२०८३ बैशाख १०
२०८३ बैशाख १०

 

भैरहवा, २३ साउन ।

लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनीबाट ७ किमि दक्षिण निपनिया दानव नदी किनारमा देखिएको कुषाणकालीन माटोद्वारा निर्मित इनारको उद्धार उत्खनन गर्ने भएको छ । कोषका सदस्य सचिव सानुराजा शाक्यको नेतृत्वमा निपयिन स्थित दानव नदी क्षेत्रको स्थलगत निरीक्षणपछि नदीकिनारमा रहेको कुषाणकालीन माटोको इनारलाई उद्धार उत्खनन गर्ने भएको हो ।

रुपन्देहीको लुम्बिनी सांस्कृतीक नगरपालिका वडा न. १२ मा पर्ने अमहवा गाउँ नजिकै रहेको निपनियामा दानव नदीको कटानले प्राचिन इनार, कुवा, माटाका भाडाहरु बगाउन थालेको भन्दै स्थानीयहरुले खबर गरेका थिए । लुम्बिनी विकास कोषको कार्यक्षेत्रमा नपरे पनि अमरहवा गाउँ नजिकैको निपनिया क्षेत्रमा पुरातात्विक भग्नावशेषहरु भेटिएकाले स्थलगत रुपमा निरीक्षण गरेको सदस्य सचिव सानुराजा शाक्यले बताए ।

 

उनले दानव नदीको कटानले इनार (रिंग) हरु बगाएर भारततर्फ लगेको देखिएकाले अहिले नदीको कनिारमा अवस्थित इनारलाई उद्धार उत्खनन गरि लुम्बिनी संग्रालयमा लैजाने तयारीमा जुटेको बताए । ‘नदीको कटानले प्राचिन समयका महत्वपूर्ण इनार, माटाका भाडाहरु बगाएर भारत लगेको देखिन्छ, यसको संरक्षणका लागि कोष एक्लेले केही गर्न सक्दैन,’ उनले भने, ‘यसका लागि स्थानीय, प्रदेश र पुरातात्व विभाग सबैले मिलेर काम गर्नुपर्छ ।’ सदस्य सचिव शाक्यले  लुम्बिनी गामे भनेर अशोक स्तम्भमा उल्लेख भएअनुसारकै प्राचिन बस्ती रहेको अनुमान गर्न सकिने बताए ।

 

स्थलगत निरीक्षणपछि कोषका पुरातात्व विभागका प्रमुख हिमाल कुमार उप्रेतीले निपनियामा बर्सेनि  पुरातात्विक इनार र अन्य महत्वपूर्ण बस्तुहरु बग्दै गएकाले यसको संरक्षण गर्नुपर्ने बताए ।  उनले कोषले अहिले नदी किनारमा बाढीको उच्च जोखिममा रहेको इनारलाई उद्धार उत्खनन गरि संग्रालयमा सुरक्षित गर्ने तयारी गरेको बताए । ‘प्रत्येक वर्ष यहाँ आउँदा माटोको इनार नदीको किनारमा देखिन्छ, तर बाढीले बगाइरहेको छ, यहाँ रहेको इनारलाई यो पटक उद्धार उत्खनन गर्छौँ,’ उप्रेतीले भने ।

 

पुरातात्विक हिसाबले यो क्षेत्र निकै महत्वपूर्ण रहेको बताउँदै भारतका पुरातात्वविद प्रोफेसर एसबी देवले सन् १९६४ मा उत्खनन गर्दा बुद्धीष्ट साइटको उत्तरापथमा पर्ने व्यापरिक क्षेत्रका रुपमा व्याख्खा गरेको उनले बताए । उनले निपनियालाई बुद्ध सर्किटको क्षेत्रसँग जोडेर पर्यटक आर्कषित गर्न सकिने बताए ।

 

भारतका प्रख्यात पुरातात्वविद एसबी देवले बन्जरही र पैसियामा उत्खनन गर्दा विभिन्न किसिमका माटाका भाँडाकुँडा, कचौरा, बिटबिनाका कचौरा, भाँडा, प्लेट, लामो घाँटी भएका घैँटो, हातबाट बनाइएका भूदेवीको मुखौटो, साँढे, हात्ती, थालहरू, आरी लगायतका सामग्री  भेट्टाएका थिए । निपनियामा अहिले यी सामाग्रीहरु दानव नदीको बाढीसँगै बग्दै आएका छन् ।

