२०८३ श्रावण २२
२०८३ श्रावण २२

 

काठमाडौँ, २५ साउन ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक टोलीले बुधबार परराष्ट्रमन्त्री एनपी साउदसँग सिंहदरबारमा भेटवार्ता गरेको छ ।

 

उपाध्यक्ष आरके शर्मासहितको टोलीले भेटका क्रममा इराकमा रहेका नेपालीको समस्या समाधानका साथै एनआरएनएसँग सम्बन्धित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएको बताइएको छ । इराकमा कार्यरत झण्डै ४०० जना नेपालीको पासपोर्टको म्याद सकिन लागेकाले पासपोर्ट नवीकरणका लागि सहजीकरण गर्न मन्त्रीलाई ध्यानाकर्षण गराएएको उपाध्यक्ष शर्माले जानकारी दिए ।

 

यस्तै लामो समयदेखि इराकमा रोजगारी गर्नेहरुलाई पुनः श्रमस्वीकृति दिनका लागि व्यवस्था मिलाउन पनि अनुरोध गरिएको उनको भनाइ छ । ‘यो कुरामा उहाँ सकारात्मक हुनुहुन्छ’, शर्माले भने, ‘मध्यपूर्वका दूतावासको घुम्ती टोली वा परराष्ट्रमार्फत नै विशेष व्यवस्था मिलाएर समस्या समाधान गर्न ध्यानाकर्षण गराएका छौँ ।’ यो समस्या समाधानमा सरकारले आवश्यक सहजीकरण गरेको खण्डमा इराकमा कार्यरत २० हजार नेपाली लाभान्वित हुने शर्माको भनाइ छ ।

 

अहिले सरकारले इराक नखुलाएकाले दलालको सेटिङमा ठूलो रकम खर्चेर नेपालीहरु इराक पुग्ने गरेका छन् । सो क्रममा मन्त्री साउदले इराक रोजगारीका लागि खुलाउने वातावरण भए–नभएकोबारे पनि जिज्ञासा राखेका थिए । तर, एनआरएनएको टोलीले तत्कालका लागि पुनः श्रमस्वीकृति र पासपोर्ट नवीकरणको समस्या समाधान गर्न आग्रह गर्दै पछि आवश्यकता हेरर निर्णय गर्न सकिने जवाफ दिएको थियो । सो क्रममा माल्टा र पोर्चुगलमा दूतावास राख्न पनि अनुरोध गरिएको शर्माले बताए ।

 

यस्तै मध्यपूर्वसहित नेपाली श्रमिक भएका मुलुकमा उनीहरुलाई सहज हुने गरी दूतावासहरुमार्फत सेवा प्रवास गर्न पनि ध्यानाकर्षण गराइएको थियो । भेटका क्रममा गैरआवासीय नागरिकता छिटो दिने वातावरण मिलाउन पनि टोलीले परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराएको थियो ।

 

यसैबीच टोलीले बुधबार नै श्रम सचिवसँग पनि छलफल गरेको छ । सो क्रममा श्रमिकका हितका विषयमा नीति निर्माणका सवालमा ध्यानाकर्षण गराइएको बताइएको छ । उक्त भेटमा एनआरएनए आईसिसि उपाध्यक्ष शर्मा,उपाध्यक्ष नरेन्द्र भाट,पुर्व उपाध्यक्ष टिबि कार्की,युरोप संयोजक सन्तोष भट्टराई,एनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्कालगाएतको उपस्थिति रहेको थियो ।

 

मुम्बइ,

‘गदरः एक प्रेम कथा’को ब्लकबस्टर हिट भएपछि अब ‘गदर २’ रिलिजको तयारीमा छ ।

 

