२०८३ आश्विन ८
२०८३ आश्विन ८

 

जनकपुरधाम, २८ साउन ।

धनुषाको शहीदनगर नगरपालिकाका दुई कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटेको टोलीले नगरपालिकाका इन्जिनियरसहित दुई जना कर्मचारीलाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।

 

अख्तियारको टोलीले विशेष सूचनाका आधारमा उक्त पालिकाका इन्जिनियर रमेशकुमार चौधरी र सहयोगी गरुदेव यादवलाई पक्राउ गरेको अख्तियारका बर्दिबासका कार्यालय प्रमुख रामबहादुर कुरुवाङ्गले जानकारी दिए।

 

गोठकोयलपुरका विद्यालयको पर्खाल निर्माण बापत ठेकेदारसँग पटक पटक रकम माग गर्दै आएकोमा इन्जिनियर चौधरीले १ लाख नगद र सोही बराबरको चेक लिएको अवस्थामा अख्तियारका टोलीले पक्राउ गर्नमा सफल भएको अख्तियार बर्दिबास कार्यालय प्रमुख कुरुवाङ्गको भनाइ छ।

 

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि टोलीले सम्बन्धित कागजातसहित आफ्नो साथमा लगेको बताइएको छ।

 

काठमाडौं, २८ साउन ।

सत्तारुढ नेपाली कांग्रेसले जारी पार्टी संसदीय दलको बैठकमा सरकार परिवर्तनका विषयमा छलफल नगरेको प्रमुख सचेतक रमेश लेखकले बताए । पार्टी संसदीय दलको जारी बैठकमा सरकार परिवर्तन गर्ने विषयमा कुनै छलफल नभएको उनको भनाइ छ।

 

आइतबार दलको बैठकपछि संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार बदल्ने, सरकार ढाल्ने, अर्को बनाउने, फेर्ने विषयमा कुनै कुरा नभएको जानकारी दिए। कांग्रेस संसदीय दलको बैठक भोलि पुनः ११ बजे बस्ने र बैठकमा सांसदहरूले राखेको सुझावहरूलाई समेटेर महत्त्वपूर्ण प्रस्तावहरू पारित गरिने उनको भनाइ छ।

 

गत शुक्रबार र आज बसेको कांग्रेस संसदीय दलको बैठकमा ५० जना सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए। बैठकमा सांसदहरूले विभिन्न भावनाहरू, विचारहरू व्यक्त गरेको र त्यसलाई समेटेर भोलि नै महत्त्वपूर्ण प्रस्ताव पारित गर्ने कांग्रेस संसदीय दलले जनाएको छ।

 

विराटनगर, २८ चैत ।

मोरङको सुन्दरहरैचा नगरमा एक भारतीय नागरिकको शव फेला परेको छ। उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव पानीमा डुबेको अवस्थामा आज फेला परेको प्रहरीको भनाइ छ।

नगरको वडा नम्बर १२ स्थित पैनीमा फेलापरेका खानको निधार र मुखसहित शरीरका विभिन्न स्थानमा चोट देखिँएकाले उनको हत्या हुनसक्ने प्रहरीले बताएको छ।

शव पोस्टमार्टका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ। उनी भाँडावर्तन बनाउने उद्योगका मजदुर रहेको प्रहरीको भनाइ छ।

 

मञ्जय राम,कटहरिया,साउन २८ गते ।

जिल्लामा नेपाल शिक्षक महासंघले आन्दोलनको कार्यक्रम सुरु गरेको छ । विद्यालय शिक्षा ऐन २०८० ले शिक्षकको पेशागत सुरक्षा र स्वाभिमानको खिलापमा रहेको भन्दै आन्दोलन थालेको हो । आइतबार जिल्लाका सबै स्थानीय तहमा शिक्षकहरुले धर्ना दिएका छन् ।

भने पालिकाको कार्यालय प्रमुख प्रशासकिय अधिकृतलाइ ज्ञापनपत्र समेत बुझाएका थिए । कार्यक्रम अनुसार ११ बजेदेखि २ बजेसम्म पालिकामा धर्ना दिइएको र त्यसपछि महासंघले रौतहटका स्थानीय तहका प्रमुख प्रशासकीयलाई ज्ञापनपत्र समेत बुझाइएको नेपाल शिक्षक महासंघका राष्ट्रिय समिति सदस्य मनिशंकर निधीले जानकारी गराउनुु भयो ।

उनका अनुसार अहिले ल्याउन थालिएको विद्यालय शिक्षा ऐन २०८० राम्रो आउला भनेको झन नराम्रो आएकोले हितविपरितका त्यस्ता बुँदा तत्काल हटाउनुपर्ने बताए ।