 

कोषले स्थलगत रुपमा गरेको निरीक्षणमा सदस्य सचिव सानुराजा शाक्य, पुरातात्व महाशाखा प्रमुख हिमाल कुमार उप्रेती, कार्यकारीणी सदस्य राजेश शाक्य, प्रेस कन्सल्ट्यान्ट विनोद परियार, कोषका कर्मचारीहरु नवराज अधिकारी, भोला प्रसाद गुप्ता र चन्द्रप्रकाश पाठक गएका थिए ।

 

काठमाडौं, २३ साउन ।

सदनको अवरोध हटाउन भन्दै सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्षनेताहरुको बैठक बसिरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा एक क्विन्टल सुन तस्करी प्रकरणममा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल एमालेको मागको विषयमा कुराकानी भइरहेकको छ ।  उक्त माग राखेर केही दिनयता एमालेले लगाातार सदन अवरुद्ध गर्दै आएको छ ।

जारी बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली तथा यी दलका प्रमुख सचेतकहरू सहभागी छन् ।

यसअघि सोमबार पनि उनीहरुबीच छलफल भएको थियो । सहमति हुन नसकेपछि सोमबार बोलाइएको प्रतिनिधिसभा बैठक मंगलबार अपरान्ह ३ बजेका लागि साारिएको छ ।

विशाल बस्नेत महोत्तरी, २३ साउन ।

सोमबारदेखि परेको अविरल वर्षाका कारण रातु नदीको वहाव ह्वात्तै बढेको छ । नदीको तटिय क्षेत्रका कतिपय उर्बरभूमी डुवानमा परेका छन् भने बस्तीसमेत जोखिमा परेका छन् । पानीको सतह माथि आएपछी बर्दिबासस्थित पाटुमा त खोला नै धान खेतबाट बगेको छ ।

क्षतिको औपचारिक जानकारी प्राप्त नभए पनि उर्बर क्षेत्रमा ठुलो नोक्सान भएको हुन सक्ने अनुमान गरिएको छ । नदी प्रणाली क्षेत्रमा काम गरेका कतिपय चुरे विज्ञहरुले त तटिय क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाइ सजग रहन सचेत गराएका छन् ।

चुरेविज्ञ नागदेव यादवले रातुले गराउन सक्ने क्षतिप्रति सचेत गराउँदै आफ्नो फेसबुकबाट नै रातुको उर्लंदो बाढीप्रति संवेदनशील बन्न सुझाव दिएका छन्   ।

 

बर्दिबास, बल्वाको लेउरी, भल्गी, धमौरा, तिलगढ, भगवतीपुर, संग्रामपुर, कविलाशा, दोस्तिया, हातिसर्वाजस्ता ठाउँका कतिपय भागहरु डुवानमा परेका पूर्व बाढी सूचना क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास तथा पैरवी मञ्चले जनाएको छ ।

 

बाढीमापन गर्दा रातु नदीमा २.५० मिटरको पानीको वहाव रहेको चुरेविज्ञ नागदेव यादवले बताए । रातभरि पानी परे पनि पानीको वहाव सतह भने बिहान ५ बजेपछि बढेको हुनाले मानवीय क्षति भने हुन नपाएको जनप्रतिनिधिहरुले बताएका छन् ।

 

काठमाडौ, २३ साउन ।

सुनको भाउ मंगलबार तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार १०० रुपैयाँ कायम भएको छ ।

 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।

 

यसअघि, सोमबार छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १४ सय रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय २५ रुपैयाँ कायम रहेको थियो ।

 

काठमाडौ, २३ साउन ।

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५४ विन्दुले घटेको छ । यससँगै सूचक २०४७.७१ अंकमा अडिएको छ । ४ लाख ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको ९१६ कित्ता सेयर कारोबार भएको छ ।

 

यो सेसनमा कुल ७४ वटा कारोबार भएको छ । ६ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

काठमाडौं, २३ साउन । नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् ।

 

मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेकी राजदूत डेप्रेजले प्रधानमन्त्री प्रचण्डसँग बिदाइ भेटवार्ता गरेकी हुन् ।