‘गदर २’ अगस्ट ११ अर्थात भोलीबाट हलमा रिलिज हुँदैछ । यसअघि फिल्मका निर्देशक अनिल शर्माले सन्नी देओलको बारेमा खुलासा गरेका थिए कि सन्नी देओलले फिल्मका लागि आफ्नो पारिश्रमिकमा सम्झौता गरेको थिए । वास्तवमा ‘गदर २’ को बजेट धेरै थिएन, जसका कारण सनी देओलले आफ्नो शुल्क घटाइदिएका थिए ।

 

लेहरान रेट्रोसँग कुरा गर्दै अनिल शर्माले फिल्म निर्माताहरुले फिल्ममा प्रयोग भएका गाडीहरुको बारेमा कुरा गर्दा फिल्मको बजेटको बारेमा सोधेको बताएका छन । अनिल शर्मा सुरुमा अलिकति हिचकिचाए तर पछि भने,  ‘मानिस बजारमा ८०, १००, १५० करोड बोल्छन् तर हाम्रो बजेट त्यस्तो छैन । यो धेरै कम छ।

 

‘गदर २’ मा अनिल शर्माका छोरा र तारा सिंहको छोराको भूमिका निर्वाह गरेका अभिनेता उत्कर्ष शर्माले प्राविधिकदेखि कलाकारसम्म फिल्मको अधिकतम बजेट निर्माणमा खर्च गर्न चाहेको बताए । यता, अनिलले बजेट अनुसार सबैको शुल्क नियन्त्रण भएको बताए । सनी देओलको पारिश्रमिकको बारेमा कुरा गर्दै उनले भने,  ‘सत्य भन्नुपर्दा सन्नीले नै आफ्नो शुल्क घटाए । अहिले निर्देशकको भन्दा कलाकारको पारिश्रमिक धेरै छ ।

 

अनिल शर्माका अनुसार सुटिङको बजेट ५००–६०० करोडसम्म छ । त्यसमध्ये १५० देखि २ सय करोड मुख्य कलाकारको हिस्सा छ । तर त्यो पैसा उत्पादनमा लगानी गर्नुपर्छ भन्ने सोचेका छौं । अनिल शर्माले बजेटका कारण भिएफएक्स प्रयोग नगरी  ‘गदर २’ मा रियल एक्शन चलाएको खुलासा गरे ।

 

यद्यपि, भारतीय सेनाले पनि फिल्म निर्माताहरूलाई समर्थन गर्‍यो र उनीहरूलाई उनीहरूको सवारी साधन, ट्याङ्क र सैनिकहरू साथै छायांकनको लागि ठाउँ पनि उपलब्ध गराएको थियो।

 

काठमाडौ, २५ साउन ।

नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न मुलुकहरुको मुद्रा बिनिमयदर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिद मूल्य १३२ रुपैयाँ २१ पैसा रहेको छ भने विक्रीदर मूल्य १३२ रुपैयाँ ८१ पैसा रहेको छ । त्यस्तै, युरो १ को १४५ रुपैयाँ १० पैसामा काराेबार हुनेछ ।

 

हिजो अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ २३ पैसा र बिक्री दर १३२ रूपैयाँ ८३ पैसा रहेको थियो भने युरो एकको खरिद दर १४४ रूपैयाँ ८४ पैसा र बिक्री दर १४५ रूपैयाँ ५० पैसा रहेको थियो।

 

बेलायती पाउण्ड स्ट्रलिङ १६८ रुपैयाँ ३५ पैसा, अष्ट्रेलियन डलर ८६ रुपैया ४५ पैसा र क्यानेडियन डलर ९८ रुपैयाँ ४७ पैसामा काराेबार हुदाँ सिंगापुर डलर ९८ रुपैयाँ २६ पैसामा खरिदबिक्री हुनेछ ।

 

जापानी येन आज १० को ९ रुपैयाँ २२ पैसामा काराेबार हुदाँ चाइनिज युआन १८ रुपैयाँ ३५ पैसा कायम गरिएकाे छ ।

 