महासंघले साउन ३० गते शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना बस्ने साथै साउन ३२ गते प्रदेशको सामाजिक बिकास मन्त्रालयमा धर्ना दिने कार्यक्रम रहेको उनले जानकारी दिए । भदौ १ गते प्रदेश सांसद र संघीय सांसदलाई जानकारी गराउने कार्यक्रम महासंघले बनाएको छ ।

  

 

आरके श्रीवास्तव,रौतहट,साउन २८ गते ।

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रौतहट द्धारा रक्तदान कार्यक्रम आयोजन गरिएको थियो । आइतबार बिहान जिल्ला सदरमूूकाम गौर स्थित जिल्ला प्रहरी कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

आज भएको रक्तदान कार्यक्रममा २४ जना पुरुष तथा २ जना महिला गरी करिब २६ जनाले रक्तदान गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी गराउनु भयो ।

रक्तदान गर्नेहरुमा जनपद प्रहरी, ट्राफिक प्रहरी, गौर नगरपालिका र इशनाथ नगरपालिकाका नगरप्रहरी लगायत अन्य व्यक्तिहरुले रक्तदान गरेको उनले जानकारी गराएका हुन ।

सो रक्तदान कार्याक्रममा आरडिसि नेपाल रौतहट, नेपाल रेडक्रस सोसाइटी रौतहट र न्यू उज्यालो युवा क्लब रौतहटको सहयोग रहेको थियो । सो रक्तदान कार्यक्रममा रौतहट प्रहरी प्रमुख बीरबहादुर बुढामगर,प्रहरी निरिक्षक दिनेश बहादुर कुवँर , आरडिसि नेपाल रौतहटका अध्यक्ष पारस हुसैन,नेता राजकिशोर यादव लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

 

 

काठमाडौं, २८ साउन ।

प्रमुख सत्तासाझेदार दल कांग्रेसका सांसद सुनील शर्माले सुन तस्करी प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नेबाट आफू पछि नहट्ने बताएका छन् ।

आइतबार बसेको काग्रेस संसद दलको बैठकमा उनले आफू गृहमन्त्रीको राजीनामाको अडानबाट ब्याक नहुने बताएका हुन् । त्यसो त उनले आफू अब गृहमन्त्रीको राजीनामाको अडानबाट ब्याक हुन नसक्ने सुनाए ।

एक क्विन्टल सुन बरामद भएको विषयलाई लिएर संसदमै उनले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए । पछि पनि लगातार उनले गृहमन्त्री र अर्थ मन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएका थिए ।

उनले भने, ‘अब गृहमन्त्रीको राजीनामाबाट म ब्याक हुन सक्दिनँ । अर्थमन्त्रीबारे सोच्नसक्छु ।’ उनले सुन प्रकरणलाई लिएर गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै आएका थिए ।

 

काठमाडौं, २८ साउन ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकाकरी निवास बालुवाटारमा जारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने मन्त्रिपरिषद् सदस्य हेरफेरको विषयमा छलफल भइरहेको छ ।

 

पर्यटनमन्त्री सुदन किराँती र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने तयारी गरेको माओवादी पदाधिकारी बैठकमा पार्टीबााट मन्त्री रहेका पनि सहभागी छन् ।

काठमाडौं, २८ साउन ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बद्लिदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर भन्सारका कर्मचारी सक्रिय हुन आग्रह गरेका छन् । भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री डा. महतले भने, ‘सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ । मलाई अधिकार छ, त्यसको दुरुपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ ।’

हाम्रा आयतकर्ता र करदाताहरुलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने मन्त्री डा. महतले स्पष्ट पारे । उनले भने, ‘मैले धेरै भन्सार नाकाको भ्रमण गरे, कर्मचारीले त्यस किसिमको व्यवहार गरेर रिर्पोटिङ मन्त्रालयमा आइरहेको छ, यो गलत हो, बन्द हुनुपर्छ ।’ राम्रो काम गर्ने कर्मचारी साथीहरु पनि हुनुहुन्छ । यी साथीहरुलाई एउटै बास्केटमा हालेर भन्सार नेतृत्वले मूल्यांकन गर्नु हुँदैन । कर्मचारीको भूमिकाको यथार्थ जानकारी राखेर नेतृत्वले मूल्यांकन गर्नुपर्छ मन्त्री डा. महतको भनाइ छ ।

 

