२०८३ आश्विन ८
२०८३ आश्विन ८

 

काठमाडौं, २८ साउन ।

दक्षिण कोरियामा रहेकी गायिक गंगा लोहनी र गायक सूर्य खड्काको तीज गीत ‘रातो सारी लरक्कै डोरी केसैमा’ सार्वजनिक गरिएको छ । हालै सार्वजनिक गरिएको उक्त गीतमा गायिक गंगा र गायक सूर्यको स्वर रहेको छ भने शब्द सृजना पनि गायिक गंगाकै रहेको छ । जसमा सूर्य खड्काको संगीत र लय रहेको छ ।

 

सार्वजनिक भएको एक सातामै एक लाख ६० हजारभन्दा बढी पटक युट्युबमा हेरिसकेको छ । कोरियालाई आफ्नो कर्मथलो बनाउँदै आएकी गायिका गंगा र जापानलाइ कर्मथलो बनाउँदै आएका गायक सूर्यले ल्याएको ‘रातो सारी लरक्कै डोरी केसैमा’को भिडियोमा कलाकार गीता ढुंगाना र कमल केसीले अभिनय गरेका छन् ।

 

‘रातो सारी लरक्कै डोरी केसैमा’को लागि यम थापाले म्युजिक एरेन्जर गरेका छन् भने भिडियोको काजिस श्रेष्ठले कोरियोग्राफी र निर्देशन गरेका छन् ।

 

मारुनी डिजिटल स्टुडियोमा सुमन राना र खुमन रानाले रेकर्ड गरेका हुन् । अजय रेग्मीको सिनेमाटोग्राफी, दिपक बिष्टको इडिट÷कलरिङ,सपना लम्सालको मेकअप, निपेश पुरीको फोटोग्राफी रहेको छ ।
यसअघि गायिक गंगाले ‘लुम्ले काँडे, मुसुक्कै हाँसीदेउ’ जस्ता गीत ल्याइसकेकी छन् ।

भिडियो लिंक : https://youtu.be/EhXJfCFUQuM

 

काठमाडौं, २६ साउन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एंव गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा प्रकाशशरण महतको राजीनामा मागेको छ ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरेर एमाले सुन तस्करीको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतको राजीनामा मागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अयोग्य भएको भन्दै राजीनामा दिनुपर्ने अध्यक्ष केपी शर्मा ओलीले मागेका हुन् ।

 

सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतले पदबाट राजीनामा नदिनु आश्चर्य भएको भन्दै उनले प्रधानमन्त्री प्रचण्ड अयोग्य भएको भन्दै अफ्ठ्यारो मानेर आफैंले राजीनामा दिनुपर्ने बताए ।

 

काठमाडौ, २६ साउन ।

पूर्वमुख्य सचिव केशवराज राजभण्डारीको शब्द सृजना रहेको ‘पुतली बनी बस्न आयौ’को भिडियो सार्वजनिक गरिएको छ ।

शुभबहादुर सुनामको संगीत तथा गायिका संगीता शाक्यको स्वर रहेको सो गीतलाई राजेश कुमार श्रेष्ठले एरेन्ज गरेका छन् ।

निशा कार्की, अमन श्रेष्ठ, सचिना अर्याल, विवेक ठाकुर, डा. सचिन झालगायतको अभिनय रहेको उक्त गीतको भिडियोलाई जनक खड्काले छायांकन तथा निर्देशन गरेका छन् ।

 

प्रेमीसँगको बिछोडलाई प्रस्तुत गरिएको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् ।
भिडियाे लिंक : https://youtu.be/F7NXQuuhMPk

 

काठमाडाै‌ं, २८ साउन ।

देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित आठजना पक्राउ परेका छन् । सिरहाकाे बरियारपट्टी गाउँपालिका-४ तेनुवाट्टी बस्ने ६५ वर्षीय फुदन पासवानलाई अवैध लागूऔषध गाँजा करिब ३० किलोग्रामसहित प्रहरीले पक्राउ गरेको छ । उनले लागूऔषध गाँजाको ओसारपसार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

 

तनहुँकाे शुक्लागण्डकी नगरपालिका-२ नर्सरीस्थित प्रतिक्षालयबाट अवैध लागूऔषध गाँजा करिब ७ सय २० ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१४ खाल्टे बस्ने २२ वर्षीय विक्रम न्यौपाने र स्याङजा पुतलीबजार नगरपालिका-१३ लामपाटा बस्ने २२ वर्षीय सुलभ परियार रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले सार्वजनिक प्रतिक्षालयमा बसिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा झोलामा रहेको उक्त गाँजासहित पक्राउ गरेको हो ।

 