उता खाडी क्षेत्रका मुलुकहरुमा कतारी रियाल खरिद मूल्य १ को ३६ रुपैयाँ ३० पैसा, साउदी रियालकाे ३५ रुपैयाँ २४ पैसा, युएइ दिराम ३६ रुपैयाँ, मेलसियन रिङगेट भने २८ रुपैयाँ ९२ पैसा कायम हुदाँ कुवेती दिनार ४२९ रुपैयाँ ८३ पैसा र बहराइन दिनार ३५० रुपैयाँ ७१ पैसामा काराेबार गर्न सकिनेछ ।

 

 

 

बेइजिङ, २६ साउन ।

चोरले चोरेर के गर्छन् ? मालसामान यता उता लैजान थाल्छन  । कहिले ति समातिन्छन त कहिले फरार हुन्छन् । तर जब उनीहरु समातिन्छन् तब उनीहरुको अनौठो र उनीहरुले चोरी गर्ने तरिकाहरु सार्वजनिक हुन्छन्, जसलाई थाहा पाएपछि जो कोही पनि छक्क पर्न सक्दैनन् । यस्तै एउटा घटना दक्षिणपूर्वी चीनको शेन्जेन सहरको फुटियान बन्दरगाहमा भएको छ ।

 

यो मुख्य भूमि चीन र हङकङ बीचको प्रवेश बिन्दुको रूपमा सेवा गर्ने सहर हो। यहाँ चिनियाँ पक्षको ह्वाङगाङ भन्सारका अधिकारीहरूले देखे कि एक व्यक्ति नर्भस देखिन्छ र उसको अनुहारमा चिन्ता स्पष्ट देखिन्छ। वास्तवमा त्यो व्यक्तिले आफ्नो खल्तीमा १४ वटा जिउँदो सर्प लुकाएर भन्सारबाट बच्न खोजिरहेको थियो । तर उनको अनुहारको हावभावले उनको प्रयास असफल बनायो र सुरक्षा गार्डले उनको हाउँभाऊ देखेर उनलाई रोके।

 

मेट्रो रिपोर्टका अनुसार ती व्यक्तिले अफिसरहरूबाट भाग्दै थिए। त्यसमा अधिकारीहरूले शंका गरे र तुरुन्तै व्यक्तिलाई अलग गरे र उसको सामान जाँच गर्न अनुरोध गरे। पछि अनुसन्धानका क्रममा कपासको मोजा र मोजा भित्र लुकाएर राखिएको १२ वटा सरीसृप पाइएको थियो । सीमा एजेन्टहरूले होसियारीपूर्वक मोजाहरू खोले र सर्पहरूलाई एक एक गरी बाहिर निकाले। सर्पहरूलाई प्लाष्टिकको भाँडोमा राखेर अधिकारीहरूलाई बुझाइयो।

 

१४ सर्पहरू मध्ये तीनवटा बल अजगर थिए, जसलाई शाही पाइथन पनि भनिन्छ। यी सर्पहरू ‘लुप्त प्राय’ प्रजातिका हुन् र प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घको रातो सूचीमा सूचीकृत छन्।

डेलीस्टारका अनुसार चिनियाँ नियमहरू अनुसार देश भित्र ल्याइएका वा बाहिर लाने जनावरहरूको परीक्षण गर्नुपर्छ। कानुनी रुपमा जानुअघि उनीहरुलाई केही समय क्वारेन्टाइनमा राखिनु पर्छ ।

यसको मतलब यो हो कि सीमा पारबाट असफल तस्करी गरिएका ती १४ सर्पहरूलाई क्वारेन्टाइनमा राख्न आदेश दिईएको छ र त्यसपछिको परीक्षण आवश्यक छ कि उनीहरूलाई कुनै रोग लागेको छ कि छैन ? जाँचबुझ गरिन्छ ।

 