प्रविधिको उच्चतम उपयोग गर्नुको विकल्प नरहेको मन्त्री डा. महतले स्पष्ट पारे । वीरगन्ज भन्सारको उदाहरण दिँदै मन्त्री डा. महतले भने, ‘त्यहाँ ठूलो एक्सरे मेसिन प्रयोग नगरी वर्षौ त्यत्तिकै थन्काइए राखिएको छ । त्यसको प्रयोग भयो भने हाम्रो के काम ? भन्ने कुरा कर्मचारीबाट सुनियो । अब त्यसरी हुँदैन । अहिलेको परिवेशमा यो मानसिकता परिवर्तन हुनुपर्छ ।’

 

इमान्दार भएर कर्मचारीले काम गरे लक्ष्यमा पुगिने मन्त्री डा. महतले बताए । ‘लक्ष्यमा पुग्नै पर्ने भनेर हाम्रा आयातकर्ता र करदातालाई जथाभावी दुख दिएर काम गर्नुपर्छ भनिएको छैन,’ मन्त्री डा. महतले भने, ‘कानुनतः काम गरियो भने पनि हामी लक्ष्यमा पुग्न सक्छौं ।’

साउनमा लक्ष्य ८० प्रतिशत पुग्यो भनिएको छ । गत वर्ष ६० प्रतिशत उठ्यो । हामीले अझ इमान्दार भएर काम गरियो भने सय प्रतिशत नै लक्ष्यमा पुग्न सकिने मन्त्री डा. महतले बताए । अहिलेको परिस्थितिमा आर्थिक गतिविधि बढ्नुपर्ने मन्त्री डा. महतको भनाइ छ । लक्ष्यभन्दा बढी पनि हामीले भन्सार राजस्व उठाउन सक्छौं, जति बढाउन सकियो, त्यत्ति नै राम्रो हुने मन्त्री डा. महतले बताए । उनले भने, ‘जिम्मेवारीमा सम्झौता नगरी यसका काममा व्यवसायिकता, सम्मान र समर्पित हुनुपर्छ । कुनै पनि बहानामा सार्वजनिक फाइदाभन्दा निजी फाइदाका लागि काम गर्नु हुँदैन ।’

 

काठमाडौं, २८ साउन ।

नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टीको अनुशासनमा सबै सदस्य बस्नुपर्ने बताएका छन् ।

कांग्रेस संसदीय दलको बैठकपछि सांसद सुनिल शर्मालक्षित गर्दै प्रवक्ता महतले पार्टीको सदस्य भएपछि पार्टीको अनुशासन र मर्यादाभित्र बसेर आफ्नो विचार राख्नुपर्ने बताए ।

सांसद शर्माको पार्टीको मर्यादा र अनुशासन पालनमा प्रश्न उब्जिएको भन्दै महतले भने, ‘संसदीय दलमा अनुशासन र मर्यादाको कुराबारे पनि प्रश्न उठेका छन् । के बोल्नु हुन्छ के हुँदैन भन्ने कुरा उठेका छन् । संस्थाको अभ्यास गर्दै आएको भएपनि त्यो नर्म्समा बस्न सक्नुपर्छ । पार्टीका सबै सदस्यले त्यो नर्म्समा बसेर कुरा गर्नुपर्छ ।’

 

काठमाडौ, २८ साउन ।

काराबारको पहिलो दिन आइतबार नेप्सेमा दोहोरो अंकको सुधार देखिएको छ । नेप्सेमा सुधार देखिएसँगै ९ उपसूचकमा हरियाली छाएको छ ।

आइतबार नेप्से सूचकांक १४ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ । आइतबार नेप्सेमा सूचीकृत कुल २७१ कम्पनीको ९७ लाख  १८ हजार कित्ता  सेयर किनबेच हुँदा ३ अर्ब १ करोड ८४ लाख ६० हजारको कारोबार भएको छ ।

बजार बढेसँगै आज ९ उपसूचकमा पनि हरियाली छाएको छ । आइतबार निर्जीवन बिमा उपसूचक सर्वाधिक २.२१ प्रतिशतले बढेको छ भने दोस्रोमा होटल तथा पर्यटन उपसूचक १.८७ प्रतिशतले बढेको छ । त्यस्तै आइतबार माइक्रोफाइनान्स उपसूचक सर्वाधिक ०.३५ प्रतिशतले घटेको छ ।

 

यस दिन २७१ कम्पनीको ९७ लाख १८ हजार कित्ता सेयर कारोबार भएको छ । ५८ करोड ४५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल इन्स्याेरेन्सको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः घोराही सिमेन्ट र सोल्टी होटेल परेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।