मकवानपुरकाे मनहरी गाउँपालिका-५ दरदरा बस्ने ३६ वर्षीय राम सिंह वाईबालाई अवैध लागूऔषध गाँजाको धुलो करिब १ किलो र नाइट्राभेट १ सय ५० ट्याब्लेटसहित प्रहरीले पक्राउ गरेको छ । रामको घरमा लागूऔषध रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उनको घरको कोठा तलासी गर्दा उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।

 

कैलालीकाे गोदावरी नगरपालिका-८ स्याउले चोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ३ सय ४० मिलीग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दगोरिया गाउँपालिका-१ बस्ने २३ वर्षीय रिजन कुमार बुढा र  सोही गाउँपालिका-४ बस्ने २३ वर्षीय चेतन पौडेल रहेका छन् । प्रहरी बिट स्याउलेबाट खटिएको प्रहरीले सु.प प्र ०१०११ प ८७३५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

झापाकाे दमक नगरपालिका-२ भाङबारीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय मिलिग्राम, डिजिटल तराजु थान १, मोवाईल ३ थान र नगद १ लाख २३ हजार ९ सय रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय पुजन दुलाल र सोही नगरपालिका-७ छितिज टोल बस्ने २१ वर्षीय सचिन मगर रहेका छन् ।  दुलालले घरमा लागूऔषध बिक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।

 

 

काठमाडौं, २८ साउन ।

काठमाडौं महानगरपालिका-१७ ढल्कु बस्ने ५१ वर्षीय दिपेन पोडेको सोही ठाउँस्थित ईन्द्रायणी वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा पोडे समेत ९ जनालाई  प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ३५ हजार ८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

 

तनहुँकाे आबुखैरेनी गाउँपालिका-३ पानीघट्टा बस्ने ४० वर्षीय प्रकाश बगालेको घरमा जुवातास खेलिरहेको अवस्थामा बगाले समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ३ सय १० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

 

 

 

मोरङ, २८ साउन ।

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लेटाङ नगरपालिका-५ बस्ने २३ वर्षीय युवराज महरालाई प्रहरीले पक्राउ गरेको छ ।

 

महराले ती किशोरीलाई साउन २० गते बेलुकी सोही ठाउँस्थित बाँसघारीमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

 

काठमाडौं, २८ साउन ।

मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बकैया गाउँपालिका–५, सिरिपुरमा करेन्ट लागेर ५२ वर्षीय बीरबहादुर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

 

लमजुङ, २८ साउन ।

अविरल वर्षापछि आएको पहिरोले मनाङ जोड्ने बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । शनिबारदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकखण्ड अवरुद्ध भएको हो ।

सो सडकखण्डको बेँसीसहर नगरपालिका–६ को  खरखरे भिर, चनौटे, पुमाखोलालगायतका स्थानमा पहिरो गएको बाटो अवरुद्ध भएको छ । मस्र्याङदी गाउँपालिका–६ र ७ मा पर्ने बालुवा भन्ने ठाउँमा पहिरोसहित ठूला चट्टान आएर बाटो अवरुद्ध भएको हो ।

अवरुद्ध सडक खुलाउने प्रयास असफल भइरहेको छ । निरन्तरको वर्षाले पहिरो खुलाउन कठिनाई भइरहेको छ ।

 

काठमाडौ, २८ साउन ।

साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ कायम रहेको छ ।

 

आइतबार चाँदीको भाउ पनि स्थिर रहेको छ । आइतबार चाँदीको भाउ प्रतितोला १३ सय ७५ रुपैयाँ कायम रहेको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १ हजार ९१४.४७ डलरमा कारोबार भइरहेको छ ।

 

काठमाडौ, २८ साउन ।

नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ९० करोड ७८ लाख ३६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको भन्दा ३६.७४ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ६६ करोड ३९ लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो ।

 

यस कोषको सेवा तथा कमिसनबाट हुने आम्दानी १ अर्ब २४ करोड ८८ लाखबाट बढेर १ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ पुगेको छ । साथै, ब्याज आम्दानी पनि ३५ करोड ९९ लाखबाट बढेर ४० करोड ४९ लाख पुगेको छ । जसले गर्दा यसको नाफामा वृद्धि देखिएको हो ।

 

लगानी कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषको आकार २२ अर्ब ३६ करोड ९४ लाख रहेको छ । अघिल्लो वर्ष रिजर्भ १९ अर्ब १५ करोड ५१ लाख रुपैयाँ रहेको थियो । यसले मुद्दति निक्षेपमा १ खर्ब १४ अर्ब ७२ करोड ७७ लाख रुपैयाँ लगानी गरेको छ ।

 

यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ३० पैसाबाट घटेर १७ रुपैयाँ ८ पैसा कायम भएको छ । यसको नेटवर्थ २२३ रुपैयाँ ८० पैसाबाट घटेर १५४ रुपैयाँ ८१ पैसा कायम भएको छ । आरओआइ ९.४० % रहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।