महाेतरी, २८ साउन ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले चुरे दोहनले मधेशको उर्बर भुमी बिस्तारै मरुभूमि बन्दै गएको बताएका छन ।
ग्रामिण उधम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका मन्त्री भुसालले मधेशमा चुरे दोहन मुख्य समस्या रहेको वताए । विशेषगरि धान उत्पादनमा यस्को प्रभाव प्रत्यक्ष परेको वताउँदै चुरे हरियाली नभएसम्म तराइका जमिन बन्झर नै बनिरहने उनकाे तर्क छ ।
`मधेशको प्राण मानिने चुरेको निरन्तर दोहनले कृषियोग्य भुमिहरु मरुभूमि बन्दै छन,´ उनले भने, `अब चुरे बचाउनुको विकल्प नै छैन ।´ उनका अनुसार चुरे रहेसम्म मधेश रहने वताउदै स्थानिय र सरोकारवालाहरु नै दोहन नियन्त्रण गर्न लाग्न ढिलाइ भइसकेकाे छ ।
पछिल्लो केही बर्ष यता मधेशमा चुरे दोहन कै कारण सिंचाइका नहरहरु सुकेका छन भने खानेपानीको समस्या त बढदै गएको छ । मधेशका जिल्लाहरुमा खानेपानी र सिंचाइको हाहाकार नै बने पछि मधेशलाइ सुख्खा क्षेत्र घोषणा गर्न सरोकारवालाहरुले माग गरेका थिए ।
काठमाडौं, २८ साउन ।
संघीय संसद अबरोध भए पनि संसदीय समिति बैठक भने निरन्तर चलिरहेका छन् ।
गत मंशिरमा भएको निर्वाचन पछि गठन भएका समितिका सभापति चयन हुन नसकिरहेको बेला संसदीय समितिका बैठक भने चलिरहेका हुन् ।
जसअनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । उक्त बैठक दिउसो २ बजे, सिंहदरबारमा बस्नेछ ।
न्युज कारखाना,लमजुङ २७ साउन
बेसीशहर बजारमा खाद्यन्न र किराना पसल अनुगमन गरिएको छ । पर्यटन तथा उद्योग कार्यलय लमजुङको आगुवाईमा बजार अनुमगन गरिएको हो । बेसीशहरको विभिन्न १९ वटा पसलहरुको अनुगमन गरिएको थियो ।
अनुगमनमा विषेश गरी खाद्य सामाग्रीहरुको उत्पादन मिति, खरिद मुल्य विल र विक्री मूल्यको विल हेरिएको थियो । अनुगमनका क्रममा खाद्य सामाग्रीहरुमा लेवलिङ नगरिएको, मुल्यसूची नराखेको, म्याद गुज्रेका सामाग्री फेला परेका थिए ।
अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका सामाग्री जफत गरिएको छ भने पसलमा साइनबोर्ड राख्न, खाद्य सामाग्रीको मूल्यसुची राख्न र नगरपालिका तथा घरेलुमा दर्ता नभएका पसलहरुलाई दर्ता गर्न सुझाब दिएको अनुगमन टोलीका संयोजक पर्यटन तथा साना उद्योग कार्यालयका प्रमुख मिता कुमारी थापाले बताइन । जफत गरिएका सामाग्रीलाई मुचुल्का उठाएर जिल्ला प्रशासन कार्यालयले प्रक्रिया पूरा गरेर नष्ट गर्ने जिल्ला प्रसाशन कार्यलय लमजुङका प्रशासकिय अधिकृत जगदिश मिश्रले बताए ।
पर्यटन तथा उद्योग कार्यालय लमजुङका प्रमुख मिता कुमारी थापाको नेतृत्वमा बजार अनुगमन गरिएको थियो ।
काठमाडौं, २७ साउन ।
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार निश्चित कार्य योजनासहित मुलुकको विकासमा अगाडि बढेको बताएका छन्।
शनिबार नेपाल टेलरिङ व्यवसायी महासंघको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री खड्काले अहिलेको अफ्ठ्यारो परिस्थितिबाट मुलुकलाई माथि उठाउन मुलुकमा सुशासनको नागरिकलाई अनुभूति दिलाउन, भ्रष्टाचार, अनियमितता नियन्त्रण गर्न सरकार लागि परेको बताएका हुन्।
‘मुलुकको आर्थिक अवस्थालाई माथि उठाउन सिंगो व्यवसायसँग जोडिएका संस्था व्यवसायीहरूलाई साथमा लिएर साझा उद्देश्यमा रूपान्तरण गरेर अघि बढ्ने निश्चित मार्गचित्रसहित वर्तमान सरकार अघि बढेको छ। यो सरकारको स्थिरतामा कहीँ कतै शंका गर्नुपर्ने, के हुने हो भन्नुपर्ने अवस्था छैन। हामी निश्चित कार्ययोजनासहित अघि बढेका छौं,’ उनले भने।
नेपालमा उद्यमदेखि रोजगारी सिर्जना गर्नमा समेत साना व्यवसायी तथा टेलरिङ व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताउँदै उपप्रधानमन्त्री खड्काले टेलरिङ व्यवसायलाई थप सुधार गर्न सरकार सधै तयार रहेको आश्वासन दिए।
अर्थतन्त्रमा समस्या देखिएकाले व्यवसायीले समस्या भोग्नु परे पनि चालु आर्थिक वर्षको बजेट र मौद्रिक नीतिले कतिपय समस्या पहिचान गरेका कारण अर्थतन्त्रमा देखिएका समस्या समाधान हुने उनको भनाइ थियो।
काठमाडौ, २८ साउन ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ २६ पैसा र बिक्री दर १३२ रूपैयाँ ८६ पैसा तथा युराेपियन युरो एकको खरिद दर १४५ रूपैयाँ २५ पैसा र बिक्री दर १४५ रूपैयाँ ९१ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ९६ पैसा र बिक्री दर १६८ रूपैयाँ ७३ पैसामा काराेबार हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३० पैसा र बिक्री दर ३६ रूपैयाँ ४६ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.६४ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७६ पैसामा काराेबार हुनेछ ।