सो क्रममा प्रधानमन्त्री प्रचण्ड र राजदूत डेप्रेजबीच नेपाल–इयुबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ ।

 

काठमाडौं, २२ साउन ।

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग नागढुंगा सुरुङमार्गको सहायक (रेस्क्यु टनेल)को ‘ब्रेक थ्रु’ भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले रेस्क्यु टनेलको ब्रेक थ्रु गरेका हुन्।

आयोजनाअन्तर्गत दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु र दुई हजार ६ सय ८८ मिटर लामो मुख्य सुरुङमार्ग निर्माण भइरहेका छन्।

 

जापानिज निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनले यो आयोजनाको निर्माण गरिरहेको छ। २०१९ अक्टोबर २१ मा शिलान्यास भएको आयोजनाको साढे तीन वर्षमा सहायक सुरुङमार्गको ब्रेक थ्रु हुन लागेको हो।आगामी अप्रिल २०२४ भित्र कम्पनीले आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने म्याद छ।

 

 

वालिङ, २२ साउन ।

स्याङ्जाको भिरकोट नगरपालिका–४ छङछाङ्दीमा माइक्रो बस र भारतीय नम्बरको बस एकापसमा ठोकिँदा १३ जना घाइते भएका छन्।

 

काठमाडौंबाट स्याङ्जाको वालिङतर्फ जाँदैगरेको बा३प १००३ नम्बरको माइक्रो बस र सुनौलीबाट पोखरा जाँदै गरेको भारतीय पर्यटक चढेको जीजे ०५ बीएक्स २३२३ नम्बरको बस सोमबार साँझ ६ बजे एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले बताए।

 

घाइतेमध्ये दुई जनालाई उपचारका लागि पोखरा पठाइएको छ। उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको छ। माइक्रो चालक गल्याङ नगरपालिकामा बस्ने ४० बर्षीय पूरन बोहोरा र परिचय नखुलेका माइक्रो सहचालकलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीको भनाइ छ ।

 

दुर्घटनामा परी स्याङजा वालिङ २ का पबित्रा सोनाम, वालिङ ९ का दुर्गा ब.गुरुङ, वडा नं. २ का मुना गुरुङ, वडा १३ का मन्जु एस्के, वडा ८ का सरिता रेग्मी, भिरकोट घर भई वालिङ १ बस्ने मनसुभा नेपाली, चापाकोट ३ का बेद ब. थापा, चापाकोट ४ का मिन ब. सारु, पर्बतको बिहादी गाउँपालिका ४ का रुकमागत भुसाल, बिहादी ६ का टेक ब. बस्याल, वालिङ २ का सुमित्रा थापा मगर घाइते भएका छन्। सबैको गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचार भइरहेको छ।

 

भारतीय बसमा सवार ४८ जना  सबै सकुशल रहेको प्रहरीको भनाइ छ। दुबै सवारी साधन र भारतीय बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

काठमाडौं, २२ साउन ।

पहिरोसँगै पाँच दिनदेखि अवरुद्ध भालुवाङ–प्युठान–रोल्पा सडक आइतबार खुलेकोमा आज पुन: अवरुद्ध भएको छ।

 

सडक खण्डअन्तर्गत प्युठानको गर्जेनीमा बेलुका ७ बजेतिर पहिरो खसेपछि सडक बन्द भएको हो। अब भोलि बिहानदेखि उपकरणको प्रयोग गरेर पहिरो पन्छाउन सुरु गरिने सडक डिभिजन कार्यालय प्युठानका सूचना अधिकारी किसनप्रसाद गैरेले बताए।

 

ठूलो पहिरोका कारण गएको बुधबारदेखि बन्द भएको सडक हिजो बेलुकादेखि खुलेको थियो। आजदेखि सडक पुन: बन्द भएको हो।

 

काठमाडौं, २२ साउन ।

सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सात दिनको समय पाएको छ।

सोमबार जिल्ला अदालतबाट सीआईबीले सात दिनको समय पाएको हो। यसअघि राजस्व अनुसन्धान विभागले उच्च अदालतबाट म्याद थप गर्दै आएको थियो। विभागले अनुसन्धानको जिम्मा सीआईबीलाई दिइसकेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।