सियोल, २६ साउन ।

उत्तर कोरियाली नेता किम जोङ उनले सेनाको शीर्ष जनरललाई बर्खास्त गरेको छ ।

 

सो बर्खास्ती पछि राष्ट्रपति किम जोङले युद्धको सम्भावनाको लागि थप तयारी गर्न निर्देशनसमेत दिएका छन । जसअनुसार उनले भनेका तयारीहरूमा हतियार उत्पादन प्रवर्द्धन र सैन्य अभ्यासको विस्तार जस्ता कुराहरू आह्वान गरिएको छ।

 

रोयटर्सका अनुसार किमले केन्द्रीय सैन्य आयोगको बैठकमा उत्तर कोरियाका शत्रुहरूलाई रोक्न बदला लिने उपायहरूबारे छलफल गर्ने क्रममा उक्त जानकारी दिएका हुन ।

 

राज्य नियन्त्रित मिडिया केसीएनएले विवरण नदिई सेनाका शीर्ष जनरल चिफ अफ द जनरल स्टाफ पाक सु इलको स्थानमा जनरल रि योङ गिललाई मनोनयन गरिएको बताएको छ । तर, रीलाई रक्षामन्त्रीको पदमा कायम राख्ने वा नराख्ने भन्ने स्पष्ट भएको छैन ।

 

नाइजेरिया, २६ साउन ।

के तपाईंले कहिल्यै सोच्नुभएको छ कि राष्ट्रपतिलाई सुख्खा भात खानका लागि पनि प्रलोभन हुनेछ ? तर यथार्थमा यस्तो भइरहेको छ, एक देशको राष्ट्रपतिले सुकेको भात खाएर पेट भर्नुपर्छ ।

वास्तवमा, हामी नाइजरका प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति मोहम्मद बाजोमको कुरा गर्दैछौं। उनलाई अहिले आइसोलेसनमा राखिएको छ र खानाको नाममा सेनाले ड्राई आइस र पास्ता मात्रै दिने गरेको उनीहरु बताउँछन् ।

 

हालै त्यहाँको सेनाले नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई अपदस्त गरेको थियो । बजौमलाई सत्ता हस्तान्तरण गर्न सैन्य जन्टामागी अन्तर्राष्ट्रिय दबाबमा छ तर सेनाले अपदस्थ राष्ट्रपतिको नेतृत्वमा शाषनसत्ता पुर्नबहाली गर्न अस्वीकार गरेको छ किनभने सेनाले जनताको समर्थन पाइरहेको छ । जसका कारण त्यहाँको सेना अहिले सत्तामा छन् ।

 

सीएनएनको रिपोर्टका अनुसार नाइजरका राष्ट्रपति बाजोमले आफ्ना साथीलाई सन्देश पठाएर आफूमाथि भइरहेको ज्यादतीको उल्लेख गरेका छन्। शुक्रबारदेखि आफूलाई कसैसँग बोल्न नपाएको उनी बताउँछन् । उनलाई न त कसैले खाना दिन्छ न औषधि । सिंगो देशले ज्यान गुजारा गरिरहँदा एक साता देखि बिजुलीविना बाँचिरहेको बजुम बताएका छन् ।

 

आफूलाई जति खानेकुरा दिइयो, त्यो सबै बिग्रिएको राष्ट्रपति बजुमले बताएका छन् । सुख्खा भात र पास्ता खाएर दिन बिताउने अवस्था आएको उनले जनाएका छन् । राष्ट्रपतिलाई आइसोलेसनमा राखिए पनि बाहिरी दुनियाँसँग सम्पर्क गर्न भने दिइँदै आएको छ । विद्रोहपछि राष्ट्रपति बजुमलाई दुई सातादेखि घरमै नजरबन्दमा राखिएको छ ।

