकहरुसँग छलफल गरेका सभामुखलाई सदनको अवरोध खुलाउन शीर्ष नेताकै तहमा बैठक बस्नुपर्ने सुझाव नेताहरुले दिए पछि शिर्ष नेताको बैठक बोलाइएको हो ।

 

काठमाडौं, २२ साउन ।

राष्ट्रियसभा बैठक बस्दैछ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।

 

बिद्यायन ब्यवस्थापन समितिको सभापति जयन्ती देवी राईले संविधान अनुसार ‘बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन २०८०’ पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।