उता, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १४ पैसा र बिक्रीदर ९ रुपैयाँ १९ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९६ पैसा र बिक्रीदर १० रूपैयाँ १ पैसामा काराेबार गर्ने अनुमति दिएकाे छ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३ पैसा र बिक्री दर ३६ रूपैयाँ ४६ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२५ रुपैयाँ र बिक्री दर ३५.४१ रुपैयाँमा गरिदिदाँ मलेसियन रिंगिट एकको खरिद दर २८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.९६ रुपैयाँमा खरिदबिक्री गर्न सकिने छ ।
काठमाडौं, २८ साउन ।
नेकपा एमालेले सुन प्रकरण र संसद अधिवेसनबारे बिशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।
नेकपा एमाले केन्द्रिय कार्यालय, च्यासल, ललितपुरमा दिउँसो १२ः४५ बजे उक्त बिशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको हो ।
वर्तमान समसामयिक राजनीतिक, संसदको गतिरोध लगाएत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रिय प्रचार तथा प्रकाशन बिभागका सचिव गगन बिष्टले जानकानरी दिए ।
महाेतरी, २८ साउन ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले चुरे दोहनले मधेशको उर्बर भुमी बिस्तारै मरुभूमि बन्दै गएको बताएका छन ।
ग्रामिण उधम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका मन्त्री भुसालले मधेशमा चुरे दोहन मुख्य समस्या रहेको वताए । विशेषगरि धान उत्पादनमा यस्को प्रभाव प्रत्यक्ष परेको वताउँदै चुरे हरियाली नभएसम्म तराइका जमिन बन्झर नै बनिरहने उनकाे तर्क छ ।
`मधेशको प्राण मानिने चुरेको निरन्तर दोहनले कृषियोग्य भुमिहरु मरुभूमि बन्दै छन,´ उनले भने, `अब चुरे बचाउनुको विकल्प नै छैन ।´ उनका अनुसार चुरे रहेसम्म मधेश रहने वताउदै स्थानिय र सरोकारवालाहरु नै दोहन नियन्त्रण गर्न लाग्न ढिलाइ भइसकेकाे छ ।
पछिल्लो केही बर्ष यता मधेशमा चुरे दोहन कै कारण सिंचाइका नहरहरु सुकेका छन भने खानेपानीको समस्या त बढदै गएको छ । मधेशका जिल्लाहरुमा खानेपानी र सिंचाइको हाहाकार नै बने पछि मधेशलाइ सुख्खा क्षेत्र घोषणा गर्न सरोकारवालाहरुले माग गरेका थिए ।
काठमाडौं, २८ साउन ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ । कोशी, बामगती, गण्डकी, लुम्बिनी प्रदेशका केही कर्णाली प्रदेशको थोरै र बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेश प्रदेशको एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको छ।
देशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी , प्रदेशका थोरै स्थानहरू साथै बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
पाँचथर, २७ साउन ।
पाँचथरको फिदिम नगरपालिका ११ अम्बके भीरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा फिदिम नगरपालिका-१ का ६५ वर्षीया मायादेवी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाका अनुसार स्कुटरका चालक उनका श्रीमान् होमकर्ण कार्की गम्भीर घाइते छन्।
हेमकर्णले चलाएको प्रदेश ०१–०३–००१ प ५२७१ नम्बरको स्कुटरमा नाङ्गिनदेखि फिदिम आउने क्रममा फिदिम ११ अम्बके भीरमा अनियन्त्रित भएर दुर्घटना भएको हो।
लमजुङ, २७ साउन ।
लमजुङको राइनासमा जिप दुर्घटना हुँदा घाइते भएका १० जनालाई उपचारका लागि चितवनको भरतपुर पठाइएको छ।
राइनास नगरपालिका-८ कटहरबारीको घुम्ती जोगीडाँडामा ग१ज ६३६९ नम्बरको यात्रुवाहक जिप शनिबार बिहान दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएकोमा १० जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित एलाइभ हस्पिटलमा पठाइएको छ।
घाइतेमध्ये दुई जनाको हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर चालक सुन्दरबजार नगरपालिका-९, बगैंचाका ३० वर्षीय पुरन गुरुङ र भानु नगरपालिका-८, तनहुँका २९ वर्षीया शान्ति तामाङको बायाँ हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
राइनास नगरपालिका-९, बगुवाका ३७ वर्षीय झलक गुरुङ, भानु नगरपालिका-८ का ४९ वर्षीय शक्ति भन्ने सत्यबहादुर तामाङ, दूधपोखरी गाउँपालिका-४ घर भई हाल सुन्दरबजार नगरपालिका-७ साकाहलेका ६७ वर्षीय सन्तबहादुर तामाङ, सुन्दरबजार नगरपालिका-९, फेदीकुनाका ५० वर्षीय धनश्री तामाङ, भरतपुर महानगरपालिका-२, क्षेत्रपुरका ४० वर्षीय पञ्चमाया लामा, सुन्दरबजार नगरपालिका-९, फूलबारीका ३८ वर्षीय लालमाया तामाङ, फेदीकुनाका ४२ वर्षीय सुमन गुरुङ र भानु नगरपालिका-८ का ४५ वर्षीय मुना लामा रहेका छन्। तामाङ र लामा समुदायकाहरू अर्घुंममा गएर फर्किका रहेको प्रहरीले जनाएको छ।