नाइजरका प्रधानमन्त्रीले राष्ट्रपतिलाई नराम्रो अवस्थामा राखे पनि आफूले साहस कायम राखेको बताएका छन् । उनले इकोवाससँगको वार्ता जारी राख्ने सैनिक शासकले चाहेको पनि बताए । इकोवासले नाइजरमा जन्मेको यो संकटसँग जुध्न मद्दत गरिरहेको छ। पश्चिमी देशहरूको गठबन्धनलाई इकोवास भनिन्छ।

 

क्वविटाे, २६ साउन ।

इक्वेडरमा राष्ट्रपति पदका एक उम्मेदवारको गोली हानी हत्या गरिएको छ ।

 

केही दिनमा हुन लागेको राष्ट्रपति निर्वाचनका लागि प्रचारमा रहेका फर्नान्डो भिल्लाभिसेन्सियोको बुधबार साँझ गोली हानी हत्या गरिएको हो ।

 

समाचार अनुसार उनले क्विटो शहरमा एक चुनावी र्‍यालीको आयोजना गरेका थिए, सोही र्‍यालीमा एक संदिग्ध ब्यक्तिले उनी माथी गोली हानी हत्या गरिएको हो ।

 

स्थानीय सञ्चारमाध्यमले आन्तरिक मन्त्री जुआन जापाटालाई उद्धृत गर्दै यो खबरको पुष्टि गरेका छन् । ५९ वर्षीय पत्रकार भिल्लाभिसेन्सियो २० अगस्टमा हुने राष्ट्रपतीय निर्वाचनमा आठ उम्मेदवारमध्ये एक थिए।

 

मुम्बई, २६ साउन ।

बिग बोस ओटीटी २ टाउन अफ द टाउन बनेको छ। दिग्गज निर्देशक महेश भट्ट शोमा प्रवेश गरे। उनी फेमिली वीकमा छोरी पूजा भट्टलाई भेट्न गएका थिए । उनले घरका सबै प्रतियोगीहरूलाई भेटे र उनीहरूलाई माया गरे।

 

परिवारका सबै सदस्यलाई भेटेपछि उनले छोरी पूजा भट्टलाई भेटेका थिए । छोरीलाई भेट्दा उनी भावुक देखिन्थे । जब उनले आफ्नी छोरीलाई घरमा भेटे, उनले पूजा भट्टको जन्मको बारेमा एउटा किस्सा साझा गरे। उनले भने, ‘पूजा हुँदा म २३ वर्षको थिएँ । मसँग पैसा थिएन। अस्पतालका लागि १२ सय रुपैयाँ तिर्नुपर्ने भयो । यो पैसा कसरी तिर्ने भन्ने चिन्तामा थिएँ । मैले पूजाकी आमालाई भेटेँ जब म स्कूलमा थिएँ र १६ वर्षको थिएँ ।

 

महेशले थप भने,  ‘विहान घरको एउटा कुनामा बसेको देखेँ । यहाँ शान्तिको अनुभूति भइरहेको छ। मन तोडेर यहाँ आएका छौ। महेशले आफूले २३ वर्षको उमेरमा पूजालाई चिठी लेखेको पनि बताए । महेशले आफूलाई पूजामा गर्व भएको बताए ।’ सो क्रममा दुवैजना भावुक पनि देखिएका छन् ।

 

वासिंगटन, २६ साउन ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यु ह्याम्प शायरमा आफू सत्तामा आएमा अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान चलाउने अग्रिम घोषणा गरेका छन् ।

 

‘अहिले अमेरिका भित्रैबाट आक्रमण भइरहेको छ,’ उनले भने, ‘लाखौं अवैध आप्रवासीहरू अमेरिका प्रवेश गर्दै छन्, जसले स्थानीय जनताको अधिकार हनन गरिरहेका छन्। यसबाहेक लागुऔषध र अपराधलाई पनि प्रवद्दन पनि गरिरहेका छन् ।’

 

उनका अनुसार गत अक्टोबर २०२१ देखि सेप्टेम्बर २०२२ सम्म अमेरिका–मेक्सिको सीमामा २२ लाख अवैध आप्रवासी पक्राउ परेका छन् । यो राष्ट्रपति बिडेनको असफल नीतिहरूको परिणाम हो।

 

ट्रम्पले अगाडी भने, ‘हामी सीमामा नै डिपोर्टेशन अफिसरहरू तैनाथ गर्नेछौं। प्रत्येक गैरकानुनी आप्रवासीलाई फेला पारेर आफ्नो देशमा फिर्ता पठाइनेछ।’ अवैध आप्रवासन ट्रम्पको अभियानको पुरानो मुद्दा हो। ट्रम्पले २०१६ को चुनावमा पनि यो मुद्दा उठाएका थिए ।

 

आपराधिक आरोपको सामना गर्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन्। उनी अहिले तीनवटा मुद्दामा फौजदारी अभियोगमा परेका छन् । पहिलो पोर्न स्टार स्टर्मी डेनियनसँगको आफ्नो सम्बन्ध लुकाउनको लागि भुक्तान गर्ने बारे हो। एउटा गणना राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य कागजातहरू राख्ने र झूट बोलेर न्यायमा बाधा पुर्‍याउने हो। यसबाहेक तेस्रो मुद्दा २०२० राष्ट्रपति चुनावको नतिजा उल्ट्याएको आरोपसँग सम्बन्धित छ।

 

इस्लामबाद, २६ साउन ।

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा संसदको तल्लो सदन राष्ट्रिय सभा भंग गरेका छन् ।

 

यस संसद भंग भएसँगै मुलुकमा आमनिर्वाचन गर्ने बाटो खुलेको छ । यो निर्णय गए राति भएको हो ।

 

पीटीआई रिपोर्टका अनुसार तल्लो सदन विघटनका लागि जारी गरिएको अधिसूचनामा संविधानको धारा ५८ अन्तर्गत तल्लो सदन विघटन गरिएको हो ।  प्रधानमन्त्री शाहबाज सरिफले राष्ट्रपतिलाई पत्र लेखेर राष्ट्रिय सभा भंग गर्न सिफारिस गरेका थिए ।

 

पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल एन) नेतृत्वको गठबन्धन सरकार अझै दुई दिनसम्म सत्तामा रहन सक्थे र अगस्ट ११ मा संसद विघटन गर्न चाहन्थे, तर जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरानको पार्टीका पूर्व नेता राष्ट्रपति अल्वीले तल्लो सदन विघटन गर्न तत्काल अधिसूचना जारी गर्न अस्वीकार गर्ने सम्भावना रहे पछि दुई दिन अघि नै बिघटनको सिफारिस गरेका हुन् ।

 

जियो न्यूजको रिपोर्टका अनुसार प्रधानमन्त्री शेहबाजले बुधबार ढिलो राष्ट्रपति अल्वीलाई राष्ट्रिय सभा विघटन गर्न पत्र पठाएका थिए, जसले औपचारिक रूपमा कार्यवाहक प्रधानमन्त्री नियुक्तिको प्रक्रिया सुरु गर्नेछ। संसदको तल्लो सदनको कार्यकाल सकिन तीन दिनअघि प्रधानमन्त्री शेहबाजले राष्ट्रपति अल्वीलाई यसलाई विघटन गर्न सल्लाह पठाएका हुन् । राष्ट्रपति अल्वीले तत्कालै राष्ट्रिय सभा भंग गर्न वा ४८ घन्टा ढिलाइ गर्न सूचना जारी गर्न सक्छन्।

 

नेशनल एसेम्बलीको समयपूर्व विघटन भएमा पाकिस्तानको निर्वाचन आयोगले ९० दिनभित्र निर्वाचन गराउनेछ। राष्ट्रियसभाको संवैधानिक कार्यकाल पूरा भएको भए ६० दिनभित्र निर्वाचन हुने थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।